#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – द्वाविंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
चतुर्थः स्कन्धः – द्वाविंशोऽध्यायः


 
मैत्रेय उवाच –
(अनुष्टुप)
जनेषु प्रगृणत्स्वेवं पृथुं पृथुलविक्रमम् ।
तत्रोपजग्मुर्मुनयः चत्वारः सूर्यवर्चसः ॥ १ ॥

प्रजाहरूले परमपराक्रमी महाराज पृथुको यसप्रकार स्तुति गरीरहेका बेलामा सूर्य समान तेजभएका चार मुनिश्वरहरू त्यहाँ आए ।।१।।

तांस्तु सिद्धेश्वरान् राजा व्योम्नोऽवतरतोऽर्चिषा ।
लोकानपापान् कुर्वत्या सानुगोऽचष्ट लक्षितान् ॥ २ ॥

राजा तथा उनको अनुचरहरूले ती सिध्देश्वरहरूलाई आफ्नो  दिव्य कान्तिका कारण सबैलोकको पापलार्ई पापहीन गराउनमा चिनिने ती मुनिश्वरहरु आकाशबाट ओर्लदै त्यहाँ आइरहेका देखे ।।२।।

तद्दर्शनोद्‍गतान् प्राणान् प्रत्यादित्सुरिवोत्थितः ।
ससदस्यानुगो वैन्य इन्द्रियेशो गुणानिव ॥ ३ ॥

सनकादिहरूलाई देख्नासाथ आफ्ना सेवक सहित महाराज उठ्नुभयो जीव इन्द्रियको विषयमा लोभिएर जान खोजेझैं राजा पनि मुनिहरु तिर जान हत्पताई रहेका थिए ।।३।।

गौरवाद्यन्त्रितः सभ्यः प्रश्रयानतकन्धरः ।
विधिवत्पूजयां चक्रे गृहीताध्यर्हणासनान् ॥ ४ ॥

जब मुनिहरुले अघ्र्य स्वीकार गरेर आसनमा बसे अनि राजा पृथुले उनीहरूबाट प्रभाबित भएर बिनम्र पूर्वक आफ्नो सिर झुकाएर बिधिवत पूजा गरे ।।४।।

तत्पादशौचसलिलैः आर्जितालकबन्धनः ।
तत्र शीलवतां वृत्तं आचरन् मानयन्निव ॥ ५ ॥

उनीहरूको चरणको जल आफ्नो सिरमा छर्के । यसरी सिष्टाचारको पलना गरेर उनले सब सद्पुरुषहरूले यहि नियम पालना गर्नुपर्ने कुरा देखाए ।।५।।

हाटकासन आसीनान् स्वधिष्ण्येष्विव पावकान् ।
श्रद्धासंयमसंयुक्तः प्रीतः प्राह भवाग्रजान् ॥ ॥ ६ ॥

मुनिश्वरहरू भगवान् शंकरका पनि अग्रज थिए । सुनको सिंशासनमा उनीहरू यसरी विराजमान भएकि मानौं आफ्नो आफ्नो स्थानमा देवताहरू विराजमान भए जस्तै । महाराज पृथुले अत्यन्त श्रध्दा र प्रेमपूर्वक उनीहरूसंग भन्नलागे ।।५।।

पृथुरुवाच–
अहो आचरितं किं मे मङ्‌गलं मङ्‌गलायनाः ।
यस्य वो दर्शनं ह्यासीद् दुर्दर्शानां च योगिभिः ॥ ७ ॥

पृथुले भने–
मंङ्गलमुर्ति मुनीहिरू ! तपाईहरूको दर्शन योगीका लागि अत्यन्त मुस्किल छ । मैले त्यस्तो के पुण्य गरेको रहेछु जसले गर्दा तपाईहरूको दर्शन मिल्यो ।।७।।

किं तस्य दुर्लभतरं इह लोके परत्र च ।
यस्य विप्राः प्रसीदन्ति शिवो विष्णुश्च सानुगः ॥ ८ ॥

जसका लागि ब्राम्हण अथवा अनुचर सहित भगवान् शंकर या विष्णु भगवान् प्रसन्न हुन्छन् उसको लागि यो लोक र परलोकमा त्यस्तो कुनचाँहि वस्तु दुर्लभ हुन्छ र ।।८।।

नैव लक्षयते लोको लोकान् पर्यटतोऽपि यान् ।
यथा सर्वदृशं सर्व आत्मानं येऽस्य हेतवः ॥ ९ ॥

