श्रीमद्भागवत महापुराण
दशमः स्कंधः–तृतीयोध्याऽयः
शुक उवाच –
(अनुष्टुप्)
अथ सर्वगुणोपेतः कालः परमशोभनः ।
यर्ह्येवाजनजन्मर्क्षं शान्तर्क्षग्रहतारकम् ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! अब सबै शुभ गुणहरूले सम्पन्न समय थियो । रोहिणी नक्षत्र थियो । आकाशका सबै नक्षत्र, ग्रह र ताराहरू शान्त शान्त थिए ।।१।।
दिशः प्रसेदुर्गगनं निर्मलोडुगणोदयम् ।
मही मङ्गलभूयिष्ठपुरग्रामव्रजाकरा ॥२॥
दिशाहरु स्पष्ट निर्मल थिए । आकाशमा ताराहरू चम्किरहेका थिए । पृथ्वीका ठूलासाना सहर, गाउँ, गाईगोठ र बस्तीहरु पनि निकै मंगलमय देखिन्थे ।।२।।
नद्यः प्रसन्नसलिला ह्रदा जलरुहश्रियः ।
द्विजालिकुलसन्नादस्तबका वनराजयः ॥३॥
नदीमा सफा पानी बगिरहेका थिए । पोखरीमा राती पनि कमल फुल्थ्यो । जंगलका रुखहरुमा रंगी विरंगी फूलेका थिए । कतै चराचुरुङ्गीहरू चीरविर गरिरशेका थिए भने कतै भवराहरू गुनगुनिरहेका थिए ।।३।।
ववौ वायुः सुखस्पर्शः पुण्यगन्धवहः शुचिः ।
अग्नयश्च द्विजातीनां शान्तास्तत्र समिन्धत ॥४॥
मन्दमन्द शीतल र सुगन्धित हावा वहन थाल्यो जसले आफ्नो खुसी आनन्द दिइरहेको थियो । कंसको अत्याचारले मलिन भएको ब्राह्मणहरूको यज्ञको अग्नि पनि दन्केर बल्न थाल्यो ।।४।।
मनांस्यासन् प्रसन्नानि साधूनामसुरद्रुहाम् ।
जायमानेऽजने तस्मिन् नेदुर्दुन्दुभयो दिवि ॥५॥
जब भगवान प्रकट हुने समय आयो तब स्वर्गमा देवताहरू र साधुहरुको मन पनि प्रसन्न भयो । त्यहाँ दमाहा आदि बाजाहरु बज्न थाल्यो ।।५।।
जगुः किन्नरगन्धर्वास्तुष्टुवुः सिद्धचारणाः ।
विद्याधर्यश्च ननृतुरप्सरोभिः समं तदा ॥ ६ ॥
किन्नर र गन्धर्वहरूले मधुर स्वरमा गाउन थाले र सिद्ध र चारणहरूले भगवानको स्तुति गर्न थाले । विद्याधारहरू र अप्सराहरू नाच्न थाले ।।६।।
मुमुचुर्मुनयो देवाः सुमनांसि मुदान्विताः ।
मन्दं मन्दं जलधरा जगर्जुरनुसागरम् ॥७॥
ऋषिमुनिहरु अति प्रसन्न भएर आकाशबाट फूलहरू वर्षाउन थाले । पानीले भरिएको बादल समुद्रको नजिक गएर मन्द मन्द स्वरले गर्जन थाल्यो ।।७।।
निशीथे तम उद्भूरते जायमाने जनार्दने ।
देवक्यां देवरूपिण्यां विष्णुः सर्वगुहाशयः ।
आविरासीद् यथा प्राच्यां दिशिइन्दुरिव पुष्कलः ॥८॥
