/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमः स्कंधः – त्रिचत्वारिंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – त्रिचत्वारिंशोऽध्यायः


शुक उवाच
(अनुष्टुप्)
अथ कृष्णश्च रामश्च कृतशौचौ परन्तप ।
मल्लदुन्दुभिनिर्घोषं श्रुत्वा द्रष्टुमुपेयतुः ॥ १ ॥
नेपाली भावानुवादः शत्रुलाई सन्ताप दिने हे महाराज परीक्षित्! त्यसपछि शौचादि नित्यकर्मबाट निवृत्त भई श्रीकृष्ण र बलराम पहलमानहरूका नगरा र दुन्दुभीको आवाज सुनेर मल्लयुद्ध हेर्नका लागि रङ्गभूमितर्फ लाग्नुभयो ।। १ ।।
 
रङ्‌गद्वारं समासाद्य तस्मिन् नागमवस्थितम् ।
अपश्यत्कुवलयापीडं कृष्णोऽम्बष्ठप्रचोदितम् ॥ २ ॥
नेपाली भावानुवादः रङ्गभूमिको ढोकामा पुगेपछि श्रीकृष्णले माउतेद्वारा निर्देशित भई बाटो छेकेर बसिरहेको कुवलयापीड नामको हात्तीलाई देख्नुभयो ।। २ ।।
 
बद्ध्वा परिकरं शौरिः समुह्य कुटिलालकान् ।
उवाच हस्तिपं वाचा मेघनादगभीरया ॥ ३ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् श्रीकृष्णले कम्मरमा पटुका कसेर, आफ्ना घुम्रिएका लामा कपालहरूलाई समेटेर मेघको गर्जनजस्तै गम्भीर वाणीमा माउतेलाई हाँक दिँदै भन्नुभयो ।। ३ ।।
 
अम्बष्ठाम्बष्ठ मार्गं नौ देह्यपक्रम मा चिरम् ।
नो चेत्सकुञ्जरं त्वाद्य नयामि यमसादनम् ॥ ४ ॥
नेपाली भावानुवादः ओ माउते! ओ माउते! हामी दुवैका लागि बाटो छोडिदे, अब अबेर नगर; अन्यथा हात्तीका साथै तँलाई पनि आजै यमराजको घर पुर्‍याइदिनेछु ।। ४ ।।
 
एवं निर्भर्त्सितोऽम्बष्ठः कुपितः कोपितं गजम् ।
चोदयामास कृष्णाय कालान्तकयमोपमम् ॥ ५ ॥
नेपाली भावानुवादः यसरी श्रीकृष्णले हप्काएपछि क्रोधित भएको माउतेले काल र यमराज समान भयङ्कर कुवलयापीड हात्तीलाई रिस उठाउँदै भगवान् श्रीकृष्ण भएतिर अगाडि बढायो ।। ५ ।।
 
करीन्द्रस्तमभिद्रुत्य करेण तरसाग्रहीत् ।
कराद् विगलितः सोऽमुं निहत्याङ्‌घ्रिष्वलीयत ॥ ६ ॥
नेपाली भावानुवादः त्यो गजराजले वेगका साथ दौडिएर आफ्नो सुँडले भगवान्लाई पक्रियो, तर भगवान् सुँडबाट फुत्किएर उसलाई एक मुक्का प्रहार गरी खुट्टाका बीचमा लुक्नुभयो ।। ६ ।।
 
सङ्‌क्रुद्धस्तमचक्षाणो घ्राणदृष्टिः स केशवम् ।
परामृशत् पुष्करेण स प्रसह्य विनिर्गतः ॥ ७ ॥
नेपाली भावानुवादः श्रीकृष्णलाई आफ्नो अगाडि नदेखेपछि सुँघेरै पत्ता लगाउन सक्ने त्यो कुवलयापीडले अत्यन्तै क्रुद्ध भई पुनः सुँडले समात्न खोज्यो; तर उहाँ बलपूर्वक उसको पञ्जाबाट बाहिर निस्कनुभयो ।। ७ ।।
पुच्छे प्रगृह्यातिबलं धनुषः पञ्चविंशतिम् ।
विचकर्ष यथा नागं सुपर्ण इव लीलया ॥ ८ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान्‌ले गरुडले सर्पलाई घिसारेझैँ त्यो अत्यन्त बलवान् हात्तीको पुच्छर समातेर खेलवाड गर्दै पच्चीस धनुष (सय हात) पछाडि घिसार्नुभयो ।। ८ ।।
स पर्यावर्तमानेन सव्यदक्षिणतोऽच्युतः ।
बभ्राम भ्राम्यमाणेन गोवत्सेनेव बालकः ॥ ९ ॥
नेपाली भावानुवादः जसरी बालक बाच्छाको पुच्छर समातेर यताउता घुम्छ, त्यसैगरी भगवान् अच्युत पनि हात्तीले यताउता घुम्ने क्रममा कहिले दाहिने र कहिले देब्रेतिर घुम्दै ऊसँग खेल्न लाग्नुभयो ।। ९ ।।
 
