श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - द्वितीयोऽध्यायः
नारद उवाच -
(अनुष्टुप्)
भ्रातरि एवं विनिहते हरिणा क्रोडमूर्तिना ।
हिरण्यकशिपू राजन् पर्यतप्यद् रुषा शुचा ॥ १ ॥
नारदले भन्नुभयो–
जब भगवान्ले वराहावतार धारण गरेर हिरण्याक्षलाई मार्नुभयो, त्यसपछि भाई यसरी मारिएकाले हिरण्यकशिपु रिषले चुर भयो र शोकले व्याकुल भयो ।।१।।
आह चेदं रुषा घूर्णः सन्दष्टदशनच्छदः ।
कोपोज्ज्वलद्भ्यां चक्षुर्भ्यां निरीक्षन् धूम्रमम्बरम् ॥ २ ॥
उ रिसले काम्दै दाँतले ओठ टोक्न लाग्यो । रिसले भरिएको आँखाले धुँवाले ढाकिएको आकास तिर हेर्दै भन्न लाग्यो ।।२।।
करालदंष्ट्रोग्रदृष्ट्या दुष्प्रेक्ष्य भ्रुकुटीमुखः ।
शूलमुद्यम्य सदसि दानवान् इदमब्रवीत् ॥ ३ ॥
भो भो दानवदैतेया द्विमूर्धंन् त्र्यक्ष शम्बर ।
शतबाहो हयग्रीव नमुचे पाक इल्वल ॥ ४ ॥
विप्रचित्ते मम वचः पुलोमन् शकुनादयः ।
श्रृणुत अनन्तरं सर्वे क्रियतां आशु मा चिरम् ॥ ५ ॥
त्यस समय ठुला दाह्रा, उग्र दृष्टि र टेढा भएका आँखाको कारण उसको मुख हेर्न पनि नसकिने थियो । उसले त्यो सभामा त्रिशुल उठाएर द्विमूर्धा, त्र्यक्ष, शम्बर, सतबाहु, हयग्रीव, नमुचि, पाक, इल्वल, विप्रचित्ति, पुलोमा र शकुनि आदिलाई सम्बोधन गरेर भन्यो, दैत्यहरु दानवहरु ! तिमीहरु सबैले मेरो कुरा सुन र त्यसपछि म जे भन्छु, त्यसै गर ।।३।५।।
सपत्नैर्घातितः क्षुद्रैः भ्राता मे दयितः सुहृत् ।
पार्ष्णिग्राहेण हरिणा समेनाप्युपधावनैः ॥ ६ ॥
तिमीहरु संग मेरो कुरा यो हो कि मेरो छुद्र सत्रु विष्णुले आज मेरो प्यारो हितैषि भाईलाई मारे । जहासम्म उनी देवता र दैत्यसबैका लागि समान थिए तापनि देवतारुले दौडधुप र उपासनाले उनलाई आफ्नो पक्षमा लिए ।।६।।
तस्य त्यक्तस्वभावस्य घृणेः मायावनौकसः ।
भजन्तं भजमानस्य बालस्येवास्थिरात्मनः ॥ ७ ॥
यो विष्णु पहिले त निस्पक्ष र सुद्ध थियो । तर अब मायाले वराह आदि रूप धारण गर्न लागेर आफ्नो स्वभावबाट च्युत भए । बालकले जस्तो जसले सेबा गर्यो उसैसंग लग्दछन । उनको चित्त स्थिर छैन ।।७।।
मत् शूलभिन्नग्रीवस्य भूरिणा रुधिरेण वै ।
रुधिरप्रियं तर्पयिष्ये भ्रातरं मे गतव्यथः ॥ ८ ॥
अब म आफ्नो यस त्रिशूले उसका गला काटिदिन्छु र तात्तातो रगतको धाराले मेरो भाइलाई तर्पण गर्नेछु । त्यसपछि मेरो हृदयको पीडा शान्त हुनेछ ।।८।।
तस्मिन्कूटेऽहिते नष्टे कृत्तमूले वनस्पतौ ।
विटपा इव शुष्यन्ति विष्णुप्राणा दिवौकसः ॥ ९ ॥
उनीहरुका जीवन नै विष्णु नै हो । त्यो मायावी सत्रुको नष्ट हुनाले, काटिएर ढलेको रुख झैं सबै देवताहरु आफ्आफै नष्ट हुनेछन ।।९।।
