श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - पञ्चदशोऽध्यायः
श्रीराजोवाच -
(अनुष्टुप्)
बलेः पदत्रयं भूमेः कस्माद् हरिरयाचत ।
भूतेश्वरः कृपणवत् लब्धार्थोऽपि बबन्ध तम् ॥ १ ॥
राजा परीक्षितले सोधे–
भगवान् ता सबै जगतका स्वामी हुनुहुन्छ तर वहाँले दीन हीनको जस्तो गरेर राजा बलिसंग तीन पाऊ जमीन किन माग्नुभयो ? तथा आफुले चाहेको कुरा पाएर पनि किन बलिलाई बाँध्नु भयो ? ।।१।।
एतद् वेदितुमिच्छामो महत्कौतूहलं हि नः ।
यज्ञेश्वरस्य पूर्णस्य बन्धनं चाप्यनागसः ॥ २ ॥
यस कुराको बारेमा मेरो मनमा धेरै कौतुहलता जागेको छ कि स्वयं परिपूर्ण यज्ञेश्वर भगवानद्वारा याचना र निरापराधीलाई वन्धन– यो दुवै कसरी सम्भव भयो ? यसबारे मलाई बताउनु होस म जान्न चहान्छु ।।२।।
श्रीशुक उवाच -
पराजितश्रीरसुभिश्च हापितो
हीन्द्रेण राजन् भृगुभिः स जीवितः ।
सर्वात्मना तान् अभजद्भृागून् बलिः
शिष्यो महात्मार्थनिवेदनेन ॥ ३ ॥
श्रीशुकदेवजीले भन्नुभयो–
परीक्षित ! जतिबेला इन्द्रले बलिलाई हराएर उनको सम्पत्ति खोसेर उनको प्राण पनि लिएका थिए, त्यतिबेला भृगुनन्दन शुक्राचार्यले उनलाई सञ्जीवनी विद्याले जीवित गराए । यही कारणले बलिले शुक्राचार्यलाई आफ्नो सर्वस्व अर्पण गरे । उनले मनमनै आफ्ना गुरुको सहित सबै भृगुवंश ब्राह्मणको सेवा गर्न लागे ।।३।।
तं ब्राह्मणा भृगवः प्रीयमाणा
अयाजयन् विश्वजिता त्रिणाकम् ।
जिगीषमाणं विधिनाभिषिच्य
महाभिषेकेण महानुभावाः ॥ ४ ॥
उनको सेवाले गर्दा प्रभावशाली भृगुवंशी उनीसंग प्रसन्न भए । उनीहरुले स्वर्गमा विजय प्राप्त गर्ने इच्छा राख्ने बलिलाई महाभिषेकको विधिले अभिषेक गरेर उनीबाट विश्वजित नामको यज्ञको अनिष्ठान गराए ।।४।।
ततो रथः काञ्चनपट्टनद्धो
हयाश्च हर्यश्वतुरङ्गवर्णाः ।
ध्वजश्च सिंहेन विराजमानो
हुताशनादास हविर्भिरिष्टात् ॥ ५ ॥
यज्ञको विधि अनुसार हविष्य दिएर अग्निको पूजा गरे, त्यसपछि यज्ञकुण्डबाट सुनको पाताले मोरिएको एउट बडा सुन्दर रथ निक्लियो । फेरी इन्द्रको जस्तै हरियो रंगको घोडा र सिंहको चिन्हले युक्त भएको रथमा लगाउने ध्वजा निक्लियो ।।५।।
धनुश्च दिव्यं पुरटोपनद्धं
तूणावरिक्तौ कवचं च दिव्यम् ।
पितामहस्तस्य ददौ च मालां
अम्लानपुष्पां जलजं च शुक्रः ॥ ६ ॥
साथै सुनको पाताले मोरिएको दिव्य धनुष, कहिल्यै खालि नहुने दुइवटा ठोक्रो र दिव्य कवच पनि प्रकट भयो । बाजे प्रल्हादजीले उनलाई कहिल्यै नवोइलाउने फूलको माला दिए । । त्यसैगरी शुक्राचार्यले एक शंख दिए ।।६।।
