श्रीमद्भागवत महापुराण
दशमः स्कंधः–सप्तमोऽध्यायः
(अनुष्टुप्)
राजोवाच–
येन येनावतारेण भगवान् हरिरीश्वरः ।
करोति कर्णरम्याणि मनोज्ञानि च नः प्रभो ॥१॥
(इंद्रवंशा)
यच्छृण्वतोऽपैत्यरतिर्वितृष्णा
सत्त्वं च शुद्ध्यत्यचिरेण पुंसः ।
भक्तिर्हरौ तत्पुरुषे च सख्यं
तदेव हारं वद मन्यसे चेत् ॥२॥
राजा परीक्षितले सोधे– हे प्रभु ! सर्वशक्तिमान भगवान श्रीहरिले धेरै अवतार लिएर हाम्रा लागि सुन्नमा आनन्द लाग्ने र मनलाई धेरै रमाइलो लाग्ने लीलाहरु गर्नु भएको छ । भगवानसँग सम्बन्धित उहाँका कथाहरू सुन्दा पनि विषय सम्बध्दि इच्छाहरु नष्ट भएर मन सुध्द हुन्छ । भगवानको चरणमा भक्ति र भक्तहरू संग मित्रता बढ्दछ । त्यसलै यदि म ती कथाहरु सुन्न योग्य छु भन्ने ठान्नुहुन्छ भने, भगवानका ती मनोहारी चरित्र मलाई वर्णन गरेर सुनाउनु होस् ।।१–२।।
(अनुष्टुप्)
अथान्यदपि कृष्णस्य तोकाचरितमद्भुचतम् ।
मानुषं लोकमासाद्य तज्जातिमनुरुन्धतः ॥३॥
भगवान श्री कृष्णले मनुष्य लोकमा आएर मानिसकै स्वभावलाई अनुसरण गरेर जुन बाललीलाहरु गर्नुभयो ती सबै मलाई सुनाउनुहोस् ।।३।।
शुक उवाच–
(मिश्र)
कदाचिदौत्थानिककौतुकाप्लवे
जन्मर्क्षयोगे समवेतयोषिताम् ।
वादित्रगीतद्विजमन्त्रवाचकै–
श्चकार सूनोरभिषेचनं सती ॥४॥
श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! भगवान् श्रीकृष्णले कोल्टे फेरेको अभिषेक पर्व मनाइँदै थियो त्यही दिन वहाँको जन्मनक्षत्र पनि परेकोले घरमा धेरै गोपीहरु जम्मा भएका थिए । ती महिलाहरूका साथ भएर साध्वी यशोदाले आफ्नो छोरालाई अभिषेक गरिन् । त्यसबेला ब्राह्मणहरूले मन्त्र पढेर आशीर्वाद दिइरहेका थिए भने वाजा गाजा पनि चलेको थियो ।।४।।
नन्दस्य पत्नी् कृतमज्जनादिकं
विप्रैः कृतस्वस्त्ययनं सुपूजितैः ।
अन्नाद्यवासःस्रगभीष्टधेनुभिः
सञ्जात निद्राक्षमशीशयच्छनैः ॥५॥
अभिषेकका अवसरमा नन्दपत्नी यशोदाजीले ब्राह्मणहरुको पूजा गरेर धेरै वस्त्र माला सहित गाई दान गरिन् । कृष्णलाई नुहाइ धुवाई गरिन त्यतिबेला उनले कृष्णको आँखा लोलाएको देखेर सुताइदिन् ।।५।।
औत्थानिकौत्सुक्यमना मनस्विनी
समागतान् पूजयती व्रजौकसः ।
नैवाशृणोद् वै रुदितं सुतस्य सा
रुदन् स्तनार्थी चरणावुदक्षिपत् ॥६॥
केही समयपछि श्रीकृष्ण ब्यिुझेर स्तनपानको लागि रुन थाल्नुभयो । त्यसबेला यशोदाजी व्रजवासीलाई स्वागतमा अलमलिएकाले यो कुरा थाहा पाइनन् । त्यसपछि श्रीकृष्णले रुँदै आफ्नो दुवै खुट्टा हाल्न माथितिर फटकार्नु भयो ।।६।।
