#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः -पञ्चदशोऽध्यायः

श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः -पञ्चदशोऽध्यायः



मैत्रेय उवाच ।
(अनुष्टुप)
प्राजापत्यं तु तत्तेजः परतेजोहनं दितिः ।
दधार वर्षाणि शतं शङ्कमाना सुरार्दनात् ॥ १ ॥

मैत्रेयजीले भने—
विदुरजी! दितिलाई आफ्ना छोराहरूबाट देवताहलाई दुःख दिन्छन भन्ने कुरामा संका थियो । त्यसैले अरुको तेजलाई नाश गराउने त्यो कस्यपजीको तेज (विर्य) लाई सय वर्ष सम्म आफ्नै गर्भमा राखिन ।।१।।

लोके तेनाहतालोके लोकपाला हतौजसः ।
न्यवेदयन्विश्वसृजे ध्वान्तव्यतिकरं दिशाम् ॥ २ ॥

त्यस गर्भमा रहेको तेजले लोकमा सूर्यादिको प्रकाश क्षीण हुनलाग्यो अनि देवताहरूले ब्रह्माजी संग भन्नलागे कि सबै दिशामा अन्धकारका कारण धेरै अस्तब्यस्त भैरहेको छ ।।२।।

देवा ऊचुः
तम एतद्विभो वेत्थ संविग्ना यद्वयं भृशम् ।
न ह्यव्यक्तं भगवतः कालेनास्पृष्टवर्त्मनः ॥ ३

देवताहरूले भने—
भगवन्! काल आफ्नो ज्ञान शक्तिलाई कुण्ठित गर्न सक्तैन त्यसैले हजूरलाई कुनै कुराको थाहा नहुने भन्ने कुरा हुदैन । हजूर यस अन्धकारको बारेमा जान्नुहुन्छ । हामी त यसका कारण धेरै डराएका छौं ।।३।।

देवदेव जगद्धातः लोकनाथशिखामणे ।
परेषामपरेषां त्वं भूतानामसि भाववित् ॥ ४ ॥

देवाधिदेव! हजूर समस्त लोकको रचयिता र समस्त लोकहरूको शिरोमणि हुनुहुन्छ । हजूर साना ठुला सबै जीवको भाव जान्नुहुन्छ ।।४।।

नमो विज्ञानवीर्याय माययेदमुपेयुषे ।
गृहीतगुणभेदाय नमस्तेऽव्यक्तयोनये ॥ ५ ॥

देव! हजूर विज्ञान वलले सम्पन्न हुनुहुन्छ । हजूरले मायाले नै यो चतुर्मुख रजोगुणलाई स्वीकार गर्नुभएको छ । हजूरको उत्पत्तिको रहस्यको बारेमा कोहिपनि जान्न सक्तैन, हजूरलाई हाम्रो नमस्कार छ ।।५।।

ये त्वानन्येन भावेन भावयन्त्यात्मभावनम् ।
आत्मनि प्रोतभुवनं परं सदसदात्मकम् ॥ ६ ॥

हजूरमा सबै भुवन मालाझैं भएर अडिएको छ । कार्यकारणरूप सबै प्रपञ्च हजूरको शरीर हो, तर वास्तवमा हजूर यसबाट टाढा हुनुहुन्छ ।।६।।

तेषां सुपक्वयोगानां जितश्वासेन्द्रियात्मनाम् ।
लब्धयुष्मत् प्रसादानां न कुतश्चित्पराभवः ॥ ७ ॥

जो सबै जीवको उत्पत्ति स्थान हजूरको अनन्य भावले ध्यान गर्दछन् ति सिध्द योगीहरूको कुनै प्रकारले ह्रास हुदैन किनकि उनीहरू आफ्नो कृपाकटाक्षले कृत्यकृत्य हुन्छन तथा प्राण, इन्द्रिय र मनलाई जितेका कारण उनीहरूको योग पनि परिपक्व हुन्छ ।।७।।

यस्य वाचा प्रजाः सर्वा गावस्तन्त्येव यन्त्रिताः ।
हरन्ति बलिमायत्ताः तस्मै मुख्याय ते नमः ॥ ८ ॥

डोरीमा बाँधिएको गोरु जस्तै हजूरको वेदवाणीले जडकिएका सबै प्रजाहरू आफ्नो अधिनतामा नियमपूर्वक कर्मानुष्ठान गरेर हजूरलाई पूजाको वली समर्पण गर्दछन । हजूर सबैको नियन्ता मुख्य प्राण हुनुहुन्छ । हामी हजूरलाई नमस्कार गर्दछौं ।।८।।

स त्वं विधत्स्व शं भूमन् तमसा लुप्तकर्मणाम् ।
अदभ्रदयया दृष्ट्या आपन्नानर्हसीक्षितुम् ॥ ९ ॥

