#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः –एकोनचत्वारिंशोऽध्यायः

  श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – एकोनचत्वारिंशोऽध्यायः



शुक उवाच–
(अनुष्टुप्)
सुखोपविष्टः पर्यङ्‌के रमकृष्णोरुमानितः ।
लेभे मनोरथान् सर्वान् पथि यान् स चकार ह ॥१॥

श्री शुकदेवजी भन्नुहुन्छ– भगवान श्रीकृष्ण र बलरामबाट सम्मान पाएर अक्रुरजी पलङमा बसे । बाटोमा आउँदा उनले जे जे कल्पना गरेका थिए त्यो सबै पूरा भयो ।।१।।
 
किमलभ्यं भगवति प्रसन्ने श्रीनिकेतने ।
तथापि तत्परा राजन्न हि वाञ्छन्ति किञ्चन ॥२॥

हे महाराज परीक्षित ! लक्ष्मीका आश्रय स्थान भगवान श्रीकृष्ण प्रसन्न भएपछि नपाउने वस्तु के नै छ र फेरि पनि भगवानका प्रेमी भक्तजनहरु कुनै वस्तुको कामना गर्दैनन् ।।२।। 

सायंतनाशनं कृत्वा भगवान् देवकीसुतः ।
सुहृत्सु वृत्तं कंसस्य पप्रच्छान्यच्चिकीर्षितम् ॥३॥

देवकीका छोरा श्रीकृष्णले साँझको भोजन गरेपछि अक्रुर नजिक गएर आफ्नो स्वजन सम्बन्धी र कंशको योजनाको बारेमा सोधपुछ गर्नुभयो ।।३।।

श्रीभगवानुवाच–
तात सौम्यागतः कच्चित् स्वागतं भद्रमस्तु वः ।
अपि स्वज्ञातिबन्धूनामनमीवमनामयम् ॥४॥

श्रीकृष्णले भन्नुभयो हे काका ! तपाईंको हृदय धेरै शुद्ध छ । तपाईंको यात्रा सुखद नै रह्यो म तपाईंको कल्याणको कामना गर्दछु । मथुरामा अरु सबैजना कुशल मङ्गल नै होलान् नि होइन ।।४।। 

किं नु नः कुशलं पृच्छे एधमाने कुलामये ।
कंसे मातुलनाम्न्यङ्‌ग स्वानां नस्तत्प्रजासु च ॥५॥

हे काका ! हाम्रा नाम मात्रका मामा कंश हाम्रा कुलका रोग हुन् । जबसम्म उसको शक्ति बढ्दै जानेछ तबसम्म हामी हाम्रा वंश बालबच्चाको कुशल मङ्गलको बारेमा के नै सोध्न सक्छौँ र ।।५।। 

अहो अस्मदभूद् भूरि पित्रोर्वृजिनमार्ययोः ।
यद्धेतोः पुत्रमरणं यद्धेतोर्बन्धनं तयोः ॥६॥

मेरै कारण मेरा मातापिताले अनेक किसिमको दुःख खेप्नु पर्यो । त्यसका लागि मलाई धेरै दुःख छ । मेरै कारण उहाँका धेरै छोराहरूको मृत्यु भयो र उहाँले बन्धनमा पनि बस्नुपर्यो ।।६।।

दिष्ट्याद्य दर्शनं स्वानां मह्यं वः सौम्य काङ्‌क्षितम् ।
सञ्जातं वर्ण्यतां तात तवागमनकारणम् ॥७॥

म धेरै दिन अगाडि देखि आत्मजन र तपाईंको दर्शनको लागि आशा गरिरहेको थिएँ । तर सौभाग्यवस आज हजुरको दर्शनले सबै अभिलाषा पूरा भएको छ । अब तपाईं यहाँ आउनुको कारण के हो बताउनुहोस् ।।७।। 

शुक उवाच–
पृष्टो भगवता सर्वं वर्णयामास माधवः ।
वैरानुबन्धं यदुषु वसुदेववधोद्यमम् ॥८॥

