/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

पञ्चमः स्कन्धः – अष्टमोऽध्यायः

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – अष्टमोऽध्यायः


 श्रीशुक उवाच  

एकदा तु महानद्यां कृताभिषेकनैयमिकावश्यको ब्रह्माक्षरमभिगणानो मुहूर्तत्रयमुदकान्त उपविवेश ॥ १ ॥

नेपाली भावानुवादः शुकदेवजीले भन्नुभयोएकपटक राजर्षि भरत गण्डकी नदीमा स्नान गरी नित्य-नैमित्तिक तथा शौचादि कर्मबाट निवृत्त भएर, नदीको किनारमा बसी तीन मुहूर्तसम्म ओंकार (ब्रह्माक्षर) जप गर्न लाग्नुभयो ।। १ ।।
 
तत्र तदा राजन् हरिणी पिपासया जलाशयाभ्याशमेकैवोपजगाम ॥ २ ॥
नेपाली भावानुवादः हे राजन्! त्यसै समयमा एउटी मृगी (हरिणी) तिर्खाले व्याकुल भई पानी पिउनका लागि एक्लै त्यस नदीको तीरमा आई ।। २ ।।
 
तया पेपीयमान उदके तावदेवाविदूरेण नदतो मृगपतेरुन्नादो लोकभयङ्कर उदपतत् ॥ ३ ॥
नेपाली भावानुवादः त्यो मृगीले पानी पिइरहेकै बेला नजिकैको वनमा सिंहको अत्यन्त भयानक गर्जन सुनियो ।। ३ ।।
 
तमुपश्रुत्य सा मृगवधूः प्रकृतिविक्लवा चकितनिरीक्षणा सुतरामपि हरिभयाभिनिवेशव्यग्रहृदया पारिप्लवदृष्टिरगततृषा भयात् सहसैवोच्चक्राम ॥ ४ ॥
नेपाली भावानुवादः मृगहरू स्वभावैले त्रसित हुने प्राणी हुन्। जब सिंहको त्यो भयानक स्वर मृगीको कानमा पर्यो, तब ऊ डरले काँप्न थाली। तिर्खा नमेटिँदै ज्यान बचाउनका लागि उसले हतारहतार नदी पार गर्ने प्रयत्न गरी ।। ४ ।।
 
तस्या उत्पतन्त्या अन्तर्वत्‍न्या उरुभयावगलितो योनिनिर्गतो गर्भः स्रोतसि निपपात ॥ ५ ॥
नेपाली भावानुवादः त्यो मृगी गर्भिणी थिई। सिंहको डरले गर्दा नदी तर्नका लागि उफ्रँदा उसको गर्भ तुहियो र पाठो नदीको तीव्र धारामा खस्यो ।। ५ ।।
 
तत्प्रसवोत्सर्पणभयखेदातुरा स्वगणेन वियुज्यमाना कस्याञ्चिद्दर्यां कृष्णसारसती निपपाताथ च ममार ॥ ६ ॥
नेपाली भावानुवादः अकस्मात् गर्भ खसेकाले, नदी तर्दाको परिश्रमले र सिंहको त्रासले गर्दा त्यो मृगी अत्यन्त शिथिल भई। आफ्नो बथानबाट छुट्टिएकी ऊ कुनै ओडारमा खसेर तत्कालै मरी ।। ६ ।।
तं त्वेणकुणकं कृपणं स्रोतसानूह्यमानमभिवीक्ष्यापविद्धं बन्धुरिवानुकम्पया राजर्षिर्भरत आदाय मृतमातरमित्याश्रमपदमनयत् ॥ ७ ॥
 
नेपाली भावानुवादः राजर्षि भरतले त्यो मातृहीन र असहाय मृगको पाठो नदीको धारमा बगिरहेको देखे। उनलाई दया जाग्यो र एउटा आत्मीय बन्धुले झैँ त्यस बच्चालाई उद्धार गरी आफ्नो आश्रममा लिएर आए ।। ७ ।।
तस्य ह वा एणकुणक उच्चैरेतस्मिन् कृतनिजाभिमानस्याहरहस्तत्पोषणपालनलालनप्रीणनानुध्यानेनात्मनियमाः सहयमाः पुरुषपरिचर्यादय एकैकशः कतिपयेनाहर्गणेन वियुज्यमानाःकिलसर्वएवोदवसन् ॥ ८ ॥
नेपाली भावानुवादः बिस्तारै त्यस मृगको पाठोप्रति भरतको ममता बढ्दै गयो। उहाँको सारा समय त्यसलाई खुवाउन, पियाउन र जङ्गली जनावरबाट बचाउनमा खर्च हुन थाल्यो। यसले गर्दा उहाँको यम-नियम, सन्ध्या-वन्दन र भगवान्‌को आराधना जस्ता नित्यकर्महरू बिस्तारै छुट्दै गए ।। ८ ।।
 