ततोऽभिमखमभ्येत्य पाणिनाऽऽहत्य वारणम् ।
प्राद्रवन् पातयामास स्पृश्यमानः पदे पदे ॥ १० ॥
नेपाली भावानुवादः त्यसपछि हात्तीको अगाडि गएर उसलाई एक थप्पड हान्नुभयो र आफूलाई छुन खोजे झैँ गर्दै उसलाई छक्याउँदै र लडाउँदै दौडन लाग्नुभयो ।। १० ।।
 
स धावन् क्रीडया भूमौ पतित्वा सहसोत्थितः ।
तं मत्वा पतितं क्रुद्धो दन्ताभ्यां सोऽहनत्क्षितिम् ॥ ११ ॥
नेपाली भावानुवादः दौडने क्रममा भगवान् लीला गर्दै भुइँमा लड्नुभयो र तुरुन्तै उठ्नुभयो। तर रिसाएको हात्तीले उहाँ लडिरहेकै ठानेर आफ्नो दाराले पृथ्वीमाथि प्रहार गर्‍यो ।। ११ ।।
 
स्वविक्रमे प्रतिहते कुंजरेन्द्रोऽत्यमर्षितः ।
चोद्यमानो महामात्रैः कृष्णमभ्यद्रवद् रुषा ॥ १२ ॥
नेपाली भावानुवादः यसरी आफ्नो पराक्रम व्यर्थ भएपछि त्यो गजराज झनै रिसायो र माउतेहरूको उक्साहटमा परी क्रोधका साथ श्रीकृष्णमाथि जाइलाग्यो ।। १२ ।।
 
तमापतन्तमासाद्य भगवान् मधुसूदनः ।
निगृह्य पाणिना हस्तं पातयामास भूतले ॥ १३ ॥
नेपाली भावानुवादः आफूतिर आक्रमण गर्न आइरहेको त्यो हात्तीको सुँडलाई भगवान् मधुसूदनले समातेर भुइँमा बजार्नुभयो ।। १३ ।।
 
पतितस्य पदाऽऽक्रम्य मृगेन्द्र इव लीलया ।
दन्तमुत्पाट्य तेनेभं हस्तिपांश्चाहनद्धरिः ॥ १४ ॥
नेपाली भावानुवादः भुइँमा पछारिएको हात्तीलाई सिंहले झैँ खुट्टाले थिचेर भगवान्‌ले खेलखेलमै उसको दारा उखेल्नुभयो र त्यही दाराले हात्ती र माउते दुवैलाई मार्नुभयो ।। १४ ।।
 
मृतकं द्विपमुत्सृज्य दन्तपाणिः समाविशत् ।
अंसन्यस्तविषाणोऽसृङ्‌मदबिन्दुभिरङ्‌कितः ।
विरूढस्वेदकणिकावदनाम्बुरुहो बभौ ॥ १५ ॥
नेपाली भावानुवादः मरेको हात्तीलाई त्यहीँ छोडेर, हातमा दारा लिएर श्रीकृष्ण रङ्गभूमिमा प्रवेश गर्नुभयो। एउटा दारा काँधमा राख्नुभएका उहाँको शरीरमा रगत र मदका छिटा लागेका थिए भने मुखकमल पसिनाका थोपाहरूले गर्दा झनै सुशोभित देखिन्थ्यो ।। १५ ।।
 
वृतौ गोपैः कतिपयैर्बलदेवजनार्दनौ ।
रङ्‌गं विविशतू राजन् गजदन्तवरायुधौ ॥ १६ ॥
नेपाली भावानुवादः हे राजन! हातमा हात्तीको दारा रुपी श्रेष्ठ आयुध लिएका बलराम र जनार्दन केही गोठाला साथीहरूका साथ रङ्गभूमिमा प्रवेश गर्नुभयो ।। १६ ।।
 
