#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

षष्ठः स्कन्धः – षोडशोऽध्यायः

  

श्रीमद्‌भागवत महापुराण
षष्ठः स्कन्धः – षोडशोऽध्यायः


श्रीशुक उवाच –
(अनुष्टुप्)  
अथ देवऋषी राजन् संपरेतं नृपात्मजम् ।
दर्शयित्वेति होवाच ज्ञातीनां अनुशोचताम् ॥ १ ॥

शुकदेवजी भँन्नुहुन्छ–
परीक्षित् ! त्यसपछि देवर्षि नारदले मृत राजकुमारलाई जीवात्माको शोकाकुल परिवार अगाडि प्रत्यक्ष बोलाएर भने ।।१।।

श्रीनारद उवाच 
जीवात्मन् पश्य भद्रं ते मातरं पितरं च ते ।
सुहृदो बान्धवास्तप्ताः शुचा त्वत्कृतया भृशम् ॥ २ ॥

देवर्षि नारदले भने–
जीवात्मन् ! तिम्रो कल्याण होस । हेर, तिम्रा माता–पिता, आफन्त तिम्रो वियोगले अत्यन्त शोकाकुल भएका छन ।।२।।

कलेवरं स्वमाविश्य शेषमायुः सुहृद्‌वृतः ।
भुङ्‌क्ष्व भोगान् पितृप्रत्तान् अधितिष्ठ नृपासनम् ॥ ३ ॥

यसैले तिमी आफ्नो शरीरमा आउ र बाँकी जीवन आफ्ना नाता कुटुम्बीसंग बिताऊ । आफ्ना पिताले दिएको भोगहरू भोग र राजसिंहासनमा बस ।।३।।

जीव उवाच –
कस्मिन् जन्मन्यमी मह्यं पितरो मातरोऽभवन् ।
कर्मभिर्भ्राम्यमाणस्य देवतिर्यङ्‌नृयोनिषु ॥ ४ ॥

जीवात्माले भन्यो–
देवर्षि ! म आफ्नो कर्म अनुसार देवता, मानिस, पशु, पक्षी, आदि अनेक योनिहरूमा धेरै बर्ष देखि डुलिरहेको छु त्यसमा कुन जन्ममा यिनीहरू मेरा आमा बाबु भएका हुन ? ।।४।।

बन्धुज्ञात्यरिमध्यस्थ मित्रोदासीनविद्विषः ।
सर्व एव हि सर्वेषां भवन्ति क्रमशो मिथः ॥ ५ ॥

विभिन्न जन्ममा सबै एक आर्काको भाई बन्धु नाती नातिना, शत्रु मित्रु, मध्यस्थ उदाशिन और दे्वषी भैरहन्छन ।।५।।

यथा वस्तूनि पण्यानि हेमादीनि ततस्ततः ।
पर्यटन्ति नरेष्वेवं जीवो योनिषु कर्तृषु ॥ ६ ॥

जसरी सुन अदि किन्ने बेच्ने वस्तुहरू एउटा व्यापारीबाट अर्को व्यापारीको हातमा पुग्दछ त्यसरी नै जीवलाई भिन्न भिन्न योनि प्राप्त भैरहन्छ ।।६।।

नित्यस्यार्थस्य सम्बन्धो ह्यनित्यो दृश्यते नृषु ।
यावद्यस्य हि सम्बन्धो ममत्वं तावदेव हि ॥ ७ ॥

यस प्रकार विचार गर्नाले थाहा हुन्छ कि मानिसको भन्दा धेरै दिन रहने सुवर्ण आदि पदार्थको सन्बन्ध पनि मानिसको साथ स्थायी हुदैन क्षणिक नै हुन्छ । र जबसम्म जसको जुन वस्तुमा सम्बन्ध रहन्छ त्यतिबेला सम्म उसको त्यस वस्तुमा ममता रहन्छ ।।७।।

एवं योनिगतो जीवः स नित्यो निरहङ्‌कृतः ।
यावद् यत्रोपलभ्येत तावत् स्वत्वं हि तस्य तत् ॥ ८ ॥

जीव नित्य र अहङ्ककार रहित छ । उ गर्भमा आएर जबसम्म जुन शरीरमा रहन्छ त्यसबेला सम्म उसको शरीर आफ्नो सम्झन्छ ।।८।।

एष नित्योऽव्ययः सूक्ष्म एष सर्वाश्रयः स्वदृक् ।
आत्ममायागुणैर्विश्वं आत्मानं सृजते प्रभुः ॥ ९ ॥

त्यो जीव नित्य, अविनाशी, शुक्ष्म (जन्मादिरहति) स्वयंप्रकाश हुनाले सबैको आश्रय हुन्छ । यसमा स्वरूपतः जन्ममृत्यु अदि केहि नभए तापनि फेरी पनि यो इश्वररूप हुनाले आफ्नो मायाको गुणले नै आफुले आफुलाई विश्वको रूपमा प्रकट गरिदिन्छ ।।९।।