श्री शुकदेवजी भन्नुहुन्छ हे परीक्षित ! जब भगवानले अक्रुरसँग यस प्रकार प्रश्न गर्नुभयो त्यसपछि अक्रुरले यदुवंशीहरूसँग कंशको शत्रुता बढ्दै गएको र वसुदेवको हत्या गर्ने प्रयास आदि सबै कुरा बताए ।।८।। 

यत्सन्देशो यदर्थं वा दूतः सम्प्रेषितः स्वयम् ।
यदुक्तं नारदेनास्य स्वजन्मानकदुन्दुभेः ॥९॥

कंशले आफूलाई दूत बनाएर पठाएको कुरा र नारदजीले बसुदेवबाट भगवानको जन्म भएको कुरा जुन कंशलाई बताउनु भएको थियो त्यो सबै कुरा अक्रुरले भगवान श्री कृष्णलाई बताए ।।९।। 

श्रुत्वाक्रूरवचः कृष्णो बलश्च परवीरहा ।
प्रहस्य नन्दं पितरं राज्ञाऽऽदिष्टं विजज्ञतुः ॥१०॥

अक्रुरको कुरा सुनेर शत्रुनाशक भगवान श्री कृष्ण हाँस्नुभयो र राजा कंशको धर्नुयज्ञमा मथुरा आउने वचन दिएको कुरा नन्दलाई बताउनुभयो ।।१०।। 

गोपान् समादिशत् सोऽपि गृह्यतां सर्वगोरसः ।
उपायनानि गृह्णीध्वं युज्यन्तां शकटानि च ॥११॥

त्यसपछि नन्द बाबाले सबै गोपहरुलाई राजालाई चढाउनको लागि गाईको दही दूध जम्मा गर्नको लागि आज्ञा दिए ।।११।।

यास्यामः श्वो मधुपुरीं दास्यामो नृपते रसान् ।
द्रक्ष्यामः सुमहत्पर्व यान्ति जानपदाः किल ।
एवमाघोषयत्क्षत्रा नन्दगोपः स्वगोकुले ॥१२॥

भोलि बिहान सबेरै हामी मथुरामा जानेछौं । त्यहाँ गएर हामीले कंशलाई गाईको दही दूध दिनेछौँ । र त्यहाँ ठूलो उत्सव हुन लागिरहेको छ त्यो उत्सव हेर्नको लागि सबै देशवासीहरू त्यहाँ जानेछन् हामी पनि त्यस उत्सवलाई हेर्नेछौं । भनेर नन्दले गोकुलमा यो कुरा घोषणा गराए ।।१२।। 

गोप्यस्तास्तद् उपश्रुत्य बभूवुर्व्यथिता भृशम् ।
रामकृष्णौ पुरीं नेतुमक्रूरं व्रजमागतम् ॥१३॥

श्रीकृष्ण र बलरामलाई लिनको लागि अक्रुरजी आएका छन् भन्नेकुरा सुनेर गोपिनीहरु धेरै दुःखीभए ।।१३।। 

काश्चित् तत्कृतहृत्तापश्वासम्लानमुखश्रियः ।
स्रंसद्‌दुकूलवलयकेशग्रन्थ्यश्च काश्चन ॥१४॥

भगवान श्री कृष्ण मथुरा जाने कुरा सुनेर सबैलाई धेरै पीडा भयो । कसैले लामो लामो सास फेर्न लागे, कसैको मुखको कान्ति हरायो र कसैको ओडिरहेको ओड्नी खस्यो कसैको चुल्ठो फुस्कियो ।।१४।।

अन्याश्च तदनुध्याननिवृत्ताशेषवृत्तयः ।
नाभ्यजानन्निमं लोकमात्मलोकं गता इव ॥१५॥

कोही गोपिनी चाहिँ भगवानको चिन्ता गर्दागर्दै उनीहरूको इन्द्रियका सम्पूर्ण वृत्तिहरू निवृत्ति भयो र समादिष्ट भएका योगीले झैँ आफ्नो शरीरलाई पनि थाहा पाएनन् ।।१५।। 

