#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – अष्टमोऽध्यायः


श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः अष्टमोऽध्यायः



मैत्रेय उवाच
(अनुष्टुप्)
सनकाद्या नारदश्च ऋभुर्हंसोऽरुणिर्यतिः ।
नैते गृहान् ब्रह्मसुता ह्यावसउ ऊर्ध्वरेतसः ॥ १ ॥

मृषाधर्मस्य भार्यासीद् दम्भं मायां च शत्रुहन् ।
असूत मिथुनं तत्तु निर्ऋतिर्जगृहेऽप्रजः ॥ २ ॥

मैत्रेयजीले भने
हे विदुरजी ! ब्रम्हाजीका बालब्रम्हचारी छोराहरू सनकादि, नारद, ऋभु, हंश, अरुणि र यतिले गृहास्थममा प्रवेश नगरेका कारण उनीहरूको कुनै सन्तान भएनन् । अधर्म पनि ब्रम्हाका छोरा हु्न् उनकोे पत्नीको नाम मृषा हो ।उनकोे दम्भ नाम गरेको छोरा र माया नाम गरेकी छोरी थिइन् । उनी दुवैलार्ई निऋतिले आफ्नो सन्तान नभएकोले लिएर गए ।।१।२।।

तयोः समभवल्लोभो निकृतिश्च महामते ।
ताभ्यां क्रोधश्च हिंसा च यद्दुरुक्तिः स्वसा कलिः ॥ ३ ॥

दम्भ र मायाबाट लोभ र बिकृति जन्मिए तीबाट क्रोध, हिंसा तथा कलि र उस्की बहिनी दुरुक्ति (गाली) जन्मिए ।।३।।

दुरुक्तौ कलिराधत्त भयं मृत्युं च सत्तम ।
तयोश्च मिथुनं जज्ञे यातना निरयस्तथा ॥ ४ ॥

साधु शिरोमणी ! दुरक्तिबाट कलिले भय र मृत्यु उत्पन्न गरे । ती दुवैको संयोगबाट यातना र निरय (नरक) को जन्म भयो ।।४।।

सङ्ग्रहेण मयाऽऽख्यातः प्रतिसर्गस्तवानघ ।
त्रिः श्रुत्वैतत्पुमान् पुण्यं विधुनोत्यात्मनो मलम् ॥ ५ ॥

विदुरजी ! मैले संक्षेपमा प्रलयको कारणरूप अधर्मको बारेमा बताएँ । यो अधर्मलार्ई त्याग्यो भने पुण्य आर्जन हुन्छ । त्यसैले यो वर्णनलार्ई तीन पटक सुनेर मानिसको आफ्नो मनको मलिनतालार्ई नाश गर्दछ ।।५।।

अथातः कीर्तये वंशं पुण्यकीर्तेः कुरूद्वह ।
स्वायम्भुवस्यापि मनोः हरेरंशांशजन्मनः ॥ ६ ॥

कुरुनन्दन् ! अब म श्रीहरिको अंश, ब्रम्हाजीको अंशबाट उत्पन्न भएका पवित्रकीर्ति महाराज मनुका छोराहरूको वंशको बारेमा वर्णन गर्दछु ।।६।।

प्रियव्रतोत्तानपादौ शतरूपापतेः सुतौ ।
वासुदेवस्य कलया रक्षायां जगतः स्थितौ ॥ ७ ॥

महाराज मनुकी महारानी सतरूपाबाट पृयव्रत र उत्तानपाद नाम गरेका दुई छोरा भए । भगवान् वासुदेवको कलाबाट उत्पन्न भएका कारण उनीहरू संसारको रक्षाका लागि तत्पर रहन्थे ।।७।।

जाये उत्तानपादस्य सुनीतिः सुरुचिस्तयोः ।
सुरुचिः प्रेयसी पत्युः नेतरा यत्सुतो ध्रुवः ॥ ८ ॥

उत्तानपादका सुनिति र सुरुचि नामका दुई दुई रानी थिए जसमा सुरुचि राजाकी अति प्यारी थिइन् । सुरुचिका छोरा थिए ध्रुव, उनी राजाको त्यति प्यारी थिइनन् ।।८।।

एकदा सुरुचेः पुत्रं अङ्कमारोप्य लालयन् ।
उत्तमं नारुरुक्षन्तं ध्रुवं राजाभ्यनन्दत ॥ ९ ॥

एकपटक राजा उत्तानपादले सुरुचिका छोरा उत्तमलार्ई काखमा लिएका थिए । त्यसैसमयमा ध्रुव पनि बाबुको काखमा बस्ने मनशाय गरे तर राजाले उनलार्र्ई प्यार गरेनन् ।।९।।

तथा चिकीर्षमाणं तं सपत्न्यास्तनयं ध्रुवम् ।
सुरुचिः शृण्वतो राज्ञः सेर्ष्यमाहातिगर्विता ॥ १० ॥

घमण्डले भरिएकी सुरुचिले सौताका छोरा ध्रुव महाराजको काखमा आउँन लागेको देखेर रिसाउँदे भनिन् ।।१०।।
न वत्स नृपतेर्धिष्ण्यं भवान् आरोढुमर्हति ।
न गृहीतो मया यत्त्वं कुक्षौ अपि नृपात्मजः ॥ ११ ॥

ए बालक तलाई अहिले राज सिंहासनमा बस्ने अधिकार छैन । त राजाको छोरो ता होस तर मेरो कोखबाट जन्मेको होइनस ।।११।।

