#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – एकोनविंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – एकोनविंशोऽध्यायः



श्रीशुक उवाच –
किम्पुरुषे वर्षे भगवन्तमादिपुरुषं लक्ष्मणाग्रजं सीताभिरामं रामं तच्चरणसंनिकर्षाभिरतः परमभागवतो हनुमान् सह किम्पुरुषैरविरत भक्तिरुपास्ते ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
राजन् ! किम्पुरुषवर्षमा श्री लक्ष्मणजीको दाजु आदिपुरुष, सीतापति श्रीरामको चरणका नजिकमा रहने  रसिक परम भागवत  हनुमानजी अरु किन्नरहरूका साथ अनन्य भक्तिभावले वहाँको उपासना गर्दछन ।।१।।

आर्ष्टिषेणेन सह गन्धर्वैरनुगीयमानां परमकल्याणीं भर्तृभगवत्कथां समुपशृणोति स्वयं चेदं गायति ॥ २ ॥ 

वहाँ अन्य गन्धर्व सहित आष्र्टिषेण उनका स्वामी भगवान् श्री रामको परम कल्याणमयी गुण गाएर रहन्छन । हनुमानजी त्यसलाई सुन्दछन र आफु यस्तो मन्त्रको जप गरेर यसप्रकार स्तुति गर्दछन ।।२।। 

ॐ नमो भगवते उत्तमश्लोकाय नम आर्यलक्षणशीलव्रताय नम उपशिक्षितात्मन उपासितलोकाय नमः साधुवादनिकषणाय नमो ब्रह्मण्यदेवाय महापुरुषाय महाराजाय नम इति ॥ ३ ॥ 

ओङ्कारस्वरूप पवित्रकीर्ति भगवान् श्रीरामलाई हामी नमस्कार गर्दछौं, तपाईमा सत्पुरुषको लक्षण, शील स्वभाव र आचरण विद्यमान छ । तपाईको चित्त लोक मर्यादापालकका लागि संयत रहन्छ ।  साधुताको परीक्षका लागि कसौटिका समान अत्यन्त ब्राम्हणभक्त हुनुहुन्छ । यस्ता महापुरुष रामलाई हाम्रो बारम्बार नमस्कार छ ।।३।।

यत्तद्विशुद्धानुभवमात्रमेकं 
         स्वतेजसा ध्वस्तगुणव्यवस्थम् । 
प्रत्यक् प्रशान्तं सुधियोपलम्भनं 
         ह्यनामरूपं निरहं प्रपद्ये ॥ ४ ॥ 

भगवन् ! तपाइै विशुद्ध वोधस्वरुप, अद्वितीय, आफ्नो स्वरुपको प्रकाशले गुणको कार्यरूप जाग्रदादि सम्पूर्ण अवस्थाहरूको निरास गर्ने , सर्वान्तरात्मा परम शान्त सुद्ध बुद्धिले ग्रहण गर्न योग्य नामरुपले रहित र अहङ्गकार शून्य हुनुहुन्छ, म तपाईको शरणमा छु ।।४।।

मर्त्यावतारस्त्विह मर्त्यशिक्षणं 
         रक्षोवधायैव न केवलं विभोः । 
कुतोऽन्यथा स्याद्रमतः स्व आत्मनः 
         सीताकृतानि व्यसनानीश्वरस्य ॥ ५ ॥ 

प्रभो ! तपाईको मनुष्यावतार केवल राक्षहरूको वधको लागि मात्र होइन यसको मुख्य उद्देश्य त मानिसलाई शिक्षा दिन नै हो । नत्र भने तपाईको स्वरुपमा नै रमण गर्ने साक्षात् जगतात्मा जगदीश्वरलाई सीताजीको वियोगमा यस्तो दुःख कसरी हुनु सक्छ ।।५।।् 

न वै स आत्माऽऽत्मवतां सुहृत्तमः 
         सक्तस्त्रिलोक्यां भगवान् वासुदेवः । 
न स्त्रीकृतं कश्मलमश्नुवीत 
         न लक्ष्मणं चापि विहातुमर्हति ॥ ६ ॥ 

तपाई धीर ज्ञानीहरूको आत्मा र प्रियतम भगवान् वासुदेव हुनुहुन्छ, तिनैलोकका कुनै पनि वस्तुमा तपाईको आशक्ति छैन । तपाई नता सीताजीका लागि मोह नै हुनुहुन्छ र न लक्ष्मणलाई त्याग नै गर्न सक्नुहुन्छ । ।।६।।

