#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

षष्ठः स्कन्धः – द्वादशोऽध्यायः

  

श्रीमद्‌भागवत महापुराण
षष्ठः स्कन्धः – द्वादशोऽध्यायः


 
श्रीऋषिरुवाच – 
(इंद्रवज्रा)
एवं जिहासुर्नृप देहमाजौ
     मृत्युं वरं विजयान्मन्यमानः ।
शूलं प्रगृह्याभ्यपतत् सुरेन्द्रं
     यथा महापुरुषं कैटभोऽप्सु ॥ १ ॥

श्री शुकदेवजी भन्नुहुन्छ–
राजन् ! वित्रासुर इन्द्रलाई विजय गरेर स्वर्ग पाउँनु भन्दा मरेर भगवान् प्राप्ति गर्नु नै उत्तम ठान्दथ्यो । त्यसैले उ रणभूममिमा आफ्नो शरीर छोड्न चाहान्थ्यो, त्यसैले जसरी प्रलयकालीन जलमा कैटभासुर भगवान् विष्णुलाई आक्रमण गर्न दौडेका थिए त्यसै गरी हातमा त्रिशूल लिएर इन्द्रमाथि आक्रमण गर्न दैड्यो ।।१।।

ततो युगान्ताग्निकठोरजिह्वं
     आविध्य शूलं तरसासुरेन्द्रः ।
क्षिप्त्वा महेन्द्राय विनद्य वीरो
     हतोऽसि पापेति रुषा जगाद ॥ २ ॥

वीर वृत्रासुरले प्रलय कालीन अग्निको ज्वाला समान तीखो चुच्चो भएको त्रिशूललाई घुमाएर ठुलो वेगले इन्द्रलाई प्रहार गर्यो र रिसले सिंहनाद गर्दै भन्नलाग्यो हे पापी इन्द्र ! अब त बच्न सक्तैनस ।।२।।

ख आपतत् तद् विचलद् ग्रहोल्कवद्
     निरीक्ष्य दुष्प्रेक्ष्यमजातविक्लवः ।
वज्रेण वज्री शतपर्वणाच्छिनद्
     भुजं च तस्योरगराजभोगम् ॥ ३ ॥

इन्द्रले ग्रह र उल्काको समान घुम्दै आकासबाट ठुलो त्रिशूल आफुतिर आइरहेको  देखे । उनले अलिकता पनि विचलित नभइकन त्यस  त्रिशूललाई समातेर आफ्नो सतपर्दा नामक अस्त्रले वासुकि नागको शरीर समान, वृत्रासुरको ठुला ठुला हात काटिदिए ।।३।।

छिन्नैकबाहुः परिघेण वृत्रः
     संरब्ध आसाद्य गृहीतवज्रम् ।
हनौ तताडेन्द्रमथामरेभं
     वज्रं च हस्तान् न्यपतन् मघोनः ॥ ४ ॥

एउटा हात काटिनाले बृत्रासुर धेरै रिसायो । उसले वज्रधारी इन्द्र र गजराज ऐरावतलाई परिघले उनको मस्तकमा यसरी प्रहाग गर्यो कि उसको हातबाट त्यो वज्र खस्यो ।।४।।

वृत्रस्य कर्मातिमहाद्‍भुतं तत्
     सुरासुराश्चारणसिद्धसङ्‌घाः ।
अपूजयंस्तत् पुरुहूतसङ्‌कटं
     निरीक्ष्य हा हेति विचुक्रुशुर्भृशम् ॥ ५ ॥

वृत्रासुरको यस्तो अद्भुत कार्यलाई देखेर देवता, असुर, चारण, सिद्धगण आदि प्रशंसा गर्न लागे । तर उनीहरू इन्द्रको संकट देखेर हाहाकार गरेर कराउन  पनि लागे ।।५।।

इन्द्रो न वज्रं जगृहे विलज्जितः
     च्युतं स्वहस्तादरिसन्निधौ पुनः ।
तमाह वृत्रो हर आत्तवज्रो
     जहि स्वशत्रुं न विषादकालः ॥ ६ ॥

