#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

सप्तमः स्कंधः - पंचमोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
सप्तमः स्कंधः - पंचमोऽध्यायः

 
श्रीनारद उवाच -
(अनुष्टुप्)
पौरोहित्याय भगवान् वृतः काव्यः किलासुरैः ।
षण्डामर्कौ सुतौ तस्य दैत्यराजगृहान्तिके ॥ १ ॥

तौ राज्ञा प्रापितं बालं प्रह्लादं नयकोविदम् ।
पाठयामासतुः पाठ्यान् अन्यांश्च असुरबालकान् ॥ २ ॥

नारदले भन्नुभयो–
युधिष्ठिर ! दैत्यहरूले शुक्राचार्यलाई आफ्नो पुरोहित बनाएका थिए । उनका सण्ड र अमर्क नाम गरेका दुइ  छोरा थिए  । ति दुवै राजमहल मै बसेर हिरण्यकशिपुका ज्ञानी छोरा बालक प्रल्हाद र अरु असुर बालकलाई राजनिति र अर्थनिति पढाँउदथे ।।१।२।।

यत्तत्र गुरुणा प्रोक्तं शुश्रुवेऽनुपपाठ च ।
न साधु मनसा मेने स्वपरासद्‍ग्रहाश्रयम् ॥ ३ ॥

प्रल्हाद गुरुले पढाएको पाठ सुन्दथे र त्यसलाई जस्ताको तस्तै सुनाउँदथे पनि । तर उनी भित्रि मन देखि नै त्यसलाई राम्रो मान्दैनथे । आफ्नो या अरुको भन्ने भावले उनी त्यस पाठलाई राम्रो मान्दैन थिए ।।३।।

एकदासुरराट् पुत्रं अङ्‌कमारोप्य पाण्डव ।
पप्रच्छ कथ्यतां वत्स मन्यते साधु यद्‍भवान् ॥ ४ ॥

महाराज युघिष्ठिर ! एक दिन हिरण्यकशिपुले आफ्नो छोरा प्रल्हादलाई धेरै प्रेमले काखमा लिएर भन्यो, छोरा ! तिमिलाई राम्रो लाग्ने उत्तम कुरा भन त ।।४।।

प्रह्लाद उवाच -
(इंद्रवज्रा)  
तत्साधु मन्येऽसुरवर्य देहिनां
         सदा समुद्विग्नधियामसद्‍ग्रहात् ।
हित्वात्मपातं गृहमन्धकूपं
         वनं गतो यद्धरिमाश्रयेत ॥ ५ ॥

प्रल्हादले भने–
पिताजी ! संसारका प्राणी ‘म’ र ‘मेरो’ भन्ने झुटो आग्रहमा परेर सधैं अत्यन्त उद्विग्न रहन्छन् । यस्ता प्राणीहरूका लागि म यो ठिक सम्झाँउछु कि त्यसले आफ्नो पतनको मुख्य कारण भएको यो घाँसले ढाकिएको अधेरो कुवा जस्तो यस घरलाई छोडेर बनमा गएर भगवान् श्रीहरिको शरण लेओस । यहि नै उत्तम कुरा हो ।।५।।

नारद उवाच -
(अनुष्टुप्)
श्रुत्वा पुत्रगिरो दैत्यः परपक्षसमाहिताः ।
जहास बुद्धिर्बालानां भिद्यते परबुद्धिभिः ॥ ६ ॥

नारद भन्दछन्–
हिरण्यकशिपुले आफ्नो छोरा प्रल्हादको मुखबाट यसरी सत्रुपक्षको प्रशंसा गरेको सुनेर हाँस्दै भन्यो– अरुको बहकावमा लागेर बालकको बुद्धि पनि बिग्रदो रहेछ ।।६।।

सम्यग्विधार्यतां बालो गुरुगेहे द्विजातिभिः ।
विष्णुपक्षैः प्रतिच्छन्नैः न भिद्येतास्य धीर्यथा ॥ ७ ॥

गुरुको घरमा भेष बदलेर विष्णुको  दुत बसेको जस्तो लाग्दछ । बालकको राम्रो संग रेखदेख गर्नु पर्दछ, जसले गर्दा उसको बुद्धि विग्रन नपाओस ।।७।।

