#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – त्रिंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
चतुर्थः स्कन्धः – त्रिंशोऽध्यायः



विदुर उवाच –
(अनुष्टुप्)
ये त्वयाभिहिता ब्रह्मन् सुताः प्राचीनबर्हिषः ।
ते रुद्रगीतेन हरिं सिद्धिमापुः प्रतोष्य काम् ॥ १ ॥                                                           

विदुरजीले सोधे–
ब्रम्हन ! तपाईले राजा प्राचीनवर्हिको छोराहरूको बारेमा जुन वर्णन गर्नुभयो, उनीहरूले रुद्र्रगीत द्वारा श्रीहरिको स्तुति गरेर के प्राप्त गरे? ।।१।।

.इंद्रवज्रा)
किं बार्हस्पत्येह परत्र वाथ
     कैवल्यनाथप्रियपार्श्ववर्तिनः ।
आसाद्य देवं गिरिशं यदृच्छया
     प्रापुः परं नूनमथ प्रचेतसः ॥ २ ॥

वृहस्पतिका शिष्य मैत्रेयजी श्री नारायणको अत्यन्त प्रिय भगवान शंकरको सानिध्य प्राप्त गरेर प्रचेताहरूले मुक्ति त प्राप्त गरे नै होलान, यसभन्दा यसलोक अथवा परलोकमा उनीहरूले के के पाए त्यो कुरा कृपा गरेर मलार्ई बताउँनु होस ।।२।।

मैत्रेय उवाच –
(अनुष्टुप्)
प्रचेतसोऽन्तरुदधौ पितुरादेशकारिणः ।
अपयज्ञेन तपसा पुरञ्जनण् अतोषयन् ॥ ३ ॥

मैत्रेयजीले भने–
विदुरजी ! पिताका आज्ञाकारी प्रचेताहरूले समुद्र भित्र उभिएर रुद्र्रगीतको जपयज्ञ र तपस्या गरेर श्रीहरिलार्ई प्रसन्न गरे ।।३।।

दशवर्षसहस्रान्ते पुरुषस्तु सनातनः ।
तेषां आविरभूत् कृच्छ्रं शान्तेन शमयन् रुचा ॥ ४ ॥

तपस्यामा दसहजार वर्ष वितेपछि पुराण पुरुष श्री नारायणले आफ्नो मनोहर कान्तिदरा उनीहरूको तपस्याजनित क्लेशलार्ई शान्त गरेर सौम्य विग्रहले उनीहरूलाई दर्शन दिनुभयो ।।४।।

सुपर्णस्कन्धमारूढो मेरुश्रूङ्‌गमिवाम्बुदः ।
पीतवासा मणिग्रीवः कुर्वन् वितिमिरा दिशः ॥ ५ ॥                                                                                                            
गरुडको काँधमा बसेको भगवान् त्यतिबेला सुमेरु शिखरको  श्याम मेघ जस्तो देखिनुहुन्थ्यो ।
वहाँँको शरीरमा मनोहर पीताम्वर र कण्ठमा कौस्तुभमणले सुशोभित थियो । वहाँँको दीव्य प्रभावले त्यहाँको सबै दिशाहरूको अन्धकार हट्न गयो ।।५।।

(वसंततिलका)
काशिष्णुना कनकवर्णविभूषणेन
     भ्राजत्कपोलवदनो विलसत्किरीटः ।
अष्टायुधैरनुचरैर्मुनिभिः सुरेन्द्रैः
     आसेवितो गरुडकिन्नरगीतकीर्तिः ॥ ६ ॥

पीनायताष्टभुजमण्डल मध्यलक्ष्म्या
     स्पर्धच्छ्रिया परिवृतो वनमालयाऽऽद्यः ।
बर्हिष्मतः पुरुष आह सुतान् प्रपन्नान्
     पर्जन्यनादरुतया सघृणावलोकः ॥ ७ ॥