(शार्दूलविक्रीडित)
मल्लानामशनिर्नृणां नरवरः स्त्रीणां स्मरो मूर्तिमान् ।
    गोपानां स्वजनोऽसतां क्षितिभुजां शास्ता स्वपित्रोः शिशुः ।
मृत्युर्भोजपतेर्विराडविदुषां तत्त्वं परं योगिनां ।
    वृष्णीनां परदेवतेति विदितो रङ्‌गं गतः साग्रजः ॥ १७ ॥
नेपाली भावानुवादः बलरामसहित श्रीकृष्ण रङ्गभूमिमा पुग्दा पहलमानहरूले उहाँलाई बज्रजस्तै कठोर, साधारण मानिसहरूले नरश्रेष्ठ, स्त्रीहरूले मूर्तिमान् कामदेव, गोठालाहरूले आफ्नै मित्र, दुष्ट राजाहरूले दण्ड दिने शासक, मातापिताले बालक, कंसले साक्षात् मृत्यु, अज्ञानीहरूले विराट् पुरुष, योगीहरूले परमतत्व र वृष्णिवंशीहरूले आफ्ना इष्टदेवका रूपमा देखे ।। १७ ।।
 
(अनुष्टुप्)
तं कुवलयापीडं दृष्ट्वा तावपि दुर्जयौ ।
कंसो मनस्व्यपि तदा भृशमुद्विविजे नृप ॥ १८ ॥
नेपाली भावानुवादः हे महाराज! कुवलयापीड मारिएको र ती दुवै दाजुभाइ अजेय भएको देखेर साहसी मानिने कंस पनि अत्यन्तै भयभीत भयो ।। १८ ।।
 
(मिश्र)
तौ रेजतू रङ्‌गगतौ महाभुजौ
    विचित्रवेषाभरणस्रगम्बरौ ।
यथा नटावुत्तमवेषधारिणौ
    मनः क्षिपन्तौ प्रभया निरीक्षताम् ॥ १९ ॥
नेपाली भावानुवादः लामा लामा हात भएका, विचित्र भेषभूषा, आभूषण, माला र वस्त्र धारण गरेका ती दुवै भाइ उत्तम भेष बनाएका दुई नट (कलाकार) झैँ आफ्नो कान्तिले दर्शकहरूको मनलाई आकर्षित गर्दै रङ्गमञ्चमा सुशोभित हुनुभयो ।। १९ ।।
 
निरीक्ष्य तावुत्तमपूरुषौ जना
    मञ्चस्थिता नागरराष्ट्रका नृप ।
प्रहर्षवेगोत्कलितेक्षणाननाः
    पपुर्न तृप्ता नयनैस्तदाननम् ॥ २० ॥
नेपाली भावानुवादः हे राजन! मञ्चमा बसिरहेका नगरवासी र जनपदका मानिसहरूले ती उत्तम पुरुषलाई देखेर हर्सोल्लासका साथ आँखा नझिम्काई उहाँहरूको मुखकमलको अमृत पान गर्न थाले, तर उनीहरू हेर्दाहेर्दै पनि तृप्त भएनन् ।। २० ।।
 
(अनुष्टुप्)
पिबन्त इव चक्षुर्भ्यां लिहन्त इव जिह्वया ।
जिघ्रन्त इव नासाभ्यां श्लिष्यन्त इव बाहुभिः ॥ २१ ॥
नेपाली भावानुवादः उनीहरूले भगवान्लाई आँखाले पिइरहेझैँ, जिब्रोले चाटिरहेझैँ, नाकले सुँघिरहेझैँ र हातले अङ्गालो मारिरहेझैँ गरी एकतमासले हेरिरहेका थिए ।। २१ ।।
 
ऊचुः परस्परं ते वै यथादृष्टं यथाश्रुतम् ।
तद् रूपगुणमाधुर्यप्रागल्भ्यस्मारिता इव ॥ २२ ॥
नेपाली भावानुवादः उहाँहरूको रूप, गुण, माधुर्य र प्रभावको स्मरण गर्दै दर्शकहरू आफूले देखे-सुनेका कुराहरू आपसमा यसरी भन्न लागे ।। २२ ।।
 