स्मरन्त्यश्चापराः शौरेरनुरागस्मितेरिताः ।
हृदिस्पृशश्चित्रपदा गिरः संमुमुहुः स्त्रियः ॥१६॥

कोही गोपिनीहरू श्रीकृष्णको प्रेम र उहाँले हाँस्नुभएको हँसिलो अनुहार र मनैलाई आकर्षित गर्ने विचित्र कुराहरु सम्झेर त्यसैमा मोहित भए ।।१६।। 

गतिं सुललितां चेष्टां स्निग्धहासावलोकनम् ।
शोकापहानि नर्माणि प्रोद्दामचरितानि च ॥१७॥

चिन्तयन्त्यो मुकुन्दस्य भीता विरहकातराः ।
समेताः सङ्‌घशः प्रोचुरश्रुमुख्योऽच्युताशयाः ॥१८॥

भगवानले हिँडेको र उहाँको हाउभाउ पूर्ण हेराई हँसाइ ठट्टा उदार चरित्र आदिको सम्झना गर्दागर्दै श्री कृष्णसँग वियोग हुन लागेको छ भन्ने कुराको चेत आयो र कृष्णमा तन्मय भएका ती गोपिनीहरु धेरै डराउन लागे व्याकुल भए र एकै ठाउँमा जम्मा भएर आँखाबाट आँसु निकालेर विलाप गर्न लागे ।।१७–१८।। 

श्रीगोप्य ऊचुः –
(मिश्र)
अहो विधातस्तव न क्वचिद् दया
     संयोज्य मैत्र्या प्रणयेन देहिनः ।
तांश्चाकृतार्थान् वियुनङ्‌क्ष्यपार्थकं
     विक्रीडितं तेऽर्भकचेष्टितं यथा ॥१९॥

गोपिनीहरू भन्न लागे –  हे विधाता ! तिमी धन्य छौ तिमी सबैको विधान गर्दछौ तर तिम्रो हृदयमा दयाको अलिकता अंश पनि रहेनछ । किनकि शरीर धारी प्राणीहरूलाई तिमीले प्रेमको डोरीद्वारा एउटालाई अर्को सित सम्बन्ध जोडिदिन्छौ तर उनीहरूको अभिलाषा पूरा हुन नपाउँदै बिना कारण वियोग गराइदिन्छौ । यो तिम्रो काम बालकको खेलजस्तै व्यर्थ छ ।।१९।। 

यस्त्वं प्रदर्श्यासितकुन्तलावृतं
     मुकुन्दवक्त्रं सुकपोलमुन्नसम् ।
शोकापनोदस्मितलेशसुन्दरं
     करोषि पारोक्ष्यमसाधु ते कृतम् ॥२०॥

हे विधाता ! तिमीले हामीलाई पहिले घुम्रिएको कपाल हसिलो अनुहार सुन्दर गाला र हाम्रो दुखलाई नै नाश गर्ने मन्द मुस्कान युक्त भएको मुख कमल देखाएर फेरि तिमीले त्यसलाई हामीबाट टाढा लान लागिरहेका छौं यो तिम्रो काम राम्रो होइन ।।२०।। 

क्रूरस्त्वमक्रूरसमाख्यया स्म न–
     श्चक्षुर्हि दत्तं हरसे बताज्ञवत् ।
येनैकदेशेऽखिलसर्गसौष्ठवं
     त्वदीयमद्राक्ष्म वयं मधुद्विषः ॥२१॥

यसमा अक्रुरको दोष छैन निश्चय नै तिमीले हामीलाई आँखा दिएका थियौ त्यही आँखाबाट हामी सृष्टिको सौन्दर्यलाई हेरिरहेका थियौ तर तिमी अत्यन्त क्रुर रहेछौ आज अक्रुरको नाममा यहाँ आएर आफैले दिएको आँखा फेरि आफैले खोसेर लाँदैछु ।।२१।। 

न नन्दसूनुः क्षणभङ्‌गसौहृदः
     समीक्षते नः स्वकृतातुरा बत ।
विहाय गेहान् स्वजनान् सुतान् पती–
     स्तद्दास्यमद्धोपगता नवप्रियः ॥२२॥