हे भूमन! यस अन्धकारले दिन रातको विभाग अस्पष्ट हुनाको कारण सबै कर्महरू लुप्त भएर जादैछन, जसबाट जो दुःखी भएकाछन् उनीहरूको कल्याण गर्नुहोस र हामी सरणागत माथि अपार दयादृष्टिले हेर्नुहोस ।।९।।

एष देव दितेर्गर्भ ओजः काश्यपमर्पितम् ।
दिशस्तिमिरयन् सर्वा वर्धतेऽग्निरिवैधसि ॥ १० ॥

हे देव! आगोले जसरी दाउरा पाँउदा बढ्दछ त्यसै गरी कस्यपको वीर्यबाट स्थापित भएको त्यो दितिको गर्भले सबै दिशालाई अन्धकार बनाएर क्रमशः बढिरहेको छ ।।१०।।

मैत्रेय उवाच ।
स प्रहस्य महाबाहो भगवान् शब्दगोचरः ।
प्रत्याचष्टात्मभूर्देवान् प्रीणन् रुचिरया गिरा ॥ ११ ॥

मैत्रेयले भने—
हे महाबाहो! देवताहरूको प्रार्थना सुनेर भगवान् ब्रह्माजी हाँस्नु भयो अनि आफ्नो मधुर वाणीबाट प्रशन्न गराउँदै भन्न लाग्नुभयो ।।११।।

ब्रह्मोवाच ।
मानसा मे सुता युष्मत् पूर्वजाः सनकादयः ।
चेरुर्विहायसा लोकान् लोकेषु विगतस्पृहाः ॥ १२ ॥

ब्रह्माजीले भन्नुभयो—
देवताहरू हो! तिमीहरूको पूर्वज मेरा मानस पुत्र सनकादिहरूको लोकको आशक्ति त्यागेर आकास मार्गमा डुल्दथे ।।१२।।

त एकदा भगवतो वैकुण्ठस्यामलात्मनः ।
ययुर्वैकुण्ठनिलयं सर्वलोकनमस्कृतम् ॥ १३ ॥

एकपटक उनीहरू भगवान् विष्णुको सुध्द सत्वमय बैकुण्ठ लोकमा गए । जसलाई सबैलोकले नमस्कार गर्दछन ।।१३।।

वसन्ति यत्र पुरुषाः सर्वे वैकुण्ठमूर्तयः ।
येऽनिमित्तनिमित्तेन धर्मेणाराधयन् हरिम् ॥ १४ ॥

जहाँ सबैजना विष्णुरूप भएर रहन्छन र त्यहा पनि उनैलाई प्राप्तहुन्छ जो सबै कामनाहरूलाई छाडेर केवल भगवच्चरण शरणको प्राप्तिका लागि आफ्नो धर्मद्वारा श्रीहरिको आराधना गर्दछन् ।।१४।।

यत्र चाद्यः पुमानास्ते भगवान् शब्दगोचरः ।
सत्त्वं विष्टभ्य विरजं स्वानां नो मृडयन् वृषः ॥ १५ ॥


त्यहाँ वेदान्तबाट जानिने धर्ममुर्ति भगवान् पुराणपुरुष आफ्ना भक्तहरूकालाई सुख दिनका लागि सत्यमय स्वरूप धारण गरेर हर समय विराजमान हुनुहुन्छ ।।१५।।

यत्र नैःश्रेयसं नाम वनं कामदुघैर्द्रुमैः ।
सर्वर्तुश्रीभिर्विभ्राजत् कैवल्यमिव मूर्तिमत् ॥ १६ ॥

त्यसलोकमा नैःश्रेयस नाम गरेको एउटा वन छ । जुन मोक्षरूप कैवल्य जस्तो भान हुन्छ । त्यहाँ सबैप्रकारको कामनादि पूर्ण गर्ने वृक्षहरूले शुसोभित भएको छ, जहाँ हर समय छ वटै ऋतुहरूको फूलको शोभाले सम्पन्न छ ।।१६।।

(वसंत तिलका)
वैमानिकाः सललनाश्चरितानि यत्र ।
        गायन्ति लोकशमलक्षपणानि भर्तुः ।
अन्तर्जलेऽनुविकसन् मधुमाधवीनां ।
        गन्धेन खण्डितधियोऽप्यनिलं क्षिपन्तः ॥ १७ ॥

त्यहाँ विमानचारी गन्धर्वगण आफ्ना प्रियाहरूलाई लिएर प्रभुको पवित्र गान गर्दछन, र सबै ब्यक्तिहरूको पापलाई नष्ट गर्ने लीलाहरु गाउँदछन । त्यस समयमा सरोवरमा फुलेका मकरन्दपूर्ण वासनाले युक्त माधवी लहराहरूको समधुर गन्धले उस्को चित्त आफुतिर खिच्न खोजे पनि उसको मन भगवान बाट अन्त लाग्दैन । यहासम्म कि त्यसलाई उडाएर सुगन्ध ल्याउने वायुलाई पनि ध्यान दिदैन ।।१७।।

