#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – एकोनपञ्चाशत्तमोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – एकोनपञ्चाशत्तमोऽध्यायः



शुक उवाच –
(अनुष्टुप्)
स गत्वा हास्तिनपुरं पौरवेन्द्रयशोऽङ्‌कितम् ।
ददर्श तत्राम्बिकेयं सभीष्मं विदुरं पृथाम् ॥१॥

सहपुत्रं च बाह्लीकं भारद्वाजं सगौतमम् ।
कर्णं सुयोधनं द्रौणिं पाण्डवान्सुहृदोऽपरान् ॥२॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे महाराज ! पुरुवंशीहरूको किर्तिले सिँगारिएको हस्तिनापुरमा पुगेपछि अक्रुरले धृतराष्ट्र, भीष्म, विदुर, कुन्ती, बाल्हिक र उनका छोरा सोमदत्त, द्रोणाचार्य, कृपाचार्य, कर्ण, दुर्योधन, अश्वथामा, युधिष्ठिर आदि पाँचपाण्डव तथा अरु इष्टमित्रसित भेट गरे ।।१–२।।

यथावदुपसङ्‌गम्य बन्धुभिर्गान्दिनीसुतः ।
सम्पृष्टस्तैः सुहृद्वार्तां स्वयं चापृच्छदव्ययम् ॥३॥

अक्रुरले विधिपूर्वक सबै बन्धुबान्धवसँग भेट गरिसकेपछि उनीहरूको सन्चो बिसन्चो आदि सम्बन्धमा सोधपुछ गरेर हस्तिनापुरको विषयमा पनि सोधे ।।३।।

उवास कतिचिन्मासान् राज्ञो वृत्तविवित्सया ।
दुष्प्रजस्याल्पसारस्य खलच्छन्दानुवर्तिनः ॥४॥

यसपछि दुष्ट मन्त्रीहरूको सल्लाह अनुसार चल्ने आफ्ना दुष्ट छोराको इच्छा विरुद्ध केही गर्न नसक्ने दुर्बुद्धि राजा धृतराष्ट्र पाण्डवहरूको साथमा कस्तो व्यवहार गर्दछन् सो कुरा बुझ्नभनी अक्रुरजी केही महिनासम्म हस्तिनापुरमा बसे ।।४।।

तेज ओजो बलं वीर्यं प्रश्रयादींश्च सद्गुःणान् ।
प्रजानुरागं पार्थेषु न सहद्‌भिश्चिकीर्षितम् ॥५॥

कृतं च धार्तराष्ट्रैर्यद् गरदानाद्यपेशलम् ।
आचख्यौ सर्वमेवास्मै पृथा विदुर एव च ॥६॥

कुन्तीका छोरा पाण्डवहरूमा शत्रुलाई पराजय गर्ने बल पराक्रम र सद्गुण हरु देखि त्यो सहन नसकी धृतराष्ट्रका छोरा लगायत दुष्ट मन्त्रीहरुले पाण्डवहरुलाई विष खुवाउने, मार्न खोज्ने आदि अनेक दुष्कर्महरु गरिरहेको र त्यो काम पछि पनि हुनसक्ने कुरा विदुरले र कुन्तीले अक्रुरलाई बताए ।।५–६।।

पृथा तु भ्रातरं प्राप्तमक्रूरमुपसृत्य तम् ।
उवाच जन्मनिलयं स्मरन्त्यश्रुकलेक्षणा ॥७॥

भाइ अक्रुरलाई आएको देख्दा कुन्ती उनीनेर आइन् र आफ्नो जन्मस्थान अर्थात् माइतीघरको स्मरण भएकोले आँखाभरि आँसु खसालेर भन्न लागिन् ।।७।।

अपि स्मरन्ति नः सौम्य पितरौ भ्रातरश्च मे ।
भगिन्यौ भ्रातृपुत्राश्च जामयः सख्य एव च ॥८॥

ए प्यारा भाइ अक्रुर ! मेरा बाबु आमा भाइ बहिनी भदाहरू कुलका स्त्री तथा साथी संगिनीहरु के मलाई कहिलेकाहीँ सम्झन्छन् त ।।८।।