हामी आफ्नो घर परिवार स्वजन पति पुत्र आदि सबैलाई छोडेर श्रीकृष्णको दासी बनेका थियौ । तर आज यी कृष्ण नयाँनयाँ व्यक्तिहरूसँग सम्बन्ध जोडेर हामीलाई हेर्न पनि नचाहने भएका छन् ।।२२।। 

सुखं प्रभाता रजनीयमाशिषः
     सत्या बभूवुः पुरयोषितां ध्रुवम् ।
याः संप्रविष्टस्य मुखं व्रजस्पतेः
     पास्यन्त्यपाङ्‌गोत्कलितस्मितासवम् ॥२३॥

आजको रातपछि आउने बिहानी मथुरा बासीका स्त्रीहरूका लागि मङ्गलमय सूचक हुने भयो । उनीहरूको धेरै दिनदेखिको अभिलाषा पूरा हुनेछ उनीहरूले मथुरा गएका श्रीकृष्णका कटाक्षपूर्ण दृष्टि र मन्द मुस्कानले युक्त मदिरा झैँ मुख मण्डलको दर्शन गरेर त्यसको पान गरेर धन्य धन्य हुनेछन् ।।२३।। 

तासां मुकुन्दो मधुमञ्जुभाषितै–
     र्गृहीतचित्तः परवान् मनस्व्यपि ।
कथं पुनर्नः प्रतियास्यतेऽबला
     ग्राम्याः सलज्जस्मितविभ्रमैर्भ्रमन् ॥२४॥

हाम्रा श्रीकृष्ण गुरुको आज्ञा अनुसार चल्नेभए तापनि मथुराका युवतीहरूले आफ्नो मधुर सम्मानको मिठो बोलीले यिनको चित्तलाई बलजफ्ति आफूतिर आकर्षित गर्नेछन् अनि श्रीकृष्ण पनि ती युवतीहरूको लजालु पूर्ण भाव भङ्गीमा आसक्त भएर त्यतै रहनुहुने छ । अब उहाँ हामी गाउँले गोपिनिहरूलाई सम्झेर फर्केर के आउनुहोला र ? ।।२४।। 

अद्य ध्रुवं तत्र दृशो भविष्यते
     दाशार्हभोजान्धकवृष्णिसात्वताम् ।
महोत्सवः श्रीरमणं गुणास्पदं
     द्रक्ष्यन्ति ये चाध्वनि देवकीसुतम् ॥२५॥

हाम्रा श्रीकृष्णको दर्शन गरेर मथुराका दशार्ह, भोज, अन्धक र विष्णुवंशी यादवहरूको आँखाले अवश्य परमानन्दको साक्षात्कार गर्नेछ । त्यहाँ उहाँको ठूलो उत्सव हुनेछ ।।२५।। 

मैतद्विधस्याकरुणस्य नाम भू–
     दक्रूर इत्येतदतीव दारुणः ।
योऽसावनाश्वास्य सुदुःखितं जनं
     प्रियात्प्रियं नेष्यति पारमध्वनः ॥२६॥

हेर साथीहरू ! यी अक्रुर कति निष्ठुर रहेछन् यस्ता क्रुर व्यक्तिको नाम अक्रुर भन्नु पनि उपयुक्त हुँदैन । यिनले श्रीकृष्णको विरह व्यथाले दुःखी भएका हामीलाई थाहै नदिई हाम्रा प्राण प्यारा श्रीकृष्णलाई हाम्रो नजरबाट टाढा लैजानेछन् ।।२६।। 

अनार्द्रधीरेष समास्थितो रथं
     तमन्वमी च त्वरयन्ति दुर्मदाः ।
गोपा अनोभिः स्थविरैरुपेक्षितं
     दैवं च नोऽद्य प्रतिकूलमीहते ॥२७॥

हुनत कृष्ण पनि कम निष्ठुरी छैनन् किनकि सबभन्दा पहिला उनी नै रथमा सवार भइहाले । उनीसँग जान भनेर तयार भएका ग्वालाहरू पनि गाढा चलाउन हतार हतार गरिरहेका छन् उनलाई रोक्न सक्दैनन् अहिले राम्रालाई दैव पनि प्रतिकूल रहेछन् नत्र भने उनले पनि यो यात्रालाई बिघ्न पारेर रोक्ने थिए होलान् ।।२७।।