गृहमानीतमाहूय प्रह्रादं दैत्ययाजकाः ।
प्रशस्य श्लक्ष्णया वाचा समपृच्छन्त सामभिः ॥ ८ ॥

वत्स प्रह्राद भद्रं ते सत्यं कथय मा मृषा ।
बालानति कुतस्तुभ्यं एष बुद्धिविपर्ययः ॥ ९ ॥

दैत्यले प्रल्हादलाई गुरुको घरमा पुर्याए पछि तब गुरुहरूले उनलाई धेरै फकाउँदै  मिठो बोलिमा भने– बाबु प्रल्हाद तिम्रो कल्याण होस । हेर तिमीले झुट नबोलिकन सत्य सत्य बताउ कि तिम्रो यो बुद्धि उल्टो कसरी भयो ? अरु बालकको बुद्धि त यस्तो छैन ।। ८ ।९।।

बुद्धिभेदः परकृत उताहो ते स्वतोऽभवत् ।
भण्यतां श्रोतुकामानां गुरूणां कुलनन्दन ॥ १० ॥

कुलनन्दन प्रल्हाद ! तिम्रो बुद्धि अरु कसैले उकासेर यस्तो भएको हो कि आफै यस्तो भएको हो, यस बिषयमा हामी तिम्रा गुरुहरू जान्न चाहान्छौं र सत्य कुरा बताइ देउ ।।१०।।

प्रह्राद उवाच -
स्वः परश्चेत्यसद्‍ग्राहः पुंसां यन्मायया कृतः ।
विमोहितधियां दृष्टः तस्मै भगवते नमः ॥ ११ ॥

प्रल्हादले भने–
जुन मानिसको बुद्धि मोहले ग्रस्त  भएको हुन्छ, भगवान्को मायाले गर्दा उसले यो आफ्नो र यो अर्को भन्ने यस्तो असत्य भेद देख्दछ । यस्ता मायापति भगवान्लाई म नमस्कार गर्दछु ।।११।।

स यदानुव्रतः पुंसां पशुबुद्धिर्विभिद्यते ।
अन्य एष तथान्योऽहं इति भेदगतासती ॥ १२ ॥

जसले भगवान्को कृपा प्राप्त गरेको हुन्छ, तब उसको पशु बुद्धि नष्ट हुन्छ । यस्तो पशु बुद्धि भएका कारण नै यो म हुँ र यो मबाट भिन्न छ भन्ने यस्तो प्रकारको झुट्टा भेदभाव पैदा हुन्छ ।।१२।।

(इंद्रवज्रा) 
स एष आत्मा स्वपरेत्यबुद्धिभिः
         दुरत्ययानुक्रमणो निरूप्यते ।
मुह्यन्ति यद्‌वर्त्मनि वेदवादिनो
         ब्रह्मादयो ह्येष भिनत्ति मे मतिम् ॥ १३ ॥

वहाँ परमात्मा नै यो आत्मा हो । अबुझका कारण अज्ञानीहरू आफ्नो र अर्को भन्ने  भेद गरेर वर्णन गर्दछन । उनीहरूलाई तत्वबारे जान्न त धेरै गारो भएकोले यस बारे नजान्नु पनि ठिकै हो किनकि र ब्रह्मा आदि ठुला वेदज्ञ पनि आत्माको बारेमा मोहित हुन्छन । उनै परमात्माले तिमीहरूको बुद्धिलाई बिगारि रहेकाछन ।।१३।।

(अनुष्टुप्)
यथा भ्राम्यत्ययो ब्रह्मन् स्वयमाकर्षसन्निधौ ।
तथा मे भिद्यते चेतः चक्रपाणेर्यदृच्छया ॥ १४ ॥

गुरुजी ! जसरी चुम्बकको नजिक रहेको फलाम आफैं तानिन्छ त्यसरी नै चक्रपाणि भगवान्को स्वच्छन्द इच्छा शक्तिले मेरो चित्त पनि संसारबाट अलग्गिएर वहाँ तिर लागिरहेको छ ।।१४।।

नारद उवाच -
एतावद् ब्राह्मणायोक्त्वा विरराम महामतिः ।
तं सन्निभर्त्स्य कुपितः स दीनो राजसेवकः ॥ १५ ॥

