#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

नवमः स्कंधः - विंशोऽध्यायः


श्रीमद्‌भागवत महापुराण
नवमः स्कंधः - विंशोऽध्यायः


श्रीशुक उवाच 
पूरोर्वंशं प्रवक्ष्यामि यत्र जातोऽसि भारत । 
यत्र राजर्षयो वंश्या ब्रह्मवंश्याश्च जज्ञिरे ॥ १ ॥ 

श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! अब म राजा पुरुवंशको वर्णन गर्नेछु । तिम्रो जन्म यही वंशमा भयो । यस वंशमा धेरै राजर्षि र ब्रह्मर्षि पनि यस भए ।।१।।

जनमेजयो ह्यभूत् पूरोः प्रचिन्वांस्तत्सुतस्ततः । 
प्रवीरोऽथ मनुस्युर्वै तस्माच्चारुपदोऽभवत् ॥ २ ॥ 

पुरुकाका छोरा जनमेजय भऐ । जनमेजयका छोरा प्रचिन्वान, प्रचिन्वानका प्रवीर, प्रवीरका नमस्यु र नमस्युका छोरा चारुपद भए ।।२।। 

तस्य सुद्युरभूत् पुत्रस्तस्माद् बहुगवस्ततः । 
संयातिस्तस्याहंयाती रौद्राश्वस्तत्सुतः स्मृतः ॥ ३ ॥ 

चारुपदबाट सुद्यु, सुद्युबाट, बहुगव बहुगवबाट, संयाति, संयातिबाट अहंयाति र अहंयातिबाट रौद्राश्व भयो ।।३।।

ऋतेयुस्तस्य कक्षेयुः स्थण्डिलेयुः कृतेयुकः । 
जलेयुः सन्नतेयुश्च धर्मसत्यव्रतेयवः ॥ ४ ॥ 

दशैतेऽप्सरसः पुत्रा वनेयुश्चावमः स्मृतः । 
घृताच्यामिन्द्रियाणीव मुख्यस्य जगदात्मनः ॥ ५ ॥ 

परीक्षित ! जसरी विश्वात्मा मुख्य प्राणबाट दश इन्द्रियहरू उत्पन्न हुन्छन्, त्यसैगरी रुद्राश्वका दश छोरा भए– जुन रितेयु, कुक्षेयु, स्थान्डिलेयू, कृतेयु, जलेयु, सन्ततेयू, धर्मेयू, सत्येयु, व्रतेयु र कान्छो वनेयु ।।४–५।।

ऋतेयो रन्तिभारोऽभूत् त्रयस्तस्यात्मजा नृप । 
सुमतिर्ध्रुवोऽप्रतिरथः कण्वोऽप्रतिरथात्मजः ॥ ६ ॥ 

परीक्षित ! तीमध्ये रितेयुका छोरा रन्तिभार भए र रन्तिभारका तीन छोरा थिए– सुमती ध्रुव र अप्रतिरथ । अप्रतिरथका छोराको नाम कण्व थियो ।।६।।

तस्य मेधातिथिस्तस्मात् प्रस्कण्वाद्या द्विजातयः । 
पुत्रोऽभूत् सुमते रेभ्यो दुष्यन्तस्तत्सुतो मतः ॥ ७ ॥ 

कण्वको छोरो मेधातिथि भयो । यसैबाट मेधातिथि, प्रस्कण्व आदि ब्राह्मणहरूको जन्म भयो । सुमतिका छोरा रैभ्य, रैभ्यका छोरा दुष्यन्त भए ।।७।।

दुष्यन्तो मृगयां यातः कण्वाश्रमपदं गतः । 
तत्रासीनां स्वप्रभया मण्डयन्तीं रमामिव ॥ ८ ॥ 

विलोक्य सद्यो मुमुहे देवमायामिव स्त्रियम् । 
बभाषे तां वरारोहां भटैः कतिपयैर्वृतः ॥ ९ ॥ 

एक पटक दुष्यन्त आफ्ना केही सिपाहीहरूसँग शिकार गर्न जंगलमा गएका थिए । त्यहींबाट उनीहरु कण्व ऋषिको आश्रममा पुगे । त्यो आश्रममा देवमाया जस्तै सुन्दरी नारी बसेकी थिइन् । उनको लक्ष्मीजस्तो शरीरको तेजले त्यो आश्रम चम्किरहेको थियो । ती सुन्दरीलाई देख्नेबित्तिकै दुष्यन्त मोहित भए र उनीसँग कुरा गर्न थाले ।।८–९।। 