पारावतान्यभृतसारसचक्रवाक ।
        दात्यूहहंसशुकतित्तिरिबर्हिणां यः ।
कोलाहलो विरमतेऽचिरमात्रमुच्चैः ।
        भृङ्गाधिपे हरिकथामिव गायमाने ॥ १८ ॥

जुन समयमा भ्रमरराज ठुलो स्वरले भुनभुनाएर मानौं हरिकथाको गान गर्दछन् त्यस समयमा थोरै समयका लागि परेवा, कोइली, सारस, चखेवा, चातक, हाँस सुगा, तीत्रा र मयुरहरूको कोलाहल सान्त भएर उनीहरू त्यहाँ कीर्तनको आनन्दमा भुल्दछन ।।१८।।

मन्दारकुन्दकुरबोत्पलचम्पकार्ण ।
        पुन्नागनागबकुलाम्बुजपारिजाताः ।
गन्धेऽर्चिते तुलसिकाभरणेन तस्या ।
        यस्मिंस्तपः सुमनसो बहु मानयन्ति ॥ १९ ॥

श्रीहरि तुलसीले आफ्नो श्रीविग्रहलाई सझाउनुहुन्छ । र तुलसीको वासनालाई अत्यन्त आदर गर्नुहुन्छ । यस्तो देखेर त्यहाँका मन्दार, कुन्द, कुरव (तिलक रूख), उत्पल (रात्रीमा फुल्ने कमल), चप्मक, अर्ण, पुन्नाग, नाग, वकुल, अम्वुज –दिनमा पूMल्ने कमल) र पारिजात आदि पूलहरू सुगन्ध युक्त हुदा पनि तुलसीको तप लाईनै बढ्ता ठान्दछन् ।।१९।।

यत्सङ्कुलं हरिपदानतिमात्रदृष्टैः ।
        वैदूर्यमारकतहेममयैर्विमानैः ।
येषां बृहत्कटितटाः स्मितशोभिमुख्यः ।
        कृष्णात्मनां न रज आदधुरुत्स्मयाद्यैः ॥ २० ॥

त्यो लोक वैदुर्य मरकतमणि (पन्ना) र सुनको विमानले भरिएको छ । यो सब कर्मफलका कारण होईन केवल एकमात्र श्रीहरिको चरणकमलको वन्दना गर्नाले प्राप्त हुन्छ । त्यस विमानमा चढेका कृष्णप्राण भगवद्भक्तका चित्तमा ठुलाठुला नितम्व भएक मन्द मुस्कान भएका सुन्दरीहरू पनि आफ्नो मन्द मुस्कान एवं मनोहर हँसी ठट्टाले ले काम विकार उत्पन्न गराउन सक्तैनन ।।२०।।

श्री रूपिणी क्वणयती चरणारविन्दं ।
        लीलाम्बुजेन हरिसद्मनि मुक्तदोषा ।
संलक्ष्यते स्फटिककुड्य उपेतहेम्नि ।
        सम्मार्जतीव यदनुग्रहणेऽन्ययत्नः ॥ २१ ॥

परम सुन्दर लक्ष्मीजी, जस्को कृपा प्राप्त गर्नका लागि देवगणहरू पनि प्रयत्न गर्दछन । श्रीहरिको भवनमा सबै चन्चलता र दोषलाई त्यागेर रहन्छिन । जुन समयमा आफ्नो चरणकमलको नुपुरको झंकार गेरेर त्यो आफ्नो लीलाकमल घुमाउछिन् त्यस समयमा त्यस सुनैसुनको भवनको स्फटिक मय पर्खालमा उनको प्रतिविम्व पर्नाले यो थाहा हुन्छ कि मानौ झारबढार गर्दैछिन भन्ने लाग्दछ ।।२१।।

वापीषु विद्रुमतटास्वमलामृताप्सु ।
        प्रेष्यान्विता निजवने तुलसीभिरीशम् ।
अभ्यर्चती स्वलकमुन्नसमीक्ष्य वक्त्रम् ।
        उच्छेषितं भगवतेत्यमताङ्ग यच्छ्रीः ॥ २२ ॥

प्यारा देवताहरू! जुन समयमा दासीहरूको साथ लिएर उनी आफ्नो कृडावनमा तुलसीले भगवानको पूजा गर्दछिन तव त्यहाँको निर्मल जलले भरिएको सरोवरमा, जसमा मुगाको घाट भएको पोखरीमा छ । आफ्नो सुन्दर अलकावली र उन्नत नाकले शुसोभित मुखलाई देखेर यसलाई भगवानले चुम्वन गरेको हो भन्ने ठानेर त्यसलाई धेरै शौभाग्यशाली सम्झन्छीन ।।२२।।

यन्न व्रजन्त्यघभिदो रचनानुवादात् ।
        श्रृण्वन्ति येऽन्यविषयाः कुकथा मतिघ्नीः ।
यास्तु श्रुता हतभगैर्नृभिरात्तसारान् ।
        तांस्तान् क्षिपन्त्यशरणेषु तमःसु हन्त ॥ २३ ॥