न जन्म नूनं महतो न सौभगं 
         नवाङ् न बुद्धिर्नाकृतिस्तोषहेतुः । 
तैर्यद्विसृष्टानपि नो वनौकस
         श्चकार सख्ये बत लक्ष्मणाग्रजः ॥ ७ ॥ 

यो त केवल लोकलागि शिक्षा दिनका लागि नै हो । उत्तम कुलको जन्म, सुन्दरता, वाक्चतुरता, बुद्धि र श्रेष्ठ योनि यसमा कुनै पनि गुण तपाईको प्रसन्नताको लागि हुन सक्तैन, यो कुरा देखाउनका लागि लक्ष्मणाग्रजले यि सबै गुणले रहित हामी वनवासी वानरहरूसंग मित्रता गर्नुभयो ।।७।।

सुरोऽसुरो वाप्यथ वानरो नरः 
         सर्वात्मना यः सुकृतज्ञमुत्तमम् । 
भजेत रामं मनुजाकृतिं हरिं 
         य उत्तराननयत्कोसलान्दिवमिति ॥ ८ ॥ 

देवता, असुर, वानर, अथवा मनुष्य जो कोहि हुन उनीहरू सबैले श्रीरामरूप तपाईको नै भजन गर्नुपर्दछ । किनकि तपाई मानिसरुपमा साक्षात् श्रीहरि नै हुनुहुन्छ त्यसैले आफ्नो अलिकति भजन गर्नेलाई तपाई यस्तो यथेष्ठ सम्झनुहुन्छ यहाँसम्म कि तपाई स्वयं वैकुण्ठमा जानुहुँदा सबै अयोध्यावासीहरूलाई पनि संगै लिएर जानुभयो ।।८।।

भारतेऽपि वर्षे भगवान्नरनारायणाख्य आकल्पान्तमुपचितधर्मज्ञानवैराग्यैश्वर्योपशमो परमात्मोपलम्भनमनुग्रहायात्मवतामनुकम्पया तपोऽव्यक्तगतिश्चरति ॥ ९ ॥ 

भारतवर्षमा पनि भगवान्  नर–नारायणरूप धारण गरेर भक्त एवं ज्ञानीहरूमा  अनुग्रह गर्नका लागि अव्यक्तरुपले कल्पको अन्तसम्म तप गरिरहनु हुन्छ । किनकि यो तपस्या यस्तो होकि जसबाट जसबाट धर्म, ज्ञान, वैराग्य, ऐश्वर्य, शान्तिको उत्तरोत्तर वृद्धि भएर अन्तमा आत्मस्वरुपको प्राप्ति हुन सक्छ ।।९।।

तं भगवान्नारदो वर्णाश्रमवतीभिर्भारतीभिः प्रजाभिर्भगवत्प्रोक्ताभ्यां सांख्ययोगाभ्यां भगवदनुभावोपवर्णनं सावर्णेरुपदेक्ष्यमाणः परमभक्तिभावेनोपसरति इदं चाभिगृणाति ॥ १० ॥ 

त्यहाँ देवर्षि नारदजी स्वयं श्री भगवान्ले नै भन्नुभएको सांख्य र योगशास्त्र सहित भगवन्महिमाको प्रकट गराउने पाञ्चरात्रदर्शनको सावर्णि मनुलाई उपदेश गर्नका लागि भारतवर्षका वर्ण र आश्रमका प्रजाहरूको साथ अत्यन्त भक्तिभावले भगवान् श्री नर–नारायणको उपासना गरेर यस मन्त्रको जप तथा श्रोत्रले वहाँको स्तुति गर्दछन ।।१०।।

ॐ नमो भगवते उपशमशीलायोपरता( नात्म्याय नमोऽकिञ्चनवित्ताय ऋषिऋषभाय नरनारायणाय परमहंसपरमगुरवे आत्मारामाधिपतये नमो नम इति ॥ ११ ॥ 

ओङ्कारस्वरूप अहङ्गकारले रहित निर्धनहरूको धन शान्त स्वभाव भएका  ऋषिश्रेष्ठ भगवान् नर नारायणलाई नमस्कार छ र वहाँ परमहंसका गुरु र आत्मारामका स्वामी हुनहुन्छ वहाँलाई बारम्बार नमस्कार छ ।।११।।                                               