परीक्षित ! त्यो आफ्नो हातबाट खसेर वृत्रासुरको नजिकै पुगेको वज्रलाई इन्द्रले लज्जित भएर उठाएनन । तब वृत्रासुरले भन्न लाग्यो  इन्द्र तिमीले त्यो वज्र उठाएर आफ्नो सत्रुलाई मारिहाल, यो विषाद गर्ने समय होइन ।।६।।

युयुत्सतां कुत्रचिदाततायिनां
     जयः सदैकत्र न वै परात्मनाम् ।
विनैकमुत्पत्तिलयस्थितीश्वरं
     सर्वज्ञमाद्यं पुरुषं सनातनम् ॥ ७ ॥ 

हेर जगतको उत्पत्ति, स्थिति, र प्रलय गर्नमा समर्थ भाएका सवज्र्ञ, सनातन, आदिपुरुष भगवान् नै हुनुहुन्छ । वहाँ बाहेक देहाभिमानी र युद्धका लागि उत्सुक आतातायिलाई सधैं जय पनि मिल्दैन । उ कहिले जित्छ कहिले हार्दछ ।।७।।

(अनुष्टुप्)
लोकाः सपाला यस्येमे श्वसन्ति विवशा वशे ।
द्विजा इव शिचा बद्धाः स काल इह कारणम् ॥ ८ ॥

यो सबै लोक र लोकपाल जालमा फसेका पक्षी जस्तै जसको अधिनमा रहि विवश भएर कार्य गर्दछ । त्यो काल नै सबैको जय–पराजयको मुख्य कारण हो ।।८।।

ओजः सहो बलं प्राणं अमृतं मृत्युमेव च ।
तमज्ञाय जनो हेतुं आत्मानं मन्यते जडम् ॥ ९ ॥

त्यहि काल नै मानिसको मनोबल, इन्द्रियबल र शरीरबल प्राण, जीवन र मृत्युको कारणको रूपमा रहेको छ । मानिसले त्यसलाई नजानेर जड शरीरलाई नै जय पराजय आदिको कारण सम्झन्छ ।।९।।

यथा दारुमयी नारी यथा यंत्रमयो मृगः ।
एवं भूतानि मघवन् नीशतन्त्राणि विद्धि भोः ॥ १० ॥

इन्द्र जसरी काठको पुतली र यन्त्रको हरिण नचाउँनेको अधिनमा हुन्छ, त्यसरी नै तिमीले सबै प्राणीहरू भगवान्को अधिनमा छन भन्ने सम्झ ।।१०।।

पुरुषः प्रकृतिर्व्यक्तं आत्मा भूतेन्द्रियाशयाः ।
शक्नुवन्त्यस्य सर्गादौ न विना यदनुग्रहात् ॥ ११ ॥

भगवान्को कृपा, नभई पुरुष, प्रकृति, महतत्व अहंकार, पञ्चभूत, इन्द्रिय र अन्तःकरणचतुष्टय यी कुनैपनि विश्वको उत्पत्ति आदि गर्नमा समर्थ हुन सक्तैनन ।।११।।

अविद्वानेवमात्मानं मन्यतेऽनीशमीश्वरम् ।
भूतैः सृजति भूतानि ग्रसते तानि तैः स्वयम् ॥ १२ ॥

जसलाई भगवानले नै सबै कुरामा नियन्त्रण गर्दछन भन्ने बारेमा थाहा छैन उसले मात्र त्यहि परतन्त्र जीवलाई स्वतन्त्र कर्ता भोक्ता मान्दछ । बास्तवमा स्वयं भगवान् नै प्राणीहरूद्वारा प्राणीको रचना र उनैद्वारा उनीहरूको संहार गर्दछन ।।१२।।

आयुः श्रीः कीर्तिरैश्वर्यं आशिषः पुरुषस्य याः ।
भवन्त्येव हि तत्काले यथानिच्छोर्विपर्ययाः ॥ १३ ॥