जो मानिस भगवानको पाप हरण गर्ने लीला कथालाईछोडेर वुध्दिलाईनष्ट गराउने अर्का काम सम्बन्धि अन्य निन्दित कथाहरू सुन्दछन त्यसले उसको पुण्यलाई नाश गरेर उसलाई आश्रयहिन घोर नरकमा पार्दछ ।।२३।।

येऽभ्यर्थितामपि च नो नृगतिं प्रपन्ना ।
        ज्ञानं च तत्त्वविषयं सहधर्मं यत्र ।
नाराधनं भगवतो वितरन्त्यमुष्य ।
        सम्मोहिता विततया बत मायया ते ॥ २४ ॥

अहो! यी मानिसहरूको धेरै महिमा छ देवताहरू पनि यहाँको चाहना गर्दछन । यसैबाट तत्वज्ञान र धर्म पनि प्राप्त हुन्छ । यसलाई पाउदा पनि जो ब्यक्ति भगवानको आराधना गर्दैन उ त उहाँको सर्बत्र फैलिएको मायाबाट मोहित भएको हुन्छ ।।२४।।

यच्च व्रजन्त्यनिमिषामृषभानुवृत्त्या ।
        दूरे यमा ह्युपरि नः स्पृहणीयशीलाः ।
भर्तुर्मिथः सुयशसः कथनानुराग ।
        वैक्लव्यबाष्पकलया पुलकीकृताङ्गाः ॥ २५ ॥

देवादि देव श्रीहरिको निरन्तर चिन्तन गर्नाले नै उसबाट यमराज टाढा रहन्छन । आपसमा प्रभुको सुयशको चर्चा हुदा खेरि अनुरागजन्य प्रेमप्रवलताले जस्को आँखाबाट आँसुको धारा वग्न थाल्दछ तथा शरीरमा रोमाञ्च हुन्छ । जस्को शील स्वभाव हामीहरूको लागि पनि राम्रो लाग्दछ । तीनै परमभक्त नै हाम्रो लोकभन्दा माथिको वैकुण्ठलोक जान्छन ।।२५।।

तद्विश्वगुर्वधिकृतं भुवनैकवन्द्यं ।
        दिव्यं विचित्रविबुधाग्र्यविमानशोचिः ।
आपुः परां मुदमपूर्वमुपेत्य योग ।
        मायाबलेन मुनयस्तदथो विकुण्ठम् ॥ २६ ॥

जुनसमयमा सनाकादि मुनिहरू विश्वगुरु श्रीहरिको निवासस्थान, सम्पूर्णलोकको वन्दनिय र श्रेष्ठ देवताहरूको विचित्र विमानबाट बिभुषित भएको परम दिव्य र अद्भुत वैकुण्ठधाममा आफ्नो योगवलले पुगे । त्यतिवेला उनीहरूलाई धेरै आनन्द लागेको थियो ।।२६।।

तस्मिन्नतीत्य मुनयः षडसज्जमानाः ।
        कक्षाः समानवयसावथ सप्तमायाम् ।
देवावचक्षत गृहीतगदौ परार्ध्य ।
        केयूरकुण्डलकिरीटविटङ्कवेषौ ॥ २७ ॥

भगवानको दर्शनको इच्छाले अरु दर्शनय सामानहरूलाई उपेक्षा गरेर वैकुण्ठधामको छ वटै छिडी पार गरेर जव उनीहरू सातौं मा पुगे त्यहाँ उनीहरूले हातमा गदा लिएका, समान आयुका दुई देवश्रेष्ठ देखे । जो वाजुवन्द, कुण्डल, र किरिट आदि अनेक अमूल्य गहनाले अलंकृत भएका थिए ।।२७।।

मत्तद्विरेफवनमालिकया निवीतौ ।
        विन्यस्तयासितचतुष्टयबाहुमध्ये ।
वक्त्रं भ्रुवा कुटिलया स्फुटनिर्गमाभ्यां ।
        रक्तेक्षणेन च मनाग्रभसं दधानौ ॥ २८ ॥

उनीहरूको श्यामवर्णको चार हातहरूको विचमा मत्त भ्रमराहरूले गुञ्जायमान वनमाला सुशोभित भएका थिए । तथा टेढो आँखी भौं तथा फरपराई रहेको नाक र राता राता आँखाका कारण उनीहरूको मुखमा रिसको चिन्ह देखिन्थ्यो ।।२८।।

द्वार्येतयोर्निविविशुर्मिषतोरपृष्ट्वा ।
        पूर्वा यथा पुरटवज्रकपाटिका याः ।
सर्वत्र तेऽविषमया मुनयः स्वदृष्ट्या ।
        ये सञ्चरन्त्यविहता विगताभिशङ्काः ॥ २९ ॥