नारदले भन्नुभयो–
परमज्ञानी प्रल्हाद आफ्ना गुरुसंग यसो भनेर चुपलागे । पुरोहित बिचरा राजाका सेवक र पराधीन थिए । उनी हरू डराएर रिसाउँदै प्रल्हादलाई भन्नलागे ।।१५।।

आनीयतामरे वेत्रं अस्माकं अयशस्करः ।
कुलाङ्‌गारस्य दुर्बुद्धेः चतुर्थोऽस्योदितो दमः ॥ १६ ॥

अरे ! यसले त हाम्रो कीर्तिमा कलङ्क लाउदै छ । यो दुर्वुद्धि कुलङ्गारलाई ठिक गर्नको लागि चारौं उपाय भद्धेको चौथो उपाय दण्ड नै ठिक हुन्छ ।।१६।।

दैतेयचन्दनवने जातोऽयं कण्टकद्रुमः ।
यन्मूलोन्मूलपरशोः विष्णोर्नालायितोऽर्भकः ॥ १७ ॥

दैत्य वंशको चन्दनवनमा यो काडो भएको बालक कहाँबाट पैदा भयो ? जो विष्णु यस वनको जरा काट्नको लागि बन्चरो भएर यस बालकको रूपमा देखिदैछन ।।१७।।

इति तं विविधोपायैः भीषयन् तर्जनादिभिः ।
प्रह्रादं ग्राहयामास त्रिवर्गस्य उपपादनम् ॥ १८ ॥

यो बालक उनैको बीड बनेर देखिएको छ । यस प्रकार गुरुहरूले हप्काउदै अर्थ धर्म एवं कर्म सम्बन्धि शिक्षा दिए ।।१८।।

तत एनं गुरुर्ज्ञात्वा ज्ञातज्ञेयचतुष्टयम् ।
दैत्येन्द्रं दर्शयामास मातृमृष्टमलङ्‌कृतम् ॥ १९ ॥

केहि दिन पछि गुरुहरूले अब प्रल्हादले साम, दाम, भेद र दण्ड सम्बन्धि सबै कुरा जाने भयो भन्ने सोचेर उनलाई उनको आमा बेठा लिएर गए । आमाले धेरै माया गरेर उनीलाई राम्रो लुगा गहना लगाइदिइन । त्यस पछि उनलाई हिरण्यकशिपु निर लिएर गए ।।१९।।

पादयोः पतितं बालं प्रतिनन्द्याशिषासुरः ।
परिष्वज्य चिरं दोर्भ्यां परमामाप निर्वृतिम् ॥ २० ॥

प्रल्हादले आफ्ना बाबुलाई दण्डवत गरे त्यस पटि हिरण्यकशिपुले उनलाई आशीर्वाद दिए र धेरे बेस सम्म गलामा लगाए । त्यस समय दैत्यराजको हृदय आनन्दले भरियो ।।२०।

आरोप्याङ्‌कमवघ्राय मूर्धन्यश्रुकलाम्बुभिः ।
आसिञ्चन् विकसद्वक्त्रं इदमाह युधिष्ठिर ॥ २१ ॥

युधिष्ठिर ! हिरण्यकशिपुले खुसि हुँदै हसिलो अनुहार लगाएर प्रल्हादलाई आफ्नो काखमा राखेर उनको सिर सूघें । उनको नेत्रबाट आँसूको धारा खस्यो । उनले आफ्ना छोरालाई यसप्रकार सोध्यो ।

हिरण्यकशिपुरुवाच -
प्रह्रादानूच्यतां तात स्वधीतं किञ्चिदुत्तमम् ।
कालेनैतावताऽऽयुष्मन् यदशिक्षद्‍गुरोर्भवान् ॥ २२ ॥

हिरयण्कशिपुले भन्यो–
चिरञ्जीवी छोरा प्रल्हाद ! यति दिन सम्म तिमीले गुरुहरू संग सिकोको शिक्षा मद्धे राम्रो कुरा मलाई भन त ।।२२।।

प्रह्राद उवाच -
श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम् ।
अर्चनं वन्दनं दास्यं सख्यं आत्मनिवेदनम् ॥ २३ ॥