गायति चेदम् – 
कर्तास्य सर्गादिषु यो न बध्यते 
         न हन्यते देहगतोऽपि दैहिकैः । 
द्रष्टुर्न दृग्यस्य गुणैर्विदूष्यते 
         तस्मै नमोऽसक्तविविक्तसाक्षिणे ॥ १२ ॥ 

यस मन्त्रले यसरी स्तुति गर्छन, जो जगतको उत्पत्ति आदिमा कर्ता भएर पनि कर्तृत्वको अभिमान गर्दैनन् । शरीर हुँदा पनि शरीरको धर्म भोक प्यास आदिको वशमा हुँदैनन् तथा द्रष्टा हुँदा पनि जसको दृष्टि दृष्यको दोशले दुषित हुदैन, वहाँ असंग एवं विशुद्ध शाक्षिस्वरूप भगावन् नर नारायलाई नमस्कार छ ।।१२।।

इदं हि योगेश्वर योगनैपुणं 
         हिरण्यगर्भो भगवाञ्जगाद यत् । 
यदन्तकाले त्वयि निर्गुणे मनो 
         भक्त्या दधीतोज्झितदुष्कलेवरः ॥ १३ ॥ 

हे योगेश्वर ! हिरण्यगर्भ भगवान् ब्रम्हाजीले योगसाधनका बारे बताउनु भएको छ कि मानिसले अन्त्यकालमा देहाभिमानलाई छोडेर भक्तिपूर्वक तपाईको प्राकृत गुणरहित स्वरुपमा आफ्नो मन लगाउनु नै योग साधनको ठुलो कुशलता हो ।।१३।।

यथैहिकामुष्मिककामलम्पटः 
         सुतेषु दारेषु धनेषु चिन्तयन् । 
शङ्केत विद्वान् कुकलेवरात्ययाद् 
         यस्तस्य यत्नः श्रम एव केवलम् ॥ १४ ॥ 

लोक र परलोक भोगको आश गर्ने मुर्ख पुरुष जसरी छोरा, स्त्री र धनको चिन्ता गरेर मृत्युसंग डराउँदछ । त्यसरी नै यदि विद्वानलाई पनि यस निन्दनीय शरीरबाट छुट्ने डर भइरह्यो भने उसले ज्ञान प्राप्तिका लागि गरेको साह्रा प्रयत्न केवल श्रम नै हुन्छ ।।१४।।

तन्नः प्रभो त्वं कुकलेवरार्पितां 
         तन्माययाहममतामधोक्षज । 
भिन्द्याम येनाशु वयं सुदुर्भिदां 
         विधेहि योगं त्वयि नः स्वभावमिति ॥ १५ ॥ 

हे अधोक्षज ! त्यसैले तपाई हामीलाई आफ्नो स्वभाविक प्रेमरूपा भक्तियोगको शिक्षा प्रदान गर्नुहोस, जसले गर्दा यस निन्दनीय शरीरमा तपाईको मायाको कारण स्थापित भएको दुर्भेद्य म र मेरो भन्ने अहमतालाई हामी तुरुन्तै छोड्न सकौं ।।१५।।

भारतेऽप्यस्मिन् वर्षे सरिच्छैलाः सन्ति बहवो मलयो मङ्गलप्रस्थो मैनाकस्त्रिकूट ऋषभः कूटकः कोल्लकः सह्यो देवगिरिर्ऋष्यमूकः श्रीशैलो वेङ्कटो महेन्द्रो वारिधारो विन्ध्यः शुक्तिमानृक्षगिरिः पारियात्रो द्रोणश्चित्रकूटो गोवर्धनो रैवतकः ककुभो नीलो गोकामुख इन्द्रकीलः कामगिरिरिति चान्ये च शतसहस्रशः शैलास्तेषां नितम्बप्रभवा नदा 
नद्यश्च सन्त्यसङ्ख्याताः ॥ १६ ॥ 