जस प्रकार इच्छा नहुँदा पनि विपरित समय हुँदा मानिसलाई मृत्यु र अपयश आदि प्राप्ति हुन्छ त्यसरी नै समयको अनुकूलता हँदा इच्छा नहुँदा पनि उसलाई आयु, लक्ष्मी, यश र ऐश्वर्य आदि प्राप्त हुन्छ ।।१३।।

तस्मादकीर्तियशसोः जयापजययोरपि ।
समः स्यात्सुखदुःखाभ्यां मृत्युजीवितयोस्तथा ॥ १४ ॥

यसैले यश–अपयश, जय–पराजय, सुख–दुःख, जीवन–मरण आदिमा कुनैमा पनि इच्छा अनिच्छा नराखेर सबै परिस्थितिमा समभावले रहनु पर्दछ । हर्ष शोकबाट वशिभूत हुनुहुदैन ।।१४।।

सत्त्वं रजस्तम इति प्रकृतेर्नात्मनो गुणाः ।
तत्र साक्षिणमात्मानं यो वेद स न बध्यते ॥ १५ ॥

सत्व, रज, र तम यी तीनै गुण प्रकृतिको हो, आत्माको होइन अतः जो मानिस आत्मालाई ति गुणको साक्षी भनेर जान्दछ, त्यो ति तीनगुणका गुण–दोषमा लिप्त हुदैन ।।१५।।

पश्य मां निर्जितं शत्रु वृक्णायुधभुजं मृधे ।
घटमानं यथाशक्ति तव प्राणजिहीर्षया ॥ १६ ॥

देवराज इन्द्र ! मलाई पनि हेर तिमीले मेरो हात र अश्त्र काटेर एक प्रकारले मलाई परास्त गरेका छौ र फेरी पनि म तिम्रो प्राण लिन सक्तो प्रयास गरिरहेको छु ।।१६।।

प्राणग्लहोऽयं समर इष्वक्षो वाहनासनः ।
अत्र न ज्ञायतेऽमुष्य जयोऽमुष्य पराजयः ॥ १७ ॥

यो युद्ध एउटा जुवाको खेल हो यसमा प्राणको वाजी राखिन्छ, बाणको पासा हालिन्छ र वाहन नै थर्की हो  । यसमा पहिले नै यो कुराको थाहा हुदैन कि कसले जित्दछ र कसले हार्दछ ।।१७।।

श्रीशुक उवाच–
इन्द्रो वृत्रवचः श्रुत्वा गतालीकमपूजयत् ।
गृहीतवज्रः प्रहसन् तमाह गतविस्मयः ॥ १८ ॥

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! वृत्रासुरको यस्तो सत्य एवं निष्कपट वचन सुनेर इन्द्रले उसको आदर गरे अनि हातमा आफ्नो वज्र उठाए । त्यसपछि बिना कुनै प्रकारको आश्चर्य हुदै मुस्कुराउँदै भन्न लागे ।।१८।।

इन्द्र उवाच –
अहो दानव सिद्धोऽसि यस्य ते मतिरीदृशी ।
भक्तः सर्वात्मनात्मानं सुहृदं जगदीश्वरम् ॥ १९ ॥

देवराज इन्द्रले भने–
अहो दानवराज ! तिमी सच्चा सिद्ध पुरुष हौ त्यसैले तिम्रो धैर्य, निश्चय र भगवद्भाव यति विलक्षण छ । तिमी सबै प्राणीहरूको आत्मस्वरूप जगदीश्वरको अनन्य भावले भक्ति गरेका छौ ।।१९।।

भवानतार्षीन्मायां वै वैष्णवीं जनमोहिनीम् ।
यद् विहायासुरं भावं महापुरुषतां गतः ॥ २० ॥

निश्चय नै तिमीले मानिसलाई मोहित गर्ने भगवान्को मायाबाट  पार पाईसकेका छौ त्यसैले तिमी असुरीभावलाई छोडेर महापुरुष भएका छौ ।।२०।।