भगवान्को जन्म हुने समयमा चारैतिर अन्धकार ब्याप्त अर्धरात्रीको थियो । सोही समयमा पूर्णिमाका दिन पूर्वबाट चन्द्रमा उदाएझै देवकीको गर्भबाट सबैको हृदयमा विराजमान भगवान् नारायण प्रकट हुनुभयो ।।८।।
(वंशस्था)
तमद्भुीतं बालकमम्बुजेक्षणं
चतुर्भुजं शंखगदार्युदायुधम् ।
श्रीवत्सलक्ष्मं गलशोभिकौस्तुभं
पीताम्बरं सान्द्रपयोदसौभगम् ॥९॥
महार्हवैदूर्यकिरीटकुण्डल –
त्विषा परिष्वक्त सहस्रकुन्तलम् ।
उद्दामकाञ्च्यङ्गषदकङ्कणादिभि –
र्विरोचमानं वसुदेव ऐक्षत ॥१०॥
त्यतिबोला वासुदेवजीले आफ्ना अगाडि कमल जस्तै सुन्दर र विशाल आँखा, चार हातहरूमा शंख, चक्र, गदा, र पद्म धारण गरेको, छातीमा श्रीवत्सको चिन्हले अंकित भएको, गलामा कौस्तुभमणिले सुशोभित हुनुभएको, पीताम्वर धारण गर्नुभएको वैदुर्यमणिको मुकुट र कुण्डलले कपाल सूर्यको किरण जस्तै चम्किरहेको, कम्मरमा अत्यन्त चम्किलो कटिसूत्र वाजू बाला र विभिन्न आभूषणले सजिएको सुन्दर वालकलाई देखे ।।९–१०।।
स विस्मयोत्फुल्ल विलोचनो हरिं
सुतं विलोक्यानकदुन्दुभिस्तदा ।
कृष्णावतारोत्सवसंभ्रमोऽस्पृशन्
मुदा द्विजेभ्योऽयुतमाप्लुतो गवाम् ॥११॥
त्यस बखतमा वासुदेवजीले भगवान स्वयम् छोराको रूपमा आउनुभएको बुझेर निकै खुसि भएर छक्क परे । श्रीकृष्ण प्राकट्यको उत्सव मनाउने उत्सुकतामा उनले ब्राह्मणहरूका लागि एकैपटक दश हजार गाई दान गर्ने संकल्प गरे ।।११।।
अथैनमस्तौदवधार्य पूरुषं
परं नताङ्गः कृतधीः कृताञ्जलिः ।
स्वरोचिषा भारत सूतिकागृहं
विरोचयन्तं गतभीः प्रभाववित् ॥१२॥
हे परीक्षित ! त्यतिबेला भगवान श्रीकृष्णको कान्तिले कारागार नै चंकिलो पारेको थियो । वासुदेवजीले वहाँ स्वयं परमात्मा हुनुहुन्छ भन्ने बुझेपछि उनको सबै डर हरायो । उनले आफ्नो मनलाई स्थिर गरे र भगवानको चरणमा शिर झुकाए र हात जोडेर उहाँको स्तुति गर्न थाले ।।१२।।
वसुदेव उवाच –
(अनुष्टुप्)
विदितोऽसि भवान् साक्षात् पुरुषः प्रकृतेः परः ।
केवलानुभवानन्दस्वरूपः सर्वबुद्धिदृक् ॥१३॥
वसुदेवजीले भने– हे भगवान् हजुर प्रकृतिभन्दा परका परम पुरुष हुनुहुन्छ । हजुरलाई मात्र अनुभव र आनन्दको रूपमा जान्न सकिन्छ । हजुर सबै बुद्धिको साक्षीको रूपमा रहनुहुन्छ ।।१३।।
स एव स्वप्रकृत्येदं सृष्ट्वादग्रे त्रिगुणात्मकम् ।
तदनु त्वं ह्यप्रविष्टः प्रविष्ट इव भाव्यसे ॥१४॥
