#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - षष्ठोऽध्यायः



श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - षष्ठोऽध्यायः


 
सूत उवाच
(अनुष्टुप्)
एवं निशम्य भगवान् देवर्षेर्जन्म कर्म
भूयः पप्रच्छ तं ब्रह्मन् व्यासः सत्यवतीसुतः ॥।

हे सूतजी भन्नुहुन्छ
शौनकजी! देवर्षि नरदको जन्म उनले गरेको साधनाको वारेमा सुनेर सत्यवतीका छोरा व्यासजीले यस्तो प्रश्न गर्नुभयो ।।१।।

व्यास उवाच
भिक्षुभिर्विप्रवसिते विज्ञानादेष्टृभिस्तव
वर्तमानो वयस्याद्ये ततः किमकरोद्भवान् ॥।
व्यासजीले सोध्नुभयो
हे नारदजी ! ती ज्ञान उपदेश दिने महात्माहरू गएपछि तपाईले के गर्नुभयो ? त्यस समयमा तपाई बालकै हुनुहुन्थ्यो ।।२।।

स्वायंभुव कया वृत्त्या वर्तितं ते परं वयः
कथं चेदमुदस्राक्षीः काले प्राप्ते कलेवरम्  
हे स्वयम्भुव ! तपाईले बाँकी जीवन कसरी बिताउनुभयो मृत्युको समयमा तपाईले कुन विधिले आफ्नो शरीर त्याग गर्नुभयो ? ।।३।।

प्राक्कल्पविषयामेतां स्मृतिं ते सुरसत्तम
ह्येष व्यवधात्काल एष सर्वनिराकृतिः ॥।
हे देवर्षि ! कालले सबै वस्तुलाई नाश गरीदिन्छ तर तपाईको पुर्व जन्मको स्मरण कसरी नाश भएन ।।४।।

नारद उवाच
भिक्षुभिर्विप्रवसिते विज्ञानादेष्टृभिर्मम
वर्तमानो वयस्याद्ये तत एतदकारषम् ॥।
नारदजीले भन्नुभयो
मलाई ज्ञान उपदेश दिने महात्माहरू गएपछि मैले आफ्नो जीवन विताउन लागे त्यति वेला सानै उमेरको थिएं ।५।।

एकात्मजा मे जननी योषिन्मूढा किङ्करी
मय्यात्मजेऽनन्यगतौ चक्रे स्नेहानुबंधनम् ॥।
आमाको एउटा मात्र छोरा थिएं मेरी आमा एक स्त्री त्यसमा पनि अज्ञानी दासी थिइन् मेरो सहारा पनि आमा बाहेक अरु कोही पनि थिएन उनी पनि मेरै मायामा रहेकी थिइन् ।।६।।

सास्वतंत्रा कल्पासीद् योगक्षेमं ममेच्छती
ईशस्य हि वशे लोको योषा दारुमयी यथा ॥।
उनी मेरो वारेमा धेरै चिन्ता गर्दथीन् तर अर्काकी दासी भएका कारण मलाई राम्रो हेरविचार गर्न पाउदैन थिइन जसरी कठपुतली अरुको इच्छा अनुसार नाच्दछ त्यसैगरी यो सबै संसार भगवान्को इच्छा हो ।।७।।

अहं तद्ब्रह्मकुले ऊषिवांस्तदपेक्षया
दिग्देशकालाव्युत्पन्नो बालकः पञ्चहायनः ॥।
पनि आफ्नी आमाको माया वन्धनमा रहेर त्यहि ब्राम्हण वस्तिमा बस्दथें त्यस वेलामेरो उमेर पाँच वर्षको थियो मलाई बाहिरी संसार, देशकाल आदिको बारेमा केहि थाहा थिएन ।।८।।

एकदा निर्गतां गेहाद् दुहन्तीं निशि गां पथि
सर्पोऽदशत्पदा स्पृष्टः कृपणां कालचोदितः
एक दिनको कुरा हो, मेरी आमा रातको समयमा गाई दुहुन भनेर बाहिर निस्केको बेलामा उनको खुट्टाले सर्पलाइृ कुल्चन पुग्यो अनि त्यहि सर्पले डस्यो, हुन सर्पको कुनैनै दोश होइन तर मेरी आमाको मृत्यको कारण वन्यो ।।९।।

तदा तदहमीशस्य भक्तानां शमभीप्सतः
अनुग्रहं मन्यमानः प्रातिष्ठं दिशमुत्तराम् १०
त्यस वेला मैले यो भगवान्को अनुग्रह हो भन्ने विचार गरें त्यसपछि उत्तर दिशातिर लागे ।।१०।।

