#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – अष्टाविंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
चतुर्थः स्कन्धः – अष्टाविंशोऽध्यायः 



नारद उवाच –
(अनुष्टुप्)
सैनिका भयनाम्नो ये बर्हिष्मन् दिन्दिष्टकारिणः ।
प्रज्वारकालकन्याभ्यां विचेरुः अवनीमिमाम् ॥ १ ॥

नारदजीले भने– हे राजन ! फेरी भय नाम गरेका यमराजको आज्ञाकारी सैनिकहरू प्रज्वार र कालकन्याका साथ पृथ्वीमा सबैतिर डुल्नलागे ।।१।।                                                                         

ते एकदा तु रभसा पुरञ्जनपुरीं नृप ।
रुरुधुर्भौमभोगाढ्यां जरत्पन्नगपालिताम् ॥ २ ॥

एकपटक उनले धेरै वेगले बुढो साँपले सुरक्षित र संसारको सबैप्रकारको सुख सामाग्रीले सम्पन्न पुरञ्जनपुरीमा घेरा हाले ।।२।।

कालकन्यापि बुभुजे पुरञ्जनपुरं बलात् ।
ययाभिभूतः पुरुषः सद्यो निःसारतामियात् ॥ ३ ॥

त्यसको चंगुलमा फसेपछि  पुरुष चाढैं नै निःसार हुन्छ त्यो कालकन्या वालत्कारबाट त्यस पुरीका प्रजाहरू भाग्न थाले ।।३।।

तयोपभुज्यमानां वै यवनाः सर्वतोदिशम् ।
द्वार्भिः प्रविश्य सुभृशं प्रार्दयन् सकलां पुरीम् ॥ ४ ॥

त्यस समयमा ती यवन पनि कालकन्याद्वारा भोगिएको त्यस पुरीमा चारैतिरबाट फरक फरक द्वारबाट पसेर विध्वंस मच्चाउन लागे ।।४।।

तस्यां प्रपीड्यमानायां अभिमानी पुरञ्जनः ।
अवापोरुविधान् तापान् कुटुम्बी ममताकुलः ॥ ५ ॥

नगरलार्ई यसप्रकार पीडित गराउनले त्यहाँ त्यसकोे अभिमान राख्ने ममताले ग्रस्त राजा पुरञ्जनलार्ई अनेकप्रकारको क्लेशले सताउन लाग्यो ।।५।।

कन्योपगूढो नष्टश्रीः कृपणो विषयात्मकः ।
नष्टप्रज्ञो हृतैश्वर्यो गन्धर्वयवनैर्बलात् ॥ ॥ ६ ॥

कालकन्या संगको आलिंगनले उसकोे सबै श्री नष्ट भयो तथा अत्यन्त विषयशक्त हुनाले राजा धेरै दुखी भए । उनकोे विवेक शक्ति नष्ट भयो । गन्धर्भ र यवनहरूले वालत्कार गरेर उसकोे सबै ऐश्वर्य लुटे ।।६।।

विशीर्णां स्वपुरीं वीक्ष्य प्रतिकूलाननादृतान् ।
पुत्रान् पौत्रानुगामात्यान् जायां च गतसौहृदाम् ॥ ७ ॥

आत्मानं कन्यया ग्रस्तं पञ्चालान् अरिदूषितान् ।
दुरन्तचिन्तामापन्नो न लेभे तत्प्रतिक्रियाम् ॥ ८ ॥

उसले देख्यो कि सारा नगर नष्ट र भ्रष्ट भएको छ । छोरा, नाति, नोकर र अमात्य वर्गहरू प्रतिकुल भएर अनादर गर्न लागेका छन्. । स्त्री स्नेह सून्य भएको छ । शरीरलार्ई कालकन्याले वशमा राखेकी छ  र पाञ्चालदेश सत्रुहरूको हातमा परेर नष्ट भएकोछ । यो सबै देखेर राजा पुरञ्जन ठुलो चिन्तामा डुवे र त्यस विपत्तिबाट छुटकारा पाउँने कुनै उपाय देखेनन् ।।७।८।।

