श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - द्वितीयोऽध्यायः
श्रीशुक उवाच –
(अनुष्टुप्)
आसीद् गिरिवरो राजन् त्रिकूट इति विश्रुतः ।
क्षीरोदेनावृतः श्रीमान् योजनायुतमुच्छ्रितः ॥ १ ॥
श्रीशुकदेवजीले भन्नुभयो–
परीक्षित ! क्षीरसागरमा त्रिकुट नाम गरेको प्रसिद्ध सुन्दर तथा श्रेष्ठ पर्वत थियो । जुन दस हजार योजन अग्लो थियो ।।१।।
तावता विस्तृतः पर्यक्त्रिभिः श्रृङ्गैः पयोनिधिम् ।
दिशः खं रोचयन्नास्ते रौप्यायसहिरण्मयैः ॥ २ ॥
त्यसको लंम्बाई चौडाई पनि चारै तिर त्यति नै थियो । जहाँ चाँदि, फलाम र सुनका तीन शिखरको छटाले समुद्र दिशाहरु र आकास जगमगाउथ्यो ।।२।।
अन्यैश्च ककुभः सर्वा रत्नयधातुविचित्रितैः ।
नानाद्रुमलतागुल्मैः निर्घोषैः निर्झराम्भसाम् ॥ ३ ॥
उसका अरुपनि त्यहाँ धेरै शिखरहरु थिए जुन रत्न र धातुका अनेक रंग विरंगका छटाले दसै दिशाहरुलाई प्रकाशित गर्दथे । जसमा विभिन्न किसिमका रुख वृक्ष, लहराहरु र झाडिहरु थिए । झरनाको झर झर आवाजले त्यो गुन्जायमान हुन्थ्यो ।।३।।
स चावनिज्यमानाङ्घ्रिः समन्तात् पयऊर्मिभिः ।
करोति श्यामलां भूमिं हरिन् मरकताश्मभिः ॥ ४ ॥
सबैतिरबाट समुद्रको लहर उठेर त्यसको तलको भाग छचल्कदा, यो थाहा हुन्थ्यो कि त्यस पर्वतकराजको पाउ पखालेको जस्तो भान हुन्थ्यो । त्यस पर्वतको हरियो पहेलो पत्थरले गर्दा त्यहाँको भुमिको छाँया हरियो दुवो जस्तो देखिन्थ्यो ।।४।।
सिद्धचारणगन्धर्व विद्याधरमहोरगैः ।
किन्नरैः अप्सरोभिश्च क्रीडद्भिः जुष्टकन्दरः ॥ ५ ॥
त्यहाँको गुफामा सिद्ध, चारण, गन्धर्व, विद्याधर, नाग किन्नर र अप्सराहरु आएर विहार गर्ने ठाँउ बनेको थियो ।।५।।
यत्र सङ्गीतसन्नादैः नदद्गुमहममर्षया ।
अभिगर्जन्ति हरयः श्लाघिनः परशंकया ॥ ६ ॥
जब त्यसको संगीतको धुनी चट्टानबाट टक्कराएर गुफामा प्रतिनिधित्व हुन लाग्दथ्यो तव ठुला ठुला सिंहहरु अरु कुनै सिंहको ध्वनी सम्झेर त्यसलाई सहन सक्दैन थिए र आफ्नो गर्जनाले त्यसलाई दवाउनका लागि ठुलो आवाजले गर्जन्थे ।।६।।
नानारण्यपशुव्रात संकुलद्रोण्यलंकृतः ।
चित्रद्रुमसुरोद्यान कलकण्ठविहंगमः ॥ ७ ॥
त्यो पर्वत विभिन्न किसिमका जंगली जनावरको भरिएको थियो । अनेक प्रकारका वृक्षहरुले सुशोभित भएको देवताहरुको उद्यानमा सुन्दर पक्षी मधुर कण्ठले आवाज निकाल्दथे ।।७।।
सरित्सरोभिरच्छोदैः पुलिनैः मणिवालुकैः ।
देवस्त्रीमज्जनामोद सौरभाम्ब्वनिलैर्युतः ॥ ८ ॥
त्यसमा धेरै नदीहरु र सरोवरहरु पनि थिए । त्यहाँको पानी धेरै निर्मल थियो । त्यसको समुद्र तटहरु रत्न रबालुवाले ढाकिएको थियो । त्यहाँ आएर देवांगनाहरु स्नान गर्दथे । जसले त्यहाँको जल अत्यन्त सुगन्धित हुन्थ्यो । त्यो सुगन्धले गर्दा वायु पनि मन्न मन्द गतिमा सुगन्धित हुन्थ्यो ।।८।।
तस्य द्रोण्यां भगवतो वरुणस्य महात्मनः ।