न ह्यस्यास्ति प्रियः कश्चित् नाप्रियः स्वः परोऽपि वा ।
एकः सर्वधियां द्रष्टा कर्तॄणां गुणदोषयोः ॥ १० ॥

उसको न कुनै अत्यन्त प्रिय हुन्छ र न अप्रिय हुन्छ, न आफ्नो न पराई नै हुन्छ, किनकि गुण देष–हित अहित गर्ने भएको मित्रु सत्रु आदिको भिन्न भिन्न वृत्तिहरूको एक्लो साक्षी हो । वास्तवमा यो अद्वितीय छ ।।१०।।

नादत्त आत्मा हि गुणं न दोषं न क्रियाफलम् ।
उदासीनवदासीनः परावरदृगीश्वरः ॥ ११ ॥

यस आत्मा कार्य कारणको साक्षी र स्वतन्त्र छ यसैले यो शरीर आदिको गुण दोष अथवा कर्मफलको ग्रहण गर्दैन । सधैं उदासीन भावले स्थित रहन्छ ।।११।।

श्रीशुक उवाच –
इत्युदीर्य गतो जीवो ज्ञातयस्तस्य ते तदा ।
विस्मिता मुमुचुः शोकं छित्त्वात्म स्नेहश्रृङ्‌खलाम् ॥ १२ ॥

शुकदेवजी भन्नुहुन्छ–
त्यो जीवात्मा यस्तो कुरा भनेर हिड्यो । उसका सम्बन्धीहरू उसको कुरा सुनेर अत्यन्त आश्चर्य माने, यस्तो कुरा सुनेर उनीहरूको स्नेह बन्धन काटियो र उसको मर्नेको शोकलाई त्यागि दिए ।।१२।।

निर्हृत्य ज्ञातयो ज्ञातेः देहं कृत्वोचिताः क्रियाः ।
तत्यजुर्दुस्त्यजं स्नेहं शोकमोहभयार्तिदम् ॥ १३ ॥

त्यसपछि सम्बन्धीहरूले मरेको वालकको मृत देहलाई लगेर यथोचित संस्कार र औध्र्वदैहिक क्रियाहरू गरिदिए र त्यस दुस्त्यज स्नेहलाई छोडिदिए, जसको कारण शोक, मोह, भय र दुःख प्राप्त हुन्छ ।।१३।।

बालघ्न्यो व्रीडितास्तत्र बालहत्याहतप्रभाः ।
बालहत्याव्रतं चेरुः ब्राह्मणैः यन्निरूपितम् ।
यमुनायां महाराज स्मरन्त्यो द्विजभाषितम् ॥ १४ ॥

परीक्षित् ! त्यो बालकलाई विष खुवाउने रानीहरू वालहत्याका कारण श्रीहीन भएका थिए र लाजले गर्दा ठाडो मुखले हेर्न समेत सक्दैन थिए । उनीहरूले अङ्गिरा ऋषिको उपदेश सुनेर  यमुनाजीको किनारमा ब्राम्हणको आदेशानुसार बालहत्याको प्रायश्चित्त गरे ।।१४।।

स इत्थं प्रतिबुद्धात्मा चित्रकेतुर्द्विजोक्तिभिः ।
गृहान्धकूपान् निष्क्रान्तः सरःपङ्‌कादिव द्विपः ॥ १५ ॥

परीक्षित् ! यस प्रकार अङ्गिरा र नारदजीको उपदेश सुनेर विवेकबुद्धि जाग्रत भएका राजा चित्रकेत्ुले तलाउको धापबाट हात्ती निस्किए झैं घर गृहस्थीको अधेरो कुवाबाट निस्किए ।।१५।।

मौनेन संयतप्राणो ब्रह्मपुत्राववन्दत ॥ १६ ॥
कालिन्द्यां विधिवत् स्नात्वा कृतपुण्यजलक्रियः ।

उनले यमुनाजीमा विधिवत् स्नान तर्पणादि धार्मिक कामहरू गरे । त्यसपछि संयमित र मौन भएर उनले देवर्षि नारद र महर्षि अङ्गिराको चरणमा प्रणाम गरे ।।१६।।

अथ तस्मै प्रपन्नाय भक्ताय प्रयतात्मने ।
भगवान् नारदः प्रीतो विद्यामेतामुवाच ह ॥ १७ ॥

भगवान् नारदले प्रशन्न भएर जितेन्द्रिय, भगवद्भक्त र शरणागत राजा चित्रकेतुलाई यस विद्याको उपदेश दिए ।।१७।।

ॐ नमस्तुभ्यं भगवते वासुदेवाय धीमहि ।
प्रद्युम्नायानिरुद्धाय नमः सङ्‌कर्षणाय च ॥ १८ ॥

