#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – सप्तचत्वारिंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – सप्तचत्वारिंशोऽध्यायः




शुक उवाच –
(मिश्र)
तं वीक्ष्य कृषानुचरं व्रजस्त्रियः
     प्रलम्बबाहुं नवकञ्जलोचनम् ।
पीताम्बरं पुष्करमालिनं लस–
     न्मुखारविन्दं मणिमृष्टकुण्डलम् ॥१॥

सुचिस्मिताः कोऽयमपीच्यदर्शनः
     कुतश्च कस्याच्युतवेषभूषणः ।
इति स्म सर्वाः परिवव्रुरुत्सुका–
     स्तमुत्तमःश्लोकपदाम्बुजाश्रयम् ॥२॥

कमल पुष्पको माला लगाएका, पिताम्बर धारण गरेका,  त्यसैगरी कानमा मणि जडित कुण्डल धारण गरेका, कमलकै जस्ता आँखा भएका, चम्किलो अनुहार भएका, श्रीकृष्णको जस्तै भेष धारण गरेका, आभूषणहरु लगाएका यस्ता मानिसलाई देखेर गोपिनीहरूले यी मानिस को रहेछन् कहाँबाट आएका हुन् र कसका दूत हुन् कृष्ण जस्तै छन् भनेर अत्यन्त उत्सुक भएका गोपिनीहरु ले चारैतिरबाट घेरे ।।१–२।।

तं प्रश्रयेणावनताः सुसत्कृतं
     सव्रीडहासेक्षणसूनृतादिभिः ।
रहस्यपृच्छन्नुपविष्टमासने
     विज्ञाय सन्देशहरं रमापतेः ॥३॥

गोपिनीहरूले उद्धव भगवान श्रीकृष्णको सन्देश लिएर आएका होलान् भन्ने विचार गरेर उनीहरुले हसिलो मुख लगाएर अत्यन्त मिठो बोलीले लजाउँदै उनको सत्कार गरे र एकान्त आसनमा बसालेर सोध्न लागे ।।३।। 

(अनुष्टुप्)
जानीमस्त्वां यदुपतेः पार्षदं समुपागतम् ।
भर्त्रेह प्रेषितः पित्रोर्भवान् प्रियचिकीर्षया ॥४॥

हामी तपाईँ यदुनाथ श्री कृष्णका दूत भएर आउनु भएको हो भन्ने कुरा जान्दछौं । आफ्ना माता पितालाई प्रसन्न गराउनका निम्ति भगवानले तपाईँलाई यहाँ पठाउनु भएको हो ।।४।।

अन्यथा गोव्रजे तस्य स्मरणीयं न चक्ष्महे ।
स्नेहानुबन्धो बन्धूनां मुनेरपि सुदुस्त्यजः ॥५॥

नत्र भने माता पिता बाहेक उहाँले यस गोकुलमा सम्झनु पर्ने कुनैवस्तु हामी यहाँ देख्दैनौ, किनभने ठूला मुनिका लागि पनि आफ्ना नाता कुटुम्ब स्नेह बन्धन चुडाल्न बडो गाह्रो पर्दछ ।।५।।

अन्येष्वर्थकृता मैत्री यावदर्थविडम्बनम् ।
पुम्भिः स्त्रीषु कृता यद्वत् सुमनःस्स्विव षट्पदैः ॥६॥

पुरुषले आफ्ना माता पितासँग गरिएको सम्बन्ध बाहेक अरु स्त्रीहरूमा गरिएको सम्बन्ध त भ्रमराले फूललाई गरेको सम्बन्ध जस्तै स्वार्थका लागि मात्रै हुन्छ । मातापिता बाहेक अरुसँग गरिएको सम्बन्ध स्वार्थपूर्ति नहुन्जेल सम्मको लागि मात्रै हो ।।६।।

निःस्वं त्यजन्ति गणिका अकल्पं नृपतिं प्रजाः ।
अधीतविद्या आचार्यमृत्विजो दत्तदक्षिणम् ॥७॥

संसारमा प्राय यस्तै स्वार्थ मात्र देखिन्छन् । निर्धन हुनासाथ वेश्याले आफ्नो प्रेमीलाई छाडिदिन्छे । रक्षा गर्न नसक्ने राजालाई प्रजाले त्यागिदिन्छन् । विद्या पढिसकेपछि शिष्य आफ्नो गुरुको वास्ता गर्दैनन्, दक्षिणा हातमा परेपछि ब्राह्मणले यजमानलाई छाडेर हिँड्दछन् ।।७।। 

खगा वीतफलं वृक्षं भुक्त्वा चातिथयो गृहम् ।
दग्धं मृगास्तथारण्यं जारो भुक्त्वा रतां स्त्रियम् ॥८॥

रुखमा फलफूल सकिएपछि चरा हरू त्यहाँबाट उडिहाल्छन्, भोजन गरिसकेपछि अतिथिहरू त्यस घरलाई छाडेर आफ्नो बाटोलाग्छन् । डडेलो लागेको वनलाई पशुहरूले छाडिदिन्छन्, त्यसैगरी त्यसैगरी जारपतिहरूले आफूमा समर्पित भएको स्त्रीलाई आफ्नो काम सकिना साथ छाडिदिन्छ ।।८।।

इति गोप्यो हि गोविन्दे गतवाक्कायमानसाः ।
कृष्णदूते समायाते उद्धवे त्यक्तलौकिकाः ॥९॥

गायन्त्यः प्रीयकर्माणि रुदन्त्यश्च गतह्रियः ।
तस्य संस्मृत्य संस्मृत्य यानि कैशोरबाल्ययोः ॥१०॥

यस प्रकारसँग श्री कृष्णमा मन वचन र शरीर समर्पित गरेका ती गोपीहरूले श्री कृष्णका दूत उद्धवजीलाई व्रजमा भेटेपछि बालक किशोर अवस्थामा गरेका प्रिय कर्महरु सम्झेर गाउन लागेर लाज नमानिकन रुन लागे ।।९–१०।।

काचिन्मधुकरं दृष्ट्वात ध्यायन्ती कृष्णसङ्‌गमम् ।
प्रियप्रस्थापितं दूतं कल्पयित्वेदमब्रवीत् ॥११॥

यिनीहरू मध्ये एउटी गोपिनी कृष्ण समागमको स्मरण गर्न लागेकी थिइन् । यही मौकामा एउटा भ्रमरामाथि उसको दृष्टि पर्न गयो र त्यसलाई आफ्ना प्यारा कृष्णजीले पठाएको दुत सम्झेर यसप्रकार भन्न लागी ।।११।।

गोप्युवाच–
(मालिनी)
मधुप कितवबन्धो मा स्पृशङ्‌घ्रिं सपत्न्याः 
     कुचविलुलितमालाकुङ्‌कुमश्मश्रुभिर्नः ।
वहतु मधुपतिस्तन्मानिनीनां प्रसादं
     यदुसदसि विडम्ब्यं यस्य दूतस्त्वमीदृक् ॥१२॥


गोपिनीले भनी
ए भ्रमरा त कपटीको साथी होस् । तैले हाम्रो खुट्टा नछो किनकि तेरो जुँगामा हाम्रा सौताको स्तनमा स्पर्श हुनाले कृष्णजीको माला लागेको कुमकुम टासिएको छ । किनकि तेरो मालिक जस्ता छन् तँ पनि त्यस्तै होस् । मथुराका कामिनीहरुको कुमकुम श्रीकृष्णले नै ग्रहण गरुन्, यादवहरूको सभामा उपहास गरिने त्यो कुमकुम हामीलाई चाहिँदैन ।।१२।।

सकृदधरसुधां स्वां मोहिनीं पाययित्वा
     सुमनस इव सद्यस्तत्यजेऽस्मान् भवादृक् ।
परिचरति कथं तत्पादपद्मं नु पद्मा
     ह्यपि बत हृतचेता ह्युत्तमःश्लोकजल्पैः ॥१३॥

तेरो र कृष्णजीको मित्रता खुब सुहाउँदो सँग मिलेको छ । किनकि जसरी तैले फूलको रस लिएर त्यसलाई छाडिदिन्छस् त्यसैगरी उहाँले पनि हामीलाई एकचोटि आफ्नो मोहनी लाग्दो अधारामृत पान गराएर छाडिदिनुभएको छ । चन्चला लक्ष्मीले कसरी उहाँको चरण कमलको सेवा किन गरिरहेकी होलिन यस कुरामा हामीलाई बडो आश्चर्य लाग्छ । हुनसक्छ पुण्यकृति भगवानको मिठो कुराले उनको चित्तलाई आकर्षित गर्यो होला ।।१३।। 

किमिह बहु षडङ्‌घ्रे गायसि त्वं यदूना–
     मधिपतिमगृहाणामग्रतो नः पुराणम् ।
विजयसखसखीनां गीयतां तत्प्रसङ्‌गः
     क्षपितकुचरुजस्ते कल्पयन्तीष्टमिष्टाः ॥१४॥

हे भ्रमरा ! त किन बारम्बार घरद्वार नभएका हामी वनबासीहरू निर आएर उनै कृष्णजीको कृति गाइरहन्छस् । हामीले उहाँलाई नचिनेको होइन, अनेक बाजी उहाँको शील स्वभावको अनुभव प्राप्त गरिसकेका छौं । हाम्रा लागि कुनै नौला छैनन्, यी सबै कुरा मथुराबसी नयाँ सखीहरुलाई भनिदिए हुन्छ । कृष्णको आलिङ्गन प्राप्त गरेका मनको बासना पूरा गरेका उनीहरूले नै तेरो कामना पूरा गरिदिनेछन् ।।१४।।

दिवि भुवि च रसायां काः स्त्रियस्तद्दुरापाः
     कपटरुचिरहासभ्रूविजृम्भस्य याः स्युः ।
चरणरज उपास्ते यस्य भूतिर्वयं का
     अपि च कृपणपक्षे ह्युत्तमश्लोकशब्दः ॥१५॥

स्वर्ग पृथ्वी र पातालमा यस्ती एउटी पनि स्त्री नहोलिन् जो उहाँको कपटपूर्ण हाँसो र आँखा नचाएर श्रीकृष्णलाई हेर्ने, अरुको त के कुरा साक्षात लक्ष्मी नै पनि चरणरजको सेवा गरिरहन्छिन् । त्यस्ता कृष्णजीको निम्ति हामी गाउँलेहरु त के नै हौ र तर तैले उहाँनिर गएर अवश्य यो कुरा भन्नु तपाईंको यो उत्तम श्लोक भन्ने नाम त दिन दुःखीमाथि दया गर्नुको नै सार्थक हुन सक्दछ ।।१५।। 

विसृज शिरसि पादं वेद्म्यहं चाटुकारै–
     रनुनयविदुषस्तेऽभ्येत्य दौत्यैर्मुकुन्दात् ।
स्वकृत इह विषृष्टापत्यपत्यन्यलोका
     व्यसृजदकृतचेताः किं नु सन्धेयमस्मिन् ॥१६॥

आफ्नो पाउमा निहुरिएर भूभु गर्न लागेको देख्दा यसले हामीसित क्षमा माग्न लागेको हो भन्ठानेर गोपिनी भन्दछिन्, ए भ्रमरा मेरो खुट्टा माथि राखेको आफ्नो टाउको झिकिहाल । तँ श्रीकृष्णबाट सिकेर आएकोले बिन्ती भाउ गर्नमा क्षमा याचना गर्नमा बडो सुपालु छस् भन्ने कुरा हामीलाई थाहा छ, हेर उहाँको निम्तिमा हामीले आफ्नो पति, पुत्र, परिवार, बन्धुबान्धव, यसलोक र परलोक समेत को वास्ता नराखी छाडिदियौ तर उनले हामी अबलालाई चटक्क छाडेर हिँडिदिनुभयो यस्ता अकृतज्ञ माथि कसरी सन्धिगर्ने ।।१६।। 

मृगयुरिव कपीन्द्रं विव्यधे लुब्धधर्मा
     स्त्रियमकृत विरूपां स्त्रीजितः कामयानाम् ।
बलिमपि बलिमत्त्वावेष्टयद् ध्वाङ्‌क्षवद् य–
     स्तदलमसितसख्यैर्दुस्त्यजस्तत्कथार्थः ॥१७॥

हेर उहाँ बडो निष्ठुरी हुनुहुन्छ । रामावतारमा वनराज बालीलाई ब्याधाले झैँ लुकेर मारिदिनुभयो । आफ्नै स्त्री सीताको कामको बसमा परेर उहाँनिर आएकी बिचरीको सुर्पणखालाइ कान काटेर कुरुप बनाइदिनु भयो । यसैगरी बामनाबतारमा पनि जसरी कागले बलि खाइसकेपछि बलि दिनेलाई चारैतिर घेर्दछ । ठिक त्यसैगरी उहाँले पनि बलिले गरेको पूजा ग्रहण गरी त्यसलाई वरुणपासले बाँधिदिए । त्यसैले हामीलाई ती काला कृष्णजीको मित्रता चाहिँदैन । त्यसो भए उनको चर्चा किन गरिरहेको भन्दछस् भने पनि मनले मान्दैन जसले एकपटक उहाँमा आफ्नो मन लगाइसकेको छ त्यसलाई उहाँको चर्चा छाड्न कठिन पर्दछ ।।१७।।

यदनुचरितलीलाकर्णपीयूषविप्रुट्–
     सकृददनविधूतद्वन्द्वधर्मा विनष्टाः ।
सपदि गृहकुटुम्बं दीनमुत्सृज्य दीना
     बहव इह विहङ्‌गा भिक्षुचर्यां चरन्ति त त ॥१८॥

किनकि सुन्दा खेरि अमृत जस्तो मिठो लाग्ने उहाँको चरित्र जसको कानमा एकछिनको निम्ति भएपनि पानगरेका छन् भने उनले सांसारिक मोह जाललाई त्यागेर दुःखमय घरपरिवारलाई पनि त्यागेर कामना रहित भएर यस लोकमा स्वच्छन्द गतिमा विचरण गर्दछ ।।१८।।

वयमृतमिव जिह्मव्याहृतं श्रद्दधानाः
     कुलिकरुतमिवाज्ञाः कृष्णवध्वो हरिण्यः ।
ददृशुरसकृदेतत्तन्नखस्पर्शतीव्र–
     स्मररुज उपमन्त्रिन् भण्यतामन्यवार्ता ॥१९॥

जसरी कृष्णसार मृगका पत्नी अबोध हरणीहरू ब्याधाको मिठो गानामा विश्वास गरेर उसको पासोमा परि दुःख भोग्छन् त्यसैगरी हामीहरु पनि कृष्णजीको मिठा मिठा कुरामा पत्यार गरी बारम्बार उनको नखस्पर्शले उत्पन्न भएको काम व्यथाले पीडित भइरहेका छौं तसर्थ हेदूत ! अब अरु कुरा भए गर उनको कुरा गर्दै नगर ।।१९।।

प्रियसख पुनरागाः प्रेयसा प्रेषितः किं
     वरय किमनुरुन्धे माननीयोऽसि मेऽङ्‌ग ।
नयसि कथमिहास्मान् दुस्त्यजद्वन्द्वपार्श्वं
     सततमुरसि सौम्य श्रीर्वधूः साकमास्ते ॥२०॥

अलि टाढा पुगेको भ्रमलालाई फेरि फर्केर आएको देखेर गोपिनी भन्दछिन्, यी हाम्रा प्रियतमका साथी तिमी त फेरि किन फर्केर आयौ ? कतै हाम्रा कृष्णजीले हामीलाई फकाउन पठाएको हो कि । अहो हाम्रा प्यारा दूत हुनाले तिमी सब प्रकारले सम्मान गर्न योग्य छौ । जुन कुराको इच्छा छ सो हामीसित मागिहाल । जस कहाँ पुगेपछि फेरि फर्कन गाह्रो पर्दछ यस्ता कृष्ण कहाँ हामीलाई कसरी लैजान्छौ । ए भ्रमरा ! उहाँको छातीमा त प्यारी पत्नी लक्ष्मीजीको निरन्तर विराजमान भइरहन्छ अतः अब त्यहाँ हाम्रो बास कसरी होला ? ।।२०।।

अपि बत मधुपुर्यामार्यपुत्रोऽधुनाऽऽस्ते
     स्मरति स पितृगेहान् सौम्य बन्धूंश्च गोपान् ।
क्वचिदपि स कथा नः किङ्‌करीणां गृणीते
     भुजमगुरुसुगन्धं मूर्ध्न्यधास्यत्कदा नु ॥२१॥

हे भ्रमरा ! के कृष्ण भगवान अहिले मथुरापुरीमा सुखसँग त रहनुभएको छ ? उहाँले कहिले कहीँ आफ्ना पिता नन्द बाबाको घर नाता कुटुम्बी ग्वालाहरुलाई सम्झने गर्नुभएको होला ? हामी दासीहरूकी पनि कहिलेकाहीँ कुरा चर्चा गर्नुहुन्छ कि ? अहो अगुरुको लेपले सुगन्धित भएका आफ्ना हात हाम्रो शिरमा उहाँले कहिले राख्नुहोला हामीलाई त्यस्तो सुअवसर के आउला त ? ।।२१।।। 

शुक उवाच–
(अनुष्टुप्)
अथोद्धवो निशम्यैवं कृष्णदर्शनलालसाः ।
सान्त्वयन् प्रियसन्देशैर्गोपीरिदमभाषत ॥२२॥

श्रीशुकदेव जी भन्नुहुन्छ– कृष्ण दर्शनको निम्ति छटपटाइराखेका ती गोपिनीहरूको यस्तो कुरा सुनेर उद्धवजीले उनको प्रियतम कृष्णको सन्देश सुनाएर सान्तना दिँदै यसप्रकार भन्न लागे ।।२२।। 

उद्धव उवाच –
अहो यूयं स्म पूर्णार्था भवत्यो लोकपूजिताः ।
वासुदेवे भगवति यासामित्यर्पितं मनः ॥२३॥

उद्धवजीले भने– हे गोपिनी ! हो तिमीहरु यथार्थमा सफल भइसकेका छौं । तिमीहरू त सारा संसारको निम्ति पूजनीय छौ । किनकि तिमीहरुले आफ्नो मनलाई यस प्रकारसँग वासुदेव भगवानमा समर्पण गरिदिएका छौ ।।२३।।

दानव्रततपोहोमजपस्वाध्यायसंयमैः ।
श्रेयोभिर्विविधैश्चान्यैः कृष्णे भक्तिर्हि साध्यते ॥२४॥

ध्यान, व्रत, तप, होम, जप, वेदाध्यायन, इन्द्रिय, दमन तथा अरु अरु अनेक शुभ कर्मद्वारा भगवानप्रति भक्ति होस् भन्ने प्रयत्न गरिन्छ ।।२४।।

भगवत्युत्तमश्लोके भवतीभिरनुत्तमा ।
भक्तिः प्रवर्तिता दिष्ट्या मुनीनामपि दुर्लभा ॥ २५ ॥

तर तिमीहरूले त मुनिहरूलाई पनि सजिलैसँग समेत भेटिन गाह्रो पर्ने भगवान श्रीकृष्णमा सर्वोत्तम भक्ति गरिराखेका छौ ।।२५।।

दिष्ट्या पुत्रान् पतीन् देहान् स्वजनान् भवनानि च ।
हित्वावृनीत यूयं यत् कृष्णाख्यं पुरुषं परम् ॥२६॥

तिमीहरूले आफ्ना लोग्ने, छोराछोरी, घर परिवार यी सबैकुरालाई छाडेर पुरुषोत्तम श्रीकृष्ण भगवानलाई पतिको रुपमा वरण गरेका छौ । यो त साँच्च नै बडो सौभाग्यको कुरा हो ।।२६।।

सर्वात्मभावोऽधिकृतो भवतीनामधोक्षजे ।
विरहेण महाभागा महान्मेऽनुग्रहः कृतः ॥२७॥

हे महाभाग्यमानी गोपिनी हो कृष्ण भगवानको वियोगमा तिमीहरूले इन्द्रियदेखि परका परमात्माप्रति जुन भाव प्राप्त गरेका छौ । तिमीहरूले यो भाव प्रकट गरेर मेरा उपर दया गर्यौ ।।२७।।

श्रूयतां प्रियसन्देशो भवतीनां सुखावहः ।
यमादायागतो भद्रा अहं भर्तू रहस्करः ॥२८॥

म आफ्नो स्वामीको सन्देश वाहक दूत हुँ । मैले तिमीहरुलाई परम आनन्ददिने श्रीकृष्णको सन्देश हरु लिएर आएको छु ध्यान दिएर सुन ।।२८।।

श्रीभगवानुवाच –
भवतीनां वियोगो मे न हि सर्वात्मना क्वचित् ।
यथा भूतानि भूतेषु खं वाय्वग्निर्जलं मही ।
तथाहं च मनःप्राणभूतेन्द्रियगुणाश्रयः ॥२९॥

कृष्ण भगवानले भन्नुभएको छ, म सबैको आत्मा हुँ । तसर्थ मसित तिमीहरूको कहिले पनि वियोग हुन सक्दैन । जसरी सबै भौतिक वस्तुमा आकाश, वायु, जल, अग्नि, पृथ्वी यी पाँच तत्व व्याप्त हुन्छन् । सबैकुरा यिनै वस्तु बनेका छन् त्यसैगरी म पनि मन, प्राण, पञ्चभूत, इन्द्रिय र गुणहरूको आश्रयका रूपमा सबैतिर व्याप्त छु ।।२९।।
 
आत्मन्येवात्मनात्मानं सृजे हन्म्यनुपालये ।
आत्ममायानुभावेन भूतेन्द्रियगुणात्मना ॥३०॥

म नै आफ्नो मायाको प्रभावले पञ्चतत्व, इन्द्रिय र गुणरूप भएर आफूद्वारा आफूमा आफूलाई उत्पन्न गर्ने पालन गर्ने र लिन गर्ने कार्य गर्दछु ।।३०।।

आत्मा ज्ञानमयः शुद्धो व्यतिरिक्तोऽगुणान्वयः ।
सुषुप्तिस्वप्नजाग्रद्‌भिर्मायावृत्तिभिरीयते ॥३१॥

आत्मा शुद्ध र ज्ञानमय हुनाले शरीरदेखि भिन्न छ अतएव मायाको गुणसित पनि त्यसको कुनै सम्बन्ध छैन । मायाको तीन अवस्था छन्, जाग्रत, स्वप्न र सुषुप्ति यि वृतिद्वारा कहिले विश्वरूप स्वरूप, कहिले प्राज्ञ, कहिले तैजेश रूपले प्रतीत हुन्छ ।।३१।। 

येनेन्द्रियार्थान् ध्यायेत मृषा स्वप्नवदुत्थितः ।
तन्निरुन्ध्यादिन्द्रियाणि विनिद्रः प्रत्यपद्यत ॥३२॥

मानिसले मन इन्द्रियद्वारा सपनामा देखिने विषयहरूलाई पनि मिथ्या सम्झेर ती विषयको चिन्तन गर्ने मनलाई र इन्द्रियहरूलाइ नियन्त्रण गर्यो भने त्यस्तो व्यक्तिले ब्रह्म प्राप्त गर्दछ ।।३२।।

एतदन्तः समाम्नायो योगः साङ्‌ख्यं मनीषिणाम् ।
त्यागस्तपो दमः सत्यं समुद्रान्ता इवापगाः ॥३३॥

जसरी नदीहरू चारैतिरबाट आएर समुद्रमा मिसिन्छन् त्यसैगरी विद्वान पुरुषको वेदाभ्यास, योगशास्त्र, साङ्ख्यशास्त्र, तपस्या, इन्द्रिय दमन र सत्य आदि गरिएका समस्त धर्म मेरै प्राप्तिमा समाप्त हुन्छ ।।३३।। 

यत्त्वहं भवतीनां वै दूरे वर्ते प्रियो दृशाम् ।
मनसः सन्निकर्षार्थं मदनुध्यानकाम्यया ॥३४॥

तिमीहरूको आँखा देखि म टाढा छु । यसरी टाढा हुँदा तिमीहरूको मन निरन्तर मेरो चिन्तनमा लागिरहेको हुन्छ । यो चिन्तन गर्नु नै मेरो नजिक रहनको लागि हो ।।३४।। 

यथा दूरचरे प्रेष्ठे मन आविश्य वर्तते ।
स्त्रीणां च न तथा चेतः सन्निकृष्टेऽक्षिगोचरे ॥३५॥

किनकि स्त्रीहरूको चित्तटाढा विदेशमा गइराखेको प्रियतममा जसरी निश्चल भावसँग लागिरहन्छ त्यतिको त आफ्नो आँखाको नजिक रहने प्रियतममा लाग्दैन ।।३५।।

मय्यावेश्य मनः कृत्स्नं विमुक्ताशेषवृत्ति यत् ।
अनुस्मरन्त्यो मां नित्यमचिरान्मामुपैष्यथ ॥३६॥

यस प्रकारसँग जब तिमीहरु ममा चित्त लगाएर निरन्तर मेरो शरणमा मग्न हुनेछौ तब तिमीहरूको चित्तको वृत्ति कतैतिर नलागेर शान्त हुनेछन् त्यसपछि तिमीहरूले मलाई छिट्टै नै प्राप्त गर्नेछौ ।।३६।।

या मया क्रीडता रात्र्यां वनेऽस्मिन् व्रज आस्थिताः ।
अलब्धरासाः कल्याण्यो माऽऽपुर्मद्वीर्यचिन्तया ॥३७॥

हे कल्याणी हो ! रात्रीको समयमा वृन्दावनमा मैले रासकृडा रचेको अवस्थामा जो गोपिनीहरू आफ्ना पति, पुत्र र परिवारले रोकेका कारण उक्त रासकृडामा सामेल हुन पाएका थिएनन् तिनीहरु मेरै लिलाको स्मरण गर्नाले नै ममा प्राप्त भएका थिए ।।३७।।

शुक उवाच –
एवं प्रियतमादिष्टमाकर्ण्य व्रजयोषितः ।
ता ऊचुरुद्धवं प्रीतास्तत्सन्देशागतस्मृतीः ॥३८॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन ! आफ्ना प्रियतम श्रीकृष्ण भगवान ले भन्नुभएको कुरा सुनेर गोपिनीहरुलाई बडो आनन्द भयो । यो सन्देशले गर्दा उनीहरुलाई कृष्णजीको पूर्व लिलाहरूकको स्मरण हुन लाग्यो र उनीहरु प्रसन्न हुँदै यस प्रकारसँग उद्धवजीलाई भन्न लागे ।।३८।।

गोप्य ऊचुः –
दिष्ट्याहितो हतः कंसो यदूनां सानुगोऽघकृत् ।
दिष्ट्याप्तैर्लब्धसर्वार्थैः कुशल्यास्तेऽच्युतोऽधुना ॥३९॥

गोपिनीहरुले भने–
यादवहरूका शत्रु कंश आफ्ना अनुयायीहरूको साथसाथै मारिनु बडो खुसीको कुरा हो र अहिले कृष्णजीले आफ्नो सबै मनोरथ पूर्ण भएका आफ्ना भक्त यादवहरूको साथमा कुशलपूर्वक रहनुभएको छ त्यो पनि खुसीकै कुरा हो ।।३९।। 

कच्चिद् गदाग्रजः सौम्य करोति पुरयोषिताम् ।
प्रीतिं नः स्निग्धसव्रीडहासोदारेक्षणार्चितः ॥४०॥

तर उद्धवजी ! के कृष्णजी हाम्रा प्रेमपूर्ण एवं लज्जालु युक्त मुस्कान तथा मनोहर कटाक्षद्वारा पुजित भएका श्रीकृष्ण अहिले त्यहाँका स्त्रीसँग प्रेम गर्नुहुन्छ त ।।४०।।

कथं रतिविशेषज्ञः प्रियश्च पुरयोषिताम् ।
नानुबध्येत तद्वाक्यैर्विभ्रमैश्चानुभाजितः ॥४१॥

अर्की गोपिनीले भनिन– स्त्रीहरूको मिठो बोलीमा रत्तिनु हुने श्रीकृष्ण अहिले के तिनीहरूको बसमा पर्नुभएको छैन र ।।४१।।

अपि स्मरति नः साधो गोविन्दः प्रस्तुते क्वचित् ।
गोष्ठिमध्ये पुरस्त्रीणां ग्राम्याः स्वैरकथान्तरे ॥४२॥

अर्की गोपिनीले भनिन्– हे उद्धवजी ! मथुरा नगरका स्त्रीहरूको शोभामा प्रेम विषयमा कुराकानी हुँदा श्रीकृष्णले हामी गाउँले गोपिनीहरूलाई कहिल्यै सम्झिनुहुन्छ त ।।४२।।

 (वसंततिलका)
ताः किं निशाः स्मरति यासु तदा प्रियाभि–
     र्वृन्दावने कुमुदकुन्दशशाङ्‌करम्ये ।
रेमे क्वणच्चरणनूपुररासगोष्ठ्या–
     मस्माभिरीडितमनोज्ञकथः कदाचित् ॥४३॥

जुन बखतमा रात्रीको समयमा कुमोदकुन्द इत्यादि फुल फलिरहेका तथा चन्द्रमाको चम्किलो किरणले वृन्दावनको शोमा अत्यन्त रमणीय भइराखेको थियो त्यस बखतमा उहाँले हाम्रो पाउजुको आवाजमा छम छम साथ मिलाएर हामीसँग नृत्य गर्नुभएको सम्झना उहाँलाई होला त ।।४३।

 (अनुष्टुप्)
अप्येष्यतीह दाशार्हस्तप्ताः स्वकृतया शुचा ।
सञ्जीवयन्नु नो गात्रैर्यथेन्द्रो वनमम्बुदैः ॥४४॥

अर्कै गोपिनीले भनिन्– हे उद्धवजी ! हामी सबै त वहाँकै विरह शोकले व्याकुल भइराखेका छौं जसरी देवराज इन्द्रजलको वर्षा गरेर वनलाई बचाउँछन् त्यसैगरी आफ्नो हातले स्पर्श गरेर हामीलाई जीवित बनाउन के श्रीकृष्ण फेरि यहाँ आउनुहोला त ।।४४।।

कस्मात् कृष्ण इहायाति प्राप्तराज्यो हताहितः ।
नरेन्द्रकन्या उद्वाह्य प्रीतः सर्वसुहृद्‌वृतः ॥४५॥

यो कुरा सुन्दा अर्कै एउटी गोपिनीले भनिन् – अब त उहाँले शत्रुलाई मारेर राज्य भेट्टाइहाल्नु भएको छ । राजकुमारीहरूसँग बिहे गरेर आफ्ना बन्धु बान्धवको साथमा आनन्दसँग बसिराख्नु भएको होला यस्तो आनन्दलाई छाडेर यहाँ किन आइरहनु हुन्थ्यो ।।४५।। 

किमस्माभिर्वनौकोभिरन्याभिर्वा महात्मनः ।
श्रीपतेराप्तकामस्य क्रियेतार्थः कृतात्मनः ॥४६॥

अर्की गोपिनीले भनीन्– भगवान सम्पूर्ण मनोरथ बाट पूर्ण भएर चित्तलाई आफ्नो बसमा राखिरहनु हुन्छ उहाँ त साक्षात लक्ष्मीपति हुनुहुन्छ । यसो भएको हुँदा हामी गोपिनी हरू उहाँका लागि के काम ।।४६।। 

परं सौख्यं हि नैराश्यं स्वैरिण्यप्याह पिङ्‌गला ।
तज्जानतीनां नः कृष्णे तथाप्याशा दुरत्यया ॥४७॥

हेर ! बेस्या भएर पनि पिङ्गलाले संसारमा कसैको आशा नगर्नु नै परम सुख हो भनेकी थिइ यो कुरा थाहा हुँदाहुँदै पनि हामी कृष्णजीलाई फर्केर आउने आशा छाड्न अति गाह्रो भइराखेको छ ।।४७।।

क उत्सहेत सन्त्यक्तुमुत्तमःश्लोकसंविदम् ।
अनिच्छतोऽपि यस्य श्रीरङ्‌गान्न च्यवते क्वचित् ॥४८॥

श्रीकृष्णले रात्रिका समयमा गरेका प्रेममय कुरालाई कसले बिर्सन सक्छ किनकि भगवानले नचाहँदा पनि उहाँको छातीमा बस्ने लक्ष्मी पनि उहाँबाट कहिले अलग हुन सक्दिनन् ।।४८।। 

सरिच्छैलवनोद्देशा गावो वेणुरवा इमे ।
सङ्‌कर्षणसहायेन कृष्णेनाचरिताः प्रभो ॥४९॥

हे उद्धव ! बलरामको साथै श्रीकृष्णजीले यी पर्वत, वन, गाई, तथा बाँसुरीको ध्वनिलाइ उपभोग गर्नुभएको थियो ।।४९।।

पुनः पुनः स्मारयन्ति नन्दगोपसुतं बत ।
श्रीनिकेतैस्तत्पदकैर्विस्मर्तुं नैव शक्नुमः ॥५०॥

यी वन पर्वतमा रहेको उहाँका चरण चिन्हले हामीलाई बारम्बार श्रीकृष्णको सम्झना भइरहन्छ । त्यसैले हामी उहाँलाई बिर्सन सक्दैनौ ।।५०।। 

गत्या ललितयोदारहासलीलावलोकनैः ।
माध्व्या गिरा हृतधियः कथं तं विस्मरामहे ॥५१॥

उहाँको सुन्दर हिँडाई, कर्के हेराई, मधुर मुस्कान आदिले हाम्रो मन चोरिएको छ । त्यसकारण हामी उहाँलाई कसरी भुल्न सक्छौ ।।५१।। 

हे नाथ हे रमानाथ व्रजनाथार्तिनाशन ।
मग्नमुद्धर गोविन्द गोकुलं वृजिनार्णवात् ॥५२॥

हे नाथ ! हेलक्ष्मीनाथ ! हे व्रजका रक्षक ! हे दुःख हर्ता ! हजुरले दुःखको सागरबाट डुबेको यो गोकुलको उद्धार गर्नुहोस् ।।५२।।

शुक उवाच – 
ततस्ताः कृष्णसन्देशैर्व्यपेतविरहज्वराः ।
उद्धवं पूजयाश्चक्रुर्ज्ञात्वाऽऽत्मानमधोक्षजम् ॥५३॥

श्रीशुकदेवजी भन्नुहुन्छ– कृष्णजीको सन्देश सुन्नाले गोपिनीहरूको विरहताप सन्ताप शान्त भइसकेको थियो । त्यसैले उनीहरूले श्रीकृष्ण भगवानलाई सबैको आत्मामा स्थित हुनुभएको सम्झे अनि उद्धवजीको पूजा गरे ।।५३।। 

उवास कतिचिन्मासान् गोपीनां विनुदञ्छुचः ।
कृष्णलीलाकथां गायन् रमयामास गोकुलम् ॥५४॥

गोपिनीहरूको वीरहव्यथालाई शान्त गर्नको निम्ति उद्धवजी केही महिनासम्म व्रजमा बस्नुभयो र कृष्णका अनेक लिलाहरूको कथा सुनाएर ब्रजवासीलाई आनन्दित गर्नुभयो ।।५४।।

यावन्त्यहानि नन्दस्य व्रजेऽवात्सीत् स उद्धवः ।
व्रजौकसां क्षणप्रायाण्यासन् कृष्णस्य वार्तया ॥५५॥

उद्धवजी जति दिन नन्दको गोकुलमा बस्नुभयो त्यति दिनसम्म कृष्ण भगवानका लीलाको चर्चा भइरहेकोले ब्रजवासीहरुलाई ती सब दिन एक क्षण समान जस्तो भयो ।।५५।।

सरिद्वनगिरिद्रोणीर्वीक्षन् कुसुमितान् द्रुमान् ।
कृष्णं संस्मारयन् रेमे हरिदासो व्रजौकसाम् ॥५६॥

भगवानका परमप्रेमी भक्त उद्धवजी नदी, वन, पर्वत, कन्दरा र फूल फुलेका वृक्षहरूको शोभा हेर्दै एवं ब्रजवासीहरुलाई कृष्णजीको स्मरण गराएर आनन्दसँग त्यहाँ बस्नुभयो ।।५६।।

दृष्ट्वैवमादि गोपीनां कृष्णावेशात्मविक्लवम् ।
उद्धवः परमप्रीतस्ता नमस्यन्निदं जगौ ॥५७॥

गोपिनीहरूको चित्तमा श्रीकृष्णमा तन्मय यस्तो भएको देख्दा उद्धवजी अत्यन्त प्रसन्न भए र उनीहरूलाई प्रणाम गरी यस प्रकार भन्न लाग्नुभयो ।।५७।।

(वसंततिलका)
एताः परं तनुभृतो भुवि गोपवध्वो
     गोविन्द एव निखिलात्मनि रूढभावाः ।
वाञ्छन्ति यद् भवभियो मुनयो वयं च
     किं ब्रह्मजन्मभिरनन्तकथारसस्य ॥५८॥

संसारमा यी गोपिनीहरू नै सम्पूर्ण देहधारीमा श्रेष्ठ हुन्, किनकि यिनीहरूको मन श्रीकृष्णमा समर्पित भएको छ । त्यसकारण यिनीहरुले सफल जीवन धारण गरेका छन् । उहाँ भगवानलाई प्राप्त गर्न ठुलाठुला मुनि तथा हामी भक्तहरु समेत इच्छा राख्दछौँ जसलाई कृष्ण भगवानका कथाको स्वाद लागिसकेकाले उनीहरूलाई ब्राह्मणको कैयौँ जन्मले पनि केही हुँदैन ।।५८।। 

क्वेमाः स्त्रियो वनचरीर्व्यभिचारदुष्टाः
     कृष्णे क्व चैष परमात्मनि रूढभावः ।
नन्वीश्वरोऽनुभजतोऽविदुषोऽपि साक्षा–
     च्छ्रेयस्तनोत्यगदराज इवोपयुक्तः ॥५९॥

कहाँ सदाचारको पालन नभएका र ज्ञानले हिन भएका यी जङ्गली स्त्रीहरू र कहाँ यिनको परमात्मा कृष्णमा यस्तो अनन्य प्रेम हुनु, उसको आशय के हो भने यदि कसैले भगवानको स्वरूप र रहस्यलाई नबुझेर पनि उहाँसित प्रेम गर्यो, उहाँको भजन गर्यो भने त्यो व्यक्ति अज्ञानी नै भएपनि उहाँले कृपा गरी त्यसको परम कल्याण गरिदिनु हुन्छ । जसरी कसैले यो अमृत हो भन्ने थाहा नपाएर पनि अमृत पान गर्यो भने त्यो अमृतले उसको कल्याण गर्दछ ।।५९।। 

नायं श्रियोऽङ्‌ग उ नितान्तरतेः प्रसादः
     स्वर्योषितां नलिनगन्धरुचां कुतोऽन्याः ।
रासोत्सवेऽस्य भुजदण्डगृहीतकण्ठ(
     लब्धाशिषां य उदगाद् व्रजवल्लवीनाम् ॥६०॥

रास कृडामा कृष्ण भगवानले यी गोपिनीहरूको काँधमा आफ्नो बाहुली राखेर यिनीहरुलाई जुन कृपा प्रसाद वितरण गर्नुभयो जुन प्रेम दान दिनुभयो त्यस्तो प्रेम त निरन्तर उहाँको बक्षस्थलमा रमण गर्ने लक्ष्मीले तथा अन्य स्वर्गका अप्सराहरूले समेत भेट्टाएका छैनन् भने अरु स्त्रीहरूले भेट्टाउलान् भन्ने त कुरै भएन ।।६०।। 

आसामहो चरणरेणुजुषामहं स्यां
     वृन्दावने किमपि गुल्मलतौषधीनाम् ।
या दुस्त्यजं स्वजनमार्यपथं च हित्वा
     भेजुर्मुकुन्दपदवीं श्रुतिभिर्विमृग्याम् ॥६१॥

यस वृन्दावनमा कुनै लहरा औषधि अथवा घाँसको मुन्टा भएर जन्म पाएता मेरो लागि सर्वश्रेष्ठ हुने थियो । यसो भएको खण्डमा मलाई नित्य निरन्तर यिनको चरणको धुलोको सेवा गर्ने मौका मिल्ने थियो किनकि यी गोपिनीहरुले छाड्नै नसकिने आफ्ना बन्धुहरूलाई समेत त्यागेर वेदद्वारा समेत खोजी गरिएका भगवानको चरण चिन्हलाई प्राप्त गरेका छन्, तन्मयता प्राप्त गरेका छन्, त्यसैले यि धन्य हुन् ।।६१।।

या वै श्रियार्चितमजादिभिराप्तकामै–
     र्योगेश्वरैरपि यदात्मनि रासगोष्ठ्याम् ।
कृष्णस्य तद् भगवतः चरणारविन्दं
     न्यस्तं स्तनेषु विजहुः परिरभ्य तापम् ॥६२॥

स्वयं लक्ष्मीजी, ब्रह्मा, शंकर आदि ठूला ठूला देवताहरूले समेत भगवानको चरण कमललाई आफ्नो हृदयमा राखेर पूजा गर्दछन् तिनै चरण चिन्ह रासलीला समयमा गोपिनीहरूले आफ्नो स्तनमा राखेर सांसारिक व्यथालाई त्यागिदिएका थिए ।।६२।। 

 (अनुष्टुप्)
वन्दे नन्दव्रजस्त्रीणां पादरेणुमभीक्ष्णशः ।
यासां हरिकथोद्गीततं पुनाति भुवनत्रयम् ॥६३॥

जुन गोपिनीहरूले गाएको हरि कथाको गानले तिनै लोकलाई पवित्र पार्दछ, त्यस्ता व्रजका गोपिनीहरूको चरणको धुलोलाई नित्य निरन्तर बन्दना गर्दछु, नमस्कार गर्दछु ।।६३।।

शुक उवाच–
अथ गोपीरनुज्ञाप्य यशोदां नन्दमेव च ।
गोपानामन्त्र्य दाशार्हो यास्यन्नारुरुहे रथम् ॥६४॥

श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजन ! त्यसपछि उद्धवजी गोकुलबाट मथुरा जानको निम्ति गोपिनीहरू, नन्द यशोदासँग बिदावारी भई रथमा चढ्नुभयो ।।६४।।

तं निर्गतं समासाद्य नानोपायनपाणयः ।
नन्दादयोऽनुरागेण प्रावोचन्नश्रुलोचनाः ॥६५॥

उहाँको रथ ब्रज बाहिर आएपछि नन्दादी गोप–गोपीहरू हातमा अनेक प्रकारका कोसेली उपहार लिएर आँखा भरि आँसु पारिकन रथमा बसेका उद्धवजीसँग भन्न लागे ।।६५।।

मनसो वृत्तयो नः स्युः कृष्ण पादाम्बुजाश्रयाः ।
वाचोऽभिधायिनीर्नाम्नां कायस्तत्प्रह्वणादिषु ॥६६॥

हाम्रो मनको प्रत्येक वृति सदा सर्वदा कृष्णको चरणमा लागिरहोस्, हाम्रो वाणीले नित्य निरन्तर उहाँको नाम संकर्तन गरिरहोस्, हाम्रो शरीर उहाँकै अभिवादन र सेवामा लागिरहोस् ।।६६।। 

कर्मभिर्भ्राम्यमाणानां यत्र क्वापीश्वरेच्छया ।
मङ्‌गलाचरितैर्दानै रतिर्नः कृष्ण ईश्वरे ॥६७॥

भगवानको इच्छाले आफ्नो कर्म अनुसार जुनसुकै योनीमा जन्म लिएता पनि हामीले जति शुभ कर्म गरेका छौं र दान दिएका छौं ती सबैको पुण्यको प्रभावले हाम्रो मन कृष्णमा लागिरहोस् ।।६७।।

एवं सभाजितो गोपैः कृष्णभक्त्या नराधिप ।
उद्धवः पुनरागच्छन्मथुरां कृष्णपालिताम् ॥६८॥

हे राजन ! गोपहरूले कृष्णजीलाई जतिकै मान गरेर भक्तिपूर्वक यसप्रकार पूजा गरेर यसपछि उध्दवजी पनि कृष्णद्वारा संरक्षण गरिएको मथुरापुरीमा फर्केर आउँनुभयो ।।६८।।

कृष्णाय प्रणिपत्याह भक्त्युद्रेकं व्रजौकसाम् ।
वसुदेवाय रामाय राज्ञे चोपायनान्यदात् ॥६९॥

त्यहाँ पुगेपछि उहाँले कृष्णलाई प्रणाम गरे र ब्रजवासीहरूको अनन्य भक्तिको वर्णन सुनाए त्यसपछि नन्दलगायत ब्रजवासीहरूले पठाएको उपहारहरु बसुदेव, बलराम र राजा उग्रेसनलाई बुझाउँनुभयो  ।।६९।। 

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे उद्धवप्रतियाने सप्तचत्वारिंशोऽध्यायः ॥४७॥