कामानभिलषन्दीनो यातयामांश्च कन्यया ।
विगतात्मगतिस्नेहः पुत्रदारांश्च लालयन् ॥ ९ ॥

कालकन्याले जसलार्ई नीःसार गरीदिएकी थिइ त्यहि भोगको लालसले उ दुखी थियो । आफ्नो परलोक समेत बिग्रिएको, वन्धुजनको स्नेहले वञ्चित भएको हुँदा पनि राजाको चित्त केवल स्त्री र छोराहरूको लालन पालनमा नै लागेको थियो ।।९।।

गन्धर्वयवनाक्रान्तां कालकन्योपमर्दिताम् ।
हातुं प्रचक्रमे राजा तां पुरीमनिकामतः ॥ १० ॥

त्यस अवस्थामा त्यसबाट छुट्टिने इच्छा नहुँदा पनि उ यस पुरीलार्ई छाड्न वाध्य भयो । किनकि उसलार्र्ई गन्धर्व र यवनहरूले घेरेका थिए र कालकन्याले बेकम्मा पारेकी थिई ।।१०।।

भयनाम्नोऽग्रजो भ्राता प्रज्वारः प्रत्युपस्थितः ।
ददाह तां पुरीं कृत्स्नां भ्रातुः प्रियचिकीर्षया ॥ ११ ॥

यसै गरी यवनराज भयका जेठो दाजु प्रज्वारले आफ्नो भाईको भलो गर्नका लागि त्यो सारा पुरिमा आगो लगाइदियो ।।११।।

तस्यां सन्दह्यमानायां सपौरः सपरिच्छदः ।
कौटुम्बिकः कुटुम्बिन्या उपातप्यत सान्वयः ॥ १२ ॥

जव त्यो पुरी जल्न लाग्यो तव पुरवासी, सेवकहरू, सन्तानहरू र कुटुम्बकी स्वामिनी सहित कुटुम्बवत्सल पुरञ्जनलार्ई धेरै दुःख भयो ।।१२।।

यवनोपरुद्धायतनो ग्रस्तायां कालकन्यया ।
पुर्यां प्रज्वारसंसृष्टः पुरपालोऽन्वतप्यत ॥ १३ ॥

नगर कालकन्याको हातमा परेको देखेर त्यसकोे रक्षा गर्ने सर्पलार्ई पनि धेरै पीडा भयो । किनकि उसकोे वासस्थानमा पनि यवनहरूले अधिकार जमाएका थिए र प्रज्वारले त्यहाँ आक्रमण गरीरहेको थियो ।।१३।।

न शेके सोऽवितुं तत्र पुरुकृच्छ्रोरुवेपथुः ।
गन्तुमैच्छत्ततो वृक्ष कोटरादिव सानलात् ॥ १४ ॥

त्यसवखत नगरको रक्षा गर्नमा उ असमर्थ भयो तव जसरी वलेको रुखको टोड्काबाट सर्प निक्लन खोज्दछ त्यसरी नै उसलार्र्ई पनि ठुलो कष्टले कामेर त्यहाँबाट भाग्न खोज्यो ।।१४।।

शिथिलावयवो यर्हि गन्धर्वैर्हृतपौरुषः ।
यवनैररिभी राजन् उपरुद्धो रुरोद ह ॥ १५ ॥

उसको अंग प्रत्यंगहरु खुकुलो भैसकेको थिए तव गन्धर्वहरूले उसको सबै शक्ति नष्ट गरीदिएका थिए ।  यवन सत्रुहरूले उ त्यहाँबाट जान लागेको देखेर रोके त्यसपछि उ दुखीभएर रुन लाग्यो ।।१५।।

दुहितॄ पुत्रपौत्रांश्च जामिजामातृपार्षदान् ।
स्वत्वावशिष्टं यत्किञ्चिद् गृहकोशपरिच्छदम् ॥ १६ ॥

अहं ममेति स्वीकृत्य गृहेषु कुमतिर्गृही ।
दध्यौ प्रमदया दीनो विप्रयोग उपस्थिते ॥ १७ ॥

