#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – अष्टमोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – अष्टमोऽध्यायः


श्रीशुक उवाच –
(भृंगनाद)
एकदा तु महानद्यां कृताभिषेकनैयमिकावश्यको ब्रह्माक्षरमभिगणानो मुहूर्तत्रयमुदकान्त उपविवेश ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
एकपटक भरतजी गण्डकीमा स्नान गरेर नित्य नैमित्तिक तथा शौचादि कर्मबाट निवृत्त भएर ओंकार जप गरेर तीन मुहुर्त सम्म नदी कीनारामा बसे ।।१।।

तत्र तदा राजन् हरिणी पिपासया जलाशयाभ्याशमेकैवोपजगाम ॥ २ ॥ 

राजन् ! त्यसै समयमा एउटी हरिणी तिर्खाले ब्याकुल भएर पानी पिउनका लागि एक्लै त्यस नदीको तीरमा आई ।।२।।

तया पेपीयमान उदके तावदेवाविदूरेण नदतो मृगपतेरुन्नादो लोकभयङ्कर उदपतत् ॥ ३ ॥  

उसले पानी पिइरहेको बेलामा बनबाट सिंह गर्जिएको ठुलो आवाज सुनि ।।३।।

तमुपश्रुत्य सा मृगवधूः प्रकृतिविक्लवा चकितनिरीक्षणा सुतरामपि हरिभयाभिनिवेशव्यग्रहृदया पारिप्लवदृष्टिरगततृषा भयात् सहसैवोच्चक्राम ॥ ४ ॥ 

हरिणहरू स्वभावैले डरछेरुवा हुन्छन । त्यसैले सतर्क भएर यताउती हेर्न थाली जब उसको कानमा सिंहको ठुलो स्वर पर्यो अनि डराएर मुटु ढुकढुक गर्न थाल्यो र आँखा आत्तिएर डराएको थियो । पानी पनि पुरा खाएकी थिइन तव उसले प्राण वचाउँनका लागि एकाएक नदि पार गर्न लागी ।।४।।

तस्या उत्पतन्त्या अन्तर्वत्‍न्या उरुभयावगलितो योनिनिर्गतो गर्भः स्रोतसि निपपात ॥ ५ ॥ 

मृगीणी गर्भिणी थिई, त्यसैले अत्यन्त डरले उफ्रेर भग्दा गर्दा उसको गर्भले ठाँउ छोडेर योनीबाट बाहिर नदिमा खस्यो ।।५।।

तत्प्रसवोत्सर्पणभयखेदातुरा स्वगणेन वियुज्यमाना कस्याञ्चिद्दर्यां कृष्णसारसती निपपाताथ च ममार ॥ ६ ॥ 

त्यो मृगिणी अकस्मात गर्भ खस्नाले र ठुलो नदी तर्नु पर्दाको पीडा तथा सिंहको डरले सिथिल भएकी थिई । आफ्नो बथानबाट उ विछोड भई र कुनै गुफामा पुगेर उ मरी ।।६।।

तं त्वेणकुणकं कृपणं स्रोतसानूह्यमानमभिवीक्ष्यापविद्धं बन्धुरिवानुकम्पया राजर्षिर्भरत आदाय मृतमातरमित्याश्रमपदमनयत् ॥ ७ ॥ 

राजर्षि भरतले विचरा हरिणको बच्चा आफ्ना बन्धुबाट बिछोड नदीको धारमा बगिरहेको देखे । यो देखेर उनलाई धेरै दया लाग्यो र आत्मीय भावले त्यो मृगको वच्चालाई आफ्नो आश्रममा लिएर आए ।।७।।

तस्य ह वा एणकुणक उच्चैरेतस्मिन् कृतनिजाभिमानस्याहरहस्तत्पोषणपालनलालनप्रीणनानुध्यानेनात्मनियमाः सहयमाः पुरुषपरिचर्यादय एकैकशः कतिपयेनाहर्गणेन वियुज्यमानाःकिलसर्वएवोदवसन् ॥ ८ ॥ 

त्यस मृगको वच्चा प्रति भरतको ममता बढेर गयो । उनी नित्य उसलाई खुवाउने पियाउने कुराको ब्यबस्था मिलाउने, बाघादिबाट बचाउने र हेरचाहआदि चिन्तामा रहन लागे जसले गर्दा उनको यम नियम र भगवत् पूजा आदि नित्यकर्महरू क्रमशः छुट्दै गयो ।।८।।