तावद्यात भुवं यूयं विप्रक्षत्रसमेधिताम् ।
सूदयध्वं तपोयज्ञ स्वाध्याय व्रतदानिनः ॥ १० ॥
त्यसैले तिमीहरु अहिले नै पृथ्वीमा जाओ । अहिले त्यहाँ ब्राम्हण र क्षत्रियको यज्ञ कर्महरू धेरै बढेका छन । त्यहाँ जसले तपस्या, यज्ञ, स्वाध्याय, ब्रत र दानादि शुभ कर्म गरिरहेकाछन, उनीहरु सबैलाई मारिदेओ ।।१०।।
विष्णुर्द्विजक्रियामूलो यज्ञो धर्ममयः पुमान् ।
देवर्षि पितृ भूतानां धर्मस्य च परायणम् ॥ ११ ॥
विष्णको जड द्विजातिको धर्मकर्म हो । किनकि यज्ञ र धर्म नै उसको स्वरूप हो । देवता, ऋषि, पितृ र सबै प्राणी र धर्मको परमआश्रय उनै विष्णु हुन ।।११।।
यत्र यत्र द्विजा गावो वेदा वर्णाश्रमक्रियाः ।
तं तं जनपदं यात सन्दीपयत वृश्चत ॥ १२ ॥
जहाँ जहाँ ब्राम्हण, गाई, वेद, वर्णश्रम र धर्म कर्म भइरहेको छ, त्यस ठाँउमा तिमीहरु गएर उनीहरुलाई जलाईदेउ । उजाड गरिदेउ ।।१२।।
इति ते भर्तृनिर्देशं आदाय शिरसाऽऽदृताः ।
तथा प्रजानां कदनं विदधुः कदनप्रियाः ॥ १३ ॥
स्वभावैले अरुलाई सताएर दैत्यहरु सुखि हुन्छन । दैत्यराज हिरण्यकशिपुको आज्ञालाई उनीहरुले सिर झुकाएर स्वीकार गरे र उनैका आज्ञा अनुसार जनतालाई सताउन र नाश गर्न थाले ।।१३।।
पुरग्राम व्रजोद्यान क्षेत्रारामाश्रमाकरान् ।
खेटखर्वटघोषांश्च ददहुः पत्तनानि च ॥ १४ ॥
उनीहरुले सहर, गाँउ, गौशाला, बगैचा, खेत, ऋषिहरुको आश्रम, रत्न आदिको खानी, किसानहरुको वस्ती, तराईका गाउँ, ग्वालाहरुको वस्ती, र व्यपार केन्द्र ठुला–ठुला नगरलाई जलाईदिए ।।१४।।
केचित् खनित्रैर्बिभिदुः सेतु प्राकार गोपुरान् ।
आजीव्यांश्चिच्छिदुर्वृक्षाम् केचित् परशुपाणयः ।
प्रादहन् शरणान्येके प्रजानां ज्वलितोल्मुकैः ॥ १५ ॥
कुनै दैत्यहरुले शस्त्रले ठुलाठुला पुल परखाल र सहरका ढोका तोडफोड गरे तथा अर्काथरिले फले फुलेका हराभरा रुखलाई काटे । कुनैले बलेको आगोको अगुल्टो लिएर घर जलाई दिए ।।१५।।
एवं विप्रकृते लोके दैत्येन्द्रानुचरैः मुहुः ।
दिवं देवाः परित्यज्य भुवि चेरुरलक्षिताः ॥ १६ ॥
यस प्रकार दैत्यहरुले पटक पटक निरीह देवताहरुलाई दुःख दिए । त्यस पछि देवताहरु स्वर्ग छाडेर पृथ्वीमा लुकेर रहन लागे ।।१६।।
हिरण्यकशिपुर्भ्रातुः सम्परेतस्य दुःखितः ।
कृत्वा कटोदकादीनि भ्रातृपुत्रानसान्त्वयत् ॥ १७ ॥
शकुनिं शम्बरं धृष्टिं भूतसन्तापनं वृकम् ।
कालनाभं महानाभं हरिश्मश्रुं अथ उत्कचम् ॥ १८ ॥
युधिष्ठिर ! भाईको मृत्युले हिरण्यकशिपु धेरै दुःखी भएको थियो । उसले भाईका अन्त्येष्टि कृया गरेर फुर्सद पाएपछि शकुनि, शम्बर, धृष्ट, भूतसन्तापन, वृक, कालनाभ, महनाभ, हरिश्मश्रु, र उत्कच आदि गरिएका आफ्ना भतिजालाई सान्त्वना दियो ।।१७।१८।।
