/* पुराना सबै बटनहरू र फुटरका अनावश्यक लिङ्कहरू हटाउन */ #blog-pager, .blog-pager, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3, .newer-posts, .older-posts { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } /* पुराना सबै केरमेर र मेनुलाई पूर्ण रूपमा लुकाउन */ .PageList, .Tabs, .tabs-inner, .widget.PageList, [id^='PageList'] { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; overflow: hidden !important; } -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमस्कन्धः सप्तसप्ततितमोऽध्यायः

 
श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः सप्तसप्ततितमोऽध्यायः



शुक उवाच– 
(अनुष्टुप्)
स तूपस्पृश्य सलिलं दंशितो धृतकार्मुकः ।
नय मां द्युमतः पार्श्वं वीरस्येत्याह सारथिम् ॥ १ ॥
श्रीशुकदेवजीले भन्नुभयो– परीक्षित ! त्यसपछि प्रद्युम्नले हात–मुख धोएर कवच र धनुष धारण गरे अनि सारथीलाई वीर द्युमानको नजिक लिएर जाउ भने ।।१।। 
विधमन्तं स्वसैन्यानि द्युमन्तं रुक्मिणीसुतः ।
प्रतिहत्य प्रत्यविध्यन्नाराचैरष्टभिः स्मयन् ॥ २ ॥
द्युमान यादव सेनालाइ प्रहार गरिरहेका थिए । रुक्मिणी पुत्र प्रद्युम्न उसको नजिक पुगे र उसलाई प्रहार गर्नबाट रोके र मुस्कुराउँदै आठवटा बाण हाने ।।२।। 
चतुर्भिश्चतुरो वाहान् सूतमेकेन चाहनत् ।
द्वाभ्यां धनुश्च केतुं च शरेणान्येन वै शिरः ॥ ३ ॥
चार बाणले चार घोडाहरू काटिदिए,  एक–एक बाणले उसको सारथी, र दुईवटा बाणले धनुष र झण्डा काटिदिए त्यसैगरी अर्को बाण प्रहार गरेर द्ययुमानको टाउको काटिदिए ।।३।। 
गदसात्यकिसाम्बाद्या जघ्नुः सौभपतेर्बलम् ।
पेतुः समुद्रे सौभेयाः सर्वे संछिन्नकन्धराः ॥ ४ ॥
त्यहाँ गद, सात्यकी, साम्ब आदि यदुवंशी वीरहरूले पनि शाल्वको सेनालाई आक्रमण गर्न थाले ।  जसले गर्दा त्यस सौभ बिमानमा रहेका सैनिकहरूको टाउको काटिएर समुद्रमा खस्न थाल्यो ।।४।। 
एवं यदूनां शाल्वानां निघ्नतामितरेतरम् ।
युद्धं त्रिणवरात्रं तदभूत्तुमुलमुल्बणम् ॥ ५ ॥
यसरी यदुवंशी र शाल्वका सेनाहरुका बिचमा सत्ताईस दिनसम्म भयंकर युध्द  चल्यो ।।५।।। 
इन्द्रप्रस्थं गतः कृष्ण आहूतो धर्मसूनुना ।
राजसूयेऽथ निवृत्ते शिशुपाले च संस्थिते ॥ ६ ॥

त्यतिबेला धर्मराज युधिष्ठिरले बोलाएका कारण भगवान कृष्ण इन्द्रप्रस्थ आउनु भएको थियो । राजसूय यज्ञ सम्पन्न भइसकेको थियो र शिशुपालको पनि मृत्यु भइसकेको थियो ।।६।। 
कुरुवृद्धाननुज्ञाप्य मुनींश्च ससुतां पृथाम् ।
निमित्तान्यतिघोराणि पश्यन् द्वारवतीं ययौ ॥७॥
त्यहाँ भगवान श्री कृष्णले धेरै अपसकुन देखेर कुरु कुलका मान्यजन, ऋषिहरु, कुन्ती र पाण्डवहरूबाट अनुमति लिएर उहाँ द्वारकातिर फर्कनुभो ।।७।। 

आह चाहमिहायात आर्यमिश्राभिसङ्‌गतः ।
राजन्याश्चैद्यपक्षीया नूनं हन्युः पुरीं मम ॥ ८ ॥
बाटोमा फर्कदै गर्दा भगवानले मनमनै सोच्नुभयो म दाजु बलरामजीका साथमा इन्द्रपस्थमा आएका बखतमा शिशुपालका सेनाहरुले द्वारकापुरीमा आक्रमण गरेको हुनुपर्दछ ।।८।।