यो देखिएको प्रपञ्चका कारण सर्बसाक्षी आत्मालार्ई जसरीे देख्न सक्तैनन् त्यसरी नै सबैलोकमा विचरण गर्नुहुंदा पनि अनाधिकारीहरू पुरुषहरु तपाईहरूलार्ई देख्न सक्तैनन ।।९।।

अधना अपि ते धन्याः साधवो गृहमेधिनः ।
यद्‍गृहा ह्यर्हवर्याम्बु तृणभूमीश्वरावराः ॥ १० ॥

जसकोे घरमा तपाईहरूजस्तो पुण्य पुरुष जल, कुशाशन, पृथ्वी, गृहस्वामी अथवा सेवकद्वारा सत्कार पाउँदछन ती गृहस्थ धनहीन भएपनि बडा भाग्यशाली हुन्छन ।।१०।।

व्यालालयद्रुमा वै तेऽपि अरिक्ताखिलसम्पदः ।
यद्‍गृहास्तीर्थपादीय पादतीर्थविवर्जिताः ॥ ११ ॥

मैत्रेयजीले भने–
जुन घरमा भगवद् भक्तको चरण परेको हुदैन त्यो सबैप्रकारको सिध्द भएपनि वृक्ष समान हुन्छ त्यहाँ सर्पको वास हुन्छ ।

स्वागतं वो द्विजश्रेष्ठा यद्व्रतानि मुमुक्षवः ।
चरन्ति श्रद्धया धीरा बाला एव बृहन्ति च ॥ १२ ॥

मुनीश्वरहरू तपाईलार्ई स्वागत छ । तपाईहरूले वालककालमै मुमुक्षुहरूको बाटो अपनाएर एकाग्र चित्तले ब्रम्हचर्यादि व्रतको पालन गर्नु भएकोछ ।।१२।।

कच्चिन्नः कुशलं नाथा इन्द्रियार्थार्थवेदिनाम् ।
व्यसनावाप एतस्मिन् पतितानां स्वकर्मभिः ॥ १३ ॥

हे नाथ ! हामीहरू तपाईहरूको कर्मबाट वशिभूत भएर विपत्तिहरूको क्षेत्ररूप भएको यस संसारमा परेर केवल इन्द्रिय सम्बन्धि भोगलार्ई नै पुरुषार्थ मानेका छौं ।।१३।।

भवत्सु कुशलप्रश्न आत्मारामेषु नेष्यते ।
कुशलाकुशला यत्र न सन्ति मतिवृत्तयः ॥ १४ ॥

तपाईहरू संग कुशल प्रश्न गर्नु उचित हुदैन । किनकि तपाईहरू निरन्तर आत्मामा नै रमण गर्नुहुन्छ । कुशल र अकुशलको कुनै वृत्ति हुदैन ।।१४।।

तदहं कृतविश्रम्भः सुहृदो वस्तपस्विनाम् ।
सम्पृच्छे भव एतस्मिन् क्षेमः केनाञ्जसा भवेत् ॥ १५ ॥

तपाईहरू संसाररूपी आगोले सन्तप्त भएका जीवहरूका लागि परमसुध्द हुनुहुन्छ । त्यसैे तपाईहरू माथि विश्वास गरेर यो सोध्न चाहान्छु कि यस संसारमा मानिसको कस्तो सुगमताबाट कल्याण हुनेछ ।।१५।।

व्यक्तमात्मवतामात्मा भगवान् आत्मभावनः ।
स्वानां अनुग्रहायेमां सिद्धरूपी चरत्यजः ॥ १ ६ ॥

यो निश्चय होकि आत्मज्ञानीका आत्मरूप अजन्मा भगवान् नारायण नै आफ्ना भक्तहरूको कृपाका लागि तपाईहरू जस्तो सिध्दपुरुषको रूपमा यस पृथ्वीमा विचरण गर्नुहुन्छ ।।१६।।

मैत्रेय उवाच –
पृथोस्तत्सूक्तमाकर्ण्य सारं सुष्ठु मितं मधु ।
स्मयमान इव प्रीत्या कुमारः प्रत्युवाच ह ॥ १७ ॥

मैत्रेयजी भन्दछन्–
राजा पृथुको यस्तो युक्तियुक्त गम्भीर, परिमित र मिठा कुराहरू सुनेर श्री सनतकुमारहरू धेरै खुसि भएर हाँस्दै भन्नलागे ।।१७।।

सनत्कुमार उवाच –
साधु पृष्टं महाराज सर्वभूतहितात्मना ।
भवता विदुषा चापि साधूनां मतिरीदृशी ॥ १८ ॥