घरमा आशक्त भएको पुरञ्जन देह र गेहादिमा म र मेरो पन राख्नाले बुध्दिहीन भएको थियो । स्त्रीको प्रेमपाशमा फसेर उ धेरै दीन भएको थियो । अब जव यसबाट छुट्टिने समय आयो त्यसपछि उ आफ्ना छोरा, छोरी, वुहारी, नोकर, घर, सम्पत्ति तथा अरु जुन कुरा उसकोे मनमा बढेको थियो ती सबैको बारेमा चिन्ता गर्न लाग्यो ।।१६।१७।।

लोकान्तरं गतवति मय्यनाथा कुटुम्बिनी ।
वर्तिष्यते कथं त्वेषा बालकान् अनुशोचती ॥ १८ ॥

अहो ! अव म परलोक गएपछि यी असहाय भएर आफ्नो निर्वाह कसरी गर्लिन् । उनलार्र्ई बालबच्चाको चिन्ताले नै खाने छ ।।१८।।

न मय्यनाशिते भुङ्‌क्ते नास्नाते स्नाति मत्परा ।
मयि रुष्टे सुसन्त्रस्ता भर्त्सिते यतवाग्भयात् ॥ १९ ॥

उनी मैले नखाइकन खादैन थिइन्, मैले न नन्वाइकन नुहाउँदैन थिइन् । म रिसाउँदा डरले चुप लाग्थिन । सधै मेरो सेवामा रहन्थिन ।।१९।।

प्रबोधयति माविज्ञं व्युषिते शोककर्शिता ।
वर्त्मैतद् हृहमेधीयं वीरसूरपि नेष्यति ॥ २० ॥

म बाट केहि भुल भयो भने मलार्ई सचेत गराउँथिन् । म माथि यिनको यति स्नेह छ कि म कतै परदेश गएको बेलामा उनी विरहव्यथाले दुब्लाएर सुक्दथिन् म पछि के यीन्ले गृहाश्रमको ब्यवहार कसरी चलाउलिन ।।२०।।                                                                                               
थं नु दारका दीना दारकीर्वापरायणाः ।
वर्तिष्यन्ते मयि गते भिन्ननाव इवोदधौ ॥ २१ ॥

म वितेपछि मलार्ई नै एकमात्र सहारा मान्ने यी छोरा छोरीहरू कसरी जीवन चलाउलान् । यिनीहरू त समुद्रमा ड्ंगा विग्रनाले व्याकुल भएका यात्री समान विलाप गर्न लाग्नेछन् ।।२१।।                                     

एवं कृपणया बुद्ध्या शोचन्तमतदर्हणम् ।
ग्रहीतुं कृतधीरेनं भयनामाभ्यपद्यत ॥ २२ ॥

यद्यपि ज्ञान दृष्टिले त्यसमा शोक गर्न उचित थिएन तापनि अज्ञान वश राजा पुरञ्जन यसप्रकार दीन वुध्दिले आफ्ना स्त्री पुत्रादिका लागि शोक गरीरहेकाछन् । त्यसै समयमा उसलार्र्ई पक्रनको लागि त्यहाँ भय नाम गरेको यवनराज उस्लाई समात्न भनि उपस्थित भयो ।।२२।।

पशुवद्यवनैरेष नीयमानः स्वकं क्षयम् ।
अन्वद्रवन्ननुपथाः शोचन्तो भृशमातुराः ॥ २३ ॥

जव यवनहरू उसलार्र्ई पशु समान बाधेर उसलार्र्ई लिएर गए तव उसको अनुचरहरू धेरै धेरै आतुर र शोकाकुल भएर उसकोे साथै पछि लागे ।।२३।।

पुरीं विहायोपगत उपरुद्धो भुजङ्‌गमः ।
यदा तमेवानु पुरी विशीर्णा प्रकृतिं गता ॥ २४ ॥

यवनहरूले रोकेको सर्प पनि त्यस पुरीलार्ई छाडेर उ संगै लाग्यो । उ जाँदा सबै नगर छिन्न भिन्न भएर आफ्नो पहिलो कारणमा लीन भए ।।२४।।