तन्मातरं रुषाभानुं दितिं च जननीं गिरा ।
श्लक्ष्णया देशकालज्ञ इदमाह जनेश्वर ॥ १९ ॥
भतिजाहरुकी आमा रुषभानु र आफ्नी आमा दितिलाई देशकाल अनुसार मिठो बोलीले सम्झाउँन लाग्यो ।।१९।।
हिरण्यकशिपुः उवाच -
अम्बाम्ब हे वधूः पुत्रा वीरं मार्हथ शोचितुम् ।
रिपोरभिमुखे श्लाघ्यः शूराणां वध ईप्सितः ॥ २० ॥
हिरण्यकशिपुले भन्यो–
प्यारी आमा, बुहारी, र छोराहरु ! तिमीहरुले वीर हिरण्याक्षका लागि कुनै प्रकारको शोक गर्नु हुदैन । वीर पुरुषले लडाईको मैदानमा आफ्नो शत्रुका अगाडि प्राण त्याग गर्नु उसका लागि यस्तो मृत्यु शोभायमान हुन्छ ।।२०।।
भूतानां इह संवासः प्रपायां इव सुव्रते ।
दैवेनैकत्र नीतानां उन्नीतानां स्वकर्मभिः ॥ २१ ॥
देवी ! जसरी चौतारोमा कहिले धेरै व्यक्ति जम्मा हुन्छन तर उनीहरुसंग मिल्नु जुल्नु थोरैबेरको लागि हो त्यसरी नै आफ्नो कर्मको प्रभावले जीव पनि मिल्दछ र छुट्टिन्छ ।।२१।।
नित्य आत्माव्ययः शुद्धः सर्वगः सर्ववित् परः ।
धत्तेऽसावात्मनो लिङ्गं मायया विसृजन् गुणान् ॥ २२ ॥
वास्तवमा आत्मा नित्य, अविनाशी, शुद्ध, सर्वगत, सर्वज्ञ र देह–इन्द्रिय आदिबाट फरक छ । उसले आफ्नो अविद्याले नै देह आदि सृष्टि गरेर सूक्ष्मशरीलाई स्वीकार गर्दछ ।।२२।।
यथाम्भसा प्रचलता तरवोऽपि चला इव ।
चक्षुषा भ्राम्यमाणेन दृश्यते चलतीव भूः ॥ २३ ॥
एवं गुणैर्भ्राम्यमाणे मनस्यविकलः पुमान् ।
याति तत् साम्यतां भद्रे ह्यलिङ्गो लिङ्गवान् इव ॥ २४ ॥
जसरी हल्लिएका पानिमा त्यहाँ देखिने रुखहरु पनि हल्लिएको जस्तो लाग्दछ र घुमेको बेलामा सबै पृथ्वी नै घुमेको जस्तो लाग्दछ, कल्याणी ! त्यसरी नै विषयका कारण मन भड्किन लाग्दछ र वास्तवमा निर्विकार हुँदापनि त्यहि समान आत्मा पनि भड्किएको जस्तो लाग्दछ । उसको स्थूल तथा सूक्ष्म शरीरसंग कुनै सम्बन्ध हुदैन तापनि त्यहि सम्बन्धी जस्तो लाग्दछ ।।२३।।२४।।
एष आत्मविपर्यासो ह्यलिङ्गे लिङ्गभावना ।
एष प्रियाप्रियैर्योगो वियोगः कर्मसंसृतिः ॥ २५ ॥
सबै प्रकारले शरीर रहित आत्मालाई शरीर सम्झनु, यहि अज्ञान हो । यसैले प्रिय अथा अप्रिय वस्तहरु मिल्नु र बिछोड हुने हुन्छ । यसैले कर्मको साथ सम्बन्ध हुनाले संसारमा भड्कन पर्दछ । ।२५।।
सम्भवश्च विनाशश्च शोकश्च विविधः स्मृतः ।
अविवेकश्च चिन्ता च विवेकास्मृतिरेव च ॥ २६ ॥
जन्म, मृत्यु, अनेक प्रकारको शोक अविवेक, चिन्ता र विवेकको विस्मृति यी सबैको कारण अज्ञान नै हो ।।२६।।