राजन् ! यस भारतवर्षमा पनि धेरै पर्वत र नदीहरू छन । जस्तो मलय, मङ्गलप्रस्थ, मैनाक, त्रिकुट, ऋषभ, कृकट, कोल्लक, सह्य, देवगिरि, ऋष्यमूक, श्रीशैल, वेङ्ककट, महेन्द्र वारिधार, विन्ध्य, शुक्तिमान, ऋक्षगिरि, पारियात्र, द्रोण, चित्रकूट, गोवर्धन, रैवतक, ककुभ, नील, गोकामुख, इन्द्रकील र कामगिरि एवं अरुपनि  सैकडौं हजारौं पर्वतहरू छन । त्यस पर्वतकको तट प्रान्तबाट निस्केका नद र नदीहरू पनि धेरै छन ।।१६।।

एतासामपो भारत्यः प्रजा नामभिरेव पुनन्तीनामात्मना चोपस्पृशन्ति ॥ १७ ॥ 

यी नदीहरू आफ्नो नाम लिनाले नै जीवलाई पवित्र गरिदिन्छन । र भारतवर्षका प्रजाहरू यस नदीमा स्नान गर्दछन ।।१७।।

चन्द्रवसा ताम्रपर्णी अवटोदा कृतमाला वैहायसी कावेरी वेणी पयस्विनी शर्करावर्ता तुङ्गभद्रा कृष्णा वेण्या भीमरथी गोदावरी निर्विन्ध्या पयोष्णी तापी रेवा सुरसा नर्मदा चर्मण्वती सिन्धुरन्धः शोणश्च नदौ महानदी वेदस्मृतिर्ऋषिकुल्या त्रिसामा कौशिकी मन्दाकिनी यमुना सरस्वती दृषद्वती गोमती सरयू रोधस्वती सप्तवती सुषोमा शतद्रु श्चन्द्रभागा मरुद्वृधा वितस्ता असिक्नी विश्वेति महानद्यः ॥ १८ ॥ 

त्यसमा मुख्य मुख्य नदीहरू यी हुन चन्द्रवासा, ताम्रपर्णी, अवटोदा, कृतमाला, वैहायसी, कावेरी, वेणी, पयस्विनी, शर्करावर्ता, तुङ्गभद्रा, कृष्ण, वेण्या, भीमरथी, गोदावरी, निर्विन्ध्या, पयोष्णी, तापी, रेवा, सुरसा, नर्मदा, चर्मण्वति, सिन्धु, अन्ध र शोण नामका नद, महानदी, वेदस्मृति,ऋषिकुल्या, त्रिसामा, कौशिकी, मन्दाकिनी यमुना सरस्वती, दृषद्वती, गोमती, सरयू, रोधस्वती, सप्तवती, सुषोमा, सतदुग्रू, चन्द्रभागा, मरुद्वृधा, वितस्ता, असिक्नी र विश्वा ।।१८।।

अस्मिन्नेव वर्षे पुरुषैर्द्ध्वधजन्मभिः शुक्ल लोहितकृष्णवर्णेन स्वारब्धेन कर्मणा दिव्य मानुषनारकगतयो बह्व्य आत्मन आनुपूर्व्येण सर्वा ह्येव सर्वेषां विधीयन्ते यथावर्णविधानमपवर्गश्चापि भवति ॥ १९ ॥ 

यस भारतवर्षमा जन्म लिने पुरुषले आफुले गरेका सात्विक राजस र तमस कर्मका अनुसार क्रमशः नाना प्रकारको दिव्य मानुष नारकीय योनि प्राप्त हुन्छ । यस वर्षमा आफ्नु आफ्नु वर्णका लागि नियत गरिएको धर्मको विधिवत पालना गर्नाले मोक्ष सम्मको प्राप्ति हुन सक्छ ।।१९।।

यो ऽसौ भगवति सर्व भूतात्मन्यनात्म्येऽनिरुक्त्येनिलयने परमात्मनि वासुदेवेऽनन्यनिमित्त भक्तियोगलक्षणो नानागतिनिमित्ताविद्याग्रन्थि रन्धनद्वारेण यदा हि महापुरुषपुरुषप्रसङ्गः ॥ २० ॥ 

परीक्षित ! सम्पूर्ण प्राणीका आत्मरागादि द्वेषले रहित, अनिवर्चनीय निराधार परमात्मा भगवान् वासुदेवमा अनन्य एवं अहैतुक भक्तिभाव नै मोक्षपद हो । यी भक्तहरूको संगत सबै प्रकारको अविद्यारूप हृदय ग्रन्थि कटिनाले भगवान्का प्रेमी भक्तको संगत मिल्दछ ।।२०।।

