श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – नवमोऽध्यायः
श्रीशुक उवाच–
(अनुष्टुप)
तस्यासन् विश्वरूपस्य शिरांसि त्रीणि भारत ।
सोमपीथं सुरापीथं अन्नादमिति शुश्रुम ॥ १ ॥
श्रीशुकदेवजीले भन्नुभयो–
परीक्षित ! विश्वरूपको तीनवाटा टाउको थियो, उसले एक मुखले सोमरस, अर्को मुखले सुरापान र तेश्रो मुखले अन्न खान्थे भन्नेकुरा हामीले सुनेका थियौं ।।१।।
स वै बर्हिषि देवेभ्यो भागं प्रत्यक्षमुच्चकैः ।
अददद् यस्य पितरो देवाः सप्रश्रयं नृप ॥ २ ॥
उनका पिता त्वष्टा बाह्र आदित्यका देवता थिए त्यसैले उनी यज्ञमा ठुलो स्वरमा विनयसंग देवताहरूलाई आहुति दिन्थे ।।२।।
स एव हि ददौ भागं परोक्षं असुरान् प्रति ।
यजमानोऽवहद्भागं मातृस्नेहवशानुगः ॥ ३ ॥
साथै उनकी आमा असुर कूलकी भएकीले आमाको स्नेहले गर्दा उनी छलिकन असुरलाई पनि आहुति दिन्थे ।।३।।
तद् देवहेलनं तस्य धर्मालीकं सुरेश्वरः ।
आलक्ष्य तरसा भीतः तच्छीर्षाण्यच्छिनद् रुषा ॥ ४ ॥
उनले धर्मको आडमा कपट गरेका छन् भन्ने थाहा पाएर देवराज डराए अनि रिसाउदै बडो फुर्तिले उनको सिर काटिदिए ।।४।।
सोमपीथं तु यत् तस्य शिर आसीत् कपिञ्जलः ।
कलविङ्कः सुरापीथं अन्नादं यत्स तित्तिरिः ॥ ५ ॥
विश्वरूपको सोमरस पीउने टाउको चातक, सुरापान गर्ने टाउको भंगेरा र अन्न खाने टाउको तित्रा भयो ।।५।।
ब्रह्महत्यामञ्जलिना जग्राह यदपीश्वरः ।
संवत्सरान्ते तदघं भूतानां स विशुद्धये ।
भूम्यम्बुद्रुमयोषिद्भ्यः चतुर्धा व्यभजद् हरिः ॥ ६ ॥
इन्द्रले विश्वरूपको बधले लागेको हत्यालाई हटाउन पनि सक्थे तर उनले यसो गर्नु उचित मानेनन । बरु हात जोडेर त्यसलाई स्वीकार गरे । उनले एक वर्ष सम्म त्यसबाट मुक्ति पाउने कुनै उपाय नै गरेनन । त्यसपछि सबैका अगाडि आफुले सुद्धि प्रकट गर्नाका लागि उनले त्यो ब्रम्हहत्यालाई चार भाग गरेर पृथ्वी, जल, वृक्ष र स्त्रीमा लगेर मिलाए ।।६।।
भूमिस्तुरीयं जग्राह खातपूरवरेण वै ।
ईरिणं ब्रह्महत्याया रूपं भूमौ प्रदृश्यते ॥ ७ ॥
परीक्षित ! पृथ्वीले बदलामा यो वरदान खाल्डा खुल्डी भएको जमिन समय आउँदा आफै पुरिने भन्दै ब्रम्हत्यको एक भाग स्वीकार गरिन ।।७।।
तुर्यं छेदविरोहेण वरेण जगृहुर्द्रुमाः ।
तेषां निर्यासरूपेण ब्रह्महत्या प्रदृश्यते ॥ ८ ॥
दोश्रो चतुर्थाश वृक्षहरूले लिए । उनीहरूले आफ्नो कुनै भाग काटिदा सो ठाँउमा फेरी पलाउँने बर पाएर स्वीकार गरे ।।८।।
शश्वत्कामवरेणांहः तुरीयं जगृहुः स्त्रियः ।
रजोरूपेण तास्वंहो मासि मासि प्रदृश्यते ॥ ९ ॥
स्त्रीहरूले पुरुष संग सहवास गर्न सक्ति प्राप्त गर्ने वरदान पाएर यसलाई स्वीकार गरे । उनीहरूको ब्रम्हहत्या प्रत्तेक महिना रजको रूपमा देखिन्छ । ।।९।।
द्रव्यभूयोवरेणापः तुरीयं जगृहुर्मलम् ।
तासु बुद्बुदफेनाभ्यां दृष्टं तद्धरति क्षिपन् ॥ १० ॥
जति खर्च भएपनि निर्झर आदि ठाँउमा जलको प्रभाव रहि रहने वर पाएर जलले पनि चौथो चतुर्थांशको भाग स्वीकार गर्यो । पानीको फींजमा ब्रह्महत्याको प्रभाव देखिन्छ ।।१०।।
हतपुत्रस्ततस्त्वष्टा जुहावेन्द्राय शत्रवे ।