बालोऽसि बत नात्मानं अन्यस्त्रीगर्भसम्भृतम् ।
नूनं वेद भवान् यस्य दुर्लभेऽर्थे मनोरथः ॥ १२ ॥

तँ त अहिले बालखै होस, तैले अरुको कोखबाट जन्मिएको बारे यसलार्ई थाहा छैन । त्यसैले यस्तो दुर्लभ बिषयको इच्छा गरीरहेछ ।।१२।।

तपसाऽऽराध्य पुरुषं तस्यैवानुग्रहेण मे ।
गर्भे त्वं साधयात्मानं यदीच्छसि नृपासनम् ॥ १३ ॥

यदि तलार्ई राज सिंहासनको इच्छा छ भने परमपुरुष नारायणको तपस्या गर र उनकोे आज्ञाले मेरो गर्भमा आएर जन्म लि ।।१३।।

मैत्रेय उवाच
(इंद्रवज्रा)    
मातुः सपत्न्याः स दुरुक्तिविद्धः
     श्वसन् रुषा दण्डहतो यथाहिः ।
हित्वा मिषन्तं पितरं सन्नवाचं
     जगाम मातुः प्ररुदन् सकाशम् ॥ १४ ॥

बिदुरजी ! जसरी लठ्ठीको चोट खाएको सर्प फु फु गरेर सास फेर्दछ त्यसैगरी सौतेनी आमाको कठोर वचनले मर्माहत भएर रिसाउँदै लामोलामो सास फेर्न लागे । उसकोे बाबु यस अवस्थामा एक शव्द पनि नबोलिकन चुपलागे ।  ध्रुब बाबुलार्ई छाडेर रुद्रै आफ्नी आमा सुनिति भएको ठाँउमा गए ।।१४।।

तं निःश्वसन्तं स्फुरिताधरोष्ठं
     सुनीतिरुत्सङ्ग उदूह्य बालम् ।
निशम्य तत्पौरमुखान्नितान्तं
     सा विव्यथे यद्गदितं सपत्न्या ॥ १५ ॥

उनको दुवै ओठ फरफराईरहेको थियो । सुनितिले आफ्नो छोरालार्ई काखमा लिइन त्यतिबेला उनले धेरै दुःख मानिन् ।।१५।।

सोत्सृज्य धैर्यं विललाप शोक
     दावाग्निना दावलतेव बाला ।
वाक्यं सपत्न्याः स्मरती सरोज
     श्रिया दृशा बाष्पकलामुवाह ॥ १६ ॥

उनको धैर्य टुट्यो उनी दावानलले जलेको लहरा झैं शोक गर्दै विलौना गर्न लागिन । सौताका कुराले उनको कमल जस्तो आँखाबाट आँसु झर्नलाग्यो ।।१६।।

दीर्घं श्वसन्ती वृजिनस्य पारं
     अपश्यती बालकमाह बाला ।
मामङ्गलं तात परेषु मंस्था
     भुङ्क्ते जनो यत्परदुःखदस्तत् ॥ १७ ॥

ती विचरीले यस भवसागर बाट पार नपाउँने देखर गहभरी आँसु खसाल्दै ध्रुबसंग भनिन् छोरा ! तिमी अरुको लागि अमङ्गल हुने काम कहिले पनि नगर जो मानिस अरुलार्ई दुःख दिन्छ उसले स्वयम नै त्यसको फल भोग्नुपर्दछ ।।१७।।

सत्यं सुरुच्याभिहितं भवान्मे
     यद् दुर्भगाया उदरे गृहीतः ।
स्तन्येन वृद्धश्च विलज्जते यां
     भार्येति वा वोढुमिडस्पतिर्माम् ॥ १८ ॥

सुरुचिले जे भनिन् त्यो ठिकै भनिन्  किनकि महाराज मलार्ई ता पत्नी त के दासीका रूपमा पनि स्वीकार गर्न लजाउँदछन् । बाबु तिमीले म अभागिनीको गर्भबाट जन्म लियौ र मेरै दुधले हुक्र्यौ ।।१८।।

आतिष्ठ तत्तात विमत्सरस्त्वं
     उक्तं समात्रापि यदव्यलीकम् ।
आराधयाधोक्षजपादपद्मं
     यदीच्छसेऽध्यासनमुत्तमो यथा ॥ १९ ॥

छोरा ! सुरुचि तिम्री सौतेनी आमा भएर ठिकै भनिन् त्यसैले यदि उत्तम समान राजसिंहासनमा बस्न चाहान्छौ भने सबै द्वेषलार्ई छाडेर उनले भनेजस्तै गर । अब अधोक्षज भगवानको चरणकमलको आराधना गर ।।१९।।

यस्याङ्घ्रिपद्मं परिचर्य विश्व
     विभावनायात्तगुणाभिपत्तेः ।
अजोऽध्यतिष्ठत्खलु पारमेष्ठ्यं
     पदं जितात्मश्वसनाभिवन्द्यम् ॥ २० ॥

संसारको पालन गर्नाका निम्ति सत्वगुणको अंङ्गिकार गर्ने श्रीहरिको आराधनाबाट नै तिम्रो जिजु हजुरबुबा ब्रम्हाजीलार्ई यो सर्वश्रेष्ठ पद प्राप्त भएको थियो । जो मन र प्राणलार्ई जित्ने मुनिहरूको समेत बन्दनिय हुनुहुन्छ ।।२०।।