वीक्ष्य तत्कदनं स्वानां निरूप्य पुररक्षणम् ।
सौभं च शाल्वराजं च दारुकं प्राह केशवः ॥ ९ ॥
भगवान श्रीकृष्ण द्वारका पुग्नुहुँदा वहाँले यादवहरूमाथि साँच्चै ठूलो संकट आइपरेका देख्नुभयो । त्यहाँ वहाँले सौभ विमान र साल्वलाई पनि देखेर आफ्ना दाजु बलरामलाई सहरको रक्षा गर्ने जिम्मा दिनुभयो अनि आफ्ना सारथिलाई भन्नुभयो– ।।९।। 

रथं प्रापय मे सूत शाल्वस्यान्तिकमाशु वै ।
सम्भ्रमस्ते न कर्तव्यो मायावी सौभराडयम् ॥ १० ॥
हे दारुक ! तिमीले मेरो रथलाई चाँडो शाल्वको नजिकमा लिएर जाउ । यो शाल्व धेरै मायावी छ तैपनि तिमी डराउनु पर्दैन ।।१०।। 
इत्युक्तश्चोदयामास रथमास्थाय दारुकः ।
विशन्तं ददृशुः सर्वे स्वे परे चारुणानुजम् ॥ ११ ॥
भगवानबाट यस्तो आदेश पाएपछि, दारुक रथमा चढे र रथलाई शाल्वको नजिकमा लिएर गए । भगवान गरुडको चिन्ह अंकित थियो । यदुवंशीहरू र शाल्वका सेनाहरूले भगवान् युद्धभूमिमा प्रवेश गर्नु भएको देखे ।।११।।