इन्द्रशत्रो विवर्धस्व मा चिरं जहि विद्विषम् ॥ ११ ॥
विश्वरूपको मृत्युपछि उनका पिता त्वष्टा अत्यन्त रिसाउँदै इन्द्रलाई मार्नका लागि–हे इन्द्रसत्रो ! तिम्रो वृद्धि होस र चाडै नै तिमी आफ्ना सत्रुलाई मार भन्ने मन्त्रले इन्द्रको सत्रु उत्पन्न गर्नका लागि हवन गर्न लागे ।।११।।
अथान्वाहार्यपचनाद् उत्थितो घोरदर्शनः ।
कृतान्त इव लोकानां युगान्तसमये यथा ॥ १२ ॥
यज्ञ सामाप्ति भएपछि अन्वाहार्य–पचन नामको अग्नि (दक्षिणाग्नि) बाट एउटा भयंकर दैत्य प्रकट भयो । त्यो हेर्दामा मानौ लोकलाई नाश गर्नाका लागि प्रलयकालीन विकराल काल नै प्रकट भएको हो कि जस्तो देखिन्थ्यो ।।१२।।
विष्वग्विवर्धमानं तं इषुमात्रं दिने दिने ।
दग्धशैलप्रतीकाशं सन्ध्याभ्रानीकवर्चसम् ॥ १३ ॥
परीक्षित ! त्यो दिन दिनै आफ्नो शरीरको सबैतिर (बाणहान्दा जति जहाँ पुग्छ त्यति नै) बाण बराबर भएर बढ्दथ्यो । त्यो हेर्दामा बलेको पहाड जस्तै कालो र उसको शरीर सन्ध्याकालिन वादल समान रातो देखिन्थ्यो ।।१३।।
तप्तताम्रशिखाश्मश्रुं मध्याह्नार्कोग्रलोचनम् ॥ १४ ॥
देदीप्यमाने त्रिशिखे शूल आरोप्य रोदसी ।
उसको टाउकोको कपाल र दारी तातेको तामा जस्तै रातो थियो । आँखा मध्यान्हको सूर्य समान प्रचण्ड डर लाग्दो थियो ।।१४।।
नृत्यन्तमुन्नदन्तं च चालयन्तं पदा महीम् ॥ १५ ॥
दरीगम्भीरवक्त्रेण पिबता च नभस्तलम् ।
चम्किला तीन चुच्चा भएको त्रिशुल लिएर जब उ कराउन, नाँच्न र दौडन थाल्दथ्यो त्यस समय पृथ्वी काप्दथिन, त्यसबेला उसले त्यस त्रिशुलमा अन्तरिक्षलाई नै उठाइरहेको हो कि जस्तो लाग्दथ्यो ।।१५।।
लिहता जिह्वयर्क्षाणि ग्रसता भुवनत्रयम् ॥ १६ ॥
महता रौद्रदंष्ट्रेण जृम्भमाणं मुहुर्मुहुः ।
वित्रस्ता दुद्रुवुर्लोका वीक्ष्य सर्वे दिशो दश ॥ १७ ॥
बारम्बार उसले हाई गर्दा उसको मुख पर्वतको गुफा जस्तो गरेर खुल्दथ्यो । त्यतिबेला उसले सबै आकास निल्ला जस्तो देखिन्थ्यो, जीव्राले सबै नक्षत्रलाई.नै चट्ला जस्तो देखिन्थो र आफ्नो ठुला दाह्रा भएको मुखले तीनैलोकलाई नै निल्ला जस्तो लाग्दथ्यो । उसको त्यस्तो भयावह रूप देखेर सबैजना डराएर यताउती भाग्न लागे ।।१६।।१७।।
येनावृता इमे लोकाः तपसा त्वाष्ट्रमूर्तिना ।
स वै वृत्र इति प्रोक्तः पापः परमदारुणः ॥ १८ ॥
परीक्षित् ! त्वष्टाको तमोगुणी पुत्रले सबै लोकलाई घेर्यो । त्यसैले त्यस अत्यन्त क्रूर पापीको नाम वित्रासुर भयो ।।१८।।
तं निजघ्नुरभिद्रुत्य सगणा विबुधर्षभाः ।
स्वैः स्वैः दिव्यास्त्रशस्त्रौघैः सोऽग्रसत् तानि कृत्स्नशः ॥ १९ ॥
ठुला ठुला देवताहरू आफ्ना अनुन्यायीहरू सहित भएर एकै साथ उसलाई आक्रमण गर्न लागे । आफ्ना अस्त्रले उसलाई प्रहार गर्नलागे तर वृत्रासुरले उनीहरूका सबै अस्त्रहरूलाई निलिदियो ।।१९।।
ततस्ते विस्मिताः सर्वे विषण्णा ग्रस्ततेजसः ।
प्रत्यञ्चमादिपुरुषं उपतस्थुः समाहिताः ॥ २० ॥
त्यतिबेला देवताहरूको आश्चर्यको सीमा रहेन । उनीहरूको प्रभाव हराउदै गयो । उनीहरू सबै र खिन्न भएर आफ्नो हृदयमा विराजमान श्रीनारायणको प्रार्थना गर्न लागे ।।२०।।
श्रीदेवा ऊचुः –
(इन्द्रवज्रा)
