॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशः स्कंधः – सप्तदशोऽध्यायः
श्रीमद्भागवत महापुराण
एकादशः स्कंधः – सप्तदशोऽध्यायः
यत्त्वयाऽभिहितः पूर्वं धर्मस्त्वद्भक्तिलक्षणः ।
वर्णाश्रमाचारवतां सर्वेषां द्विपदामपि ।। १।।
यथाऽनुष्ठीयमानेन त्वयि भक्तिर्नृणां भवेत् ।
स्वधर्मेणारविन्दाक्ष तत् समाख्यातुमर्हसि ।। २ ।।
उद्धवले भन्नुभयो– हे भगवन् ! हजुरले पहिला पूर्वकाल मैं धर्म र आश्रम धर्म को पालना गर्ने मानिसका लागि हजुरलाई प्राप्त हुने साधनको उपदेश दिनुभएको थियो । अब हजुरमा भक्ति बढाउनको लागि मानिसले कुन प्रकारको अनुष्ठान गर्नु पर्दछ ? त्यस बारेमा बताउनुहोस् ।।१–२।।
पुरा किल महाबाहो धर्मं परमकं प्रभो ।
यत्तेन हंसरूपेण ब्रह्मणेऽभ्यात्थ माधव ।। ३।।
हे लामा लामा हात भएका माधव ! निश्चय नै पहिले हजुरले हंस रुपको अवतार लिएर ब्रह्माजीलाई परमधर्मको उपदेश दिनुभएको थियो ।।३।।
स इदानीं सुमहता कालेनामित्रकर्शन ।
न प्रायो भविता मत्र्यलोके प्रागनुशासितः ।। ४ ।।
लामा लामा हात हुने हे प्रभो ! हे शत्रुनाशक भगवन् ! त्यो धर्म अहिले धेरै समय भएकोले पहिले बताएको धर्म पृथ्वीलोकमा प्रायः गरेर बाँकी रहेको छैन ।। ४ ।।
वक्ता कर्ताऽविता नान्यो धर्मस्याच्युत ते भुवि ।
सभायामपि वैरिञ्च्यां यत्र मूर्तिधराः कलाः ।। ५ ।।
हे अच्युत ! पृथ्वीमा र जहाँ वेदशास्त्रहरू मूर्तिमान भएर विराजमान भएका छन्, त्यस्तो ब्रह्माको सभामा पनि हजुरले बताएको धर्म भन्न प्रवचन गर्न सक्ने र संरक्षण गर्न सक्ने हजुर बाहेक अरु कोही छैन ।।५।।
कत्र्राऽवित्रा प्रवक्त्रा च भवता मधुसूदन ।
त्यक्ते महीतले देव विनष्टं कः प्रवक्ष्यति ।। ६ ।।
हे मधुसूदन । यस धर्मका धर्मका प्रवर्तक रक्षक र उपदेश दिने वक्ता हुनुभएका हजुरले यो पृथ्वीलोक छाडेर जान ुभएपछि यो नष्ट भएको धर्मलाई कसले बताउने छ ।।६।।
तत्वं नः सर्वधर्मज्ञ धर्मस्त्वद्भक्तिलक्षणः ।
यथा यस्य विधीयेत तथा वर्णय मे प्रभो ।। ७ ।।
हे सबै धर्म जान्ने प्रभो ! त्यसैले हजुरको भक्ति प्राप्त गराउने धर्मको लक्षण हाम्रा धर्मको लक्षणको बारेमा जसरी विधान गरिएको छ, त्यसरी मलाई बताइदिनुहोस् ।।७।।
श्रीशुक उवाच
इत्थं स्वभृत्यमुख्येन पृष्टः स भगवान् हरिः ।
प्रीतः क्षेमाय मत्र्यानां धर्मानाह सनातनान् ।। ८ ।।