तथा मनुर्वो भगवान्पितामहो
     यमेकमत्या पुरुदक्षिणैर्मखैः ।
इष्ट्वाभिपेदे दुरवापमन्यतो
     भौमं सुखं दिव्यमथापवर्ग्यम् ॥ २१ ॥

यसैगरी तिम्रो हजुरबुबा स्वायम्भूव मनुले पनि ठुलो ठुलो यज्ञद्वारा उनै भगवानको आराधना गर्नु भएको थियो । त्यसैले वहाँँलार्ई अति दुर्लभ लौकिक, अलौकिक तथा मोक्ष सुख प्राप्त भयो ।।२१।।

तमेव वत्साश्रय भृत्यवत्सलं
     मुमुक्षुभिर्मृग्यपदाब्जपद्धतिम् ।
अनन्यभावे निजधर्मभाविते
     मनस्यवस्थाप्य भजस्व पूरुषम् ॥ २२ ॥

छोरा ! तिमी पनि उनै श्री भक्तवत्सल भगवानको आश्रय लेउ । जन्म मृत्युको चक्रबाट छुट्न चाहाने महात्माहरू निरन्तर वहाँँको चरणको आश्रय लिन्छन् । तिमी आफ्नो स्वधर्म पालनले पवित्र भएको आफ्नो चित्तमा उनै भगवानलार्ई बसाउ र अरु सबै विषयलार्ई छाडेर केवल वहाँँको भजन गर ।।२२।।

नान्यं ततः पद्मपलाशलोचनाद्
     दुःखच्छिदं ते मृगयामि कञ्चन ।
यो मृग्यते हस्तगृहीतपद्मया
     श्रियेतरैरङ्ग विमृग्यमाणया ॥ २३ ॥

छोरा उहि कमलदललोचन श्रीहरिलार्ई प्रसन्न गराउँन ब्रम्हादि देवताहरू वहाँँको खोजि गर्दछन । श्रीलक्ष्मी पनि हातमा दीयो जस्तै गरी कमल लिएर सधै वहाँँको सेवा गर्दछिन् ।।२३।।

मैत्रेय उवाच
(अनुष्टुप्)
एवं सञ्जल्पितं मातुः आकर्ण्यार्थागमं वचः ।
सन्नियम्यात्मनाऽऽत्मानं निश्चक्राम पितुः पुरात् ॥ २४ ॥

मैत्रेयजी भन्दछन्
आमा  सुनितिले जुनकुरा भनिन् त्यो अभिष्ट वस्तु प्राप्तिका लागि बाटो देखाउने खालको थियो । ध्रुवले आमाको कुरालार्ईृ आफ्नो बुध्दिद्वारा चित्तमा धारण गरे त्यसपछि उनी पिताको नगरबाट निस्के ।।२४।।

नारदस्तदुपाकर्ण्य ज्ञात्वा तस्य चिकीर्षितम् ।
स्पृष्ट्वा मूर्धन्यघघ्नेन पाणिना प्राह विस्मितः ॥ २५ ॥

यी सबै कुरा सुनेर ध्रुब के गर्दैछन् भन्ने कुरा बुझ्न नारदजी त्यहाँ आए । उनले ध्रुवको मस्तकमा आफ्नो करकमल राखेर मनमनैमा विस्मित हुंदै भने ।।२५।।

अहो तेजः क्षत्रियाणां मानभङ्गममृष्यताम् ।
बालोऽप्ययं हृदा धत्ते यत्समातुरसद्वचः ॥ २६ ॥

अहो ! क्षत्रियको कस्तो अद्भुत तेज छ । उनी थोरैपनि मानभंगलार्ई सहन सक्तैनन । यो त भर्खरको वालखै छ  तापनि सौतेनी आमाको कटुवचनलाई मनमा लिएको छ ।।२६।।

नारद उवाच
नाधुनाप्यवमानं ते सम्मानं वापि पुत्रक ।
लक्षयामः कुमारस्य सक्तस्य क्रीडनादिषु ॥ २७ ॥

त्यसपछि नारदले धु्रवलार्ई भने बाबु अहिले तिमी बालखै छौ, खेलकुदमै ब्यस्त छौ यस्तो समयमा मान अपमान भन्ने कुरा के हुन्छ र ।।२७।।

विकल्पे विद्यमानेऽपि न ह्यसन्तोषहेतवः ।
पुंसो मोहमृते भिन्ना यल्लोके निजकर्मभिः ॥ २८ ॥

यदि तिमीलार्ई मान अपमानको कुरा छ भने त्यो मानिसको असन्तोषको कारणबाट हुने मोह मात्र हो ।मानिसलार्ई आफ्नो कर्म अनुसार मान अपमान सुख दुःख प्राप्त हुन्छ ।।२८।।

परितुष्येत् ततस्तात तावन्मात्रेण पूरुषः ।
दैवोपसादितं यावद् वीक्ष्येश्वरगतिं बुधः ॥ २९ ॥

तात भगवानको गति विचित्रको छ त्यसैले बुध्दिमान ब्यक्तिले दैववश जस्तो परिस्थिति आउँछ त्यसलार्ई सामना गर्नुपर्दछ र त्यसैमा सन्तुष्ट हुनुपर्दछ ।।२९।।

अथ मात्रोपदिष्टेन योगेनावरुरुत्ससि ।
यत्प्रसादं स वै पुंसां दुराराध्यो मतो मम ॥ ३० ॥