यस्तो अवस्थामा देख्दा पनि मुनिहरूले उनीहरूलाई कुनै सोधपुछ गरेनन्, जसरी सुन र वज्रमय ढोकाहरू भएको पहिलो छ द्वार पार गरेर आएका थिए त्यसै गरी वहाँको द्वारमा प्रवेश गरे उनीहरूको दृष्टि सबैमा समान थियो त्यसैले उनीहरू निसंकोच भएर विना रोकटोक सबैतिर घुम्ने गर्दथे ।।२९।।

तान्वीक्ष्य वातरशनांश्चतुरः कुमारान् ।
        वृद्धान्दशार्धवयसो विदितात्मतत्त्वान् ।
वेत्रेण चास्खलयतामतदर्हणांस्तौ ।
        तेजो विहस्य भगवत् प्रतिकूलशीलौ ॥ ३० ॥

ताभ्यां मिषत्स्वनिमिषेषु निषिध्यमानाः ।
        स्वर्हत्तमा ह्यपि हरेः प्रतिहारपाभ्याम् ।
ऊचुः सुहृत्तमदिदृक्षितभङ्ग ईषत् ।
        कामानुजेन सहसा त उपप्लुताक्षाः ॥ ३१ ॥

ती चार कुमार पूर्ण तत्वज्ञानी थिए । ब्रह्माको सृष्टिमा सबैभन्दा पहिला ठुला भएर पनि उनीहरू हेर्दामा पाँचवर्षका देखिन्थे । सधै दिगम्वर वृत्तिले रहन्थे उनीहरू यस प्रकार निसंकोच भएर भित्र जान लागेको देखेर द्वारपालहरूले भगवानको शील स्वभावको विपरित सनाकदिको तेजलाई हाँसोमा उडाउदै उनीहरूले वेत (लठ्ठिी) अड्याएर रोके ।यसरी रोकिदा आफ्नो प्रियत्तम प्रभुको दर्शनमा वाधा पर्न आएका कारण उनीहरूको आँखा रिसले रातो रातो भयो र यस प्रकार भन्नलागे ।।।३०।३१।।

मुनय ऊचुः ।
को वामिहैत्य भगवत् परिचर्ययोच्चैः ।
        तद्धर्मिणां निवसतां विषमः स्वभावः ।
तस्मिन् प्रशान्तपुरुषे गतविग्रहे वां ।
        को वात्मवत् कुहकयोः परिशङ्कनीयः ॥ ३२ ॥

मुनिहरूले भने—
ए द्वारपालहरू! जो ब्यक्ति भगवानको ठुलो सेवाको प्रभावले यसलोकलाई पाएर यहाँ वस्दछन् उनीहरू त भगवान् समान नै समदर्शी हुनुपर्दछ । तिमीहरू पनि वहाँ जस्तै हो तर तिमीहरूमा यस्तो फरक किन भयो । भगवान् त परम शान्त स्वभाव हुनुहुन्छ । वहाँमा कसै प्रति कुनै विरोध छैन फेरी यहाँ यस्तो के छ र जसमा संका गर्नुपर्ने । तिमीहरू ता आफैमा कपटी रहेछौ त्यसैले आफु जस्तै अरुलाई शंका गर्दछौ ।।३२।।

न ह्यन्तरं भगवतीह समस्तकुक्षौ ।
        आत्मानमात्मनि नभो नभसीव धीराः ।
पश्यन्ति यत्र युवयोः सुरलिङ्गिनोः किं ।
        व्युत्पादितं ह्युदरभेदि भयं यतोऽस्य ॥ ३३ ॥

भगवानको पेटमा यो सारा ब्रह्माण्ड स्थित छ त्यसैले यहाँ वस्ने ज्ञानीहरू सर्बात्मा श्रीहरिबाट आफुमा कुनै भेद देख्दैनन महाकाश झैं उहाँमा र आफुमा कुनै भेद देख्दैनन । तिमीहरू देवरूप धारि हौ फेरि तिमीहरू किन यसरी  तिमीहरू भगवानको साथ भेदभावका कारण हुने भयको कल्पना गरेका छौ ।।३३।।

तद्वाममुष्य परमस्य विकुण्ठभर्तुः ।
          कर्तुं प्रकृष्टमिह धीमहि मन्दधीभ्याम् ।
लोकानितो व्रजतमन्तरभावदृष्ट्या ।
            पापीयसस्त्रय इमे रिपवोऽस्य यत्र ॥ ३४ ॥

तिमीहरू वहाँ वैकुण्ठनाथ भगवान्का पार्षद हौ, तर तिमीहरूको बुध्दि त मन्द छ । त्यसैले तिमीहरूको कल्याण गर्नको लागि हामी तिमीहरूको अपराधको योग्य दण्ड दिने विचार गर्दछौं । तिमीहरू आफ्नो भेद बुध्दिको दोश बाट यस बैकुण्ठलोक बाट निक्लिएर त्यो पापमय योनिमा जाओ, जहाँ काम, क्रोध, र लोभ प्राणीहरूका यी तिन सत्रुहरू बस्तदछन ।। ३४।