(देवर्षि नारदले यो उपदेश दिए–
ॐकार स्वरूप भगवन् ! तपाई वासुदेव, प्रद्ययुम्न, अनिरुद्ध र सङ्कर्षणका रूपमा क्रमैले चित्त, बुद्धि, मन र अहङ्कारका अधिष्ठाता हुनुहुन्छ म तपाईको यस चतुव्र्यूहरूपलाई बारम्बार नमस्कार गर्दै ध्यान गर्दछु ।।१८।।

नमो विज्ञानमात्राय परमानन्दमूर्तये ।
आत्मारामाय शान्ताय निवृत्तद्वैतदृष्टये ॥ १९ ॥

तपाई विशुद्ध विज्ञानस्वरूप हुनुहुन्छ । तपाईको मुर्ति परमानन्दमयी छ । तपाई आफ्नो स्वरूपभूत आनन्दमा मग्न र परम शान्त हुनुहुन्छ । द्वैतदृष्टिले तपाईलाई छुन पनि सक्तैन । म तपाईलाइ नमस्कार गर्दछु ।।१९।।

आत्मानन्दानुभूत्यैव न्यस्तशक्त्यूर्मये नमः ।
हृषीकेशाय महते नमस्ते विश्वमूर्तये ॥ २० ॥

आफ्नो स्वरूपभूत आन्दका अनुभूतिले नै आफुलाई मायाबाट आउँने रागद्वेष आदि दोषलाई नाश गरिरहनु भएको छ । तपाई सबैको  समस्त इन्द्रियको प्रेरक, परम महान र विराट्स्वरूप हुनुहुन्छ  म तपाईलाई नमस्कार गर्दछु ।।२०।।

वचस्युपरतेऽप्राप्य य एको मनसा सह ।
अनामरूपश्चिन्मात्रः सोऽव्यान्नः सदसत्परः ॥ २१ ॥

मन सहित वाणी तपाईसम्म नपुगेर विचैबाट फर्किएर आउँछन जुन नाम रूप रहित, चेतन मात्र र कार्य कारणबाट परको जुन वस्तु छ उसले हाम्रोे रक्षा गरोस ।।२१।।

यस्मिन्निदं यतश्चेदं तिष्ठत्यप्येति जायते ।
मृण्मयेष्विव मृज्जातिः तस्मै ते ब्रह्मणे नमः ॥ २२ ॥

यो कार्य कारणरूप जगत जसबाट उत्पन्न हुन्छ, जसमा स्थित छ र जसमा लीन हुन्छ तथा जुन माटोका सामानमा माटो झैं सबैमा व्याप्त छ, त्यो परब्रम्हस्वरूप तपाईलाई नमस्कार गर्दछु ।।२२।।

यन्न स्पृशन्ति न विदुः मनोबुद्धीन्द्रियासवः ।
अन्तर्बहिश्च विततं व्योमवत् तन्नतोऽस्म्यहम् ॥ २३ ॥
  
तपाई आकाश झैं बाहिर भीत्र सबैतिर एकनासले व्याप्त हुनुहुन्छ तापनि तपाईको मन बुद्धि र ज्ञानेन्द्रियहरूले आफ्नो ज्ञानशक्तिले तपाईलाई जान्न सकिदैन र प्राण तथा कर्मेन्द्रिय आफ्नो कृयारूप शक्तिले स्पर्श पनि गर्न सक्तैन यस्ता तपाईलाई म नमस्कार गर्दछु ।।२३।।

(इंद्रवज्रा)
देहेन्द्रियप्राणमनोधियोऽमी
     यदंशविद्धाः प्रचरन्ति कर्मसु ।
नैवान्यदा लौहमिवाप्रतप्तं
     स्थानेषु तद्द्रष्ट्रपदेशमेति ॥ २४ ॥ 

शरीर, इन्द्रिय, प्राण, मन र बुद्धि जाग्रत् तथा स्वप्न अवस्थामा आफ्नो चैतन्यांशले युक्त भएर आफ्नो आफ्नो काम गर्दछन । तथा सुषुक्ष्ति र मुच्र्छाको अवस्थामा आफ्नो चैतान्यांशले युक्त नहुनाको कारण आफ्ना आफ्ना काम गर्न असमर्थ हुन्छन, जसरी तातेको फलामले पोल्दछ तर नतातेकोले पोल्दैन । जसलाई द्रष्टा भनिन्छ त्यो पनि तपाई कै नाम हो । जाग्रत आदि अवस्थामा तपाई त्यसलाई स्वीकार गर्नुहुन्छ । वास्तवमा तपाई भन्दा पृथक अरु कुनै अस्तित्व छैन ।।२४।।

(भृंगनाद)
ॐ नमो भगवते महापुरुषाय महानुभावाय महाविभूतिपतये सकलसात्वत परिवृढनिकर करकमल कुड्मलोपलालित चरणारविन्दयुगल परमपरमेष्ठिन् नमस्ते ॥ २५ ॥   