भ्रात्रेयो भगवान् कृष्णः शरण्यो भक्तवत्सलः ।
पैतृष्वसेयान् स्मरति रामश्चाम्बुरुहेक्षणः ॥९॥

शरणमा आएकालाई रक्षा गर्ने र भक्तहरुलाई प्रेम गर्ने मेरा भातृपुत्र भदा बलराम श्रीकृष्णले मेरा छोरा हरुलाई सम्झन्छन् त ।।९।।

सपत्न्मध्ये शोचन्तीं वृकाणां हरिणीमिव ।
सान्त्वयिष्यति मां वाक्यैः पितृहीनांश्च बालकान् ॥१०॥

ब्वाँसाहरूको बीचमा परेकी हरिणी झैँ शत्रुहरूको बीचमा बस्नु परेकोले मलाई र मेरा अनाथ बालक पुत्रहरूलाई के कृष्णजी यहाँ आएर आफ्नो मिठो बोलीले शान्तना देलान् त ।।१०।। 

कृष्ण कृष्ण महायोगिन् विश्वात्मन् विश्वभावन ।
प्रपन्नां पाहि गोविन्द शिशुभिश्चावसीदतीम् ॥११॥

हे कृष्ण ! हे हेमहायोगी ! हे विश्वमय ! हे विश्वपालक ! हे गोविन्द ! म हजुरको शरणमा परेको छु । हजुरले मेरा आफ्ना छोराहरू सहित दुःख भोगिरहेकी मेरो रक्षा गर्नुहोस् ।।११।।

नान्यत्तव पदाम्भोजात् पश्यामि शरणं नृणाम् ।
बिभ्यतां मृत्युसंसारादीश्वरस्यापवर्गिकात् ॥१२॥

यो मृत्युरूप संसारदेखि डराएका जीवहरूलाई मुक्ति दिलाउने हजुरको चरण कमल बाहेक मैले अरु कुनै शरण देखेको छैन  ।।१२।। 

नमः कृष्णाय शुद्धाय ब्रह्मणे परमात्मने ।
योगेश्वराय योगाय त्वामहं शरणं गता ॥१३॥

शुद्ध परब्रह्म परमात्मा योगेश्वर तपाईं कृष्ण भगवानलाई मेरो नमस्कार छ । म तपाईंको शरणमा परेकी छु मेरो रक्षा 
गर्नुहोस् ।।१३।।

शुक उवाच –
इत्यनुस्मृत्य स्वजनं कृष्णं च जगदीश्वरम् ।
प्रारुदद् दुखिता राजन् भवतां प्रपितामही ॥१४॥

श्रीशुकदेवजी भन्नुहुन्छ –हे राजन ! यस प्रकारसँग तपाईंको प्रपितामही कुन्ती आफ्ना स्वजन तथा जगत पति कृष्ण भगवानलाई सम्झेर अत्यन्त दुखि भईकन रुन लागिन् ।।१४।।

समदुःखसुखोऽक्रूरो विदुरश्च महायशाः ।
सान्त्वयामासतुः कुन्तीं तत्पुत्रोत्पत्तिहेतुभिः ॥१५॥

दुःख र सुखलाई समान दृष्टिले हेर्ने अक्रुर र महायशस्वी विदुर दुवैले कुन्तीका छोराहरूको जन्मको कारण अधर्मको नाशको बारेमा सम्झाउँदै उनलाई सान्तना दिए ।।१५।।

यास्यन् राजानमभ्येत्य विषमं पुत्रलालसम् ।
अवदत् सुहृदां मध्ये बन्धुभिः सौहृदोदितम् ॥१६॥

मथुरा जाने बेलामा अक्रुरजीले छोराहरूको पक्षपात गर्ने, भतिजाहरूको साथमा छोराहरूसँग जस्तो व्यवहार नगर्ने राजा धृतराष्ट्र निर आए र मित्रभावले कृष्ण बलराम आदि बन्धुहरूले पठाएको सन्देश सबै सामुन्नेमा यस प्रकारले भन्न लागे ।।१६।। 