इति पुंसार्पिता विष्णौ भक्तिश्चेन्नवलक्षणा ।
क्रियेत भगवत्यद्धा तन्मन्येऽधीतमुत्तमम् ॥ २४ ॥

प्रल्हादले भने–
पिताजी ! विष्णु भगवान्को भक्तिको नौ भेद छन– भगवान्को गुण, लीला, आदिको श्रवण, वहाँको कीर्तन, रूप नाम आदिको स्मरण, वहाँको चरणको सेवा, पूजा–अर्चना, वन्दना, दास्य, सख्य भाव आत्मसमर्पण आदि नौ प्रकारले भक्ति गर्नु लाई नै म उत्तम अध्ययन सम्झन्छु ।।२३।२४।।

निशम्यैतत्सुतवचो हिरण्यकशिपुस्तदा ।
गुरुपुत्रमुवाचेदं रुषा प्रस्फुरिताधरः ॥ २५ ॥

प्रल्हादको यस्तो कुरा सुनेर रिसले हिरण्यकशिपुको ओठ काम्न लाग्यो अनि उसले गुरुका छोराहरूलाई भन्यो–।।२५।।

ब्रह्मबन्धो किमेतत्ते विपक्षं श्रयतासता ।
असारं ग्राहितो बालो मामनादृत्य दुर्मते ॥ २६ ॥

हे नीच ब्राह्मण ! यो तिमीहरूको कस्तो कस्तो चाला हो । हे दुर्वुद्धि ! तिमीहरूले मेरो कुनै परवाह नगरेर यो बालकलाई कस्तो निःस्सार शिक्षा दियौ ? अबस्य पनि तिमीहरू हाम्रा सत्रुमा आश्रय लिएका छौ ।।२६।।

सन्ति ह्यसाधवो लोके दुर्मैत्राश्छद्मवेषिणः ।
तेषामुदेत्यघं काले रोगः पातकिनामिव ॥ २७ ॥

बाहिर मित्रको बाना बनाएर लुकि लुकिकन सत्रुको काम गर्ने यस्ता दुष्टहरूको संसारमा कमि छैन । तर लुकेर पाप गर्नेको पाप ता जसरी समय आएपछि रोगको रूपमा प्रकट भएर उसको पोल खोल्दछ त्यसरी नै तिमीहरूको करतुत खुल्ने छ ।।२७।।

गुरुपुत्र उवाच -
(इंद्रवज्रा)  
न मत्प्रणीतं न परप्रणीतं
         सुतो वदत्येष तवेन्द्रशत्रो ।
नैसर्गिकीयं मतिरस्य राजन्
         नियच्छ मन्युं कददाः स्म मा नः ॥ २८ ॥

गुरु पुत्रले भने–
हे इन्द्रका सत्रु !  तपाईका छोराले जे भनिरहेका छन, त्यो हाम्रो वा अरु कसैको बहकावमा लागेर भनेका होइनन । राजन ! यो त उनको जन्मजात स्वभाविक बुद्धि हो । तपाई आफ्नो क्रोधलाई शान्त गर्नुहोस । ब्यर्थमा हामीलाई दोश नलागउनु होस ।।२८।।

नारद उवाच -
(अनुष्टुप्)
गुरुणैवं प्रतिप्रोक्तो भूय आहासुरः सुतम् ।
न चेद्‍गुरुमुखीयं ते कुतोऽभद्रासती मतिः ॥ २९ ॥

नारद भन्दछन्–
युधिष्ठिर ! गुरुले यस्तो उत्तर दिएपछि हिरण्यकशिपुले फेरी आफ्नो छोरो प्रल्हादलाई भन्यो– अरे ! तलाई यस्तो अहित गर्ने खोटी बुद्धि गुरुजीले भनेका हैनन भने कहाँबाट प्राप्त भयो बता ? ।।२९।।

प्रह्राद उवाच -
(इंद्रवज्रा)
मतिर्न कृष्णे परतः स्वतो वा
     मिथोऽभिपद्येत गृहव्रतानाम् ।
अदान्तगोभिर्विशतां तमिस्रं
     पुनः पुनश्चर्वितचर्वणानाम् ॥ ३० ॥