एतदेव हि देवा गायन्ति –
अहो अमीषां किमकारि शोभनं 
             प्रसन्न एषां स्विदुत स्वयं हरिः । 
यैर्जन्म लब्धं नृषु भारताजिरे 
             मुकुन्दसेवौपयिकं स्पृहा हि नः ॥ २१ ॥ 

देवताहरू पनि भारतवर्षमा जन्मेका मानिसको यस प्रकारको महिमा गाउँदछन । अहो ! जुन जीवले भारतवर्षमा भगवान्को सेवा गर्न योग्य मनुष्य जन्म प्राप्त गरेका छन तीनीहरूले यस्तो के पुण्य गरे होलान ? अथवा उनीहरूमा स्वयं भगवान नै प्रसन्न हुनु भयो ? यो परम सौभाग्यका लागि हामी निरन्तर भगवान्मा आशा गर्दछौं ।।२१।।

किं दुष्करैर्नः क्रतुभिस्तपोव्रतै( 
             र्दानादिभिर्वा द्युजयेन फल्गुना । 
न यत्र नारायणपादपङ्कज( 
             स्मृतिः प्रमुष्टातिशयेन्द्रियोत्सवात् ॥ २२ ॥ 

हामी धेरै कठोर यज्ञ, तप, व्रत, र दानादि गरेर जुन यो तुच्छ स्वर्गको अधिकार प्राप्त भएको छ यसबाट के लाभ छ र ? यहाँ त अधिक इन्द्रिय भोगका कारण स्मरण शक्ति नै नाश हुन्छ त्यसैले हामीमा कहिल्यै श्री नारायणको चरणकमलको सम्झना हुदैन ।।२२।।

कल्पायुषां स्थानजयात्युनर्भवात् 
             क्षणायुषां भारतभूजयो वरम् । 
क्षणेन मर्त्येन कृतं मनस्विनः 
             संन्यस्य संयान्त्यभयं पदं हरेः ॥ २३ ॥ 

यो स्वर्ग त के हो र यहाँका निवासीहरूको एक कल्पको आयु हुन्छ तर यहाँबाट फेरि संसारचक्रमा फर्कनु पर्दछ । यस्तो ब्रम्हलोकादि भन्दा त भारत मूमिमा थोरै आयु भएर जन्म लिनु राम्रो हो किनकि भारतवर्षमा धीरपुरुषले एक क्षणमा नै मत्र्यशरीरबाट गरेका सम्पूर्ण कर्म श्रीभगवान्को चरणमा अर्पण गरेर अभय पद प्राप्त गर्न सक्छन ।।२३।।

न यत्र वैकुण्ठकथासुधापगा 
             न साधवो भागवतास्तदाश्रयाः । 
न यत्र यज्ञेशमखा महोत्सवाः 
             सुरेशलोकोऽपि न वै स सेव्यताम् ॥ २४ ॥ 

जहाँ भगवत्कथाको अमृतमयी सरिता वग्दैन जहाँ भगवद्भक्त साधुजन निवास गर्दैनन र जहाँ नृत्य र भजनकासाथ ठुला समारोहले भगववान् यज्ञपुरुषको पुजा अर्चना हुदैन त्यो चाहे ब्रह्मलोक नै किन नहोस त्यो रहनाका लागि योग्य हुदैन ।।२४।।

प्राप्ता नृजातिं त्विह ये च जन्तवो 
             ज्ञानक्रियाद्रव्यकलापसम्भृताम् । 
न वै यतेरन्नपुनर्भवाय ते 
             भूयो वनौका इव यान्ति बन्धनम् ॥ २५ ॥ 

जुन जीवले यस भारतवर्षमा ज्ञान, विवेक र त्यस अनुसारको कर्मको उपयोगी द्रव्यादि सामग्रीले सम्पन्न भएको मनुष्य जन्म भएर पनि त्यो यदि आवागमनको चक्रबाट निक्लने प्रयत्न गर्दैन भने ब्याधाको फन्दाबाट छुटेर पनि फलादिको लोभले त्यहि वृक्षमा विहार गर्ने वनवासी चराहरू जस्तै फेरि बन्धनमा पर्दछन ।।२५।।