तेषामितीरितमुभाववधार्य घोरं ।
        तं ब्रह्मदण्डमनिवारणमस्त्रपूगैः ।
सद्यो हरेरनुचरावुरु बिभ्यतस्तत् ।   
        पादग्रहावपततामतिकातरेण ॥ ३५ ॥

सनकादिहरूबाट यस्तो कठोर वचन सुनेर र बा्रम्हणको श्राप कुनैपनि प्रकारको शास्त्रले नमेटिने बुझेर श्रीहरिको दुवै पार्षद अत्यन्त दीनभावले उनीहरुको चरण समातेर पृथ्वीमा झरे । उनीहरू जान्दथे कि आफ्ना स्वामी श्रीहरि पनि ब्राह्मणको श्रापबाट डराउनुहुन्थ्यो ।।३५।।

भूयादघोनि भगवद्भिरकारि दण्डो ।
        यो नौ हरेत सुरहेलनमप्यशेषम् ।
मा वोऽनुतापकलया भगवत्स्मृतिघ्नो ।
        मोहो भवेदिह तु नौ व्रजतोरधोऽधः ॥ ३६॥

फेरी उनीहरूले अत्यन्त आतुर भावले भन्न लागे । भगवान् हामी अवस्य अपराधि हौं त्यसैले हजूरले हामीलाई जुन दण्ड दिनुभएको छ त्यो उचित छ र त्यो हामीलाई हुनै पर्दथ्यो । हामीले भगवानको अभिप्रायलाई नसम्झेर वहाँको आज्ञाको उलंघन ग¥यौं त्यसैले हामीले जुन पाप गरेका छौं त्यसका लागि हजूरले दिनु भएको सजायले हाम्रा सबै पापहरु पखालिनेछन तर हाम्रो यस्तो दुर्दशालाई विचार गरेर यदि करुणवश हजूरहरूको थोरै अनुपात भए यस्तो कृपा गर्नुहोस कि त्यस अधमाधम योनीमा जादा पनि हामीलाई भगवानको स्मृति नष्ट गराउने मोह प्राप्तनहोस । ३६।।

एवं तदैव भगवान् अरविन्दनाभः ।
        स्वानां विबुध्य सदतिक्रममार्यहृद्यः ।
तस्मिन् यन्ययौ परमहंसमहामुनीनाम् ।   
        अन्वेषणीयचरणौ चलयन् सहश्रीः ॥ ३७ ॥

यता साधुहरूका हृदयधन भगवान् कमलनाभलाई थाहा भयो कि मेरा द्वारपालहरूले वहाँहरूलाई अनादर गरे, त्यसपछि वहाँ लक्ष्मीजी सहित तिनै चरणहरु जुन मुनिहरु खोजी गर्दछन तर सजिलै पाउँन सक्तैनन अर्थात पैदल नै हिडेर मुनिहरू भएको ठाँउमा पुग्नुभयो ।।३७।।

तं त्वागतं प्रतिहृतौपयिकं स्वपुम्भिः ।
        तेऽचक्षताक्षविषयं स्वसमाधिभाग्यम् ।
हंसश्रियोर्व्यजनयोः शिववायुलोलः ।
        शुभ्रातपत्रशशिकेसरशीकराम्बुम् ॥३८ ॥

सनकादिहरूले उनीहरूका समाधिको विषय वैकुण्ठनाथ श्रीहरि आफै त्यहाँ आउँनु भएको देखे वहाँका साथ पार्षदगणहरू छत्र चामर आदि लिएर वहाँको साथमा आए । तथा प्रभुको दुवै पटि राजहंसको प्वाख समान दुइवटा सेतो चामर डोलाईएको थियो । शितल वायुको कारण उनको सेतो छाता मा लागेको मोतिहरूको झल्लर हल्ल्दिा यस्तो शोभा देखिन्थ्यो कि त्यहाँ चन्द्रमाको किरणबाट अमृतको थोपा झरिरहेछ ।।३८।।

कृत्स्नप्रसादसुमुखं स्पृहणीयधाम ।   
        स्नेहावलोककलया हृदि संस्पृशन्तम् ।
श्यामे पृथावुरसि शोभितया श्रिया स्वः ।
        चूडामणिं सुभगयन्तमिवात्मधिष्ण्यम् ॥ ३९ ॥

प्रभु सबै सद्गुणहरूको आश्रय हुनुहुन्छ, वहाँको सौम्य मुखमुद्रालाई देखेर थाहा हुन्थ्योकि मानौं वहाँ सबै प्रति अनवरत कृपासुधाको वर्षा गरिरहनु भएको छ । आफ्नो स्नेहमयी हेराइले वहाँ भक्तजनहरूका हृदयमा स्पर्श गरिरहनु भएको थियो । वहाँको वक्षस्थलमा स्वर्ण रेखारूपमा जुन साक्षात लक्ष्मी विराजमान थिइन जसले समस्त दिव्यलोकको चणमणिरूप वैकुण्ठधामलाईनै सुशोभित गरिरहेको थियो ।।३९।।