तद्दर्शनप्रमुदितः संनिवृत्तपरिश्रमः । 
पप्रच्छ कामसन्तप्तः प्रहसञ्श्लक्ष्णया गिरा ॥ १० ॥ 

तीनलाई देखेर उनलाई धेरै आनन्द आयो । कामवासना जाग्यो । एकछिनको थकान मेटिएपछि मुस्कुराउँदै मीठो स्वरमा सोधे– ।।१०।।

का त्वं कमलपत्राक्षि कस्यासि हृदयङ्‌गमे । 
किं वा चिकीर्षितं त्वत्र भवत्या निर्जने वने ॥ ११ ॥ 

कमल जस्तै सुन्दर आँखा भएकी देवी ! तिमी को हौ र कसको छोरी ? मेरो मनलाई आकर्षित गर्ने सुन्दरी ! तिमी यो सुनसान जंगलमा बसेर के गर्न चाहन्छ्यौ ।। ११।।

व्यक्तं राजन्यतनयां वेद्‌म्यहं त्वां सुमध्यमे । 
न हि चेतः पौरवाणामधर्मे रमते क्वचित् ॥ १२ ॥ 

सुन्दरी ! तिमी क्षत्रियकी छोरी हौ भनेर मैले स्पष्ट बुझें । किनकी पुरुवंशिहरुको मन कहिल्यै अधर्म तिर झुक्दैन ।।१२।।

शकुन्तलोवाच 
विश्वामित्रात्मजैवाहं त्यक्ता मेनकया वने । 
वेदैतद् भगवान् कण्वो वीर किं करवाम ते ॥ १३ ॥ 

शकुन्तलाले भनिन्– ‘तपाईले जे भन्नुभयो त्यो सत्य हो । म विश्वामित्रजीकी छोरी हुँ । अप्सरा मेनकाले मलाई जंगलमा छोडेर गएकी थिइन् । यसको साक्षी मलाई पालनपोषण गर्ने महर्षि कण्व हुनुहुन्छ । हे वीर शिरोमणी ! म तपाईको के सेवा गरौं ? ।।१३।।

आस्यतां ह्यरविन्दाक्ष गृह्यतामर्हणं च नः । 
भुज्यतां सन्ति नीवारा उष्यतां यदि रोचते ॥ १४ ॥ 

कमलनयन ! तपाईं यहाँ बस्नुहोस् र हामी तपाईंलाई जे स्वागत गर्छौं त्यसलाई स्वीकार गर्नुहोस् । आश्रममा अलिकता निवार (बनको धानको भात) छ । यदि तपाईं चाहनुहुन्छ भने, खाना खानुहोस् र यहीं बस्नुहोस् ।।१४।।

दुष्यन्त उवाच 
उपपन्नमिदं सुभ्रु जातायाः कुशिकान्वये । 
स्वयं हि वृणुते राज्ञां कन्यकाः सदृशं वरम् ॥ १५ ॥ 

दुष्यन्तले भने– ’सुन्दरी ! तिमी कुशिकवंशमा जन्मेका हौ, त्यसैले यस्तो आतिथ्य तिम्रो लागि योग्य नै हो । किनभने राजकुमारीहरू आफैं उपयुक्त पति छनौट गर्छन् ।।१५।।

ओमित्युक्ते यथाधर्ममुपयेमे शकुन्तलाम् । 
गान्धर्वविधिना राजा देशकालविधानवित् ॥ १६ ॥ 

अमोघवीर्यो राजर्षिर्महिष्यां वीर्यमादधे । 
श्वोभूते स्वपुरं यातः कालेनासूत सा सुतम् ॥ १७ ॥ 

शकुन्तलाको अनुमति पाएपछि, देश, समय र शास्त्रको नियम जान्ने राजा दुष्यन्तले गन्धर्व रीतिरिवाज अनुसार विवाह गरे राजर्षि दुष्यन्तको वीर्य अचुक थियो । दुष्यन्तले राती त्यहीँ बसेर शकुन्तलासँग सहवास गरेर भोलिपल्ट बिहान राजधानी फर्के । जब समय आएपछि  शकान्तले एउटा पुत्र जन्माइन् ।।१७।।