एतौ भगवतः साक्षाद्धरेर्नारायणस्य हि ।
अवतीर्णाविहांशेन वशुदेवस्य वेश्मनि ॥ २३ ॥
नेपाली भावानुवादः यी दुवै साक्षात् भगवान् नारायणका अंश हुन्, जो अहिले वसुदेवजीको घरमा अवतरित हुनुभएको छ ।। २३ ।।
 
एष वै किल देवक्यां जातो नीतश्च गोकुलम् ।
कालमेतं वसन् गूढो ववृधे नन्दवेश्मनि ॥ २४ ॥
नेपाली भावानुवादः यी कृष्ण देवकीबाट जन्मेका हुन् र पछि गोकुल लगिएका थिए। यतिञ्जेल यिनी नन्दकै घरमा गुप्त रूपमा बसेर हुर्किएका हुन् ।। २४ ।।
 
पूतनानेन नीतान्तं चक्रवातश्च दानवः ।
अर्जुनौ गुह्यकः केशी धेनुकोऽन्ये च तद्विधाः ॥ २५ ॥
नेपाली भावानुवादः यिनैले पूतना, तृणावर्त, यमलार्जुन, शङ्खचूड, केशी र धेनुकासुर जस्ता अनेकौँ दुष्टहरूको संहार गरेका हुन् ।। २५ ।।
 
गावः सपाला एतेन दावाग्नेः परिमोचिताः ।
कालियो दमितः सर्प इन्द्रश्च विमदः कृतः ॥ २६ ॥
नेपाली भावानुवादः यिनैले गोठाला र गाईहरूलाई डढेलोबाट बचाए, कालीय नागको दमन गरे र इन्द्रको घमण्ड पनि तोडिदिए ।। २६ ।।
 
सप्ताहमेकहस्तेन धृतोऽद्रिप्रवरोऽमुना ।
वर्षवाताशनिभ्यश्च परित्रातं च गोकुलम् ॥ २७ ॥
नेपाली भावानुवादः यिनैले सात दिनसम्म एउटै हातले श्रेष्ठ गोवर्धन पर्वतलाई थामेर भीषण वर्षा र हावाहुरीबाट गोकुलको रक्षा गरेका थिए ।। २७ ।।
 
गोप्योऽस्य नित्यमुदितहसितप्रेक्षणं मुखम् ।
पश्यन्त्यो विविधांस्तापांस्तरन्ति स्माश्रमं मुदा ॥ २८ ॥
नेपाली भावानुवादः यिनको सधैँ प्रसन्न रहने मुस्कानयुक्त मुखमण्डललाई हेरेर गोपिनीहरूले आफ्ना सबै प्रकारका सन्ताप र थकानलाई सहजै भुल्ने गर्दथे ।। २८ ।।
 
वदन्त्यनेन वंशोऽयं यदोः सुबहुविश्रुतः ।
श्रियं यशो महत्वं च लप्स्यते परिरक्षितः ॥ २९ ॥
नेपाली भावानुवादः यिनको संरक्षणका कारण यो यदुवंशले अत्यन्तै प्रसिद्धि, श्री, यश र गौरव प्राप्त गर्नेछ भन्ने विद्वान्‌हरूको भनाइ छ ।। २९ ।।
 
अयं चास्याग्रजः श्रीमान् रामः कमललोचनः ।
प्रलम्बो निहतो येन वत्सको ये बकादयः ॥ ३० ॥
नेपाली भावानुवादः अनि यी कमल जस्ता आँखा भएका श्रीमान् बलराम हुन्, जसले प्रलम्बासुर, वत्सासुर र बकासुर जस्ता दैत्यहरूलाई मारेका थिए ।। ३० ।।
 
जनेष्वेवं ब्रुवाणेषु तूर्येषु निनदत्सु च ।
कृष्णरामौ समाभाष्य चाणूरो वाक्यमब्रवीत् ॥ ३१ ॥
नेपाली भावानुवादः मानिसहरू यसरी कुरा गरिरहेको र वाद्यवादन घन्किरहेको समयमा चाणूर पहलमानले श्रीकृष्ण र बलरामलाई सम्बोधन गर्दै यसो भन्यो ।। ३१ ।।
 