अहो बतायं हरिणकुणकः कृपण ईश्वररथचरणपरिभ्रमणरयेण स्वगणसुहृद्‌बन्धुभ्यः परिवर्जितः शरणं च मोपसादितो मामेव मातापितरौ भ्रातृज्ञातीन् यौथिकांश्चैवोपेयाय नान्यं कञ्चन वेद मय्यतिविस्रब्धश्चात एव मया मत्परायणस्य पोषणपालनप्रीणनलालनमनसूयुनानुष्ठेयं शरण्योपेक्षादोषविदुषा ॥ ९ ॥ 

उनलाई त्यो मृगको वच्चालाई खेलाउँदा यस्तो बिचार आउँथ्यो कि अहो कस्तो चिन्ताको कुरा छ यस विचरा मृगबालकलाई कालचक्रको वेगले आफ्नो बथान सुहृद र बन्धुहरूबाट छुटाएर मेरो शरणमा ल्याइदियो । यसले ता मलाइै नै आफ्नो आमा–बाबु, भाई–बन्धु र साथी संगी सम्झन लाग्यो । यसलाइ म बाहेक अरु कसैको बारेमा थाहा छैन र मलाई नै धेरै विश्वास गर्दछ । म पनि शरणागतीलाई उपेक्षा गर्दा हुने दोषको बारेमा जान्दछु । त्यसैले मैले सबै किसिमको दोष बुद्धिलाई छाडेर राम्रोसंग यसलाई पालन पोषण गर्नु र हेरचाह गर्नुपर्दछ ।।९।।

नूनं ह्यार्याः साधव उपशमशीलाः कृपणसुहृद् एवंविधार्थे प्त्वार्थानपि गुरुतरानुपेक्षन्ते ॥ १० ॥ 

निश्चय नै शान्त स्वभाव र दुःखीहरूको रक्षा गर्ने परोपकारी सज्जन यस्तो सरणागतको रक्षाको लागि आफ्नो कुनै स्वार्थको समेत वास्ता गर्दैनन ।।१०।।

इति कृतानुषङ्ग आसनशयनाटनस्थानाशनादिषु सह मृगजहुना सेहानुबद्धहृदय आसीत् ॥ ११ ॥
 
यस प्रकार त्यस हरिणकी बच्चामा आसक्ति बढ्न जाँदा बस्दा, उनको चित्त उसैको स्नेहपाशमा बाँधियो, सुत्दा, हिड्दा, खाना खाँदा पनि उसलाई छोड्दैन थे ।।११।।

कुशकुसुमसमित्पलाशफलमूलोदकान्याहरिष्यमाणो वृकसालावृकादिभ्यो भयमाशंसमानो यदा सह हरिणकुणकेन वनं समाविशति ॥ १२ ॥ 

उनी कुश, फूल, समिधा, फल मुलादि लिनजाँदाको समयमा पनि कुकुर र ब्वासोहरूले मार्ने डरले संगै लिएर वनमा जान्थे ।।१२।।

पथिषु मुग्धभावेन तत्र तत्र विषक्तमतिप्रणयभरहृदयः कार्पण्यात्स्कन्धेनोद्वहति एवमुत्सङ्ग उरसि चाधायोपलालयन्मुदं परमामवाप ॥ १३ ॥ 

बाटोमा हिंडेदा कलिला घाँसहरू देखेर अडियो भने अत्यन्त प्रेमभावले काँधमा राखेर हिड्दथे । यसप्रकार कहिले काँधमा कहिले छातीमा च्यापेर हिड्दा उनलाई आनन्द लाग्दथ्यो ।।१३।।

क्रियायां निर्वर्त्यमानायामन्तरालेऽप्यु त्थायोत्थाय यदैनमभिचक्षीत तर्हि वाव स वर्षपतिः प्रकृतिस्थेन मनसा तस्मा आशिष आशास्ते स्वस्तिस्ताद्वत्स ते सर्वत इति ॥ १४ ॥ 

राजरजेश्वर भरत नित्य नैमित्तिक कर्म गर्दा पनि बीच बीचमा उठेर त्यो मृग वालकलाई हेर्दथे र उसलाई देखेपछि उनी आनन्दित हुन्थे । उनको लागि मंगलमय कामना गर्दै भन्थे बाबु ! तेरो कल्याण होस ।।१४।।

अन्यदा भृशमुद्विग्नमना नष्टद्रविण इव कृपणः सकरुणमतितर्षेण हरिणकुणकविरहविह्वलहृदयसन्तापस्तमेवानुशोचन् किल कश्मलं महदभिरम्भित इति होवाच ॥ १५ ॥ 