अब आमाले दिएको उपदेशानुसार योग साधनाद्वारा तिमी जुन भगवानको कृपा प्राप्त गर्न जान लागिरहेका छौ त्यो ता साधारण मानिसका लागि कठिन छ ।।३०।।

मुनयः पदवीं यस्य निःसङ्गेनोरुजन्मभिः ।
न विदुर्मृगयन्तोऽपि तीव्रयोगसमाधिना ॥ ३१ ॥

योगीहरू अनेकौ वर्ष सम्म कठिन साधनाद्वारा अनाशक्त भएर भगवान् प्राप्तिकालागि साधना गर्दछन् तरपनि भगवानको मार्ग पत्ता लगाउँन सक्तैनन् ।।३१।।

अतो निवर्ततामेष निर्बन्धस्तव निष्फल: ।
यतिष्यति भवान् काले श्रेयसां समुपस्थिते ॥ ३२ ॥

त्यसैले अब तिमी अब यो ब्यर्थको हठलार्ई छाडेर घर फर्क पछि उमेर पुगेपछि जब भगवानको साधना गर्ने समय आउँदछ त्यसपछि यस्तो प्रयत्न गर ।।३२।।

यस्य यद् दैवविहितं स तेन सुखदुःखयोः ।
आत्मानं तोषयन् देही तमसः पारमृच्छति ॥ ३३ ॥

भगवानको नियम अनुसार जे  जस्तो सुख दुःख मिल्छ त्यसैमा मनलार्ई सन्तुष्ट राख्नु्पर्दछ । यसो गर्यो भनेमात्र मानिसले मोहरूपी संसारबाट पार पाउँदछ ।।३३।।

गुणाधिकान्मुदं लिप्सेद् अनुक्रोशं गुणाधमात् ।
मैत्रीं समानादन्विच्छेत् न तापैरभिभूयते ॥ ३४ ॥

मानिसले बढि गुणवान् ब्यक्तिलार्ई देखेर प्रसन्न हुनुपर्दछ, कम गुणवान् छ भने उसलार्र्ई दया गर्नुपर्दछ र जो आफुसमान गुणवान् छ भने उसमा मित्रताको भाव राख्नु् पर्दछ यसो गर्यो भने उसलार्र्ई कहिल्यै दुःख हुदैन ।।३४।।

ध्रुव उवाच
सोऽयं शमो भगवता सुखदुःखहतात्मनाम् ।
दर्शितः कृपया पुंसां दुर्दर्शोऽस्मद्विधैस्तु यः ॥ ३५ ॥

ध्रुवले भने
भगवन् ! सुख दुःखले चञ्चल चित्त भएकाहरूका लागि तपाईले बताउनु भएको उपाय राम्रो हो तर म जस्तो अज्ञानीको दृष्टि त्यहाँ सम्म पुग्न सक्तैन ।।३५।।

अथापि मेऽविनीतस्य क्षात्त्रं घोरमुपेयुषः ।
अतो निवर्ततामेष निर्बन्धस्तव निष्फलः ।
सुरुच्या दुर्वचोबाणैः न भिन्ने श्रयते हृदि ॥ ३६ ॥

त्यति मात्रै होइन मलार्ई त क्षत्रीय स्वभाव प्राप्त भएको हुनाले विनयको अभाव छ । सुरुचिको कटुवाणरूपी वचनले मेरो मन छियाछिया भएको छ त्यसैले म तपाईले दिनुभएको उपदेशलार्ई ठम्याउन सक्तिन ।।३६।।

पदं त्रिभुवनोत्कृष्टं जिगीषोः साधु वर्त्म मे ।
ब्रूहि अस्मत् पितृभिर्ब्रह्मन् अन्यैरप्यनधिष्ठितम् ॥ ३७ ॥

ब्रम्हन ! म त त्यो  त्रिलोकमा सर्वश्रेष्ठ भएको अधिकार प्राप्त गर्न चाहान्छु जुन अधिकार मेरा बाबु अथवा अरुकसैले हनन् गर्न नसकुन् मलार्ई त्यसका बारेमा उपाय बताईदिनुहोस ।।३७।।

नूनं भवान् भगवतो योऽङ्गजः परमेष्ठिनः ।
वितुदन्नटते वीणां हिताय जगतोऽर्कवत् ॥ ३८ ॥

तपाई भगवान् ब्रम्हाका छोरा हुनुहुन्छ, तपाई संसारको कल्याण गर्नका लागि विणा बजाउँदै सूर्य झैं लोकमा हिड्नुहुन्छ ।।३८।।

मैत्रेय उवाच
इत्युदाहृतमाकर्ण्य भगवान् नारदस्तदा ।
प्रीतः प्रत्याह तं बालं सद्वाक्यं अनुकम्पया ॥ ३९ ॥

मैत्रेयजी भन्दछन्
ध्रुर्वको यस्तो कुरा सुनेर नारदजी खुसि हुदै उनीमाथि कृपा गर्दै उपदेश दिनलागे ।।३९।।

नारद उवाच
जनन्याभिहितः पन्थाः स वै निःश्रेयसस्य ते ।
भगवान् वासुदेवस्तं भज तं प्रवणात्मना ॥ ४० ॥