अधःशयानस्य शिशोरनोऽल्पक(
प्रवालमृद्वङ्घ्रिहतं व्यवर्तत ।
विध्वस्तनानारसकुप्यभाजनं
व्यत्यस्तचक्राक्षविभिन्नकूबरम् ॥७॥
श्रीकृष्णलाई गाढाको मुनि सुताइएको थियो । वहाँको कलिला कोपिला जस्ता नरम पाउ लाग्नाले त्यो गाडा पल्टियो । र त्यहाँ रहेका दूध, दहीले भरिएका भाँडाकुँडाहरु सबै पल्टिएर पोखियो भने गाडाको पांग्रा र जुवा समेत फुटेर टुक्रा–टुक्रा भयो ।।७।।
दृष्ट्वा यशोदाप्रमुखा व्रजस्त्रिय
औत्थानिके कर्मणि याः समागताः ।
नन्दादयश्चाद्भुथतदर्शनाकुलाः
कथं स्वयं वै शकटं विपर्यगात् ॥८॥
यो अनौठो घटना देखेर यशोदा, रोहिणी, नन्दबाबा र गोपासहित सबै महिलाहरु अचम्म मानेर यो गाडा कसरी पल्टियो भन्न थाले ।।८।।
(अनुष्टुप्)
ऊचुरव्यवसितमतीन् गोपान् गोपीश्च बालकाः ।
रुदतानेन पादेन क्षिप्तमेतन्न संशयः ॥९॥
त्यहाँ भएका गोप गोपीले यसको कारण पत्ता लगाउन सकेनन् । त्यहाँ कृष्ण नजिकै खेल्दै अरु बालकले गोप र गोपीहरूलाई यो कृष्णले रुँदै आफ्नो खुट्टाको हानेर पल्टाइ दिएको हो यसमा कुनै शंका छैन भने ।।९।।
न ते श्रद्दधिरे गोपा बालभाषितमित्युत ।
अप्रमेयं बलं तस्य बालकस्य न ते विदुः ॥१०॥
तर गोपहरूले यसलाई बालकको कुरा ठानेर विश्वास गरेनन् । किनकि ती गोपहरूले श्रीकृष्णको अप्रमेय (असीम शक्ति) लाई जान्न सकेका थिएनन् ।।१०।।
रुदन्तं सुतमादाय यशोदा ग्रहशङ्किता ।
कृतस्वस्त्ययनं विप्रैः सूक्तैः स्तनमपाययत् ॥११॥
यशोदाजीले कुनै ग्रहको दोषका कारण हो भन्ने ठानि उनले आफ्नो रोएको छोरालाई काखमा लिएर ब्राह्मणहरूद्वारा स्वस्तिमन्त्र पाठ गर्न लागइन् त्यसपछि उनलाई स्तनपान गराउन थालिन् ।।११।।
पूर्ववत् स्थापितं गोपैर्बलिभिः सपरिच्छदम् ।
विप्रा हुत्वार्चयाञ्चक्रुर्दध्यक्षतकुशांबुभिः ॥१२॥
बलिया गोपहरूले पल्टिएको गाढालाई फेरी उठाएर सिधा पारे र त्यहाँ छरिएका सामाग्रीहरु पनि पहिले जसरी नै राखे । ब्राह्मणहरुलेले हवन गरेर दही, अक्षता, कुश र पानीले भगवानको पूजा गरी गाडाको पनि पूजा गरे ।।१२।।
येऽसूयानृतदंभेर्षाहिंसामानविवर्जिताः ।
न तेषां सत्यशीलानामाशिषो विफलाः कृताः ॥१३॥
कसैको दोष नदेख्ने, झूट नबोल्ने, अहंकार, ईष्र्या, घमण्डबाट मुक्त भएका सत्यवादी ब्राह्मणहरूको आशीर्वाद कहिल्यै असफल हुँदैन ।।१३।।
इति बालकमादाय सामर्ग्यजुरुपाकृतैः ।
जलैः पवित्रौषधिभिरभिषिच्य द्विजोत्तमैः ॥१४॥
वाचयित्वा स्वस्त्ययनं नन्दगोपः समाहितः ।