सनतकुमारले भने–
महाराज ! तपाई सबैकुरा जान्नुहुन्छ र पनि संसारका प्राणीहरूको कल्याणका लागि धेरै राम्रो प्रश्न सोध्नुभएको छ । सत्य यो होकि साधुहरूको बुध्दि यस्तै हुन्छ ।।१८।।

सङ्‌गमः खलु साधूनां उभयेषां च सम्मतः ।
यत्सम्भाषणसम्प्रश्नः सर्वेषां वितनोति शम् ॥ १९ ॥

सत्पुरुषको समागम श्रोता तथा वक्ता दुवैको कल्याणकारी हो । किनकि उनीहरुको प्रश्नोत्तरले सबैको कल्याण गर्दछ ।।१९।।

(इन्द्रवज्रा)
अस्त्येव राजन् भवतो मधुद्विषः
     पादारविन्दस्य गुणानुवादने ।
रतिर्दुरापा विधुनोति नैष्ठिकी
     कामं कषायं मलमन्तरात्मनः ॥ २० ॥

राजन ! श्री मधुसुदन भगवानको चरणकमलको गुणनुवादमा अवस्य पनि तपाईको अगाढ प्रिति छ । सबैलार्ई यस्तो पृति हुन असम्भव छ र यस्तो प्राप्त भएपछि हृदय भित्र रहेको त्यो वासनारूपी मललार्ई सदैंका लागि नष्ट गरीदिन्छ । जुन अरु उपायले तत्काल हुन सक्तैन ।।२०।।

शास्त्रेष्वियानेव सुनिश्चितो नृणां
     क्षेमस्य सध्र्यग्विमृशेषु हेतुः ।
असङ्‌ग आत्मव्यतिरिक्त आत्मनि
     दृढा रतिर्ब्रह्मणि निर्गुणे च या ॥ २१ ॥

शास्त्रले जीवको कल्याणको लागि राम्रोसंग विचार गरेर पुरुषको कल्याणको निम्ति दुई साधनको निर्णय गरेको छ । त्यसमा आत्मा देखि भिन्न देहादिमा वैराग्य र अर्को आफ्नो आत्मस्वरूप निगुण ब्रम्हमा सुदृढ अनुराग हुन्छ भन्ने निचिश्त गरेको छ ।।२१।।

सा श्रद्धया भगवद्धर्मचर्यया
     जिज्ञासयाऽऽध्यात्मिकयोगनिष्ठया ।
योगेश्वरोपासनया च नित्यं
     पुण्यश्रवःकथया पुण्यया च ॥ २२ ॥

अर्थेन्द्रियारामसगोष्ठ्यतृष्णया
     तत्सम्मतानामपरिग्रहेण च ।
विविक्तरुच्या परितोष आत्मन्
     विना हरेर्गुणपीयूषपानात् ॥ २३ ॥

अहिंसया पारमहंस्यचर्यया
     स्मृत्या मुकुन्दाचरिताग्र्यसीधुना ।
यमैरकामैर्नियमैश्चाप्यनिन्दया
     निरीहया द्वन्द्वतितिक्षया च ॥ २४ ॥

हरेर्मुहुस्तत्परकर्णपूर
     गुणाभिधानेन विजृम्भमाणया ।
भक्त्या ह्यसङ्‌गः सदसत्यनात्मनि
     स्यान्निर्गुणे ब्रह्मणि चाञ्जसा रतिः ॥ २५ ॥

शास्त्रमा यो भनिएको छ कि गुरु र शास्त्रको वचनमा विश्वास राख्नाले, भागवत धर्मको आचरण गर्नाले तत्व जिज्ञासाले ज्ञान योगको निष्ठाले, योगेश्वर श्रीहरिको उपासनाले, नित्य पुण्य कीर्ति भगवानको पावन कथाहरूको श्रवण गर्नाले, धन र इन्द्रियहरूमा मात्र लिप्त हुने मानिससंग प्रेम नराख्नाले, प्रिय वस्तुहरूमा आशक्ति पुर्वक संग्रह नगार्नले, भगवत गुणामृत पान गर्नुुको अतिरिक्त अरु समयमा आत्मामै सन्तुष्ट भै एकान्त मै प्रेम गर्नाले, कुनै पनि जीवलार्ई कष्ट नदिनाले, निवृत्ति निष्ठाले, आत्महितको अनुसन्धान गरीरहनाले, श्रीहरिको पवित्र चरित्र स्वरूप श्रेष्ठ अमृतको आश्वादन गर्नाले, शितोष्णादि द्वन्दलार्ई सहनाले र भक्तहरूका कानलार्ई सुख दिने हरिकथाको बारेमा बारंबार पान गर्नाले बढेको भक्तिभावले नै मानिसको कार्य कारणरूप सम्पूर्ण जड प्रपञ्चबाट वैराज्ञ हुन्छ र आत्मास्वरूप निर्गुण परव्रम्हमा उसकोे भक्ति रहन्छ ।।२२।२५।।