अत्रापि उदाहरन्तीं इतिहासं पुरातनम् ।
यमस्य प्रेतबन्धूनां संवादं तं निबोधत ॥ २७ ॥
यस विषयमा महात्माहरुले मरेका मानिसका विषयमा एउटा प्राचीन कथा भनेकाछन, जुन यमराजसंगको कुराकानि छ तिमीहरु ध्यान दिएर सुन ।।२७।।
उशीनरेषु अभूद् राजा सुयज्ञ इति विश्रुतः ।
सपत्नैर्निहतो युद्धे ज्ञातयः तं उपासत ॥ २८ ॥
उशीनर देशमा सुयज्ञ नाम गरेका एक बडा यशस्वी राजा थिए । लडाईमा सत्रुहरुले उनलाई मारिदिए । त्यस समय उसलाई भाईबन्धुहरुले घेरेर बसे ।।२८।।
विशीर्णरत्नकवचं विभ्रष्टाभरणस्रजम् ।
शरनिर्भिन्नहृदयं शयानं असृगाविलम् ॥ २९ ॥
प्रकीर्णकेशं ध्वस्ताक्षं रभसा दष्टदच्छदम् ।
रजःकुण्ठमुखाम्भोजं छिन्नायुधभुजं मृधे ॥ ३० ॥
उनको रत्न जडित कवच छिन्नभिन्न भएको थियो । गहनाहरु, मालाहरु तहस नहस भएर जताततै खसेका थिए । बाँडको चोटले मुटु कलेजो फुटेको थियो । शरीर रगतले मुछिएको थियो । कपाल विग्रिएको थियो । आँखा भित्र पसेको थियो । रिसाएको बखतमा झैं उसका दाँत टोकिएका थिए । कमल समान मुख धूलोले ढाकिएको थियो । युद्धमा उसको शस्त्र र हात काटिएका थिए ।।२९।।३०।।
(इंद्रवज्रा)
उशीनरेन्द्रं विधिना तथा कृतं
पतिं महिष्यः प्रसमीक्ष्य दुःखिताः ।
हताः स्म नाथेति करैरुरो भृशं
घ्नन्त्यो मुहुस्तत् पदयोरुपापतन् ॥ ३१ ॥
आफ्ना पतिदेव उशीनर नरेशको यस्तो अवस्था देखेर रानीहरुलाई धेरै दुःख लाग्यो । उनीहरु हा नाथ ! हामी अभागिनीहरु मर्यौं भनेर बारम्बार जोडले छाती पिटी पिटी आफ्ना स्वामीका चरणमा परेर विलाप गर्न लागे ।।३१।।
रुदत्य उच्चैर्दयिताङ्घ्रिपङ्कजं
सिञ्चन्त्य अस्रैः कुचकुङ्कुमारुणैः ।
विस्रस्तकेशाभरणाः शुचं नृणां
सृजन्त्य आक्रन्दनया विलेपिरे ॥ ३२ ॥
उनीहरु यसरी रुन लागे कि उनीहरुको आँखाबाट बगेको कुमकुम मिसिएको आँसुले पतिदेवको चरण नै पखालिएको थियो । उनीहरुको कपाल र गहनाहरु छरिएका थिए । उनीहरुको करुणा र विलाप लाई देखेर । त्यहँ सुनेर बसेका मानिसको हृदयमा समेत शोक बढाउने गरी विलाप गर्न लागे ।।३२।।
अहो विधात्राकरुणेन नः प्रभो
भवान् प्रणीतो दृगगोचरां दशाम् ।
उशीनराणामसि वृत्तिदः पुरा
कृतोऽधुना येन शुचां विवर्धनः ॥ ३३ ॥
अहो ! विधाता धेरै निष्ठुरी रहेछ । स्वमीन् ! उसैले आज तपाईलाई हाम्रो आँखाबाट टाढा गरिदियो । पहिले त तपाई सबै देशवासीहरुको जीवनदाता हुनुहुन्थ्यो । आज उसैले तपाईलाई यस्तो बनाइदियो कि जसले गर्दा उनीहरुको र हाम्रो शोक बढिरहेको छ ।।३३।।
त्वया कृतज्ञेन वयं महीपते
कथं विना स्याम सुहृत्तमेन ते ।
तत्रानुयानं तव वीर पादयोः