शाल्वश्च कृष्णमालोक्य हतप्रायबलेश्वरः ।
प्राहरत् कृष्णसूताय शक्तिं भीमरवां मृधे ॥ १२ ॥
अहिलेसम्म शाल्वाको सबै सेना ध्वस्त भइसकेको थियो । भगवान कृष्णलाई देख्ने बित्तिकै उसले वहाँको सारथीमाथि ठूलो आवाजको एउटा शक्ति प्रहार गर्यो  ।।१२।।
तामापतन्तीं नभसि महोल्कामिव रंहसा ।
भासयन्तीं दिशः शौरिः सायकैः शतधाच्छिनत् ॥ १३ ॥
त्यो शक्ति आकाशमार्गबाट चारै दिशालाई प्रकाशित गर्दै तिव्रगतिमा आइरहेको डरलाग्दो उल्का जस्तो शक्तिलाई भगवान् श्रीकृष्णले आफ्ना बाणहरूले सयौं टुक्रा पारिदिनुभयो ।।१३।। 
तं च षोडशभिर्विद्ध्वा बाणैः सौभं च खे भ्रमत् ।
अविध्यच्छरसन्दोहैः खं सूर्य इव रश्मिभिः ॥ १४ ॥
त्यसपछि भगवानले शाल्वलाई सोह्र वटा बाण प्रहार गरेर आकाशमा उडिरहेको विमानलाई समेत आक्रमण गर्नुभयो र सूर्यको किरणले अन्धकारलाई नष्ट गरेझैं त्यो विमानलाई ध्वस्त पारिदिनुभयो ।।१४।।
शाल्वः शौरेस्तु दोः सव्यं शार्ङ्‌गं शार्ङ्‌गधन्वनः ।
बिभेद न्यपतद्धस्तात् शार्ङ्‌गमासीत्तदद्‌भुतम् ॥ १५ ॥
शाल्वले पनि भगवान श्रीकृष्णको शारर््ग्  धनुष लिनुभएको देब्रे हातमा वाण हान्यो, त्यस बाणले लागेर श्रीकृष्णको हातको धनुष खस्यो । त्यो धेरै आश्चर्यको घटना भएको थियो ।।१५।। 
हाहाकारो महानासीद्‌ भूतानां तत्र पश्यताम् ।
निनद्य सौभराडुच्चैरिदमाह जनार्दनम् ॥ १६ ॥
त्यो युद्ध हेरिरहेकाहरूले यस्तो घटना कसरी भयो भनेर हाहाकार गरेर कराउन लागे । त्यसै बखतमा शाल्वा ठुलो स्वरमा गर्जिए र भगवान कृष्णलाई भन्नलाग्यो– ।।१६।। 
यत्त्वया मूढ नः सख्युर्भ्रातुर्भार्या हृतेक्षताम् ।
प्रमत्तः स सभामध्ये त्वया व्यापादितः सखा ॥ १७ ॥
हे मूर्ख ! हेर्दाहेर्दै तैले हाम्रा भाई शिषुपालकी पत्नी रुक्मिणीलाई हरण गरिस र सभामा रहेका बखतमा तैले हाम्रा साथी शिषुपाललाई पनि झुक्याएर मारिस् ।।१७।। 
तं त्वाद्य निशितैर्बाणैरपराजितमानिनम् ।
नयाम्यपुनरावृत्तिं यदि तिष्ठेर्ममाग्रतः ॥ १८ ॥
तँ आफुलाई  अजेय ठानेर घमण्ड गरिरहेको छस् अब तँ मेरो अगाडि परिस् भने, मेरा तीखा बाणहरूले तलाई सजिलैसंग फेरी कहिले पनि फर्केर आउनु नपर्ने मृत्युलोकमा पुर्याइदिनेछु ।।१८।।
श्रीभगवानुवाच–
वृथा त्वं कत्थसे मन्द न पश्यस्यन्तिकेऽन्तकम् ।
पौरुषं दर्शयन्ति स्म शूरा न बहुभाषिणः ॥ १९ ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे मुर्ख ! तँ व्यर्थैमा बकबक गरिरहेको छस् तैले आफ्नो मृत्यु नजिक आइमुगेको चाल पनि पाएको छैनस् ।  वीर मानिसहरू आफ्नो पुरुषार्थ देखाउँछन् व्यर्थको कुरा गर्दैनन् ।।१९।। 
इत्युक्त्वा भगवाञ्छाल्वं गदया भीमवेगया ।
तताड जत्रौ संरब्धः स चकम्पे वमन्नसृक् ॥ २० ॥
यसो भनेर भगवान कृष्ण रिसाउनुभयो र आफ्नो अत्यन्तै तेज र डरलाग्दो गदाले शाल्वको काँधको हाडमा प्रहार गर्नुभयो । जसका कारण साल्व रगत छादेर काम्न लाग्यो ।।२०।।
गदायां सन्निवृत्तायां शाल्वस्त्वन्तरधीयत ।
ततो मुहूर्त आगत्य पुरुषः शिरसाच्युतम् ।
देवक्या प्रहितोऽस्मीति नत्वा प्राह वचो रुदन् ॥ २१ ॥
कृष्ण कृष्ण महाबाहो पिता ते पितृवत्सल ।
बद्ध्वापनीतः शाल्वेन सौनिकेन यथा पशुः ॥ २२ ॥
जब भगवानले छाडेको गदा फर्कियो तब शाल्व त्यहाँबाट गायब भयो । त्यसपछि दुई घडी पछि, एक जना मानिस भगवान भएको ठाँउमा आएर उहाँलाई नमस्कार गर्दै आफ्नो शिर झुकाए र रुँदै भन्नलाग्यो – तपाईंकी आमा देवकीले मलाई पठाउनुभएको हो । हजुर आफ्ना पितालाई धेरै माया गर्नुहुन्छ तर शाल्वले वहाँलाई कसाईले पशुलाई बाँधेझैं गरी बाँधेर लग्यो ।।२१–२२।।
निशम्य विप्रियं कृष्णो मानुषीं प्रकृतिं गतः ।
विमनस्को घृणी स्नेहाद् बभाषे प्राकृतो यथा ॥ २३ ॥
यस्तो अप्रिय खबर सुनेर, भगवान कृष्णले आफूलाई मानवबाट रूपान्तरण गर्नुभयो । वहाँ खिन्न भएर साधारण मानिसले जस्तै अत्यन्त करुणा र स्नेहपूर्वक भन्न लाग्नुभयो– ।।२३।।