एवं स विप्रार्जितयोधनार्थः
तैः कल्पितस्वस्त्ययनोऽथ विप्रान् ।
प्रदक्षिणीकृत्य कृतप्रणामः
प्रह्रादमामंत्र्य नमश्चकार ॥ ७ ॥
यसरी ब्राह्मणको कृपाले युद्धको सामग्री प्राप्त गरेर उनीहरुबाट स्वस्तिवाचन भएपछि बलिले व्राह्मणहरुलाई प्रदक्षिणा गरी नमस्कार गरे त्यसपछि उनले आफ्ना बाजे प्रल्हादसंग सम्भाषण गरेर उनको चरणमा नमस्कार गरे ।।७।।
(अनुष्टुप्)
अथारुह्य रथं दिव्यं भृगुदत्तं महारथः ।
सुस्रग्धरोऽथ सन्नह्य धन्वी खड्गी धृतेषुधिः ॥ ८ ॥
त्यसपछि राजा बलि भृगुवंशी ब्राम्हणले दिएको दिव्य रथमा सबार भए । जब महारथी राजा बलिले कवच धारण गरेर धनुष, तरवारआदि सस्त्र ग्रहण गरे आनि बाजेले दिएको सुन्दर माला लगाए जसले गर्दा उनको शोभा बढेकोथियो ।।८।।
हेमांगदलसद्बासहुः स्फुरन्मकरकुण्डलः ।
रराज रथमारूढो धिष्ण्यस्थ इव हव्यवाट् ॥ ९ ॥
हातमा सुनको बाजूबंद र कानमा मकराकृत कुण्डल चमिकरहेको रहेको थियो । यसरी सजिएर रथमा बसेका बलि, अग्नि कुण्डमा बलिरहेको अग्निझै शोभायमान भएका थिए ।।९।।
तुल्यैश्वर्यबलश्रीभिः स्वयूथैर्दैत्ययूथपैः ।
पिबद्भिः इव खं दृग्भिः दद्भिः परिधीनिव ॥ १० ॥
उनी जत्तिकै ऐश्वर्य, बल र विभूति भएका दैत्यसेनापति पनि आफ्ना आफ्ना सेना लिएर हाजिर भए । त्यतिबेलाको उनीहरुको गर्जन र क्रोधपूर्ण दृष्टिले आकाशनै पिउला जस्ता र समस्त दिशा र क्षितिजलाई भष्म गर्न लागेको जस्तो लाग्दथ्यो ।।१०।।
वृतो विकर्षन् महतीं आसुरीं ध्वजिनीं विभुः ।
ययौ इंद्रपुरीं स्वृद्धां कंपयन्निव रोदसी ॥ ११ ॥
राजा बलिले यसरी ठुलो आसुरी सेना लिएर, आकाश र अन्तरिक्षलाई कमाउदै सब ऐश्वर्यले परिप्रर्ण इन्द्रको अमरावतीमा आक्रमण गरे ।।११।।
रम्यां उपवन उद्यानैः श्रीमद्भिःनन्दनादिभिः ।
कूजद् विहंगमिथुनैः गायन् मत्तमधुव्रतैः ॥ १२ ॥
देवताहरुको राजधानी अमरावतीमा धेरै राम्रा वन उपवन,उद्यानहरु थिए । त्यहाँ धेरै पक्षीहरु रहन्थे । महका लोभी भ्रमरहरु मत्त भएर गुनगुनाई रहन्थ्ये ।।१२।।
प्रवालफलपुष्पोरु भारशाखामरद्रुमैः ।
हंससारसचक्राह्व कारण्डवकुलाकुलाः ।
नलिन्यो यत्र क्रीडन्ति प्रमदाः सुरसेविताः ॥ १३ ॥
राता राता नयाँ नयाँ पातहरु, फल र फूलले कल्पवृक्षका हाँगाहरु लर्किरहेका थिए । त्यहाँ सरोवरमा हाँस, सारस चखेवा र कारण्ड खेलिरहेका हुन्थे । त्यहाँ देवताहरु द्वारा सम्मानित देवांगनाहरु जलकृडा गर्दथे ।।१३।।