वाय्वम्बराग्न्यप्क्षितयस्त्रिलोका
ब्रह्मादयो ये वयमुद्विजन्तः ।
हराम यस्मै बलिमन्तकोऽसौ
बिभेति यस्मादरणं ततो नः ॥ २१ ॥
देवताहरूले प्रार्थना गर्दै भने–
वायु, आकाश, अग्नि, र पृथ्वी यी पञ्भूत, यसैबाट बनेको तीनै लोक, तिनका अधिपति ब्रम्हादि तथा हामी सबै देवता जुन कालबाट डराउँदछौ पूजा सामाग्री अर्पण गर्दछौं, उहि काल भगवान् डराउँछन । त्यसैले भगवान् नै हाम्रा रक्षक हनुहुन्छ ।।२१।।
अविस्मितं तं परिपूर्णकामं
स्वेनैव लाभेन समं प्रशान्तम् ।
विनोपसर्पत्यपरं हि बालिशः
श्वलाङ्गुलेनातितितर्ति सिन्धुम् ॥ २२ ॥
प्रभो ! तपाईका निम्ति नया कुरा कुनै पनि हुदैन त्यसैले तपाईलाई कुनै पनि कुरामा अचम्म पनि मान्नु हुन्न । तपाई आफ्नो स्वरूपको साक्षात्कारबाट सधैं पूर्णकाम तथा शान्त हुनुहुन्छ । जसले. तपाईलाइ छोडेर अरु कसैको शरण लिन्छ भने त्यो मुर्ख हो । मानौं उसले कुकुरको पुच्छर समाएर समुद्र तर्न खोजेजस्तै हो ।।२२।।
यस्योरुश्रृङ्गे जगतीं स्वनावं
मनुर्यथाऽऽबध्य ततार दुर्गम् ।
स एव नस्त्वाष्ट्रभयाद् दुरन्तात्
त्राताऽऽश्रितान् वारिचरोऽपि नूनम् ॥ २३ ॥
वैवश्वत मनुृ पछिल्लो कल्पको अन्त्यमा जसको विशाल सिंगमा पृथ्वीरूप डुंगा बाँधेर प्रलयाकालीन सङ्कटबाट बचेका थिए । उनै मत्स्यरूप भगवान्ले हामी शराणगतलाई वित्रासुरले गरेको दुृस्तर भयबाट बचाउँनु हुनेछ ।।२३।।
पुरा स्वयम्भूरपि संयमाम्भ
स्युदीर्णवातोर्मिरवैः कराले ।
एकोऽरविन्दात् पतितस्ततार
तस्माद्भयाद् येन स नोऽस्तु पारः ॥ २४ ॥
प्राचीन कालमा प्रचण्ड वायुको वेगले उठेको तरङ्गको गर्जनाले डराएर ब्रम्हाजी भगवान्को नाभिकमलबाट खस्नु भएको थियो । उनी असहाय थिए तापनि उहाँको कृपाले त्यो विपत्तिबाट वच्न सके, उनै भगवानले हामीलाई यस सङ्कटबाट पार गर्नुहोस ।।२४।।
य एक ईशो निजमायया नः
ससर्ज येनानुसृजाम विश्वम् ।
वयं न यस्यापि पुरः समीहतः
पश्याम लिङ्गं पृथगीशमानिनः ॥ २५ ॥
उनै प्रभुले आफ्नो मायाले हाम्रो सृष्टि गर्नुभयो र वहाँकै अनुग्रहले हामी सृष्टि कार्यको सञ्चालन गर्दछौं । तापनि वहाँ हामी भन्दा अगाडि अनेक प्रकारको चेष्टा गर्दछन । हामी स्वतन्त्र इश्वर हौं– भन्ने यस्तो अभिमानले उनको स्वरूपलाई देख्न सक्तैनौं ।।२५।।
यो नः सपत्नैः भृशमर्द्यमानान्
देवर्षितिर्यङ्नृषु नित्य एव ।
कृतावतारस्तनुभिः स्वमायया
कृत्वाऽऽत्मसात् पाति युगे युगे च ॥ २६ ॥
उहा प्रभुले जब आफ्ना देवता सत्रुहरूबाट धेरै पीडित भएको देख्नुहुन्छ तव उहाँ वास्तावमा निर्विकार भएर पनि आफ्नो मायाको आश्रय लिएर देवता, ऋषि, पशु–पक्षी र मनुष्यादि योनिमा अवतार लिनुहुन्छ । तथा युग युगमा हामीलाई आफ्नो सम्झेर हाम्रो रक्षा गर्नुहुन्छ ।।२६।।
तमेव देवं वयमात्मदैवतं
परं प्रधानं पुरुषं विश्वमन्यम् ।
व्रजाम सर्वे शरणं शरण्यं
स्वानां स नो धास्यति शं महात्मा ॥ २७ ॥
वहाँ नै सबैका आत्मा र परम आराध्यदेव हुन । वहाँ नै प्रकृति र पुरुषरूपले विश्वको कारण हुनुहुन्छ फेरी विश्वबाट अलग हुनुहुन्छ र विश्वरूप पनि हुनुहुन्छ । हामी सबै उनै शरणगतवत्सल भगवान् श्रीहरिको शरण ग्रहण गर्दछौं । उदारशिरोमणि प्रभुले अवस्य पनि हामी भक्तहरू माथि कल्याण गर्नु हुनेछ ।।२७।।
