श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – त्रिचत्वारिंशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
अथ कृष्णश्च रामश्च कृतशौचौ परन्तप ।
मल्लदुन्दुभिनिर्घोषं श्रुत्वा द्रष्टुमुपेयतुः ॥१॥
श्री शुकदेवजी भन्नुहुन्छ– शत्रुलाई पीडा दिने हे महाराज परीक्षित ! त्यसपछि बलराम र श्रीकृष्ण सौचादी कामबाट निवृत्त भई पहलमानहरुको आवाज र दुन्दुबी बजेको शब्द सुनेर मल्लक्रीडा हेर्नका लागि रङ्गभूमि तिरलाग्नुभयो ।।१।।
रङ्गद्वारं समासाद्य तस्मिन् नागमवस्थितम् ।
अपश्यत्कुवलयापीडं कृष्णोऽम्बष्ठप्रचोदितम् ॥२॥
रङ्गभूमिको ढोकामा पुगेपछि श्रीकृष्णले माउतेको निर्देशनले कुवलयापीड हात्तीले बाटो रोकेर उभिराखेको देख्नुभयो ।।२।।
बद्ध्वा परिकरं शौरिः समुह्य कुटिलालकान् ।
उवाच हस्तिपं वाचा मेघनादगभीरया ॥३॥
त्यसपछि भगवान श्रीकृष्णले पछ्यौरा कम्मरमा कसेर र घुम्रिएको कपाललाई एकै ठाउँमा जम्मा परि मेघको जस्तो गम्भीर वाणी झिकेर माउतेलाई हाक दिएर भन्नुभयो ।।३।।
अम्बष्ठाम्बष्ठ मार्गं नौ देह्यपक्रम मा चिरम् ।
नो चेत्सकुञ्जरं त्वाद्य नयामि यमसादनम् ॥४॥
ए माउते ! ए माउते ! हामी दुवै जनालाई भित्र जानको निम्ति बाटो छोडिदे नत्रभने हात्ती सहित तलाई पनि अहिले नै यमराजको घरमा पुर्याइदिन्छौ ।।४।।
एवं निर्भर्त्सितोऽम्बष्ठः कुपितः कोपितं गजम् ।
चोदयामास कृष्णाय कालान्तकयमोपमम् ॥५॥
यस प्रकार श्रीकृष्णको यस्तो हुंकार सुनेर माउते बहुतै झोकियो र यमराज समानको अत्यन्त भयङ्कर कुबलयापीड हात्तीलाई भगवान् भएतिर अगाडि बढायो ।।५।।
करीन्द्रस्तमभिद्रुत्य करेण तरसाग्रहीत् ।
कराद् विगलितः सोऽमुं निहत्याङ्घ्रिष्वलीयत ॥६॥
हात्तीले दौडेर गएर आफ्नो सुँडले भगवान्लाई समात्यो तर भगवान् अलि पातलो भएर सुँडबाट बाहिर निस्किनुभयो र उसलाई एक मुक्का प्रहार गरेर खुट्टाको बीचमा गएर लुक्नुभयो ।।६।।
सङ्क्रुद्धस्तमचक्षाणो घ्राणदृष्टिः स केशवम् ।
परामृशत् पुष्करेण स प्रसह्य विनिर्गतः ॥७॥
श्रीकृष्णलाई आफ्नो अगाडि नदेख्दा कुबलयापीडलाई हुनसम्मको रिस उठ्यो । सुगेर नै पत्ता लगाउन सक्ने त्यसले भगवानको पत्तो लगाएर समात्न खोज्यो । तर उहाँले बलपूर्वकसँग आफूलाई उसको पन्जाबाट छुटाउनुभयो ।।७।।
पुच्छे प्रगृह्यातिबलं धनुषः पञ्चविंशतिम् ।
विचकर्ष यथा नागं सुपर्ण इव लीलया ॥८॥
त्यसपछि भगवानले गरुडले साँपलाई घिसारे झैं त्यो बलबान हात्तीको पुच्छर समातेर खेल गरे जस्तै गरी त्यसलाई सय हात पछि घिसारेर लैजानुभयो ।।८।।
स पर्यावर्तमानेन सव्यदक्षिणतोऽच्युतः ।