अहो बतायं हरिणकुणकः कृपण ईश्वररथचरणपरिभ्रमणरयेण स्वगणसुहृद्‌बन्धुभ्यः परिवर्जितः शरणं च मोपसादितो मामेव मातापितरौ भ्रातृज्ञातीन् यौथिकांश्चैवोपेयाय नान्यं कञ्चन वेद मय्यतिविस्रब्धश्चात एव मया मत्परायणस्य पोषणपालनप्रीणनलालनमनसूयुनानुष्ठेयं शरण्योपेक्षादोषविदुषा ॥ ९ ॥
नेपाली भावानुवादः मृगको पाठोसँग खेल्दा भरत सोच्नुहुन्थ्यो– "अहो! यो विचरा मृग-बालकलाई कालचक्रको वेगले आफ्ना आफन्तबाट छुट्टाएर मेरो शरणमा ल्याइदियो। यसले मलाई नै आफ्नो आमा-बाबु र साथी-सङ्गी सम्झिएको छ। यसलाई मबाहेक अरू कसैको थाहा छैन र ममाथि पूर्ण विश्वास गर्दछ। म शरणागतको उपेक्षा गर्दा हुने दोषबारे जान्दछु, त्यसैले मैले यसको उचित संरक्षण र पालनपोषण गर्नुपर्दछ" ।। ९ ।।
 
नूनं ह्यार्याः साधव उपशमशीलाः कृपणसुहृद् एवंविधार्थे प्त्वार्थानपि गुरुतरानुपेक्षन्ते ॥ १० ॥
नेपाली भावानुवादः निश्चय नै, शान्त स्वभावका परोपकारी सज्जनहरू यस्ता असहाय जीवको रक्षाका लागि आफ्ना ठूला स्वार्थहरूलाई पनि वास्ता गर्दैनन् ।। १० ।।
 
इति कृतानुषङ्ग आसनशयनाटनस्थानाशनादिषु सह मृगजहुना सेहानुबद्धहृदय आसीत् ॥ ११ ॥
नेपाली भावानुवादः यसरी त्यस मृगको पाठोमा आशक्ति बढ्दै जाँदा, भरतको चित्त पूर्णतः स्नेहको बन्धनमा बाँधियो। बस्दा, सुत्दा, हिँड्दा वा भोजन गर्दा उहाँ त्यसलाई कहिल्यै एक्लै छोड्नुहुन्नथ्यो ।। ११ ।।
 
कुशकुसुमसमित्पलाशफलमूलोदकान्याहरिष्यमाणो वृकसालावृकादिभ्यो भयमाशंसमानो यदा सह हरिणकुणकेन वनं समाविशति ॥ १२ ॥
नेपाली भावानुवादः उहाँ पूजाका सामग्री जस्तैकुश, फूल, समिधा र कन्दमूल लिन जाँदा पनि ब्वाँसो वा कुकुरले मार्ने डरले त्यस पाठोलाई सँगै लिएर वनमा जानुहुन्थ्यो ।। १२ ।।
 
पथिषु मुग्धभावेन तत्र तत्र विषक्तमतिप्रणयभरहृदयः कार्पण्यात्स्कन्धेनोद्वहति एवमुत्सङ्ग उरसि चाधायोपलालयन्मुदं परमामवाप ॥ १३ ॥
नेपाली भावानुवादः बाटोमा हिँड्दा त्यो पाठो कलिलो घाँस देखेर अडियो भने उहाँ त्यसलाई प्रेमपूर्वक काँधमा राख्नुहुन्थ्यो। यसरी कहिले काँधमा त कहिले काखमा च्यापेर हिँड्दा उहाँलाई परम आनन्द प्राप्त हुन्थ्यो ।। १३ ।।
 