हुत्वा चाग्निं द्विजातिभ्यः प्रादादन्नं महागुणम् ॥१५॥
यस्तो सोचेर नन्द बाबाले बालकलाई काखमा लिएर ब्राह्मणहरूद्वारा साम, ऋक र यजुर्वेदका मन्त्रहरूबाट सुसंस्कृत भएको पवित्र औषधीले युक्त पानीले अभिषेक गर्न लगाए । एकाग्रताका साथ स्वस्तिवाचन, हवन गराई ब्राह्मणहरूलाई धेरै राम्रा अन्न दिए ।।१४–१५।।
गावः सर्वगुणोपेता वासःस्रग्रुक्ममालिनीः ।
आत्मजाभ्युदयार्थाय प्रादात्ते चान्वयुञ्जत ॥१६॥
यसपछि नन्दले छोराको उन्नति र समृद्धिको कामना गर्दै ब्राह्मणहरूलाई सबै गुणले भरिपूर्ण धेरै गाईहरू दिए । ती गाईहरूलाई लुगा, फूलको माला र सुनको हारले सजाइएको थियो । यसपछि ब्राह्मणहरूले पनि उनलाई आशीर्वाद दिए ।।१६।।
विप्रा मन्त्रविदो युक्तास्तैर्याः प्रोक्तास्तथाशिषः ।
ता निष्फला भविष्यन्ति न कदाचिदपि स्फुटम् ॥१७॥
यो स्पष्ट छ कि कर्म परायण वेदवेत्ता ब्राह्मणहरूले दिएको आशिर्वाद कहिल्यै पनि असफल हुदैन । ।।१७।।
एकदाऽऽरोहमारूढं लालयन्ती सुतं सती ।
गरिमाणं शिशोर्वोढुं न सेहे गिरिकूटवत् ॥१८॥
एकदिन यशोदाजीले आफ्नो बालकलाई काखमा लिएर स्याहार सुसार गरिरहेकी बखतमा श्रीकृष्ण चट्टानजस्तै भारी भैदिनु भएकोले उनले बोक्न सकिनन् ।।१८।।
भूमौ निधाय तं गोपी विस्मिता भारपीडिता ।
महापुरुषमादध्यौ जगतामास कर्मसु ॥१९॥
गह्रौपनको भारले गर्दा उनले श्रीकृष्णलाई भुईमा राखिन् र चकित हुँदै भगवान पुरुषोत्तमलाई सम्झेर घरको काम गर्न थालिन् ।।१९।।
दैत्यो नाम्ना तृणावर्तः कंसभृत्यः प्रणोदितः ।
चक्रवातस्वरूपेण जहारासीनमर्भकम् ॥२०॥
गोकुलं सर्वमावृण्वन् मुष्णण्श्चक्षूंषि रेणुभिः ।
ईरयन्सुमहाघोरशब्देन प्रदिशो दिशः ॥२१॥
एकदिन त्रिणावर्त नामक राक्षस जो कंशको सेवक थियो । उ कंसको आदेशले आँधी भुमरीको रूपमा भयंकर गर्जना गर्दै गोकुलमा आएर त्यहाँ सुताइएका बालक श्रीकृष्णलाई आकाशमा उडाएर लिएर गयो ।।२०।।
मुहूर्तमभवद् गोष्ठं रजसा तमसाऽऽवृतम् ।
सुतं यशोदा नापश्यत्तस्मिन् न्यस्तवती यतः ॥२२॥
त्यस समयमा दुई घडी सम्म सारा गोकुल धुलोले ढाकिएको थियो । यशोदा आफ्नो छोरा सुताएको ठाँउमा गइन्, तर त्यहाँ उनले श्रीकृष्णलाई देखिनन् ।।२१।।
नापश्यत् कश्चनात्मानं परं चापि विमोहितः ।
तृणावर्तनिसृष्टाभिः शर्कराभिरुपद्रुतः ॥२३॥
त्यतिखेर भुमरी रुपधारी तृणावर्तले उडाएको हुरी वतास र बालुवाले गर्दा सबैजना होसमा थिएनन् । उनीहरूले आफूबाहेक अरू केही सम्झन सकेनन् ।।२३।।
(पुष्पिताग्रा)
इति खरपवनचक्रपांशुवर्षे