स्फीताञ्जनपदांस्तत्र पुरग्रामव्रजाकरान्
खेटखर्वटवाटीश्च वनान्युपवनानि ११
त्यस दिशाको बाटोमा मैले धनधान्यले युक्त भएको देश, नगर गाँउ बस्तिहरू, नदीनालाहरू, पर्वत, वन, उपवन पाहाडहरू देखें ११

चित्रधातुविचित्राद्रीन् इभभग्नभुजद्रुमान्
जलाशयान् शिवजलान् नलिनीः सुरसेविताः १२
कुनै ठाँउमा ठुलाठुला रुखहरू थिए जसका हाँगाहरू हात्तीले फाँडिएका थिए कहिुँ शीतल जलले भरिएका तलाउहरू थिए जहां देवताहरूको प्रिय कमल उम्रिएका थिए ।। १२ ।।

चित्रस्वनैः पत्ररथैः विभ्रमद् भ्रमरश्रियः
नलवेणुशरस्तम्ब कुशकीचकगह्वरम् १३
जंगलमा अनेक किसिमका चराहरूले मिठो बोलि निकालिरहेका थिए कहिँ भ्रमराहरू भुँ भुँ गरीरहेका थिए, यो सबै दृश्यहरू हेर्दै हेर्दै अगाडिको बाटो लागें एक्लै थिएं, यो लामो बाटो पार गर्न लाग्दा ठुलो जंगल देखियो त्यस जंगलमा नरकट, बाँस, शर, कुश, किचक आदि बृक्षहरू उम्रिएका थिए ।।१३।।

एक एवातियातोऽहं अद्राक्षं विपिनं महत्
घोरं प्रतिभयाकारं व्यालोलूकशिवाजिरम् १४
ती रुखहरू अग्ला ठुला ठुला थिए त्यस जंगलमा सर्प, उल्लु, शेर आदि गरीएका ठुलाठुला हिुँंश्रक जीवहरू थिए जंगल देख्दैमा भयंकर थियो ।।१४।।

परिश्रान्तेन्द्रियात्माहं तृट्परीतो बुभुक्षितः
स्नात्वा पीत्वा ह्रदे नद्या उपस्पृष्टो गतश्रमः १५
हिड्दै गर्दा थकाईले इन्द्रियहरू सिथिल भयो भने भोकप्यासले सताएको थियो त्यसैले नजिकैको नदीमा गएर स्नान आचमनादि गरेर प्यास मेटाएं त्यसपछि मेरो थकाई कम भयो ।।१५।।

तस्मिन्निर्मनुजेऽरण्ये पिप्पलोपस्थ आश्रितः
आत्मनात्मानमात्मस्थं यथाश्रुतमचिन्तयम् १६
त्यसै जंगलको विचमा रहेका पिपलको फेदमा आशन जमाएर बसें मैले पैले महात्माहरूले भनेको सुनेको थिए त्यसैले हृदयमा विराजमान हुनुभएका परमात्माको मनमनै ध्यान गर्नलागें ।।१६।।

ध्यायतश्चरणांभोजं भावनिर्जितचेतसा
औत्कण्ठ्याश्रुकलाक्षस्य हृद्यासीन्मे शनैर्हरिः १७
भक्तिभावले विभोर भएको चित्तद्वारा भगवान्को चरणकमलको ध्यान गरेर भगवान् प्राप्त गर्ने मनको उत्कृष्ट इच्छाले मेरो आँखाबाट आँसु बहन थाल्यो विस्तारै विस्तारै हृदयमा भगवान्को दर्शन पाउँन लागे ।।१७।।

प्रेमातिभरनिर्भिन्न पुलकाङ्गोऽतिनिर्वृतः
आनंदसंप्लवे लीनो नापश्यमुभयं मुने १८
हे व्यासजी ! त्यससमय भगवान् प्रति अत्यन्त प्रेमको कारण मेरो शरीर रोमाञ्चित भयो मन पनि शान्त शीतल हुनगयो त्यस्तो किसिमको आनन्दको गहिराईमा यसरी डुवें कि मलाई आफ्नो अर्को भन्ने भान पनि भएन ।।१८।।

रूपं भगवतो यत्तन् मनःकान्तं शुचापहम्
अपश्यन् सहसोत्तस्थे वैक्लव्याद् दुर्मना इव १९
भगवान्को त्यो अवर्चनीयरूप मनको सबै शोकलाई नास गराउने आनन्द दिने थियो त्यस्तो रूपलाई देखेर व्याकुल दोमन भएर आसन बाट उठें ।।१९।।

दिदृक्षुस्तदहं भूयः प्रणिधाय मनो हृदि
वीक्षमाणोऽपि नापश्यं अवितृप्त इवातुरः २०
मैले फेरी पनि भगवान्को त्यो स्वरूपको दर्शन गर्न खोजे पटक पटकको प्रयास गर्दापनि सकिन अतृप्त झैं भएर व्याकुल भएँ ।।२०।।