ॐकारस्वरूप पहाप्रभावशाली महाविभूतिपति भगवान् महापुरुषलाई नमस्कार छ । ठुला ठुला  भक्तहरूका  आफ्नो करकमलका कोपिला सधैं तपाईको चरणकमलको सेवामा लागि रहन्छन । प्रभो ! तपाइ नै सर्वश्रेष्ठ हुनुहुन्छ म तपाईलाई बारम्बबार नमस्कार गर्दछु ।।२५।।

.अनुष्टुप्)
श्रीशुक उवाच
भक्तायैतां प्रपन्नाय विद्यामादिश्य नारदः ।
ययावङ्‌गिरसा साकं धाम स्वायम्भुवं प्रभो ॥ २६ ॥

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! देवर्षि नारद आफ्ना शरणगत भक्त चित्रकेतुलाई यस विद्याको उपदेश गरेर महर्षि अङ्गिराको साथमा ब्रम्हलोक गए ।।२६।।

चित्रकेतुस्तु विद्यां तां यथा नारदभाषिताम् ।
धारयामास सप्ताहं अब्भक्षः सुसमाहितः ॥ २७ ॥

राजा चित्रकेतुले देवर्षि नारदद्वारा यस्तो विद्याको उपदेश पाएर उहाँको आज्ञानुसार सात दिन सम्म केवल जल मात्र पिएर बडो एकाग्रसंग यसको उनुष्ठान गरे ।।२७।।

ततः स सप्तरात्रान्ते विद्यया धार्यमाणया ।
विद्याधराधिपत्यं च लेभेऽप्रतिहतं नृप ॥ २८ ॥

त्यसपछि त्यस विद्याको अनुष्ठानले सात रात पछि राजा चित्रकेतुलाई विद्यारहरूको अखण्ड अधिपत्य प्राप्त भयो ।।२८।।

ततः कतिपयाहोभिः विद्ययेद्धमनोगतिः ।
जगाम देवदेवस्य शेषस्य चरणान्तिकम् ॥ २९ ॥

(इंद्रवज्रा)
मृणालगौरं शितिवाससं स्फुरत्
     किरीटकेयूरकटित्रकङ्‌कणम् ।
प्रसन्नवक्त्रारुणलोचनं वृतं
     ददर्श सिद्धेश्वरमण्डलैः प्रभुम् ॥ ३० ॥

त्यसपछि केहि दिनमै यस विद्याको प्रभावले उनको मन पनि शुद्धभयो । तब उनी देवादिदेव भगवान् शोषजी सिद्धेश्वरको चरणमा पुगे । वहाँको शरीर कमलको डाँठ जस्तै गोरावर्णको थियो । निलो रंगको वस्त्र पहिरिनु भएको थियो । सिरमा किरीट , हातमा बाजूबंद, कम्मरमा करधनी आदि आभूषणले सुशोभित थियो । वहाँको आखाँ रातो रातो र मुखमा हसिलो थियो ।।३०।।

तद्दर्शनध्वस्तसमस्तकिल्बिषः
     स्वस्थामलान्तःकरणोऽभ्ययान्मुनिः ।
प्रवृद्धभक्त्या प्रणयाश्रुलोचनः
     प्रहृष्टरोमानमदादिपुरुषम् ॥ ३१ ॥

स उत्तमश्लोकपदाब्जविष्टरं
     प्रेमाश्रुलेशैरुपमेहयन्मुहुः ।
प्रेमोपरुद्धाखिलवर्णनिर्गमो
     नैवाशकत्तं प्रसमीडितुं चिरम् ॥ ३२ ॥

भगवान् शेषको दर्शन गर्नाले राजर्षि चित्रकृतुको सबै पापहरू नष्ट भयो । उनको अन्तःकरण स्वच्छ र निर्मल भयो । हृदयमा भक्तिभाव बढ्यो । आँखामा प्रेमको आँसु बग्न लाग्यो जसले गर्दा भगवान् शेषको चरण राख्ने चौकी भिज्यो । प्रेमका कारण उनको मुखबाट एक अक्षर पनि निस्कन सकेन । उनले धेरैबेर सम्म शेष भगवान्को कुनै स्तुति गर्न सकेनन ।।३२।।

ततः समाधाय मनो मनीषया
     बभाष एतत्प्रतिलब्धवागसौ ।
नियम्य सर्वेन्द्रियबाह्यवर्तनं
     जगद्‍गुरुं सात्वतशास्त्रविग्रहम् ॥ ३३ ॥

केहि बेर पछि उनलाई बोलीको केहि शक्ति प्राप्त भयो । उनले विवेक बुद्धिले मनलाई एकाग्र गरेर सम्पूर्ण इन्द्रियको बाहिरी वृत्तिलाई रोके । फेरी उनी जगद्गुरुको, जुनको स्वरूप पाञ्चरात्र आदि भक्तिशास्त्रमा वर्णन गरिएको छ, यसप्रकार स्तुति गर्न लागे ।।३३।।

चित्रकेतुरुवाच –  
(आर्या)
अजित जितः सममतिभिः
     साधुभिर्भवान् जितात्मभिर्भवता ।
विजितास्तेऽपि च भजतां
     अकामात्मनां य आत्मदोऽतिकरुणः ॥ ३४ ॥