क्रियायां निर्वर्त्यमानायामन्तरालेऽप्यु त्थायोत्थाय यदैनमभिचक्षीत तर्हि वाव स वर्षपतिः प्रकृतिस्थेन मनसा तस्मा आशिष आशास्ते स्वस्तिस्ताद्वत्स ते सर्वत इति ॥ १४ ॥
नेपाली भावानुवादः कुनै धार्मिक अनुष्ठान गर्दा पनि उहाँ बीच-बीचमा उठेर मृग-बालकलाई हेर्नुहुन्थ्यो। उसलाई देखेपछि मात्र उहाँको मन शान्त हुन्थ्यो र उहाँले "बाबु! तेरो सबैतिरबाट कल्याण होस्" भनी आशीर्वाद दिनुहुन्थ्यो ।। १४ ।।
 
अन्यदा भृशमुद्विग्नमना नष्टद्रविण इव कृपणः सकरुणमतितर्षेण हरिणकुणकविरहविह्वलहृदयसन्तापस्तमेवानुशोचन् किल कश्मलं महदभिरम्भित इति होवाच ॥ १५ ॥
नेपाली भावानुवादः कुनै दिन यदि त्यो मृग-बालक देखिएन भने, आफ्नो सारा धन लुटिएको दरिद्र मानिस झैँ उहाँ व्याकुल हुनुहुन्थ्यो। वियोगको सन्तापले जलेर शोक गर्दै उहाँ यसरी विलाप गर्नुहुन्थ्यो ।। १५ ।।
 
अपि बत स वै कृपणएणबालको मृतहरिणीसुतोऽहोममानार्यस्य शठकिरातमतेरकृतसुकृतस्य कृतविस्रम्भ आत्मप्रत्ययेन तदविगणयन् सुजन इवागमिष्यति ॥ १६ ॥
नेपाली भावानुवादः "अहो! त्यो मातृहीन मृग-बालक अत्यन्तै दीन छ। के ऊ म जस्तो पुण्यहीन र कपटीलाई विश्वास गरेर फेरि फर्केर आउला त? के उसले एउटा महापुरुषले झैँ मेरो अपराधलाई भुलेर मलाई दर्शन देला?" ।। १६ ।।
 
अपि क्षेमेणास्मिन्नाश्रमोपवने शष्पाणि चरन्तं देवगुप्तं द्रक्ष्यामि ॥ १७ ॥
नेपाली भावानुवादः "के म उसलाई यस आश्रमको उपवनमा भगवान्‌को कृपाले सुरक्षित भई हरियो दुबो चरिरहेको देख्न पाउँला?" ।। १७ ।।
 
अपि च न वृकः सालावृकोऽन्यतमो वा नैकचर एकचरो वा भक्षयति ॥ १८ ॥
नेपाली भावानुवादः "ब्वाँसो, कुकुर वा एक्लै हिँड्ने बाघ आदिले कतै उसलाई खाइदिए कि?" ।। १८
।।
निम्लोचति ह भगवान् सकलजगत्क्षेमोदयस्त्रय्यात्माद्यापि मम न मृगवधून्यास आगच्छति ॥ १९ ॥
नेपाली भावानुवादः "हे सम्पूर्ण जगत्‌को रक्षा गर्ने भगवान् सूर्य! तपाईं अस्ताउन लाग्नुभयो, तैपनि मेरो त्यो नासो (मृगीको नासो) मृग-बालक किन फर्केर आएन?" ।। १९ ।।
 
अपिस्विदकृतसुकृतमागत्य मां सुखयिष्यति हरिणराजकुमारो विविधरुचिरदर्शनीयनिजमृगदारकविनोदैरसन्तोषं स्वानामपनुदन् ॥ २० ॥
नेपाली भावानुवादः "के त्यो मृग-राजकुमारले फेरि आएर आफ्ना मनोहर र दर्शनीय क्रीडाद्वारा म पुण्यहीनको शोकलाई हटाएर मलाई आनन्दित तुल्याउला?" ।। २० ।।
 
स्वेलिकायां मां मृषासमाधिनाऽऽमीलितदृशं प्रेमसंरम्भेण चकितचकित आगत्य पृषदपरुषविषाणाग्रेण लुठति ॥ २१ ॥
नेपाली भावानुवादः "अहो! जब म कृत्रिम समाधिको बहाना गरी आँखा चिम्लेर बस्थेँ, तब ऊ चकित हुँदै मेरो नजिक आउँथ्यो र आफ्ना साना-साना कलिला सिङको टुप्पाले मेरो शरीरमा विस्तारै घोच्दथ्यो" ।। २१ ।।
 