यैः श्रद्धया बर्हिषि भागशो हवि 
             र्त्रिरुप्तमिष्टं विधिमन्त्रवस्तुतः । 
एकः पृथङ्नामभिराहुतो मुदा 
             गृह्णाति पूर्णः स्वयमाशिषां प्रभुः ॥ २६ ॥ 

अहो ! यस भारतवासीहरूको कस्तो सौभाग्य छ । जब यि यज्ञमा भिन्नभिन्न देवताहरूको उद्देश्यले बेग्ला बेग्लै भाग गरेर विधि मन्त्र र द्रव्यादिले श्रद्धापूर्वक उनीहरूलाई हवि प्रदान गर्दछन । त्यसबेला इन्द्रादि भिन्न भिन्न नामले आह्वान गर्नाले सम्पूर्ण कामनाहरूको पूर्ण गर्ने भएका स्वयं पूर्णकाम श्रीहरि प्रसन्न भएर त्यस हवि ग्रहण गर्नुहुन्छ ।।२६।।

सत्यं दिशत्यर्थितमर्थितो नृणां 
             नैवार्थदो यत्पुनरर्थिता यतः । 
स्वयं विथत्ते भजतामनिच्छता 
             मिच्छापिधानं निजपादपल्लवम् ॥ २७ ॥ 

भगवान् सकाम पुरुषले मागेपछि उनीहरूलाई अभिष्ट बस्तु दिनुहुन्छ । तर यो भगवानको वास्तविक दान होइन किनकि त्यो वस्तुको पाउँनाले मानिसको मनमा पूर्ण कामना भइरहन्छ । तर जसले निस्काम भावले वहाँको भजन गर्छ भने उसलाई बसै अभिलाष पुर्ण गर्ने साक्षत आफ्नो चरणकमल पनि दिनुहुन्छ ।।२७।।
यद्यन्न नः स्वर्गसुखावशेषितं 
             स्विष्टस्य सूक्तस्य कृतस्यशो भनम् । 
तेनाजनाभे स्मृतिमज्जन्म नः स्याद् 
             वर्षे हरिर्यद्‌भजतां शं तनोति ॥ २८ ॥ 

त्यसैले हाम्रा अहिले सम्मको  स्वर्गसुखको भाग सिद्धिएपछि यदि हाम्रो पूर्वमा गरिएका  यज्ञ, प्रवचन र शुभकर्मले यदि कुनै पुण्य बचेको छ भने त्यसको प्रभावले हामीलाई यो भारतवर्षमा भगवान्को स्मृतिले युक्त मानिस जन्म मिलोस । किनकि श्रीहरि आफ्ना भजन गर्नेहरूलाई सबै प्रकारले कल्याण गर्नुहुन्छ ।।२८।।

श्रीशुक उवाच 
जम्बूद्वीपस्य च राजन्नुपद्वीपानष्टौ हैक उपदिशन्ति सगरात्मजैरश्वान्वेषण इमां महीं परितो निखनद्‌भिरुपकल्पितान् ॥ २९ ॥ 

शुकदेवजी भन्नुहुन्छ । राजन् राजा सगरका छोराहरूले आफ्नो यज्ञको घोडालाई खोज्दा यस पृथ्वीको चरैतिर डुले जसले गर्दा जम्बुदुवीप अन्तर्गत नै अरु आठ उपद्वीप बने  भन्ने कसैको भनाई छ ।।२९।।

तद्यथा स्वर्णप्रस्थश्चन्द्रशुक्ल आवर्तनो रमणको मन्दरहरिणः पाञ्चजन्यः सिंहलो लङ्केति ॥ ३० ॥ 

ती स्वर्णप्रस्थ, चन्द्रशुक्ल, अवर्तन, रमणक, मन्दरहरिण, पाञ्चजन्य, सिंहल, र लंका हुन ।।३०।।

एवं तव भारतोत्तम जम्बूद्वीपवर्षविभागो यथोपदेशमुपवर्णित इति ॥ ३१ ॥ 

भरतश्रेष्ठ ! यसप्रकार जसरी मैले गुरुको मखबाट सुनेको थिए, त्यसरी नै यो जबमुद्वीपको वर्षको विभाग बारे सुनाऐं ।।३१।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे जम्बूद्वीपवर्णनं नामैकोनविंशोऽध्यायः ॥ १९ ॥