खल्विदं महदाश्चर्यं यद्रजःप्रकृतेस्तव ।
वासुदेवे भगवति सत्त्वात्मनि दृढा मतिः ॥ २१ ॥

अवस्य नै यो धरै आश्चर्यको कुरा हो कि तिमी रजोगुणि प्रकृतिका हौ तापनि विशुद्ध सत्वस्वरूप भगवान् वासुदेवमा तिम्रो बुद्धि दृढताका साथ लागेको छ ।।२१।।

यस्य भक्तिर्भगवति हरौ निःश्रेयसेश्वरे ।
विक्रीडतोऽमृताम्भोधौ किं क्षुद्रैः खातकोदकैः ॥ २२ ॥

जसले परमकल्याणका स्वामी भगवान् श्रीहरिको चरणमा प्रेममय भक्तिभाव राख्दछ, उसलाई जगतको भोगको के आवस्यकता हुन्छ । उ ता अमृतको समुद्रमा विहार गरिरहेको हुन्छ उसलाई तुच्छ खाल्डोको पानीको आवस्यता नै किन हुन्छ ? ।।२२।।

श्रीशुक उवाच –
इति ब्रुवाणावन्योन्यं धर्मजिज्ञासया नृप ।
युयुधाते महावीर्यौ इन्द्रवृत्रौ युधाम्पती ॥ २३ ॥

श्री शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! यस प्रकार महापराक्रमी देवराज इन्द्र र वृत्रासुर धर्मको तत्व जान्ने अभिलाषाले एक अर्कामा कुराकानि गर्दै एक आपसमा युद्ध गर्न लागे ।।२३।।

आविध्य परिघं वृत्रः कार्ष्णायसमरिन्दमः ।
इन्द्राय प्राहिणोद् घोरं वामहस्तेन मारिष ॥ २४ ॥

राजन् अब सत्रुसूदन वृत्रासुरले देव्रे हातले  एउटा अतिसय ठुलो परिघ उठाएर आकाशमा घुमायो र त्यसले इन्द्रलाई प्रहार गर्यो ।।२४।।

स तु वृत्रस्य परिघं करं च करभोपमम् ।
चिच्छेद युगपद् देवो वज्रेण शतपर्वणा ॥ २५ ॥

परन्तु देवराज इन्द्रले वृत्रासुरको त्यो परिघ तथा हत्तिको सुड जस्तो उसको लामो हात आफ्नो सय गाँठो भएको सतपर्वा वज्रले एकै पटक काटेर खसाले ।।२४।।

दोर्भ्यां उत्कृत्तमूलाभ्यां बभौ रक्तस्रवोऽसुरः ।
छिन्नपक्षो यथा गोत्रः खाद् भ्रष्टो वज्रिणा हतः ॥ २६ ॥

फेदैमा काटिएको वृत्रासुरको दु्वै हातबाटको वायाँ काँधबाट रगतको धारा वग्न लाग्यो । त्यस बेला यस्तो मानिन्थ्यो कि इन्द्रको वज्रको चोटले प्वाख काटिनाले कुनै पर्वत नै आकासबाट खसेको जस्तो लाग्दथ्यो ।।२६।।

कृत्वाधरां हनुं भूमौ दैत्यो दिव्युत्तरां हनुम्
नभोगम्भीरवक्त्रेण लेलिहोल्बणजिह्वया ॥ २७ ॥

दंष्ट्राभिः कालकल्पाभिः ग्रसन्निव जगत्त्रयम् ।
अतिमात्रमहाकाय आक्षिपन् तरसा गिरीन् ॥ २८ ॥

गिरिराट् पादचारीव पद्‍भ्यां निर्जरयन् महीम् ।
जग्रास स समासाद्य वज्रिणं सहवाहनम् ॥ २९ ॥

वृत्रग्रस्तं तमालोक्य सप्रजापतयः सुराः ।
महाप्राणो महावीर्यो महासर्प एव द्विपम् ।
हा कष्टमिति निर्विण्णाः चुक्रुशुः समहर्षयः ॥ ३० ॥