सुतपदवीमबलाविलक्ष्य माता ।
अतिकरुणमनुस्मरन्त्यशोचद्
भुवि पतिता मृतवत्सका यथा गौः ॥२४॥
यशोदाले त्यो भीषण आँधी र धुलोको वर्षाको बिचमा आफ्नो छोराको पाउन नसक्दा धरै दुखी भइन् । छोराको सम्झमा, शोक गर्दै बाच्छो मर्दा गाई लडेझै गरीन उनी भूईमा ढलिन् ।।२४।।
रुदितमनुनिशम्य तत्र गोप्यो
भृशमनुतप्तधियोऽश्रुपूर्णमुख्यः ।
रुरुदुरनुपलभ्य नन्दसूनुं
पवन उपारतपांशुवर्षवेगे ॥२५॥
आँधी शान्त भएपछि र धूलो वर्षाको कम भएपछि यशोदाजीको रोएको आवाज सुनेर अन्य गोपीहरू त्यहाँ दौडिएर त्यहाँ आए । उनीहरुले त्यहाँ नन्दपुत्र श्रीकृष्णलाई नदेखेर दुःखी हुँदै आँसू झारेर रुन थाले ।।२५।।
(अनुष्टुप्)
तृणावर्तः शान्तरयो वात्यारूपधरो हरन् ।
कृष्णं नभोगतो गन्तुं नाशक्नोद् भूरिभारभृत् ॥२६॥
यता भुमरीरूप त्रिणावर्तले भगवान श्रीकृष्णलाइ आकाशमा लिएर गएपछि वहाँ गह्रौं भै दिनुभएकाले वहाँको भार थाम्न नसक्दा उसको गति कम भएकोले ऊ धेरै उड्न सकेन ।।२६।।
तमश्मानं मन्यमान आत्मनो गुरुमत्तया ।
गले गृहीत उत्स्रष्टुं नाशक्नोदद्भु तार्भकम् ॥२७॥
त्रिणावर्तले आफु भन्दा भारी भएकाले श्रीकृष्णलाई ठुलो चट्टान ठान्यो । श्रीकृष्णले उसको घाटी बलियोसंग समातेका कारण ती बालकलाई आफुबाट छुटाउन सकेन ।।२७।।
गलग्रहणनिश्चेष्टो दैत्यो निर्गतलोचनः ।
अव्यक्तरावो न्यपतत् सहबालो व्यसुर्व्रजे ॥२८॥
भगवानले उसको घाँटी यति बलियोसंग अठ्याउनु भएको थियो कि जसका कारण उ बेहोस भएर बोल्न पनि सकेन, उसका आँखा पनि बाहिर निस्कियो र अन्तमा उसको प्राण पनि उडेकोले बालक श्रीकृष्ण सहित व्रजभूमिमा खस्न पुग्यो ।।२८।।
(इंद्रवज्रा)
तमन्तरिक्षात् पतितं शिलायां
विशीर्णसर्वावयवं करालम् ।
पुरं यथा रुद्रशरेण विद्धं
स्त्रियो रुदत्यो ददृशुः समेताः ॥२९॥
त्यहाँ जम्मा भएका र रोइरहेका गोपगोपीहरुले जसरी भगवान शंकरको बाणको प्रहारबाट त्रिपुरासुर टुक्रा–टुक्रा भएको थियो त्यसरी नै राक्षस आकाशबाट चट्टानमा खसेझैं खसेको देखे ।।२९।।
(इंद्रवंशा)
प्रादाय मात्रे प्रतिहृत्य विस्मिताः
कृष्णं च तस्योरसि लंबमानम् ।
तं स्वस्तिमन्तं पुरुषादनीतं
विहायसा मृत्युमुखात् प्रमुक्तम् ।
गोप्यश्च गोपाः किल नन्दमुख्या
लब्ध्वा पुनः प्रापुरतीव मोदम् ॥३०॥
त्यतिबेला भगवान श्रीकृष्ण आफ्नो छातीमा भुण्डिरहनु भएका श्रीकृष्णलाई देखेर छक्क परी तुरुन्तै त्यहाँ गएर उनलाई उठाएर माता यशोदालाई दिए । त्यस दानवले आकाशमा उडाएर लगिएको, मृत्युको मुखबाट सजिलै फर्किएका बालक श्रीकृष्णलाई सकुशल पाएर नन्द– यशोदा सहित गोप गोपीहरू धेरै खुसी भए ।।३०।।