कण्वः कुमारस्य वने चक्रे समुचिताः क्रियाः । 
बद्ध्वा मृगेन्द्रांस्तरसा क्रीडति स्म स बालकः ॥ १८ ॥ 

महर्षि कण्वले राजकुमारको जातीय संस्कारको अनुष्ठान वनमा नै गरे । त्यो केटा बाल्यकालमा यति बलियो थियो कि उसले जबरजस्ती ठूला सिंहहरूलाई बाँधेर उनीहरूसँग खेल्न सक्थ्यो। १८।

त्यो बालक भगवानको अंशाअवतार थियो र पराक्रमि पनि थियो । उनलाई साथमा लिएर स्त्रीमा श्रेष्ठ शकुन्तला आफ्नो पतिकहाँ पुगिन ।।१९।। 

तं दुरत्ययविक्रान्तमादाय प्रमदोत्तमा । 
हरेरंशांशसम्भूतं भर्तुरन्तिकमागमत् ॥ १९ ॥ 

राजा दुष्यन्तले आफ्नी निर्दोष पत्नी र छोरालाई स्वीकार गरेनन्, तब आकाशबाट एउटा आवाज आयो जसको वक्ता देखिएन र जुन सबैले सुनेका थिए ।।२०।।

यदा न जगृहे राजा भार्यापुत्रावनिन्दितौ । 
श्रृण्वतां सर्वभूतानां खे वागाहाशरीरिणी ॥ २० ॥ 

छोरा जन्माउनमा आमा भनेको खलाती जस्तै हुन । वास्तवमा छोरा नै बाबु हुन्छ, किनकी बाबु मात्र छोराको रुपमा जन्मिन्छन् । त्यसैले त दुष्यन्त ! तिमी शकुन्तलालाई अपमान  नगर, छोराको भरण पोषण गर ।।२१

माता भस्त्रा पितुः पुत्रो येन जातः स एव सः । 
भरस्व पुत्रं दुष्यन्त मावमंस्थाः शकुन्तलाम् ॥ २१ ॥ 

हे राजन ! वंश बढाउने छोराले आफ्नो पितालाई नरकबाट उध्दार गर्छ । शकुन्तलाले भनेको कुरा एकदम सहि हो। यो गर्भधारण गराउँने तिमी नै हौ ।।२२।। 

रेतोधाः पुत्रो नयति नरदेव यमक्षयात् । 
त्वं चास्य धाता गर्भस्य सत्यमाह शकुन्तला ॥ २२ ॥ 

पितर्युपरते सोऽपि चक्रवर्ती महायशाः । 
महिमा गीयते तस्य हरेरंशभुवो भुवि ॥ २३ ॥ 

परीक्षित ! पिता दुष्यन्तको मृत्युपछि उनै परम यशस्वी बालक चक्रवर्ती सम्राट बने । उनी ईश्वरको अंशबाट जन्मेका थिये । आज पनि धर्तीमा उनको महिमा गाइन्छ ।।२३।।

चक्रं दक्षिणहस्तेऽस्य पद्मकोशोऽस्य पादयोः । 
ईजे महाभिषेकेण सोऽभिषिक्तोऽधिराड् विभुः ॥ २४ ॥ 

उनको दाहिने हातमा चक्र चिन्ह र खुट्टामा कमलको फूल थियो । महाभिषेक विधिद्वारा राजाधिराजको पदमा अभिषेक गरिएको थियो । भरत एक शक्तिशाली राजा थिए ।।२४।। 

पञ्चपञ्चाशता मेध्यैर्गङ्‌गायामनु वाजिभिः । 
मामतेयं पुरोधाय यमुनामनु प्रभुः ॥ २५ ॥ 

अष्टसप्ततिमेध्याश्वान् बबन्ध प्रददद् वसु । 
भरतस्य हि दौष्यन्तेरग्निः साचीगुणे चितः । 
सहस्रं बद्वशो यस्मिन् ब्राह्मणा गा विभेजिरे ॥ २६ ॥ 