विकृष्यमाणः प्रसभं यवनेन बलीयसा ।
नाविन्दत्तमसाऽऽविष्टः सखायं सुहृदं पुरः ॥ २५ ॥

यसप्रकार महावली यवनराजलार्ई वल पूर्वक खिच्दापनि राजा पुरञ्जनले अज्ञानवश आफ्ना पुराना हितैषि एवं पुराना मित्र अविज्ञालार्ई सम्झेनन् ।।२५।।

तं यज्ञपशवोऽनेन संज्ञप्ता येऽदयालुना ।
कुठारैश्चिच्छिदुः क्रुद्धाः स्मरन्तोऽमीवमस्य तत् ॥ २६ ॥

ती निर्दयी राजाले जुन यज्ञ पशुहरूलार्ई वली दिएका थिए । तिनीहरुले पहिला उनीहरूलार्ई दिएको पीडालार्ई याद गरेर बन्चरोले उसलाई टुक्रा टुक्रा पार्नलागे २६।।

अनन्तपारे तमसि मग्नो नष्टस्मृतिः समाः ।
शाश्वतीरनुभूयार्तिं प्रमदासङ्‌गदूषितः ॥ २७ ॥

यसरी उ स्त्री सगको आशक्तिले गर्दा वर्षौसम्म विवेकहीन अवस्थामा अपार अन्धकारमा परेर ठुलो कष्ट भोग्न लाग्यो ।।२७।।                                                                                      

 तामेव मनसा गृह्णन् बभूव प्रमदोत्तमा ।
अनन्तरं विदर्भस्य राजसिंहस्य वेश्मनि ॥ २८ ॥

अन्तिम समयमा पनि पुरञ्जनको मन स्त्री मै चिन्तित भएको ले अर्को जन्ममा ती राजा विदर्भराजको घरमा सुन्दरी कन्या भएर उत्पन्न भए ।।२८।।

उपयेमे वीर्यपणां वैदर्भीं मलयध्वजः ।
युधि निर्जित्य राजन्यान् पाण्ड्यः परपुरञ्जयः ॥ २९ ॥

जव यी विधर्भनन्दिनी विवाह गर्न योग्य भइन तव विधर्भराजले सर्वश्रेष्ठ पराक्रम वीरले नै मेरी कन्यासंग बिबाह गर्न सक्छ घोषणा गरे । तव सत्रुहरूको सहरलार्ई जित्ने भएको पाण्ड्य नरेश महाराज मलयध्वजले विवाहका इच्छाले आएका सबै राजाहरूलार्ई जितेर उनीसित बिबाह गरे ।।२९।।

तस्यां स जनयां चक्र आत्मजामसितेक्षणाम् ।
यवीयसः सप्त सुतान् सप्त द्रविडभूभृतः ॥ ३० ॥

महाराज मलयध्वले ती विदर्भकुमारीबाट ले एउटी कमलनयन छोरी र सात छोरा उत्पन्न गरे ती सबै द्रविण देशका राजा भए ।।३०।। 

एकैकस्याभवत्तेषां राजन् अर्बुदमर्बुदम् ।
भोक्ष्यते यद्वंशधरैः मही मन्वन्तरं परम् ॥ ३१ ॥

हे राजन ! ती मध्दे प्रत्तेक छोराबाट अरु धेरै छोरा भए । जसको वंश यस पृथ्वीमा मन्वन्तरको अन्त्यसम्म पनि भोग गर्दछन् ।।३१।।

अगस्त्यः प्राग्दुहितरं उपयेमे धृतव्रताम् ।
यस्यां दृढच्युतो जात इध्मवाहात्मजो मुनिः ॥ ३२ ॥

राजा मलयध्वजको जेठी छोरी धेरै ब्रतशीला थिइन । उनकोे विवाह अगस्त्य ऋषि संग भयो । उनीबाट दृढच्युत नामको छोरो भयो । त्यसैगरी दृढच्युतबाट इध्मवाहु भयो ।।३२।।

विभज्य तनयेभ्यः क्ष्मां राजर्षिर्मलयध्वजः ।
आरिराधयिषुः कृष्णं स जगाम कुलाचलम् ॥ ३३ ॥