यदा रतिर्ब्रह्मणि नैष्ठिकी पुमान्
     आचार्यवान् ज्ञानविरागरंहसा ।
दहत्यवीर्यं हृदयं जीवकोशं
     पञ्चात्मकं योनिमिवोत्थितोऽग्निः ॥ २६ ॥

परब्रम्हमा सुदृढ प्रिति हुनाले नै मानिसले सद्गुणको शरण लिन्छ र ज्ञान र वैराज्ञको प्रवल वेगका कारण वासना सुन्य भएको आफ्नो अविद्यादि पाँच प्रकारको क्लेशले युक्त अहंकारात्मक आफ्नो लिंग शरीरलार्ई भष्म गरीदिन्छ । जसप्रकार अग्नि दाउराबाट प्रकट भएर फेरी त्यसलार्ई जलाउँछ ।।२६।।
         
दग्धाशयो मुक्तसमस्ततद्‍गुणो
     नैवात्मनो बहिरन्तर्विचष्टे ।
परात्मनोर्यद् व्यवधानं पुरस्तात्
     स्वप्ने यथा पुरुषस्तद्विनाशे ॥ २७ ॥

यसप्रकार लिंग देह नाश भएपछि उ सबै कतृत्वादि गुणबाट मुक्त हुन्छ । फेरी स्वप्नावस्थामा जसरी विभिन्न पदार्थ देखिएको हुन्छ तर ब्युझिदाखेरि कुनै कुरा देखिदैन त्यसरी नै यो पुरुष शरीरको बाहिर देखिने घटपटादि र भित्र अनुभव हुने सुख दुखादिको पनि अनुभव गर्दैन । यस अवस्थालार्ई प्राप्त हुनु पहिले यी पदार्थहरु जीव र परमात्माको विचमा रहेर उसमा भेद गर्दथे ।।२७।।

(अनुष्टुप)
आत्मानमिन्द्रियार्थं च परं यदुभयोरपि ।
सत्याशय उपाधौ वै पुमान् पश्यति नान्यदा ॥ २८ ॥

जवसम्म अन्तःकरणरूप उपाधि रहिरहन्छ तवसम्मको मानिसको जीवात्मा, इन्द्रियको विषय र यी दुवैको सम्बन्ध गराउँने अहंकारको अनुभव हुन्छ ।।२८।।     
                                                        
निमित्ते सति सर्वत्र जलादौ अपि पूरुषः ।
आत्मनश्च परस्यापि भिदां पश्यति नान्यदा ॥ २९ ॥

बाहिरी संसारमा पनि देखिन्छ कि जल, ऐना आदि निमित्त भएर मात्र आफ्नो विम्व र प्रतिविम्वको भेद देखाइदिन्छन् ऐनन नभएमा यो भ्रम हुदैन हुदैन ।।२९।।

इन्द्रियैर्विषयाकृष्टैः आक्षिप्तं ध्यायतां मनः ।
चेतनां हरते बुद्धेः स्तम्बस्तोयमिव ह्रदात् ॥ ३० ॥


जुन पुरुष विषय चिन्तनमा लागिरहेको हुन्छ । उसकोे इन्द्रिय विषयमा फस्दछ र मनलार्ई पनि त्यसैतिर खिच्दछ । जसरी जलासयको तीरमा उम्रिएको कुश आदिले आफ्नो जराले त्यहाँको पानीलार्ई सोच्दछ त्यसरी नै इन्द्रियादि मा आशक्त मनोबुध्दिको विचारशक्तिलाई क्रमशः हरण गर्दछ ।।३०।।

भ्रश्यत्यनु स्मृतिश्चित्तं ज्ञानभ्रंशः स्मृतिक्षये ।
तद्रोधं कवयः प्राहुः आत्मापह्नवमात्मनः ॥ ३१ ॥

विचारशक्ति नाश भएपछि ज्ञान पनि रहदैन । यस ज्ञानको नाशलार्ई पण्डितहरू आफ्नो नाश हो भनि भन्दछन ।।३१।।

नातः परतरो लोके पुंसः स्वार्थव्यतिक्रमः ।
यदध्यन्यस्य प्रेयस्त्वं आत्मनः स्वव्यतिक्रमात् ॥ ३२ ॥