भरतले ममताका छोरा दिर्घतमा मुनिलाई पुरोहित बनाएर  गंगासागरदेखि गंगोत्रीसम्म गंगाको किनारमा एकपछि अर्को गरी पचपन्न अश्वमेध यज्ञ गरे । त्यसैगरी यमुनाको किनारमा प्रयागदेखि यमुनोत्रीसम्म उनले अठहत्तर अश्वमेध यज्ञ गरे । यी सबै यज्ञहरूमा उहाँले ठुलो धनराशी दान गरेका थिए । दुष्यन्त कुमार भरतले गरेको अग्निको स्थापना उत्तम ठाउँमा गरिएको थियो । त्यस ठाउँमा भरतले यति धेरै गाईहरू दान दिएका थिए कि एक हजार ब्राह्मणमध्ये प्रत्येक ब्राह्मणले एक एक बध्द (१३०८४) गाई पाए ॥ २५–२६ ॥ 

त्रयस्त्रिंशच्छतं ह्यश्वान् बद्ध्वा विस्मापयन् नृपान् । 
दौष्यन्तिरत्यगान्मायां देवानां गुरुमाययौ ॥ २७ ॥ 

यसरी राजा भरतले ती यज्ञहरूलाई एक सय तेत्तीस (५५+७८) घोडा बाँधेर (१३३ यज्ञ गरेर) सबै नरपतिहरूलाई अचम्ममा पारे । यी यज्ञहरूद्वारा राजा भरतले यस संसारमा परम कीर्ति मात्र प्राप्त गरेनन्, अन्तमा उहाँले मायालाई जितेर देवताहरूका परम गुरु भगवान श्रीहरिलाई प्राप्त गरे ।।२७।।
 
मृगान् शुक्लदतः कृष्णान् हिरण्येन परीवृतान् । 
अदात्कर्मणि मष्णारे नियुतानि चतुर्दश ॥ २८ ॥ 

यज्ञमा कर्म हुन्छ। (मश्णार) त्यसमा भरतले सेतो दाँत र कालो रंग भएका चौध लाख हात्तीहरू दान दिए ।।२८।।

भरतस्य महत् कर्म न पूर्वे नापरे नृपाः । 
नैवापुर्नैव प्राप्स्यन्ति बाहुभ्यां त्रिदिवं यथा ॥ २९ ॥ 

भरतले जुन महान् कर्म गरे यो त न त पहिले कुनै राजाले गरेका थिए न भविष्यमा कसैले गर्न सक्नेछन् । के कसैले हातले स्वर्ग छुन सक्छ ? ।।२९।।

किरातहूणान् यवनानंध्रान् कंकान् खगाञ्छकान् । 
अब्रह्मण्यान् नृपांश्चाहन् म्लेच्छान् दिग्विजयेऽखिलान् ॥ ३० ॥ 

दिग्विजयको समयमा भरतले किरात, हुण, यवन, अन्ध्र, कंक, खस, शक र म्लेच्छ जस्ता सबै ब्राह्मण विरोधी राजाहरूलाई मारेका थिए ।।३०।।

जित्वा पुरासुरा देवान् ये रसौकांसि भेजिरे । 
देवस्त्रियो रसां नीताः प्राणिभिः पुनराहरत् ॥ ३१ ॥ 

पहिलो युगमा शक्तिशाली राक्षसहरूले देवताहरूलाई जितेका थिए र तिनीहरू रसातलमा बस्न थाले । त्यतिबेला उनले धेरै देवीहरूलाई रसातलमा लगेका थिए । राजा भरतले फेरि मुक्त गरे ।।३१।।

सर्वान् कामान् दुदुहतुः प्रजानां तस्य रोदसी । 
समास्त्रिणवसाहस्रीर्दिक्षु चक्रमवर्तयत् ॥ ३२ ॥ 

स सम्राड् लोकपालाख्यमैश्वर्यमधिराट् श्रियम् । 
चक्रं चास्खलितं प्राणान् मृषेत्युपरराम ह ॥ ३३ ॥ 

उनको राज्यमा पृथ्वी र आकाशले जनताका सबै आवश्यकताहरू पूरा गर्थे 
। भरतले सत्ताईस हजार वर्षसम्म सबै दिशामा एकछत्र शासन गरे । अन्तमा सार्वभौम सम्राट भरतले ऐश्वर्य, सार्वभौभ सम्पत्ति, अखंड शासन र यो जीवन पनि भ्रम हो भनी निश्चय गरेर उनी संसारप्रति उदासीन भए ।।३३।।

तस्यासन् नृप वैदर्भ्यः पत्न्य स्तिस्रः सुसम्मताः । 
जघ्नुस्त्यागभयात् पुत्रान् नानुरूपा इतीरिते ॥ ३४ ॥ 