एवं यतन्तं विजने मामाहागोचरो गिराम्
गंभीरश्लक्ष्णया वाचा शुचः प्रशमयन्निव २१
त्यो घनघोर जंगलमा मेरो यस्तो किसिमको प्रयास देखेर भगवान्ले मेरो चिन्ता शोकलाई शान्त गराउदै मधुर स्वरमा भन्नुभयो ।।२१।।

हन्तास्मिन् जन्मनि भवान् मा मां द्रष्टुमिहार्हति
अविपक्वकषायाणां दुर्दर्शोऽहं कुयोगिनाम् २२
विस्मात छ ! तिमीले यस जन्ममा मेरो दर्शन गर्न पाउंन सक्तैनौ जसको वासना पूर्णरूपमा नष्ट भैसकेको हुदैन त्यस्तो अधकल्चो महात्माले मेरो दर्शन पाउंन अत्यन्तै कठिन ।।२३।।

सकृद् यद् दर्शितं रूपं एतत्कामाय तेऽनघ
मत्कामः शनकैः साधु सर्वान् मुञ्चति हृच्छयान् २३
हे निष्पाप वालक ! तिम्रो हृदयमा मलाई प्राप्त गर्ने इच्छा जागृत गराउनको लागि नै मैले पटक पटक आफ्नो रूपको झलक देखाएको हुँ मलाई प्राप्त गर्ने इच्छा भएका साधकले विस्तरै विस्तारै मनमा भएका सबै वासनाहरूलाई त्यागिदिन्छ ।।२३।।

सत्सेवयाऽदीर्घया ते जाता मयि दृढा मतिः
हित्वावद्यमिमं लोकं गन्ता मज्जनतामसि २४
छोटो समयको सन्तहरूको सेवाले नै तिम्रो चित्तवृत्ति मा स्थिर भैसकेको अव तिमी यो प्रकृतियुक्त शरीरलाई त्याग गरेर मेरो पार्षद हुनेछौ ।।२४।।

मतिर्मयि निबद्धेयं विपद्येत कर्हिचित्
प्रजासर्गनिरोधेऽपि स्मृतिश्च मदनुग्रहात् २५
मलाई प्राप्त गर्ने तिम्रो त्यो अटल दृढ निश्चय खेर जानेछैन यो सारा जगतको प्रलय हुँदा पनि मेरा कृपाले मेरो संझना भइरहने ।।२५।।

इन्द्रवंशा
एतावदुक्त्वोपरराम तन्महद्
    भूतं नभोलिङ्गमलिङ्गमीश्वरम्
अहं तस्मै महतां महीयसे
    शीर्ष्णावनामं विदधेऽनुकंपितः २६
आकाश समान अव्यक्त सर्व शक्तिमान परमात्माले यसो भनेर चुप हुनुभयो वहांको यस्तो कृपाले गर्दा मैले वहां परमपूजनीय परमेश्वरलाई टाउको झुकाएर नमस्कार गरें ।।२६।।

नामान्यनन्तस्य हतत्रपः पठन्
    गुह्यानि भद्राणि कृतानि स्मरन्
गां पर्यटन् तुष्टमना गतस्पृहः
    कालं प्रतीक्षन् विमदो विमत्सरः २७
त्यसपछि मैले सबै किसिमको भय लज्जा आदिलाई त्यागेर भगवान्को मंगलमय मधुर नाम लीलाहरूको कीर्तन स्मरण गर्नलागें मेरो मनबाट सबै किसिमको विकारहरू हटेर गैसकेका थिए त्यसैले आनन्द संग कालको प्रतिक्षा गर्दै पृथ्वीमा डुल्न लागें ।।२७।।

(अनुष्टुप्)
एवं कृष्णमतेर्ब्रह्मन् असक्तस्यामलात्मनः
कालः प्रादुरभूत्काले तडित्सौदामनी यथा २८
हे व्यासजी यसप्रकार भगवान्को कृपाले मेरो मन सुध्द भयो, आशक्तिहरूको नाश भयो मन कृष्ण भावनामा लगाएं २८

प्रयुज्यमाने मयि तां शुद्धां भागवतीं तनुम्
आरब्धकर्मनिर्वाणो न्यपतत् पांचभौतिकः २९
केहि समय पछि, जसरी अकस्मात विजुली चम्के झैं मेरो मृत्युको समय आयो अनि मलाई भगवद्प पार्षद शरीर प्राप्त हुने समय आएकोले प्रारब्धकर्मको समाप्त भयो अनि यो पाञ्चभौतिक शरीर पनि नष्ट भयो ।।२९।।