जसकोे उद्देश्यले अरु सबै पदार्थमा प्रियताको बोध हुन्छ । त्यो आत्माको आफुद्वारा नै नाश हुनाले जो  श्वार्थहीन हुन्छन त्यो भन्दा हान्ी दुनियामा अरु केहि हुदैन ।।३२।।

अर्थेन्द्रियार्थाभिध्यानं सर्वार्थापह्नवो नृणाम् ।
भ्रंशितो ज्ञानविज्ञानाद् येनाविशति मुख्यताम् ॥ ३३ ॥

धन र इन्द्रियका विषयको  चिन्तन गर्दा मानिसको सबै पुरुषार्थको नाश गराउँदछ किनकि यसकोे चिन्ताले त्यो ज्ञान र विज्ञानले भ्रष्ट भएर वृक्षादि स्थावर योनीमा जन्म लिन्छ ।।३३।।

न कुर्यात्कर्हिचित्सङ्‌गं तमस्तीव्रं तितीरिषुः ।
धर्मार्थकाममोक्षाणां यदत्यन्तविघातकम् ॥ ३४ ॥

त्यसैले जसलार्ई अन्धकारबाट पार पाउँने इच्छा हुन्छ भने विषयमा आशक्ति कहिल्यैपनि राख्नुहुदैन । किनकि यो धर्म, अर्थ, काम तथा मोक्षको वाधक हो ।।३४।।

तत्रापि मोक्ष एवार्थ आत्यन्तिकतयेष्यते ।
त्रैवर्ग्योऽर्थो यतो नित्यं कृतान्तभयसंयुतः ॥ ३५ ॥

यी चार पुरुषार्थमा सबभन्दा सबभन्दा श्रेष्ठ मोक्ष हो । अरु तीन पुरुषार्थमा सधैं कालको डर हुन्छ ।।३५।।

परेऽवरे च ये भावा गुणव्यतिकरादनु ।
न तेषां विद्यते क्षेमं ईशविध्वंसिताशिषाम् ॥ ३६

प्रकृतिमा गुण क्षोभ हुनाले जति पनि उत्तम एवं अधम भाव पदार्थ प्रकटहुन्छन ती कुनै पनि कुशल पूर्वक रहन सक्तैनन किनकि त्यसलाई सर्व समर्थक कालले बाधा पुर्याउँदछ ।।३६।।
                                     
(वसंततिलका) 
तत्त्वं नरेन्द्र जगतामथ तस्थूषां च
     देहेन्द्रियासुधिषणात्मभिरावृतानाम् ।
यः क्षेत्रवित्तपतया हृदि विश्वगाविः
     प्रत्यक् चकास्ति भगवान् तमवेहि सोऽस्मि ॥ ३७ ॥

त्यसैले राजन ! जजुन श्री भगवान् देह, इन्द्रिय, प्राण, बुध्दि र अहंकारले ढाकिएको सबै स्थावर जंगम प्राणीहरूको हृदयमा जीवको नियामक अनि आत्मरूपले सबैतिर प्रकाशित भईरहेको हुन्छ । उसैलार्ई तिमीले म नै हुँ भन्ने जान ।।३७।।

यस्मिन्निदं सदसदात्मतया विभाति
     माया विवेकविधुति स्रजि वाहिबुद्धिः ।
तं नित्यमुक्तपरिशुद्धविशुद्धतत्त्वं
     प्रत्यूढकर्मकलिलप्रकृतिं प्रपद्ये ॥ ३८ ॥


जसरी मालामा सर्पको भ्रम हुन्छ तर ज्ञान हुँदाखेरी त्यसमा सर्पबुध्दि हुदैन त्यसरी नै विवेकको उदय भएपछि यो कार्यकारणरुप प्रपञ्च परमात्मामा मिथ्या भान हुन्छ जसमा कार्य कारणरूपले प्रतीत भइरहेको छ र जुन स्वयं कर्मफल कलुषित प्रकृतिबाट पर छ त्यो नित्यमुक्त, निर्मल र ज्ञानस्वरूप परमात्मालार्ई म प्राप्त गरीरहेको छु भन्ने जान ।।३८।।

यत्पादपङ्‌कजपलाशविलासभक्त्या
     कर्माशयं ग्रथितमुद्‍ग्रथयन्ति सन्तः ।
तद्वन्न रिक्तमतयो यतयोऽपि रुद्ध
     स्रोतोगणास्तमरणं भज वासुदेवम् ॥ ३९ ॥