प्रह्लादले भने–
पिताजी ! संसारमा फसेका गृहाश्रमीको इन्द्रियहरू आफ्नो वशमा नभएकाले उनीहरू एक पटक पिनिसकेको वस्तुलाई फेरी पिन्दछन, चपाई सकेकोलाई फेरी चपाउँदछन, यो उनीहरूको नरकतिर जाने बाटो हो ।  यस्तो गृहासक्त पुरुषको बुद्धिलाई अरु कसैले सिकाउन पर्दैन आफु जस्तै ब्यक्तिको संगतका कारण उनीहरूको मन लागेर श्रीकृष्णमा लाग्दैन ।।३०।।

न ते विदुः स्वार्थगतिं हि विष्णुं
         दुराशया ये बहिरर्थमानिनः ।
अन्धा यथान्धैरुपनीयमानाः
         वाचीशतन्त्यामुरुदाम्नि बद्धाः ॥ ३१ ॥

मुर्खताले गर्दा इन्द्रियद्वारा देखिने बाहिरी विषयलाई परम इष्ट सम्झेर अन्धोको पछाडि लाग्ने अन्धो झै हिलोमा पछारिन पुग्दछन । किनकि वेदवाणीरूप डोरीले कर्म वन्धनमा बाधिएका हुन्छन त्यसैले उनीहरूलाई यो कुराको ज्ञान हुदैन । हाम्रो स्वार्थ अथवा परमार्थ भगवान् विष्णु नै हुन । वहाँको प्राप्तिले हामीलाई सबै पुरुषार्थको प्राप्ति हुन्छ ।।३१।

नैषां मतिस्तावदुरुक्रमाङ्‌घ्रिं
         स्पृशत्यनर्थापगमो यदर्थः ।
महीयसां पादरजोऽभिषेकं
         निष्किञ्चनानां न वृणीत यावत् ॥ ३२ ॥

भगवानको चरणकमलको स्पर्श गर्नेहरूको जन्म मृत्युरूप अनर्थको सर्वथा नाश हुन्छ । तर जसले अकिञ्चन भगवत्प्रेमी महात्माहरूको चरणको धुलो स्नान गरेका हुदैनन, उनीहरूको बुद्धि काम्यकर्मको पुरा सेवन गर्दा पनि भगवच्चरणको स्पर्श गर्न सक्तैन ।।३२।।

(अनुष्टुप्)
इत्युक्त्वोपरतं पुत्रं हिरण्यकशिपू रुषा ।
अन्धीकृतात्मा स्वोत्सङ्‌गात् निरस्यत महीतले ॥ ३३ ॥

प्रल्हाद यति भनेर चुपो लागे । हिरण्यकशिुपले रिसले चुर भएर उनलाई आफ्नो काखबाट उचालेर भुमिमा मिल्काइदियो ।।३३।।

आहामर्षरुषाविष्टः कषायीभूतलोचनः ।
वध्यतां आश्वयं वध्यो निःसारयत नैर्‌ऋताः ॥ ३४ ॥

प्रल्हादलेको कुराले उसलाई सहिनसक्नु भयो । रिसले गर्दा उसको आँखा रातो रातो भयो । उसले रिसाउदै दैत्यहरूलाई भन्यो– दैत्य हो ! यसलाई यहाँबाट बाहिर लैजाओ र तुरुन्त मारिदेउ, किनकि यो मार्न नै योग्य छ ।।३४।।

अयं मे भ्रातृहा सोऽयं हित्वा स्वान् सुहृदोऽधमः ।
पितृव्यहन्तुर्यः पादौ विष्णोर्दासवदर्चति ॥ ३५ ॥

हेर ! यसले आफ्ना बन्धु बान्धवलाई छाडेर जसले यसको काकालाई मार्यो, यो उहि विष्णुको चरणको पूजा गर्दछ । कतै यसको रूपमा मेरो भाईलाई मार्ने विष्णु नै आएको त होइन ।।३५।।

विष्णोर्वा साध्वसौ किं नु करिष्यति असमञ्जसः ।
सौहृदं दुस्त्यजं पित्रोः अहाद्यः पञ्चहायनः ॥ ३६ ॥

पाँच वर्षको अवस्थामा नै आफ्नो माता पिताको वात्सल्य स्नेहलाई बिर्सियो यस्तालाई त्यो कृतघ्न विष्णुले नै के उपकार गर्दछ र ? ।।३६।।