नारदजीले भने बाबु ! तिम्री आमा सुनितिले जे कुरा बताइन त्यो सबै तिम्रै भलार्ईको लागि हो । त्यो नै तिम्रो लागि परमकल्याणकारी बाटो हो । त्यो मार्ग भनेको भगवान् वासुदेव नै हो । त्यसैले उनैमा चित्त लगाएर भजन गर ।।४०।।

धर्मार्थकाममोक्षाख्यं य इच्छेत् श्रेय आत्मनः ।
एकं ह्येव हरेस्तत्र कारणं पादसेवनम् ॥ ४१ ॥

जसलार्ई धर्म, अर्थ, काम, र मोक्षको इच्छा हुन्छ ती सबै प्राप्तिका लागि एकमात्र उपाय हरिको चरणको  सेवा गर्नु हो ।।४१।।

तत्तात गच्छ भद्रं ते यमुनायास्तटं शुचि ।
पुण्यं मधुवनं यत्र सान्निध्यं नित्यदा हरेः ॥ ४२ ॥

छोरा ! तिम्रो कल्याण होस् अब तिमी यमुनाजीको मधुवन मा जाउ, जहाँ भगवानको नित्य निवास हुन्छ ।।४२।।

स्नात्वानुसवनं तस्मिन् कालिन्द्याः सलिले शिवे ।
कृत्वोचितानि निवसन् आत्मनः कल्पितासनः ॥ ४३ ॥

कालिन्दीको निर्मल जलले नित्य स्नान गरेर नित्यकर्म आदिबाट निवृत्ति भएर आसान बिच्छ्याएर स्थीर भावले बस्नु ।।४३।।

प्राणायामेन त्रिवृता प्राणेन्द्रियमनोमलम् ।
शनैर्व्युदस्याभिध्यायेन् मनसा गुरुणा गुरुम् ॥ ४४ ॥

त्यसपछि रेचक, पुरक र कुम्भक प्रणायाम गरेर विस्तारै इन्द्रियादि विषयहरूलार्ई हटाएर मनलार्ई धैर्यपूर्वक श्रीहरिमा लगाएर यसप्रकार ध्यान गर्नु ।।४४।।


प्रसादाभिमुखं शश्वत् प्रसन्नवदनेक्षणम् ।
सुनासं सुभ्रुवं चारु कपोलं सुरसुन्दरम् ॥ ४५ ॥

भगवानको आँखा र अनुहार सधै प्रसन्न हुन्छन । यस्तो भगवान्लार्ई देख्दा वहाँँ सधैं भक्तहरूलार्ई बर दिन उद्यत भएको जस्तो भान हुन्छ । वहाँँ नाक, आँखा र कपाल धेरै राम्रा छन् । वहाँँ सबै देवताहरूमा सुन्दर हुनुहुन्छ ।।४५।।

तरुणं रमणीयाङ्गं अरुणोष्ठेक्षणाधरम् ।
प्रणताश्रयणं नृम्णं शरण्यं करुणार्णवम् ॥ ४६ ॥

वहाँँ तरुण अवस्थाको हुनुहुन्छ, वहाँँका सबै अङ्गहरू मिलेका छन् । राता राता ओठहरू रातो वर्णको नेत्र भएको हुनुहुन्छ । वहाँँ प्राणीहरूलार्ई आश्रय दिन सधैं तत्पर हुनुहुन्छ ।।४६।।

श्रीवत्साङ्कं घनश्यामं पुरुषं वनमालिनम् ।
शङ्खचक्रगदापद्मैः अभिव्यक्तचतुर्भुजम् ॥ ४७ ॥

वहाँको वक्षस्थलमा श्रीवत्स चिन्ह छ, शरीर पानी भरिएको वादल समान स्याम वर्णको छ । वहाँँ परमपुरुष श्यामसुन्दर भगवान्ले गलामा वनमाला धारण गर्नुभएकोछ । वहाँँ चार हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित हुनुहुन्छ ।।४७।।

किरीटिनं कुण्डलिनं केयूरवलयान्वितम् ।
कौस्तुभाभरणग्रीवं पीतकौशेयवाससम् ॥ ४८ ॥

वहाँका अंगहरुमा किरीट, कुण्डल आदि गहनाले सुशोभित छन । गलामा कोस्तुभमणि र शरीरमा पीताम्वरले शोभा बढाईरहेको छ ।।४८।।

काञ्चीकलापपर्यस्तं लसत्काञ्चन नूपुरम् ।
दर्शनीयतमं शान्तं मनोनयनवर्धनम् ॥ ४९ ॥

वहाँ कटिप्रदेशमा सुनको करधनी र चरणमा सुवर्णको नुपुरले सुशोभित भएको हुनुुहुन्छ । भगवानको स्वरूप अति दर्शनीय शान्त र मनलार्ई आनन्द गराउने छ ।।४९।।

पद्भ्यां नखमणिश्रेण्या विलसद्भ्यां समर्चताम् ।
हृत्पद्मकर्णिकाधिष्ण्यं आक्रम्यात् मन्यवस्थितम् ॥ ५० ॥

जसले वहाँँ भगवान्लार्ई मानस पूजा गरेर वहाँँको अन्तःकरणमा  हृदयकमल रुप आसनमा नखमणि मण्डित मनोहर पदारविन्दलार्ई स्थापित गरेर विराजमान हुनुहुन्छ ।।५०।।