आकाशगंगया देव्या वृतां परिखभूतया ।
प्राकारेणाग्निवर्णेन साट्टालेनोन्नतेन च ॥ १४ ॥
ज्योतिर्मय आकाश गंगाले खाल्डो जस्तै पारेर अमरावतीको चारैतिर घेरी राखेको थियो । चारैतिरिबाट अग्ला सुनको परखालहरु अटालीहरु बनेका छन ।।१४।।
रुक्मपट्टकपाटैश्च द्वारैः स्फटिकगोपुरैः ।
जुष्टां विभक्तप्रपथां विश्वकर्मविनिर्मिताम् ॥ १५ ॥
ढोकाका खापा (द्वार) हरु सुनले मोरिएको थिए । स्फटिकमणिको गोपुर स्फटिक मणिले बनेका थिए । जहाँ ठुला ठुला राजमार्गहरु छन स्वयं विश्वकर्माले नै त्यस पुरीको निर्माण गरेका हुन ।।१५।।
सभाचत्वररथ्याढ्यां विमानैर्न्यर्बुदैर्युताम् ।
श्रृंगाटकैर्मणिमयैः वज्रविद्रुमवेदिभिः ॥ १६ ॥
सभाको स्थान, खेलको चउर र रथ हिड्ने ठुला ठुला मार्गले यो स्थान धेरै शोभायमान छ । दस करोड विमान उसमा सधैं रहिरहन्छन । जहाँ मणिहरुको ठुला ठुला चोक छन् जुन हिरा र मूँगाको वेदिहरु बनेका छन ।।१६।।
यत्र नित्यवयोरूपाः श्यामा विरजवाससः ।
भ्राजन्ते रूपवन्नार्यो ह्यर्चिर्भिरिव वह्नयः ॥ १७ ॥
त्यहाँका स्त्रीहरु सधैं सोह्र वर्षका जस्ता देखिन्छन् । उनीहरुको यौवन र सौन्दर्य सधैं स्थिर रहन्छ । निर्मल वस्त्र लगाएर रँहदा उनीहरुको रुपको छटा, प्रज्वलित अग्निको जस्तो चम्किलो देखिन्थ्यो ।।१७।।
सुरस्त्रीकेशविभ्रष्ट नवसौगन्धिकस्रजाम् ।
यत्रामोदमुपादाय मार्ग आवाति मारुतः ॥ १८ ॥
अप्सराहरुको जुरोबाट खसेका सुगन्धित फूलको सुगन्धले त्यहाँको बाटोमा मन्द मन्द सुगन्धित हावा चल्दछ ।।१८।।
हेमजालाक्षनिर्गच्छद् धूमेनागुरुगन्धिना ।
पाण्डुरेण प्रतिच्छन्न मार्गे यान्ति सुरप्रियाः ॥ १९ ॥
सुनौला आँखीझ्यालबाट अगरको सुगन्धले युक्त सेतो धुवाँ निक्लिएर त्यहाँको मार्गलाई ढाकिदिन्छ । त्यहि मार्ग भएर सुन्दरीहरु आउने जाने गर्दछन ।।१९।।
मुक्तावितानैर्मणिहेमकेतुभिः
नानापताकावलभीभिरावृताम् ।
शिखण्डिपारावतभृंहनादितां
वैमानिकस्त्रीकलगीतमंगलाम् ॥ २० ॥
ठाँउ ठाँउमा मोतिको झल्लर भएका चदुवा टाँगिएको छन । सुनको मणिमय ध्वजापताहरु फहराई रहन्छन् । मयुर, परेवा र भ्रमराहरु मिठो शव्द निकालेर गाईरहेका हुन्छन । देवगणका सुन्दरीहरुको मधुर गीत एवं संगीतले त्यहाँ सधैं मंगल भईरहन्छ ।।२०।।
मृदंग शंखानकदुन्दुभिस्वनैः
सतालवीणामुरजेष्टवेणुभिः ।
नृत्यैः सवाद्यैः उपदेवगीतकैः
मनोरमां स्वप्रभया जितप्रभाम् ॥ २१ ॥