अन्यमा राजर्षि हलयध्वजले पृथ्वीको राज्य छोराहरूलार्ई जिम्मा दिएर श्रीकृष्ण्को आराधना गर्ने इच्छाले मलयपर्वत तिर लागे ।।३३।।

हित्वा गृहान् सुतान् भोगान् वैदर्भी मदिरेक्षणा ।
अन्वधावत पाण्ड्येशं ज्योत्स्नेव रजनीकरम् ॥ ३४ ॥

त्यससमय जसरी चन्द्रिकाले चन्द्रध्वजको अनुशरण गर्दछिन् त्यसरी नै मत्तलोचना वैदर्भिले आफ्नो घर तथा अरु सबै भोगलार्ई तिलाञ्जली दिएर पाण्ड्य नरेशको अनुगमन गरिन ।।३४।।                                   

तत्र चन्द्रवसा नाम ताम्रपर्णी वटोदका ।
तत्पुण्यसलिलैर्नित्यं उभयत्रात्मनो मृजन् ॥ ३५ ॥

त्यहाँ चन्द्रमसा, ताम्रपर्णी र वटोदका नामका तीन नदिहरू थिए । तिनै पवित्र नदीहरूको स्नान गरेर प्रतिदिन उनी आफ्नो शरीर र अन्तःकरणलाई निर्मल गरे ।।३५।।

कन्दाष्टिभिर्मूलफलैः पुष्पपर्णैस्तृणोदकैः ।
वर्तमानः शनैर्गात्र कर्शनं तप आस्थितः ॥ ३६ ॥

उनले कन्दमूल, फलफूल, पात, घाँस आदि खाएर कठोर तपस्या गरे । जसलेगर्दा विस्तारै उनकोे शरीर सुक्दै गयो ।।३६।।

शीतोष्णवातवर्षाणि क्षुत्पिपासे प्रियाप्रिये ।
सुखदुःखे इति द्वन्द्वान् यजयत्समदर्शनः ॥ ३७ ॥

महाराज मलयध्वजले सबैतिर समदृष्टि राखेर शीत, उष्ण, वर्षा, वायु, भोकप्यास, पृय अप्रिय तथा सुख दुःखादि सबै इन्द्रियहरूलार्ई जिते ।।३७।।

तपसा विद्यया पक्व कषायो नियमैर्यमैः ।
युयुजे ब्रह्मण्यात्मानं विजिताक्षानिलाशयः ॥ ३८ ॥

तप र उपाशनाले वासनाहरूलार्ई निमूल पारे । यम नियमादिहरूदरा इन्द्रिय, प्राण र मनलार्ई वशमा राखेर उनी 
आत्मामा ब्रम्ह भावना गर्नलागे ।।३८।। 
                                                           
आस्ते स्थाणुरिवैकत्र दिव्यं वर्षशतं स्थिरः ।
वासुदेवे भगवति नान्यद् वेदोद्वहन् रतिम् ॥ ३९ ॥

यसप्रकार एकसय दिव्य वर्ष सम्म ढुंगाको थाम समान निश्चलभावले एकै ठाउँमा बसे । भगवान वासुदेवमा सुदृढ प्रेम हुनाले त्यसो गर्दा उनलार्र्ई शरीर आदिको भान भएन ।।३९।।

स व्यापकतयाऽऽत्मानं व्यतिरिक्ततयाऽऽत्मनि ।
विद्वान्स्वप्न इवामर्श साक्षिणं विरराम ह ॥ ४० ॥

साक्षाद्‍भगवतोक्तेन गुरुणा हरिणा नृप ।
विशुद्धज्ञानदीपेन स्फुरता विश्वतोमुखम् ॥ ४१ ॥

राजन ! गुरु स्वरूप साक्षात श्रीहरिले उनको हृदयमा दर्शन एवं उपदेश दिएर विशुध्द ज्ञान दिपक प्रकाशित गरिदिनुभएकोले उनले देखे कि अन्तःकरणको वृत्तिको प्रकाशक आत्मा स्वप्नावस्थाको जसरी देहादि सबै उपादिहरूमा व्याप्त तथा त्यसबाट फरक पनि छ । यस्तो अनुभग गरेर उनी सबैबाट उदाशिन भए ।।४०।४१।।