स्मयमानं अभिध्यायेत् सानुरागावलोकनम् ।
नियतेनैकभूतेन मनसा वरदर्षभम् ॥ ५१ ॥

यसरी धारण गदै जाँदा जव आफ्नो चित्त स्थाई र एकाग्र हुन्छ त्यस पछि वहाँँ वरदायक प्रभुलार्ई मनमनै यसरी ध्यान गर्नु पर्दछ कि वहाँँ अनुराग भरि दृष्टिले हेरेर मन्दमन्द मुस्काइरहनु भएकोछ भन्ने भावना राख्नु पर्दछ ।।५१।।

एवं भगवतो रूपं सुभद्रं ध्यायतो मनः ।
निर्वृत्या परया तूर्णं सम्पन्नं न निवर्तते ॥ ५२ ॥

यसप्रकार भगवानको मङ्गलमयी मुर्तिलार्ई ध्यान गर्नाले मन आनन्दित हुन्छ र फेरी वहाँँबाट मन अन्त जादैन ।।५२।।

जपश्च परमो गुह्यः श्रूयतां मे नृपात्मज ।
यं सप्तरात्रं प्रपठन् पुमान् पश्यति खेचरान् ॥ ५३ ॥

हे राजकुमार ! यसरी ध्यान गरेर त्यो परमगुह्य मन्त्रको जप गर्नु पर्दछ । त्यसकोे बारेमा बताउँदछु सुन । मानिसले  यसरी सात रात सम्म जप गर्यो भने आकासमा डुल्ने सिध्द पुरुषलार्ई दर्शन गर्न सक्तछ ।।५३।।

ॐ नमो भगवते वासुदेवाय ।
मन्त्रेणानेन देवस्य कुर्याद् द्रव्यमयीं बुधः ।
सपर्यां विविधैर्द्रव्यैः देशकालविभागवित् ॥ ५४ ॥

त्यो मन्त्र ॐ नमो भगवते वासुदेवायहो । बुध्दिमान पुरुषले देशकाल अनुसार कुन कुरा उपयोगी हुन्छ त्यसलार्ई विचार गरेर यस मन्त्र प्रयोग गरेर विभिन्न तरिकाले पूजा गर्नुपर्दछ ।।५४।।

सलिलैः शुचिभिर्माल्यैः वन्यैर्मूलफलादिभिः ।
शस्ताङ्कुरांशुकैश्चार्चेत् तुलस्या प्रियया प्रभुम् ॥ ५५ ॥

भगवानको पूजागर्दा सुध्द जल फूलका माला फलफूल वनमा प्राप्त हुने कन्दमुल वस्त्र र वहाँँको प्यारो तुलसी आदिले पूजा गर्नु पर्दछ ।।५५।।

लब्ध्वा द्रव्यमयीमर्चां क्षित्यम्ब्वादिषु वार्चयेत् ।
आभृतात्मा मुनिः शान्तो यतवाङ्मितवन्यभुक् ॥ ५६ ॥

भगवान को पूजा गर्दा गर्दा मिलेसम्म सिलामा नमिले जलमा भएपनि पूजा गर्नुपर्दछ । मन शान्त राख्नु पर्दछ । जंगलमा पाईने फलफूल आदि परिमित भोजन गर्नु पर्दछ ।।५६।।

स्वेच्छावतारचरितैः अचिन्त्यनिजमायया ।
करिष्यति उत्तमश्लोकः तद् ध्यायेद् हृदयङ्गमम् ॥ ५७ ॥

परिचर्या भगवतो यावत्यः पूर्वसेविताः ।
ता मंत्रहृदयेनैव प्रयुञ्ज्यान् मंत्रमूर्तये ॥ ५८ ॥

त्यसपछि पुण्यकीर्ति भगवान् श्रीहरिले आफ्नो अवर्चनीयद्वारा जुनजुन अवतार लिनुभएको छ ती अवतारहरूको चरित्रहरूको मनमनै चिन्तन गर्नुपर्दछ । भगवानको पूजाको लागि जुनजुन उपचार अपनाइन्छ ती सबै द्वादक्षरी मन्त्रलेनै अर्पण गर्नु पर्दछ ।।५८।।

एवं कायेन मनसा वचसा च मनोगतम् ।
परिचर्यमाणो भगवान् भक्तिमत्परिचर्यया ॥ ५९ ॥

पुंसां अमायिनां सम्यक् भजतां भाववर्धनः ।
श्रेयो दिशत्यभिमतं यद्धर्मादिषु देहिनाम् । ॥ ६० ॥

यसप्रकार मन, वचन र शरीरले भक्तिपूर्वक वहाँँको पूजा गर्नुपर्दछ । त्यसपछि वहाँले आफ्नो निश्चल भावले पूजा गर्ने भक्तलार्ई भाव बढाइदिनु हुन्छ र उसकोे इच्छा अनुसार धर्म, अर्थ, काम र मोक्ष प्रदान गर्नुहुन्छ ।।५९।६०।।

विरक्तश्चेन्द्रियरतौ भक्तियोगेन भूयसा ।
तं निरन्तरभावेन भजेताद्धा विमुक्तये । ॥ ६१ ॥

यदि उपाशकलार्ई इन्द्रिय सम्बन्धि भोगबाट वैराज्ञ आएको छ भने उसले भक्तिपूर्वक अटलभावले भगवानको भजन गर्नुपर्दछ ।।६१।।

इत्युक्तस्तं परिक्रम्य प्रणम्य च नृपार्भकः ।
ययौ मधुवनं पुण्यं हरेश्चरणचर्चितम् । ॥ ६२ ॥