उद्यानं ऋतुमन्नाम आक्रीडं सुरयोषिताम् ॥ ९ ॥
पर्वतराज त्रिकुटको गुफामा भगवान बरुणको एउटा बगैंचा थियो । त्यसको नाम ऋतुमान् थियो । जहाँ देवांगनाहरु क्रीडा गर्दथे ।।९।।
सर्वतोऽलंकृतं दिव्यैः नित्यपुष्पफलद्रुमैः ।
मन्दारैः पारिजातैश्च पाटलाशोकचम्पकैः ॥ १० ॥
चूतैः पियालैः पनसैः आम्रैः आम्रातकैरपि ।
क्रमुकैर्नारिकेलैश्च खर्जूरैः बीजपूरकैः ॥ ११ ॥
मधुकैः शालतालैश्च तमालै रसनार्जुनैः ।
अरिष्टोडुम्बरप्लक्षैः वटैः किंशुकचन्दनैः ॥ १२ ॥
पिचुमर्दैः कोविदारैः सरलैः सुरदारुभिः ।
द्राक्षेक्षु रम्भाजम्बुभिः बदर्यक्षाभयामलैः ॥ १३ ॥
बिल्वैः कपित्थैर्जम्बीरैः वृतो भल्लातकादिभिः ।
तस्मिन्सरः सुविपुलं लसत्काञ्चनपंकजम् ॥ १४ ॥
त्यसमा सबैतिर दिव्य वृक्षहरुले गर्दा शोभायमान देखिन्थ्यो, तिनमा दिव्य फूल र फलहरु फल्दथे । त्यस उद्यानमा मन्दार पारिजात, गुलाफ, अशोक, चम्पा, अनेक प्रकारका आप, , कटहर, आमड, सुपारी, नरिवल, खजूर, अनार, महुवा, दाख, ताड, तमाल, उखु, , रीठा, गूलर, पाकर, बरगद, पलास, जामुन बयर, रुद्राक्ष, हर्रो अमला बेल, कैथ, निबूवा र ज्यमिर आदिका रुखहरु हल्लिरहन्थे । त्यस उद्यानमा एउटा ठुलो सरोवर थियो । जसमा सुनको कमल फूल्दथ्यो ।।१०।१४।।
कुमुदोत्पलकह्लार शतपत्रश्रियोर्जितम् ।
मत्तषट्पदनिर्घुष्टं शकुन्तैश्च कलस्वनैः ॥ १५ ॥
हंसकारण्डवाकीर्णं चक्राह्वैः सारसैरपि ।
जलकुक्कुटकोयष्टि दात्यूहकुलकूजितम् ॥ १६ ॥
मत्स्यकच्छपसञ्चार चलत्पद्मरजःपयः ।
कदम्बवेतसनल नीपवञ्जुलकैर्वृतम् ॥ १७
अरु पनि बिभिन्न थरिका कुमुद, कल्हार, शतदल आदि कमलको अनौठो छटाहरु देखिन्थ्यो । मत्तवाला भ्रमराहरु गुंजिरहन्थे । मनोहर पक्षी कलरव गरिरहेका हुन्थे । हाँस, कारण्डव, चक्रवाक, र सारस समुह समुह भएर रहन्थे । जलकुक्कुड कोयष्ठि माछा र कछुवाहरु डुल्नाले कमलको फूल हल्लिन्थ्यो र त्यहाँबाट पराग खसेर जललाई सुन्दर र सुगन्धित बनाउदथ्यो । कदम्ब, बेत, नरकुल, कदम्बलता, वन्जुल आदि वृक्षहरुले घेरिएको थियो ।।१५।१७।।
कुन्दैः कुरुबकाशोकैः शिरीषैः कूटजेङ्गुदैः ।
कुब्जकैः स्वर्णयूथीभिः नागपुन्नाग जातिभिः ॥ १८ ॥
मल्लिकाशतपत्रैश्च माधवीजालकादिभिः ।
शोभितं तीरजैश्चान्यैः नित्यर्तुभिरलं द्रुमैः ॥ १९ ॥
कुन्द, कुराबक, अशोक, शिरीष, कुव्जक सुनौला, जूही, नाग, पुन्नाग, जाती, मल्लिका, शतपत्र, माधवी, र जालक आदि सुन्दर सुन्दर पुष्पवृक्षहरु र किनारका अरु वृक्षहरु पनि प्रत्तेक ऋतुहरुमा हराभरा हुन्थे जसले गर्दा त्यो सरोवर शोभायमान देखिन्थ्यो ।।१८।१९।।
(इंद्रवज्रा)
तत्रैकदा तद्गिरिकाननाश्रयः
करेणुभिर्वारणयूथपश्चरन् ।
सकण्टकं कीचकवेणुवेत्रवद्
विशालगुल्मं प्ररुजन् वनस्पतीन् ॥ २० ॥