चित्रकेतुले भने–
हे भगवान् ! तपाई अजित हुनुहुन्छ तापनि जितेन्द्रिय एवं समदशीै साधुहरूले तपाईलाई जितेका छन । तपाईले पनि आफ्नो सौन्दर्य, माधुर्य, कारुण्य आदि गुणले उनीहरूलाई आफ्नो वशमा राख्नु भएको छ । अहो, तपाई धन्य हुनुहुन्छ किनकि जो निष्कामभावले तपाईको भजन गर्दछन, उनीहरूलाई करुणाले आफ्नो स्वरूपको दर्शन दिनुहुन्छ ।।३४।।

तव विभवः खलु भगवन्
     जगदुदयस्थितिलयादीनि ।
विश्वसृजस्तेंऽशांशास्तत्र
     मृषा स्पर्धन्ति पृथगभिमत्या ॥ ३५ ॥

भगवान् ! जगतको उत्पत्ति, स्थिति र प्रलय तपाईको लीला हो । विश्व निर्माता ब्रम्हा आदि तपाईको अंशको पनि अंश हुन, तर उनीहरू पृथक पृथक आफुलाई जगत्कर्ता मानेर अरुसंग स्पर्धा गर्दछन ।।३५।।

परमाणुपरममहतोः
     त्वमाद्यन्तान्तरवर्ती त्रयविधुरः ।
आदावन्तेऽपि च सत्त्वानां
     यद्ध्रुवं तदेवान्तरालेऽपि ॥ ३६ ॥

साना साना परमाणुदेखि लिएर ठुलो ठुलो महतत्व पर्यन्त सम्पूर्ण वस्तको आदि अन्त र मध्यमा तपाईमा नै विराजमान हुन्छन तथा स्वयं तपाई आदि मध्यबाट रहित हुनुहुन्छ । किनकि कुनैपनि पदार्थको आदि र अन्तमा जो वस्तु रहन्छ त्यो मध्यमा पनि रहन्छ ।।३६।।

क्षित्यादिभिरेष किलावृतः
     सप्तभिर्दशगुणोत्तरैरण्डकोशः ।
यत्र पतत्यणुकल्पः
     सहाण्डकोटिकोटिभिस्तदनन्तः ॥ ३७ ॥

यो ब्रम्हाण्डकोष, जुन पृथ्वी आदिको आवरण एक पछि अर्को सात दोव्वर ले ढाकिएको छ । यस ब्रह्माण्डकोष आफु जस्ता अरु करोडौं ब्रम्हाण्ड घुमिरहन्छन । तर त्यसमा ती तपाईमा एक परमाणु  जस्ता भएर घुम्दछन । तपाईको सीमाको पत्ता पाउन सक्तैनन । त्यसैले तपाई अनन्त हुनुहुन्छ ।।३७।।

विषयतृषो नरपशवो
     य उपासते विभूतीर्न परं त्वाम् ।
तेषामाशिष ईश तदनु
     विनश्यन्ति यथा राजकुलम् ॥ ३८ ॥

विषयको भोग चाहने नरपशुहरू तपाईको भजन नगरेर केवल आफ्नो विभूतिस्वरूप इन्द्रादि देवताहरूको उपाशना गर्दछन । प्रभो ! जसरी राजकुलको नाश हुनाले उसको अनुयायीहरूको जीविका पनि हट्छ त्यसैगरि क्षुद्र उपास्यदेवको नाश भएपछि उनीहरूले दिएको भोग पनि नाश भएर जान्छ ।।३८।।

कामधियस्त्वयि रचिता
     न परम रोहन्ति यथा करम्भबीजानि ।
ज्ञानात्मन्यगुणमये
     गुणगणतोऽस्य द्वन्द्वजालानि ॥ ३९ ॥

परमात्मन् ! तपाई ज्ञानस्वरूप र निर्गुण हुनुहुन्छ । जसरी भुटेको अन्नबाट बिउ उम्रदैन त्यसरी नै तपाई प्रति गरिएको सकाम भावना पनि अन्यान्य कर्मसमान जन्ममृत्य रूप फल दिने हुदैन किनकि जीवमा जुन सुख दुःखादि द्वन्द प्राप्त हुन्छ, त्यो सत्वादि गुणले नै हुन्छ, निर्गुणले हुदैन ।।३९।।

जितमजित तदा भवता
     यदाह भागवतं धर्ममनवद्यम् ।
निष्किञ्चना ये मुनय
     आत्मारामा यमुपासतेऽपवर्गाय ॥ ४० ॥

हे अजित ! जुन समय तपाईले विशुद्ध भागवत धर्मको उपदेश गर्नु भएको थियो । उसै समय तपाईले सबैलाई जित्नु भयो । किनकि आफुमा कुनै पनि म र मेरो भन्ने भाव नराख्ने भएका कुनै पनि वस्तुमा अहमता ममता नगर्ने आत्माराम सनकादि परमर्षि पनि परम साध्य र मोक्ष प्राप्त गर्नका लागि उहि भागवत धर्मको उपाशना गर्दछन ।।४०।।