नारदजीले यस्तो उपदेश पाएपछि ध्रुर्वले वहाँँलार्ई परिक्रमा गरे अनि नमस्कार गरेर भगवानको चरणमा चित्त लागाउँदे मधुवनको यात्रामा लागे ।।६२।।

तपोवनं गते तस्मिन् प्रविष्टोऽन्तःपुरं मुनिः ।
अर्हितार्हणको राज्ञा सुखासीन उवाच तम् । ॥ ६३ ॥

ध्रुव तपोवन तिर लागे भने यता नारदजी उत्तानपादको दरवारमा पुगे । राजाले उनलार्र्ई यथायोग्य सत्कार गरेर पूजा गरे अनि आराम संग बसाले त्यसपछि राजालार्ई सोधे ॥ ६३ ॥

नारद उवाच
राजन् किं ध्यायसे दीर्घं मुखेन परिशुष्यता ।
किं वा न रिष्यते कामो धर्मो वार्थेन संयुतः । ॥ ६४ ॥

नारदजीले भनेराजन ! आनन्दै होला । अहिले धेरै चिन्तित भएर के सोचिरहनु भएको छ । धर्म, अर्थ अथवा काममा कुनै कमि त भएको छैन ।।६४।।

राजोवाच
सुतो मे बालको ब्रह्मन् स्त्रैणेना(करुणात्मना ।
निर्वासितः पञ्चवर्षः सह मात्रा महान्कविः । ॥ ६५ ॥

राजाले भने
ब्रम्हन म धेरै स्त्रीको वशमा परेको र निर्दयी हुं । मैले आफ्नो पाँच वर्षको प्यारो बालकलार्ई घरबाट निकालिदिएं तर उ धेरै बुध्दिमान थियो ।।६५।।

अप्यनाथं वने ब्रह्मन् मा स्मादन्त्यर्भकं वृकाः ।
श्रान्तं शयानं क्षुधितं परिम्लानमुखाम्बुजम् ॥ ६६ ॥

भोकले अथवा थाकेर कतै बाटोमा अलपत्र परेको होला । ब्रम्हन त्यस असहाय बालकलार्ई जंगलमा कुनै जन्तुले नखाओस ।।६६।।

अहो मे बत दौरात्म्यं स्त्रीजितस्योपधारय ।
योऽङ्कं प्रेम्णाऽऽरुरुक्षन्तं नाभ्यनन्दमसत्तमः । ॥ ६७ ॥

अहो ! मत कस्तो स्त्रीलम्पट रहेछु, मेरो निर्दयता हेर्नुहोसत्यो बालक प्रेमले मेरो काखमा बस्न आएको थियो तर म दुष्टले अलिकति पनि माया आदर गरीन ।।६७।।

नारद उवाच
मा मा शुचः स्वतनयं देवगुप्तं विशाम्पते ।
तत्प्रभावं अविज्ञाय प्रावृङ्क्ते यद्यशो जगत् । ॥ ६८ ॥

नारदजीले भने
राजन ! तिमी आफ्नो बालकको चिन्ता नगर । उसको रक्षा भगवान्ले गर्नुहुन्छ । तिमी उसकोे प्रभावको बारेमा जान्दैनौं । उसको कीर्ति र यस चारैतिर फैलिएको छ ।।६८।।

सुदुष्करं कर्म कृत्वा लोकपालैरपि प्रभुः ।
ऐष्यत्यचिरतो राजन् यशो विपुलयंस्तव । ॥ ६९ ॥

त्यो बालक धेरै सामथ्र्यबान छ । ठुलाठुला लोकपालहरूले गर्न नसकेको कार्य गरेर फेरि घर फर्केर आउँनेछ । उसको कारणले गर्दा तिम्रो यस कीर्ति पनि बढ्नेछ ।।६९।।
 
मैत्रेय उवाच
इति देवर्षिणा प्रोक्तं विश्रुत्य जगतीपतिः ।
राजलक्ष्मीमनादृत्य पुत्रं एवान्वचिन्तयत् ॥ ७० ॥

मैत्रेयजी भन्दछन्
देवर्षि नारदजीको कुरा सुनेर महाराज उत्तानपाद आफ्नो राजकाजबाट उदासिन भएर छोराको चिन्ता गर्नलागे ।।७०।।

तत्राभिषिक्तः प्रयतः तां उपोष्य विभावरीम् ।
समाहितः पर्यचर दृष्यादेशेन पूरुषम् ॥ ७१ ॥

उता धु्रर्व मधुवनमा पुगेर यमुनाजीमा स्नान गरेर नारदजीले बताए अनुसार पबित्र पूर्वक एकाग्र चित्तले परमपुरुष नारायणको उपासना गर्नलागे ।।७१।।

त्रिरात्रान्ते त्रिरात्रान्ते कपित्थबदराशनः ।
आत्मवृत्त्यनुसारेण मासं निन्येऽर्चयन् हरिम् ॥ ७२ ॥

उनले तिनरातको एकपटक शरीर निर्वाहको लागि कैथ र वयरको फल खाएर  एक महिना बिताए ।।७२।।

द्वितीयं च तथा मासं षष्ठे षष्ठेऽर्भको दिने ।
तृणपर्णादिभिः शीर्णैः कृतान्नोऽभ्यर्चयन् विभुम् ॥ ७३ ॥