हजुरले नै प्रारम्भमा आफ्नो शक्तिरूप प्रकृतिद्वारा यो त्रिगुणात्मक जगतको सृष्टि गनुहुन्छ । हजुर त्यसमा प्रवेश नगरे पनि त्यसमा प्रवेश गरेको जस्तो देखिनु हुन्छ ।।१४।।
यथेमेऽविकृता भावास्तथा ते विकृतैः सह ।
नानावीर्याः पृथग्भूता विराजं जनयन्ति हि ॥१५॥
सन्निपत्य समुत्पाद्य दृश्यन्तेऽनुगता इव ।
प्रागेव विद्यमानत्वान्न तेषामिह संभवः ॥१६॥
उदाहरण को लागी, जब सम्म महतत्व आदि तत्वहरु अलग अलग रहन्छन, तिनीहरूको शक्ति पनि अलग हुन्छन् जब इन्द्रियादि सोह्र विकारहरुसंग मिल्छन्, तब मात्र तिनीहरूले यो ब्रह्माण्डको निर्माण गर्छन् तर ब्रह्माण्डमा महतत्व आदिको प्रवेश हुन्छ भनिए पनि कार्यमा उनीहरु पहिले देखिनै अवस्थित भएकोले यो संम्भव हुन सक्तैन ।।१५–१६।।
(मिश्र)
एवं भवान् बुद्ध्यनुमेयलक्षणै –
र्ग्राह्यैर्गुणैः सन्नपि तद्गु णाग्रहः ।
अनावृतत्वाद् बहिरन्तरं न ते
सर्वस्य सर्वात्मन आत्मवस्तुनः ॥१७॥
बुद्धिद्वारा केवल गुणको लक्षणको अनुमान हुन्छ र ती गुणका विषयहरुको ग्रहण हुनसक्छ तर इन्द्रियले गुणलाई जान्दा हजुरलाई जान्न सक्तैन । यसको कारण यो हो कि हजुर नै सर्वान्तयामी र सर्वस्वरूप हुनुहुन्छ त्यसैले हजुरमा कुनै मायाको आवरणले ढाक्न सक्तैन । हजुर स्वयंप्रकाश भएकोले भित्र र बाहिर भन्ने कुरा हुदैन । त्यसो भएकोले प्रवेश र अप्रवेश भन्ने कुरा कहाँ ? ( त्यसैले प्रवेश नगरे पनि प्रवेश गरेको जस्तो देखिन्छ) ।।१७।।
य आत्मनो दृश्यगुणेषु सन्निति
व्यवस्यते स्वव्यतिरेकतोऽबुधः ।
विनानुवादं न च तन्मनीषितं
सम्यग् यतस्त्यक्तमुपाददत् पुमान् ॥१८॥
जसले यी दृष्य गुणहरूलाई आफूभन्दा भिन्न ठानेर सत्य मान्छ, त्यो अज्ञानी हो अविवेकि हो । किनभने त्यो सत् वस्तुको नाम र रूपले मात्र पृथक देखिएको हो । वास्तवमा उसले ज्ञानीद्वारा त्यागिएको अनात्मपदार्थलाई स्वीकार गरेको हुन्छ ।।१८।।
त्वत्तोऽस्य जन्मस्थिति संयमान् विभो
वदन्त्यनीहादगुणादविक्रियात् ।
त्वयीश्वरे ब्रह्मणि नो विरुध्यते
त्वदाश्रयत्वादुपचर्यते गुणैः ॥१९॥
हे प्रभु ! हजुर आफै सबै कर्म, गुण र अवगुणबाट मुक्त हुनुहुन्छ तापनि यस संसारको सृष्टि, स्थिति र विनाश कार्य हजुर द्वारा मात्रै सम्भव हुन्छ । किनकि हजुर नै तीनै गुणका आश्रय भएकोले तिनै गुणको आधारमा सृस्टि, स्थिति र पालन आदि गरिएको हो ।।१९।।
स त्वं त्रिलोकस्थितये स्वमायया