विषममतिर्न यत्र नृणां
     त्वमहमिति मम तवेति च यदन्यत्र ।
विषमधिया रचितो यः
     स ह्यविशुद्धः क्षयिष्णुरधर्मबहुलः ॥ ४१ ॥

यो भागवत धर्म यति विशुद्ध छ कि यसमा अरु सकाम धर्मको जस्तो विषम बुद्धि हुदैन, म मेरो, वा यो उस्को भन्ने भेद भावना हुदैन । जहाँ भेद भावको ज्ञान दिइन्छ त्यो अशुद्ध र नाशवान हो भने त्यसलाई अधर्म नै भनिन्छ ।।४१।।

कः क्षेमो निजपरयोः
     कियान्वार्थः स्वपरद्रुहा धर्मेण ।
स्वद्रोहात्तव कोपः
     परसम्पीडया च तथाधर्मः ॥ ४२ ॥

सकाम धर्मले आफ्नो र अरुको अहित गर्ने हुन्छ । यसबाट आफ्नो वा अरु कसैको पनि  हित सिद्ध हुदैन ।  सकाम धर्मको अनुष्ठानले गर्नेको आत्माले चित्त दुखाउँछ जसले गर्दा तपाई रिसाउनु हुन्छ । त्यसैले त्यो धर्म हुदैन, अधर्म हुन्छ ।।४२।।

न व्यभिचरति तवेक्षा
     यया ह्यभिहितो भागवतो धर्मः ।
स्थिरचरसत्त्वकदम्बेष्व
     पृथग्धियो यमुपासते त्वार्याः ॥ ४३ ॥

भगवन् ! तपाई जुन दृष्टिले भागवतधर्मको निरूपण गर्नुभयो त्यो कहिले पनि परमार्थबाट विचलित हुदैन । यसैले जुन सन्त पुरुष चर अचर समस्त प्राणीमा समदृष्टि राख्दछ उसेले यस धर्मलाई सेवन गर्दछ ।।४३।।

न हि भगवन्नघटितमिदं
     त्वद्दर्शनान् नृणामखिलपापक्षयः ।
यन्नाम सकृच्छ्रवणात्
     पुल्कसकोऽपि विमुच्यते संसारात् ॥ ४४ ॥

भगवन् ! तपाईको दर्शनले नै मानिसका सबै पाप नष्ट हुन्छन, यो कुनै असम्भवको कुरा होइन किनकि तपाईको नाम एक पटक सुनेपछि चण्डाल पनि संसारबाट मुक्त हुन्छ ।।४४।।

अथ भगवन् वयमधुना
     त्वदवलोकपरिमृष्टाशयमलाः ।
सुरऋषिणा यदुदितं
     तावकेन कथमन्यथा भवति ॥ ४५ ॥

भगवन् ! यस समय तपाईको दर्शनले नै मेरो अन्तःकरणको सबै मल नष्ट भएको छ, सो ठिक हो किनकि तपाईको अनन्य प्रेमी भक्त देवर्षी नारदले ले भनेको कुरो झुटो कसरी हुन्छ र ।।४५।।

विदितमनन्त समस्तं
     तव जगदात्मनो जनैरिहाचरितम् ।
विज्ञाप्यं परमगुरोः
     कियदिव सवितुरिव खद्योतैः ॥ ४६ ॥

हे अनन्त तपाई सम्पूर्ण जगतका आत्मा हुनुहुन्छ । त्यसैले संसारमा प्राणी जे गर्दछन, त्यो सबै तपाई जान्नुहुन्छ । जसरी जुनकिरीको उज्यालोले सूर्यलाई प्रकाश गर्न सक्तैन त्यसरी नै परमगुरु तपाईलाई म के निवेदन गरुं ।।४६।।

नमस्तुभ्यं भगवते
     सकलजगत्स्थितिलयोदयेशाय ।
दुरवसितात्मगतये
     कुयोगिनां भिदा परमहंसाय ॥ ४७ ॥ 

 भगवान् तपाईकै अध्यक्षतामा सारा जगतको उत्पत्ति, स्थीति र प्रलय हुन्छ । कुयोगीहरू भेद दृष्टिका कारण तपाईको वास्तविक स्वरूपलाई जान्न सक्तैनन । तपाईको स्वरूप वास्तवमा अत्यन्त शुद्ध छ । म तपाईलाई नमस्कार गर्दछु ।।४७।।

(वसंततिलका)
यं वै श्वसन्तमनु विश्वसृजः श्वसन्ति
     यं चेकितानमनु चित्तय उच्चकन्ति ।
भूमण्डलं सर्षपायति यस्य मूर्ध्नि
     तस्मै नमो भगवतेऽस्तु सहस्रमूर्ध्ने ॥ ४८ ॥