कल्पान्त इदमादाय शयानेऽम्भस्युदन्वतः
शिशयिषोरनुप्राणं विविशेऽन्तरहं विभोः ३०
पछिल्लो कल्पमा जुन समय भगवान् नारायण (प्रलयकालिन समुद्र) जलमा सयन गर्नु भएको थयो त्यस वेला ब्रम्हाजी पनि सबै सृष्टि पछि उनै भगवान्को हृदयमा सयन गर्ने हिसावले प्रवेश गर्नुभयो ।।३०।।

सहस्रयुगपर्यन्ते उत्थायेदं सिसृक्षतः
मरीचिमिश्रा ऋषयः प्राणेभ्योऽहं जज्ञिरे ३१
चतुर्युग बितेपछि ब्रम्हाले फेरी सृष्टि गर्ने इच्छा गर्नुभयो अनि वहांको इन्द्रियबाट मरिचि आदि ऋषिहरूको साथै पनि प्रकट भएं ।।३१।।

अंतर्बहिश्च लोकान् त्रीन् पर्येम्यस्कन्दितव्रतः
अनुग्रहात् महाविष्णोः अविघातगतिः क्वचित् ३२
त्यसपछि भगवान्को कृपाले वैकुण्ठलोक लगायत तीनैलोकमा विना रोकतोक आउने जाने गर्छु मेरो यो जीवनमा भगवान्को भजनरूप ब्रत नियमित भैरहन्छ ।।३२।।

देवदत्तामिमां वीणां स्वरब्रह्मविभूषिताम्
मूर्च्छयित्वा हरिकथां गायमानश्चराम्यहम् ३३
भवगवान्बाट प्राप्त स्वरब्रम्ह (षडज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत निषाद) बाट विभुषित भएको वीणामा तान लगाउदै भगवान्को भजन जप्दै संसारमा डुलिरहन्छु ।।३३।।

प्रगायतः स्ववीर्याणि तीर्थपादः प्रियश्रवाः
आहूत इव मे शीघ्रं दर्शनं याति चेतसि ३४
जव वहांको लीलाहरूको वारेमा गाउन थाल्दछु त्यस वेला चरणकमल नै सम्पूर्ण तीर्थहरूको उद्गम स्थल भएका उनै प्रभु मलाई बोलाए झैं गरी मेरो हृदयमा आएर दर्शन दिनु हुन्छ ।।३४।।

एतद्ध्यातुरचित्तानां मात्रास्पर्शेच्छया मुहुः
भवसिन्धुप्लवो दृष्टो हरिचर्यानुवर्णनम् ३५
जसको चित्त काम भोग विषय वासनाले आतुर भएको हुन्छ उनीहरूका लागि भगवानको लीलारूप भजन गान नै यो संसाररूप भवसागर बाट पार लगाउने साधन हो मलाई यहि अनुभव भएको ।।३५।।

यमादिभिर्योगपथैः कामलोभहतो मुहुः
मुकुंदसेवया यद्वत् तथात्माद्धा शाम्यति ३६
काम लोभ आदिमा फसेर व्याकुल भएको हृदय भगवान् श्रीकृष्णको सेवाले जति छिटो शान्ति आनन्दको अनुभव हुन्छ, त्यति नै यम, नियम योगादि मार्गबाट शान्ति हुदैन ।।३६।।

सर्वं तदिदमाख्यातं यत्पृष्टोऽहं त्वयानघ
जन्मकर्मरहस्यं मे भवतश्चात्मतोषणम् ३७
हे व्यासजी ! तपाई निष्पाप हुनुहुन्छ तपाईले मेरो बारेमा सोध्नुभएको जन्म साधनाको रहस्य तपाईको आत्म सन्तुष्टिका लागि बताइदिएं ।।३७।।

सूत उवाच
एवं संभाष्य भगवान् नारदो वासवीसुतम्
आमंत्र्य वीणां रणयन् ययौ यादृच्छिको मुनिः ३८
सूतजी भन्छन्
हे शौनकादि ऋषिहरू  ! देवर्षि नारदजीले व्यासजीलाई यसो भनेर त्यहाँबाट जाने अनुमति लिएर स्वच्छन्द हिसावले वीणा बजाउदै हिडे ।।३८।।

अहो देवर्षिर्धन्योऽयं यत्कीर्तिं शार्ङ्गधन्वनः
गायन्माद्यन्निदं तंत्र्या रमयत्यातुरं जगत् ३९
अहो ! यी देवर्षि नारद धन्य छन् किनकि यी र्साङ्गपाणी भगवान्को कीर्ति वीणमा गाएर आनन्दित छन् साथै यो त्रीतापले सन्तप्त जगतलाई पनि आनन्द गराईरहेका छन् ।।३९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे व्यासनारदसंवादे षष्ठोऽध्यायः ॥।