बभ्राम भ्राम्यमाणेन गोवत्सेनेव बालकः ॥९॥
जसरी चर्न लागेको गाईसँग बाच्छा घुमीघमी खेल्दछन् त्यसैगरी भगवान् पनि उसको पुच्छर समातेर कहिले दाहिने र कहिले देब्रे भएर घुम्दै उसको साथमा खेल्न लाग्नुभयो ।।९।।
ततोऽभिमखमभ्येत्य पाणिनाऽऽहत्य वारणम् ।
प्राद्रवन् पातयामास स्पृश्यमानः पदे पदे ॥१०॥
यसपछि हात्तीको अगाडि आएर भगवानले उसलाई एकमुखी हान्नुभयो र आफुलाई छोला जस्तो गरेर उसको वरिपरि दगुर्न लाग्नुभयो र त्यसलाई लडाउन लाग्नुभयो ।।१०।।
स धावन् क्रीडया भूमौ पतित्वा सहसोत्थितः ।
तं मत्वा पतितं क्रुद्धो दन्ताभ्यां सोऽहनत्क्षितिम् ॥११॥
यस प्रकारसँग दौडदा भगवान एक बाजी जानी जानीकन पृथ्वीमा लड्नुभयो तर हत्तपत्त उठेर भागी पनि हाल्नुभयो । झोक्किएको हात्तीले भगवानलाई ढलेको सम्झेर रिसाउँदै आफ्नो दाँतले पृथ्वीमाथि प्रहार गर्यो ।।११।।
स्वविक्रमे प्रतिहते कुंजरेन्द्रोऽत्यमर्षितः ।
चोद्यमानो महामात्रैः कृष्णमभ्यद्रवद् रुषा ॥१२॥
यस प्रकारसँग आफ्नो आक्रमण व्यर्थ भएकोले गजराज कुबलयापीडझनै रिसायो र भगवान माथि जाई लाग्यो ।।१२।।
तमापतन्तमासाद्य भगवान् मधुसूदनः ।
निगृह्य पाणिना हस्तं पातयामास भूतले ॥१३॥
त्यो हात्ती आफूतिर आइरहेको देखेर मधुसुदन भगवानले आफ्नो हातले सुड समातेर त्यसलाई भुइँमा पछार्नुभयो ।।१३।।
पतितस्य पदाऽऽक्रम्य मृगेन्द्र इव लीलया ।
दन्तमुत्पाट्य तेनेभं हस्तिपांश्चाहनद्धरिः ॥१४॥
यसरी त्यो हात्ती ढलेपछि भगवानले सिंहले झैँ उफ्रेर उसको दाँत उखेलिदिनु भयो र तिनै दाँतले हिर्काएर हात्ती र माउतेलाई मारिदिनुभयो ।।१४।।
मृतकं द्विपमुत्सृज्य दन्तपाणिः समाविशत् ।
अंसन्यस्तविषाणोऽसृङ्मदबिन्दुभिरङ्कितः ।
विरूढस्वेदकणिकावदनाम्बुरुहो बभौ ॥१५॥
मरेको हात्तीलाई त्यहीँ छोडेर हातमा त्यसको दारा लिएर श्रीकृष्ण भगवान रङ्गभूमिमा प्रवेश गर्नुभयो । दाँतको एक छेउलाई उहाँले काँधमा अड्याउनु भएको थियो शरीरमा रगत र मदको छिटाले शरीर रङ्गिएको थियो । तथा मुखकमलमा पसिनाका थोपा टल्किरहेका थिए ।।१५।।
वृतौ गोपैः कतिपयैर्बलदेवजनार्दनौ ।
रङ्गं विविशतू राजन् गजदन्तवरायुधौ ॥१६॥
हे राजन ! यस प्रकारसँग हातमा हात्तीको दाराको शस्त्रको रूपमा लिनु भएको राम र कृष्ण दुवै जनाले आफ्नो साथी गोपहरुलाई संग लिएर रङ्गभूमिमा प्रवेश गर्नुभयो ।।१६।।
(शार्दूलविक्रीडित)
मल्लानामशनिर्नृणां नरवरः स्त्रीणां स्मरो मूर्तिमान् ।
गोपानां स्वजनोऽसतां क्षितिभुजां शास्ता स्वपित्रोः शिशुः ।
मृत्युर्भोजपतेर्विराडविदुषां तत्त्वं परं योगिनां ।
