श्रीमद्भागवत
महापुराण
चतुर्थः स्कन्धः–द्वितीयोऽध्यायः
विदुर उवाच–
(अनुष्टुप्)
भवे शीलवतां श्रेष्ठे दक्षो दुहितृवत्सलः ।
विद्वेषं अकरोत् कस्मादनादृत्यात्मजां सतीम् ॥ १ ॥
विदुरजीले सोधे–
दक्षप्रजापति आफ्ना छोरीहरूलाई धेरै माया गर्दथे
तर जेठी छोरी सतीलाई किन अनादर गरेर महादेवसंग द्वेश गरे ।।१।।
कस्तं चराचरगुरुं निर्वैरं शान्तविग्रहम् ।
आत्मारामं कथं द्वेष्टि जगतो दैवतं महत् ॥ २ ॥
फेरी महादेव पनि चराचरका गुरु, कसैसित
वैरभाव नभएका, शान्त स्वभावका, आत्माराम र सम्पूर्ण जगतकै आराध्यदेव हुन ।।२।।
एतदाख्याहि मे ब्रह्मन् जामातुः श्वशुरस्य च ।
विद्वेषस्तु यतः प्राणान् तत्यजे दुस्त्यजान्सती ॥
३ ॥
उनीसंग त कोहिपनि वैरभाव राख्र्दैनन् । भगवन् ! ती
ज्वाई ससुरा विचमा के कारणले द्वेश उत्पन्न भयो के कारणले सतीले आफ्नो दुस्त्यज
प्राणलाई त्यागिन यसबारे मलाई बताउनुहोस ।।३।।
मैत्रेय उवाच–
पुरा विश्वसृजां सत्रे समेताः परमर्षयः ।
तथामरगणाः सर्वे सानुगा मुनयोऽग्नयः ॥ ४ ॥
मैत्रेयजीले भने–
विदुरजी ! एकपटक प्रजापतिहरूले यज्ञ गर्दा उनले
सबै देवताहरू ठुला–ठुला ऋषिहरू जम्मा भएका थिए ।।४।।
तत्र प्रविष्टमृषयो दृष्ट्वार्कमिव रोचिषा ।
भ्राजमानं वितिमिरं कुर्वन्तं तन्महत्सदः ॥ ५ ॥
उदतिष्ठन् सदस्यास्ते स्वधिष्ण्येभ्यः सहाग्नयः ।
ऋते विरिञ्चां शर्वं च तद्भासाक्षिप्तचेतसः ॥ ६ ॥
त्यसबखत दक्षप्रजापति पनि त्यहाँ आइपुगे । उनी
सूर्य समान अत्यन्त तेजिला थिए । उनको तेजले त्यो ठुलो सभालाईनै उज्यालो बनाइदिएको
थियो । उनी आएको देखेर ब्रम्हाजी,
महादेवजी सहित त्यहा जम्मा भएका सभाषदहरू आ–आफ्नो
आसनबाट उठे ।।५,६।।
सदसस्पतिभिर्दक्षो भगवान् साधु सत्कृतः ।
अज लोकगुरुं नत्वा निषसाद तदाज्ञया ॥ ७ ॥
सबै सभाषदहरू बाट सम्मान पाएपछि उनले आफ्ना जगतका
पिता ब्रम्हाजीलाई नमस्कार गरेर आफ्नो आसनमा बसे ।।७।।
प्राङ्निषण्णं मृडं दृष्ट्वा नामृष्यत्तदनादृतः ।
उवाच वामं चक्षुर्भ्यां अभिवीक्ष्य दहन्निव ॥ ८ ॥
उनले महादेवजीलाई पहिल्यै आसनमा बसेको देखेर आफ्नो
मर्यादा नपाएका कारण दक्षले उनको यस्तो ब्यबहारलाई सहन सकेनन् । उनले आफ्नो टेढो
वायाँ आँखा नजर लगाउदै क्रोधाग्निले जलाउला झै गरेर भन्नलागे ।।८।।
श्रूयतां ब्रह्मर्षयो मे सहदेवाः सहाग्नयः ।
साधूनां ब्रुवतो वृत्तं नाज्ञानान्न च मत्सरात् ॥
९ ॥
अग्नि सहित ब्रम्हर्षिहरू मेरो यस्तो कुरा
सुन्नुहोस । म कुनै द्ेषभावले कुरा गर्दिन मात्र सिस्टाचारको कुरा गर्दछु ।।९।।
अयं तु लोकपालानां यशोघ्नो निरपत्रपः ।
सद्भिराचरितः पन्था येन स्तब्धेन दूषितः ॥ १० ॥
यो निर्लज्ज महादेवले सबै लोकपालहरूको पवित्र