चम्किलो सुवर्णमय गहनाहरुले युक्त वहाँको कामनीय कपोल र मनोहर मुख र गालाले अपूर्व शोभा पाएको थियो । वहो कस्तकमा झलमल गरीरहेको मुकुट धारण गर्नु भएको थियो । प्रभुले आफ्ना लामा लामा आठ  भुजाहरूमा अस्त्र सस्त्र लिनुभएको थियो को विचमा आदिपुरुष श्री नरायण यसरी पाल्नु भएर आफ्ना सरणागत प्रचेताहरूलार्ई अझ दयादृष्टिले हेरेर मेघ समान गम्भिर वाणीमा भन्नुभयो ।।७।।

श्रीभगवानुवाच –
(अनुष्टुप्)
वरं वृणीध्वं भद्रं वो यूयं मे नृपनन्दनाः ।
सौहार्देनापृथग्धर्माः तुष्टोऽहं सौहृदेन वः ॥ ८ ॥

भगवान्ले भन्नुभयो–
तिमीहरूको कल्याण होस ! तिमीहरू सबैमा धेरै प्रेम छ र स्नेहवश तिमीहरू एकै धर्मको पालना गरीरहेका छौ तिमीहरूकिो यो आदर्श र सौहार्दताले म धेरै खुसी छु । म संग वर माग ।।८।।

 

योऽनुस्मरति सन्ध्यायां युष्मान् अनुदिनं नरः ।
तस्य भ्रातृष्वात्मसाम्यं तथा भूतेषु सौहृदम् ॥ ९ ॥

ये तु मां रुद्रगीतेन सायं प्रातः समाहिताः ।
स्तुवन्त्यहं कामवरान् दास्ये प्रज्ञां च शोभनाम् ॥ १० ॥

यद्यूयं पितुरादेशं अग्रहीष्ट मुदान्विताः ।
अथो व उशती कीर्तिः लोकाननु भविष्यति ॥ ११ ॥

जसले. सायंकालका समयमा प्रतिदिन तिमीहरूको स्मरण गर्दछ भने उसकोे दाजु भाईहरूमा पनि तिमीहरूको जस्तै प्रेम हुनेछ । जो मानिस सायंकाल र प्रात कालमा एकाग्र चित्तले रुद्र्रगीत द्वारा मेरो स्तुति गर्दछ उसलार्र्ई म इच्छा अनुसारको वर र निर्मल बुध्दि प्रदान गर्दछु ।।११।।

भविता विश्रुतः पुत्रो ऽनवमो ब्रह्मणो गुणैः ।
य एतां आत्मवीर्येण त्रिलोकीं पूरयिष्यति ॥ १२ ॥

तिमीहरूको एउट प्रसिद्ध छोरा हुनेछ, त्यो गुणमा ब्रम्हाजी भन्दा कुनै प्रकारको कमी हुने छैन । उसका सन्तानले तीनै लोकलार्ई पूर्ण गरीदिने छ ।।१२।।

कण्डोः प्रम्लोचया लब्धा कन्या कमललोचना ।
तां चापविद्धां जगृहुः भूरुहा नृपनन्दनाः ॥ १३ ॥

राजकुमारहरू ! कण्ड्व ऋषिको तपस्या नाश गर्नको लागि इन्द्रले पठाएको प्रम्लोचा अप्सराबाट एक कमलनयनी कन्या उत्पन्न भएकी थिइ । उसलार्र्ई यहिं छोडेर उनी स्वर्गलोक गइन् तव वृक्षहरूले ती कन्याको पालनपोषण गरे ।।१३।।

क्षुत्क्षामाया मुखे राजा सोमः पीयूषवर्षिणीम् ।
देशिनीं रोदमानाया निदधे स दयान्वितः ॥ १४ ॥

जव ती कन्या भोकले व्याकुल भएर रुन लागिन् तव औषधीहरूका राजा चन्द्रमाले दया गरेर उसकोे मुखमा अमृतमय तर्जनी (चोर औंला) दिए ।।१४।।

प्रजाविसर्ग आदिष्टाः पित्रा मां अनुवर्तता ।
तत्र कन्यां वरारोहां तां उद्वहत मा चिरम् ॥ १५ ॥

तिम्रो पिता अहिले मेरो सेवा भक्तिमा लागेका छन ।उनले तिमीहरूलार्ई सन्तान उत्पन्न गर्ने आज्ञ दिएका थिए । अव तिमीहरू छिट्टै ती कन्यासंग विबाह गर ।।१५।।