बिभर्षि शुक्लं खलु वर्णमात्मनः ।
सर्गाय रक्तं रजसोपबृंहितं
कृष्णं च वर्णं तमसा जनात्यये ॥२०॥
हजुरले आफ्नो मायाद्वारा तीनैलोकको रक्षाका लागि सत्वमय श्वेतवर्ण विष्णु रूप, सृष्टिको लागि रक्तवर्ण स्वरूप ब्रह्म रूप र विनाशको समयमा तमोगुण प्रधान कृष्णवर्ण युक्त रुद्ररूप स्वीकार गर्नुहुन्छ ।।२०।।
त्वमस्य लोकस्य विभो रिरक्षिषु –
र्गृहेऽवतीर्णोऽसि ममाखिलेश्वर ।
राजन्यसंज्ञासुरकोटियूथपै–
निर्व्यूह्यमाना निहनिष्यसे चमूः ॥२१॥
हे प्रभु ! सर्वशक्तिमान र सर्वब्यापक प्रभु ! यो संसारको रक्षा गर्नको लागि हजुर मेरो घरमा अवतीर्ण हुनुभएको हो । अहिले लाखौं असुरहरूले राजाको नाम धारण गरेका छन् । तिनीहरूको नियन्त्रणमा रहेको ठूलो सेनाहरूलाई हजुरले नष्ट गर्नुहुनेछ ।।२१।।
अयं त्वसभ्यस्तव जन्म नौ गृहे
श्रुत्वाग्रजांस्ते न्यवधीत् सुरेश्वर ।
स तेऽवतारं पुरुषैः समर्पितं
श्रुत्वाधुनैवाभिसरत्युदायुधः ॥२२॥
हे आराध्यदेव भगवान ! यो कंस धेरै दुष्ट छ । उसले हाम्रा घरमा हजुरको अवतार हुदैछ भन्ने थाहा पाएर हजुरका सबै दाजुहरुलाई मार्यो । अहिले उसका दूतहरूले हजुरको अवतारको भन्ने खबर उसलाई सुनाउनेछन् त्यसपछि उ हातमा हतियार लिएर अहिले यहाँ आउने छ ।।२२।।
शुक उवाच –
(अनुष्टुप्)
अथैनमात्मजं वीक्ष्य महापुरुषलक्षणम् ।
देवकी तमुपाधावत् कंसाद् भीता सुचिस्मिता ॥२३॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! देवकीले भगवद्लक्षणले युक्त पुत्रलाई आफ्ना नजिकमा देखेपछि अनको पनि सबै डर हरायो र प्रसन्न भएर वहाँको स्तुति गर्न लाग्नुभयो ।।२३।।
देवक्युवाच –
(शालिनी)
रूपं यत् तत् प्राहुरव्यक्तमाद्यं
ब्रह्म ज्योतिर्निर्गुणं निर्विकारम् ।
सत्तामात्रं निर्विशेषं निरीहं
स त्वं साक्षात् विष्णुरध्यात्मदीपः ॥२४॥
माता देवकीले भन्नुभयो– हे प्रभु ! वेदले हजुरको रूपलाई जुन अव्यक्त, सत्वआदि गुण रहित, निर्गुण, निराकार, सर्वसंकल्प सुन्य, केवल सत्तामात्र भनेर बताएको छ त्यही बुध्दि आदिको प्रकाशक हजुर स्वयं विष्णु हुनुहुन्छ ।।२४।।
नष्टे लोके द्विपरार्धावसाने
महाभूतेष्वादिभूतं गतेषु ।
व्यक्तेऽव्यक्तं कालवेगेन याते
भवानेकः शिष्यते शेषसंज्ञः ॥२५॥