सन्त महात्मा जसकोे चरणकमलको स्मरण गरेर कर्मवन्धनबाट गठित अहंकाररूप हृदयको गाँठोलार्ई,  यसरी सजिलैसंग फुकाउन सक्छन् तर सबै इन्द्रिय प्रत्याहार गरेर इन्द्रियादि विषयलाई रोकेका सन्यासी पनि यस्तो गर्न पाउँदैनन् तिमी उनै सर्वाश्रय वासुदेवको भजन गर ।।३९।।

कृच्छ्रो महानिह भवार्णवमप्लवेशां
     षड्वर्गनक्रमसुखेन तितीर्षन्ति ।
तत्त्वं हरेर्भगवतो भजनीयमङ्‌घ्रिं
     कृत्वोडुपं व्यसनमुत्तर दुस्तरार्णम् ॥ ४० ॥

जो मानिस मन र इन्द्रियरूप ग्राहले भरिएको संसारलार्ई योगादि दुष्कर साधनबाट पारपाउँन चाहान्छन् उसलार्ई त्यसपार गर्न कठिन छ किनकि उसलार्र्ई कर्णधाररूप श्रीहरिको आश्रय मिलेको हुदैन । त्यसैले तिमी भगवानको आराधनिय चरणकमललार्ई नौका बनाएर यस दुस्तर समुन्द्रलार्ई पार गर ।।४०।।

मैत्रेय उवाच –
(अनुष्ट्प्) 
स एवं ब्रह्मपुत्रेण कुमारेणात्ममेधसा ।
दर्शितात्मगतिः सम्यक् प्रशस्योवाच तं नृपः ॥ ४१ ॥

मैत्रेयजी भन्दछन्–
विदुरजी ! ब्रम्हाजीका पुत्र आत्मज्ञानी सनतकुमारबाट यसरी उपदेश पाएर महाराज पृथुले प्रशंसा गर्दै भन्नलागे ।।४१।।

राजोवाच –
कृतो मेऽनुग्रहः पूर्वं हरिणाऽऽर्तानुकम्पिना ।
तमापादयितुं ब्रह्मन् भगवन् यूयमागताः ॥ ४२ ॥

राजा पृथुले भने–
भगवन् ! दीनदयाल श्रीहरिले म माथि दया गर्नुभयो त्यसैको पूर्ण गर्नका लागि नै तपाईहरू यहाँ आउँनु भएको हो ।।४२।।

निष्पादितश्च कार्त्स्न्येन भगवद्‌भिः घृणालुभिः ।
साधूच्छिष्टं हि मे सर्वं आत्मना सह किं ददे ॥ ४३ ॥

तपाईहरू धेरै दयालु हुनुहुन्छ । जुनकामका लागि तपाईहरू यहाँ पाल्नु भएको हो त्यसलार्ई तपाईहरूले राम्रोसंग सम्पन्न गर्नुभयो, अब यसकोे बदलामा मैले तपाईहरूलार्ई के दउँ ? म संग शरीर र यस संग जे कुरा  छ त्यो सबै महापुरुषको प्रसादको रुपमा सेवन गरिरहेको छु ।।४३।।

प्राणा दाराः सुता ब्रह्मन् गुहाश्च सपरिच्छदाः ।
राज्यं बलं मही कोश इति सर्वं निवेदितम् ॥ ४४ ॥

ब्रम्हन ्! प्राण, स्त्री, पुत्र सबैप्रकारले भरिएको राज्य, पृथ्वी,  सेना तथा कोष यी सबै तपाईहरूकै हो त्यसैले म यो तपाईहरूको चरणकमलमा अर्पण गर्दछु ।।४४।।

सैनापत्यं च राज्यं च दण्डनेतृत्वमेव च ।
सर्व लोकाधिपत्यं च वेदशास्त्रविदर्हति ॥ ४५ ॥

वास्तवमा सेनापतित्व, राजा, दण्ड, विधान  सबै लोकको अधिकार त वेदशास्त्रको ज्ञाता ब्राम्हणलार्ई मैं हुन्छ ।।४५।।

स्वमेव ब्राह्मणो भुङ्‌क्ते स्वं वस्ते स्वं ददाति च ।
तस्यैवानुग्रहेणान्नं भुञ्जते क्षत्रियादयः ॥ ४६ ॥

वेदज्ञाता व्राम्हणले नै लोकको शाशन गर्न सक्क्तछनर उनीहरुलाई कस्ले देला  भन्ने हुदैन उनीहरु आफ्नै वस्तु खान्छन् आफ्नै वस्त्र लगाउछन, आफ्नै वस्तु दान गर्छन । उनकोे कृपाले क्षत्रियआदि तीनै वर्णले खाने पिउने गर्दछन ।।४६।।
                                                                                                                                