शुकदेवले भन्नुभयो– आफ्ना मुख्य भक्त भएका उद्धवले यसरी सोध्नु भएपछि, भगवान् कृष्णले प्रसन्न भएर मानिसको कल्याणको लागि सनातन धर्मको उपदेश भन्न लाग्नुभयो ।। ८ ।।
श्रीभगवानुवाच
धम्र्य एष तव प्रश्नो नैःश्रेयसकरो नृणाम् ।
वर्णाश्रमाचारवतां तमुद्धव निबोध मे । ९ ।।
भगवान्ले भन्नुभयो– हे उद्धव ! यो तिम्रो प्रश्न ज्यादै धर्ममय छ र वर्णाश्रमको आचरणमा रहने मनुष्यको लागि यो धर्म परमकल्याण स्वरुप छ, त्यस्तो धर्म म तिमीलाई सुनाउछु, सुन ।। ९ ।।
आदौ कृतयुगे वर्णो नृणा हंस इति स्मृतः ।
कृत्यकृत्याः प्रजा जात्या तस्मात् कृतयुगं विदुः ।। १० ।।
कल्पको सुरुमा सत्ययुग थियो र त्यो युगमा मनुष्यको हंस’ नामको यौटै मात्र वर्ण थियो । त्यस युगका मानिस जन्मले नै कृतकृत्य थिए त्यसैले त्यस युगलाई कृतयुग भनेर भनियो ।।१०।।
वेदः प्रणव एवाग्रे धर्मोऽहं वृषरूपधृक् ।
उपासते तपोनिष्ठा हंसं मा मुक्तकिल्बिषाः ।। ११ ।।
त्यो सत्ययुगमा केवल (प्रणव) ओंकार नै वेदस्वरूप थियो । म वृषभरुपधारी धर्म थिएं । त्यस समयका मानिस सबै पापबाट रहित थिएं उनीहरु हंसरुप म परमात्माको उपासना गर्दथे ।।११।।
त्रेतामुखे महाभाग प्राणान्मे हृदयात् त्रयी ।
विद्या प्रादुरभूत्तस्या अहमासं त्रिवृन्मखः ।। १२ ।।
हे भाग्यशाली उद्धव ! त्रेतायुगको आरम्भमा मेरो हृदयबाट चल्ने भएको प्राण अर्थातश् वास प्रश्वासद्वारा ऋक्, यजु र साम यी त्रयी विद्या प्रकट भए । त्यही त्रयी विद्याबाट होता, अध्वर्यु र उद्गाताका कर्मरूप यज्ञको रुपमा म प्रकट भएँ ।।१२।।
विप्रक्षत्रियविट्शूद्रा मुखबाहूरुपादजाः ।
वैराजात् पुरुषाज्जाता य आत्माचारलक्षणाः ।। १३ ।।
विराट् पुरुषको मुखबाट ब्राह्मण, हातबाट क्षत्रिय, तिघ्राबाट वैश्य र पाउबाट शूद्र उत्पन्न भएव । यसरी उनीहरुको पहिचान र स्वभाव आचरणबाट थाहा हुन्छ ।।१३।।
गृहाश्रमो जघनतो ब्रह्मचर्यं हृदो मम ।
वक्षःस्थानाद् वने वासो न्यासः शीर्षणि संस्थितः ।। १४ ।।
म विराट् पुरुषकै तिघ्राबाट गृहास्थाश्रम, हृदयबाट ब्रह्मचर्य, वक्षस्थलबाछ वानप्रस्थ र शिर वा मस्तकबाट सन्यास आश्रम उत्पन्न भयो । १४ ।।
वर्णानामाश्रमाणां च जन्मभूम्यनुसारिणीः ।
आसन् प्रकृतयो नृणां नीचैर्नीचोत्तमोत्तमाः ।। १५ ।।