परीक्षित ! विदर्भ राजाका तीन छोरीहरू राजा भरतका पत्नीहरू थिए । पत्नीहरुलाई उनी धेरै सम्मान गर्दथे । तर जब भरतले उनीहरूलाई आफ्ना छोराहरू मेरालागि योग्य छैनन् भने तब उनीहरु हामीलाई सम्राटले त्याग्ने हुन् कि भनेर रानीहरु डराए । यसकारण उनीहरूले आफ्ना सन्तानलाई मारेका थिए ।।३४।।

तस्यैवं वितथे वंशे तदर्थं यजतः सुतम् । 
मरुत्स्तोमेन मरुतो भरद्वाजमुपाददुः ॥ ३५ ॥ 

यसरी सम्राट भरतको वंश बिनाश हुन थाल्यो । त्यसैले उनले आफ्ना सन्तानका लागि ‘मरुत्स्तोम’ नामक यज्ञ गरे। यसबाट मरुद्गणहरू प्रसन्न भए र भरतलाई भारद्वाज नाम गरेका छोरो दिए ।।३५।। 

अन्तर्वत्न्यां  भ्रातृपत्न्यां  मैथुनाय बृहस्पतिः । 
प्रवृत्तो वारितो गर्भं शप्त्वा वीर्यमुपासृजत् ॥ ३६ ॥ 

भरद्वाजको उत्पत्तिको सन्दर्भ यस्तो छ कि एक पटक बृहस्पतिजीले आफ्ना भाइ उतथ्यकी गर्भवती पत्नीसँग सहवास गर्न चाहेका थिए । त्यसबेला जुन गर्भमा रहेको बालक (दीर्घातमा)ले इन्कार गरे । तर बृहस्पति जीले उनको कुरामा ध्यान दिएनन् र उनलाई ‘तिमी अन्धो बन’ भनि श्राप दिए र बलपूर्वक गर्भाधान गरे ।।३६।। 

तं त्यक्तुकामां ममतां भर्तुत्यागविशङ्‌किताम् । 
नामनिर्वाचनं तस्य श्लोकमेनं सुरा जगुः ॥ ३७ ॥ 

यो कुराले उतथ्यकी पत्नी ममता धेरै डराइन् उनलाई उनी अफ्ना श्रीमानले आफूलाई नत्यागुन भनेर बृहस्पतिको गर्भलाई त्याग्न चाहिन्  । त्यसबेला देवताहरुले गर्भमा रहेको बालकको नाम निरुपण गर्ने त्यो श्लोक भने ।।३७।।

मूढे भर द्वाजमिमं भर द्वाजं बृहस्पते । 
यातौ यदुक्त्वा पितरौ भरद्वाजस्ततस्त्वयम् ॥ ३८ ॥ 

बृहस्पतिजी भन्नुहुन्छ, ‘ए मुर्ख ! यो मेरो औरस र मेरो भाइको क्षेत्रज हो – त्यसैले उहाँ दुवै पुत्र (द्वाज) हुन् त्यसैले नडराऊ, दुवैको पालन पोषण गर । त्यस समयमा ममताले भनिन्– ‘बृहस्पति ! यो मेरो पतिको छोरो होइन, हामी दुवैको छोरा हो त्यसैले तपाईं आफैं यसको भरण पोषण गर्नुहोस् यसरी बाबुआमा दुवैले एक आपसमा वादबिवाद गरेर छोडे । त्यसैले यो बालकको नाम ‘भरद्वाज’ भयो ।।३८।। 

चोद्यमाना सुरैरेवं मत्वा वितथमात्मजम् । 
व्यसृजन् मरुतोऽबिभ्रन् दत्तोऽयं वितथेऽन्वये ॥ ३९ ॥ 

देवताहरूले यस नामको यसरी व्याख्या गरे पनि ममताले अझै पनि यो मेरो छोरा वितथ अर्थात् अन्यायबाट जन्मेको हो भनी सोचेर उनले त्यो बालकलाई छाडिदिइन् । तब मरुद्गणहरूले यसलाई पाले जब राजा भरतको वंश नष्ट हुन थाल्यो, उनीहरूले यसलाई ल्याए र उनीहरूलाई दिए । यही वित्तथ (भारद्वाज) भरतको धर्मपुत्र बने ।।३९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां 
संहितायां नवमस्कन्धे विंशोऽध्यायः ॥ २० ॥