(वसंततिलका)
यैरीदृशी भगवतो गतिरात्मवादे
     एकान्ततो निगमिभिः प्रतिपादिता नः ।
तुष्यन्त्वदभ्रकरुणाः स्वकृतेन नित्यं
     को नाम तत्प्रतिकरोति विनोदपात्रम् ॥ ४७ ॥

तपाईहरू वेदको पारगामी हुनुहुन्छ । तपाईहरू अध्यात्मतत्वको विचार गरेर हामीलार्ई निश्चितरूपले सम्झाउनु भएको छ कि भगवान् प्रतिको भक्ति नै उपलव्धिको पहिलो साधन हो । तपाईहरू परम कृपालु हुनुहुन्छ त्यसैले तपाईहरू आफ्ना कर्मले नै सधैं सन्तुष्ट रहनुहोस । तपाईहरूको यस्तो बदलाको बदलामा त के नै दिन सकिन्छ र ? यसकोलागि प्रयत्न गर्नु पनि हाँसो गर्नु मात्रै हो ।।४७।।

मैत्रेय उवाच –
(अनुष्टुप)
ते आत्मयोगपतय आदिराजेन पूजिताः ।
शीलं तदीयं शंसन्तः खेऽभूवन् मिषतां नृणाम् ॥ ४८ ॥

मैत्रेयजीले भने–
विदुरजी ! फेरी आदिराज पृथुले आत्मज्ञानी मध्देका श्रेष्ठ सनकादिको पूजा गरे उनीहरूले राजाको स्वभावको प्रशंसा गर्दै सबैको अगाडि नै आकास मार्ग तिरलागे ।।४८।।

वैन्यस्तु धुर्यो महतां संस्थित्याध्यात्मशिक्षया ।
आप्तकामं इवात्मानं मेन आत्मन्यवस्थितः ॥ ४९ ॥


महात्माहरू मध्देका अग्रज पृथु पनि उनीहरूबाट आत्मज्ञान पाएर चित्तलार्ई एकाग्र गराउँदै आत्मामा स्थित राखेर आनन्दको अनुभव गरे  ।।४९।।

कर्माणि च यथाकालं यथादेशं यथाबलम् ।
यथोचितं यथावित्तं अकरोद्‍ब्रह्मसात्कृतम् ॥ ५० ॥

महाराज पृथु पनि कृष्णार्पणम् बुध्दिले  समय स्थान शक्ति न्याय र धन अनुसार सबै कर्म गर्दै रहे ।।५०।।

फलं ब्रह्मणि विन्यस्य निर्विषङ्‌गः समाहितः ।
कर्माध्यक्षं च मन्वान आत्मानं प्रकृतेः परम् ॥ ५१ ॥

यसप्रकार एकाग्र चित्तले सबै कर्मको  फल भगवान्मा अर्पण गरेर आत्मालार्ई कर्मको साक्षि राखेर प्रकृतिबाट फरक देखेर सर्वथा निर्लिप्त भएर रहे ।।५१।।
                                                         
गृहेषु वर्तमानोऽपि स साम्राज्यश्रियान्वितः ।
नासज्जतेन्द्रियार्थेषु निरहंमतिरर्कवत् ॥ ५२ ॥

जसरी सूर्यले सबैतिर प्रकाश फैलाउँदा पनि वस्तुको गुण दोषबाट निर्लिप्त रहन्छ त्यसैप्रकार सार्वमौभ साम्राज्य लक्ष्मीले सम्पन्न गृहाश्रममा रहेर पनि अहंकार सून्य भएका कारण इन्द्रियको विषयमा आशक्ति भएनन ।।५२।।

एवं अध्यात्मयोगेन कर्माणि अनुसमाचरन् ।
पुत्रान् उत्पादयामास पञ्चार्चिष्यात्मसम्मतान् ॥ ५३ ॥

यसप्रकार आत्मनिष्ठामा स्थित भएर सबै कर्महरू यथोचित रिति अनुसार गर्दै उनले आफ्नी भार्या अर्चिका गर्भबाट पाँच छोरा उत्पन्न गरे ।।५३।। 
                                                                                      
विजिताश्वं धूम्रकेशं हर्यक्षं द्रविणं वृकम् ।
सर्वेषां लोकपालानां दधारैकः पृथुर्गुणान् ॥ ५४ ॥

गोपीथाय जगत्सृष्टेः काले स्वे स्वेऽच्युतात्मकः ।
मनोवाग् वृत्तिभिः सौम्यैः गुणैः संरञ्जयन् प्रजाः ॥ ५५ ॥

राजेत्यधान् नामधेयं सोमराज इवापरः ।
सूर्यवद्विसृजन्गृह्णन् प्रतपंश्च भुवो वसु ॥ ५६ ॥