निवारयामः समुपेत्य माधवं
     किं नोऽकरिष्यन् कुलवृद्धबान्धवाः ।
मुकुन्दसङ्‌गान्निमिषार्धदुस्त्यजाद्
     दैवेन विध्वंसितदीनचेतसाम् ॥२८॥

ए सखिहरु ! अब हामी सबै मिलेर कृष्णलाई मथुरा जानबाट रोकौँ । किनभने हामी श्रीकृष्णको वियोगमा एक मिनेट पनि रहन सक्दैनौ । आज दुर्भाग्यले हाम्रो श्रीकृष्णसँगको वियोग हुने भयो । जसले गर्दा हामी धेरै दुःखी भइरहेका छौं । यिनलाई रोक्दा हाम्रा कुलका वृद्ध र आत्मजनहरूले के नै गर्न सक्लान् र ? ।।२८।। 

(वसंततिलका)
यस्यानुरागललितस्मितवल्गुमन्त्र–
     लीलावलोकपरिरम्भणरासगोष्ठाम् ।
नीताः स्म नः क्षणमिव क्षणदा विना तं
     गोप्यः कथं न्वतितरेम तमो दुरन्तम् ॥२९॥

हे सखी हो ! उहाँको प्रेमपूर्ण मनोहर मुस्कान मनलाई आकर्षित गर्ने मीठा मिठा कुराहरु हाउभाउ सहितको हेराइ तथा आलिङ्गले गर्दा हामीले त्यत्रो लामो ह्रासकृडाको रातलाई पनि एक क्षण जस्तो गरेर बिताएका थियौं अब उनै कृष्ण बिना उनैले दिएको बिरह व्यथाबाट हामीले कसरी पार पाउने हो ।।२९।। 

योऽह्नः क्षये व्रजमनन्तसखः परीतो
     गोपैर्विशन् खुररजश्छुरितालकस्रक् ।
वेणुं क्वणन् स्मितकटाक्षनिरीक्षणेन
     चित्तं क्षिणोत्यमुमृते नु कथं भवेम ॥३०॥

साँझको समयमा बलरामसँग गाई चराएर जब वनबाट फर्कन्थे त्यतिबेला यी कृष्णको कालाकाला घुम्रिएका कपाल हरु गाईको खुरले उडाएको धुलोले ढाकिएको हुन्थ्यो त्यतिबेला कृष्ण बाँसुरी बजाउँदै मुसुमुसु हाँसेर कर्के आँखाले हामीलाई हेरेर हाम्रो चित्तलाई आफूतिर आकर्षित गर्दथे । अब हामी यिनी बिना कसरी बाँच्न सकौला त्यसैले हामीले जसरी भएपनि यिनलाई रोक्नै पर्दछ ।।३०।। 

शुक उवाच–
(मिश्र)
एवं ब्रुवाणा विरहातुरा भृशं
     व्रजस्त्रियः कृष्णविषक्तमानसाः ।
विसृज्य लज्जां रुरुदुः स्म सुस्वरं
     गोविन्द दामोदर माधवेति ॥३१॥

श्री शुकदेवजी भन्नुहुन्छ–हे राजन ! यसरी श्री कृष्णमा आसक्त भएका श्री व्रजवासी गोपीहरुले उनको बिछोडमा व्याकुल भएर चर्को स्वरमा हे  गोविन्द ! हे दामोदर ! हे माधव ! भनेर सम्बोधन गर्दै रुन लागे ।।३१।। 

(अनुष्टुप्)
स्त्रीणामेवं रुदन्तीनामुदिते सवितर्यथ ।
अक्रूरश्चोदयामास कृतमैत्रादिको रथम् ॥३२॥

यसरी गोपिनी हरूरुँदारुँदै रात बित्यो भोलिपल्ट बिहान नहुँदै सन्ध्यावादन कर्म सकेर अक्रुरले रथ चलाइहाले ।।३२।। 