आसादितहविषि बर्हिषि दूषिते मयोपालब्धो भीतभीतः सपद्युपरतरास ऋषिकुमारवदवहितकरणकलापआस्ते ॥ २२ ॥
नेपाली भावानुवादः "कहिलेकाहीँ मैले यज्ञका लागि तयार पारेको कुशलाई उसले छोएर अपवित्र बनाउँदा, मैले हप्काएपछि ऊ डरले थुरथुर काँप्दै कुनै ऋषिकुमार झैँ शान्त भएर म सँगै बस्दथ्यो" ।। २२ ।।
 
किं वा अरे आचरितं तपस्तपस्विन्यानया यदियमवनिः सविनयकृष्णसारतनयतनुतरसुभगशिवतमाखरख्रुरपदपङ्क्तिभिर्द्रविणविधुरातुरस्य कृपणस्य मम द्रविणपदवीं सूचयन्त्यात्मानं च सर्वतः कृतकौतुकं द्विजानां स्वर्गापवर्गकामानां देवयजनं करोति ॥ २३ ॥
नेपाली भावानुवादः जमीनमा मृगको खुरको चिह्न देखेर उहाँ भन्नुहुन्थ्यो– "अहो! यस पृथ्वीले कस्तो तपस्या गरेकी होली, जसले यस मृग-बालकको सुकोमल र मङ्गलमय खुरका चिह्नहरूलाई आफ्नो छातीमा धारण गरेकी छे! यी चिह्नहरूले म जस्तो धन (मृग) गुमाएर व्याकुल भएको मानिसलाई बाटो देखाइरहेका छन् र यो भूमिलाई यज्ञका लागि पवित्र बनाइरहेका छन्" ।। २३ ।।
 
अपिस्विदसौ भगवानुडुपतिरेनं मृगपतिभयात् मृतमातरं मृगबालकं स्वाश्रमपरिभ्रष्टमनुकम्पया कृपणजनवत्सलः परिपाति ॥ २४ ॥
नेपाली भावानुवादः "जसकी आमा सिंहको डरले मरेकी थिई र जो अहिले आश्रमबाट हराएको छ, के त्यो अनाथ मृग-बालकलाई दीनवत्सल चन्द्रमाले आफ्नो शीतल किरणद्वारा रक्षा गरिरहनुभएको छ?" ।। २४ ।।
 
किंवाऽऽत्मजविश्लेषज्वरदवदहनशिखाभिरुपतप्यमानहृदयस्थलनलिनीकं मामुपसृतमृगीतनयंशिशिरशान्तानुरागगुणितनिजवदनसलिलामृतमयगभस्तिभिः स्वधयतीति च ॥ २५ ॥
नेपाली भावानुवादः "अथवा आफ्नो सन्तानको वियोगरूपी दावानलले जलिरहेको मेरो हृदयलाई चन्द्रमाले आफ्नो अमृतमय किरणद्वारा शीतलता प्रदान गरिरहनुभएको छ?" ।। २५ ।।
 
एवमघटमानमनोरथाकुलहृदयो मृगदारकाभासेन स्वारब्धकर्मणा योगारम्भणतो विभ्रंशितः स योगतापसो भगवदाराधनलक्षणाच्च कथमितरथा जात्यन्तर एणकुणक आसङ्गः साक्षान्निःश्रेयसप्रतिपक्षतया प्राक्परित्यक्तदुस्त्यजहृदयाभिजातस्य तस्यैवमन्तरायविहतयोगारम्भणस्य राजर्षेर्भरतस्य तावन्गृगार्भकपोषणपालनप्रीणनलालनानुषङ्गेणाविगणयत आत्मानमहिरिवाखुबिलं दुरतिक्रमः कालः करालरभस आपद्यत ॥ २६ ॥
नेपाली भावानुवादः हे राजन्! यस प्रकार असम्भव मनोरथहरूमा फसेर तपस्वी भरत आफ्नो योग-साधना र भगवद्-आराधनाबाट विचलित हुनुभयो। नत्र त, जसले आफ्ना सहोदर छोराछोरी र राज्यलाई समेत मोक्षको बाधक ठानेर त्यागेका थिए, उहाँको एउटा पशुमा यस्तो आशक्ति कसरी हुन सक्थ्यो र? यो सबै उहाँको प्रारब्धको खेल थियो। यसरी मृगको लालनपालनमा भुल्दाभुल्दै, प्वालमा सर्प पसेजसरी अत्यन्त शक्तिशाली काल उहाँको नजिक आइपुग्यो ।। २६ ।।
 