शुश्रूषतीनां दिश यत्र यास्यसि ॥ ३४ ॥
पतिदेव ! तपाई हामीलाई धेरै प्रेम गर्नुहुन्थ्यो । हाम्रो थोरै सेवालाई पनि धेरै सम्झनु हुन्थ्यो । हाय ! अब तपाई विना हामी कसरी रहन सक्छौं । वीरवर ! तपाई जहाँ जाँदै हुनुहुन्छ, तपाईका चरणका दासी हामीहरुलाई पनि त्यहिं लिएर जानुहोस।।३४।।
(अनुष्टुप्)
एवं विलपतीनां वै परिगृह्य मृतं पतिम् ।
अनिच्छतीनां निर्हारं अर्कोऽस्तं संन्यवर्तत ॥ ३५ ॥
सूर्यास्तको समय सम्म पनि उनीहरु आफ्ना पतिदेवका लास समाएर यसरी विलाप गरिरहेका थिए । त्यो लाशलाई यहाँबाट दाहका लागि लानदिने उनीहरुको इच्छा थिएन ।।३५।।
तत्र ह प्रेतबन्धूनां आश्रुत्य परिदेवितम् ।
आह तान् बालको भूत्वा यमः स्वयमुपागतः ॥ ३६ ॥
त्यस समय उशीनर राजाका रानी र बन्धुहरुले यसरी विलाप गरेको सुनेर त्यहाँ स्वयं यमराज बालक भेषमा प्रकट भएर उनीहरुसंग भने ।।३६।।
यम उवाच -
(इंद्रवज्रा)
अहो अमीषां वयसाधिकानां
विपश्यतां लोकविधिं विमोहः ।
यत्रागतस्तत्र गतं मनुष्यं
स्वयं सधर्मा अपि शोचन्त्यपार्थम् ॥ ३७ ॥
यमराजले भने–
धेरै आश्चर्यको कुरा छ ! यिनीहरुले पटक पटक मानिस मरेको बाँचेको देखेका छन पनि यिनीहरुमा यस्तो मोह भइरहेको छ । अहो ! यो मानिस त जहाँबाट आएको हो त्यहि गयो । यिनीहरु पनि एकदिन त्यहि जाने हो । फेरी यिनीहरु यस्तो झुठो शोक किन गरिरहेका छन् ।।३७।।
अहो वयं धन्यतमा यदत्र
त्यक्ताः पितृभ्यां न विचिन्तयामः ।
अभक्ष्यमाणा अबला वृकादिभिः
स रक्षिता रक्षति यो हि गर्भे ॥ ३८ ॥
हामी तिमीहरु भन्दा लाख गुना धन्य छौं किनकि हाम्रा आमा बाबुले हामीलाई छोडिदिए । हाम्रो शरीरमा भनेजति बल पनि छैन फेरी पनि हामीलाई कुनै चिन्ता छैन । ब्वासा आदि हिंश्राक जन्तुले हामीलाई खान सक्त्तैनन । जसले गर्भमा हाम्रो रक्षा गरेका थिए, उनैले हाम्रो रक्षा गर्नेछन ।।३८।।
य इच्छयेशः सृजतीदमव्ययो
य एव रक्षत्यवलुम्पते च यः ।
तस्याबलाः क्रीडनमाहुरीशितुः
चराचरं निग्रहसङ्ग्रहे प्रभुः ॥ ३९ ॥
देवी ! जुन अविनाशी इश्वरले जगतलाई बनाउँदछन्, रक्षा गर्दछ र फेरी विगार्दछ, हामी ता वहाँ प्रभुको एउटा खोलौना मात्र हौं । वहाँ यस चराचर जगतलाई दण्ड या पुरस्कार दिनमा समर्थ छन् ।।३९।।
पथि च्युतं तिष्ठति दिष्टरक्षितं
गृहे स्थितं तद् विहतं विनश्यति ।
जीवत्यनाथोऽपि तदीक्षितो वने
गृहेऽभिगुप्तोऽस्य हतो न जीवति ॥ ४० ॥
भाग्य अनुकूल भयो भने बाटोमा खसेको वस्तु पनि जहाँको त्यहि रहेको हुन्छ तर भाग्य प्रतिकूल हुँदा घरभित्र बन्द गरी राखेको वस्तु पनि हराउँदछ । कसैको सहारा विना पनि दैवको दयादृष्टि भयो भने जंगलमा पनि धेरै दिनसम्म जीवित रहन्छ, तर दैवको विपरीत हुँदा घरमै सुरक्षित रहदा पनि मर्दछ ।।४०।।