गोपास्तमन्वसज्जन्त नन्दाद्याः शकटैस्ततः ।
आदायोपायनं भूरि कुम्भान् गोरससम्भृतान् ॥३३॥

नन्द आदि गोपहरु पनि उपहारका लागि भनेर दुध दही घिउ आदि सामग्रीहरु गाडामा हालेर उनी सँगसँगै जान भनि हिँडे ।।३३।।

गोप्यश्च दयितं कृष्णमनुव्रज्यानुरञ्जिताः ।
प्रत्यादेशं भगवतः काङ्‌क्षन्त्यश्चावतस्थिरे ॥३४॥

यसै बेलामा कृष्णको वियोगमा दुःखी भएका गोपिनीहरू पनि आफ्ना प्राण प्यारा कृष्ण नजिक आए र भगवानले केही आश्वासन दिनुहुन्छ कि भनेर उहाँको नजिकै उभिँदै ।।३४।। 

तास्तथा तप्यतीर्वीक्ष्य स्वप्रस्थाने यदूत्तमः ।
सान्त्वयामस सप्रेमैरायास्य इति दौत्यकैः ॥३५॥

भगवान श्रीकृष्णले आफू मथुरा जान लाग्दा गोपिनीहरू धेरै दुःखी भएको देखेर उहाँले प्रेमपूर्वक म फेरिफर्केर आउँछु भनेर सन्देश दिनुभयो ।।३५।। 

यावदालक्ष्यते केतुर्यावद् रेणू रथस्य च ।
अनुप्रस्थापितात्मानो लेख्यानीवोपलक्षिताः ॥३६॥

गोपिनीहरूले आफ्नो मन श्रीकृष्णमा नै पठाएका थिए । त्यसैले उनीहरुले मूर्तिमान भएर भगवान चढेको रथको उडेको धुलो देखुन्जेल हेरिरहे ।।३६।। 

ता निराशा निववृतुर्गोविन्दविनिवर्तने ।
विशोका अहनी निन्युर्गायन्त्यः प्रियचेष्टितम् ॥३७॥

गोपिनीहरूलाई श्रीकृष्ण फर्केर आउनुहुन्छ भन्ने आशा हराइसकेको थियो । उनीहरु निराश भई आफ्नो घरतिर फर्के र आफ्ना प्रियतम श्री कृष्णका लिलाहरूको गान गरेर शोकलाई शान्त पार्दै दिन बिताउन थाले ।।३७।। 

भगवानपि सम्प्राप्तो रामाक्रूरयुतो नृप ।
रथेन वायुवेगेन कालिन्दीमघनाशिनीम् ॥३८॥

हे राजन यता भगवान श्रीकृष्ण र बलराम पनि अक्रुरको रथमा बसेर वायुसमान सवार भएर सबै पापलाई नष्ट गर्ने यमुनाजीको तिरमा पुग्नुभयो ।।३८।। 

तत्रोपस्पृश्य पानीयं पीत्वा मृष्टं मणिप्रभम् ।
वृक्षषण्डमुपव्रज्य सरामो रथमाविशत् ॥३९॥

त्यहाँ उहाँले आफ्नो हात पाउ पखालेर यमुनाजीको स्वच्छ स्वादिलो जल पिउनुभयो त्यसपछि रुखको छारीमा उभ्याइ राखेको रथमा बलरामसँगै चढ्नुभयो ।।३९।। 

अक्रूरस्तावुपामन्त्र्य निवेश्य च रथोपरि ।
कालिन्द्या ह्रदमागत्य स्नानं विधिवदाचरत् ॥४०॥

त्यसपछि अक्रुरले श्रीकृष्ण बलरामलाई रथमा राखेर बिहानको कर्मका लागि त्यहाँ नजिक अनन्त नाम गरेको तीर्थमा आएर विधिवत स्नान गरे ।।४१।।

निमज्ज्य तस्मिन् सलिले जपन् ब्रह्म सनातनम् ।
तावेव ददृशेऽक्रूरो रामकृष्णौ समन्वितौ ॥४१॥