कीर्तिलाई धुलोमा मिलाई दिएको छ । दुषित पारिदिएको छ ।।१०।।
एष मे शिष्यतां प्राप्तो यन्मे दुहितुरग्रहीत् ।
पाणिं विप्राग्निमुखतः सावित्र्या इव साधुवत् ॥ ११
॥
गृहीत्वा मृगशावाक्ष्याः पाणिं मर्कटलोचनः ।
प्रत्युत्थानाभिवादार्हे वाचाप्यकृत नोचितम् ॥ १२
॥
हेर्नुहोस यो घमण्डिले सत्पुरुषहरूको आचरणलाई
मेटाइदिएको छ । बादरको जस्तो आँखा भएको यिनले मेरी मृगनयनी छारीलाई पाणीग्रहण
गरिसकेपछि उठेर त प्रणाम गर्नु पर्ने हो तर यिनले यति सम्म पनि गरेनन ।।१२।।
लुप्तक्रियायाशुचये मानिने भिन्नसेतवे ।
अनिच्छन्नप्यदां बालां शूद्रायेवोशतीं गिरम् ॥ १३
॥
विस्मात छ ! धनको इच्छाले सुद्रलाई वेद पढ्यो । मेरो इच्छा नहुदा पनि बाध्य भएर आफ्नी सुकुमारी
कन्या यसलाई दिए । तर यसले सबै सत्कर्महरूको लोप गरिदियो । यो त सर्धैं अपवित्र
रहन्छ । घमण्डि छ र धर्मका मर्यादालाई पनि तोडिरहेको छ ।।१३।।
प्रेतावासेषु घोरेषु प्रेतैर्भूतगणैर्वृतः ।
अटुत्युन्मत्तवन्नग्नो नग्नो व्युप्तकेशो हसन्
रुदन् ॥ १४ ॥
यो त प्रेतहरूको वासस्थानमा उनै प्रेतहरूसंग
घुम्दछ । विग्रिएको कपाल लामा तिखा नङ्ग, भएको दिगम्बर नाङ्गो भएर
बौलाह जस्तो कहिले हाँसने कहिले रुने गर्दछ ।।१४।।
चिताभस्मकृतस्नानः प्रेतस्रङ् अस्थिभूषणः ।
शिवापदेशो ह्यशिवो मत्तो मत्तजनप्रियः ।
पतिः प्रमथनाथानां तमोमात्रात्मकात्मनाम् ॥ १५ ॥
यो त पुरै शरीरमा चिताको अपवित्र खरानि घसेर
हिड्दछ त्यसैगरि भूतहरूले लगाउने नरमुण्ड माला लगाएर बस्दछ । यो त खालि नाम
मात्रको शिव हो तर ब्यवहारमा अशिव (अमङ्गल) रुप हो । यो आफैमा मतवाला भएकोले
मतवाला नै यसलाई प्यारो लाग्दछ । यो त भूतप्रेत प्रमथ आदि तमोगुणि स्वभाव भएकाहरूको नेता हो ॥ १५ ॥
तस्मा उन्मादनाथाय नष्टशौचाय दुर्हृदे ।
दत्ता बत मया साध्वी चोदिते परमेष्ठिना ॥ १६ ॥
मैल ब्रम्हाजीको कुरामा लागेर यस्तो भूतको सरदार, आचारहीन
र दुष्ट स्वभाव भएको यस्तासंग मेरी छोरीको बिबाह गरदिए ।।१६।।
मैत्रेय उवाच–
विनिन्द्यैवं स गिरिशं अप्रतीपमवस्थितम् ।
दक्षोऽथाप उपस्पृश्य क्रुद्धः शप्तुं प्रचक्रमे ॥
१७ ॥
मैत्रेयजी भन्दछन–
विदुरजी ! यसप्रकार दक्षले महादेवजीलाई धेरै
राम्रो नराम्रो कुरा भने तापनि महादेवजीले कुनै प्रतिकार गर्नुभएन । वहाँ पहिलेझैं
निश्चल भावले नै बसिरहनु भयो । जसले गर्दा दक्षको ऋष अझ बढ्यो । उनी त हातमा
अञ्जुली लिएर श्राप दिन तयार भए ।।१७।।
अयं तु देवयजन इन्द्रोपेन्द्रादिभिर्भवः ।
सह भागं न लभतां देवैर्देवगणाधमः ॥ १८ ॥
अनि दक्षले भन्नलागे कि यो महादेवहरूमा अधम हो ।
अब यसलाई इन्द्र उपेन्द्र आदि देवताहरूको साथमा यज्ञको भाग
नमिलोस ।।१८।।