जुन समयमा ब्रह्माको सम्पूर्ण आयु दुई परार्ध समाप्त हुन्छ, त्यतिबेला काल शक्तिको प्रभावले सारा जगत नष्ट हुन्छ, पञ्चतत्व अहंकारमा लीन हुन्छ, अहंकार महतत्वमा र महतत्व प्रकृतिमा लीन हुन्छ त्यो समयमा शेष एकमात्र हजुर हुनुहुनेछ ।।२५।।
योऽयं कालस्तस्य तेऽव्यक्तबन्धो
चेष्टामाहुश्चेष्टते येन विश्वम् ।
निमेषादिर्वत्सरान्तो महीयां–
स्तं त्वेशानं क्षेमधाम प्रपद्ये ॥२६॥
हे प्रकृतिका एकमात्र सहायक प्रभु ! निमेष देखि वर्षसम्मको धेरै विभागमा बाँडिएको जुन काल छ, त्यही कालको आधारले यो सम्पूर्ण विश्व सचेष्ट भएको हुन्छ त्यो काल पनि हजुरको लीला हो । हजुर सर्वशक्तिमान र परम कल्याणका आश्रय हुनुहुन्छ म हजुरको शरणमा पर्छु ।।२६।।
मर्त्यो मृत्युव्यालभीतः पलायन्
लोकान् सर्वान्निर्भयं नाध्यगच्छत् ।
त्वत्पादाब्जं प्राप्य यदृच्छयाद्य
स्वस्थः शेते मृत्युरस्मादपैति ॥२७॥
हे प्रभु ! यो मरणधर्मा जीव महासर्प देखि डराएर संसारमा भट्कदा पनि उसले भय रहित ठाउँ पाउन सकेन । आज ठूलो भाग्यले हजुरको चरण प्राप्त हुनाले भय रहीत भएका छन् । जसले यस्तो भय रहित हजुरको चरण प्राप्त गरेका हुन्छन् उसको डरले काल पनि डराएर भाग्छ ।।२७।।
स त्वं घोरादुग्रसेनात्मजान्न–
स्त्राहि त्रस्तान् भृत्यवित्रासहासि ।
रूपं चेदं पौरुषं ध्यानधिष्ण्यं
मा प्रत्यक्षं मांसदृशां कृषीष्ठाः ॥२८॥
हे प्रभु ! हजुर सर्व सामर्थ्य हुनुहुन्छ । उग्रसेनको छोरो कंसबाट डराएका हामीहरुको रक्षा गर्नुहोस् । हजुरको यो चतुर्भुजरूप दिव्य ध्यानको वस्तु हो । हजुर आफ्ना भक्तका भयलाई नाश गरिदिनुहुन्छ । आफ्नो शरीरलाई नै सबैथोक मान्नेको अगाडि हजुरको यो चतुर्भुज युक्त शरीरको नदेखाउँनुहोस् ।।२८।।
(अनुष्टुप्)
जन्म ते मय्यसौ पापो मा विद्यान्मधुसूदन ।
समुद्विजे भवद्धेतोः कंसादहमधीरधीः ॥२९॥
हे मधुसूदन ! त्यो पापी कंसलाई हजुरको जन्म मेरो गर्भबाट भएको भन्ने थाहा नहोस । मेरो धैर्य गुमेको छ । म हजुरको कारण कंसबाट धेरै डराएको छु ।।२९।।
उपसंहर विश्वात्मन्नदो रूपमलौकिकम् ।
शंखचक्रगदापद्मश्रिया जुष्टं चतुर्भुजम् ॥३०॥
हे सर्वान्तयामी प्रभु ! हजुरको यो रूप अलौकिक छ । शंख, चक्र, गदा र पद्मको शोभाले युक्त यो रूपलाई लुकाउनुहोस् ।।३०।।
(मिश्र)
विश्वं यदेतत् स्वतनौ निशान्ते
यथावकाशं पुरुषः परो भवान् ।
बिभर्ति सोऽयं मम गर्भगोऽभू–
दहो नृलोकस्य विडंबनं हि तत् ॥३१॥