परे ब्रह्मणि चात्मानं परं ब्रह्म तथात्मनि ।
वीक्षमाणो विहायेक्षां अस्माद् उपरराम ह ॥ ४२ ॥

फेरी आफ्नो आत्मालार्ई परब्रम्हमा र परब्रम्हलार्ई आत्मामा अभिन्नरूपले देख्न लागे र अन्तमा अभेद चिन्तनलार्ई पनि त्यागेर सर्वथा शान्त भए ।।४२।।

पतिं परमधर्मज्ञं वैदर्भी मलयध्वजम् ।
प्रेम्णा पर्यचरद्धित्वा भोगान् सा पतिदेवता ॥ ४३ ॥

राजन ! यससमय पतिपरायण वैदर्भि  पनि सबप्रकारको भोगलार्ई त्यागेर आफ्नो परम धर्मज्ञ पति मलयध्वजलार्ई सब प्रकारले सेवा गर्दथिन ।।४३।।

चीरवासा व्रतक्षामा वेणीभूतशिरोरुहा ।
बभावुपपतिं शान्ता शिखा शान्तमिवानलम् ॥ ४४ ॥
उनी चीर वस्त्र धारण गर्दथिन्, ब्रत उपाशनादिका कारण उनकोे शरीर अत्यन्तै दुब्लो भएको थियो । र टाउकोमा कपाल पनि एक आपसमा लट्टा परेको थियो । त्यस समय उनकोे पतिदेवको नजिक अग्नि शान्त शिखा (ज्वाला) समान सुशोभित देखिन्थिन ।।४४।।

अजानती प्रियतमं यदोपरतमङ्‌गना ।
सुस्थिरासनमासाद्य यथापूर्वमुपाचरत् ॥ ४५ ॥

उनको पति परलोक भैसकेका थिए तापनि पहिले झैं स्थिर आसनमा विराजमान थिइन । यस रहस्यलार्ई नजानेका कारण उनी उनकोे नजिकै गएर पहिला जसरी नै सेवा गर्न लागिन ।।४५।।

यदा नोपलभेता६‍घ्रौ ऊष्माणं पत्युरर्चती ।
आसीत् संविग्नहृदया यूथभ्रष्टा मृगी यथा ॥ ४६ ॥

एकदिन पतिको चरण सेवा गर्ने समयमा तीनले पतिका पाउ चिसो भएको अनभव गरिन अनिमात्र पनिको परलोक भएको थाहा पाइन । तव उनी आफु एक्लिएको मृग झैं व्याकुल भइन ।।४६।।

आत्मानं शोचती दीनं अबन्धुं विक्लवाश्रुभिः ।
स्तनौ आसिच्य विपिने सुस्वरं प्ररुरोद सा ॥ ४७ ॥

यस्तो घोर वनमा आफु उक्लै परेकोले उनी धेरै शोकाकुल भइन र आँसुको धारा वगाउँदै रुन लागिन ।।४७।।

उत्तिष्ठोत्तिष्ठ राजर्षे इमां उदधिमेखलाम् ।
दस्युभ्यः क्षत्रबन्धुभ्यो बिभ्यतीं पातुमर्हसि ॥ ४८ ॥

उनी भन्न लागिन्, राजर्षी उठनुहोस, उठ्नुहोस, समुहले घेरिएको यो पृथ्वी लुटेराहरू र अधार्मिक राजाहरू देखि डराइरहेकी छन तपाई यसलार्ई रक्षा गर्नुहोस ।।४८।।

एवं विलपन्ती बाला विपिनेऽनुगता पतिम् ।
पतिता पादयोर्भर्तू रुदत्यश्रूण्यवर्तयत् ॥ ४९ ॥

पतिसंग वनमा गएकी यी अवला यसप्रकार विलाप गर्दै पतिको चरणमा चरणमा परेर  रुद्रा रुद्रा आँसु बग्नलाग्यो ।।४९।।

चितिं दारुमयीं चित्वा तस्यां पत्युः कलेवरम् ।
आदीप्य चानुमरणे विलपन्ती मनो दधे ॥ ५० ॥