त्यो पर्वतको घोर जंगलमा धेरै हात्तिनीहरुको बथानमा एउटा गजराज बस्दथ्यो । त्यो अरु ठुला ठुला हात्तिहरुको सरदार थियो । एकदिन त्यस पर्वतमा आफ्नी हात्तिनीहरुका साथ काँडा भएको कीचक, बाँस, बेतका, ठुलाठुला झाडिहरु तथा बोट विरुवालाई भाँचकुच गर्दै घुमिरहेको थियो ।।२०।।
यद्गटन्धमात्राद्धरयो गजेन्द्रा
व्याघ्रादयो व्यालमृगाः सखड्गाः ।
महोरगाश्चापि भयाद्द्रवन्ति
सगौरकृष्णाः सरभाश्चमर्यः ॥ २१ ॥
वृका वराहा महिषर्क्षशल्या
गोपुच्छशालावृकमर्कटाश्च ।
अन्यत्र क्षुद्रा हरिणाः शशादयः
चरन्त्यभीता यदनुग्रहेण ॥ २२ ॥
उसको गन्धले नै अरु हात्तिहरु, सिंह, बाघ, गैंडा आदि हिंस्रक जन्तु, नाग तथा काले गोर। शरभ र चमरी गाई आदि डराएर भाग्दथे । उसको कृपाले भेडा, सूंगुर भैंसी, सल्य, लंगूर तथा कुकुर, बाँदर, हरिण र खरगोश आदि क्षुद्र जीवहरु निर्भय भएर चर्दथे ।।२१।
स घर्मतप्तः करिभिः करेणुभिः
वृतो मदच्युत्कलभैरनुद्रुतः ।
गिरिं गरिम्णा परितः प्रकम्पयन्
निषेव्यमाणोऽलिकुलैर्मदाशनैः ॥ २३ ॥
सरोऽनिलं पङ्कजरेणुरूषितं
जिघ्रन् विदूरान् मदविह्वलेक्षणः ।
वृतः स्वयूथेन तृषार्दितेन तत्
सरोवराभ्याशमथागमद् द्रुतम् ॥ २४ ॥
उसका पछि पछि हात्तिका साना साना बच्चाहरु दौडन्थे । अरु ठुला हात्ति र हात्तिनीले उसलाई घेर्दथे । उसको धक्काले पहाड काम्दथ्यो । उसको गण्डस्थल बाट झरेको मदलाई पिउनका लागि भ्रमराहरु संगसंगै उड्दथे । त्यहाँ प्रचण्ड गर्मी थियो । त्यसैले ब्यकुल भएर तिर्खाले सताउन लागेकोले त्यो गजराज कमलको परागको सुगन्धले वायु चलिरहेको त्यसै सरोवर तिर गयो । जसको सुगन्ध र शितलताले वायु फैलिएको थियो । एकै छिनमै त्यो सरोवरमा पुग्यो ।।२३।२४।।
विगाह्य तस्मिन् अमृताम्बु निर्मलं
हेमारविन्दोत्पलरेणुवासितम् ।
पपौ निकामं निजपुष्करोद्धृतं
आत्मानमद्भिः स्नपयन्गतक्लमः ॥ २५ ॥
त्यस सरोवरको जल अत्यन्त निर्मल तथा अमृत समान थियो । सुनौला र राता कमलको केसरले सुवासित भएको जललाई त्यो गजराजले आफ्नो सुडले उठाएर पियो र त्यहि जलले नुहाएर आफ्नो थकाई मेटायो ।।२५।।
स पुष्करेणोद्धृतशीकराम्बुभिः
निपाययन् संस्नपयन्यथा गृही ।
घृणी करेणुः करभांश्च दुर्मदो
नाचष्ट कृच्छ्रं कृपणोऽजमायया ॥ २६ ॥
गजेन्द्र गृहस्थ पुरुषको झैं मोहग्रस्त भएर आफ्नो सूंडले जलको फोहरा छोडेर संगै रहेका हात्तिनी र बच्चहरुलाई नुहाइदिन लाग्यो तथा उनीहरुको मुखमा सूड हालेर पानी पियाउन लाग्यो । भगवान्को मायाले मोहित भएर गजराज उन्मत्त भएको थियो । त्यस बिचरालाई आफ्नो सिरमा विपत्ति आइरहेको छ भन्ने थाहा भएन ।।२६।।
तं तत्र कश्चिन्नृप दैवचोदितो
ग्राहो बलीयांश्चरणे रुषाग्रहीत् ।
यदृच्छयैवं व्यसनं गतो गजो
यथाबलं सोऽतिबलो विचक्रमे ॥ २७ ॥
परीक्षित ! गजेन्द्र त्यस समय यति उन्मत्त भएको थियो कि, उसै समय प्रारव्धको प्रेरणाले एउटा बललान ग्राहले अकस्मात उसलाई पक्रियो । त्यो बलवान गजराजले त्यसबाट आफुलाई छुटाउनको लागि धेरै कोसिस गर्यो तर सकेन ।।२७।।
तथाऽऽतुरं यूथपतिं करेणवो
विकृष्यमाणं तरसा बलीयसा ।
विचुक्रुशुर्दीनधियोऽपरे गजाः
पार्ष्णिग्रहास्तारयितुं न चाशकन् ॥ २८ ॥
अरु हात्तिहरुले उसलाई त्यस ग्राहले जोडले आफुतिर तानिरहेको देखेर धेरै डराएर हडबउन थाले । त्यो गजराज ठुलो स्वरले कराउन लाग्यो । उसले जलबाट बाहिर निक्लनको लागि ठुलो कोसिस गर्दा पनि सकेन ।।२८।।
नियुध्यतोरेवमिभेन्द्रनक्रयोः
विकर्षतोरन्तरतो बहिर्मिथः ।
समाः सहस्रं व्यगमन् महीपते
सप्राणयोश्चित्रममंसतामराः ॥ २९ ॥
गजेन्द्र र ग्राह दुवै आफ्नो आफ्नो शक्ति लगाएर भिडेका थिए । कहिले गजेन्द्रले ग्राहलाई जलबाट बाहिर तान्दथ्यो भने कहिले ग्राहले गजेन्द्रलाई जल भित्र तान्दथ्यो । यसरी लड्दा लड्दै एक हजार वर्ष वित्दा पनि दुवै जितिरहेका थिए । यो घटनालाई देखेर देवता पनि आश्चर्य चकित भएका थिए ।।२९।।
ततो गजेन्द्रस्य मनोबलौजसां
कालेन दीर्घेण महानभूद् व्ययः ।
विकृष्यमाणस्य जलेऽवसीदतो
विपर्ययोऽभूत् सकलं जलौकसः ॥ ३० ॥
अन्तमा ग्राहले पटक पटक जल भित्र तानेका कारण गजराज सिथिल भयो । उसको शरीरमा न कुनै बल नै थियो न कुनै उत्साह नै थियो, उसको सबै शक्ति क्षीण भएको थियो । यता ग्राह चाँही स्वभावैले जलचर भएकाले गजेन्द्रलाई झन ठुलो बल र उत्साहले आफुतिर तानिरहेको थियो ।।३०।।
इत्थं गजेन्द्रः स यदाप संकटं
प्राणस्य देही विवशो यदृच्छया ।
अपारयन्नात्मविमोक्षणे चिरं
दध्याविमां बुद्धिमथाभ्यपद्यत ॥ ३१ ॥
न मामिमे ज्ञातय आतुरं गजाः
कुतः करिण्यः प्रभवन्ति मोचितुम् ।
ग्राहेण पाशेन विधातुरावृतोऽपि
अहं च तं यामि परं परायणम् ॥ ३२ ॥
यस प्रकार देहाभिमानी गजेन्द प्राणसंकटमा पर्यो र आफुलाई त्यस ग्राहबाट छुटाउन सकेन र अन्तमा उसले यस्तो निश्चय गर्यो कि यो ग्राह विधाताको फँसी हो । यसमा फसेर म आतुर भएको छु । अब मलाई म बराबरको हात्तिले पनि यस बाट छुटाउन सक्तैन भने यी विचरी हात्तिनीले कसरी छुटाउन सक्दछिन् । त्यसैले अब म सबै जगतका एकमात्र स्वामी भगवान्को शरण पर्दछु ।।३२।।
यः कश्चनेशो बलिनोऽन्तकोरगात्
प्रचण्डवेगादभिधावतो भृशम् ।
भीतं प्रपन्नं परिपाति यद्भधयात्
मृत्युः प्रधावत्यरणं तमीमहि ॥ ३३ ॥
काल नै ठुलो बलवान हुन्छ । यो साँप झैं प्रचण्ड वेगले सबैलाई निल्नका लागि दौडिरहेको छ । यसबाट अत्यन्त भयभीत भएर जो कोहि भगवान्को शरणमा पुग्दछ भने उसलाई वहाँ भगवान्ले अवस्य बचाउनु हुनेछ । वहाँको भयबाट डराएर मृत्युले पनि आफ्नो काम ठिक ठिक पुरा गर्दछन । वहाँ प्रभु सबैका आश्रय हुनुहुन्छ । म वहाँ कै शरण लिन्छु ।।३३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे मन्वन्तरानुवर्णने गजेन्द्रोपाख्याने द्वितीयोऽध्यायः ॥ २ ॥