(मिश्र)
अहो बतात्यद्भु्तमेष रक्षसा
बालो निवृत्तिं गमितोऽभ्यगात् पुनः ।
हिंस्रः स्वपापेन विहिंसितः खलः
साधुः समत्वेन भयात् विमुच्यते ॥३१॥
ओहो ! यो आश्चर्यको घटना भयो। यो बालकलाई राक्षसले आकाशमा पुर्याएको थियो तापनि जीवितै फर्किए । हिंस्रक दुष्ट राक्षस आफ्नै पापले मारिन्छ तर सज्जन मानिस आफ्नो समभावले सबै भयबाट मुक्त हुन्छ ।।३१।।
किं नस्तपश्चीर्णमधोक्षजार्चनं
पूर्तेष्टदत्तमुत भूतसौहृदम् ।
यत्संपरेतः पुनरेव बालको
दिष्ट्या स्वबन्धून् प्रणयन् उपस्थितः ॥३२॥
अहो ! हामीले पहिलो कस्तो तपस्या, भगवानको पूजा, सामाजिक कार्य, कुवा, बगैंचा आदि यज्ञ, दान वा जीवको कल्याण गरेका थियौं ? जसको कारण हाम्रो यो बालक मरेपछि पनि आफन्तलाई खुसी बनाउन फर्केर आयो ।।३२।।
(अनुष्टुप्)
दृष्ट्वाअद्भु्तानि बहुशो नन्दगोपो बृहद्वने ।
वसुदेववचो भूयो मानयामास विस्मितः ॥३३॥
निस्सन्देह यो ठूलो भाग्यको कुरा हो । जब नन्द बाबाले धेरै अचम्मका घटनाहरू भइरहेका देखे, तब उहाँ वसुदेवका कुरा संझेर आश्चर्यचकित भएर उनको भनाइलाई समर्थन गरे ।।३३।।
एकदार्भकमादाय स्वाङ्कमारोप्य भामिनी ।
प्रस्नुतं पाययामास स्तनं स्नेहपरिप्लुता ॥३४॥
एकदिन यशोदाजीले आफ्नो प्यारो बालकलाई आफ्नो काखमा राखेर दूध पियाई रहेकी थिइन् उनी माया र स्नेहका कारण भिजेकी थिइन ।।३४।।
पीतप्रायस्य जननी सुतस्य रुचिरस्मितम् ।
मुखं लालयती राजञ्जृम्भतो ददृशे इदम् ॥३५॥
हे राजन ! जब उनले धेरै दूध पिए पछि हँसिलो अनुहार पारेर सुमसुम्याइरहेका बेलामा श्रीकृष्णले हाइ गर्दा उनको मुखमा यस्तो देखिन् ।।३५।।
(इंद्रवज्रा)
खं रोदसी ज्योतिरनीकमाशाः
सूर्येन्दुवह्निश्वसनांबुधींश्च ।
द्वीपान् नगांस्तद्दुहितॄर्वनानि
भूतानि यानि स्थिरजङ्गमानि ॥३६॥
आकाश, अन्तरिक्ष, प्रकाश, दिशा, सूर्य, चन्द्रमा, अग्नि, वायु, समुन्द्र, द्वीप, हिमाल, नदी, वन र सबै जीवित प्राणीहरू त्यहाँ थिए ।।३६।।
(अनुष्टुप्)
सा वीक्ष्य विश्वं सहसा राजन् सञ्जातवेपथुः ।
सम्मील्य मृगशावाक्षी नेत्रे आसीत् सुविस्मिता ॥३७॥
हे परीक्षित ! छोराको मुखमा अकस्मात सम्पूर्ण विश्वलाई देखेर हरिणको जस्तो आँखा भएकी यशोदाजीको शरीर काम्न थाल्यो । उनी अचम्ममा परेर दुवै आँखा बन्द गरिन् ।।३७।।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे सप्तमोऽध्यायः ॥७॥