दोश्रो महिनामा ६६ दिनको अन्तरमा घाँस र पातहरू खाएर भगवानको ध्यान गरे ।।७३।।

तृतीयं चानयन् मासं नवमे नवमेऽहनि ।
अब्भक्ष उत्तमश्लोकं उपाधावत्समाधिना ॥ ७४ ॥

तेश्रो महिनामा नौ दिनमा एक पटक पानी पिएर समाधि योगद्वारा भगवानको आराधना गरे ।।७४।।

चतुर्थमपि वै मासं द्वादशे द्वादशेऽहनि ।
वायुभक्षो जितश्वासो ध्यायन् देवमधारयत् ॥ ७५ ॥

चौथो महिनामा श्वासलार्ई जितेर वायु बाह्र बाह दिनमा वायु मात्र पिएर ध्यानयोगद्वारा भगवानको आराधना गरे ।।७५।।

पञ्चमे मास्यनुप्राप्ते जितश्वासो नृपात्मजः ।
ध्यायन् ब्रह्म पदैकेन तस्थौ स्थाणुरिवाचलः ॥ ७६ ॥

पाँचौं महिना लागेपछि ध्रुवले श्वासलार्ई पनि जितेर परब्रम्हको चिन्तन गर्नलागे । उनी एउटा खुट्टाले उभिएर खम्बाझैं निश्चल भावले खडा भएर रहे ।।७६।।

सर्वतो मन आकृष्य हृदि भूतेन्द्रियाशयम् ।
ध्यायन् भगवतो रूपं नाद्राक्षीत् किंचनापरम् ॥ ७७ ॥

त्यस समयमा उनले शव्द विषय र इन्द्रियहरूको नियामक आफ्नो मनलार्ई खिचेर हृदयमा स्थित रहनु भएका श्रीहरिको चिन्तन गर्नलागे । उनले चित्तलाई अन्त जान दिएनन ।।७७।।

आधारं महदादीनां प्रधानपुरुषेश्वरम् ।
ब्रह्म धारयमाणस्य त्रयो लोकाश्चकम्पिरे ॥ ७८ ॥

जस समय महदादि सम्पूर्ण तत्वहरूको आधार तथा प्रकृति र पूरुषको अधिश्वर परब्रलाई धारण गरे त्यतिबेला उनकोे तेज सहन गर्न नसकेका कारण तिनैलोक काम्न लाग्यो ।।७८ ।।

(इंद्रवज्रा)
यदैकपादेन स पार्थिवार्भकः
     तस्थौ तदङ्गुष्ठनिपीडिता मही ।
ननाम तत्रार्धमिभेन्द्रधिष्ठिता
     तरीव सव्येतरतः पदे पदे ॥ ७९ ॥

राजकुमार एक खुट्टाको भरमा उभिएका बखत उनकोे गोडाको औंला धसिनाले गजराज चढ्दा डुंगा दायाँ बायाँ हल्लिएझैं पृथ्वी हल्लन थालिन ।।७९।।

तस्मिन् अभिध्यायति विश्वमात्मनो
     द्वारं निरुध्यासमनन्यया धिया ।
लोका निरुच्छ्वासनिपीडिता भृशं
     सलोकपालाः शरणं ययुर्हरिम् ॥ ८० ॥

ध्रुव आफ्नो इन्द्रिय तथा प्राणलार्ई रोकेर अनन्य बुध्दिले श्रीहरिको ध्यान गर्न लागे । यसरी उनकोे समष्टि प्राणबाट अभिन्न हुनाका कारण सबै जीवहरूको श्वास प्रश्वास रोकिन गयो । यसबाट सबै लोकवासिहरूमा पीडा भयो अनि आत्तिएर भगवानको स्तुति गर्नलागे ।।८०।।

देवा ऊचुः
नैवं विदामो भगवन् प्राणरोधं
     चराचरस्याखिलसत्त्वधाम्नः ।
विधेहि तन्नो वृजिनाद्विमोक्षं
     प्राप्ता वयं त्वां शरणं शरण्यम् ॥ ८१ ॥

देवताहरूले भनेभगवन् ! सबै स्थावर, जंगम र जीवको शरीर एकैपटक रोकिन गएको छ । यस्तो कुराको अनुभव हामीले कहिल्यै गरेका थिएनौं, तपाई आफ्ना शरणागतको रक्षा गर्नुहुुन्छ । हामी तपाईको शरणमा छौं, हाम्रो रक्षा गर्नुहोस ।।८१।।

श्रीभगवानुवाच
मा भैष्ट बालं तपसो दुरत्ययान्
     निवर्तयिष्ये प्रतियात स्वधाम ।
यतो हि वः प्राणनिरोध आसीत्
     औत्तानपादिर्मयि सङ्गतात्मा ॥ ८२ ॥

भगवान्ले भन्नुभयो
देवताहरू हो ! तिमीहरू नडराओ उत्तानपादका छोरा ध्रुवले आफ्नो चित्त म विश्वात्मामा लीन गरेका छन् यस समयमा मेरो साथ उनकोे अभेद धारणा सिध्द भएको छ । त्यसैकारण उसकोे  प्राण निरोध भएकोले तिमीहरू सबैको प्राण रोकिएको हो । अब तिमीहरू आफ्नो लोकमा जाओ, म त्यस बालकको तपलार्ई निवृति गर्दछु ।।८२।।


इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे ध्रुवचरिते अष्टमोऽध्यायः ॥ ८ ॥