दाउराको चिता बनाएर उनले त्यसमा पतिको सव राखेर आगो लगाइन र रुद्रै आफु पनि सति हुने विचार गरीने ।।५०।।

तत्र पूर्वतरः कश्चित् सखा ब्राह्मण आत्मवान् ।
सान्त्वयन्वल्गुना साम्ना तामाह रुदतीं प्रभो ॥ ५१ ॥

राजन ! यस समयमा अनका पुराना मित्र एक आत्मज्ञानी व्राम्हण त्यहाँ आए र त्यस रुन लागेकी अवलालार्ई मिठो वोलीले संझाउँदै भन्न लागे ।।५१।।

ब्राह्मण उवाच –
का त्वं कस्यासि को वायं शयानो यस्य शोचसि ।
जानासि किं सखायं मां येनाग्रे विचचर्थ ह ॥ ५२ ॥
ब्राम्हणले भने– तिमी को हौ ? कस्की छोरी हौ ? र कसको लागि तिमी शोक गरीरहेकी छ्यौ त्यो सुतेको पुरुष को हो ? के तिमी मलार्ई चिन्दिनौ म तिम्रो त्याहि साथि हो जो संग तिमी पहिले विचरण गर्दथ्यौ ।।५२।। 

अपि स्मरसि चात्मानंअ अविज्ञातसखं सखे ।
हित्वा मां पदमन्विच्छन् भौमभोगरतो गतः ॥ ५३ ॥

हंसावहं च त्वं चार्य सखायौ मानसायनौ ।
अभूतामन्तरा वौकः सहस्रपरिवत्सरान् ॥ ५४ ॥

स त्वं विहाय मां बन्धो गतो ग्राम्यमतिर्महीम् ।
विचरन् पदमद्राक्षीः कयाचिन् निर्मितं स्त्रिया ॥ ५५ ॥

सखे ! के तिमीलार्ई आफ्नो पुरानो याद आउँछ कुनैबेला म तिम्रो अविज्ञात नाम गरेको साथी थिएें । तिमी  पृथ्वीको भोग भोग्नको इच्छाले मलार्ई छोडेर यहाँ पृथ्वीमा आयौ । यहाँ घुम्दा तिमीले एक स्त्रीले रचेको देख्यौ ।।५५।।

पञ्चारामं नवद्वारं एकपालं त्रिकोष्ठकम् ।
षट्कुलं पञ्चविपणं पञ्चप्रकृति स्त्रीधवम् ॥ ५६ ॥

त्यस्मा पाँच वगैचा थियो । नौ ढोका, एउटा द्वारपाल, तीन वटा कोठा, छ वटा वैश्य र पाँच बजार थियो । त्यो स्थान पाँच उपादान कारणले बनेको थियो । त्यस्को स्वामिनी एक स्त्री थिइ ।।५६।।               

पञ्चेन्द्रियार्था आरामा द्वारः प्राणा नव प्रभो ।
तेजोऽबन्नानि कोष्ठानि कुलमिन्द्रियसङ्‌ग्रहः ॥ ५७ ॥

विपणस्तु क्रियाशक्तिः भूतप्रकृतिरव्यया ।
शक्त्यधीशः पुमांस्त्वत्र प्रविष्टो नावबुध्यते ॥ ५८ ॥

महाराज ! इन्द्रियको पाँच विषय यस्का बगैचा हुन, नौ इन्द्रिय (नाक, कान आदि) छिद्रद्वार (वायुको आवागमन स्थान) थियो यी नौ ढोका हुन । जुन तेज, जल र अन्न तीन कोठा थिए । पाँच ज्ञानेन्द्रय र मन  यी छ वैश्यकूल थिए । क्रिया शक्तिरूप पाँच कर्मेन्द्रिय नै वजार थिए । पाँच भूत नै  उसकोे कहिल्यै क्षिण नहुने उपादान कारण हुन र बुध्दिशक्ति नै उसकोे स्वामिनी थिइ । यो यस्तो नगर थियो  जसमा प्रवेश गर्दा पुरुष ज्ञान सून्य हुन्छ र आफ्नो स्वरूपलार्ई भुल्दछ ।।५७।५८।।