अक्रूर उवाच–
भो भो वैचित्रवीर्य त्वं कुरूणां कीर्तिवर्धन ।
भ्रातर्युपरते पाण्डावधुनाऽऽसनमास्थितः ॥१७॥

अक्रुरले भने–
हे विचित्रविर्यका छोरा महाराज धृतराष्ट्र ! तपाईंका दाजुपाण्डुको देहान्त भएकोले तपाईं अहिले राजसिंहासनमा विराज हुनुभएको छ ।।१७।।

धर्मेण पालयन्नुर्वीं प्रजाः शीलेन रञ्जयन् ।
वर्तमानः समः स्वेषु श्रेयः कीर्तिमवाप्स्यसि ॥१८॥

तपाईँले धर्मपूर्वक पृथ्वीको पालना गर्दै आफ्ना प्रजालाई प्रसन्न राख्दै आफ्ना र पाण्डुका छोराबीच समान व्यवहार गरेर राज्यको कृति फैलाउनुहुनेछ  ।।१८।। 

अन्यथा त्वाचरँल्लोके गर्हितो यास्यसे तमः ।
तस्मात् समत्वे वर्तस्व पाण्डवेष्वात्मजेषु च ॥१९॥

यसको विपरीत व्यवहार गर्नुभयो भने त लोकमा निन्दा हुनेछ र मरेपछि नरकमा जानुपर्नेछ । अतएब आफ्ना छोरा तथा पाण्डुका छोराहरूको साथमा एकनासको व्यवहार गर्नुहोस् ।।१९।।

नेह चात्यन्तसंवासः कस्यचित् केनचित् सह ।
राजन् स्वेनापि देहेन किमु जायात्मजादिभिः ॥२०॥

हे राजन ! यो संसारमा कोही पनि कसैसँग चिरकालसम्म रहन सक्दैन स्त्री उत्तराधिको त के कुरा आफ्नो प्यारो शरीरसमेत छाडेर जानुपर्दछ ।।२०।।

एकः प्रसूयते जन्तुरेक एव प्रलीयते ।
एकोऽनुभुङ्‌क्ते सुकृतमेक एव च दुष्कृतम् ॥२१॥

यो जीव मरेपछि एक्लै जन्म लिन्छ र मरेपछि एक्लै यहाँबाट जान्छ एवं एक्लै आफूले गरेका पाप पुण्यको फल भोग्दछ ।।२१।।

अधर्मोपचितं वित्तं हरन्त्यन्येऽल्पमेधसः ।
सम्भोजनीयापदेशैर्जलानीव जलौकसः ॥२२॥

जसरी जलमा रहने जन्तुहरूले जललाई नै सिध्याए झैँ मैले यिनलाई मैले नै पालनपोषण गर्नुपर्दछ भनेर अधर्मले आर्जन गरेको मूर्खको धनसम्पत्ति लाई शत्रुहरूले हरण गरेर लैजान्छन्  ।।२२।।

पुष्णाति यानधर्मेण स्वबुद्ध्या तमपण्डितम् ।
तेऽकृतार्थं प्रहिण्वन्ति प्राणा रायः सुतादयः ॥२३॥

जसलाई यी त मेरा हुन् भन्ने सम्झेर अधर्म गरेर पनि पाल्दछ, ती प्राण, धन र पुत्रदिले उसको इच्छा राम्रोसँग पुरा हुन नपाउँदैमा बिचैमा छाडेर जान्छन् ।।२३।। 

स्वयं किल्बिषमादाय तैस्त्यक्तो नार्थकोविदः ।
असिद्धार्थो विशत्यन्धं स्वधर्मविमुखस्तमः ॥२४॥

आफ्नो धर्म देखि विमुख रहेको, भोगविलासमा मात्र इच्छा राख्ने र आफ्नो वास्तविक स्वार्थलाई नबुझ्ने मुर्ख मरेपछि पाप भोग्नका लागि अन्धकार नरकतिर जान्छ ।।२४।। 