(इंद्रवज्रा)
परोऽप्यपत्यं हितकृद्यथौषधं
         स्वदेहजोऽप्यामयवत्सुतोऽहितः ।
छिन्द्यात्तदङ्‌गं यदुतात्मनोऽहितं
         शेषं सुखं जीवति यद्विवर्जनात् ॥ ३७ ॥

औषधिले काम गरे झैं यदि अरुले कुनैले हित काम गर्दछ भने त्यो छोरो हो । तर आफ्नो छोरोले यदि अहित गर्न लाग्दछ भने त्यो रोग समानको सत्रु हो । आफ्नो शरीरको कुनै अंगबाट सबै शरीरलाई नै यदि दुःख पुर्याउछ भने त्यसलाई काट्नु पर्दछ । किनकि उसलाई काटि दिनाले बाँकी शरीर सुखले बाँच्न सक्दछ ।।३७।।

(अनुष्टुप्)
सर्वैः उपायैः हन्तव्यः सम्भोजशयनासनैः ।
सुहृल्लिङ्‌गधरः शत्रुः मुनेर्दुष्टमिवेन्द्रियम् ॥ ३८ ॥

यो स्वजनको बाना बनाएर मेरो कुनै सत्रु आईरहेको छ । जसरी योगिको भोगी इन्द्रियहरूले उसको अनिष्ट गराउँदछ, त्यसरी नै यसले मेरो अहित गर्दछ । यसैले खाने, सुत्ने, बस्ने आदि समय कुनै उपायले यसलाई मार ।।३८।।

नैर्‌‍ऋतास्ते समादिष्टा भर्त्रा वै शूलपाणयः ।
तिग्मदंष्ट्रकरालास्याः ताम्रश्मश्रुशिरोरुहाः ॥ ३९ ॥

नदन्तो भैरवान् नादान् छिन्धि भिन्धीति वादिनः ।
आसीनं चाहनन् शूलैः प्रह्रादं सर्वमर्मसु ॥ ४० ॥

हिरण्यकशिपुले दैत्यहरूलाई यसप्रकार आज्ञा दिएपछि तीखा दाह्रा धार ठुला मुख, राता राता दारी भएको दैत्यहरूले हातमा त्रिशूल लिएर मार काट भनेर ठुलो स्वरले कराउँन लागे । प्रल्हाद चुपो लागेर बसेका थिए । दैत्यहरू त्यहाँ बसेका प्रल्हदको मर्मस्थानमा प्रहार गर्नलागे ।३९।४०।।

परे ब्रह्मण्यनिर्देश्ये भगवति अखिलात्मनि ।
युक्तात्मन्यफला आसन् अपुण्यस्येव सत्क्रियाः ॥ ४१ ॥

त्यस समय प्रल्हादको चित्त परमात्मामा लागेको थियो । मन, वाणीका अगोचर, सर्वात्मा सबै सक्तका आधार एवं परव्रह्म हुनुहुन्छ । वहाँकै कृपाले गर्दा उनीहरूको प्रयास असफल भयो ।।४१।।

प्रयासेऽपहते तस्मिन् दैत्येन्द्रः परिशङ्‌कितः ।
चकार तद्वधोपायान् निर्बन्धेन युधिष्ठिर ॥ ४२ ॥

युधिष्ठिर ! त्रिशूलको प्रहारले प्रल्हादको शरीरलाई कुनै असर नपरेकाले हिरण्यकशिपुलाई धेरै शंका भयो । त्यसैले उसले प्रल्हादलाई मार्नका लागि धेरै उपाय गर्यो ।।४२।।

दिग्गजैर्दन्दशूकैश्च अभिचारावपातनैः ।
मायाभिः सन्निरोधैश्च गरदानैरभोजनैः ॥ ४३ ॥

उसले प्रल्हादलाई ठुला ठुला हात्तिले कुल्चायो, विषालु सर्पले डसायो, पुरोहितले कृत्या नामकी राक्षसी उत्पन्न गरे, पहाडको फेदीबाट तल खसाल्न लगायो, शम्वरासुरले अनेक प्रकारको मायाको प्रयोग गर्यो, अँध्यारो कोठामा बन्द गरिदियो ।।४३।।