हे नन्दसूनो हे राम भवन्तौ वीरसंमतौ ।
नियुद्धकुशलौ श्रुत्वा राज्ञाऽऽहूतौ दिदृक्षुणा ॥ ३२ ॥
नेपाली भावानुवादः हे नन्दपुत्र कृष्ण! हे बलराम! तपाईँहरू वीरहरूद्वारा सम्मानित र मल्लयुद्धमा निपुण हुनुहुन्छ भन्ने सुनेर महाराज कंशले तपाईँहरूको कला हेर्ने इच्छाले यहाँ बोलाउनुभएको हो ।। ३२ ।।
 
प्रियं राज्ञः प्रकुर्वत्यः श्रेयो विन्दन्ति वै प्रजाः ।
मनसा कर्मणा वाचा विपरीत मतोऽन्यथा ॥ ३३ ॥
नेपाली भावानुवादः मन, वचन र कर्मले राजाको हित गर्ने प्रजाको सधैँ कल्याण हुन्छ, तर यसको विपरीत आचरण गर्नेले दुःख पाउँछ ।। ३३ ।।
 
नित्यं प्रमुदिता गोपा वत्सपाला यथा स्फुटम् ।
वनेषु मल्लयुद्धेन क्रीडन्तश्चारयन्ति गाः ॥ ३४ ॥
नेपाली भावानुवादः वनमा गाईबाच्छा चराउने गोठालाहरू सधैँ खुसीसाथ मल्लयुद्ध खेलेर मनोरञ्जन गर्छन् भन्ने कुरा त स्पष्टै छ ।। ३४ ।।
 
तस्माद् राज्ञः प्रियं यूयं वयं च करवाम हे ।
भूतानि नः प्रसीदन्ति सर्वभूतमयो नृपः ॥ ३५ ॥
नेपाली भावानुवादः त्यसैले आउनुहोस्, हामी मिलेर राजालाई प्रसन्न तुल्याऔँ। राजा प्रसन्न भएमा सबै प्राणी प्रसन्न हुन्छन्, किनकि राजा सर्वभूतमय हुन्छन् ।। ३५ ।।
 
तन्निशम्याब्रवीत् कृष्णो देशकालोचितं वचः ।
नियुद्धमात्मनोऽभीष्टं मन्यमानोऽभिनन्द्य च ॥ ३६ ॥
नेपाली भावानुवादः चाणूरको कुरा सुनेपछि मल्लयुद्धकै प्रतीक्षामा रहनुभएका श्रीकृष्णले उसको प्रस्तावलाई स्वीकार गर्दै देश र काल सुहाउँदो वचन बोल्नुभयो ।। ३६ ।।
 
प्रजा भोजपतेरस्य वयं चापि वनेचराः ।
करवाम प्रियं नित्यं तन्नः परमनुग्रहः ॥ ३७ ॥
नेपाली भावानुवादः हामी पनि यी भोजराजकै वनवासी प्रजा हौँ। उहाँलाई प्रसन्न पार्नु हाम्रो कर्तव्य हो र यो हाम्रा लागि ठुलो अनुग्रह पनि हो ।। ३७ ।।
 
बाला वयं तुल्यबलैः क्रीडिष्यामो यथोचितम् ।
भवेन्नियुद्धं माधर्मः स्पृशेन्मल्ल सभासदः ॥ ३८ ॥
नेपाली भावानुवादः तर हामी बालक हौँ, त्यसैले आफूसमान बल भएका बालकसँगै खेल्नु उचित हुन्छ। समान बल भएकाहरूका बीचमा युद्ध भएमा मात्र अधर्म हुँदैन र सभासद्हरूलाई पनि दोष लाग्दैन ।। ३८ ।।
 
चाणूर उवाच
न बालो न किशोरस्त्वं बलश्च बलिनां वरः ।
लीलयेभो हतो येन सहस्रद्विपसत्त्वभृत् ॥ ३९ ॥
नेपाली भावानुवादः चाणूरले भन्योतिमी र बलराम न त बालक हौ न त किशोर; तिमीहरू त बलवान्‌हरूमध्ये पनि श्रेष्ठ हौ। जसले हजार हात्तीको बल भएको कुवलयापीडलाई खेलखेलमै मार्‍यो, ऊ कसरी बालक हुन सक्छ? ।। ३९ ।।
 