अपृथग्धर्मशीलानां सर्वेषां वः सुमध्यमा ।
अपृथग्धर्मशीलेयं भूयात् पत्‍न्यर्पिताशया ॥ १६ ॥

तिमीहरू सबै एकै धर्ममा लागेका छौ र तिमीहरूको स्वभाव पनि एउटै छ त्यसैले तिमीहरू बराबर धर्म र स्वभाव भएकी ती कन्या तिमीहरू सबैको पत्नि हुनेछिन तथा तिमीहरू सबैको उनीमा समान अनुराग हुनेछ ।।१६।।

दिव्यवर्षसहस्राणां सहस्रमहतौजसः ।
भौमान् भोक्ष्यथ भोगान् वै दिव्यान् चानुग्रहान्मम ॥ १७ ॥

तिमीहरू मेरो कृपाले दसलाख दिव्य वर्ष सम्म पूर्ण बलियो भएर अनेकौं प्रकारको पार्थिव र दीव्य भोग गर्दछौ ।।१७।।

अथ मय्यनपायिन्या भक्त्या पक्वगुणाशयाः ।
उपयास्यथ मद्धाम निर्विद्य निरयादतः ॥ १८ ॥

अन्त्यमा मेरो अविचल भक्तिले हृदयको समस्त वासनारूप मल दग्ध हुनाले तिमीहरू यसलोक तथा परलोकको नरक तुल्य भोगबाट उठेर विरक्त भएर मेरो परमधाम जानेछौ ।।१८।।

गृहेष्वाविशतां चापि पुंसां कुशलकर्मणाम् ।
मद् वार्तायातयामानां न बन्धाय गृहा मताः ॥ १९ ॥

जुन ब्यक्तिको कर्म भगवदर्पण बुध्दिले गदर्छ र जसकोे सबै समय मेरो कथा र वार्तामा वित्दछ भने त्यो गृहाश्रममा रहेर पनि घर उसकोे वन्धनको कारण बन्दैन ।।१९।।

नव्यवद्‌ हृदये यज्ज्ञो ब्रह्मैतद्‍ब्रह्मवादिभिः ।
न मुह्यन्ति न शोचन्ति न हृष्यन्ति यतो गताः ॥ २० ॥


जो नित्य मेरो लीलाहरू सुन्दछ भने ब्रम्हादि वक्ताहरूद्वारा म ज्ञान स्वरूप परब्रम्ह उसकोे हृदयमा नित्य देखिनेछु । र मलार्ई पाएपछिे ह्न्छ, न शोक र हर्ष नै हुन्छ ।।२०।।

मैत्रेय उवाच –
एवं ब्रुवाणं पुरुषार्थभाजनं
     जनार्दनं प्राञ्जलयः प्रचेतसः ।
तद्दर्शनध्वस्ततमोरजोमला
     गिरागृणन् गद्‍गदया सुहृत्तमम् ॥ २१ ॥

मैत्रेयजी भन्दछन–भगवानको दर्शनले प्रचेताहरूको राजो–तमोगुणादि मल नष्ट भैसकेको थियो । जव उनीहरूलाई सकल पुरुषार्थका आश्रय र सबका परमसुहृद श्रीहरीले यस्तो कुरा भन्नुभयो त्यसपछि उनीहरू हात जोडेर खुसिहुदैं भन्नलागे ।।२१।।

प्रचेतस ऊचुः –
नमो नमः क्लेशविनाशनाय
     निरूपितोदारगुणाह्वयाय ।
मनोवचोवेगपुरोजवाय
     सर्वाक्षमार्गैरगताध्वने नमः ॥ २२ ॥

प्रचेताहरूले भने–
प्रभो ! तपाई भक्तहरूको क्लेशलार्ई नाश गर्नुहुन्छ, हामीहरू तपाईलार्ई नमस्कार गर्दछौं । तपाईको वेग वाणीको वेग भन्दापनि बढि छ । तपाईको स्वरूप सबै इन्द्रियहरूको गतिबाट पर छ, हामी तपाईलार्ई बारम्बार नमस्कार गर्दछौं ।।२२।।