भूतानि तैस्तैर्निजयोनिकर्मभिः
भवन्ति काले न भवन्ति सर्वशः ।
न तत्र हात्मा प्रकृतावपि स्थितः
तस्या गुणैः अन्यतमो हि बध्यते ॥ ४१ ॥
रानीहरु ! सबै प्राणिहरुको आफ्नो पूर्वजन्मको कर्मवासनाको अनुसार जन्म हुन्छ । त्यहि अनुसारको मृत्यु पनि हुन्छ, तर आत्मा शरीरबाट अत्यन्त मिन्न हो तर त्यो शरीरमा रहँदा जन्म मृत्यु आदि धर्मबाट अछुतो हुन्छ ।।४१।।
इदं शरीरं पुरुषस्य मोहजं
यथा पृथग्भौतिकमीयते गृहम् ।
यथौदकैः पार्थिवतैजसैर्जनः
कालेन जातो विकृतो विनश्यति ॥ ४२ ॥
जसरी मानिस आफ्नो घरलाई आफुबाट अलग र माटोले बनेको सम्झन्छ, त्यसरीनै यो शरीर पनि अलग र माटो कै हो । मोहले गर्दा यसलाई आफ्नो सम्झेर रहन्छ । जसरी पानीको विकार बुलबुल, पृथ्वीको विकार, घटादि आदि र सूनको विकार गहनाहरु समय अनुसार बन्दछ, रूपान्तरित हुन्छ र फेरी नष्ट हुन्छ, त्यसरी नै यीनैको विकारले बनेको यो शरीर पनि समय आएपछि बन्ने बिग्रने गर्दछ ।।४२।।
यथानलो दारुषु भिन्न ईयते
यथानिलो देहगतः पृथक् स्थितः ।
यथा नभः सर्वगतं न सज्जते
तथा पुमान् सर्वगुणाश्रयः परः ॥ ४३ ॥
जसरी काठमा रहेने अग्नि त्यस काठबाट फरक हुन्छ, जसरी देहमा रहँदा पनि वायुको शरीर संग कुनै सम्बन्ध हुदैन, जसरी आकास सबैतिर एकनाश हुँदा पनि कसैको दोष–गुणबाट लिप्त हुदैन । त्यसरी नै समस्त इन्द्रियमा रहने उसको आश्रय आत्मा पनि उ बाट अलग हुन्छ ।।४३।।
(अनुष्टुप्)
सुयज्ञो नन्वयं शेते मूढा यं अनुशोचथ ।
यः श्रोता योऽनुवक्तेह स न दृश्येत कर्हिचित् ॥ ४४ ॥
मुर्खहरु ! जसका लागि तिमीहरु शोक गरिरहेका छौ त्यो सुयज्ञ नामको शरीर त तिमीहरुको अगाडि नै रहेको छ । यसमा जुन सुन्ने र बोल्ने जुन कुरा थियो त्यो त कहिलै पनि देखिदैनथ्यो भने आज पनि देखिएको छैन, फेरी यसमा शोक किन ? ।।४४।।
न श्रोता नानुवक्तायं मुख्योऽप्यत्र महानसुः ।
यस्तु इह इंद्रियवान् आत्मा स चान्यः प्राणदेहयोः ॥ ४५ ॥
शरीरमा इन्द्रियको चेष्टाको हेतुभूत जुन प्राण हुन्छ, त्यो प्रधान हुँदा पनि बोल्ने तथा सुन्नेवाला होइन । किनकि त्यो जड हो । आत्मा ता यो शरीर प्राण दुवैबाट फरक छ ।।४५।।
भूतेन्द्रियमनोलिङ्गान् देहानुच्चावचान् विभुः ।
भजति उत्सृजति ह्यन्यः तच्चापि स्वेन तेजसा ॥ ४६ ॥
पञ्चभूत इन्द्रिय र मनबाट युक्त भएको सानो ठुलो (देव, मनुष्य, पक्षी आदि) शरीरको ग्रहण गर्दछ र आफ्नो विवेक बलले मुक्त पनि हुन्छ । यद्यपि त्यो परिच्छिन्न छैन व्यापक छ फेरी सबैबाट अलग छ ।।४६।।