पीतांशुके पृथुनितम्बिनि विस्फुरन्त्या ।
        काञ्च्यालिभिर्विरुतया वनमालया च ।
वल्गुप्रकोष्ठवलयं विनतासुतांसे ।
        विन्यस्तहस्तमितरेण धुनानमब्जम् ॥ ४० ॥

वहाँको पीताम्बर मण्डित विशाल नितम्बमा कर्धनी झल्कीरहेको थियो र गलामा भ्रमराहरूले गुन्जायमान भएको वनमाला पहिरिनु भएका थियो । वहाँले कलाईमा सुन्दर कंगन पहिरिनुभएको थियो । वहाँको एक हात गरुडजीको काँधमा र अर्को हातले कमलको फूल घमाई रहनु भएको थियो ।।४०।।

विद्युत्क्षिपन् मकरकुण्डलमण्डनार्ह ।
        गण्डस्थलोन्नसमुखं मणिमत्किरीटम् ।
दोर्दण्डषण्डविवरे हरता परार्ध्य ।   
        हारेण कन्धरगतेन च कौस्तुभेन ॥ ४१ ॥

वहाँको अमोल कपोलले विजुलीको प्रभाको पनि लजाउने खालको मकराकृत कुण्डलको शोभालाई बढाईरहेको थियो । सुन्दर नाकले युक्त धेरै राम्रो मुख थियो । शिरमा मणि जडिएको मुकुट विराजमान थियो । त्यसै गरी चारैहातको विचमा महामुल्य हारको र घाँटीमा कौश्तुभ मणिको अपूर्व शोभा देखिन्थ्यिो ।।४१।।

अत्रोपसृष्टमिति चोत्स्मितमिन्दिरायाः ।
        स्वानां धिया विरचितं बहुसौष्ठवाढ्यम् ।
मह्यं भवस्य भवतां च भजन्तमङ्गं ।   
        नेमुर्निरीक्ष्य न वितृप्तदृशो मुदा कैः ॥ ४२ ॥

भगवानको श्रीविग्रह धेरै शौन्दर्य थियो । वहाँलाई देखेर भक्तको मनमा यस्तो वितर्क हुन्थ्यो कि, जस्को समान लक्ष्मीजीको शौन्दर्यको अभिमान पनि चुर्ण हुन्थ्यो । देवताहरू हो! यसप्रकार मेरो महादेवजीको र तिमीहरूको लागि पनि परमसुन्दर विग्रह धारण गर्नु भएका श्रीहरिलाई देखेर सनकादि मुनिश्वरहरूले वहाँलाई सिर झुकाएर प्रणाम गरे । त्यस समयमा वहाँको अद्भुत सुन्दरतालाई हेरेर उनीहरूको नेत्र तृप्त भएन ।।४२।।

तस्यारविन्दनयनस्य पदारविन्द ।
        किञ्जल्कमिश्रतुलसीमकरन्दवायुः ।
अन्तर्गतः स्वविवरेण चकार तेषां ।
        सङ्क्षोभमक्षरजुषामपि चित्ततन्वोः ॥ ४३ ॥

सनकादि मुनिश्वरहरू निरन्तर ब्रह्मानन्दमा मग्न भएका थिए । तर त्यस समयमा भगवान् कमलनयनको चरणारविन्दको परागले मिलेको तुलसी मञ्जरीको गन्धले सुवसित वायु नासिकारन्ध्रबाट उनको अन्तःकरणमा प्रवेश ग¥यो । त्यस समय उनीहरूले आफ्नो शरीरलाई सम्हाल्न सकेनन् । त्यस दिब्य गन्धले उनीहरूको मनमा खुलदुली पैदा भयो ।।४३।।

ते वा अमुष्य वदनासितपद्मकोशम् ।
        उद्वीक्ष्य सुन्दरतराधरकुन्दहासम् ।
लब्धाशिषः पुनरवेक्ष्य तदीयमङ्घ्रि ।
        द्वन्द्वं नखारुणमणिश्रयणं निदध्युः ॥ ४४ ॥

भगवानको मुख निलकमल समान थियो । धेरै राम्रो अधर र कुन्दकुसुम समान मनोहर हाँसोले वहाँको शोभा अझ बढेको थियो । वहाँको त्यस्तो मनोहररूप देखेर उनीहरू कृत्यकृत्य भए र फेरी अरुणमणी समान राता राता नङ्गले सुशोभिति भएको वहाँको चरणकमललाई देखेर उनीहरू ध्यान गर्नलागे ।।४४।।

पुंसां गतिं मृगयतामिह योगमार्गैः ।
        ध्यानास्पदं बहुमतं नयनाभिरामम् ।
पौंस्नं वपुर्दर्शयानमनन्यसिद्धैः ।
        औत्पत्तिकैः समगृणन्युतमष्टभोगैः ॥ ४५ ॥