अक्रुरले स्नान गरिसकेपछि आफ्नो ब्रह्म गायत्री जप गर्न लागे जप गर्दागर्दै उनले त्यहाँ जलभित्र बलराम र श्रीकृष्ण दुवै भाइलाई सँगै बसिराखेको देखे । जसलाई उनले स्नान गर्नभन्दा अगाडि रथमा छोडेर आएका थिए ।।४१।। 

तौ रथस्थौ कथमिह सुतावानकदुन्दुभेः ।
तर्हि स्वित् स्यन्दने न स्त इत्युन्मज्ज्य व्यचष्ट सः ॥४२॥

भर्खर स्नान गर्नु भन्दा अगाडि बसुदेवका छोरा बलराम श्रीकृष्णलाई मैले रथमा छाडेर आएको हुँ । तर अहिले यहाँ जलमा कसरी आउनुभयो अब उहाँ बाहिर रथमा हुनुहुन्छ कि हुनुहुँदैन भनेर उनले लागि जलबाट टाउको बाहिर निकाले हेरे ।।४२।।

तत्रापि च यथापूर्वमासीनौ पुनरेव सः ।
न्यमज्जद् दर्शनं यन्मे मृषा किं सलिले तयोः ॥४३॥

त्यतिबेला उनले उहाँहरू पहिलेको अवस्थामै रथमै बसिरहेको देखे । यो देखेर अक्रुरलाई भ्रम भयो । उनी फेरि जलमा डुबे ।।४३।।

भूयस्तत्रापि सोऽद्राक्षीत् स्तूयमानमहीश्वरम् ।
सिद्धचारणगन्धर्वैरसुरैर्नतकन्धरैः ॥४४॥

यो मेरो भ्रम त होइन भनेर फेरि डुबल्की लाए त्यतिबेला पनि उहाँले अनन्त देव श्री शेष भगवानलाई जलमा विराजमान भइरहेको र सिद्ध चारण गन्धर्व एवं असुरहरुले पनि टाउको निहुराएर वहाँको स्तुति गरिरहेको देखे ।।४४।।

सहस्रशिरसं देवं सहस्रफणमौलिनम् ।
नीलाम्बरं विसश्वेतं शृङ्‌गैः श्वेतमिव स्थितम् ॥४५॥

उहाँ शेषजीका हजार हात थिए, हजारवटा फणा थियो र प्रत्येक फणामा मुकुटहरू सोभित भइरहेका थिए । उहाँको गोरो वर्ण थियो र निलाम्बर धारण गर्नुभएको थियो । कमलनाल समान अग्ला चुचुरा हरुले युक्त कैलाश पर्वत झैँ सुशोभित हुनुभएको थियो ।।४५।।

तस्योत्सङ्‌गे घनश्यामं पीतकौशेयवाससम् ।
पुरुषं चतुर्भुजं शान्तं पद्मपत्रारुणेक्षणम् ॥४६॥

चारुप्रसन्नवदनं चारुहासनिरीक्षणम् ।
सुभ्रून्नसं चरुकर्णं सुकपोलारुणाधरम् ॥४७॥

प्रलम्बपीवरभुजं तुङ्‌गांसोरःस्थलश्रियम् ।
कम्बुकण्ठं निम्ननाभिं वलिमत्पल्लवोदरम् ॥४८॥

उनै शेष भगवानको काखमा मेघ झैँ कालो वर्ण भएको रेशमी वस्त्र पहिरहनु भएको चार हात भएका र कमलको पात झैँ राताराता आँखा भएका प्रसन्न मुख मण्डल भएका मनोहर मुस्कान हेराई भएको लामा लामा हात कान र राम्रा गाला भएको लक्ष्मीपति पुरुषोत्तम भगवानलाई अक्रुरले देखे ।।४६– ४८ ।।

बृहत्कटितटश्रोणिकरभोरुद्वयान्वितम् ।
चारुजानुयुगं चारुजङ्‌घायुगलसंयुतम् ॥४९॥

तुङ्‌गगुल्फारुणनखव्रातदीधितिभिर्वृतम् ।
नवाङ्‌गुल्यङ्‌गुष्ठदलैर्विलसत्पादपङ्‌कजम् ॥५०॥