तपाईको चेष्टाले शक्ति पाएर ब्रम्हादि जगतकर्ताहरू चेष्टा गर्नमा समर्थ हुन्छन । तपाईको दृष्टिले जीवित भएर नै ज्ञानेन्द्रियहरू आफ्नो आफ्नो विषयको ग्रहण गर्नमा समर्थ हुन्छन । यो भूमण्डल तपाईको सिरमा सस्र्युको दाना जस्तो देखिन्छ । म तपाई सहस्र सिर भएका भगवानलाई नमस्कार गर्दछु ।।४८।।

श्रीशुक उवाच –
(अनुष्टुप्)
संस्तुतो भगवान् एवं अनन्तस्तमभाषत ।
विद्याधरपतिं प्रीतः चित्रकेतुं कुरूद्वह ॥ ४९ ॥

श्रीशुकदेवजी भन्नुहुन्छ!
परीक्षित् ! जब विद्याधरका अधिपति चित्रकेतुले यसप्रकार स्तुति गरेपछि  अनन्त भगवान् प्रसन्न भएर उनलाई भन्नुभयो ।।४९।।

श्रीभगवान् उवाच –
यन्नारदाङ्‌गिरोभ्यां ते व्याहृतं मेऽनुशासनम् ।
संसिद्धोऽसि तया राजन् विद्यया दर्शनाच्च मे ॥ ५० ॥

श्री भगवान्ले भन्नुभयो–

चित्रकेतु ! देवर्षि नारद र महर्षि अङ्गिराले तिमीलाई मेरो सम्बन्धमा जुन विद्याको उपदेश दिए त्यसविद्याबाट र मेरो दर्शनले तिमी सिद्ध भै सक्यौ ।।५०।।

अहं वै सर्वभूतानि भूतात्मा भूतभावनः ।
शब्दब्रह्म परं ब्रह्म ममोभे शाश्वती तनू ॥ ५१ ॥

म नै सबै प्राणिहरूको रूप हुं, म नै आत्मा हुँ र म नै पालनकर्ता पनि हुं शव्दब्रम्ह (वेद) र परब्रम्ह दुवै मेरो सनातन रूप हो ।।५१।।

लोके विततमात्मानं लोकं चात्मनि सन्ततम् ।
उभयं च मया व्याप्तं मयि चैवोभयं कृतम् ॥ ५२ ॥

आत्मा कार्य कारणात्मक जगतमा व्याप्त छ र कार्य कारणात्मक जगत आत्मामा व्याप्त छ र  यि दुवैमा म नै अधिष्ठान रूपले व्याप्त छु र ममा यी दुवैको रचना भएको छ  ।।५२।।

यथा सुषुप्तः पुरुषो विश्वं पश्यति चात्मनि ।
आत्मानमेकदेशस्थं मन्यते स्वप्न उत्थितः ॥ ५३ ॥

एवं जागरणादीनि जीवस्थानानि चात्मनः ।
मायामात्राणि विज्ञाय तद्द्रष्टारं परं स्मरेत् ॥ ५४ ॥

जसरी सपनामा सुतेको पुरुषले सपना हुँदा सबै विश्व आफुमै देख्दछ सपना हटेपछि सपना मै जाग्दछ तथा संसारलाई एउटा कुनामा भएको देख्दछ तर वास्तवमा त्यो स्वप्न नै हो । त्यसरी नै जीवलाई जाग्रत आदि अवस्थामा परमेश्वरकै माया हो, यस्तो जानेर सबका साक्षी परमात्मालाई नै स्मरण गर्नुपर्दछ ।।५३।५४।।

येन प्रसुप्तः पुरुषः स्वापं वेदात्मनस्तदा ।
सुखं च निर्गुणं ब्रह्म तमात्मानमवेहि माम् ॥ ५५ ॥

सुतेको जीवले जसको सहायताले अफ्नो निद्रा र अतिन्द्रिय सुखको अनुभव गर्दछ त्यो ब्रम्ह म नै हुँ । त्यसलाई तिमी आफ्नो आत्मा सम्झ ।।५५।।

उभयं स्मरतः पुंसः प्रस्वापप्रतिबोधयोः ।
अन्वेति व्यतिरिच्येत तज्ज्ञानं ब्रह्म तत्परम् ॥ ५६ ॥

निद्रा र जाग्रिति यि दुवै अवस्थाको अनुभव गर्ने पुरुष त्यस अवस्थामा अनुगत हुँदा पनि वास्तवमा त्यसबाट पृथक छ । त्यो अखण्ड अवस्थामा रहने एकरस ज्ञान नै ब्रम्ह हो परब्रम्ह हो ।।५६।।

यदेतद् विस्मृतं पुंसो मद्‍भावं भिन्नमात्मनः ।
ततः संसार एतस्य देहाद्देहो मृतेर्मृतिः ॥ ५७ ॥