श्रीशुक उवाच
(अनुष्टुप)
इति तेषां महाराज सुराणां उपतिष्ठताम् ।
प्रतीच्यां दिश्यभूदाविः शङ्खचक्रगदाधरः ॥ २८ ॥
श्री शुकदेवजी भन्नुहुन्छ–
जब देवताहरूले यसप्रकार भगवन्को स्तुति गरे, तब स्वयं शंख, चक्र, गदा, पद्मधारी भगवान उनीहरूको अगाडि प्रकट हुनुभयो ।।२८।।
आत्मतुल्यैः षोडशभिः विना श्रीवत्सकौस्तुभौ ।
पर्युपासितमुन्निद्र शरदम्बुरुहेक्षणम् ॥ २९ ॥
भगवान्का आँखा सरदकालको कमल झै खुलेका थिए, वक्षस्थलमा श्रीवत्स चिन्ह र गलामा कौस्तुभमणि थियो । वहाँको साथमा सोह् पार्षदहरू सेवामा लागेका थिए । उनीहरू पनि हेर्दा स्वयम भगवान् जस्तै देखिन्थे ।।२९।।
दृष्ट्वा तमवनौ सर्व ईक्षणाह्लादविक्लवाः ।
दण्डवत्पतिता राजन् शनैरुत्थाय तुष्टुवुः ॥ ३० ॥
परीक्षित ! भगवान्को दर्शन पाएर सबै देवता आनन्दले विह्वल भए । उनीहरूले भूमिमा छोएर साष्टाङ्ग दण्डवत गरे र फेरी विस्तारै उठेर भगवान्को स्तुति गर्नलागे ।।३०।।
श्रीदेवा ऊचुः –
नमस्ते यज्ञवीर्याय वयसे उत ते नमः ।
नमस्ते ह्यस्तचक्राय नमः सुपुरुहूतये ॥ ३१ ॥
देवताहरूले भने–
भगवन् ! यज्ञमा स्वर्गादि फलको सीमा निश्चत गराउने काल पनि तपाई नै हो । यज्ञमा विघ्न पार्ने दैत्यहरूलाई तपाई आफ्नो चक्रले छिन्नभिन्न गर्नुहुन्छ । यसैले तपाईको नामको कुनै सीमा छैन । हामी तपाईलाइ बारम्बार नमस्कार गर्दछौं ।।३१।।
यत्ते गतीनां तिसृणां ईशितुः परमं पदम् ।
नार्वाचीनो विसर्गस्य धातर्वेदितुमर्हति ॥ ३२ ॥
हे प्रभो ! सत्व, रज, तम यी तीन गुणका अनुसार जुन उत्तम मध्यम र निकृष्ट गतिहरू प्राप्त हुन्छ, त्यसको नियामक तपाईनै हो । तपाईको परमपदको वस्तविक स्वरूप यस कार्यरूप जगतका कुनै प्राणीले जान्न सक्तैन ।।३२।।
(भृंगनाद)
ॐ नमस्तेऽस्तु भगवन्नारायण वासुदेवादिपुरुष महापुरुष महानुभाव परममङ्गल परमकल्याण परमकारुणिक केवल जगदाधार लोकैकनाथ सर्वेश्वर लक्ष्मीनाथ परमहंसपरिव्राजकैः परमेण आयोगसमाधिना परिभावित परिस्फुट पारमहंस्यधर्मेण उद्घाटिततमः कपाटद्वारे चित्तेऽपावृत आत्मलोके स्वयं उपलब्धनिजसुखानुभवो भवान् ॥ ३३ ॥
भगवन् ! नारायण ! वासुदेव ! तपाई आदि पुरुष (जगतको परम कारण) र पुरुषोत्तम हुनुहुन्छ तपाईको महिमाको कुनै सीमा छैन । तपाई परम मङ्गलमय, परम कल्याण स्वरूप र परम दयालु हुनुहुन्छ । तपाई नै सबै जगतको आधार तथा अद्वितीय हुनुहुन्छ । केवल तपाई नै सबै जगतको स्वामी हुनुहुन्छ । तपाई सर्वेश्वर हुनुहुन्छ तथा सौन्दर्य र मृदुलताकी अधिष्ठात्री देवी लक्ष्मीको परम पति हुनुहुन्छ । परमहंस परिव्राजक विरक्त महात्मा जव आत्म संयमरूप परम समाधिबाबट राम्रोसंग तपाईको चिन्तन गर्दछन । तब उनीहरूको शुद्ध हृदयमा परमहंसको धर्म वास्तविक भगद्भजनको उदय हुन्छ । र उनीहरूको हृदयको ज्ञानरूप द्वार खुल्दछ र उनीहरूको आत्मलोकमा तपाई आत्मानन्दको रूपमा कुनै पनि आवरणले रहित भएर प्रकट हुनुहुन्छ ।।३३।।
दुरवबोध इव तवायं विहारयोगो यदशरणोऽशरीर इदं अनवेक्षितास्मत् समवाय आत्मनैव अविक्रियमाणेन सगुणमगुणः सृजसि पासि हरसि ॥ ३४ ॥