त्यसरी उत्पन्न भएका चार वर्ण र चार आश्रममा रहेका मानिसको स्वभाव पनि नीच अङ्गबाट उत्पन्न हुनेको नीच स्वभाव र उत्तम अङ्गबाट उत्पन्न हुनेको उत्तम स्वभाव भयो ।।१५।।
शमो दमस्तपः शौचं सन्तोषः क्षान्तिरार्जवम् ।
मद्भक्तिश्च दया सत्यं ब्रह्मप्रकृतयस्त्विमाः ।। १६ ।।
शम, दम, तपस्या, पवित्रता, सन्तोष, क्षमा, कोमलता, मेरो भक्ति, दया, सत्य यिनीहरू ब्राह्मणका स्वभाव हुन् ।।१६।।
तेजो बलं धृतिः शौर्यं तितिक्षौदार्यमुद्यमः ।
स्थैयं ब्रह्मण्यतैश्वर्यं क्षत्रप्रकृतयस्त्विमाः ।। १७ ।।
तेज, बल, धैर्य, वीरता, सहनशीलता, उदारता, उद्योग, स्थिरता, ब्राह्मणभक्ति र ऐश्वर्य यी क्षत्रियका स्वभाव हुन् ।।१७।।
आस्तिक्यं दाननिष्ठा च अदम्भो ब्रह्मसेवनम् ।
अतुष्टिरथपचयैर्वैश्यप्रकृतयस्त्विमाः ।। १८ ।।
आस्तिकता, दानी, दम्भहीनता, ब्राह्मणसेवा, धन बटुल्नु, धन संचय बाट असन्तुष्टि यी वैश्यका स्वभाव हुन् ।।१८।।
शुश्रूषणं द्विजगवां देवानां चाप्यमायया ।
तत्र लब्धेन सन्तोषः शूद्रप्रकृतयस्त्विमाः ।। १९ ।।
ब्राह्मणा, गाईको र देवताको निष्कपट भावले सेवा गर्ने र त्यसबाट प्राप्त वस्तुले सन्तोष हुनु यी शूद्र जातिको स्वभाव हो ।।१९।।
अशौचमनृतं स्तेयं नास्तिक्यं शुष्कविग्रहः ।
कामः क्रोधश्च तर्षश्च स्वभावोऽन्तेवसायिनाम् ।। २० ।।
अशुद्ध रहनु, झूटो बोल्नु, चोरी, नास्तिकता, विनाकारण झगडा, काम, क्रोध र बढी तृष्णा हुनु यी अन्त्यज अर्थात् चारवर्ण भिन्नको स्वभाव हो ।।२०।।
अहिंसा सत्यमस्तेयमकामक्रोधलोभतो ।
भूतप्रियहितेहा च धर्मोऽयं सार्ववर्णिकः ।। २१ ।।
हिंसा नगर्नु, सत्यतामा रहनु, चोरी नगर्नु, काम, क्रोध र लोभ नगर्नु, प्रसन्न भएर सबैमा प्रेम गर्नु, सबैको हित चाहानु यो चारै वर्णको साधारण धर्म हो ।।२१।।
द्वितीयं प्राप्यानुपूव्र्याज्जन्मोपनयनं द्विजः ।
बसन् गुरुकुले दान्तो ब्रह्माधीयीत चाहुतः ।। २२ ।।
संस्कारको क्रमले यज्ञोपवित संस्कार रुप दोस्रो जन्म प्राप्त गरेर ब्राह्मण, क्षत्रिय र वैश्यले इन्द्रियलाई वशमा राखि आचार्यको अधिनमा रहेर वेदको अध्ययन गरोस् ।।२२।।
मेखलाजिनदण्डाक्षब्रह्मसूत्रकमण्डलून् ।
जटिलोऽधौतदद्वासोऽरक्तपीठः कुशान् दधत् ।। २३ ।।
त्यस्ता ब्रह्मचारीले मेखला, मृगचर्म, लौरो, अक्षमाला, जनै, कमण्डलु, जटाधारण गरुन् । सुन्दरताको लागि दाँत र कपडा नधुने र रङ्गीन आसनमा नबस्ने र सधैं कुश धारण गर्नुपर्दछ ।।२३।।