वृष्णीनां परदेवतेति विदितो रङ्गं गतः साग्रजः ॥ १७ ॥
बलराम सहित कृष्ण भगवान रङ्गभूमिमा पाल्नुभएको बेलामा ठूलाठूला पहलमानहरूले यिनको शरीर बज्र जस्तो छ त्यसैले यि साधारण नभएर यी कुनै श्रेष्ठ मनुष्यको रूपमा देखे, स्त्रीहरुले उहाँलाई मूर्तिमान कामदेवको रूपमा, ग्वालाहरुले उहाँलाई आफन्तको रूपमा, पृथ्वीका दुष्ट राजाहरूले उहाँलाई आफ्नो शासकको रूपमा, मातापिता सम्मानका बुढापाकाहरु उहाँलाई बालकको रूपमा, कंशले मृत्युको रूपमा, अज्ञानीहरूले अपरिमिय वस्तुको रूपमा, योगीहरुले उहाँलाई परमतत्वको रूपमा तथा भृष्णवंशीय यादवहरूले उहाँलाई आफ्नो इष्टदेवका रूपमा सम्झे ।।१७।।
(अनुष्टुप्)
हतं कुवलयापीडं दृष्ट्वा तावपि दुर्जयौ ।
कंसो मनस्व्यपि तदा भृशमुद्विविजे नृप ॥१८ ॥
हे राजन ! कुबलयापिड हात्ती मारिएको देख्दा यी दुवै भाइलाई जित्न बडो गाह्रो छ भन्ने विचारले कंस बहुतै हडबडायो ।।१८।।
(मिश्र)
तौ रेजतू रङ्गगतौ महाभुजौ
विचित्रवेषाभरणस्रगम्बरौ ।
यथा नटावुत्तमवेषधारिणौ
मनः क्षिपन्तौ प्रभया निरीक्षताम् ॥१९॥
लामा लामा हात भएका, फूलको माला लगाएका बज्र र आभूषणले गर्दा विचित्र भेष धारण गरी अभिनय गर्नको निम्ति आएको दुईवटा नट झैँ आफ्नो कान्तिले दर्शकहरूको चित्तलाई आफूतिर आकर्षित गर्दै रङ्गमञ्चमा उपस्थित हुनुभयो ।।१९।।
निरीक्ष्य तावुत्तमपूरुषौ जना
मञ्चस्थिता नागरराष्ट्रका नृप ।
प्रहर्षवेगोत्कलितेक्षणाननाः
पपुर्न तृप्ता नयनैस्तदाननम् ॥२०॥
हे राजन ! मञ्चमा बसिराखेका नगरवासी तथा देशवासीहरूले उत्तम पुरुष श्रीकृष्ण बलरामलाई देख्दा आनन्दले प्रफुल्लित भई आफ्ना नेत्रद्वारा उहाँहरूको मुख माधुर्यको पान गर्न लागे, तर धेरै बेरसम्म एक टकसँग हेर्दाखेरि पनि तृप्त भएनन् ।।२०।।
(अनुष्टुप्)
पिबन्त इव चक्षुर्भ्यां लिहन्त इव जिह्वया ।
जिघ्रन्त इव नासाभ्यां श्लिष्यन्त इव बाहुभिः ॥२१॥
यसो हेर्दाखेरि त दर्शकहरू उहाँलाई आफ्ना नेत्रद्वारा पिउन आँटेका जिब्रोले चाट्न खोजेका नाकले सुङ्न लागेको र हातले आलिङ्गन गर्न खोजेका जस्ता देखिन्थे ।।२१।।
ऊचुः परस्परं ते वै यथादृष्टं यथाश्रुतम् ।
तद् रूपगुणमाधुर्यप्रागल्भ्यस्मारिता इव ॥२२॥
उहाँहरुको सौन्दर्यगुण माधुर्य र सामर्थ्य आदिले दर्शकहरूलाई उहाँहरूको लिलाको स्मरण गराइदिएको जस्तो पो देखियो यसैले उनीहरु उहाँहरूको सम्बन्धमा देखि सुनेको कुरा परस्परमा यसप्रकार भन्न लागे ।।२२।।
एतौ भगवतः साक्षाद्धरेर्नारायणस्य हि ।
अवतीर्णाविहांशेन वसुदेवस्य वेश्मनि ॥२३॥