भगवन् ! तपाईको लीलाको रहस्य जान्नु धेरै गाह्रो छ । किनकि तपाई कूनै आश्रय र प्राकृत शरीरले, हामीहरूको सहयोगको आशा नगरिकन निर्गुण र निर्विकार भएर पनि स्वयं नै यस सगुण जगतको सृष्टि, स्थिति र संहार गनुहुन्छ ।।३४ ।।
अथ तत्र भवान् किं देवदत्तवदिह गुणविसर्गपतितः पारतन्त्र्येण स्वकृतकुशलाकुशलं फलं
उपाददात्याहोस्विदात्माराम उपशमशीलः समञ्जसदर्शन उदास्त इति ह वाव न विदामः ॥ ३५ ॥
भगवन् ! सृष्टिकर्ममा तपाई देवदत्तआदिले झैं ब्यक्तिका समान गुणको कार्यरूप यस जगतमा जीवरूपमा प्रकट हुनुहुन्छ र कर्मको अधिनमा रहेर आफुले गरेका राम्रा नराम्रा कर्मको फल भोग्नुहुन्छ भन्ने कुरा हामीहरू जान्दछौं । तर तपाई आत्माराम, शान्तस्वभाव, एवं सबैबाट उदासीन साक्षीमात्र रहनुहुन्छ तथा सबैमा समान हुनुहुन्छ ।।३५।।
न हि विरोध उभयं भगवति अपरिमितगुणगणे ईश्वरेऽनवगाह्यमाहात्म्ये अर्वाचीन विकल्प वितर्क विचारप्रमाणाभास कुतर्कशास्त्र कलिलान्तःकरण आश्रय दुरवग्रहवादिनां विवादानवसर उपरतसमस्तमायामये केवल एवात्ममायां अन्तर्धाय को न्वर्थो दुर्घट इव भवति स्वरूपद्वयाभावात् ॥ ३६ ॥
तपाईमा यो दुवै कुरा भयो भनेपनि कुनै विरोध छैन भन्ने हाम्रो विचार हो किनकि तपाई स्वयं भगवान हुनुहुन्छ । तपाईको गुण अगिणित छ, महिमा अगाध छ र सक्तिमान हुनुहुन्छ । अहिलेका मानिस अनेक प्रकारका विकल्प, वितर्क, विचार, झुठा प्रमाण र कुतर्कपूर्ण शास्त्रको अध्ययन गरेर आफ्नो हृदयलाई दुषित गर्दछन र यसैका कारण उनीहरू दुराग्रही हुन्छन । तपाईमा उनीहरूसंग वादविवाद गर्ने अवसर नै हुदैन । तपाईको वास्तविक स्वरूप समस्त मायामय बाट रहित छ । जब तपाई त्यसैमा आफ्नो मायालाई लुकाउनु हुन्छ तब तपाईमा हुन नसक्ने कुरा के नै होला र ? त्यसैले तपाई साधारण पुरुषको समान कर्ता भोक्ता वा महापुरुषको समान उदासीन पनि हुनुहुन्छ । यसको कारण, तपाईमा न त कर्तव्य भोत्तृmत्व छ र न त उदासीनता नै हुन्छ । तपाई त दुवैबाट विलक्षण अनिवर्चनीय हुनुहुन्छ ।।३६।।
समविषममतीनां मतमनुसरसि यथा रज्जुखण्डः सर्पादिधियाम् ॥ ३७ ॥
जसरी एउटै डोरीको टुकरा भ्रान्त पुरुषका लागि सर्प, माला, धारा आदि रूपमा प्रतीत हुन्छ, तर जानकारका लागि डोरीको रूपमा । त्यसरी नै तपाई भ्रान्त बुद्धि भएकालागि कर्ता, भोक्ता आदि अनेक रूपमा देखिनुहुन्छ र ज्ञानीको सुद्ध सच्चिदानन्दका रूपमा तपाई सबैको बुद्धिको अनुसरण गर्नुहुन्छ ।।३७।।
स एव हि पुनः सर्ववस्तुनि वस्तुस्वरूपः सर्वेश्वरः सकलजगत्कारणकारणभूतः सर्वप्रत्यगात्मत्वात् सर्वगुणाभासोपलक्षित एक एव पर्यवशेषितः ॥ ३८ ॥
विचार पूर्वक हेर्दा थाहा हुन्छकि तपाई सबै वस्तुमा सारको रूपमा विराजमान हुनुहुन्छ, सबैका स्वामी हुनुहुन्छ र सम्पूर्ण जगतका कारण ब्रम्हा, प्रकृति आदिको पनि कारण हुनुहुन्छ । तपाई सबैका अन्तर्यामी अन्तरात्मा हुनुहुन्छ, त्यसैले जगतमा जतिपनि गुण दोशहरू देखिन्छन ति देखिएका सबैमा तपाईको अधिष्ठान स्वरूप नै संकेत गर्दछन र श्रुतिहरूले सबै पदार्थलाई निषेधको अबधिमा केवल तपाईलाई नै शेष राखेका छन ।।३८।।
