#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - चतुर्दशोऽध्यायः

श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - चतुर्दशोऽध्यायः


श्रीराजोवाच - 
(अनुष्टुप्) 
मन्वन्तरेषु भगवन् यथा मन्वादयस्त्विमे । 
यस्मिन्कर्मणि ये येन नियुक्ताः तद् वदस्व मे ॥ १ ॥ 

राजा परीक्षितले सोधे–
भगवन् ! तपाईले बताउनु भएको  मनुकाहरु, सप्तर्षि, र देवगणहरुलाई उनीहरुको मन्वन्तरको पालामा उनीहरुलाई कसले नियुक्ति गर्दछन र  कुन कुन काम कसरी गर्दछन यो तपाई कृपा गरेर मलाई बताउनु होस ।।१।।

श्रीऋषिरुवाच - 
मनवो मनुपुत्राश्च मुनयश्च महीपते । 
इन्द्राः सुरगणाश्चैव सर्वे पुरुषशासनाः ॥ २ ॥ 

श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! मनु, मनुपुत्र, सप्तर्षि र देवता सबैलाई नियुक्ति गर्ने स्वयं भगवान् नै हो ।।२।।

यज्ञादयो याः कथिताः पौरुष्यस्तनवो नृप । 
मन्वादयो जगद् यात्रां नयन्त्याभिः प्रचोदिताः ॥ ३ ॥ 

राजन ! मैल जुन यज्ञपुरुष अवतारको बारेमा बताएं तिनै यज्ञपुरुष प्रेरणाले मनु आदिले विश्व व्यवस्थाको सञ्चालन गर्दछन ।।३।।

चतुर्युगान्ते कालेन ग्रस्तान् श्रुतिगणान्यथा । 
तपसा ऋषयोऽपश्यन् यतो धर्मः सनातनः ॥ ४ ॥ 

चतुर्युगको अन्तमा समयको हेरफेरले श्रुतिहरु प्राय नष्ट हुन्छन् । त्यतिबेला सप्तर्षिगणले आफ्नो तपस्याले पुनः प्रकट गर्दछन । उनै श्रुतिहरुले नै सनातन धर्मको रक्षा भई आएको छ ।।४।।

ततो धर्मं चतुष्पादं मनवो हरिणोदिताः । 
युक्ताः सञ्चारयन्ति अद्धा स्वे स्वे काले महीं नृप ॥ ५ ॥ 

राजन ! भगवान्को प्रेरणाले सबै सबै मनुहरुले साबधानी आ–आफ्नो अधिनमा रहेर भएर पृथ्वीमा धर्मको आचरण गराउँदछन ।।५।।

पालयन्ति प्रजापाला यावदन्तं विभागशः । 
यज्ञभागभुजो देवा ये च तत्र अन्विताश्च तैः ॥ ६ ॥ 

मनुका छोराहरुले आफ्नो मन्वन्तर भर काल र देश दुवैको विभाग गरेर प्रजा पालन तथा धर्म रक्षाको कार्य गर्दछन । महायज्ञ आदि कर्ममा जुन ऋषि, पितृ, भूत र मनुष्य आदि जसको सम्बन्ध हुन्छ, उनैको साथमा देवताहरु त्यस मन्नन्तरमा यज्ञको भाग स्वीकार गर्दछन ।।६।।

इन्द्रो भगवता दत्तां त्रैलोक्यश्रियमूर्जिताम् । 
भुञ्जानः पाति लोकान् त्रीन् कामं लोके प्रवर्षति ॥ ७ ॥ 

भगवान्ले दिएको अतुल सम्पत्तिको  उपभोग गरेर इन्द्र प्रजाहरुको पालना गर्दछन । पृथ्वीमा यथेष्ट वर्षा पनि उनीहरु नै गराउदछन ।।७।।

ज्ञानं चानुयुगं ब्रूते हरिः सिद्धस्वरूपधृक् । 
ऋषिरूपधरः कर्म योगं योगेशरूपधृक् ॥ ८ ॥ 

प्रत्तेक युगमा भगवानले सनक आदि सिद्धको रुप धारण गरेर ज्ञानको, याज्ञवल्क आदि ऋषिको रुप धारण गरेर कर्मको र दतात्रेय आदि योगेश्वरहरुको रुपमा योगको उपदेश दिनुहुन्छ ।।८।।

सर्गं प्रजेशरूपेण दस्यून् हन्यात् स्वराड्वपुः । 
कालरूपेण सर्वेषां अभावाय पृथग्गुणः ॥ ९ ॥ 

वहाँ मरिचि आदि प्रजापतिको रुपमा सृष्टिको विस्तार गर्नुहुन्छ । राजाको रुपमा लुटेराको बध गर्नु हुन्छ र शीत, उष्ण आदि विभिन्न गुणको धारण गरेर कालरुपले सम्पूर्णको संहार गर्नुहुन्छ ।।९।।

स्तूयमानो जनैरेभिः मायया नामरूपया । 
विमोहितात्मभिर्नाना दर्शनैर्न च दृश्यते ॥ १० ॥ 

प्राणीहरु भगवान्को नाम र रुपको मायाले मोहित भएका मानिसहरुले अनेक प्रकारका प्रकारका दर्शनशास्त्रद्वारा वहाँको महिमाको बारेमा गाउदछन तर उनको वास्तविक स्वरुपको बारेमा जान्न सक्तैनन ।।१०।।

एतत्कल्पविकल्पस्य प्रमाणं परिकीर्तितम् । 
यत्र मन्वन्तराण्याहुः चतुर्दश पुराविदः ॥ ११ ॥ 

परीक्षित ! यस प्रकार मैले तिमीलाई महाकल्प र आवन्तरकल्पको परिमाण सुनाएं । पुराणतत्वका विद्वानले प्रत्तेक अवान्तर कल्पमा चौध मन्वन्तर हुन्छन भनि बताएका छन ।।११।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे चतुर्दशोऽध्यायः ॥ १४ ॥