शुद्धाय शान्ताय नमः स्वनिष्ठया
     मनस्यपार्थं विलसद्द्वयाय ।
नमो जगत्स्थानलयोदयेषु
     गृहीतमायागुणविग्रहाय ॥ २३ ॥

तपाई आफ्नै स्वरूपमा स्थित हुनाले नित्य सुध्द र शान्त हुनुहुन्छ । मनरूप निमित्तको कारण हामी तपाईमा द्वैत भाव देख्दैछौं वास्तवमा जगतको उत्पत्ति, स्थिति र लयका लागि तपाइर्ले मायाको गुणलार्ई स्वीकार गरेर नै ब्रम्हा, विष्णु र महादेवरूप धारण गर्नुहुन्छ । हामी तपाईलार्ई नमस्कार गर्दछौं

(अनुष्टुप्)
नमो विशुद्धसत्त्वाय हरये हरिमेधसे ।
वासुदेवाय कृष्णाय प्रभवे सर्वसात्वताम् ॥ २४ ॥

नमः कमलनाभाय नमः कमलमालिने ।
नमः कमलपादाय नमस्ते कमलेक्षण ॥ २५ ॥
।।२३।।

तपाई विशुध्द सत्य स्वरूप हुनुुहुन्छ, तपाईको ज्ञानले संसार बन्धनलार्ई हटाइदिन्छ । तपाई सबै भागवतका प्रभु वासुदेवानन्द भगवान् श्रीकृष्ण हुनुहुन्छ हामी तपाईलार्ई नमस्कार गर्दछौं । तपाईको नाभिबाट ब्रम्हाण्डरूप कमल प्रकट भएको थियो । तपाईको कण्ठमा कमल कुसुमको माला सुशोभित छ । तथा तपाईको चरण कमल समान कोमल छ, कमलनयन तपाईलार्ई नमस्कार छ ।।२५।।

नमः कमलकिञ्जल्क पिशङ्‌गामलवाससे ।
सर्वभूतनिवासाय नमोऽयुङ्‌क्ष्महि साक्षिणे ॥ २६ ॥

तपाईले कमल कुसुम समान स्वच्छ पीताम्वर धारण गर्नुभएको छ तपाई नै सबै भूतहरूको आश्रय स्थान हुनुहुन्छ तथा सबैको साक्षी हुनुहुन्छ, हामी तपाईलार्ई नमस्कार गर्दछौं ।।२६।।

रूपं भगवता त्वेतद् अशेषक्लेशसङ्‌क्षयम् ।
आविष्कृतं नः क्लिष्टानां किं अन्यद् अनुकंपितम् ॥ २७ ॥

भगवन् तपाईको यो स्वरूपले सम्पूर्ण क्लेशलार्ई निवृत्ति गराउँदछ, हामी अविद्या राग, द्वेषादि क्लेशाबाट पिडित भएकाहरूको अगाडि तपाई यसरी प्रकट हुनुभएको छ यो भन्दा बढि त हामीलार्ई के नै कृपा चाहियो र ।।२७।।                                                                               
एतावत्त्वं हि विभुभिः भाव्यं दीनेषु वत्सलैः ।
यदनुस्मर्यते काले स्वबुद्ध्याभद्ररन्धन ॥ २८ ॥

अमङ्गलहारि प्रभो ! दुखीमाथि कृपा गर्ने सामथ्र्य पुरुषलार्ई यतिनै कृपा गर्नु पर्दछ कि समय समयमा ती दीनहरूले यो हाम्रो हो भन्ने स्मरण गरुन ।।२८।।

येनोपशान्तिर्भूतानां क्षुल्लकानामपीहताम् ।
अन्तर्हितोऽन्तर्हृदये कस्मान्नो वेद नाशिषः ॥ २९ ॥

तपाई त छुद्र भन्दा पनि छुद्र प्राणीको प्राणीको अन्तःकरणमा पनि अन्तर्यामीरूपले विराजमान हुनुहुन्छ । यसबाट ती आश्रीतहरूको चित्त शान्ती हुन्छ । फेरी तपाईका उपाशक हामीहरू जे जे कामना गर्दछौं त्यो कमनालार्ई तपाई किन जान्नुहुन्न र ।।२९।।