अथ ह वाव तव महिमामृतरस समुद्रविप्रुषा सकृदवलीढया स्वमनसि निष्यन्दमानानवरतसुखेन विस्मारित दृष्टश्रुत विषयसुखलेशाभासाः परमभागवता एकान्तिनो भगवति सर्वभूतप्रियसुहृदि सर्वात्मनि नितरां निरन्तरं निर्वृतमनसः कथमु ह वा एते मधुमथन पुनः स्वार्थकुशला ह्यात्मप्रियसुहृदः साधवः त्वच्चरणाम्बुजानुसेवां विसृजन्ति न यत्र पुनरयं संसारपर्यावर्तः ॥ ३९ ॥
हे मधुसूदन ! तपाईको अमृतमयी महिमा रसको अनन्त सागर हो । एकपटक स्वाद लिएपछि हृदयमा नित्य निरन्तर परमानन्दको धारा बग्न लाग्दछ । त्यसका कारण अहिलेसम्म जगतमा विषय भोगको जति पनि लेशमात्र, प्रतीति मात्र सुखको अनुभव भएको छ या परलोक आदिको विषयमा सुनिएको छ त्यो सबै बिर्साइ दिएर समस्त प्राणीको परम प्रियतम, हितैषि सुहद् र सर्वात्मा तपाई ऐश्वर्य निधि परमेश्वरमा जसले आफ्नो मनलाई नित्य निरन्तर लगाई राख्दछ र तपाईको चिन्तनको सुख लुटिरहन्छ ती तपाईका अनन्य प्रेमी भक्तपुरुष नै आफ्ने स्वार्थ र परमार्थमा निपुण हुन्छ । मधुसूदन ! तपाईका ति प्यारा सुहृद भक्तजन तपाईको चरणकमलको सेवन कसरी त्याग्न सक्छ र जसको सेवाले जन्म मृत्युरूप संसारको चक्करबाट सधैंका लागि पार पाउँदछ ।।३९।।
त्रिभुवनात्मभवन त्रिविक्रम त्रिनयन त्रिलोकमनोहरानुभाव तवैव विभूतयो दितिजदनुजादयश्चापि तेषामुपक्रमसमयोऽयमिति स्वात्ममायया सुरनरमृगमिश्रित जलचराकृतिभिः यथापराधं दण्डं दण्डधर दधर्थ एवमेनमपि
भगवन्जहि त्वाष्ट्रमुत यदि मन्यसे ॥ ४० ॥
प्रभो ! तपाई त्रिभुवनको आत्मा र आश्रय हुनुहुन्छ । तपाईले आफ्नो तीन पाइलाले समस्त जगतलाई नाप्नु भएको छ । तपाई नै तीनै लोकका सञ्चालक हुनुहुन्छ । तपाईको महिमाले त्रिलोकलाई आनन्द दिलाउँछ । यसमा सन्देह छैनकि दैत्य, दानव, आदि असुर पनि तपाईको नै विभूतिहरू हुन । तापनि यो उनीहरूको उन्नतीको समय होइन, यस्तो सोचेर तपाई आफ्नो योगमायाले देवता, मनुष्य , पशु, नृसिंह आदि मिश्रित र मत्स्य आदि जलचरको रूपमा अवतार ग्रहण गर्नुहुन्छ र उनीहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ । दण्डधारी प्रभो ! यदि तपाईलाई उचित लाग्छ भने त्यो असुर समान वृत्रासुरलाई पनि नाश गर्नुहोस ।।४०।।
अस्माकं तावकानां तव नतानां तत ततामह तव चरण नलिनयुगलध्यानानुबद्ध हृदयनिगडानां स्वलिङ्गविवरणेन आत्मसात्कृतानां अनुकम्पानुरञ्जित विशदरुचिर शिशिरस्मितावलोकेन विगलितमधुरमुखरसामृतकलया चान्तस्तापमनघार्हसि शमयितुम् ॥ ४१ ॥
भगवन् ! तपाई हाम्रा बाबु, बाजे हुनुहुन्छ, हामी तपाईका सेवक हौं र निरन्तर तपाईको अगाडि सिर झुकाएर रहन्छौं । तपाईका चरण कमलको ध्यान गर्दा गर्दा हाम्रो हृदय प्रेमवन्धनमा वाधिएको छ । तपाईले हाम्रो अगाडि आफ्नो दिव्यगुणले युक्त साकार विग्रह प्रकट गरेर हामीलाई दर्शन दिनुभयो त्यसैले हे प्रभो ! हामी तपाईसंग यो प्रार्थना गर्दछौं कि आफ्नो दयाले भरिएको, विशद, सुन्दर र शीतल मुसकानयुक्त हेराईले तथा आफ्नो मुखारविन्दबाट निस्केको मनोहर वाणीरूप समधुर सुधाबिन्दुले हाम्रो हृदयको तापलाई शान्त गरिदिनु होस ।।४१