स्नानभोजनहोमेषु जपोच्चारे च वाग्यतः ।
न च्छिन्द्यान्नखरोमाणि कक्षोपस्थगतान्यपि ।। २४ ।।
नान, भोजन, होम, जप र दिशा पिसाव गर्दा मौन रहनु पर्दछ, नङ, काखीका र उपस्थका रौं पनि काट्न हुँदैन ।।२४।।
रेतो नावकिरेज्जातु ब्रह्मव्रतधरः स्वयम् ।
अवकीर्णेऽवगाह्याप्सु यतासुस्त्रिपदीं जपेत् ।। २५ ।।
ब्रह्मचर्यमा रहँदा कहिल्यै पनि जानी जानी वीर्य पतन गराउन हुँदैन, ब्रह्मचर्य व्रतमा रहनेले आफैं वीर्यपात भएमा जलमा स्नान गरी प्राणायामपूर्वक गायत्री जप गरोस् ।।२५।।
अ
ग्न्यर्काचार्यगोविप्रगुरुवृद्धसुराञ्छुचिः ।
समाहित उपासीत सन्ध्ये च यतवाग् जपन् ।। २६ ।।
ब्रह्मचारीले शुद्ध भएर एकाग्र चित्तले अग्नि, सूर्य, आचार्य, गाई, ब्राह्मण, गुरु, वृद्धजन र देवताको उपासना गरोस्र मौन भएर विहान बेलुका सन्ध्योपासना गरुन् ।२६।।
आचार्य मां विजानीयान्नावमन्येत कर्हिचित् ।
न मत्र्यबुद्ध्यासूयेत सर्वदेवमयो गुरुः ।। २७ ।।
आचार्यलाई मेरै स्वरुप मानेर उनको ईष्र्या वा अपमान नगरोस्, किनभने गुरु सर्व देवमय हुन् भन्ने बुझोस् ।।२७।।
सायं प्रातरुपानीय भैक्ष्यं तस्मै निवेदयेत् ।
यच्चान्यदप्यनुज्ञातमुपयुञ्जीत संयतः ।। २८ ।।
बिहान, बेलुका भिक्षाबाट प्राप्त भएको अन्न गुरुलाई अर्पण गरोस्, त्यसपछि गुरुको आज्ञा अनुसार जे प्राप्त हुन्छ त्यसलाई मौन भई भोजन गरोस् ।।२८।।
सुश्रूषमाण आचार्यं सदोपासीत नीचवत् ।
यानशय्यासनस्थानैर्नातिदूरे कृताञ्जलिः ।। २९ ।।
आचार्यको सेवा गर्दा वहाँलाई आफू सेवक समान सम्झेर नजिकमा रहेर हिँड्दा, सुत्दा, आदि कार्य गर्दा वहाँको नजिकमा रहेर गुरुको आज्ञा पालनमा तत्पर भई सधैं उपासना गरोस् ।।२९।।।
एवंवृत्तो गुरुकुले वसेद् भोगविवर्जितः ।
विद्या समाप्यते यावद् बिभ्रद् व्रतमखण्डितम् ।। ३० ।।
जबसम्म विद्या पढ्ने काम सकिदैन तवसम्म सबै प्रकारका भोगवासना बाट टाढा रहेर अखण्ड व्रतको धारणा गरेर गुरुकुलमा रहोस् ।।३०।।
यद्यसौ छन्दसां लोकमारोक्ष्यन् ब्रह्मविष्टपम् ।
गुरवे विन्यसेद् देहं स्वाध्यायार्थं बृहद्वृतः ।। ३१ ।।
यति भएपछि यदि ब्रह्मचारी वेदको निवासस्थान ब्रह्मलोकमा जान चाहन्छ भने उसले नैष्ठिकव्रतमा व्रतमा रहोस् जीवनभर वेद पढ्नका लागि आफ्नो शरीर गुरुमा अर्पण गरोस् ।।३१।।