असौ एव वरोऽस्माकं ईप्सितो जगतः पते ।
प्रसन्नो भगवान्येषां अपवर्गः गुरुर्गतिः ॥ ३० ॥

जगदिश्वर ! तपाई मोक्षको मार्ग देखाउने र स्वयं पुरुषार्थ स्वरूप हुनुुहुन्छ । यो भन्दा बढि हामीलार्ई के चाहियो र, हाम्रो अभिष्ट वर त तपाई प्रसन्न हुनुुनै हो ।।३०।।

वरं वृणीमहेऽथापि नाथ त्वत्परतः परात् ।
न ह्यन्तस्त्वद् विभूतीनां सोऽनन्त इति गीयसे ॥ ३१ ॥

तथापि नाथ ! हामी तपाईसंग एउटा वर अवस्य माग्दछौं । प्रभो तपाई प्रकृति आदि बाट पर हुनुहुन्छ । तपाईको विभुतिको पनि कुनै अन्त छैन त्यसैले तपाई अनन्त हुनुहुन्छ ।।३१।।

पारिजातेऽञ्जसा लब्धे सारङ्‌गोऽन्यन्न सेवते ।
त्वदङ्‌घ्रिमूलमासाद्य साक्षात्किं किं वृणीमहि ॥ ३२ ॥

यदि भ्रमरालार्ई अनायास नै कल्पवृक्ष मिल्यो भने के उसले अर्को रुखको सेवन गर्दछ र ? तपाईको चरण शरणमा आएर अब हामी के मागौं ।।३२।।

यावत्ते मायया स्पृष्टा भ्रमाम इह कर्मभिः ।
तावद्‍भवत् प्रसङ्‌गानां सङ्‌गः स्यान्नो भवे भवे ॥ ३३ ॥

हामी तपाईसंग यहि माग्दछौं कि जवसम्म तपाईको मायाबाट मोहित भएर हामी आफ्नो कर्म अनुसार संसारमा डुल्दछौं तवसम्म हामीलार्ई तपाईका भक्तहरूको संगत प्राप्तहोस ।।३३।।

तुलयाम लवेनापि न स्वर्गं न अपुनर्भवम् ।
भगवत् सङ्‌गिसङ्‌गस्य मर्त्यानां किमुताशिषः ॥ ३४ ॥

हामी त भगवद्भक्तको एकक्षणको संगत समान ता स्वर्ग र मोक्षलार्ई पनि केहि सम्झदैनौं भने मानिसले. भोग्ने भोगको त के कुरा भयो र ।।३४।।

यत्रेड्यन्ते कथा मृष्टाः तृष्णायाः प्रशमो यतः ।
निर्वैरं यत्र भूतेषु नोद्वेगो यत्र कश्चन ॥ ३५ ॥

भगवदभक्तको समाजमा सदा सर्वदा भगवानको मधुर मधुर कथाहरू भइरहन्छ, जसकोे श्रवण गर्दाले पनि भोग तृष्णा, शान्त हुन्छ । त्यहाँ प्राणीहरूमा कुनै प्रकारको वैरभाव वा उद्वेग हुदैन ।।३५।।

यत्र नारायणः साक्षाद् भगवान् न्यासिनां गतिः ।
संस्तूयते सत्कथासु मुक्तसङ्‌गैः पुनः पुनः ॥ ३६ ॥

राम्रा राम्रा कथा प्रशंगद्वारा निष्कामभावले सन्यासिहरू एकमात्र आश्रय साक्षात श्री नारायण देवको वारम्वार गुणगान भइरहन्छ ।।३६।।

तेषां विचरतां पद्‍भ्यां तीर्थानां पावनेच्छया ।
भीतस्य किं न रोचेत तावकानां समागमः ॥ ३७ ॥
                                                                                               
तपाईको ती भक्तजन तीर्थलार्ई पवित्र गर्नका लागि पृथ्वीमा पैदलनै भ्रमण गर्दछन  संसारबाट डराएकालाई तपाईका भक्तहरुको संगत को लाभ नहुने कुरै हुदैन ।।३७।।