यावलिङ्गान्वितः ह्यात्मा तावत् कर्मनिबन्धनम् ।
ततो विपर्ययः क्लेशो मायायोगोऽनुवर्तते ॥ ४७ ॥
जब सम्म पाँच प्राण, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, बुद्धि र मन यी सत्र तत्वबाट बनेको लिङ्गशरीरबाट युक्त रहन्छ तब सम्म कर्मले बाँधिरहन्छ र यस बन्धनको कारण नै मायाले हुने मोह र क्लेश बारम्बार त्यसको पछि पछि दैडिरहन्छ ।।४७।।
वितथाभिनिवेशोऽयं यद् गुणेष्वर्थदृग्वचः ।
यथा मनोरथः स्वप्नः सर्वं ऐंन्द्रियकं मृषा ॥ ४८ ॥
प्रकृतिको गुण र त्यसबाट बनेको वस्तुलाई सत्य सम्झनु अथवा भन्नु मिथ्या दुराग्रह हो । मनोरथको समयमा गरिएको कल्पना र सपनाको समयमा देखिएका वस्तु समान इन्द्रियद्वारा गरिने विषय पनि सबै मिथ्या हो ।।४८।।
अथ नित्यमनित्यं वा नेह शोचन्ति तद्विदः ।
नान्यथा शक्यते कर्तुं स्वभावः शोचतामिति ॥ ४९ ॥
यसैले शरीर र आत्माको तत्वको बारेमा जान्ने पुरुषले न त अनित्य शरीरका लागि शोक गर्दछ र न नित्य आत्माको लागि नै तापनि ज्ञानको दृढता नभएका मानिसले जुन शोक गर्दछ त्यो उसको स्वभाव हो त्यसलाई बदल्न धेरै गारो हुन्छ ।।४९।।
लुब्धको विपिने कश्चित् पक्षिणां निर्मितोऽन्तकः ।
वितत्य जालं विदधे तत्र तत्र प्रलोभयन् ॥ ५० ॥
एउटा दृष्टान्त छ कुनै जंगलमा एउटा ब्याधा बस्दथ्यो । जहाँ पनि उ जाल फैलाएर चराहरुलाई जालमा फसाउदथ्यो ।।५०।।
कुलिङ्गमिथुनं तत्र विचरत् समदृश्यत ।
तयोः कुलिङ्गी सहसा लुब्धकेन प्रलोभिता ॥ ५१ ॥
उकदिन उसले कुलिङ्ग पंक्षीको जोडिलाई आइरहेको देख्यो । त्यस ब्याधाले चाराको लोभ देखाएर पक्षीलाई सजिलैसंग फसायो ।।५१।।
आसज्जत सिचस्तन्त्यां महिष्यः कालयन्त्रिता ।
कुलिङ्गस्तां तथाऽऽपन्नां निरीक्ष्य भृशदुःखितः ।
स्नेहाद् अकल्पः कृपणः कृपणां पर्यदेवयत् ॥ ५२ ॥
कालवश त्यो कुलिङ्ग जालको फन्दामा फस्यो । त्यो पक्षीलाई आफ्नी प्यारीलाई यस्तो विपत्तिमा परेको देखेर धेरै दुःख भयो । त्यो विचरा उसलाई छुटाउन सक्तैनथ्यो । मायाले त्यस विचरीको लागि विलाप गर्न लाग्यो ।।५२।।
अहो अकरुणो देवः स्त्रियाऽऽकरुणया विभुः ।
कृपणं मामनुशोचन्त्या दीनया किं करिष्यति ॥ ५३ ॥
अहो ! विधाता सबै कुरा गर्न सक्छन, तर उ धेरै निर्दयी छ । यी मेरी सहचरी एक त स्त्री दोश्रो म अभागीका लागि शोक गर्दै धेरै दुःखले छटपटिएकी छ । यसलाई लिएर उसले के गर्दो होला ।।५३।।
कामं नयतु मां देवः किमर्धेनात्मनो हि मे ।
दीनेन जीवता दुःखं अनेन विधुरायुषा ॥ ५४ ॥
उनको सट्टा त मलाई लिएर गएको भए पनि हुथ्यो , उनी विनाको यो दुःखले भरिएको जीवन लिएर म के गरुं । फेरी उनलाई लिएर गएर उसले के गर्ने हो ५४।।