(इंद्रवज्रा)
निषिध्यमानः स सदस्यमुख्यैः
दक्षो गिरित्राय विसृज्य शापम् ।
तस्माद् विनिष्क्रम्य विवृद्धमन्युः
जगाम कौरव्य निजं निकेतनम् ॥ १९ ॥
त्यहाँ भएका सभाषदहरूले यसकुरालाई रोक्न खोजे । तर
उने कसैको कुरा सुनेनन् । यसरी महादेवलाई यस्तो श्राप दिएर उनी आफ्नो आश्रममा लागे
।।२०।।
विज्ञाय शापं गिरिशानुगाग्रणीः
नन्दीश्वरो रोषकषायदूषितः ।
दक्षाय शापं विससर्ज दारुणं
ये चान्वमोदन् तदवाच्यतां द्विजाः ॥ २० ॥
दक्षले यसरी श्राप दिएको कुरा सुनेर शंकरजीका
अनुन्यायी नन्दिश्वर रिसाउर्दै उठे । अनि त्यस दक्ष र उनका अनुन्यायीहरू जसले
दक्षको यस्तो दुर्वचनको समर्थन गरेका थिए उनीहरूलाई ठुलो श्राप दिए ।।२०।।
(अनुष्टुप्)
य एतन्मर्त्यमुद्दिश्य भगवत्यप्रतिद्रुहि ।
द्रुह्यत्यज्ञः पृथग्दृष्टिः तत्त्वतो विमुखो
भवेत् ॥ २१ ॥
उनीहरूले भनेकी जो यस्तो मरणशील शरीरमा घमण्ड गरेर
कसैसित द्रोह नगर्ने यस्ता भगवान् शंकर संग द्वेष गर्दछ, त्यस्तो
भेद बुध्दि भएको दक्षको मुख तत्वज्ञानबाट विमुख होओस ।।२१ ।।
गृहेषु कूटधर्मेषु सक्तो ग्राम्यसुखेच्छया ।
कर्मतन्त्रं वितनुते वेदवादविपन्नधीः ॥ २२ ॥
यो गृहाश्रममा नै आशक्त भएर चतुर्मास्य यज्ञ
गराउनेलाई अक्षय पुण्य मिल्दछ । यस्तो अर्थवादक वेदबाट मोहित तथा विवेक भ्रष्ट भएर
विषय सुखको इच्छाले कपट धर्ममय गृहास्थाश्रममा आशक्त भएर कर्मकाण्डमा नै लागिरहन्छ
।।२२।।
बुद्ध्या पराभिध्यायिन्या विस्मृतात्मगतिः पशुः ।
स्त्रीकामः सोऽस्त्वतितरां दक्षो बस्तमुखोऽचिरात्
॥ २३ ॥
यस्तो बुध्दि देहादिमा आत्मभावको चिन्तन गर्ने हो
। यसलृ आत्माको गति थाहा नपाएका कारण देहलाई आत्मा मान्दछ, यो
त साक्षात पशु समान हो । त्यसकारण यो स्त्री लंपट होस चाडै नै यसको मुख बाख्राको
जस्तो होस ।।२३
विद्याबुद्धिः अविद्यायां कर्ममय्यामसौ जडः ।
संसरन्त्विह ये चामुमनु शर्वावमानिनम् ॥ २४ ॥
यो मुर्ख ता कर्ममयी अविद्यालाई नै विद्या भनि
मान्दछ त्यसैले यो र अरु जससले भगवान् शंकरलाई अपमान गरेर यसको पछि लाग्दछन् ती
सबै जन्ममरण चक्रमा परिरहुन ।।२४।।
गिरः श्रुतायाः पुष्पिण्या मधुगन्धेन भूरिणा ।
मथ्ना चोन्मथितात्मानः सम्मुह्यन्तु हरद्विषः ॥ २५
॥
वेदवाणीरुप–लता फल श्रुतिरुपी पृुष्पले
सुशोभित छ त्यस्तो कर्मफलरुप मनमोहन गन्धले यिनीहरूको चित्त छुव्द भएको छ ।
त्यसैले यिनीहरू शंकरद्रोही कर्ममा फसेकाछन ।।२५।।
सर्वभक्षा द्विजा वृत्त्यै धृतविद्यातपोव्रताः ।
वित्तदेहेन्द्रियारामा याचका विचरन्त्विह ॥ २६ ॥
यी ब्राम्हणहरू भक्षाभक्षको विचार नगरिकन केवल पेट
पाल्नाका लागिनै विद्या, तप र ब्रतको आश्रय लिन्छन र धन, शरीर र इन्द्रिय सुखलाई नै