जब जीव मेरो स्वरूपलाई बिर्सन्छ र आफुलाई आत्मा भन्दा अलग ठान्दछ, यसैले गर्दा उसले संसारको चक्करमा पर्नुपर्दछ । र एक पछि अर्को जन्म र मृत्यु प्राप्त गर्दछ ।।५७।।

लब्ध्वेह मानुषीं योनिं ज्ञानविज्ञानसम्भवाम् ।
आत्मानं यो न बुद्ध्येत न क्वचिन् शममाप्नुयात् ॥ ५८ ॥

यो मनुष्यको ज्ञान र विज्ञानको प्राप्तिको मूल कारण हो, यस्तो जन्म पाएर मानिसले आफ्नो आत्मस्वरूप परमात्मालाई जान्दैन भने उसलाई कुनै पनि योनिमा शान्ति मिल्दैन ।।५८।।

स्मृत्वेहायां परिक्लेशं ततः फलविपर्ययम् ।
अभयं चाप्यनीहायां सङ्‌कल्पाद् विरमेत्कविः ॥ ५९ ॥

राजन् ! सांसारिक सुखका लागि जुन चेष्टा गरिन्छ त्यसमा श्रम मात्र हुन्छ, क्लेश हुन्छ र जुन परमसुखको उद्देश्यले चेष्टा गरिन्छ त्यसको ठिक उल्टो परमदुःख पाँइन सकिन्छ । तर कर्मबाट निवृत्त हुनाले कुनै प्रकारको भय हुदैन । यस्तो सोचेर बुद्धिमान मानिसले कुनै प्रकारको फलको कामना गर्न हुदैन ।।५९।।

सुखाय दुःखमोक्षाय कुर्वाते दम्पती क्रियाः ।
ततोऽनिवृत्तिः अप्राप्तिः दुखस्य च सुखस्य च ॥ ६० ॥

संसारका सबै स्त्री पुरुषहरू सुख  मिलोस र दुःखको पिण्ड छुटोस भनि कर्म गर्दछन । तर त्यो कर्मले न त उसको दुःख नै हट्दछ न त सुख नै मिल्दछ ।।६०।।

एवं विपर्ययं बुद्ध्वा नृणां विज्ञाभिमानिनाम् ।
आत्मनश्च गतिं सूक्ष्मां स्थानत्रयविलक्षणाम् ॥ ६१ ॥

जो मानिस आफुलाई बडा बुद्धिमान सम्झेर कर्मको फन्दामा पर्दछ उसलाई यसको उल्टो फल मिल्दछ । यस्तो कुरा बिचार राख्नु पर्दछ आत्माको स्वरूप अत्यन्त सूक्ष्म हुन्छ, जाग्त, स्वप्न र सुषुप्ति यी तीनै अवस्थाहरू देखि फरक छ भन्ने जान्नुपर्दछ ।।।६१।।

दृष्टश्रुताभिर्मात्राभिः निर्मुक्तः स्वेन तेजसा ।
ज्ञानविज्ञानसन्तृप्तो मद्‍भक्तः पुरुषो भवेत् ॥ ६२ ॥

यसबाट मुक्त हुन लोक परलोकमा देखिएका सुनेका सबै विषय भोगबाट मुक्त रहेर आफ्नो पिण्ड छुटाओस र ज्ञान विज्ञानमा सन्तुष्ट भई, मेरो अनन्य भक्त होओस ।।६२।।

एतावानेव मनुजैः योगनैपुण्यबुद्धिभिः ।
स्वार्थः सर्वात्मना ज्ञेयो यत्परात्मैकदर्शनम् ॥ ६३ ॥

योगमार्गलाई तत्व सम्झनमा निपुण भएका मानिसले जीवको सबैभन्दा स्वार्थ र परमार्थ हो भन्ने बुझेर उसले ब्रम्ह र आत्माको एकताको अनुभव गर्नपर्दछ ।।६३।।

त्वमेतच्छ्रद्धया राजन् अप्रमत्तो वचो मम ।
ज्ञानविज्ञानसम्पन्नो धारयन्नाशु सिध्यसि ॥ ६४ ॥

राजन् ! तिमी मेरो यस उपदेशलाई सावधान भएर श्रद्धाभावले धारण गर्यौ भने ज्ञान एवं विज्ञानले सम्पन्न भएर चाँढै नै सिद्ध हुनेछौ ।।६४।।

श्रीशुक उवाच– 
आश्वास्य भगवानित्थं चित्रकेतुं जगद्‍गुरुः ।
पश्यतस्तस्य विश्वात्मा ततश्चान्तर्दधे हरिः ॥ ६५ ॥

श्रीशुकदेवजीले भन्नुभयो–
राजन् ! जगद्गरु विश्वात्मा भगवान् श्रीहरिले चित्रकेतुलाई यस प्रकार सम्झाइ बुझाईकन त्यहाँबाट अन्तर्धान हुनुभयो ।।६५।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे चित्रकेतोः परमात्मदर्शनं नाम षोडशोऽध्या‍यः ॥ १६ ॥