कथं त्वजातपक्षांस्तान् मातृहीनान् बिभर्म्यहम् ।
मन्दभाग्याः प्रतीक्षन्ते नीडे मे मातरं प्रजाः ॥ ५५ ॥
मेरा ती मातृहीन अभागी बच्चाहरु पनि सानैं छन । अब उनी वितेपछि मैले कसरी पाल्ने हो । उनी हरु आफ्नी आमाकी पर्खामा होलान ।।५५।।
(इंद्रवज्रा)
एवं कुलिङ्गं विलपन्तमारात्
प्रियावियोगातुरं अश्रुकण्ठम् ।
स एव तं शाकुनिकः शरेण
विव्याध कालप्रहितो विलीनः ॥ ५६ ॥
त्यो पक्षी यसरी धेरै विलाप गर्न लाग्यो । आफ्नी प्यारीको वियोगले उ आतुर भएको थियो । आँसुले गर्दा उसको गाला भिजेको थियो । त्यसबेला सम्म कालको प्रेरणाले पासमै रहेकी कुलिङ्गलाई त्यस ब्याधाले बाण हान्यो जसले गर्दा उ त्यहिँ ढली ।।५६।।
(अनुष्टुप्)
एवं यूयं अपश्यन्त्य आत्मापायं अमबुद्धयः ।
नैनं प्राप्स्यथ शोचन्त्यः पतिं वर्षशतैरपि ॥ ५७ ॥
मुर्ख रानी हो ! तिमीहरुको पनि यहि हालत हुनेछ । तिमीहरुले आफ्नो मृत्युलाई थाहा पएका छैनै, त्यसैले रोइरहेका छौ । तिमीहरु यदि सय वर्षसम्म यसरी शोक गरेर छाती पिटि पिटि रोइरहेपनि अब उसलाई पाउँन सक्तैनौ ।।५७।।
हिरण्यकशिपुरुवाच -
बाल एवं प्रवदति सर्वे विस्मितचेतसः ।
ज्ञातयो मेनिरे सर्वं अनित्यं अयथोत्थितम् ॥ ५८ ॥
हिरण्यकशिपुले भन्यो–
त्यस सानो वालकको यस्तो ज्ञानपूर्ण वचन सुनेर सबे दंग परे । उशीनर नरेशका भाई बन्धु र स्त्रिहरुले यो समस्त संसार सुख–दुख अनित्य एवं मित्थ्या हो भन्ने बुझे ।।५८।।
यम एतद् उपाख्याय तत्रैवान्तरधीयत ।
ज्ञातयो हि सुयज्ञस्य चक्रुर्यत् साम्परायिकम् ॥ ५९ ॥
यमराज यो उपाख्यान सुनाएर त्यहाबाट अन्तर्धान भए । भाई–बन्धुहरुले पनि सुयज्ञको अन्त्येष्टि–क्रिया गरिदिए ।।५९।।
ततः शोचत मा यूयं परं चात्मानमेव वा ।
क आत्मा कः परो वात्र स्वीयः पारक्य एव वा ।
स्वपराभिनिवेशेन विनाज्ञानेन देहिनाम् ॥ ६० ॥
यसैले तिमीहरु पनि कसैका लागि शोक नगर । यस संसारमा आफ्नो आर्को भन्ने कुरा नै के छ र ? प्राणीहरुमा अज्ञानको कारण नै यो आफ्नो आर्को भन्ने दुराग्रह हुन्छ , यस भन्दा बाहेक अरु कुनै कारण हुदैन ।।६०।।
नारद उवाच -
इति दैत्यपतेर्वाक्यं दितिराकर्ण्य सस्नुषा ।
पुत्रशोकं क्षणात् त्यक्त्वा तत्त्वे चित्तं अधारयत् ॥ ६१ ॥
नारदले भन्नुभयो–
युधिष्टिर ! हिरण्यकशिपुको यस्तो कुरा सुनेर आफ्नी बुहारीका साथ दितिले पुत्र शोकलाई त्यागिदिइन र आफ्नो चित्त परमतत्वस्वरूप परमात्मामा लगाइदिइन ।।६१।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे दितिशोकापनयनं नाम द्वितीयोऽध्यायः ॥ २ ॥