त्यसपछि ती मुनिगण अन्य साधनले सिध्द नहुने स्वभाविक अष्टसिध्दिले सम्पन्न स्तुति गर्नलागे जुन योगमार्गद्वारा मोक्ष पदको खोजी गर्ने पुरुषको ध्यानको विषय अत्यन्त आदरणीय र आँखालाई आनन्द गराउने श्रीहरीको ध्यान गर्नलागे ।।४५।।

कुमारा ऊचुः -
योऽन्तर्हितो हृदि गतोऽपि दुरात्मनां त्वं ।
        सोऽद्यैव नो नयनमूलमनन्त राद्धः ।
यर्ह्येव कर्णविवरेण गुहां गतो नः ।
        पित्रानुवर्णितरहा भवदुद्भवेन ॥ ४६ ॥

सनकादिहरूले भने—
अनन्त! यद्यपि हजूर अन्तर्यामीरूपले सबै पुरुषको हृदयमा पनि रहनुहुन्छ । तर दुरात्माहरू हजूरलाई पाउन सक्तैनन प्रभो! जुन समयमा हजूरबाट उत्पन्न भएका हाम्रा पिता ब्रह्माजीले हजूरको रहस्यको वर्णन गर्नुभएको थियो त्यसै समय श्रवणद्वारा नै हाम्रो बुध्दिमा हजूर विराजमान भैसक्नु भएको थियो । तर प्रत्यक्ष दर्शनको महान शौभाग्य त हामीलाई आज प्राप्त भएको छ ।।४६।।

तं त्वां विदाम भगवन्परमात्मतत्त्वं ।
        सत्त्वेन सम्प्रति रतिं रचयन्तमेषाम् ।
यत्तेऽनुतापविदितैर्दृढभक्तियोगैः ।
        उद्ग्रन्थयो हृदि विदुर्मुनयो विरागाः ॥ ४७ ॥

भगवन्! हामी हजूरको साक्षात परतत्को वारेमा सम्झन्छौं । यस समयमा हजूर आफ्नो विशुध्द सत्वमय विग्रहले हामी भक्तलाई आनन्दित गराइरहनु भएको छ । हजूरको यस सगुण सागरमुर्तिको राग र अहंकारबाट मुक्त मनीहरू हजूरको कृपादृष्टिबाट प्राप्त भएको सुदृढ भक्तियोग द्वारा आफ्नो हृदयमा अनुभव गर्दछन ।।४७।।

नात्यन्तिकं विगणयन्त्यपि ते प्रसादं ।
            किम्वन्यदर्पितभयं भ्रुव उन्नयैस्ते ।
येऽङ्ग त्वदङ्घ्रिशरणा भवतः कथायाः ।
            कीर्तन्यतीर्थयशसः कुशला रसज्ञाः ॥ ४८ ॥

प्रभो! हजूरको सुयस अत्यन्त कीर्तनीय र सांसारिक दुःखलाई हटाउने वाला हो । हजूरको चरणको शरणमा पर्ने जुन महा भाग्यमानीहरू हजूरको कथाको रशिक भएकोले त्यो हजूरको आत्यान्तिक प्रसाद मोक्ष पदलाई समेत आवस्यक ठान्दैनन भने त्यो इन्द्रपद आदि भोगको विषयमा त भन्नु नै के छ र ।।४८।।

कामं भवः स्ववृजिनैर्निरयेषु नः स्तात् ।
        चेतोऽलिवद्यदि नु ते पदयो रमेत ।
वाचश्च नस्तुलसिवद्यदि तेऽङ्घ्रिशोभाः ।
        पूर्येत ते गुणगणैर्यदि कर्णरन्ध्रः ॥ ४९ ॥
   
भगवान् यदि हाम्रो चित्त भ्रभराको झैं हजूरकै चरणकमलमा घुमिरहन्छ हाम्रो बोली तुलसी समान हजूरको चरण सम्बन्धमा सुशोभित रहोस, हाम्रो कान हजूरको सुयस सुधाले परिपूर्ण रहोस त आफ्नो पापको कारण भला हाम्रो जन्म नरकादि योनि मै होस यसबाट हामीलाई कुनै चिन्ता छैन ।।४९।।

प्रादुश्चकर्थ यदिदं पुरुहूत रूपं ।
        तेनेश निर्वृतिमवापुरलं दृशो नः ।
तस्मा इदं भगवते नम इद्विधेम ।
        योऽनात्मनां दुरुदयो भगवान् प्रतीतः ॥ ५० ॥

विपुलकीर्ति प्रभो! हजूरले हाम्रो अगाडि जुन मनोहररूप प्रकट गर्नुभएको छ, विषयशक्त अजितेन्द्रिय पुरुषका लागि यसको दृष्टिगोचर हुनु अत्यन्त कठिन छ । हजूर साक्षात भगवान् हुनुहुन्छ । यसरी स्पष्टरूपमा हाम्रो अगाडि प्रकट हुनुभयो हामी हजूरलाई प्रणाम गर्दछौं ।।५०।।   

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे जयविजयोः सनकादिशापो नाम पञ्चदशोऽध्यायः ॥ १५ ॥