उनीहरू आपसमा भन्न लागे यी दुवै बालक साक्षात नारायण भगवानका अंश हुन् अहिले यस पृथ्वी तलमा बसुदेवजीको घरमा कृष्ण बलराम भई अवतार लिनुभएको हो ।।२३।।
एष वै किल देवक्यां जातो नीतश्च गोकुलम् ।
कालमेतं वसन् गूढो ववृधे नन्दवेश्मनि ॥२४॥
यी कृष्ण देवकीको गर्भबाट उत्पन्न भएका थिए जन्मने बित्तिकै वसुदेवजीले यिनलाई गोकुलमा पुर्याइदिनु भएको थियो । यिनी अहिलेसम्म नन्दकै घरमा गुप्त रूपले रहेर यतिको ठूलो हुनुभएको हो ।।२४।।
पूतनानेन नीतान्तं चक्रवातश्च दानवः ।
अर्जुनौ गुह्यकः केशी धेनुकोऽन्ये च तद्विधाः ॥२५॥
यिनकै हातबाट पुत्तना, केसी, धेनुका आदिको तथा अरु पनि यस्तै अनेक दुष्ट दैत्यहरूको वध भएको हो ।।२५।।
गावः सपाला एतेन दावाग्नेः परिमोचिताः ।
कालियो दमितः सर्प इन्द्रश्च विमदः कृतः ॥२६॥
यिनले ग्वाल बालकहरूको साथै गाईहरूलाई दावानलबाट बचाएका थिए । कालीयनागको दमन र इन्द्रको मानमर्दन पनि यिनैले गरेका हुन् ।।२६।।
सप्ताहमेकहस्तेन धृतोऽद्रिप्रवरोऽमुना ।
वर्षवाताशनिभ्यश्च परित्रातं च गोकुलम् ॥२७॥
यिनै कृष्णले सात दिनसम्म एउटै हातले गोवर्धन पर्वतलाई उचाली राखेर त्यसद्वारा हावापानी आदि बज्रपातबाट गोकुलको रक्षा गरेकाहुन् ।।२७।।
गोप्योऽस्य नित्यमुदितहसितप्रेक्षणं मुखम् ।
पश्यन्त्यो विविधांस्तापांस्तरन्ति स्माश्रमं मुदा ॥२८॥
गोपिनीहरू यिनको मन्द मुस्कान मुखमण्डललाई हेरेर बिना प्रयासले नाना प्रकारको तापबाट मुक्त भएथे ।।२८।।
वदन्त्यनेन वंशोऽयं यदोः सुबहुविश्रुतः ।
श्रियं यशो महत्वं च लप्स्यते परिरक्षितः ॥२९॥
श्रीकृष्णबाट सुरक्षित भएका यदुवंशले लक्ष्मी, यस र गौरव प्राप्त गर्नेछ भने विद्वानहरूको भनाइ छ । ।।२९।।
अयं चास्याग्रजः श्रीमान् रामः कमललोचनः ।
प्रलम्बो निहतो येन वत्सको ये बकादयः ॥३०॥
यी अर्का श्याम सुन्दरका दाजु कमलजस्ता आँखा भएका श्री बलरामजी हुन् । यिनीद्वारा प्रलम्बासुर बत्सासुर र बकासुर मारिएका हुन् भन्ने सुनिएको छ ।।३०।।
जनेष्वेवं ब्रुवाणेषु तूर्येषु निनदत्सु च ।
कृष्णरामौ समाभाष्य चाणूरो वाक्यमब्रवीत् ॥३१॥
दर्शकहरूमा यस प्रकार चर्चा भइरहेको तथा अखाडामा भेरीबाजा बजिराखेको बेलामा चाँडुरले बलराम र श्रीकृष्णलाई सम्बोधन गरी यस प्रकार भन्यो ।।३१।।
हे नन्दसूनो हे राम भवन्तौ वीरसंमतौ ।
नियुद्धकुशलौ श्रुत्वा राज्ञाऽऽहूतौ दिदृक्षुणा ॥३२॥
हे नन्दपुत्र श्रीकृष्ण ! हे बलराम ! तिमी दुवै बडा पराक्रमी मानिएका छौ कुस्ती लड्नमा बडा सिपालु छौ भन्ने सुनेकोले महाराज कंशले तिमीहरूको कौशल हेर्नको निम्ति तिमीहरुलाई यहाँ बोलाउनु भएको हो ।।३२।।