प्रलयपछि यो सम्पूर्ण ब्रह्माण्डलाई हजुरले आफ्नो शरीरमा धारण गर्नुहुन्छ । यस्ता परमात्मा अहिले मेरो अटाउँने हुनुभएको छ, यो त हजुरको मानव लीला मात्र हो ।।३१।।
श्रीभगवानुवाच –
(अनुष्टुप्)
त्वमेव पूर्वसर्गेऽभूः पृश्निः स्वायंभुवे सति ।
तदायं सुतपा नाम प्रजापतिरकल्मषः ॥३२॥
श्रीभगवानले भन्नुभयो– हे देवी ! स्वयम्भु मन्वंतरामा पहिलो पटक जन्मिँदा तपाईंको नाम पृश्नी थियो र वसुदेव सुतपा नामका प्रजापति हुनुहुन्थ्यो ।।३२।।
युवां वै ब्रह्मणाऽऽदिष्टौ प्रजासर्गे यदा ततः ।
सन्नियम्येन्द्रियग्रामं तेपाथे परमं तपः ॥३३॥
तपाईहरु दुबैको मन एकदमै सफा थियो । जब ब्रह्माजीले तपाईहरुलाई सृष्टिको लागि आदेश दिनुभयो, तब तपाईहरुले आफ्नो इन्द्रियहरूलाई रोकेर कठिन तपस्या गर्नुभयो ।।३३।।
वर्षवातातपहिमघर्मकालगुणाननु ।
सहमानौ श्वासरोधविनिर्धूतमनोमलौ ॥३४॥
तपाईहरु दुबैले वर्षा, हावा, घाम ठण्डि, आदि प्रकृतिका विभिन्न गुणहरूलाई सहनुभयो र प्राणायामद्वारा आफ्नो मनको कल्मषलाई धुनुभयो ।।३४।।
शीर्णपर्णानिलाहारावुपशान्तेन चेतसा ।
मत्तः कामानभीप्सन्तौ मदाराधनमीहतुः ॥३५॥
तपाईहरुले आफ्नो अभिष्ट वस्तु प्राप्त गर्ने इच्छाले कहिले सुकेका पात र कहिले हावा मात्र सेवन गरेर शान्त मनले मेरो पुजा आराधना गर्नुभयो ।।३५।।
एवं वां तप्यतोस्तीव्रं तपः परमदुष्करम् ।
दिव्यवर्षसहस्राणि द्वादशेयुर्मदात्मनोः ॥ ३६ ॥
यसरी म मा चित्त लगाएर कठोर तपस्या गर्दागर्दै चाँडै नै बाह्र हजार वर्ष बितिसकेका थियो ।।३६।।
तदा वां परितुष्टोऽहममुना वपुषानघे ।
तपसा श्रद्धया नित्यं भक्त्या च हृदि भावितः ॥३७॥
प्रादुरासं वरदराड् युवयोः कामदित्सया ।
व्रियतां वर इत्युक्ते मादृशो वां वृतः सुतः ॥३८॥
हे देवी ! त्यतिबेला यसरी तपाईहरु दुवैले म मा चित्त लगाएर भक्तिपूर्वक गरेको तपस्याबाट म खुसि भएर वरदान दिनको लागि यहि चारहातमा शंख, चक्र, गदा, पद्मा लिएर तपाईहरु समक्ष प्रकट भएर मैले वर माग भन्दा तपाईहरुले म जस्तै छोरो माग्नुभएको थियो ।।३७–३८।।
अजुष्टग्राम्यविषयावनपत्यौ च दम्पती ।
न वव्राथेऽपवर्गं मे मोहितौ मम मायया ॥३९॥
कहिले पनि विषय भोग नभोग्नु नभएका र छोरा पनि नभएका कारण त्यतिबेला म बाट मोहित भएर तपाईहरुले मोक्ष पनि माग्नु भएन ।।३९।।
गते मयि युवां लब्ध्वा वरं मत्सदृशं सुतम् ।I