तदानीमपि पार्श्ववर्तिनमात्मजमिवानुशोचन्तम् अभिवीक्षमाणो मृग एवाभिनिवेशितमना विसृज्य लोकमिमं सह मृगेण कलेवरं मृतमनु न मृतजन्मानुस्मृतिरितरवन्मृगशरीरमवाप ॥ २७ ॥
नेपाली भावानुवादः मृत्युको समयमा पनि उहाँको ध्यान आफ्नो नजिकै बसिरहेको र पुत्र झैँ शोक गरिरहेको त्यस मृगमा नै केन्द्रित थियो। "अन्त्य मति सो गति" भन्ने उक्ति अनुसार, मृगकै चिन्तन गर्दै प्राण त्यागेकाले उहाँले अर्को जन्ममा मृगको शरीर प्राप्त गर्नुभयो। तर पहिले गरिएको भगवद्-भक्तिको प्रभावले गर्दा उहाँको पूर्वजन्मको स्मृति भने नष्ट भएन ।। २७ ।।
 
तत्रापि ह वा आत्मनो मृगत्वकारणं भगवदाराधनसमीहानुभावेनानुस्मृत्य भृशमनुतप्यमान आह ॥ २८ ॥
नेपाली भावानुवादः मृगको योनिमा पुगेपछि पनि पूर्वजन्मको साधनाका कारण उहाँलाई आफू मृग हुनुको कारण थाहा भयो। उहाँ अत्यन्तै पश्चात्ताप गर्दै आफूभित्रै यसरी भन्न लाग्नुभयो ।। २८ ।।
 
अहो कष्टं भ्रष्टो ऽहमात्मवतामनुपथाद् यद्विमुक्तसमस्तसङ्गस्य विविक्तपुण्यारण्यशरणस्य आत्मवत आत्मनि सर्वेषामात्मनां भगवति वासुदेवे तदनुश्रवणमननसङ्कीर्तनाराधनानुस्मरणाभियोगेनाश्हयसकलयामेन कालेन समावेशितं समाहितं कार्त्स्न्येन मनस्तत्तु पुनर्ममाबुधस्यारान्मृगसुतमनु परिसुस्राव ॥ २९ ॥
नेपाली भावानुवादः "अहो! कस्तो कष्टको कुरा, म आत्मज्ञानीहरूको मार्गबाट विचलित भएँ! मैले सारा संसार त्यागेर पवित्र वनमा गई भगवान् वासुदेवको आराधना र कीर्तनमा आफ्नो मन लगाएको थिएँ, तर म मूर्खको मन अचानक एउटा मृगको पाठोमा फसेर आफ्नो लक्ष्यबाट च्युत भयो" ।। २९ ।।
 
इत्येवं निगूढनिर्वेदो विसृज्य मृगीं मातरं पुनर्भगक्तक्षेत्रमुपशमशीलमुनिगणदयितं शालग्रामं पुलस्त्यपुलहाश्रमं कालञ्जरात्प्रत्याजगाम ॥ ३० ॥
नेपाली भावानुवादः यस्तो वैराग्य भाव मनमा राखी ती मृगरूपी भरतले आफ्नी मृगी आमालाई त्यागे र आफ्नो जन्मस्थान कालञ्जर पर्वतबाट फेरि शालग्राम क्षेत्र (पुलहाश्रम) मा फर्किए, जहाँ शान्त मुनिहरू भगवान्‌को उपासना गर्दथे ।। ३० ।।
 
तस्मिन्नपि कालं प्रतीक्षमाणः सङ्गाच्च भृशमुद्विग्न आत्मसहचरः शुष्कपर्णतृणवीरुधा वर्तमानो मृगत्वनिमित्तावसानमेव गणयन्मृगशरीरं तीर्थोदकविलन्नमुत्ससर्ज ॥ ३१ ॥
नेपाली भावानुवादः त्यहाँ बसेर उहाँले केवल कालको प्रतीक्षा गर्न थाल्नुभयो। उहाँ कसैको सङ्गत नगरी सुकेका पात र घाँस खाएर बस्नुहुन्थ्यो। जब मृग-योनि दिलाउने प्रारब्ध कर्म समाप्त भयो, तब उहाँले गण्डकी नदीको पवित्र जलमा आफ्नो आधा शरीर डुबाएर त्यस मृग-देहलाई त्यागिदिनुभयो ।। ३१ ।।
इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां पञ्चमस्कन्धे भरतचरितेऽष्टमोऽध्यायः ।। ८ ।।