कथं राममसम्भ्रान्तं जित्वाजेयं सुरासुरैः ।
शाल्वेनाल्पीयसा नीतः पिता मे बलवान् विधिः ॥ २४ ॥
अहो ! मेरो भाइ बलरामलाई देवता र दानव कसैले पनि हराउन सक्दैन । सधैं सावधानी पूर्वक रहने मेरा दाजु बलरामलाई कसरी जितेर मेरा पितालाई अपहरण गर्यो होला ? यो पक्कै पनि दैव बलवान हुदो रहेछ, यो सबै भाग्यको खेल हो ।।२४।। 
इति ब्रुवाणे गोविन्दे सौभराट् प्रत्युपस्थितः ।
वसुदेवमिवानीय कृष्णं चेदमुवाच सः ॥ २५ ॥
भगवान कृष्णले यसो भनिरहनु भएको बेलामा त्यो शाल्व वासुदेव जस्तै अनुहारको एउटा पुरुषलाई त्यहाँ ल्याएर श्रीकृष्णसंग भन्नलाग्यो ।।२५।।
एष ते जनिता तातो यदर्थमिह जीवसि ।
वधिष्ये वीक्षतस्तेऽमुमीशश्चेत् पाहि बालिश ॥ २६ ॥
हे मुर्ख ! हेर यो तेरो पिता हुन जसको लागि तँ बाँचिरहेको छस् । म तरै अगाडि यसलाई मार्नेछु । यदि तँ सँग अलिकति पनि शक्ति छ भने त्यसलाई बचा ।।२६।।
एवं निर्भर्त्स्य मायावी खड्गेनानकदुन्दुभेः ।
उत्कृत्य शिर आदाय खस्थं सौभं समाविशत् ॥ २७ ॥
त्यो मायावी शाल्वले भगवानलाई यसरी धम्किी दिएर हप्काएपछि वासुदेवको टाउको काटेर त्यसलाई लिएर आकाशमा रहेको आफ्नो भौम विमानमा चढ्यो ।।२७।।
(मिश्र)
ततो मुहूर्तं प्रकृतावुपप्लुतः
     स्वबोध आस्ते स्वजनानुषङ्‌गतः ।
महानुभावस्तदबुध्यदासुरीं
     मायां स शाल्वप्रसृतां मयोदिताम् ॥ २८ ॥
त्यसपछि भगवान श्रीकृष्ण यस्तो घटना देखेर आफ्ना आफन्त पिता प्रतिको प्रेमका कारण केही क्षणको लागि सामान्य मानिस जस्तै शोकमा डुब्नुभयो । भगवान् श्रीकृष्ण ज्ञान स्वरुप हुनुुहुन्छ वहाँले यो मय दानवका कारण शाल्वले फैलाएका मायाजाल हो भन्ने बुझ्नुभयो ।।२८।।
न तत्र दूतं न पितुः कलेवरं
     प्रबुद्ध आजौ समपश्यदच्युतः ।
स्वाप्नं यथा चाम्बरचारिणं रिपुं
     सौभस्थमालोक्य निहन्तुमुद्यतः ॥ २९ ॥
भगवान श्रीकृष्णले युद्धभूमिमा सचेत हुनुभयो त्यहाँ वहाँले न दुतलाई देख्नुभयो न आफ्ना पिताको शरीर नै देख्नुभयो वहाँले सपनाबाट ब्युँझदा सपनाको कुरा नदेखे झैं त्यहाँ न त दूत थियो न त उहाँको पिताको शरीर नै थियो । वहाँले त केवल शाल्व विमानमा चढेर आकाशमा घुमिरहेको देख्नुभयो । अब वहाँ त्यस शाल्वलाई मार्न तयार  हुनुभयो ।।२९।।
(अनुष्टुप्)
एवं वदन्ति राजर्षे ऋषयः के च नान्विताः ।
यत् स्ववाचो विरुध्येत नूनं ते न स्मरन्त्युत ॥ ३० ॥
हे प्रिय परीक्षित ! यस्तो कुरा त पूर्व र परको विचार नगरी कुनै ऋषिहरु भन्ने गर्दछन् तर उनीहरुले निश्चय भगवान् श्रीकृष्णको विषयमा यस्तो करा गर्नु वहाँको वचन विपरित हुन्छ भन्ने भुल्दछन् ।।३०।।
क्व शोकमोहौ स्नेहो वा भयं वा येऽज्ञसम्भवाः ।
क्व चाखण्डितविज्ञानज्ञानैश्वर्यस्त्वखण्डितः ॥ ३१ ॥
कहाँ शोक, आसक्ति, प्रेम र भयले पिल्सिएका अज्ञानीहरु अनि कहाँ अखण्ड ज्ञान र एश्वर्यले युक्त भगवान् श्रीकृष्णमा ।।३१।।
(मिश्र)
यत्पादसेवोर्जितयाऽऽत्मविद्यया