ग्राम्यान् भोगानभुञ्जाथां युवां प्राप्तमनोरथौ ॥४०॥
म म जस्तै छोराको वरदान पाएपछि तपाईहरु विषय सुखको भोग गर्न थाल्नुभयो ।।४०।।
अदृष्ट्वा्न्यतमं लोके शीलौदार्यगुणैः समम् ।
अहं सुतो वामभवं पृश्निगर्भ इति श्रुतः ॥४१॥
शील, उदारता र अन्य गुणहरूमा म जस्तो अरु कोही नदेखेकोले पहिले म नै तपाईहरुका पृश्णिगर्भ नामको पुत्र भएर जन्मिएं ।।४१।।
तयोर्वां पुनरेवाहमदित्यामास कश्यपात् ।
उपेन्द्र इति विख्यातो वामनत्वाच्च वामनः ॥४२॥
त्यसपछि दोस्रो जन्ममा तपाईहरु कस्यप अदिति हुनुभयो । उपेन्द्र नामको छोरो भएर आएं । त्यतिबेला मेरो सानो–होचो शरीरको भएका कारण मलाई मानिसहरूले ’वामन’ पनि भन्ने गदर्थे ।।४२।।
तृतीयेऽस्मिन् भवेऽहं वै तेनैव वपुषाथ वाम् ।
जातो भूयस्तयोरेव सत्यं मे व्याहृतं सति ॥४३॥
हे सती देवकी ! तपाईहरुको यो तेस्रो जन्ममा पनि म फेरि त्यही चतुर्भुज रूपमा तपाईहरुको छोरा बनेर आएको छु । मेरो कुरा साँचो हो ।।४३।।
एतद् वां दर्शितं रूपं प्राग्जन्मस्मरणाय मे ।
नान्यथा मद्भशवं ज्ञानं मर्त्यलिङ्गेन जायते ॥४४॥
मैले तपाईहरुलाई यो रूप देखाउनुको कारण मेरो अघिल्ला अवतारहरूलाई सम्झना दिलाउनको लागि हो । यदि मैले यो गरिनँ भने, मेरो अवतार मानव शरीरबाट मात्र मेरो अवतारलाई बुझ्न सकिदैन ।।४४।।
युवां मां पुत्रभावेन ब्रह्मभावेन चासकृत् ।
चिन्तयन्तौ कृतस्नेहौ यास्येथे मद्गातिं पराम् ॥४५॥
तपाईहरुले मलाई पुत्रभाव र ब्रह्मभावले निरन्तर प्रेम गर्नु, जसले गर्दा मेरो उत्तम धाम प्राप्त हुनेछ ।।४५।।
शुक उवाच –
इत्युक्त्वासीद्धरिस्तूष्णीं भगवामात्ममायया ।
पित्रोः संपश्यतोः सद्यो बभूव प्राकृतः शिशुः ॥४६॥
श्री शुकदेवजी भन्नुहुन्छ–
यति भनिसकेपछि भगवान मौन हुनुभयो र माता पिताले हेर्दाहेर्दै आफ्नो योगमायाको प्रभावले सानो बालक रूप धारण गर्नुभयो ।।४६।।
(मिश्र)
ततश्च शौरिः भगवत्प्रचोदितः
सुतं समादाय स सूतिकागृहात् ।
यदा बहिर्गन्तुमियेष तर्ह्यजा
या योगमायाजनि नन्दजायया ॥४७॥
अब वसुदेवजी, भगवानको वचनद्वारा प्रेरित भएर आफ्नो छोरालाई लिएर सुतिकागृह बाहिर निस्कनुभयो । त्यसै समयमा नन्दकी पत्नी यशोदाको गर्भबाट योगमायाको जन्म भयो ।।४७।।
तया हृतप्रत्ययसर्ववृत्तिषु
द्वाःस्थेषु पौरेष्वपि शायितेष्वथ ।
द्वारस्तु सर्वाः पिहिता दुरत्यया