(इंद्रवज्रा)  
वयं तु साक्षाद्‍भगवन् भवस्य
     प्रियस्य सख्युः क्षणसङ्‌गमेन ।
सुदुश्चिकित्स्यस्य भवस्य मृत्योः
     भिषक्तमं त्वाद्य गतिं गताः स्म ॥ ३८ ॥

भगवन् तपाईको पृय सखा भगवन् शंकर संग एकक्षण समागम हुदा पनि आज हामीलार्ई तपाईको साक्षात दर्शन प्राप्त भयो । तापाई जन्म मरणरूप रोगको वैद्य हुनुहुन्छ त्यसैले हामीले तपाईको अश्रय लिएको हौं ।।३८।।

यन्नः स्वधीतं गुरवः प्रसादिता
     विप्राश्च वृद्धाश्च सदानुवृत्त्या ।
आर्या नताः सुहृदो भ्रातरश्च
     सर्वाणि भूतान्यनसूययैव ॥ ३९ ॥

यन्नः सुतप्तं तप एतदीश
     निरन्धसां कालमदभ्रमप्सु ।
सर्वं तदेतत्पुरुषस्य भूम्नो
     वृणीमहे ते परितोषणाय ॥ ४० ॥

प्रभो हामीले समाहित चित्तद्वारा जे जति अध्ययन गरेका छौं, निरन्तर सेवा–शुश्रुषा गरेर गुरु, ब्राम्हण र बृध्दहरूलार्ई प्रसन्न गराएका छौं तथा दोष बुध्दिलार्ई त्यागेर श्रेष्ठ पुरुष सुहृदगण, वन्धुवर्ग एवं समस्त प्राणीहरूलार्ई वन्दना गरेका छौं र अन्नादि त्यागेर लामो समय सम्म जलमा उभिएर तपस्या गरेका छौं ।।३९।४०।।

मनुः स्वयम्भूर्भगवान् भवश्च
     येऽन्ये तपोज्ञानविशुद्धसत्त्वाः ।
अदृष्टपारा अपि यन्महिम्नः
     स्तुवन्त्यथो त्वात्मसमं गृणीमः ॥ ४१ ॥

स्वामी ! तपाईको महिमाको पार नपाएर नै स्वायम्भूव मनु, स्वयं ब्रहाजी, भगवन् शंकर तथा तप रज्ञानले शूध्द चित्त भएका अरु पुरुषहरू निरन्तर तपाइको स्तुति गर्दछन् । त्यसैले हामी पनि आफ्नो बुध्दि अनुसार स्तुति गर्दछौं ।।४१।।

(अनुष्टुप्)
नमः समाय शुद्धाय पुरुषाय पराय च ।
वासुदेवाय सत्त्वाय तुभ्यं भगवते नमः ॥ ४२ ॥

तपाई सर्वत्र समान, सुध्दस्वरूप, र परमपुरुष हुनुहुन्छ, तपाई सत्वमुर्ति भगवान् वासुदेवलार्ई हामी नमस्कार गर्छौ ।।४२।।

मैत्रेय उवाच –   
(इंद्रवज्रा)
इति प्रचेतोभिरभिष्टुतो हरिः
     प्रीतस्तथेत्याह शरण्यवत्सलः ।
अनिच्छतां यान् अमतृप्तचक्षुषां
     ययौ स्वधामानपवर्गवीर्यः ॥ ४३ ॥

मैत्रेयजी भन्दछन–
विदुरजी ! प्रचेताहरूले यसप्रकार स्तुति गरेपछि शरणागतवत्सल श्री भगवानले प्रसन्न भएर तथास्तु भन्नुभयो । श्रीहरिको मधुर दर्शनले प्रचेताहरूको नेत्र अझै तृप्त भएको थिएन त्यसैले उनीहरू वहाँँलार्ई जानदिन चाहादैन थिए तापनि भगवान् आफ्नो परमधाम पाल्नुभयो ।।४३।।

(अनुष्टुप्)
अथ निर्याय सलिलात् प्रचेतस उदन्वतः ।
वीक्ष्याकुप्यन् द्रुमैश्छन्नां गां गां रोद्धुः इवोच्छ्रितैः ॥ ४४ ॥