मृदंग, शंख, नगरा, ढोल, वीणा वंशी, मँजीराको ध्वनी र र ऋषिहरुको आवाज आई रहन्छन । गन्धर्वहरु बाजा बाजाएर गाई रहेका हुन्छन भने अप्सराहरु नाँचिरहेका हुन्छन । यसले गर्दा अमरावती यति मनोहर देखिन्छ त्यहाँ यस्तो देखिन्छ कि त्यहाँको प्रभाले त्यहाँकी अधिष्ठात्री देवीलाई पनि जितेको जस्तो भान हुन्छ ।।२१।।
(अनुष्टुप्)
यां न व्रजन्त्यधर्मिष्ठाः खला भूतद्रुहः शठाः ।
मानिनः कामिनो लुब्धा एभिर्हीना व्रजन्ति यत् ॥ २२ ॥
त्यस पुरीमा अधर्मी, दुष्ट, प्राणीको द्रोहगर्ने, ठग, मानी, कामी, र लोभीहरु जान सक्तैनन्, यी दोषबाट रहित भएकाहरु मात्र त्यहाँ जान सक्दछन ।।२२।।
तां देवधानीं स वरूथिनीपतिः
बहिः समन्ताद् रुरुधे पृतन्यया ।
आचार्यदत्तं जलजं महास्वनं
दध्मौ प्रयुञ्जन् भयमिन्द्रयोषिताम् ॥ २३ ॥
आफ्ना विशाल शेनाले दैत्य सेनाका स्वामी राजा बलिले चारैरिबाट अमरावतीलाई घेरे । बाहिर रहेर इन्द्रपत्नीको हृदयमा भयको संचार गराँउदै सुक्राचार्यले दिएको शंख ठुलो स्वरले बजाए जसको आवाज सबैतिर फैलियो ।।२३।।
(अनुष्टुप्)
मघवान् तमभिप्रेत्य बलेः परममुद्यमम् ।
सर्वदेवगणोपेतो गुरुं एतदुवाच ह ॥ २४ ॥
यसरी तयारी साथ युद्धको लागि बलि आएको कुरा थाहा पएर उनी सबै देवताका साथ आफ्ना गुरु वृहस्पति कहाँ गएर यस प्रकार भने– ।।२४।।
भगवन् उद्यमो भूयान् बलेर्नः पूर्ववैरिणः ।
अविषह्यमिमं मन्ये केनासीत् तेजसोर्जितः ॥ २५ ॥
भगवन् ! मेरो पुरानो शत्रु बलिले यस पटक युद्धको ठुलो तयारी गरेको छ । उसको तयारी देख्दा हामीले उसंग युद्धमा सामना गर्न सकौला जस्तो छैन । । कुन शक्तिले यसको यस्तो बड्ति भयो थाहा भएन ।।२५।।
नैनं कश्चित्कुतो वापि प्रतिव्योढुमधीश्वरः ।
पिबन्निव मुखेनेदं लिहन्निव दिशो दश ।
दहन्निव दिशो दृग्भिः संवर्ताग्निरिवोत्थितः ॥ २६ ॥
यस समय बलिलाई कसैले पनि कुनै प्रकारले रोक्न सक्तैन । अहिले उ प्रलयको आगोको समान अगाडि आए जस्तो छ । उसको मुख विश्वलाई नै पिउला जस्तो छ , जीव्रालो दसै दिशालाई चाट्ला जस्तो छ र आँखाको ज्वालाले दसै दिशालाई भष्म गर्ला जस्तो छ ।।२६।।
ब्रूहि कारणमेतस्य दुर्धर्षत्वस्य मद्रिपोः ।
ओजः सहो बलं तेजो यत एतत्समुद्यमः ॥ २७ ॥
यो मेरो शत्रुको यस्तो बड्तीलाई कुनै प्रकारले पनि दबाउँन नसकिने कारण के हो ? उसको शरीर, मन र इन्द्रिय यति धेरै बल कहाँबाट आयो ? जसले गर्दा यत्रो ठुलो तयारी गरेर युद्धका लागि आएको छ, सो बारेमा मलाई बताउनु होस ।।२७।।
श्रीगुरुरुवाच -
जानामि मघवन् शत्रोः उन्नतेरस्य कारणम् ।
शिष्यायोपभृतं तेजो भृगुभिर्ब्रह्मवादिभिः ॥ २८ ॥