प्रियं राज्ञः प्रकुर्वत्यः श्रेयो विन्दन्ति वै प्रजाः ।
मनसा कर्मणा वाचा विपरीत मतोऽन्यथा ॥३३॥
मन वचन र कर्मले राजालाई मनपर्ने काम गर्ने प्रजाको कल्याण हुनेछ र राजाको इच्छाको विपरीत काम गर्नाले उल्टै दुःख भोग्नु पर्दछ ।।३३।।
नित्यं प्रमुदिता गोपा वत्सपाला यथा स्फुटम् ।
वनेषु मल्लयुद्धेन क्रीडन्तश्चारयन्ति गाः ॥३४॥
गाई बाछो चराउने गोठालाहरू दिनदिनै आनन्दसँग वनमा कुस्ती लडेर खेलिरहन्छन् र गाई समेत चराइरहन्छन् भन्ने कुरा सबैलाई थाहै छ ।।३४।।
तस्माद् राज्ञः प्रियं यूयं वयं च करवाम हे ।
भूतानि नः प्रसीदन्ति सर्वभूतमयो नृपः ॥३५॥
तसर्थ हे कृष्ण ! हे बलराम ! आउ हामी दुवैजना मिलेर महाराजलाई प्रसन्न गर्नाको निम्ति कुस्ती खेलौँ । यसो गर्नाले सबै प्राणी हामीदेखि प्रसन्न हुनेछन् किनकि राजालाई शास्त्रमा सम्पूर्ण प्राणीको अंश भनिएको छ ।।३५।।
तन्निशम्याब्रवीत् कृष्णो देशकालोचितं वचः ।
नियुद्धमात्मनोऽभीष्टं मन्यमानोऽभिनन्द्य च ॥३६॥
कृष्ण भगवान त उसित मल्ल युद्ध गर्न खोजि नै रहनुभएको थियो, तसर्थ यो कुरा सुन्दा उहाँले चाँडुरको प्रशंसा गर्नुभयो र देशकाल अनुसारको यो उचित उत्तर दिनुभयो ।।३६।।
प्रजा भोजपतेरस्य वयं चापि वनेचराः ।
करवाम प्रियं नित्यं तन्नः परमनुग्रहः ॥३७॥
हामी पनि त यी भोजराज कंशका बनवासी प्रजा हौँ । तसर्थ हामीले अवश्य उहाँलाई प्रसन्न गराउने प्रयत्न गर्नुपर्दछ । यसैमा हाम्रो कल्याण हुनेछ । ।।३७।।
बाला वयं तुल्यबलैः क्रीडिष्यामो यथोचितम् ।
भवेन्नियुद्धं माधर्मः स्पृशेन्मल्ल सभासदः ॥३८॥
हे चाँडुर ! हामी त बालक छौं आफू समानको बल भएका बालकहरूसँग कुस्ती लडेर राजालाई प्रसन्न गर्छौं । कुस्ती एकनासको बल भएकाहरुसँग हुनुपर्दछ ताकि सभामा बसेका दर्शकहरुलाई अन्यायको समर्थक हुने पाप नलागोस् ।।३८।।
चाणूर उवाच–
न बालो न किशोरस्त्वं बलश्च बलिनां वरः ।
लीलयेभो हतो येन सहस्रद्विपसत्त्वभृत् ॥३९॥
चाँडुरले भन्यो– अहो तिमीहरु दुवै दाजुभाइ बलवान मध्येका श्रेष्ठ छौ, न बालक छौ न किशोर तिमीले भर्खरै हजार हात्तीको बल भएको कुबलयापीड हात्तीलाई खेलखेलमै मारिदियौ ।।३९।।
तस्माद् भवद्भ्यां बलिभिर्योद्धव्यं नानयोऽत्र वै ।
मयि विक्रम वार्ष्णेय बलेन सह मुष्टिकः ॥४०॥
तसर्थ तिमी दुवैले हामी समानका बलवानहरू संग नै लड्नुपर्दछ । यसमा अन्यायको कुनै कुरो छैन । अत हे कृष्ण तिमी मेरा उपर पराक्रम देखाउ र बलरामसँग मुस्टिक लड्ने छ ।।४०।।
इति श्रीमद्भारगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे कुवलयापीडवधो नाम त्रिचत्वारिंशोऽध्यायः ॥४३॥