अग्नौ गुरावात्मनि च सर्वभूतेषु मां परम् ।
अपृथग्धीरुपासीत ब्रह्मवर्चस्व्यकल्मषः ।। ३२ ।।
वेद अध्ययनले भेदवुध्दि हटेको र पाप रहित भएको ब्रह्मचारीले अग्निमा, गुरुमा, आफूमा र सबै प्राणीमा समान भावले मेरो उपासना गरोस् ।।३२।।
स्त्रीणां निरीक्षणस्पर्शसंलापक्ष्वेलनादिकम् ।
प्राणिनो मिथुनीभूतानगृहस्थोऽग्रतस्त्यजेत् ।। ३३ ।।
ब्रह्मचारीले स्त्रीलाई हेर्नु, स्पर्श गर्नु, तिनीसँग कुराकानि ख्यालठट्टा गर्न हुँदैन । अरु मैथुन गर्ने प्राणीतिर हेर्न पनि नहेर्नू ।।३३।।
शौचमाचमनं स्नानं सन्ध्योपासनमार्जवम् ।
तीर्थसेवा जपोऽस्पृश्याभक्ष्यासंभाष्यवर्जनम् ।। ३४ ।।
सर्वाश्रमप्रयुक्तोऽयं नियमः कुलनन्दन ।
मद्भावः सर्वभूतेषु मनोवाक्कायसंयमः ।। ३५ ।।
हे कुलनन्दन ! शौच, आचमन, स्नान, सन्ध्योपासन, सरलता, तीर्थको सेवा, जप गर्ने गर्नु । छुन नहुने कुरा छुने, खान नहुने कुरा खाने, बोल्न नहुनेसँग बोल्ने आदि कार्म नर्गु । मन, वचन र शरीरले संयमित भई सबै प्राणीमा मेरै भावना गर्नु, यी सबै आश्रममा रहनेले गर्ने धर्म हुन् । ३४–३५ ।।
एवं बृहद्व्रतधरो ब्राह्मणोऽग्निरिव ज्वलन् ।
मद्भक्तस्तीव्रतपसा दग्धकर्माशयोऽमलः ।। ३६ ।।
यसरी नैष्टिक व्रह्मचारी ब्राह्मणले यी सबै नियमको पालना गर्नाले अग्नि समान तेजस्वी हुँदै उसको कठोर तपस्याका कारण भएर चित्त सबै कर्म भष्म भएर निर्मल बन्दछ र मेरो अनन्य भक्त बन्दछ ।।३६।।
अथानन्तरमावेक्ष्यन् यथा जिज्ञासितागमः ।
गुरवे दक्षिणां दत्वा स्नायाद् गुर्वनुमोदितः ।। ३७ ।।
यसरी अध्ययन पुरा भएपछि यदि गृहस्थाश्रममा जाने इच्छा भए बिधिपूर्वक गुरुलाई दक्षिणा दिई गुरुको आज्ञा लिई समार्वतन संस्कारका लागि स्नान गरोस् ।।३७।।
गृहं वनं वोपविशेत् प्रव्रजेद् वा द्विजोत्तमः ।
आश्रमादाश्रमं गच्छेन्नान्यथा मत्परश्चरेत् ।। ३८ ।।
त्यसपछि व्रह्मचारी गृहस्थाश्रम अथवा वानप्रस्थाश्रम प्रवेश गरोस, विरक्त भए सन्यास आश्रममा जाओस्, अर्थात् यौटा आश्रमपछि आश्रममा जाओस्, मेरो भक्त यसको विरुद्ध आचरण नगरोस् ।।३८।।
गृहार्थी सदृशीं भार्यामुद्वहेदजुगुप्सिताम् ।
यवीयसीं तु वयसा तां सवर्णामनु क्रमात् ।। ३९ ।।
अर्का काम वासनाका लागि गृहस्थाश्रममा जान चाहने ब्रह्मचारीले आफु समान वर्णकी र आफुभन्दा कम उमेरकी कन्यासंग विवाह गरोस् ।।३९।।