तस्माल्लोकमिमं राजन् स्वप्नमायामनोरथम् ।
वीक्ष्यायम्यात्मनाऽऽत्मानं समः शान्तो भव प्रभो ॥२५॥

तसर्थ हे राजन ! यस संसारलाई सपना र मनको कल्पना मात्र सम्झेर स्वयं आफ्नै बुध्दिले आफ्नो मनलाई बसमा राख्नुहोस् । शान्त भएर बस्नुहोस् ।।२५।। 

धृतराष्ट्र उवाच–
यथा वदति कल्याणीं वाचं दानपते भवान् ।
तथानया न तृप्यामि मर्त्यः प्राप्य यथामृतम् ॥२६॥

धृतराष्ट्रले भने– हे अक्रुरजी ! जसरी मरणशिल मानिस अमृत पिएर तृप्त हुँदैन त्यसैगरी मेरो कल्याणको निम्ति मात्र तपाईंले भनेका यी वचन सुन्दा मेरो मनलाई तिप्त हुँदैन ।।२६।। 

तथापि सूनृता सौम्य हृदि न स्थीयते चले ।
पुत्रानुरागविषमे विद्युत् सौदामनी यथा ॥२७॥

हे प्रिय अक्रुर ! तपाई भन्नु भएको कुरा उचित हुँदा पनि मेरो मन छोराहरूको अनुरागले गर्दा चञ्चल बिचलित भइराखेको छ त्यसैले मेघमा चम्कने बिजुली जस्तै तपाईंका यी कल्याणकारी वाणी पनि मेरा मनमा स्थिर भएर रहन सक्तैनन् ।।२७।। 

ईश्वरस्य विधिं को नु विधुनोत्यन्यथा पुमान् ।
भूमेर्भारावताराय योऽवतीर्णो यदोः कुले ॥२८॥

ईश्वरको विधानलाई हल्लाउन सक्ने मानिस कोही पनि छैन । वहाँ भगवान पृथ्वीको भार हलुको गर्नको निम्ति यदुकोलमा अवतर्ण हुनुभएको छ भन्ने सुनिन्छ । अब उनै ईश्वरले जे गर्नुहुन्छ त्यही हुन्छ । ।।२८।।

(वसंततिलका)
यो दुर्विमर्शपथया निजमाययेदं
     सृष्ट्वा गुणान् विभजते तदनुप्रविष्टः ।
तस्मै नमो दुरवबोधविहारतन्त्र(
     संसारचक्रगतये परमेश्वराय ॥२९॥

जुन भगवानको आफ् अचिन्त्य मायाशक्ति द्वारा यस ब्रह्माण्डको रचना गरेर यसैमा प्रवेश गर्नुहुन्छ र सत्व, रज र तम आदि गुणलाई विभाजन गर्नुहन्छ । यस्तो अचिन्त्य रुपले चलेको संसार चक्र बुझिसक्नु छैन । यस्ता परम गति स्वरूप परमात्मालाई म नमस्कार गर्दछु ।।२९।।

शुक उवाच –
(अनुष्टुप्)
इत्यभिप्रेत्य नृपतेरभिप्रायं स यादवः ।
सुहृद्‌भिः समनुज्ञातः पुनर्यदुपुरीमगात् ॥३०॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन ! यसप्रकारसँग महाराज धृतराष्ट्रको अभिप्राय बुझेर अक्रुर आफ्ना बन्धुबान्धबसंग बिदा लिएर फेरि मथुरामा फर्के ।।३०।।

शशंस रामकृष्णाभ्यां धृतराष्ट्रविचेष्टितम् ।
पाण्डवान् प्रति कौरव्य यदर्थं प्रेषितः स्वयम् ॥३१॥

जुन कुरा बुझ्नको लागि भगवानले अक्रुरलाई हस्तिनापुर पठाउनु भएको थियो, उनी त्यहाँबाट फर्केर आएपछि बलराम र श्रीकृष्णलाई धृतराष्ट्रले पाण्डवप्रति गरेको व्यवहारका बारेमा सबै कुरा बताए ।।३१।।

इति श्रीमद्भातगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे एकोनपञ्चाशोऽध्यायः ॥४९॥