कहिले यदि त्यो मृगबालकलाई  देखेनन भने धन लुटिएर दुःखी भएको मानिस झैं उनको चित्त अति ब्याकुल हुन्थ्यो र फेरी उनी त्यस मृग वच्चाको विछोडमा व्याकुल भएर शोक मग्न हुँदै यसो भन्दथे ।।१५।।

अपि बत स वै कृपणएणबालको मृतहरिणीसुतोऽहोममानार्यस्य शठकिरातमतेरकृतसुकृतस्य कृतविस्रम्भ आत्मप्रत्ययेन तदविगणयन् सुजन इवागमिष्यति ॥ १६ ॥ 

अहो ! के गर्नु त्यो मातृहीन मृग बालक अत्यन्तै दीन छ । अब त्यो म पुण्यहीन अनार्यलाई विश्वास गरेर फेरी फर्केर महापुरुषले झै मैले गरेको अपराधलाई बिर्सला त ? ।।१६।।

अपि क्षेमेणास्मिन्नाश्रमोपवने शष्पाणि चरन्तं देवगुप्तं द्रक्ष्यामि ॥ १७ ॥ 

के म उसलाई यस आश्रमको उपवनमा भगवान्को कृपाले सुरक्षित भएर हरियो दुवोमा चरेको देख्दछु ।।१७।।

अपि च न वृकः सालावृकोऽन्यतमो वा नैकचर एकचरो वा भक्षयति ॥ १८ ॥ 

कुनै भेडाहरू, कुकुरहरू, जमात बाँधेर हिड्ने सुंगुरहरू, एक्लै हिड्ने बाघआदिले उसलाई खायो कि ।।१८।।

निम्लोचति ह भगवान् सकलजगत्क्षेमोदयस्त्रय्यात्माद्यापि मम न मृगवधून्यास आगच्छति ॥ १९ ॥ 

हे सम्पूर्ण जगतको रक्षाका लागि प्रकट हुने वेदत्रयीरूप भगवान् सूर्य अस्ताउन लाग्नु भएको छ तैपनि त्यो मृगीकी धरोहर किन फर्केर आएन ।।१९।।

अपिस्विदकृतसुकृतमागत्य मां सुखयिष्यति हरिणराजकुमारो विविधरुचिरदर्शनीयनिजमृगदारकविनोदैरसन्तोषं स्वानामपनुदन् ॥ २० ॥

के त्यो हरिणराजकुमार म पुण्यहीन संग आएर मृगका बच्चाहरूले गर्ने आफ्नो बिभिन्न प्रकारको  मनोहर एवं दर्शनिय कृडाहरूले आफ्नो स्वजनको दुःख, मलाई आनन्द पारिदेला ? ।।२०।।

स्वेलिकायां मां मृषासमाधिनाऽऽमीलितदृशं प्रेमसंरम्भेण चकितचकित आगत्य पृषदपरुषविषाणाग्रेण लुठति ॥ २१ ॥ 

अहो ! जब कहिलेकहि उ खेलिरहेको समयमा म बनावटि समाधिको वाहना गरेर आँखा वन्द गरेर बस्दथें त्यतिबेला उ चकित भऐर मेरो नजिक आएर जलबिन्दु समान कलिला साना साना सिंगको चुच्चाले मेरो शरीरमा घोच्याउथ्यो ।।२१।।

आसादितहविषि बर्हिषि दूषिते मयोपालब्धो भीतभीतः सपद्युपरतरास ऋषिकुमारवदवहितकरणकलापआस्ते ॥ २२ ॥ 

कहिलेकहि मैले कुशासनमा हवन सामग्री राखेको बेलामा उसले दाँतले टोकेर अपवित्र बनाइदिन्थ्यो त्यसबेला मैले हिर्काउँदा डराएर त्यस कुशलाई छोडेर ऋषिकुमार जस्तै सबै इन्द्रियहरूलाई रोकेर चुप्प भएर मसंगै बस्दथ्यो ।।२२।।

किं वा अरे आचरितं तपस्तपस्विन्यानया यदियमवनिःसविनयकृष्णसारतनयतनुतरसुभगशिवतमाखरख्रुरपदपङ्क्तिभिर्द्रविणविधुरातुरस्य 
कृपणस्य मम द्रविणपदवीं सूचयन्त्यात्मानं च सर्वतः कृतकौतुकं द्विजानां स्वर्गापवर्गकामानां देवयजनं करोति ॥ २३ ॥ 