तस्मिंस्त्वं रामया स्पृष्टो रममाणोऽश्रुतस्मृतिः ।
तत्सङ्‌गादीदृशीं प्राप्तो दशां पापीयसीं प्रभो ॥ ५९ ॥

भाई यस नगरलार्ई उस्की स्वामिनीको फन्दामा परेर उसकोे साथ विहाँर गर्दै गर्दै तिमीेले आफ्नो स्वरूपलार्ई भुल्यौ र उसैको संगतले गर्दा तिम्रो यस्तो दुर्दशा भएको हो ।।५९।।

न त्वं विदर्भदुहिता नायं वीरः सुहृत्तव ।
न पतिस्त्वं पुरञ्जन्या रुद्धो नवमुखे यया । ॥ ६० ॥

हेर निमी न त विदर्भ राजकी छोरी हौ न यो वीर मलयध्वज तिम्रो पति नै हो । जसले तिमीलार्ई नौ द्वारको नगरमा बन्द गरेको थियो त्यो पुरञ्जनीको पति पनि तिमी हौइनौ ।।६०।।

माया ह्येषा मया सृष्टा यत्पुमांसं स्त्रियं सतीम् ।
मन्यसे नोभयं यद्वै हंसौ पश्यावयोर्गतिम् । ॥ ६१ ॥

तिमी पहिलो जन्ममा आफुलार्ई पुरुष सम्झन्थ्यौ र सबैलार्ई सति स्त्री मान्दथ्यौ यो सबै म बाट फैलिएको माया हो । वास्तवमा तिमी न पुरुष नै हौ न स्त्री नै हौ । तिमी दुवको हंस हौ । हाम्रो यो वास्तविक स्वरूप छ त्यसकोे अनुभव गर ।।६१।।

अहं भवान्न चान्यस्त्वं त्वमेवाहं विचक्ष्व भोः ।
न नौ पश्यन्ति कवयः छिद्रं जातु मनागपि । ॥ ६२ ॥

मित्र ! जुन मै इश्वर हुं सोहि तिमी जीव हौं तिमी म बाट भिन्न छैनौ र तिमी विचार पूर्वक हेर म पनि त्यहाँ छु जुन तिमी हौ । ज्ञानी पुरुष हामी दुईमा कुनै अन्तर देख्दैनन ।।६२।।

यथा पुरुष आत्मानं एकं आदर्शचक्षुषोः ।
द्विधाभूतमवेक्षेत तथैवान्तरमावयोः । ॥ ६३ ॥

जसरी एउटा पुरुष आफ्नो शरीरको रुप शीशामा अथवा अरु कोहि ब्यक्तिको आँखामा फरक फरक रूपले देख्दछ त्यसरी नै एउटा आत्मा विद्या र अविद्याको उपाधिको भेदले आफुलार्ई इश्वर र जीवका रूपमा दुई प्रकारले देख्दछ ।।६३।।                                                                                     

एवं स मानसो हंसो हंसेन प्रतिबोधितः ।
स्वस्थस्तद्व्यभिचारेण नष्टामाप पुनः स्मृतिम् । ॥ ६४ ॥

यसप्रकार जव हंस (ईश्वर) ले उसलार्ई सावधान गरे तव त्यो मानसरोवरको हंस (जीव) आफ्नो स्वरूपमा स्थित भयो र उसले आफ्नो मित्रको विछोडले भुलेको आत्मज्ञान फेरि प्राप्त भयो ।।६४।।

बर्हिष्मन्नेतदध्यात्मं पारोक्ष्येण प्रदर्शितम् ।
यत्परोक्षप्रियो देवो भगवान्विश्वभावनः । ॥ ६५ ॥

प्राचीनवर्हि ! मैले तिमीलार्ई परोक्षरूपले यो अत्मज्ञानको दिग्दर्शन गराएको हुं । किनकि जगत्कर्ता जगदिश्वरको परोक्ष वर्णन नै धेरै प्यारो हुन्छ ।।६५।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे पुरंजनोपाख्याने अष्टाविंशोऽध्यायः ॥ २८ ॥