वहाँको ठूलो नितम्ब र कटीप्रदेश भएको हात्तीको सुडझैँ सुन्दर जाघ, घुडा, पिडुला, राता राता नङ, कोमल औंला र विभिन्न अलङ्कारले विभूषित हुनुभएको भगवानलाई अक्रुरले देखे ।।४९–५०।। 

सुमहार्हमणिव्रातकिरीटकटकाङ्‌गदैः ।
कटिसूत्रब्रह्मसूत्रहारनूपुरकुण्डलैः ॥५१॥

भ्राजमानं पद्मकरं शङ्‌खचक्रगदाधरम् ।
श्रीवत्सवक्षसं भ्राजत्कौस्तुभं वनमालिनम् ॥५२॥

त्यतिबेला भगवान अत्यन्त बहुमूल्य मणि जडिएको मुकुट, बाजुबन्ध, कर्दनी, हार, नुपुर र कुण्डलले अलंकृत हुनुभएको थियो । उहाँको हातमा पद्म ]ले शोभा पाइरहेको थियो । अरु हातमा चक्र शंख र गदा लिनुभएको थियो भने बक्षस्थलमा श्री चिन्ह र गलामा कौस्तुभ मणि धारण गर्नुभएको थियो ।।५१–५२।।

सुनन्दनन्दप्रमुखैः पर्षदैः सनकादिभिः ।
सुरेशैर्ब्रह्मरुद्राद्यैर्नवभिश्च द्विजोत्तमैः ॥५३॥

प्रह्रादनारदवसुप्रमुखैर्भागवतोत्तमैः ।
स्तूयमानं पृथग्भावैर्वचोभिरमलात्मभिः ॥५४॥

त्यसैगरी भगवानलाई नन्द सुनन्द आदि पार्षदहरु सनकादी आदि ऋषिहरु ब्रह्मा शंकर आदि देवताहरु प्रजापतिहरु प्रल्लाद नारद आदि भगवानका परम प्रेमी भक्तहरू र अष्टवसुले भगवानलाई भिन्न भिन्न भाव अनुसार विनम्र बाणीले उहाँको स्तुति गरिरहनु भएको थियो ।।५३–५४।। 

श्रिया पुष्ट्या गिरा कान्त्या कीर्त्या तुष्ट्येलयोर्जया ।
विद्ययाविद्यया शक्त्या मायया च निषेवितम् ॥५५॥

त्यसैगरी लक्ष्मी, पुष्टि, सरस्वती, कान्ति, कृति र तुष्टि सडैश्वर्य शक्ति पृथ्वी सामर्थ्य रूप ऊर्जाशक्ति मोक्ष दिने ज्ञान उपासना विद्या बन्धन अविद्या र मायाद्वारा सेवा गरिरहेको अवस्थामा भगवानलाई अक्रुरले देखे ।।५५।।

विलोक्य सुभृशं प्रीतो भक्त्या परमया युतः ।
हृष्यत्तनूरुहो भाव परिक्लिन्नात्मलोचनः ॥५६॥

गिरा गद्गूदयास्तौषीत् सत्त्वमालम्ब्य सात्वतः ।
प्रणम्य मूर्ध्नावहितः कृताञ्जलिपुटः शनैः ॥५७॥

यसरी अक्रुरले भगवानलाई जलभित्र देखेपछि खुशीले गदगद भए । उनका शरीरका सबै रौँहरू ठाडा भए । भगवान प्रतिको प्रेमका कारण उनी भावुक बने उनको आँखा आँसुले भरियो र उनी बिस्तारै बिस्तारै आफूलाई सम्हालेर धैर्य धारण गर्दै भगवान लाई सिर झुकाएर नमस्कार गरी र दुई हात जोडेर भगवानको स्तुति गर्न लागे ।।५६–५७।। 

इति श्रीमद्भा्गवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे अक्रूरप्रतियाने एकोन्चत्वारिंशोऽध्यायः ॥ ३९ ॥