तस्माद् भवद्भ्यां बलिभिर्योद्धव्यं नानयोऽत्र वै ।
मयि विक्रम वार्ष्णेय बलेन सह मुष्टिकः ॥ ४० ॥
नेपाली भावानुवादः त्यसैले तिमीहरूले हामी जस्ता बलवान्‌सँग नै लड्नुपर्छ, यसमा कुनै अन्याय छैन। हे वार्ष्णेय! तिमी मसँग र बलराम मुष्टिकसँग लड ।। ४० ।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे पूर्वार्धे कुवलयापीडवधो नाम त्रिचत्वारिंशोऽध्यायः ॥ ४३ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको दशम स्कन्धको ४३ औँ अध्यायमा भगवान् श्रीकृष्ण र बलरामको मथुरा प्रवेशपछिको एउटा महत्त्वपूर्ण पराक्रमको वर्णन गरिएको छ। जब कृष्ण र बलराम धनुषयज्ञ हेर्न रङ्गमञ्चतर्फ अघि बढ्नुहुन्छतब कंशले उहाँहरूलाई मार्नका लागि रङ्‌गशालाको द्वारमा कुवलयापीड नामक भयङ्कर हात्ती तैनाथ गरेको हुन्छ। श्रीकृष्णले माउतेलाई बाटो छोड्न चेतावनी दिनुहुन्छतर माउतेले उल्टै हात्तीलाई उहाँमाथि जाइलाग्न उक्साउँछ। श्रीकृष्णले खेलखेलमै त्यो विशालकाय हात्तीको सुँड समातेर सय हात पछाडि घिसार्नुहुन्छ र अन्ततः उसको एउटा दारा उखेलेर त्यसैले हात्ती र माउते दुवैको संहार गर्नुहुन्छ।

हात्ती मारेपछि काँधमा रगतले लतपतिएको दारा बोकेर जब दुवै दाजुभाइ रङ्‌गशालामा प्रवेश गर्नुहुन्छत्यहाँ उपस्थित सबै मानिसहरू मन्त्रमुग्ध हुन्छन्। त्यस समयमा कृष्णको रूप एउटै भए पनि दर्शकहरूको भावना र दृष्टि अनुसार उहाँ फरक-फरक रूपमा देखिनुहुन्छ। पहलवानहरूले उहाँलाई बज्रजस्तै देखे भने स्त्रीहरूले कामदेवर योगीहरूले परमतत्वका रूपमा साक्षात्कार गरे। कंश भने उहाँलाई देखेर भयले काम्न थाल्छ। रङ्‌गशालाको भव्य वातावरणका बीच चाणूर नामक पहलवानले श्रीकृष्णलाई मल्लयुद्धका लागि चुनौती दिन्छ। उसले राजाको सेवा र प्रसन्नताका लागि कुस्ती खेल्नुपर्ने तर्क गर्छ। श्रीकृष्णले आफूहरू बालक भएको र समान बल भएकासँग मात्र लड्नु न्यायोचित हुने बताउनुहुन्छतर चाणूरले कुवलयापीडलाई मार्ने वीर बालक हुन सक्दैन भन्दै कृष्ण र बलरामलाई आफैँ र मुष्टिकसँग लड्न बाध्य पार्छ। यसरी यो अध्यायले भगवान्‌को वीरता र आगामी मुख्य युद्धको पृष्ठभूमि तयार पार्दछ।

दार्शनिक पक्ष

यस अध्यायको सबैभन्दा गहिरो दार्शनिक पक्ष 'मल्लानामशनिभन्ने १७ औँ श्लोकमा झल्किन्छजसलाई 'रसो वै सःको सिद्धान्तसँग जोडिएको छ। यसले के स्पष्ट पार्छ भने परमात्मा एउटै भए तापनि साधक वा व्यक्तिको आफ्नो योग्यताभाव र चेतनाको स्तर अनुसार उहाँ फरक-फरक रूपमा अनुभूत हुनुहुन्छ। संसारमा एउटै सत्यलाई हेर्ने दृष्टिकोण अनेक हुन सक्छन् भन्ने यसले सिकाउँछ। कुवलयापीड हात्तीको वधले अहंकार र बाह्य शक्तिको दमनको प्रतीकका रूपमा आध्यात्मिक विजयलाई दर्शाउँछ। भगवान् बालक भएर पनि अनन्त शक्तिशाली हुनुले ईश्वरको अचिन्त्य शक्तिको महिमा गान गर्दछ। अन्ततःयसले अधर्म र अन्यायको प्रतीक कंशको अन्त्य सुनिश्चित भएको सन्देश दिँदै भक्त र इष्टको सम्बन्धलाई प्रगाढ बनाउँछ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...