                                   🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवतको यो आठौँ अध्यायले आध्यात्मिक मार्गमा लाग्नेहरूका लागि एउटा अत्यन्त गम्भीर र महत्वपूर्ण पाठ प्रस्तुत गर्दछ। महान् राजा भरतजसले भगवान्‌को प्राप्तिका लागि आफ्नो सारा साम्राज्य र परिवार त्यागेर वनमा कठोर तपस्या गरेका थिएउहाँ कसरी एउटा सामान्य मृगको मोहमा परेर पतन हुनुभयो भन्ने कुरा यहाँ देखाइएको छ। कथाको सुरुवातमा भरत गण्डकी नदीको किनारमा जप गरिरहेका हुन्छन्। त्यही बेला एउटी गर्भिणी मृगी सिंहको डरले नदी तर्न खोज्दा उसको गर्भ तुहिन्छ र पाठो नदीमा खस्छ। मृगीको मृत्यु हुन्छ र दयालु भरतले त्यस असहाय पाठोलाई उद्धार गरी आफ्नो आश्रममा ल्याउँछन्।

बिस्तारै त्यो दया 'मोहमा परिणत हुन्छ। भरतको सम्पूर्ण ध्यान भगवान्‌को आराधनाबाट हटेर मृगको लालनपालनमा केन्द्रित हुन्छ। उनी मृगसँगै सुत्नेखेल्ने र उसैको चिन्तामा डुब्ने गर्दछन्। उनी यतिसम्म आशक्त हुन्छन् कि मृग हराउँदा पागल झैँ विलाप गर्न थाल्छन्। अन्ततः मृत्युको समयमा पनि भगवान्‌को साटो मृगकै चिन्तन गरेकाले उनी अर्को जन्ममा मृगको योनिमा जन्मिन पुग्छन्। तरपूर्वजन्मको महान् तपस्याको फलस्वरुप उनलाई मृग योनिमा पनि आफ्नो पूर्वजन्मको ज्ञान रहन्छ। उनलाई आफ्नो गल्तीको महसुस हुन्छ र उनी मृग शरीरमै भए पनि विरक्त भएर पुनः पुलहाश्रम जान्छन्। त्यहाँ सुकेका पात खाएर र भगवान्‌को स्मरण गर्दै अन्तमा गण्डकी नदीमा आफ्नो मृग शरीर त्याग गर्छन्। यो कथाले सिकाउँछ कि 'आशक्तिचाहे त्यो जनावरप्रति होस् वा मानिसप्रतिआध्यात्मिक उन्नतिको सबैभन्दा ठूलो शत्रु हो। साँचो साधकले सधैँ सतर्क रहेर आफ्नो मनलाई केवल परमात्मामा मात्र केन्द्रित गर्नुपर्छनत्र जीवनभरको तपस्या एकै क्षणको मोहले खरानी बनाउन सक्छ।

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्षले 'अन्त्य मति सो गति' (मृत्युका बेला जे सोचिन्छत्यही गति प्राप्त हुन्छ) भन्ने गम्भीर आध्यात्मिक सिद्धान्तलाई पुष्टि गर्दछ। भरतको जीवनबाट यो स्पष्ट हुन्छ कि 'आशक्तिवा 'मोहनै संसारमा पुनर्जन्मको कारण हो। भगवान् गीतामा भन्नुहुन्छ– यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम्। अर्थात्अन्तिम समयमा जुन भावको स्मरण गरिन्छत्यही प्राप्त हुन्छ। भरतको पतनको कारण घृणा वा पाप नभएर 'अनुचित दयार 'मोहथियो। दार्शनिक रूपमा यसले 'प्रारब्धको प्रबलतालाई पनि देखाउँछ। कहिलेकाहीँ महान् योगीहरू पनि आफ्नो बाँकी रहेको कर्मको फल भोग्नका लागि यस्तो परिस्थितिमा फस्दछन्। यद्यपिभक्ति यति शक्तिशाली हुन्छ कि मृग योनिमा पुग्दा पनि भरतको 'विवेकहराएन। यसले के सङ्केत गर्छ भने आध्यात्मिक साधना कहिल्यै खेर जाँदैनकेवल केही समयका लागि अवरुद्ध हुन सक्छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...