यसपछि प्रचेताहरू समुद्रको जल बाट बाहिर निक्लिए । उनीहरूले पृथ्वीलार्ई ठुलाठुला वृक्षले घेरेको देखे जुन स्वर्गको मार्ग भन्दा बढि थियो । यस्तो देखेर उनीहरू वृक्ष माथि रिसाए ।।४४।।   
                  
ततोऽग्निमारुतौ राजन् अमुञ्चन्मुखतो रुषा ।
महीं निर्वीरुधं कर्तुं संवर्तक इवात्यये ॥ ४५ ॥

त्यसपछि उनीहरूले पृथ्वीलार्ई वृक्ष लहराहरूबाट रहित गराउनका लागि आफ्नु मुखबाट प्रचण्ड वायु र अग्निको ज्वाला निकाले जुन प्रलयकालानि रुद्र्रले प्रलयकालमा छोड्छन् ।।४५।।

भस्मसात् क्रियमाणान् तान् द्रुमान् वीक्ष्य पितामहः ।
आगतः शमयामास पुत्रान् बर्हिष्मतो नयैः ॥ ४६ ॥

ब्रमहाजीले उनीहरूले साह्रा वृक्षहरू भष्म गर्न लागेको देख्नु भयो  तव त्यहाँ आएर प्राचीनवर्हिका छोराहरूलार्ई युक्ति पूर्वक सम्झाएर शान्त गराउँनु भयो ।।४६।।

तत्रावशिष्टा ये वृक्षा भीता दुहितरं तदा ।
उज्जह्रुस्ते प्रचेतोभ्य उपदिष्टाः स्वयम्भुवा ॥ ४७ ॥

त्यहाँ जे जति रुखहरू बाँचेका थिए उनीहरूले ब्रम्हाजीले भन्नु भएपछि कन्या ल्याएर दिए ।।४७।।

ते च ब्रह्मण आदेशान् मारिषामुपयेमिरे ।
यस्यां महदवज्ञानाद् अजन्यजनयोनिजः ॥ ४८ ॥

प्रचेताहरूले पनि ब्रम्हाजीको आदेश मानेर मरिषा नाम गरेकी कन्यासंग बिबाह गरे । उनकोे गर्भ बाट ब्रम्हाजीका पुत्र दक्षले श्री महादेवको अवहेलना गरेका कारण आफ्नो पूर्व शरीर त्यागेर जन्म लिए ।।४८।।

चाक्षुषे त्वन्तरे प्राप्ते प्राक्सर्गे कालविद्रुते ।
यः ससर्ज प्रजा इष्टाः स दक्षो दैवचोदितः ॥ ४९ ॥

यिनै दक्षले चाक्षुष मन्वन्तरमा आएपछि जव काल क्रमले पूर्व सर्ग नष्ट भयो, भगवानको प्रेरणाले इच्छा अनुसार नयाँ प्रजाहरू उत्पन्न गरे ।।४९।।

यो जायमानः सर्वेषां तेजस्तेजस्विनां रुचा ।
स्वयोपादत्त दाक्ष्याच्च कर्मणां दक्षमब्रुवन् ॥ ५० ॥

उनले जन्म लिदा नै आफ्नो कान्तिले सबै तजस्वीहरूको तेज छिनेका थिए । यिनी कर्म गर्नमा धेरै सिपालु र कुशल थिए । त्यसैले यिनको नाम दक्ष भयो ।।५०।।

तं प्रजासर्गरक्षायां अनादिरभिषिच्य च ।
युयोज युयुजेऽन्यांश्च स वै सर्वप्रजापतीन् ॥ ५१ ॥

उनलार्र्ई ब्रम्हाजीले प्रजापतिको नायकको पदमा अभिषेक गरेर सृष्टिको रक्षको लागि नियुक्ति गरे र उनैले मरिचि आदि अरु प्रजापतिलार्ई आफ्नो कार्यमा नियुक्ति गरे ।।५१।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे प्राचेतसे चरिते त्रिंशोऽध्यायः ॥ ३० ॥