हिमवाय्वग्निसलिलैः पर्वताक्रमणैरपि ।
न शशाक यदा हन्तुं अपापं असुरः सुतम् ।
चिन्तां दीर्घतमां प्राप्तः तत्कर्तुं नाभ्यपद्यत ॥ ४४ ॥

हिऊ भएको ठाउमा, बलिरहेको आगोएको ज्वालामा हालिदिने र  समुद्रमा डुवाउने, आँधीमा छोडिदिने र अग्लो पहाडबाट तल फेदीमा दिने आदि काम गर्यो तर यी सबै उपायले पनि निष्पाप प्रल्हादलाई अलिकता पनि असर गर्न सकेन । आफ्नो सबै प्रयास असफल भएकोले हिरण्यकशिपुलाई धेरै चिन्ता भयो । उसले प्रल्हादलाई मार्नको लागि अरु कुनै उपाय देखेन ।।४४।।

एष मे बह्वसाधूक्तो वधोपायाश्च निर्मिताः ।
तैस्तैः द्रोहैः असद्धर्मैः मुक्तः स्वेनैव तेजसा ॥ ४५ ॥

उसले बिचार गर्नलाग्यो— यसलाई मार्नको लागि मैले धेरै राम्रो नराम्रो उपाय रचें, तर यो मैले गरेको दुव्यवहारमा अलिकता पनि अरुको सहायता नपाईकन नै बाँचिरहेको छ ।।४५।।

वर्तमानोऽविदूरे वै बालोऽप्यजडधीरयम् ।
न विस्मरति मेऽनार्यं शुनः शेप इव प्रभुः ॥ ४६ ॥

बालक भएर पनि समझदार छ, मेरो नजिकै निशंक भावले बसिरहन्छ । यसमा केहि सामर्थ अवस्य छ । जसरी शुनःसेप आफ्नो पिताको ब्यबहारले गर्दा उसको विरोधी भएको थियो त्यसरी नै यो पनि मेले गरेको अपकारलाई भुल्ने छैन ।।४६।।

अप्रमेयानुभावोऽयं अकुतश्चिद्‍भयोऽमरः ।
नूनमेतद् विरोधेन मृत्युर्मे भविता न वा ॥ ४७ ॥

न यो कसैसंग डराउँदछ न यसको मृत्यु नै हुन्छ । यसको शक्ति पनि थाहा छैन । यसको विरोध गर्दा मेरो मृत्यु हुन सक्छ, वा नहुन पनि सक्छ किनकि म ता अमर छु ।।४७ ।।

इति तच्चिन्तया किञ्चित् म्लानश्रियं अधोमुखम् ।
शण्डामर्कावौशनसौ विविक्त इति होचतुः ॥ ४८ ॥

यस्तो सोचेर उसको मुखको कान्ति केहि मलीन भयो । जब शुक्राचार्यका छोरा शण्ड र अमर्कले हिरण्यकशिपु झोक्राएर बसेको देखे त्यसपछि उनीहरूले एकान्तमा गएर उसलाई भने ।।४८।।

(इंद्रवज्रा)
जितं त्वयैकेन जगत्त्रयं भ्रुवोः
         विजृम्भणत्रस्त समस्तधिष्ण्यपम् ।
न तस्य चिन्त्यं तव नाथ चक्ष्वहे
         न वै शिशूनां गुणदोषयोः पदम् ॥ ४९ ॥

स्वामी ! तपाईले तिनै लोकमा विजय प्राप्त गर्नु भएको छ । आँखि भौं बंग्याउँदा नै सबै लोकपालहरू तपाई संग डराउदछन । हामीले विचार गर्दा त तपाईले चिन्ता गर्नु पर्ने कुनै कारण छैन । प्राय वालकले खेलवाडमा अशल खराब कुरा सोच्ने गर्दछन ।।४९।।

इमं तु पाशैर्वरुणस्य बद्ध्वा
         निधेहि भीतो न पलायते यथा ।
बुद्धिश्च पुंसो वयसाऽऽर्यसेवया
         यावद्‍गुरुर्भार्गव आगमिष्यति ॥ ५० ॥