उनीहरू विजिताश्व, धुभ्रुकेश, हर्यक्ष, द्रविण र वृक हुन । उनी समय समयमा आवस्क परेका वखतमा प्राणीहरूको रक्षाका लागि समस्तलोको गु्ण धारणा गर्दथे । आफ्नो उदार हितको वोली, मनोहर मुर्ति र सौम्य गुणद्वारा प्रजाको हित गर्नमा दोश्रो चन्द्रमा समान राजा भन्ने यो नाम सार्थक भयो । जसरी गर्मीमा सूर्यले पृथ्वीको जल खिचेर वर्षाकालमा फेरी पृथ्वीमा वर्षा गराउँदछन् तथा आफ्नो किरणले सबैलार्ई ताप पुर्याउँछन त्यसैगरी यिनले काररूपमा प्रजाको धन लिएर प्रजाको हितमा लगाउँथे । यसरी सबैमा आफ्नो प्रभाव पारेका थिए ।।५४।५६।।

दुर्धर्षस्तेजसेवाग्निः महेन्द्र इव दुर्जयः ।
तितिक्षया धरित्रीव द्यौरिवाभीष्टदो नृणाम् ॥ ५७ ॥

उनी तेजमा अग्नि समान दुधर्ष, इन्द्र समान अजेय, पृथ्वी समान क्षमाशील र स्वर्ग समान सबै कामन पुरा गराउने थिए ।।५७।।

वर्षति स्म यथाकामं पर्जन्य इव तर्पयन् ।
समुद्र इव दुर्बोधः सत्त्वेनाचलराडिव ॥ ५८ ॥

समय समयमा प्रजाको तृप्तिका लागि उनी मेघ समान अभिष्ट बस्तुहरुको वर्षा गर्दथे । उनी समुद्र समान गम्भिर र सुमेरु पर्वत समान धैर्यवान थिए ।।५८।।

धर्मराडिव शिक्षायां आश्चर्ये हिमवानिव ।
कुवेर इव कोशाढ्यो गुप्तार्थो वरुणो यथा ॥ ५९ ॥

महाराज पृथु दुष्टलार्ई दमन गर्नमा यमराज समान, आश्चर्य पूर्ण वस्तुहरूको संग्रह गर्नमा हिमालय समान, कोष बढाउँनमा कुवेर समान र धन लुकाउँनमा वरुण समान थिए ।।५९।।

मातरिश्वेव सर्वात्मा बलेन महसौजसा ।
अविषह्यतया देवो भगवान् भूतराडिव । ॥ ६० ॥

शारीरिक वल, इन्द्रियहश्रको पटुता तथा पराक्रममा सबैतिर गतिशील वायु समान र जेजको असह्यतामा भगवान् शंकर सानन थिए ।।६०।।

कन्दर्प इव सौन्दर्ये मनस्वी मृगराडिव ।
वात्सल्ये मनुवन्नॄणां प्रभुत्वे भगवानजः । ॥ ६१ ॥

शौन्दर्यमा कामदेव समान, उत्साहमा सिंहसामान, वात्सल्यमा मनु समान र मानिसको अधिपत्यमा ब्रम्हाजी समान थए ।।६१।।

बृहस्पतिर्ब्रह्मवादे आत्मवत्त्वे स्वयं हरिः ।
भक्त्या गोगुरुविप्रेषु विष्वक्सेनानुवर्तिषु । ॥ ६२ ॥
ह्रिया प्रश्रयशीलाभ्यां आत्मतुल्यः परोद्यमे । ॥ ६२ ॥

ब्रह्मज्ञानमा बृहस्पति, जितेन्द्रियमा साक्षात श्रीहरि तथा गाई, ब्राम्हण, गुरुजन एवं भगवद्भक्ति, लज्जा, विनय, शील एवं परोपकार आदि गुणमा अनुपम थिए ।।६२।। 
                                                        
कीर्त्योर्ध्वगीतया पुम्भिः त्रैलोक्ये तत्र तत्र ह ।
प्रविष्टः कर्णरन्ध्रेषु स्त्रीणां रामः सतामिव । ॥ ६३ ॥

तिनैलोकका वासिन्दाहरू उच्च स्वरामा उनाको कीर्तिको गाथा गाउँदथे । सत्पुरुषको कानमा श्रीरामले प्रवेश पाए जस्तै तीनै लोकमा प्रजाका कानमा यिनले प्रवेश पाएका थिए ।।६३।।
                                            
इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे पृथुचरिते द्वाविंशोऽध्यायः ॥ २२ ॥