देवगुरु बृहस्पतिले भने–
इन्द्र ! म तिम्रा सत्रु बलिको उन्नतिको कारणको बारेमा सबै जान्दछु । वेदवादी भृगुवंशीशरुले आफ्ना शिष्य बलिलाई महान तेज दिएकाले उनीमा यस्तो शक्ति बढेको हो ।।२८।।
भवद्विधो भवान्वापि वर्जयित्वेश्वरं हरिम् ।
नास्य शक्तः पुरः स्थातुं कृतान्तस्य यथा जनाः ॥ २९ ॥
सर्वशक्तिमान् भगवान् बाहेक बलिको अगाडि तिमी जस्ता अरु कोहि पनि उभिन सक्तैन, जसरी कालको अगाडि प्राणी पर्न सक्तैन ।।२९।।
तस्मान्निलयमुत्सृज्य यूयं सर्वे त्रिविष्टपम् ।
यात कालं प्रतीक्षन्तो यतः शत्रोर्विपर्ययः ॥ ३० ॥
यसैले अहिले तिमीहरु स्वर्ग छाडेर अन्त कहिं लुक्न जाओ । त्यस समय सम्म तिमीहरु धैर्य गर जबसम्म तिम्रा सत्रुको भाग्य खस्कदैन ।।३०।।
एष विप्रबलोदर्कः सम्प्रत्यूर्जितविक्रमः ।
तेषां एवापमानेन सानुबन्धो विनङ्क्ष्यति ॥ ३१ ॥
ब्रह्मणहरुको तेज पाएकोले अहिले बलिको उत्तरोत्तर वृद्धि भइरहेको छ । उसको शक्ति पनि धेरै बढेको छ । जब यसले उनै ब्राह्मणहरुको तिरस्कार गर्दछ, तब उ आफ्नो परिवार सहित नष्ट हुनेछ ।।३१।।
एवं सुमन्त्रितार्थास्ते गुरुणार्थानुदर्शिना ।
हित्वा त्रिविष्टपं जग्मुः गीर्वाणाः कामरूपिणः ॥ ३२ ॥
देवताहरुका समस्त स्वार्थ र परमार्थका ज्ञाता बृहस्पतिले देवताहरुलाई सल्लाह दिएपछि देवताहरु आफ्नो भेष बदलेर इच्छा अनुसारको रुप धारण गरेर स्वर्ग छाडेर हिंडे ।।३२।।
देवेष्वथ निलीनेषु बलिर्वैरोचनः पुरीम् ।
देवधानीमधिष्ठाय वशं निन्ये जगत्त्रयम् ॥ ३३ ॥
देवताहरु लुकेपछि बलिले अमरावती पुरीमा आफ्नो अधिकार जमायो र फेरी तीनै लोकलाई जीत्यो ।।३३।।
तं विश्वजयिनं शिष्यं भृगवः शिष्यवत्सलाः ।
शतेन हयमेधानां अनुव्रतं अयाजयन् ॥ ३४ ॥
यसरी बलि विश्वविजयी भएपछि भृगुवंशीहरुले आफ्ना अनुगत र प्रेमी शिष्यलाई सय अश्वमेघ यज्ञ गराए ।।३४।।
ततस्तदनुभावेन भुवनत्रयविश्रुताम् ।
कीर्तिं दिक्षुवितन्वानः स रेज उडुराडिव ॥ ३५ ॥
त्यस यज्ञको प्रभावले बलिको कीर्ति तीनै लोक बाट बाहिर पनि दसै दिशाहरुमा फैलियो । उनी नक्षत्रका राजा चन्द्रमाको समान शोभायमान भए ।।३५ ।।
बुभुजे च श्रियं स्वृद्धां द्विजदेवोपलम्भिताम् ।
कृतकृत्यमिवात्मानं मन्यमानो महामनाः ॥ ३६ ॥
ब्राह्मण देवताको कृपाले प्राप्त समृद्ध राज्यवैभवलाई कृतकृत्य हुँदै बडो उदारताले उपभोग गर्न लाग्यो ।।३६।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे पञ्चदशोऽध्यायः ॥ १५ ॥