उनले पृथ्वी मा त्यस मृगवच्चाको खुरको चिन्ह देखेर भन्दथे अहो ! यस तपस्विनी धर्तीले यस्तो कुन तप गरेकी थिइन जुन उस अर्तिविनीत मृगबालकको छोटो छोटो र राम्रो, सुखकारी र सुकोमल खुरको चरणको चिन्हले मलाई, जुन मेरो मृगधन लुटिनाले अत्यन्त व्याकुल र दुःखी भएकोले त्यस द्रव्यको प्राप्तिको बाटो देखाई रहेकी छीन   स्वयं आफ्नो शरीरलाई पनि ती चरणले विभुषित गराई स्वर्ग तथा मोक्षको इच्छा भएका द्विजहरूका लागि यज्ञ भूमी बनाइरहेकी छीन ।।२३।।

अपिस्विदसौ भगवानुडुपतिरेनं मृगपतिभयात् मृतमातरं मृगबालकं स्वाश्रमपरिभ्रष्टमनुकम्पया कृपणजनवत्सलः परिपाति ॥ २४ ॥ 

अहो ! जसकी आमा सिंहको डरले मरेकी थिई । आज त्यहि मृगको वालक आफ्नो आश्रमबाट विछोड भयो त्यसैले उसलाई अनाथ देखेर के उहाँ दीनवस्तसल भगवान् नक्षत्रनाथले दया गरेर उसको रक्षा गर्नु भएको छ कि ? ।।२४।।
किंवाऽऽत्मजविश्लेषज्वरदवदहनशिखाभिरुपतप्यमानहृदयस्थलनलिनीकं मामुपसृतमृगीतनयंशिशिरशान्तानुरागगुणितनिजवदनसलिलामृतमयगभस्तिभिः स्वधयतीति च ॥ २५ ॥ 

अथवा आफ्नो छोराको वियोगरूप दावानलको ज्वालाले हृदयकमल दग्धभएका कारण मैले एउटा मृगवालकको सहारा लिएको थिएं । अब त्यो यहाँबाट विछोड भएकोले मेरो हृदय जल्न लागिरहेको छ । त्यसैले आफ्नो शीतल शान्त, स्नेहपूर्ण र वदन शलीलरूप अमृतमय किरणले मलाई शान्त गरिरहेको छ कि ? ।।२५।।

एवमघटमानमनोरथाकुलहृदयो मृगदारकाभासेन स्वारब्धकर्मणा योगारम्भणतो विभ्रंशितः स योगतापसो भगवदाराधनलक्षणाच्च कथमितरथा जात्यन्तर एणकुणक आसङ्गः साक्षान्निःश्रेयसप्रतिपक्षतया प्राक्परित्यक्तदुस्त्यजहृदयाभिजातस्य तस्यैवमन्तरायविहतयोगारम्भणस्य राजर्षेर्भरतस्य 
तावन्गृगार्भकपोषणपालनप्रीणनलालनानुषङ्गेणाविगणयत आत्मानमहिरिवाखुबिलं दुरतिक्रमः कालः करालरभस आपद्यत ॥ २६ ॥ 

राजन ! यस प्रकार जुनकुरा पुरा हुन असम्भव थियो त्यहि मनोरथ विषयले भरतको चित्त ब्याकुल हुन लाग्यो । अफ्नो प्रारब्धका कारण नै मृगशावकको रूप हुनु परेकोले तपस्वी भरत भगवान्को आराधना, नित्यकर्म एवं योगानुष्ठानबाट  बिमुख भए । नत्र त जसले आफ्ना हृदयबाट उत्पन्न पुत्रादिलाई समेत मोक्षमार्गका विघ्नरूप हुन भन्ने सम्झेर त्यागेका थिए भने अहिले अन्य जातीय हरिणको वच्चामा कसरी आसक्ति हुन सक्थ्यो र  । यस प्रकार राजर्षि भरत विघ्नको वशमा परेर योग साधनाबाट भ्रष्ट भए र त्यो मृगवच्चाको पालन पोषण र माया ममतामा लाग्नाले आत्मस्वरुपलाई बिर्सिए । समयलाई टार्न कठिन हुन्छ, त्यो प्रवल वेगशाली कराल काल, मुषाको प्वालमा जसरी सर्प पस्दछ त्यसरी नै उनको सिरमा आक्रमण गर्यो ।।२६।।