अव त्यो पर्वतराज समान विशाल शरीर भएको वृत्रासुरले आफ्नो चिउँडो पृथ्वीमा टेकाएर माथिल्लो ओठलाई स्वर्गतिर फैलाएर ठुलो र गहिरो मुख र डरलाग्दो जिब्रो र मृत्यु समानका तीखा दाह्राले तीनै लोकलाइै डस्न लागेको जस्तो गरेर खुट्टाले पृथ्वी थर्काउदै इन्द्रको नजिक पुग्यो र ठुलो अजिंगरले हात्तिलाई निले झैं इन्द्र र उनको वाहन हात्तिलाई समेत निलिदियो ।।२७।।३०।।

निगीर्णोऽप्यसुरेन्द्रेण न ममारोदरं गतः ।
महापुरुषसन्नद्धो योगमायाबलेन च ॥ ३१ ॥

यसरी वृत्रासुरले इन्द्रलाई निलेको देखेर सबै देवताहरू महर्षि र प्रजापतिहरू पनि डराउँदै यो के अनर्थ भयो भनि विलाप गर्न लागे ।।३१

भित्त्वा वज्रेण तत्कुक्षिं निष्क्रम्य बलभिद् विभुः ।
उच्चकर्त शिरः शत्रोः गिरिश्रृङ्‌गमिवौजसा ॥ ३२ ॥ 

बल दैत्यको संहार गर्ने देवराज इन्द्रले महापुरुष विद्या (नारायणकवच) ले आफ्लाई सुरक्षित गरि राखेको थिए  र उनी संग योगमायाको बलका कारण वृत्रासुरले निल्नाले पनि उसको पेटमा पुगेर पनि मरेनन ।।३२ ।।

(इंद्रवज्रा)
वज्रस्तु तत्कन्धरमाशुवेगः
         कृन्तन् समन्तात् परिवर्तमानः ।
न्यपातयत् तावदहर्गणेन
         यो ज्योतिषामयने वार्त्रहत्ये ॥ ३३ ॥

उनले आफ्नो वज्रले उसको खोख फोरेर उसको पेटबाट निक्लिएर बडो वेगले उसको पर्वत शिखर समान ठ्लो सिर काटि दिए । सूर्यादि ग्रहको उत्तरायण दक्षिणायन रूप गतिमा जति समय लाग्दछ उत्तिनै दिनमा अर्थात एक वर्षमा वृत्रवध योग उपस्थित हुनाले घुम्ने भएको त्यो वेगशाली वज्रले उसको गर्दन काटेर भूमिमा पछारिदिए ।।३३।।

तदा च खे दुन्दुभयो विनेदुः
         गन्धर्वसिद्धाः समहर्षिसङ्‌घाः ।
वार्त्रघ्नलिङ्‌गैस्तमभिष्टुवाना
         मन्त्रैर्मुदा कुसुमैरभ्यवर्षन् ॥ ३४ ॥

त्यस समय आकाशमा दुन्दुभिहरू बज्न लाग्यो महर्षिहरूको साथ गन्धर्व, सिद्ध आदि वृत्रघाती इन्द्रको पराक्रम सूचित गर्ने मन्त्रले उनको स्तुति गरेर बडो आनन्दखका साथ उनलाई फूलको वर्ष गर्नलागे ।।३४।।

वृत्रस्य देहान् निष्क्रान्तं आत्मज्योतिररिन्दम ।
पश्यतां सर्वदेवानां अलोकं समपद्यत ॥ ३५ ॥

परीक्षित् ! त्यस समय वृत्रासुरको शरीरबाट उसको आत्मज्योति बाहिर निक्लियो र  इन्द्र आदि सबैले हेर्दा हेर्दै सर्वलोकातीत भगवान्को स्वरूपमा लीन भयो ।।३५।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे वृत्रोवधो नाम द्वादशोऽध्या‍यः ॥ १२ ॥