अथ भगवन् तवास्माभिः अखिलजगदुत्पत्ति स्थिति लय निमित्तायमान दिव्यमायाविनोदस्य सकलजीवनिकायानां अन्तर्हृदयेषु बहिरपि च ब्रह्मप्रत्यगात्मस्वरूपेण प्रधानरूपेण च यथादेशकालदेहावस्थानविशेषं तदुपादान उपलम्भकतयानुभवतः सर्वप्रत्ययसाक्षिण आकाशशरीरस्य साक्षात्परब्रह्मणः परमात्मनः कियानिह वार्थविशेषो विज्ञापनीयः स्याद् विस्फुलिङ्गादिभिरिव हिरण्यरेतसः ॥ ४२ ॥
प्रभो ! आगोको झिल्कोले अग्निलाई प्रकाशित गर्नमा असमर्थ भए झैं हामी पनि तपाईको कुनै स्वार्थ परमार्थ निवेदन गर्नमा असमर्थ छौं । तपाईसंग भन्नु पर्ने अरु कुरा नै के छ र ? किनकि तपाई सम्पूर्ण जगत्को उत्पत्ति, स्थति र लय गराउने दिव्य मायाको साथमा कृडा गर्नु हुन्छ तथा समस्त जीवको अन्तःकरणमा ब्रम्हा र अन्तर्यामी स्वरूपले रूपमा विराजमान हुनुहुन्छ । केवल यतिमात्र होइन उसको बाहिर पनि प्रकृतिको रूपले तपाई नै विराजमान गनुर््हुन्छ । जगतमा जति पनि देश, काल, शरीर र अवस्था छन उसको उपादान र प्रकाशकको रूपमा तपाईले नै अनुभव गर्नुहुन्छ । तपाई सबै वृत्तिहरूको साक्षी हुनुहुन्छ । तपाई आकास समान सबैतिर निर्लिप्त हुनुहुन्छ । तपाई स्वयं परब्रम्ह परमात्मा हुनुहुन्छ ।।४२।।
अत एव स्वयं तदुपकल्पयास्माकं भगवतः परमगुरोस्तव चरणशतपलाशच्छायां विविधवृजिनसंसार परिश्रमोपशमनीं
उपसृतानां वयं यत्कामेनोपसादिताः ॥ ४३ ॥
त्यसैले हामी आफ्नो अभिप्राय तपाईसंगस निवेदन गर्दछौं । यसको कुनै अपेक्षा नराखेर जुन अभिलाषाले हामी यहाँ आएका छौं त्यसलाई पूर्ण गरिदिनु होस । तपाई अचिन्त्य ऐश्वर्य सम्पन्न र जगतका परगुरु हुनुहुन्छ । हामी तपाईको चरणकमलको शरणमा आएका छौं, जुन विभिन्न पापको फलस्वरूप जन्ममृत्यु रूप संसारमा भट्कनेलाई थकाई मिल्दछ ।।४३।।
(अनुष्टुप)
अथो ईश जहि त्वाष्ट्रं ग्रसन्तं भुवनत्रयम् ।
ग्रस्तानि येन नः कृष्ण तेजांस्यस्त्रायुधानि च ॥ ४४ ॥
सर्वशक्तिमान् श्रीकृष्ण ! वित्रासुरले हाम्रो प्रभाव र अश्त्र, सस्त्रलाई निलिदियो उसले तिनै लोकलाई ग्रस्न ताम्सेको छ त्यसैले तपाईले त्यसलाई मारिदिनुहोस ।।४४।।
(वसंततिलका)
हंसाय दह्रनिलयाय निरीक्षकाय
कृष्णाय मृष्टयशसे निरुपक्रमाय ।
सत्सङ्ग्रहाय भवपान्थनिजाश्रमाप्तौ
अन्ते परीष्टगतये हरये नमस्ते ॥ ४५ ॥
प्रभो तपाई शुद्धस्वरूप हृदयस्थित शुद्ध ज्योतिर्मय आकाश, सबका साक्षी, अनादि, अनन्त र उज्वल कीर्ति सम्पन्न हुनुहुन्छ । सन्तहरू तपाईकै संग्रह गर्दछन । संसारको वटुवा जव घुम्दै घुम्दै तपाईको शरणमा आइपुग्दछ तब अन्तमा तपाई उसलाई परमानन्दस्वरूप अनिष्ठ फल दिनुहुन्छ र उसको जन्मजन्मान्तरको कष्ट हरिदिनुहुन्छ । प्रभो हामी तपाईलाई नमस्कार गर्दछौं ।।४५।।
श्रीशुक उवाच –
(अनुष्टुप)
अथैवमीडितो राजन् सादरं त्रिदशैर्हरिः ।
स्वमुपस्थानमाकर्ण्य प्राह तानभिनन्दितः ॥ ४६ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित जव देवताहरूले धेरै आदरसंग भगवान्को स्तुति गरे तब वहाँ आफ्नो स्तुति सुनेरे धेरै खुसि हुँदै उनीहरूलाई भन्नलाग्नु भयो ।।४६।।
श्रीभगवानुवाच –