बृहत्कपाटायसकीलशृंखलैः ॥४८॥
ताः कृष्णवाहे वसुदेव आगते
स्वयं व्यवर्यन्त यथा तमो रवेः ।
ववर्ष पर्जन्य उपांशुगर्जितः
शेषोऽन्वगाद् वारि निवारयन् फणैः ॥४९॥
भगवानको शक्ति भएकोले योगमाया उहाँ जस्तै आजन्मा हुनुहुन्छ । सोही योगमायाले सारा द्वारपाल र पुरवासीहरु सबैको इन्द्रियको चेतनाशक्तिलाई हरण गराइदिनु भएकाले सबैजना मस्त निद्रामा सुते । वसुदेवजी कृष्णलाई बोकेर बाहिर आउनुहुँदा सुर्य उदाउदा अन्धकार आफैं नाश भएझै ति ठूलाठुला ढोकाका खापाहरू, फलामका सांगलाहरू र ताल्चहरू आफैं खुले । त्यसबेला बाहिर बादलले मन्द मन्द गर्ज्दै पानी पारिरहेको थियो । त्यतिबेला शेषजी आएर आफ्नो फणालाई छाता जस्तो बनाएर पानीलाई छेक्दै पछि लाग्नुभयो ।।४८–४९।।
मघोनि वर्षत्यसकृत् यमानुजा
गंभीरतोयौघजवोर्मिफेनिला ।
भयानकावर्तशताकुला नदी
मार्गं ददौ सिन्धुरिव श्रियः पतेः ॥ ५०॥
त्यस बखत बारम्बार वर्षाका कारण यमुनाजी बहाव बढेका थियो पानीको छाल र फिंज धेरै माथि उठेको थियो । सयौं भयानक भुमरीहरु उठेकी यमुनाले जसरी सीतापति भगवान् श्रीरामलाई समुद्रले बाटो दिएका थिए त्यसैगरी यमुना नदीले भगवान् लाई बाटो दिइन् ।।५०।।
नन्दव्रजं शौरिरुपेत्य तत्र तान्
गोपान् प्रसुप्तानुपलभ्य निद्रया ।
सुतं यशोदाशयने निधाय त –
त्सुतामुपादाय पुनर्गृहानगात् ॥ ५१॥
वसुदेवजी नन्दबाबाको गोकुलमा घरमा पुग्नुहुँदा योगमायाका प्रभावले त्यहाँ सबै गोपगोपीहरु मस्त निद्रामा परेको देख्नुभयो । वहाँले आफ्नो छोरालाई यशोदाजीको ओछ्यानमा सुताएर उनकी नवजात छोरीलाई लिएर कारागारमा फर्कनु भयो ।।५१।।
(अनुष्टुप्)
देवक्याः शयने न्यस्य वसुदेवोऽथ दारिकाम् ।
प्रतिमुच्य पदोर्लोहमास्ते पूर्ववदावृतः ॥५२॥
कारागारमा पुगेपछि वसुदेवजीले बालिकालाई देवकीको ओछ्यानमा सुताउँनु भयो र आफुचाँही हात खुट्टामा सांगला लगाएर पहिले जस्तै वन्दि भएर बस्नुभयो ।।५२।।
यशोदा नन्दपत्नी् च जातं परमबुध्यत ।
न तल्लिङ्गं परिश्रान्ता निद्रयापगतस्मृतिः ॥५३॥
यता नन्दवावाकी पत्नी यशोदाजीले बच्चा जन्मेको थाहा पाइन् तर प्रसव वेदना र योगमायाले मोहित पारेका कारण छोरा हो कि छोरी हो थाहा पाउन सकिनन् ।।५३।।
इति श्रीमद्भानगवते महापुराणे पारमहंस्यां संहितायां
दशमस्कन्धे पूर्वार्धे कृष्णजन्मनि तृतीयोध्याऽयः ॥ ३ ॥