इज्याध्ययनदानानि सर्वेषां च द्विजन्मनाम् ।
प्रतिग्रहोऽध्यापनं च ब्राह्मणस्यैव याजनम् ।। ४० ।।
यज्ञ गर्नु, पढ्नु र दान दिनु सबै ब्राह्मण, क्षत्रिय र वैश्यको धर्म हो तर दान लिने, पढाउने र यज्ञ गराउने यो वृत्ति चाहिं ब्राह्मणको मात्र हो ।।४०।।
प्रतिग्रहं मन्यमानस्तपस्तेजोयशोनुदम् ।
अन्याभ्यामेव जीवेत शिलैर्वा दोषदृक्तयोः ।। ४१ ।।
दान लिनाले तपस्या, तेज र कीर्ति नाश गर्ने हुनाले दान लिनलाई घातक सम्झने ब्राह्मणले पढाउने र यज्ञ गराउने कार्य गरेर जीविका चलाओस । यदि यो यज्ञ गराउने र अध्यापन गराउने कार्यमा पनि दोष देखिन्छ भने । खेतमा बाली काटेर उठाइसकेको ठाउँमा गएर सिला खोजेर जीविका चलाओस् ।।४१।।
ब्राह्मणस्य हि देहोऽयं क्षुद्रकामाय नेष्यते ।
कृच्छ्राय तपसे चेह प्रेत्यानन्तसुखाय च ।। ४२ ।।
निश्चय नै यो ब्राह्मणको शरीर विषयभोग आदि जस्तो कामनाको लागि बनेको होइन । यो जीवनमा सहन र तपस्या गर्न र शरीर छाडेपछि मोक्ष प्राप्ति गर्नको लागि हो । ४२।।
शिलोञ्छ्वृत्या परितुष्टचित्तो
धर्मं महान्तं विरजं जुषाणः ।
मय्यर्पितात्मा गृह एव तिष्ठ–
नातिप्रसक्तः समुपैति शान्तिम् ।। ४३ ।।
शिला खोजेको र भूईममा झरेको अन्नले जीविका चलाइर फलको कुनै इच्छा नगरी ब्यक्ति घरमै रहेर पनि आत्मालाई ममा अर्पण गरी, आसक्त रहित भएर जीवन निर्वाह गर्दा उसले परमशान्त प्राप्त गर्दछ । अर्थात मोक्ष प्राप्त गर्दछ ।।४३।।
समुद्धरन्ति ये विप्रं सीदन्तं मत्परायणम् ।
तानुद्धरिष्ये नचिरादापद्भ्यो नौरिवार्णवात् ।। ४४ ।।
जो ब्यक्ति दुःखमा परेका भगवान्का भक्त ब्राम्मणलाई उसको कस्टबाट बचाउँदछन्, ती उद्धार गर्ने मेरा भक्तलाई समुद्रमा डुबेका व्यक्तिलाई माझीले उद्धार गरेजस्तै आपत्तिबाट चाँडै नै म उद्धार गर्नेछु ।। ४४ ।।
सर्वाः समुद्धरेद् राजा पितेव व्यसनात् प्रजाः ।
आत्मानमात्मना धीरो यथा गजपतिर्गजान् ।। ४५ ।।
बाबुले आफ्ना सन्तानलाई रक्षा गरेजस्तै राजाले सबै प्रजालाई दुःखबाट रक्षा गर्नुपर्दछ, जसरी बुद्धिमान् हात्तीका राजाले बुद्धिद्वारा आफूलाई र अरु हात्तीलाई रक्षा गर्दछ ।।४५ ।।
एवंविधो नरपतिर्विमानेनार्कवर्चसा ।
विधूयेहाशुभं कृत्स्नमिन्द्रेण सह मोदते ।। ४६ ।।