तदानीमपि पार्श्ववर्तिनमात्मजमिवानुशोचन्तम् अभिवीक्षमाणो मृग एवाभिनिवेशितमना विसृज्य लोकमिमं सह मृगेण कलेवरं मृतमनु न मृतजन्मानुस्मृतिरितरवन्मृगशरीरमवाप ॥ २७ ॥ 

त्य समय पनि त्यो हरिणको वच्चाको उनको नजिक बसेको छोराले जसरी शोकमग्न भएको थियो । यस स्थितिमा उनको  चित्त उसैमा रहेको थियो । यसप्रकार आशक्तिमा नै उनको शरीर पनि छुट्यो । त्यसपछि उनले अन्तकालको भावना अनुसार अन्य साधारण पुरुषले झैं मृगशरीर नै मिल्यो । तर उनको साधना पुरा भएको हँदा पूर्वजन्मको स्मृति नष्ट भएको थिएन ।।२७।। 
                              
तत्रापि ह वा आत्मनो मृगत्वकारणं भगवदाराधनसमीहानुभावेनानुस्मृत्य भृशमनुतप्यमान आह ॥ २८ ॥ 

त्यस योनिमा पनि पूर्वजन्मको भगवद् आराधनाको प्रभावले आफु मृगरूप भएको कारण थाहा पाएर उनी धेरै पश्चाताप गर्दै भन्नलागे ।।२८।।

अहो कष्टं भ्रष्टो ऽहमात्मवतामनुपथाद् यद्विमुक्तसमस्तसङ्गस्य विविक्तपुण्यारण्यशरणस्य आत्मवत आत्मनि सर्वेषामात्मनां भगवति वासुदेवे तदनुश्रवणमननसङ्कीर्तनाराधनानुस्मरणाभियोगेनाश्हयसकलयामेन कालेन समावेशितं समाहितं कार्त्स्न्येन मनस्तत्तु पुनर्ममाबुधस्यारान्मृग सुतमनु परिसुस्राव ॥ २९ ॥ 

अहो ! धेरै अफशोचको कुरा छ, संयमशील महानुभावको मार्गबाट म भ्रष्ट भएं ! मैले त धैर्यपूर्वक सब प्रकारको आसक्ति छोडेर एकान्त र पवित्र वनको आश्रय लिएको थिए । त्यहाँ बसेर आफ्नो चित्तलाई जीवका आत्मा श्रीवासुदेवमा निरन्त वहाँकै गुणको श्रवण, कीर्तन गरेर तथा हरक्षण स्थिरभावले वहाँकै आराधनामा लगाएको थिएं तर म मुर्खको मन अकस्मात एउटा हरिणको वच्चामा परेर आफ्नो लक्षबाट च्युत भएं ।।२९।।

इत्येवं निगूढनिर्वेदो विसृज्य मृगीं मातरं पुनर्भगक्तक्षेत्रमुपशमशीलमुनिगणदयितं शालग्रामं पुलस्त्यपुलहाश्रमं कालञ्जरात्प्रत्याजगाम ॥ ३० ॥ 

यस प्रकार मृग शरीर भएका राजर्षि भरतको हृदयमा जुन वैरग्य भावना जागृत भयो, त्यसलाई लुकाएर उनले आमा हरिणीलाई त्यागिदिए । र आफ्नो जन्मभूमि कालञ्जर पर्वतबाट फेरि शान्तस्वभाव मुनीहरूका प्रिय त्यहि भगवानको क्षेत्र जुन शालग्राम तीर्थमा  हो, पुलस्त्य र पुलह ऋषिको आश्रममा पुगे ।।३०।।

तस्मिन्नपि कालं प्रतीक्षमाणः सङ्गाच्च भृशमुद्विग्न आत्मसहचरः शुष्कपर्णतृणवीरुधा वर्तमानो मृगत्वनिमित्तावसानमेव गणयन्मृगशरीरं तीर्थोदकविलन्नमुत्ससर्ज ॥ ३१ ॥ 

त्यहाँ रहेर पनि उनी कालको प्रतिक्षा गर्न लागे । एक्लै रहे उनी सुकेका पात, घाँस लहरा खाएर निर्वाह गरेर मृगयोनिलाई प्राप्त गराउने प्रारब्धको नाश गर्दै बसे । अन्तमा उनले आफ्नो शरीरको आधाभाग गंडकीको जलमा डुवाएर त्यस मृगशरीरलाई त्यागि दिए ।।३१।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे भरतचरितेऽष्टमोऽध्यायः ॥ ८ ॥