सुख मानेर उनैको गुलाम गरेर दुनियामा भट्किी रहन्छन ।।२६ ।।
तस्यैवं वदतः शापं श्रुत्वा द्विजकुलाय वै ।
भृगुः
प्रत्यसृजच्छापं ब्रह्मदण्डं दुरत्ययम् ॥ २७ ॥
ब्राम्हण कूलका लागि नन्दिश्वरको मुखबाट यस्तो
श्राप वचन सुनेर त्यसको बदाला दिदै भृगु ऋषिले दुस्तर श्रापरुप ब्रम्हदण्ड दिए ॥ २७ ॥
भवव्रतधरा ये च ये च तान् समनुव्रताः ।
पाषण्डिनस्ते भवन्तु सच्छास्त्रपरिपन्थिनः ॥ २८ ॥
जो ब्यक्ति शिवभक्ति छन् तथा जो उनको भक्तको
अनुन्यायी छन् ती सास्त्रको विरुध्द आचरण गर्ने पाखण्डि हुन ।।२८।।
नष्टशौचा मूढधियो जटाभस्मास्थिधारिणः ।
विशन्तु शिवदीक्षायां यत्र दैवं सुरासवम् ॥ २९ ॥
जो शौचाचार विहिन, बुध्दिहीन तथा हाड
धारण गर्ने तिनिहरू नै शिव संप्रदायको दिक्षित होहुन । जसमा सुरा र आसव नै देवता
समान आदरणीय होओस ।।२९।।
ब्रह्म च ब्राह्मणांश्चैव यद्यूयं परिनिन्दथ ।
सेतुं विधारणं पुंसां अतः पाषण्डमाश्रिताः ॥ ३० ॥
तिमीहरू धर्मका संस्थापक तथा वर्णाश्रमको रक्षक
वेद ब्राम्हणको निन्दा गर्दछौ त्यसैले यो थाहा हुन्छ कि तिमीहरूले पाखण्डको आश्रय
लिइरहेका छौं ।।३०।।
एष एव हि लोकानां शिवः पन्थाः सनातनः ।
यं पूर्वे चानुसन्तस्थुः यत्प्रमाणं जनार्दनः ॥ ३१
॥
वेद मार्ग नै मानिसका लागि कल्याणकारी र सनातन
मार्ग हो । पुर्खाहरू यसै अनुसार चल्दै आएका हुन र यस्को मूल ता परम साक्षाद
विष्णु भगवान् हुनुहुन्छ ।।३१।।
तद्ब्रह्म परमं शुद्धं सतां वर्त्म सनातनम् ।
विगर्ह्य यात पाषण्डं दैवं वो यत्र भूतराट् ॥ ३२ ॥
तिमिहरू सत्पुरुषको परम पवित्र र सनातन स्वरुप परम
पवित्र र सनातन मार्ग स्वरुप वेदको निन्दा गर्दछौ त्यसैले तिमीहरू त्यहि पाखण्डि
बाटो जाओ जहाँ भूतका सरदार तिमीहरूका इष्टदेवता निवास गर्दछन् ।।३२।।
मैत्रेय उवाच–
तस्यैवं वदतः शापं भृगोः स भगवान्भवः ।
निश्चक्राम ततः किञ्चित् विमना इव सानुगः ॥ ३३ ॥
मैत्रेयजी भन्दछन्–
विदुरजी ! भृगु ऋषिले यसरी श्राप दिएकोले भगवान
शंकर खिन्न हुदै आफ्ना अनुन्यायीहरू सित त्यहाँबाट हिड्नुभयो ॥ ३३ ॥
तेऽपि विश्वसृजः सत्रं सहस्रपरिवत्सरान् ।
संविधाय महेष्वास यत्रेज्य ऋषभो हरिः ॥ ३४ ॥
आप्लुत्यावभृथं यत्र गङ्गा यमुनयान्विता ।
विरजेनात्मना सर्वे स्वं स्वं धाम ययुस्ततः ॥ ३५ ॥
त्यहाँ प्रजापतिहरूले जुन यज्ञ गरेका थिए त्यस
यज्ञमा श्री हरि नै कै उपास्य हुनुहुथ्यो । वर्षमा समाप्त हुने यो यज्ञको समाप्ति गरेर उनीहरूले गंगामा स्नान गरेर प्रसन्न हुँदै
आफ्ना आफ्ना आश्रमतिर लागे ।।३४।३५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां
चतुर्थस्कन्धे दक्षशापो नाम द्वितीयोऽध्यायः ॥ २ ॥