जबसम्म हाम्रा पिता शुक्राचार्य आउनु हुदैन तब सम्म यो डराएर कहिँ भाग्न नपाओस यसलाई वरुणको पासले बाँधेर राख्नु होस । त्यतिबेला सम्म उमेर बढ्दै जादा र गुरुजनको सेवाले यसको बुद्धिमा सुधार आउन सक्छ ।।५०।।

(अनुष्टुप्)
तथेति गुरुपुत्रोक्तं अनुज्ञायेदमब्रवीत् ।
धर्मो ह्यस्योपदेष्टव्यो राज्ञां ये गृहमेधिनाम् ॥ ५१ ॥

हिरण्यकशिपुले ठिकै छ भनेर गरु पुत्रहरूको सल्लाह मान्यो र भन्यो कि यसलाइ गृहस्थ, राजाले गर्ने धर्मका बारेमा उपदेश दिएर सम्झाउनु ।।५१।।

धर्ममर्थं च कामं च नितरां चानुपूर्वशः ।
प्रह्रादायोचतू राजन्प्रश्रितावनताय च ॥ ५२ ॥

युधिष्ठिर ! यसपछि पुरोहितले उनलाई पाठशालामा लगेर धर्म, अर्थ र काम यी तीन पुरुषार्थको शिक्षा दिन लागे । प्रल्हाद त्यहाँ अत्यन्त नम्र सेवकको भावनाले रहन लागे ।।५२।।

यथा त्रिवर्गं गुरुभिः आत्मने उपशिक्षितम् ।
न साधु मेने तच्छिक्षां द्वन्द्वारामोपवर्णिताम् ॥ ५३ ॥

तर गुरुहरूले दिएको त्यो शिक्षा प्रल्हदलाई राम्रो लागेन किनकि गुरुहरूले उनलाई धर्म, अर्थ र काम सम्बन्धि शिक्षा मात्र दिन्थे । त्यो शिक्षा त केवल राग, द्वेश आदि द्वन्द र विषय भोगको रसमा लगेका लागि मात्र राम्रो हुन्छ ।।५३।।

यदाऽऽचार्यः परावृत्तो गृहमेधीयकर्मसु ।
वयस्यैर्बालकैस्तत्र सोपहूतः कृतक्षणैः ॥ ५४ ॥

एकदिन गुरुजी घरको कुनै कामले गर्दा बाहिर गएका थिए । छुट्टि भएका कारण प्रल्हादले आफु सरहका बालकलाई खेल्नका लागि बोलाए ।।५४।।

अथ तान् श्लक्ष्णया वाचा प्रत्याहूय महाबुधः ।
उवाच विद्वांन् तन्निष्ठां कृपया प्रहसन्निव ॥ ५५ ॥

प्रल्हाद धेरै ज्ञानी थिए । उनले ती बालकहरूलाई धेरै प्रेमले बोलाएका थिए । त्यहाँ रहदा बालकहरूले आत्मज्ञानको बारेमा कुनै शिक्षा नपाएकाले उनीहरू सांसारिक चक्रबाट मुक्ति पाउदैनन भन्ने लागेर उनीहरू माथि कृपा गरेर हाँस्दै उपदेश गर्न लागे ।।५५।।

ते तु तद्‍गौरवात्सर्वे त्यक्तक्रीडापरिच्छदाः ।
बाला न दूषितधियो द्वन्द्वारामेरितेहितैः ॥ ५६ ॥

पर्युपासत राजेन्द्र तन्न्यस्तहृदयेक्षणाः ।
तानाह करुणो मैत्रो महाभागवतोऽसुरः ॥ ५७ ॥

महाराज युधिष्ठिर ! उनीहरू सबै बालकनै थिए त्यसैले राग द्वेषमा रमाउने विषयभोगी पुरुषको उपदेशले बुद्धि कुनै दुषित भएको थिएन । यसैले उनीहरूले आफ्ना खेलकुद सम्बन्धि कृयाकलापलाई छाडेर  प्रल्हादको नजिक गएर बसे । भगवान्का प्रेमी भक्त प्रल्हादको हृदय करुणा र मैत्री भावले भरिएको थियो त्यसैले उनले उनीहरूलाई भन्न लागे ।।५६।।५७।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे प्रह्रादचरिते पंचमोऽध्यायः ॥ ५ ॥