     हिन्वन्त्यनाद्यात्मविपर्ययग्रहम् ।
लभन्त आत्मीयमनन्तमैश्वरं
     कुतो नु मोहः परमस्य सद्गतेः ॥ ३२ ॥
जसको चरण कमलको सेवा गरेर आत्म–विद्याद्वारा ठुला–ठुला ऋषिमुनिहरु परम्परा देखि चल्दै आएको आफ्नो शरीरमा स्थित अनादि अज्ञानलाई नाश गरेर अनन्त ऐश्वर्य प्राप्त गर्छन् । त्यस्ता सज्जनका मुक्तिदाता परम पुरुष भगवान कृष्णलाई कसरी मोह हुन सक्छ ? ।।३२।। 
तं शस्त्रपूगैः प्रहरन्तमोजसा
     शाल्वं शरैः शौरिरमोघविक्रमः ।
विद्ध्वाच्छिनद्‌ वर्म धनुः शिरोमणिं
     सौभं च शत्रोर्गदया रुरोज ह ॥ ३३ ॥
अब अमोघ शक्तिसम्पन्न भगवान् श्रीकृष्णले शाल्वले ठूलो उत्साह आफुमाथि हतियार वर्साउन लागेको देख्नुभयो अनि उसलाइृ आफ्ना बाण प्रहार गरेर घाइते बनाउनु भयो  र उसको कवच, धनुष र मुकुटलाई पनि टुक्र–टुक्रा पारिदिनुभयो ।  यसैगरी आफ्नो गदा प्रहार गरेर उसको विमान पनि नष्ट गरिदिनुभयो ।।३३।।
तत्कृष्णहस्तेरितया विचूर्णितं
     पपात तोये गदया सहस्रधा ।
विसृज्य तद्‌ भूतलमास्थितो गदा(
     मुद्यम्य शाल्वोऽच्युतमभ्यगाद् द्रुतम् ॥ ३४ ॥
भगवान कृष्णले चलाएको गदाले त्यो भौम विमान टुक्रा–टुक्रा भएर समुद्रमा खस्यो । त्यसपछि  त्यो शाल्व हातमा गदा लिएर जमिनमा झर्यो तिव्रगतिमा भगवान भएतिर दौडियो ।।३४।। 
आधावतः सगदं तस्य बाहुं
     भल्लेन छित्त्वाथ रथाङ्‌गमद्‌भुतम् ।
वधाय शाल्वस्य लयार्कसन्निभं
     बिभ्रद् बभौ सार्क इवोदयाचलः ॥ ३५ ॥
शाल्व आफ्लाई आक्रमण गर्न भनि दौडेर आएको देखेर भगवान्ले आफ्नो भालाले उसको गदा समाएको हातलाई काटिदिनुभयो । त्यसपछि त्यो शाल्वलाई मार्ने उद्देश्यले भगवान्ले आफ्नो हातमा प्रलयकालिन सूर्य जस्तो सुदर्शनचक्र धारण गर्नुभयो । त्यतिबेला भगवान् श्रीकृष्ण उदयाचलको सूर्य जस्तै तेजिलो देखिनुभयो ।।३५।।
जहार तेनैव शिरः सकुण्डलं
     किरीटयुक्तं पुरुमायिनो हरिः ।
वज्रेण वृत्रस्य यथा पुरन्दरो
     बभूव हाहेति वचस्तदा नृणाम् ॥ ३६ ॥
भगवान श्री कृष्णले आफ्नो सुदर्शन चक्रले त्यो कुण्डल र मुकुटले सजिएको मायावादि शाल्वको शिर यसरी काटिदिनुभयो कि जसरी पहिला इन्द्रले वित्रासुरको टाउको काटेका थिए । यसरी साल्वको टाउको काटिएको देखेर उसका सेनाहरु हाहाकार गर्न थाले ।।३६।।
(अनुष्टुप्)
तस्मिन्निपतिते पापे सौभे च गदया हते ।
नेदुर्दुन्दुभयो राजन् दिवि देवगणेरिताः ।
सखीनामपचितिं कुर्वन् दन्तवक्रो रुषाभ्यगात् ॥ ३७ ॥
हे महाराज परीक्षित ! जब पापी शाल्वको मृत्यु भयो र भगवानको गदाको प्रहारले उसको विमान समेत चकनाचुर भयो तब आकाशमा रहेका देवताहरूले दुन्दुभि आदि बजाउन थाले । यसै समयमा आफ्ना साथी शिशुपाल आदिको वधको बदला लिन दन्तवक्र रिसाउँदै त्यहाँ आइपुग्यो ।।३७।।
इति श्रीमद्भालगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
सौभवधो नाम सप्तसप्ततितमोऽध्यायः ॥ ७७ ॥

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment