/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

सप्तमः स्कंधः - द्वितीयोऽध्यायः

श्रीमद्भागवत महापुराण

सप्तमः स्कंधः - द्वितीयोऽध्यायः


नारद उवाच –
(अनुष्टुप्) भ्रातरि एवं विनिहते हरिणा क्रोडमूर्तिना ।
हिरण्यकशिपू राजन् पर्यतप्यद् रुषा शुचा ॥ १ ॥
नेपाली भावानुवादः हे राजन् ! जब भगवान्‌ले वराह अवतार धारण गरेर हिरण्याक्षलाई मार्नुभयो, त्यसपछि यसरी भाइ मारिएका कारण हिरण्यकशिपु रिसले चुर भयो र शोकले व्याकुल भयो ।।१।।
 
आह चेदं रुषा घूर्णः सन्दष्टदशनच्छदः ।
कोपोज्ज्वलद्‍भ्यां चक्षुर्भ्यां निरीक्षन् धूम्रमम्बरम् ॥ २ ॥
नेपाली भावानुवादः ऊ रिसले काम्दै दाँतले ओठ टोक्न लाग्यो। रिसले राता भएका आँखाले धुवाँले ढाकिएको आकाशतिर हेर्दै उसले यसरी भन्न लाग्यो ।।२।।
 
करालदंष्ट्रोग्रदृष्ट्या दुष्प्रेक्ष्य भ्रुकुटीमुखः ।
शूलमुद्यम्य सदसि दानवान् इदमब्रवीत् ॥ ३ ॥
भो भो दानवदैतेया द्विमूर्धन् त्र्यक्ष शम्बर ।
शतबाहो हयग्रीव नमुचे पाक इल्वल ॥ ४ ॥
विप्रचित्ते मम वचः पुलोमन् शकुनादयः । श्रृणुत अनन्तरं सर्वे क्रियतां आशु मा चिरम् ॥ ५ ॥
नेपाली भावानुवादः त्यस समय डरलाग्दा दाह्रा, उग्र दृष्टि र बाङ्गा भएका रौं (भ्रुकुटी) का कारण उसको मुख हेर्न पनि नसकिने खालको थियो। उसले सभामा त्रिशूल उठाएर द्विमूर्धा, त्र्यक्ष, शम्बर, शतबाहु, हयग्रीव, नमुचि, पाक, इल्वल, विप्रचित्ति, पुलोमा र शकुनि आदिलाई सम्बोधन गर्दै भन्यो– "हे दैत्य तथा दानवहरू! तिमीहरू सबैले मेरा कुरा सुन र त्यसपछि म जे भन्छु, ढिलो नगरी तुरुन्तै त्यही गर" ।।३५।।
 
सपत्‍नैर्घातितः क्षुद्रैः भ्राता मे दयितः सुहृत् ।
पार्ष्णिग्राहेण हरिणा समेनाप्युपधावनैः ॥ ६ ॥
नेपाली भावानुवादः यी क्षुद्र शत्रुहरू (देवताहरू) मिलेर मेरो प्यारो र हितैषी भाइलाई मारे। यद्यपि ती हरि (विष्णु) त सबैका लागि समान थिए, तापनि देवताहरूले दौडधुप र सेवा-उपासना गरेर उनलाई आफ्नो पक्षमा पारे ।।६।।
 
तस्य त्यक्तस्वभावस्य घृणेः मायावनौकसः ।
भजन्तं भजमानस्य बालस्येवास्थिरात्मनः ॥ ७ ॥
नेपाली भावानुवादः ती विष्णु पहिले त निष्पक्ष र शुद्ध थिए, तर अहिले मायाले वराह आदि रूप धारण गरेर आफ्नो स्वभावबाट च्युत भएका छन्। बालकले जस्तै जसले सेवा गर्‍यो उसैको पक्ष लिने उनको चित्त स्थिर छैन ।।७।।
 
मत् शूलभिन्नग्रीवस्य भूरिणा रुधिरेण वै ।
रुधिरप्रियं तर्पयिष्ये भ्रातरं मे गतव्यथः ॥ ८ ॥
नेपाली भावानुवादः अब म आफ्नो यस त्रिशूलले उनको घाँटी रेटिदिन्छु र प्रशस्त रगतको धाराले मेरो भाइलाई तर्पण दिनेछु। त्यसपछि मात्र मेरो हृदयको पीडा शान्त हुनेछ ।।८।।
 
तस्मिन्कूटेऽहिते नष्टे कृत्तमूले वनस्पतौ ।
विटपा इव शुष्यन्ति विष्णुप्राणा दिवौकसः ॥ ९ ॥
नेपाली भावानुवादः ती मायावी शत्रु नष्ट हुनासाथ, फेदबाट काटिएको रुखका हाँगाहरू सुकेझैँ, विष्णुको सहारामा बाँचेका सबै देवताहरू आफैँ नष्ट हुनेछन् ।।९।।
 
तावद्यात भुवं यूयं विप्रक्षत्रसमेधिताम् ।
सूदयध्वं तपोयज्ञ स्वाध्याय व्रतदानिनः ॥ १० ॥
नेपाली भावानुवादः त्यसैले तिमीहरू अहिले नै पृथ्वीमा जाओ। त्यहाँ ब्राह्मण र क्षत्रियहरूले यज्ञ-कर्महरू बढाइरहेका छन्। जस-जसले तपस्या, यज्ञ, स्वाध्याय, व्रत र दान आदि शुभ कर्म गरिरहेका छन्, ती सबैलाई मारिदेओ ।।१०।।
 
विष्णुर्द्विजक्रियामूलो यज्ञो धर्ममयः पुमान् ।
देवर्षि पितृ भूतानां धर्मस्य च परायणम् ॥ ११ ॥
नेपाली भावानुवादः विष्णुको जड भनेकै द्विजाति (ब्राह्मण) हरूको धर्मकर्म हो; किनकि यज्ञ र धर्म नै उनको वास्तविक स्वरूप हो। देवता, ऋषि, पितृ, समस्त प्राणी र धर्मका परम आश्रय उनै विष्णु हुन् ।।११।।
 
यत्र यत्र द्विजा गावो वेदा वर्णाश्रमक्रियाः ।
तं तं जनपदं यात सन्दीपयत वृश्चत ॥ १२ ॥
नेपाली भावानुवादः जहाँ जहाँ ब्राह्मण, गाई, वेद, वर्णाश्रम र धर्म-कर्म भइरहेको छ, ती ठाउँहरूमा गएर तिमीहरूले सबै जलाइदेओ र उजाड पारिदेओ ।।१२।।
 
इति ते भर्तृनिर्देशं आदाय शिरसाऽऽदृताः ।
तथा प्रजानां कदनं विदधुः कदनप्रियाः ॥ १३ ॥
नेपाली भावानुवादः स्वभावैले अरूलाई सताएर सुखी हुने ती दानवहरूले दैत्यराज हिरण्यकशिपुको आज्ञालाई शिरोधार्य गरे। उनीहरूले आज्ञा अनुसार जनतालाई सताउन र विनाश गर्न थाले ।।१३।।
 
पुरग्राम व्रजोद्यान क्षेत्रारामाश्रमाकरान् ।
खेटखर्वटघोषांश्च ददहुः पत्तनानि च ॥ १४ ॥
नेपाली भावानुवादः उनीहरूले सहर, गाउँ, गोठ, बगैँचा, खेत, ऋषिहरूका आश्रम, खानी, किसानका बस्ती, तराईका गाउँ, ग्वालाका बस्ती र व्यापारिक केन्द्रका ठुला-ठुला नगरहरू जलाइदिए ।।१४।।
 
केचित् खनित्रैर्बिभिदुः सेतु प्राकार गोपुरान् ।
आजीव्यांश्चिच्छिदुर्वृक्षाम् केचित् परशुपाणयः ।
प्रादहन् शरणान्येके प्रजानां ज्वलितोल्मुकैः ॥ १५ ॥
नेपाली भावानुवादः कतिपय दैत्यहरूले औजारले ठुला-ठुला पुल, पर्खाल र सहरका ढोकाहरू तोडफोड गरे भने कतिले बन्चरो लिएर फलफूलका हराभरा रुखहरू काटे। कसैले भने बलेको अगुल्टो लिएर मानिसका घरहरू जलाइदिए ।।१५।।
 
एवं विप्रकृते लोके दैत्येन्द्रानुचरैः मुहुः ।
दिवं देवाः परित्यज्य भुवि चेरुरलक्षिताः ॥ १६ ॥
नेपाली भावानुवादः यस प्रकार दैत्यहरूले पटक-पटक दुःख दिएपछि देवताहरू स्वर्ग छोडेर पृथ्वीमा कसैले नचिन्ने गरी लुकेर बस्न थाले ।।१६।।
 
हिरण्यकशिपुर्भ्रातुः सम्परेतस्य दुःखितः ।
कृत्वा कटोदकादीनि भ्रातृपुत्रानसान्त्वयत् ॥ १७ ॥
शकुनिं शम्बरं धृष्टिं भूतसन्तापनं वृकम् ।
कालनाभं महानाभं हरिश्मश्रुं अथ उत्कचम् ॥ १८ ॥
नेपाली भावानुवादः हे युधिष्ठिर ! भाइको मृत्युले हिरण्यकशिपु धेरै दुःखी थियो। उसले भाइको अन्त्येष्टि र तर्पण आदि कार्य सकेपछि शकुनि, शम्बर, धृष्टि, भूतसन्तापन, वृक, कालनाभ, महानाभ, हरिश्मश्रु र उत्कच आदि भतिजाहरूलाई सान्त्वना दियो ।।१७१८।।
 
तन्मातरं रुषाभानुं दितिं च जननीं गिरा ।
श्लक्ष्णया देशकालज्ञ इदमाह जनेश्वर ॥ १९ ॥
नेपाली भावानुवादः देश र कालको ज्ञाता उसले भतिजाहरूकी आमा रुषाभानु र आफ्नी आमा दितिलाई मधुर वाणीले यसरी सम्झाउन थाल्यो ।।१९।।
 
हिरण्यकशिपुः उवाच –
अम्बाम्ब हे वधूः पुत्रा वीरं मार्हथ शोचितुम् ।
रिपोरभिमुखे श्लाघ्यः शूराणां वध ईप्सितः ॥ २० ॥
नेपाली भावानुवादः हिरण्यकशिपुले भन्यो– "हे आमा, बुहारी र छोराहरू ! तिमीहरूले वीर हिरण्याक्षका लागि कुनै शोक गर्नु हुँदैन। वीर पुरुषहरूका लागि रणमैदानमा शत्रुको सामुन्ने हुनु र मृत्यु हुनु नै प्रशंसनीय र चाहना योग्य विषय हो" ।।२०।।
 
भूतानि इह संवासः प्रपायां इव सुव्रते ।
दैवेनैकत्र नीतानां उन्नीतानां उवकर्मभिः ॥ २१ ॥
नेपाली भावानुवादः हे सुव्रते ! जसरी पियाउ (पानी खाने ठाउँ) मा धेरै व्यक्तिहरू भेला हुन्छन् र केही बेरमै छुट्टिन्छन्, त्यसरी नै दैव र आफ्नै कर्मको प्रभावले जीवहरू एकै ठाउँमा जम्मा हुन्छन् र फेरि छुट्टिन्छन् ।।२१।।
 
नित्य आत्माव्ययः शुद्धः सर्वगः सर्ववित् परः ।
धत्तेऽसावात्मनो लिङ्‌गं मायया विसृजन् गुणान् ॥ २२ ॥
नेपाली भावानुवादः आत्मा वास्तवमा नित्य, अविनाशी, शुद्ध, सर्वव्यापी, सर्वज्ञ र भौतिक देहभन्दा पृथक् छ। यसले मायाद्वारा गुणहरूको सृष्टि गरी सूक्ष्म शरीर (लिङ्ग शरीर) धारण गर्दछ ।।२२।।
 
यथाम्भसा प्रचलता तरवोऽपि चला इव ।
चक्षुषा भ्राम्यमाणेन दृश्यते चलतीव भूः ॥ २३ ॥
एवं गुणैर्भ्राम्यमाणे मनस्यविकलः पुमान् ।
याति तत् साम्यतां भद्रे ह्यलिङ्गो लिङ्गवान् इव ॥ २४ ॥
नेपाली भावानुवादः जसरी पानी हल्लिँदा किनारका रुखहरू पनि हल्लिएको जस्तो देखिन्छ र आँखा घुमाउँदा पृथ्वी नै घुमेजस्तो लाग्छ, त्यसरी नै हे कल्याणी ! विषयका कारण मन भड्किँदा निर्विकार आत्मा पनि मन जस्तै भड्किएको जस्तो भान हुन्छ। शरीर नभए पनि शरीर भएजस्तै अनुभव हुन्छ ।।२३२४।।
 
एष आत्मविपर्यासो ह्यलिङ्गे लिङ्गभावना ।
एष प्रियाप्रियैर्योगो वियोगः कर्मसंसृतिः ॥ २५ ॥
नेपाली भावानुवादः आत्मा देहरहित भए पनि यसलाई देहधारी सम्झनु नै बुद्धिमा आएको भ्रम हो। यसैले गर्दा प्रिय-अप्रिय वस्तुहरूको संयोग-वियोग र कर्मको बन्धन भई संसारमा घुमिरहनु पर्छ ।।२५।।
 
सम्भवश्च विनाशश्च शोकश्च विविधः स्मृतः ।
अविवेकश्च चिन्ता च विवेकास्मृतिरेव च ॥ २६ ॥
नेपाली भावानुवादः जन्म, मृत्यु, अनेक प्रकारका शोक, अविवेक, चिन्ता र विवेकको विस्मृति हुनुयी सबैको मूल कारण अज्ञान नै हो ।।२६।।
 
अत्रापि उदाहरन्तीं इतिहासं पुरातनम् ।
यमस्य प्रेतबन्धूनां संवादं तं निबोधत ॥ २७ ॥
नेपाली भावानुवादः यस विषयमा विद्वान्‌हरू एउटा प्राचीन इतिहासको उदाहरण दिने गर्छन्। यमराज र मृतकका आफन्तहरू बीचको त्यो संवाद तिमीहरू ध्यान दिएर सुन ।।२७।।
 
उशीनरेषु अभूद् राजा सुयज्ञ इति विश्रुतः ।
सपत्‍नैर्निहतो युद्धे ज्ञातयः तं उपासत ॥ २८ ॥
नेपाली भावानुवादः उशीनर देशमा सुयज्ञ नामका एक प्रसिद्ध राजा थिए। युद्धमा शत्रुहरूले उनलाई मारिदिए। त्यसपछि उनका भाइ-बन्धुहरूले उनलाई घेरेर बसे ।।२८।।
 
विशीर्णरत्‍नकवचं विभ्रष्टाभरणस्रजम् ।
शरनिर्भिन्नहृदयं शयानं असृगाविलम् ॥ २९ ॥
प्रकीर्णकेशं ध्वस्ताक्षं रभसा दष्टदच्छदम् ।
रजःकुण्ठमुखाम्भोजं छिन्नायुधभुजं मृधे ॥ ३० ॥
 नेपाली भावानुवादः उनको रत्नजडित कवच टुक्रा-टुक्रा भएको थियो, गहना र मालाहरू यत्रतत्र छरिएका थिए। वाणले मुटु छेडिएको थियो र शरीर रगतले लतपतिएको थियो। कपाल छरिएको, आँखा फुटेको र रिसले ओठ टोकेकै अवस्थामा उनी ढलेका थिए। उनको कमल जस्तो मुख धुलोले ढाकिएको थियो र युद्धमा हात र हतियार दुवै काटिएका थिए ।।२९३०।।

(इंद्रवज्रा)
उशीनरेन्द्रं विधिना तथा कृतं
    पतिं महिष्यः प्रसमीक्ष्य दुःखिताः ।
हताः स्म नाथेति करैरुरो भृशं
    घ्नन्त्यो मुहुस्तत् पदयोरुपापतन् ॥ ३१ ॥
 
नेपाली भावानुवादः आफ्ना पति उशीनर नरेशको यस्तो अवस्था देखेर रानीहरू अत्यन्त दुःखी भए। उनीहरू "हा नाथ! हामी त मर्यौँ" भन्दै बारम्बार छाती पिटीपिटी आफ्ना स्वामीका गोडामा परेर विलाप गर्न लागे ।।३१।।
 
रुदत्य उच्चैर्दयिताङ्घ्रिपङ्कजं
    सिञ्चन्त्य अस्रैः कुचकुङ्कुमारुणैः ।
विस्रस्तकेशाभरणाः शुचं नृणां
    सृजन्त्य आक्रन्दनया विलेपिरे ॥ ३२ ॥
नेपाली भावानुवादः उनीहरू यसरी रुन लागे कि उनीहरूको आँखाबाट बगेको कुमकुम मिश्रित आँसुले पतिका गोडा नै पखालिए। कपाल र गहनाहरू छरपस्ट थिए। उनीहरूको त्यो कारुणिक विलापले त्यहाँ उपस्थित अन्य मानिसहरूको हृदयमा पनि शोक उत्पन्न गरायो ।।३२।।
 
अहो विधात्राकरुणेन नः प्रभो
    भवान् प्रणीतो दृगगोचरां दशाम् ।
उशीनराणामसि वृत्तिदः पुरा
    कृतोऽधुना येन शुचां विवर्धनः ॥ ३३ ॥
नेपाली भावानुवादः अहो ! विधाता कति निष्ठुरी रहेछन् ! हे प्रभु ! उनैले आज तपाईँलाई हाम्रो आँखाबाट टाढा गरिदिए। पहिले तपाईँ उशीनरवासीहरूको पालनकर्ता हुनुहुन्थ्यो, आज तपाईँकै कारण सबैको शोक बढिरहेको छ ।।३३।।
 
त्वया कृतज्ञेन वयं महीपते
    कथं विना स्याम सुहृत्तमेन ते ।
तत्रानुयानं तव वीर पादयोः
    शुश्रूषतीनां दिश यत्र यास्यसि ॥ ३४ ॥
नेपाली भावानुवादः हे महीपते ! तपाईँ कति कृतज्ञ र हितैषी हुनुहुन्थ्यो, अब तपाईँ बिना हामी कसरी रहन सक्छौँ? हे वीर ! तपाईँ जहाँ जाँदै हुनुहुन्छ, तपाईँका गोडाको सेवा गर्ने इच्छा राख्ने हामीलाई पनि त्यतै लैजानुहोस् ।।३४।।
 
(अनुष्टुप्)
एवं विलपतीनां वै परिगृह्य मृतं पतिम् ।
अनिच्छतीनां निर्हारं अर्कोऽस्तं संन्यवर्तत ॥ ३५ ॥
नेपाली भावानुवादः यसरी मृतक पतिका शरीरलाई समातेर उनीहरू विलाप गरिरहे। उनीहरू शवलाई दाहसंस्कारका लागि लैजान दिने पक्षमा थिएनन्, यसै बीच सूर्यास्त भयो ।।३५।।
 
तत्र ह प्रेतबन्धूनां आश्रुत्य परिदेवितम् ।
आह तान् बालको भूत्वा यमः स्वयमुपागतः ॥ ३६ ॥
नेपाली भावानुवादः ती आफन्तहरूको विलाप सुनेर स्वयं यमराज बालकको भेषमा त्यहाँ प्रकट भए र उनीहरूलाई सम्झाउन थाले ।।३६।।
 
यम उवाच –
(इंद्रवज्रा)
अहो अमीषां वयसाधिकानां
    विपश्यतां लोकविधिं विमोहः ।
यत्रागतस्तत्र गतं मनुष्यं
    स्वयं सधर्मा अपि शोचन्त्यपार्थम् ॥ ३७ ॥
नेपाली भावानुवादः यमराजले भन्नुभयो– "अहो ! यी उमेर पुगेका मानिसहरूले संसारको नियम देख्दादेख्दै पनि कस्तो मोह गरिरहेका छन् ! यो मानिस जहाँबाट आएको थियो, त्यहीँ गयो। यिनीहरू पनि एक दिन त्यहीँ जाने हुन्, तैपनि व्यर्थमा शोक गरिरहेका छन्" ।।३७।।
 
अहो वयं धन्यतमा यदत्र
    त्यक्ताः पितृभ्यां न विचिन्तयामः ।
अभक्ष्यमाणा अबला वृकादिभिः
    स रक्षिता रक्षति यो हि गर्भे ॥ ३८ ॥
नेपाली भावानुवादः "हामी त झन् धन्य छौँ, किनकि आमाबाबुले छोडे पनि हामीलाई कुनै चिन्ता छैन। शरीरमा बल नभए पनि हामीलाई ब्वाँसो आदि हिंस्रक जनावरले खान सकेका छैनन्। जसले गर्भमा रक्षा गरेका थिए, उनैले अहिले पनि रक्षा गरिरहेका छन्" ।।३८।।
 
य इच्छयेशः सृजतीदमव्ययो
    य एव रक्षत्यवलुम्पते च यः ।
तस्याबलाः क्रीडनमाहुरीशितुः
    चराचरं निग्रहसङ्ग्रहे प्रभुः ॥ ३९ ॥
नेपाली भावानुवादः "हे नारीहरू ! जुन अविनाशी ईश्वरले आफ्नो इच्छाले यो संसार बनाउँछन्, रक्षा गर्छन् र विनाश गर्छन्, हामी त उनका खेलौना मात्र हौँ। यो चराचर जगत्‌लाई दण्ड दिन र रक्षा गर्न उनी नै समर्थ छन्" ।।३९।।
 
पथि च्युतं तिष्ठति दिष्टरक्षितं
    गृहे स्थितं तद् विहतं विनश्यति ।
जीवत्यनाथोऽपि तदीक्षितो वने
    गृहेऽभिगुप्तोऽस्य हतो न जीवति ॥ ४० ॥
नेपाली भावानुवादः "यदि भाग्य अनुकूल छ भने बाटोमा खसेको वस्तु पनि सुरक्षित रहन्छ, तर भाग्य प्रतिकूल छ भने घरभित्र सुरक्षित राखेको वस्तु पनि नष्ट हुन्छ। दैवको कृपा भएमा असहाय व्यक्ति पनि जङ्गलमा जीवित रहन्छ, तर दैवको कृपा नभएमा घरभित्रै सुरक्षित रहँदा पनि मानिस मर्दछ" ।।४०।।
 
भूतानि तैस्तैर्निजयोनिकर्मभिः
    भवन्ति काले न भवन्ति सर्वशः ।
न तत्र हात्मा प्रकृतावपि स्थितः
    तस्या गुणैः अन्यतमो हि बध्यते ॥ ४१ ॥
नेपाली भावानुवादः "हे रानीहरू ! सबै प्राणीहरूको जन्म र मृत्यु आफ्नै पूर्वजन्मको कर्म अनुसार निश्चित समयमा हुन्छ। तर आत्मा प्रकृति (शरीर) मा रहे पनि यो शरीरभन्दा भिन्न छ र यसका गुणहरूबाट बाँधिदैन" ।।४१।।
 
इदं शरीरं पुरुषस्य मोहजं
    यथा पृथग्भौतिकमीयते गृहम् ।
यथौदकैः पार्थिवतैजसैर्जनः
    कालेन जातो विकृतो विनश्यति ॥ ४२ ॥
नेपाली भावानुवादः "जसरी मानिसले घरलाई आफूभन्दा छुट्टै र भौतिक वस्तुले बनेको ठान्छ, त्यसरी नै यो शरीर पनि आत्माभन्दा भिन्न छ। अज्ञानले गर्दा मात्र यसलाई आफ्नो मानिएको हो। जसरी पानीका फोका, माटाका भाँडा वा सुनका गहना समय अनुसार बन्छन् र नष्ट हुन्छन्, त्यसरी नै पञ्चभूतबाट बनेको यो शरीर पनि समय आएपछि नष्ट हुन्छ" ।।४२।।
 
यथानलो दारुषु भिन्न ईयते
    यथानिलो देहगतः पृथक् स्थितः ।
यथा नभः सर्वगतं न सज्जते
    तथा पुमान् सर्वगुणाश्रयः परः ॥ ४३ ॥
नेपाली भावानुवादः "जसरी काठमा रहने आगो काठभन्दा भिन्न हुन्छ, शरीरमा रहने वायु शरीरभन्दा अलग हुन्छ र सर्वव्यापी आकाश कतै पनि टाँसिँदैन, त्यसरी नै सबैको आश्रय भएर पनि आत्मा यी सबैभन्दा अलग र पर छ" ।।४३।।
 
(अनुष्टुप्)
सुयज्ञो नन्वयं शेते मूढा यं अनुशोचथ ।
यः श्रोता योऽनुवक्तेह स न दृश्येत कर्हिचित् ॥ ४४ ॥
नेपाली भावानुवादः "हे मूर्खहरू ! जसका लागि तिमीहरू शोक गरिरहेका छौ, त्यो सुयज्ञ त यहीँ सुतिरहेको छ। यस शरीरभित्र जुन सुन्ने र बोल्ने शक्ति थियो, त्यो त पहिले पनि देखिँदैनथ्यो र अहिले पनि देखिँदैन। फेरि केको शोक?" ।।४४।।
 
न श्रोता नानुवक्तायं मुख्योऽप्यत्र महानसुः ।
यस्तु इह इंद्रियवान् आत्मा स चान्यः प्राणदेहयोः ॥ ४५ ॥
नेपाली भावानुवादः "यो शरीरमा रहने मुख्य प्राण पनि सुन्ने वा बोल्ने होइन, किनकि त्यो त जड हो। वास्तवमा इन्द्रियहरूको स्वामी जो आत्मा हो, त्यो प्राण र शरीर दुवैभन्दा भिन्न छ" ।।४५।।
 
भूतेन्द्रियमनोलिङ्गान् देहानुच्चावचान् विभुः ।
भजति उत्सृजति ह्यन्यः तच्चापि स्वेन तेजसा ॥ ४६ ॥
नेपाली भावानुवादः "सर्वव्यापी आत्माले पञ्चभूत, इन्द्रिय र मनबाट बनेका साना-ठुला (पशु, पक्षी, मनुष्य आदि) शरीरहरू धारण गर्छ र आफ्नो ज्ञानको शक्तिले ती शरीरहरूलाई त्याग गर्छ" ।।४६।।
 
यावलिङ्गान्वितः ह्यात्मा तावत् कर्मनिबन्धनम् ।
ततो विपर्ययः क्लेशो मायायोगोऽनुवर्तते ॥ ४७ ॥
नेपाली भावानुवादः "जबसम्म आत्मा सूक्ष्म शरीर (लिङ्ग शरीर) सँग जोडिरहन्छ, तबसम्म कर्मको बन्धन रहन्छ। यसै कारणले गर्दा मायाको प्रभावमा परेर जीवले दुःख र क्लेश भोगिरहनु पर्छ" ।।४७।।
 
वितथाभिनिवेशोऽयं यद् गुणेष्वर्थदृग्वचः ।
यथा मनोरथः स्वप्नः सर्वं ऐंन्द्रियकं मृषा ॥ ४८ ॥
नेपाली भावानुवादः "प्रकृतिका गुणहरूबाट बनेका विषयहरूलाई सत्य मान्नु भ्रम मात्र हो। जसरी कल्पना र सपनाका कुराहरू झुटा हुन्छन्, त्यसरी नै इन्द्रियहरूले भोग्ने सबै विषयहरू मिथ्या हुन्" ।।४८।।
 
अथ नित्यमनित्यं वा नेह शोचन्ति तद्विदः ।
नान्यथा शक्यते कर्तुं स्वभावः शोचतामिति ॥ ४९ ॥
नेपाली भावानुवादः "त्यसैले, नित्य आत्मा वा अनित्य शरीरका बारेमा जान्ने विद्वान्‌हरू शोक गर्दैनन्। तर शोक गर्नेहरूको स्वभावलाई बदल्न पनि निकै कठिन हुन्छ" ।।४९।।
 
लुब्धको विपिने कश्चित् पक्षिणां निर्मितोऽन्तकः ।
वितत्य जालं विदधे तत्र तत्र प्रलोभयन् ॥ ५० ॥
नेपाली भावानुवादः "यस विषयमा एउटा उदाहरण छकुनै जङ्गलमा एउटा व्याधा (सिकारी) बस्थ्यो। उसले चराहरू समात्न ठाउँ-ठाउँमा जाल फैलाएको हुन्थ्यो" ।।५०।।
 
कुलिङ्गमिथुनं तत्र विचरत् समदृश्यत ।
तयोः कुलिङ्गी सहसा लुब्धकेन प्रलोभिता ॥ ५१ ॥
नेपाली भावानुवादः "एक दिन उसले कुलिङ्ग चराको जोडीलाई उडिरहेको देख्यो। सिकारीले चारोको लोभ देखाएर कुलिङ्गी (स्त्री चरा) लाई जालमा फसायो" ।।५१।।
 
आसज्जत सिचस्तन्त्यां महिष्यः कालयन्त्रिता ।
कुलिङ्गस्तां तथाऽऽपन्नां निरीक्ष्य भृशदुःखितः ।
स्नेहाद् अकल्पः कृपणः कृपणां पर्यदेवयत् ॥ ५२ ॥
नेपाली भावानुवादः "कालको वशमा परेकी त्यो चरी जालमा फसी। आफ्नी प्रियालाई त्यस्तो विपत्तिमा परेको देखेर कुलिङ्ग चरो अत्यन्त दुःखी भयो। उसलाई बचाउन असमर्थ चरो स्नेहवश विलाप गर्न लाग्यो" ।।५२।।
 
अहो अकरुणो देवः स्त्रियाऽऽकरुणया विभुः ।
कृपणं मामनुशोचन्त्या दीनया किं करिष्यति ॥ ५३ ॥
नेपाली भावानुवादः "उसले भन्योअहो ! विधाता कति निर्दयी छन्। यी मेरी दीन पत्नी मेरो चिन्ता गर्दै छिन्, यिनलाई मारेर विधाताले के पाउँछन् होला?" ।।५३।।
 
कामं नयतु मां देवः किमर्धेनात्मनो हि मे ।
दीनेन जीवता दुःखं अनेन विधुरायुषा ॥ ५४ ॥
नेपाली भावानुवादः "विधाताले बरु मेरै ज्यान लिए हुन्थ्यो, पत्नी बिनाको यो आधा शरीर लिएर म के गरूँ? यस्तो एक्लो र दुःखपूर्ण जीवन बाँच्नुको के अर्थ छ र?" ।।५४।।
 
कथं त्वजातपक्षांस्तान् मातृहीनान् बिभर्म्यहम् ।
मन्दभाग्याः प्रतीक्षन्ते नीडे मे मातरं प्रजाः ॥ ५५ ॥
नेपाली भावानुवादः "मेरा ती पखेटा नपलाएका साना बच्चाहरू गुँडमा आमाको प्रतीक्षा गरिरहेका होलान्। आमा बिना म ती अभागी बच्चाहरूलाई कसरी पाल्न सकूँला?" ।।५५।।
 
(इंद्रवज्रा)
एवं कुलिङ्गं विलपन्तमारात्
    प्रियावियोगातुरं अश्रुकण्ठम् ।
स एव तं शाकुनिकः शरेण
    विव्याध कालप्रहितो विलीनः ॥ ५६ ॥
नेपाली भावानुवादः "त्यो चरो यसरी विलाप गरिरहेकै बेला, कालको प्रेरणाले लुकेर बसेको त्यही सिकारीले बाण हानेर उसलाई पनि मारिदियो" ।।५६।।
 
(अनुष्टुप्)
एवं यूयं अपश्यन्त्य आत्मापायं अमबुद्धयः ।
नैनं प्राप्स्यथ शोचन्त्यः पतिं वर्षशतैरपि ॥ ५७ ॥
नेपाली भावानुवादः "हे अल्पबुद्धि भएका रानीहरू ! तिमीहरू पनि आफ्नै मृत्युलाई नदेखेर अरूका लागि रोइरहेका छौ। तिमीहरूले सयौँ वर्षसम्म शोक गरे पनि आफ्ना पतिलाई फिर्ता पाउन सक्ने छैनौ" ।।५७।।
 
हिरण्यकशिपुरुवाच –
बाल एवं प्रवदति सर्वे विस्मितचेतसः ।
ज्ञातयो मेनिरे सर्वं अनित्यं अयथोत्थितम् ॥ ५८ ॥
नेपाली भावानुवादः हिरण्यकशिपुले भन्यो– "त्यस बालकका यस्ता ज्ञानपूर्ण वचन सुनेर सबै छक्क परे। सुयज्ञका आफन्तहरूले यो संसार र यहाँका सुख-दुःख सबै अनित्य र भ्रम हुन् भन्ने कुरा बुझे" ।।५८।।
 
यम एतद् उपाख्याय तत्रैवान्तरधीयत ।
ज्ञातयो हि सुयज्ञस्य चक्रुर्यत् साम्परायिकम् ॥ ५९ ॥
नेपाली भावानुवादः यमराज यो कथा सुनाएर त्यहीँ अन्तर्धान भए। त्यसपछि सुयज्ञका भाइ-बन्धुहरूले उनको अन्त्येष्टि कर्म सम्पन्न गरे ।।५९।।
 
ततः शोचत मा यूयं परं चात्मानमेव वा ।
क आत्मा कः परो वात्र स्वीयः पारक्य एव वा ।
स्वपराभिनिवेशेन विनाज्ञानेन देहिनाम् ॥ ६० ॥
नेपाली भावानुवादः "त्यसैले तिमीहरू पनि अब कसैका लागि शोक नगर। यस संसारमा को आफ्नो र को अर्को? अज्ञानका कारण मात्र प्राणीहरूमा 'मेरो र तेरो' भन्ने भ्रम हुन्छ, वास्तवमा सबै कुरा भ्रम मात्र हो" ।।६०।।
 
नारद उवाच –
इति दैत्यपतेर्वाक्यं दितिराकर्ण्य सस्नुषा ।
पुत्रशोकं क्षणात् त्यक्त्वा तत्त्वे चित्तं अधारयत् ॥ ६१ ॥
नेपाली भावानुवादः नारदले भन्नुभयो– "हे युधिष्ठिर !
हिरण्यकशिपुको यस्तो उपदेश सुनेर दितिले बुहारीका साथ पुत्रशोक त्यागिन् र आफ्नो मन परमतत्त्व परमात्मामा लगाइन्" ।।६१।।
 
इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां सप्तमस्कन्धे 
दितिशोकापनयनं नाम द्वितीयोऽध्यायः ।। २ ।।
🌸 •••••••••• 🌸

यस अध्यायको सारांश :

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्धको दोस्रो अध्यायमा मुख्यतया दैत्यराज हिरण्यकशिपुको क्रोध र उसको ज्ञानपूर्ण उपदेशको विचित्र संयोग देखाइएको छ। कथाको सुरुवातमा भगवान् वराहद्वारा आफ्नो भाइ हिरण्याक्षको वध भएको समाचारले हिरण्यकशिपु अत्यन्त क्रोधित र शोकाकुल हुन्छ। उसले आफ्ना सैनिक र दानवहरूलाई पृथ्वीमा गएर ब्राह्मणगाई र यज्ञ-अनुष्ठानहरू नष्ट गर्न आज्ञा दिन्छकिनकि विष्णुको शक्ति यिनै धर्मकर्ममा अडिएको छ भन्ने उसको बुझाइ हुन्छ। यसरी अधर्म फैलाउने आदेश दिएपछि ऊ आफ्ना भतिजाहरू र आमा दितिलाई सान्त्वना दिनतिर लाग्छ।

हिरण्यकशिपुले आफ्ना आफन्तहरूलाई सम्झाउने क्रममा आत्माको अमरता र शरीरको अनित्यताका बारेमा गहन दर्शन प्रस्तुत गर्दछ। उसले मृत्युलाई एक स्वाभाविक प्रक्रियाको रूपमा व्याख्या गर्दै 'यम र सुयज्ञको प्राचीन कथा सुनाउँछ। उशीनर देशका राजा सुयज्ञको युद्धमा मृत्यु भएपछि उनकी रानीहरूले गरेको विलाप देखेर यमराज बालकको रूपमा प्रकट भई सम्झाउनुहुन्छ। यमराजले एउटा कुलिङ्ग चराको जोडीको उदाहरण दिँदै भन्नुहुन्छ कि कसरी एउटा चरा जालमा पर्दा अर्को चराले विलाप गर्छ र अन्ततः ऊ पनि सिकारीको बाणको सिकार हुन्छ। यसरी संसारमा सबै जीवहरू कालको अधीनमा छन् र कसैले कसैका लागि शोक गर्नु व्यर्थ छ भन्ने सन्देश दिइएको छ। अन्तमा हिरण्यकशिपुको यो उपदेश सुनेर दिति र अन्य महिलाहरूले शोक त्याग गरी चित्तलाई स्थिर गर्छन्। एउटा अत्याचारी दैत्यको मुखबाट पनि यस्तो उच्च आध्यात्मिक ज्ञान निस्कनु यस अध्यायको रोचक पक्ष हो।

यस अध्यायको दार्शनिक पक्ष :

यस अध्यायको दार्शनिक पक्ष अत्यन्तै गहन र वेदान्त दर्शनसँग मिल्दोजुल्दो छ। यहाँ आत्मा र अनात्मा बीचको भिन्नतालाई प्रष्ट पारिएको छ। हिरण्यकशिपुले आत्मालाई नित्यअविनाशीशुद्धसर्वव्यापी र सर्वज्ञ भनेर परिभाषित गरेको छ। दर्शन अनुसारआत्माले केवल मायाको वशमा परेर लिङ्ग शरीर (सूक्ष्म शरीर) धारण गर्छ र आफूलाई कर्ता सम्झन्छजुन अज्ञानको उपज हो। जसरी पानीमा रुख हल्लिएको देखिनु वा आँखा घुमाउँदा पृथ्वी घुमेको देखिनु भ्रम होत्यसरी नै मनको चञ्चलतालाई आत्माको चञ्चलता मान्नु पनि भ्रम नै हो। संसारमा संयोग र वियोग केवल कर्मको खेल हो भन्ने कुरा यहाँ स्थापना गरिएको छ। यमराजको बालक रूपले दिएको उपदेशले जीवको अज्ञान र 'मोहलाई प्रहार गरेको छ। अन्त्यमा, 'स्वर 'पर' (आफ्नो र अर्को) भन्ने भावना केवल अज्ञानको कारण उब्जने द्वैत भाव हो र वास्तविक ज्ञान भएपछि यो सबै विलीन हुन्छ भन्ने अद्वैत दर्शनको झलक यहाँ पाइन्छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...