जुन राजाले सदा आफ्ना प्रजाहरुको रक्षा गर्दछन् भने ती राजा सबै पापबाट मुक्त भएर अन्त्यमा सूर्य समान चम्किलो भएर स्वर्गलोकमा पुग्दछन् र इन्द्रसँगै बसेर सुखभोग गर्दछ ।।४६।।।
सीदन् विप्रो वणिग्वृत्या पण्यैरेवापदं तरेत् ।
खड्गेन वाऽऽपदाक्रान्तो नश्ववृत्त्या कथञ्चन ।।। ४७ ।।
यदि सिला खोजेर ब्राम्मणको वृत्ति चलेन भने वैश्यको वृत्ति व्यापारको कामबाट जीवन चलाओस्, यसबाट पनि भएन भने क्षत्रियको वृत्तिबाट दुःख टारोस्, तर नीच जातिको सेवा कहिल्यै नगरोस् ।।४७।।
वैश्यवृत्या तु राजन्यो जीवेन्मृगययाऽऽपदि ।
चरेद् वा विप्ररूपेण नश्ववृत्या कथञ्चन ।। ४८ ।।
क्षत्रियले आफ्नो वृत्तिबाट निर्वाह गर्न नसकेमा वैश्य वृत्ति व्यापार आदि कार्यबाट आफ्नो जीवन चलाओस् । त्यसबाट पनि भएन भने शिकार खेल्ने कामबाट अथवा ब्राह्मणको वृत्ति पढाउने कामबाट जीवन चलाओस्, तर नीच जातिको सेवा गरेर जीवन नचलाओस् ।।४८।।
शूद्रवृत्तिं भजेद् वैश्यः शूद्रः कारुकटक्रियाम् ।
कृच्छ्रान्मुक्तो न गह्र्येण वृत्तिं लिप्सेत कर्मणा ।। ४९ ।।
वैश्यलाई जीवन निर्वाह गर्न आपत् परेमा शूद्रको सेवा वृत्तिले निर्वाह गरोस्, शूद्र जातिलाई आपत् परेमा गुन्द्री, चकटी बुन्ने कामबाट जीवन निर्वाह गरोस् तर सबै जातीले आफ्नो कष्ट हटेपछि तल्ला जातिको निन्दित कामले धन कमाउने लोभ कसैले नगरून् ।।४९।।
वेदाध्यायस्वधास्वाहाबल्यन्नाद्यैर्यथोदयम् ।
देवर्षिपितृभूतानि मद्रूपाण्यन्वहं यजेत् ।। ५० ।।
गृहस्थले पञ्चयज्ञ गर्नुपर्दछ, जस्तो वेद अध्ययनरुप ब्रह्मयज्ञ, तर्पण रुप पितृयज्ञ, स्वाहा हवन रुप देवयज्ञ, वलिवैश्वदेव भनेको काकबलि आदि भूतयज्ञ र अन्नदानादि अतिथियज्ञ यी पाँच यज्ञद्वारा मेरै स्वरूप सम्झिएर देवता, पितृ, ऋषि र अरु प्राणीहरूको पनि सधैं पूजा गर्नु ।।५० ।।
यदृच्छ्योपपन्नेन शुक्लेनोपार्जितेन वा ।
धनेनापीडयन् भृत्यान् न्यायेनैवाहरेत् क्रतून् ।। ५१ ।।
गृहस्थले केही उद्योग नगरी आफैं प्राप्त भएको धनले र शुभकार्यद्वारा कमाएका धनले आफूले पालनपोषण गर्नुपर्ने परिवारलाई कुनै दुःख नदिई यज्ञपूजा आदि शुभकर्म गर्नुपर्दछ । ५१ ।।
कुटुम्बेषु न सज्जेत न प्रमाद्येत् कुटुम्ब्यपि ।
विपश्चिन्नश्वरं पश्येददृष्टमपि दृष्टवत् ।। ५२ ।।