प्रीतोऽहं वः सुरश्रेष्ठा मदुपस्थानविद्यया ।
आत्मैश्वर्यस्मृतिः पुंसां भक्तिश्चैव यया मयि ॥ ४७ ॥
भगवान्ले भन्नुभयो–
श्रेष्ठ देवताहरू ! तिमीहरूले स्तुतियुक्त ज्ञानले मेरो उपाशना गर्यौ, त्यसैले म तिमीहरूसंग प्रसन्न छ ु । यस स्तुति द्वारा जीवलाई आफ्नो वास्तविक स्वरूपको स्मृति र मेरो भक्ति प्राप्त हुन्छ ।।४७।।
किं दुरापं मयि प्रीते तथापि विबुधर्षभाः ।
मय्येकान्तमतिर्नान्यन् मत्तो वाञ्छति तत्त्ववित् ॥ ४८ ॥
देवशिरोमणिहरू ! म प्रसन्न हुनाले कुनै पनि कुराको अभाव हुदैन । मेरो अनन्य प्रेमी तत्ववेत्ता भक्त म बाहेक अरु कुन ैकुरा पनि चाहादैन ।।४८।।
न वेद कृपणः श्रेय आत्मनो गुणवस्तुदृक् ।
तस्य तानिच्छतो यच्छेद्यदि सोऽपि तथाविधः ॥ ४९ ॥
जगतको विषयको सत्य सम्झने नासमझ पुरुषलाई आफ्नो सच्चा स्वरूपको बारेमा थाहा हुदैन ।।४९।।
स्वयं निःश्रेयसं विद्वान् न वक्त्यज्ञाय कर्म हि ।
न राति रोगिणोऽपथ्यं वाञ्छतोऽपि भिषक्तमः ॥ ५० ॥
जो पुरुषले मुक्तिको स्वरूप जानेको हुन्छ उसले अज्ञानीजनलाइ पनि कर्ममा फस्ने बारेको उपदेश दिदैन । जसरी रोगीले माग्दा पनि सच्चा वैद्यले उसलाई कुपथ्य दिदैन ।।५०।।
मघवन् यात भद्रं वो दध्यञ्चमृषिसत्तमम् ।
विद्याव्रततपःसारं गात्रं याचत मा चिरम् ॥ ५१ ॥
देवराज इन्द्र ! तिमीहरूको कल्याण होस । अब ढिला नगर ऋषिशिरोमणि दधीचिको शरणमा जाउ र उनीसंग जुन उनको शरीर–उपाशना, व्रत तथा तपस्याको कारणले अत्यन्त दृढ भएको छ त्यसलाई माग ।।५१।।
स वा अधिगतो दध्यङ् अश्विभ्यां ब्रह्म निष्कलम् ।
यद्वा अश्वशिरो नाम तयोरमरतां व्यधात् ॥ ५२ ॥
दधीचि ऋषिसंग शुद्ध तपस्याको ज्ञान छ । अश्विनीकुमारको घोडाको सिरलाई उपदेश दिएका कारण उनको नाम अश्वशिर पनि हो । उनको उपदेश गरेको आत्मविद्याको प्रभावले नै दुवै अश्विनीकुमार जीवन मुक्त भएका थिए ।।५२।।
दध्यङ्ङ्आथर्वणस्त्वष्ट्रे वर्माभेद्यं मदात्मकम् ।
विश्वरूपाय यत्प्रादात् त्वष्टा यत् त्वमधास्ततः ॥ ५३ ॥
अथर्ववेदी दधीचि ऋषिले पनि पहिले पहिले मेरो स्वरूप भुत अभेद्य नारायणकवचको उपदेश त्वष्टालाई दिएका थिए । त्वष्टाले विश्वरूपलाई दिए र विश्वरूपबाट तिमीहरूले पायौ ।।५३।।
युष्मभ्यं याचितोऽश्विभ्यां धर्मज्ञोऽङ्गानि दास्यति । ततस्तैरायुधश्रेष्ठो विश्वकर्मविनिर्मितः । येन वृत्रशिरो हर्ता मत्तेजौपबृंहितः ॥ ५४ ॥
दधीचि ऋषि धर्मका परम मर्मज्ञ हुन । उनी तिमीहरूले र अश्विनीकुमारले माग्दा अवस्य आफ्नो शरीरको अङ्ग दिनेछन त्यसपछि विश्वकर्मा द्वारा त्यो अङ्गबाट एक श्रेष्ठ आयुध बनाउँन लगाउनु । देवराज ! मेरो शक्तिले युक्त भएर तिमीले त्यसै सस्त्रद्वारा वित्रासुरको सिर काटिदिनु ।।५४।।
तस्मिन्विनिहते यूयं तेजोऽस्त्रायुधसम्पदः ।
भूयः प्राप्स्यथ भद्रं वो न हिंसन्ति च मत्परान् ॥ ५५ ॥
देवताहरू ! वित्रासुर मरेपछि तिमीहरूलाई फेरी तेज, अस्त्र, शस्त्र र सम्पत्तिहरू प्राप्त हुन्छ । तिमीहरूको कल्याण अवस्य हुनेछ । किनकि मेरो शरणागतलाई कसैले पनि सताउँन सक्तैन ।।५५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे नवमोऽध्यायः ॥ ९ ॥