हे उद्धव ! गृहस्थ भएर आफ्ना कुटुम्बमा आसक्त नहओस्, धेरै परिवारले युक्त भएपनि भगवत् भजनबाट पछि नहटोस् विवेकी पुरुषले यसलोकको वस्तु नाशवान भएझैं स्वर्गको वस्तु पनि नाशवान छ भन्ने भन्ने बुझेर स्वर्गादि सुखको कामना पनि नगरोस् ।।५२।।
पुत्रदाराप्तबन्धूनां सङ्गमः पान्थसङ्गमः ।
अनुदेहं वियन्त्येते स्वप्नो निद्रानुगो यथा ।। ५३ ।।
यी छोरा, स्त्री, मित्र, बन्धुको भेटभाट भनेको बाटो हिंडेको एक बटुवाले अर्को बटुवालाई भटेको जस्तै हो । सबै आ आफ्ना कामले शरीर लिएर आएका हुन् । काम सकिएपछि आफ्नै बाटो लाग्छन् । जसरी निदाउदा देखिएको सपना ब्युझिएपछि हराउँछ यो जीवन पनि त्यस्तै हो ।।५३।।
इत्थं परिमृशन्मुक्तो गृहेष्वतिथिवद् वसन् ।
न गृहैरनुबध्येत निर्ममो निरहङ्कृतः ।। ५४ ।।
यस्तो विविध देहआदि विषयलाई विचार गरेर सबै ममतालाई त्यागेर घरमा पाहुना जस्तै भएर बसोस् । यसो गर्दा उसलाई कुनै पनि बन्धनमा पर्नु पर्दैन । यसो गर्दा त झन जीवन मुक्त हुन जान्छ ।।५४।।
कर्मभिगृहमेधीयैरिष्ट्वा मामेव भक्तिमान् ।
तिष्ठेद् वनं वोपविशेत् प्रजावान् वा परिव्रजेत् ।। ५५ ।।
बुध्दिमान गृहस्थले गर्नुपर्ने जीवन कार्यहरु गरी मेरो नै पूजा गरी घरमा बसोस्, अथवा वानप्रस्थ भई वनमा बसोस्, अथवा छोरा छन् भने परिवारको पालनपोषण छोरालाई जिम्मा दिई सन्यास लेओस् ।।५५।।
यस्त्वासक्तमतिर्गेहे पुत्रवित्तैषणातुरः ।
स्त्रैणः कृपणधीर्मूढो ममाहमिति बध्यते ।। ५६ ।।
घर–व्यवहारमा नै आसक्त भएर पुत्र, स्त्री र धनको चाहनाले व्याकुल भएको, मन्दबुद्धि भएको मूर्ख व्यक्ति मेरो र म भन्दै सांसारिक बन्धनमा बाँधिन्छ ।।५६ ।।
अहो मे पितरौ वृद्धौ भार्या बालात्मजाऽऽत्मजाः ।
अनाथा मामृते दीनाः कथं जीवन्ति दुःखिताः ।। ५७ ।।
यसरी नै मेरो उमेर पुगेका मातापिता छन् । छोरा छोरी केटाकेटी नै छन् । यस्तो अवस्थामा म भइन भने कसरी यिनीहरु बाच्लान् । भन्ने यस्तो चिन्तन गर्दा गर्दै अन्धकार अवस्थामा पुग्दछ ।।
एवं गृहाशयक्षिप्तहृदयो मूढधीरयन् ।
अतृप्तस्ताननुध्यायन् मृतोऽन्धं विशते तमः ।। ५८ ।।
यसरी स्त्री, पुत्र र घर आदि वासनामा आसक्त भएर चित्त विक्षिप्त भएको यो मूर्ख विषयभोगबाट तृप्त नभएर तिनै विषयको चिन्तन गर्दै मर्दछ र घोर अन्धकारमा गएर पर्दछ ।। ५८ ।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे सप्तदशोऽध्यायः ।।१७।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment