श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - विंशोऽध्यायः
श्रीशुक उवाच -
(अनुष्टुप्)
बलिरेवं गृहपतिः कुलाचार्येण भाषितः ।
तूष्णीं भूत्वा क्षणं राजन् उवाचावहितो गुरुम् ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
राजन कुलगुरु शुक्राचार्यले यस प्रकार भनेपछि गृहस्थी राजा बलिले एकछिन चुप लागेर विनम्र भएर सावधानीसंग शुक्राचार्यसंग यसो भने ।।१।।
श्रीबलिरुवाच -
सत्यं भगवता प्रोक्तं धर्मोऽयं गृहमेधिनाम् ।
अर्थं कामं यशो वृत्तिं यो न बाधेत कर्हिचित् ॥ २ ॥
राजा बलिले भने–
भगवन् ! गृहस्थाश्रममा रहनेहरुका लागि अर्थ, काम, यश र जीविकामा कहिल्यै कुनै प्रकारको वाधा नपरोस यहि धर्म हो, भनेर तपाईले भन्नु भएको ठिक हो ।।२।।
स चाहं वित्तलोभेन प्रत्याचक्षे कथं द्विजम् ।
प्रतिश्रुत्य ददामीति प्राह्रादिः कितवो यथा ॥ ३ ॥
तर गुरुदेव ! म प्रल्हादजीका नाती हुँ । मैले दान दिन्छु भनेर प्रतिज्ञा गरिसकेको छु अब धनको लोभमा परेका लोभीलेझै कसरी ति ब्राम्हणलाई अब म दान दिन सक्ति भनेर भनुँ ।।३।।
न ह्यसत्यात्परोऽधर्म इति होवाच भूरियम् ।
सर्वं सोढुमलं मन्ये ऋतेऽलीकपरं नरम् ॥ ४ ॥
असत्य भन्दा ठुलो अधर्म अरु कुनै छैन । पृथ्वी भन्दछिन्– म सबैकुरा सहन सक्छु तर झुटो मानिसको कुरा सहन सक्दिन किनकि त्यसको भार मलाई असह्य हुन्छ ।।४।।
नाहं बिभेमि निरयान् नाधन्यादसुखार्णवात् ।
न स्थानच्यवनान् मृत्योः यथा विप्रप्रलम्भनात् ॥ ५ ॥
ब्राह्मणलाई दिन्छु भनेर प्रतिज्ञा गरिसकेको छु । नरक, दुःख, दरिद्रता, समुद्रबाट आफ्नो राज्यनास र मृत्युबाट पनि त्यति डराउँन्न, तर ब्राह्मणलाई दिन्छु भनिसके पछि धोका दिनाले डराउँदछु ।।५।।
यद् यद्धास्यति लोकेऽस्मिन् संपरेतं धनादिकम् ।
तस्य त्यागे निमित्तं किं विप्रस्तुष्येन्न तेन चेत् ॥ ६ ॥
मृत्युपछि धन आदि वस्तुलाई सबैले छोडेरै जान्छन । जीवित अवस्थामा नै यदि दान आदिले ब्राह्मणलाई सन्तोष गराउन सकेन भने उसको त्यागको गर्नुको अर्थ नै के भयो र ? ।।६।।
श्रेयः कुर्वन्ति भूतानां साधवो दुस्त्यजासुभिः ।
दध्यङ्गशिबिप्रभृतयः को विकल्पो धरादिषु ॥ ७ ॥
आफ्नो परम प्रिय दुस्त्यज शरीरलाई त्याग गरेर पनि दधीचि, शिबि आदि महापुरुषले प्राणीको भलाई गरेका छन । फेरी पृथ्वी दान दिनमा के सोच विचार गर्नु पर्दछ ? ।।७।।
यैरियं बुभुजे ब्रह्मन् दैत्येन्द्रैरनिवर्तिभिः ।
तेषां कालोऽग्रसीत् लोकान् न यशोऽधिगतं भुवि ॥ ८ ॥
ब्रह्मन् ! ठुला ठुला दैत्यराज हरुले आफ्नो पहिला पनि यस पृथ्वीको उपभोग गरे । पृथ्वीमा उनीहरुसंग सामना गर्ने कोहीपनि थिएन । उनीहरुको लोक र परलोकलाई कालले नष्ट गरे तर पनि उनीहरुको यश अहिले पनि पृथ्वीमा यथावतरुपमा रहिरहेका छ ।।८।।
सुलभा युधि विप्रर्षे हिइ, अनिवृत्तास्तनुत्यजः ।
न तथा तीर्थ आयाते श्रद्धया ये धनत्यजः ॥ ९ ॥
गुरुदेव ! युद्धमा कुनै हाँक नदिएर नै आफ्नो प्राण वलिदान गर्ने पनि संसारमा धेरै छन । तर जसले सत्पात्रलाई श्रद्धाका साथ धन दान गर्ने व्यक्ति धेरै दुर्लभ छन ।।।९।।
मनस्विनः कारुणिकस्य शोभनं
यदर्थिकामोपनयेन दुर्गतिः ।
कुतः पुनर्ब्रह्मविदां भवादृशां
ततो वटोरस्य ददामि वाञ्छितम् ॥ १० ॥
गुरुदेव ! यदि याचकको कामनापूर्ण गर्दा कुनै दुर्गति प्राप्त हुन्छ भने पनि, करुणशील र उदार दाताका लागि शौभाग्यको कुरा हो । फेरी तपाई जस्ता ब्रह्मचारीलाई दान गर्नाले दुःख प्राप्त हुन्छ भने त्यसका लागि के भन्नु । त्यसैले म यी ब्रह्मचारीको अभिलाषा पूर्ण गर्दछु ।।१०।।
यजन्ति यज्ञं क्रतुभिर्यमादृता
भवन्त आम्नायविधानकोविदाः ।
स एव विष्णुर्वरदोऽस्तु वा परो
दास्याम्यमुष्मै क्षितिमीप्सितां मुने ॥ ११ ॥
महर्षे ! देवविधिलाई जान्ने तपाई जस्ता व्यक्ति बडो आदर्शले यज्ञ यज्ञादिद्वारा जसको आराधना गर्नुहुन्छ उनै वरदानी विष्णु नै यस रुपमा आएका हुन अथवा अरु कोहि हुन, म उनको इच्छा अनुसारको पृथ्वी दान गर्दछु ।।११।।
(अनुष्टुप्)
यद्यपि असौ अधर्मेण मां बध्नीयाद् अनागसम् ।
तथाप्येनं न हिंसिष्ये भीतं ब्रह्मतनुं रिपुम् ॥ १२ ॥
यदि मैले कुनै अपराध नगर्दा पनि उनले मलाई अधर्मले बाँधे भने पनि म उनको कुनै अनिष्ट चाँहदिन । किनकि मेरा सत्रु हुँदा पनि यिनले डराएको भएर ब्राह्मणको रुप धारण गरेका छन ।।१२।।
एष वा उत्तमश्लोको न जिहासति यद् यशः ।
हत्वा मैनां हरेद् युद्धे शयीत निहतो मया ॥ १३ ॥
यदि यिनी पवित्रकीर्ति भगवान् विष्णु नै भए पनि आफ्नु यशमा कलंक लगाउन चहादैनन, मलाई युद्धमा मारेर पनि पृथ्वी लिन सक्छन् । यदि यि अरु कुनै बालक भए हुन भने पनि मेरो वाणको वेदनाले सदाका लागि पृथ्वीमा सुत्दछन ।।१३।।
श्रीशुक उवाच -
एवं अश्रद्धितं शिष्यं अनादेशकरं गुरुः ।
शशाप दैवप्रहितः सत्यसन्धं मनस्विनम् ॥ १४ ॥
शुकदेवजी भन्नुहुन्छ–
शुक्राचार्यले आफ्नो शिष्य आफ्नै गुरुको मेरो वचनलाई उलंघन गर्दै छ भन्ने देखे अनि उनले दैवको प्रेरणाले राजा बलिलाई उनले श्राप दिए । तर उनी सत्य र उदार हुनाले श्रापका लागि योग्य थिएनन ।।१४।।
दृढं पण्डितमान्यज्ञः स्तब्धोऽस्यस्मद् उपेक्षया ।
मच्छासनातिगो यस्त्वं अचिराद्भ्रयश्यसे श्रियः ॥ १५ ॥
शुक्राचार्यले भने–
मुर्ख ! अज्ञानी राजा तिमी आफुलाई खुबै ठुलो पण्डित सम्झन्छौ । तिमी मेरो वचनलाई उलंघन गरेर बडो गर्व गरिरहेका छौ । तिमीले मेरो आज्ञाको उलंघन गरेका कारण चाडै नै तिम्रो ऐश्वर्य नष्ट हुनेछ ।।१५।।
एवं शप्तः स्वगुरुणा सत्यान्न चलितो महान् ।
वामनाय ददौ एनां अर्चित्वोदकपूर्वकम् ॥ १६ ॥
राजा बलि बडा महात्मा थिए । आफ्ना गुरुदेवले श्राप दिदा पनि उनी आफ्नो सत्यबाट डगेनन् । उनले वामन भगवान्लाई विधिपूर्वक पूजा गरे । र हातमा जल लिएर तीन पाउ भूमिको संकल्प गरे ।।१६।।
विन्ध्यावलिस्तदागत्य पत्नीक जालकमालिनी ।
आनिन्ये कलशं हैमं अवनेजन्यपां भृतम् ॥ १७ ॥
त्यसै समय मोतिहरुको गहनाले सजिएकी राजा बलिकी पत्नी विन्ध्यावली त्यहाँ आईन । उनले आफ्नो हातमा पानीले भरिएको सुनको कलश ल्याएर लिएर वामन भगवान्को चरण पखाल्नका लागि दिइन् ।।१७।।
यजमानः स्वयं तस्य श्रीमत्पादयुगं मुदा ।
अवनिज्यावहन्मूर्ध्नि तदपो विश्वपावनीः ॥ १८ ॥
राजा बलिले बडो प्रसन्न भएर उनको सुन्दर चरण धोए र उनको चरणको त्यो विश्वलाई नै पवित्र पाने जल आफ्नो सिरमा लगाए ।।१८।।
तदासुरेन्द्रं दिवि देवतागणा
गन्धर्वविद्याधरसिद्धचारणाः ।
तत्कर्म सर्वेऽपि गृणन्त आर्जवं
प्रसूनवर्षैर्ववृषुर्मुदान्विताः ॥ १९ ॥
त्यस समयमा आकाशमा रहेका देवता, गन्धर्व, विद्याधर, सिद्ध, चारण आदि सबैले राजा बलिको यस्तो अलौकीक कामको तथा प्रसंशा गर्दै बडो आनन्दले उनमाथि पुष्पवृष्टि गर्न लागे ।।१९।।
नेदुर्मुहुर्दुन्दुभयः सहस्रशो
गन्धर्वकिम्पूरुषकिन्नरा जगुः ।
मनस्विनानेन कृतं सुदुष्करं
विद्वानदाद्यद्रिपवे जगत्त्रयम् ॥ २० ॥
एकै साथ हजारौं दुन्दुभिहरु बज्न लागे । गन्धर्भ किम्पुरुष र किन्नरहरु गाँउन लागे । अहो धन्य हो ! यी उदारशिरोमणी बलिले यस्तो काम गरेर देखाए, जुन अरुका लागि अत्यन्त कठिन छ । यिनले जानबुझले नै आफ्ना सत्रुलाई तीन पाउ जमिन दान गरे ।।२०।।
तद्वामनं रूपमवर्धताद्भुयतं
हरेरनन्तस्य गुणत्रयात्मकम् ।
भूः खं दिशो द्यौर्विवराः पयोधयः
तिर्यङ्नृदेवा ऋषयो यदासत ॥ २१ ॥
काये बलिस्तस्य महाविभूतेः
सहर्त्विगाचार्यसदस्य एतत् ।
ददर्श विश्वं त्रिगुणं गुणात्मके
भूतेन्द्रियार्थाशयजीवयुक्तम् ॥ २२ ॥
बड्दै गयो कि जसले पृथ्वी आकाश, दिशाहरु, स्वर्ग, पाताल, समुद्र, पशु, पक्षी, मनुष्य, देवता र ऋषि यि सबै उनैमा देखिन लागे ।।२१।।
रसामचष्टाङ्घ्रितलेऽथ पादयोः
महीं महीध्रान्पुरुषस्य जंघयोः ।
पतत्त्रिणो जानुनि विश्वमूर्तेः
ऊर्वोर्गणं मारुतमिन्द्रसेनः ॥ २३ ॥
त्यसै समयमा एउट अद्भुत घटना घट्यो । अनन्त भगवान्को यो त्रिगुणत्म वामन अवतार बढ्न लाग्यो । यो यसरी ऋत्विज, आचार्य र सदस्यका साथ बलिले समस्त ऐश्वर्यका एकमात्र स्वामी भगवानको त्यस शरीरमा पञ्चभूत इन्द्रिय, इन्द्रियका विषय, अन्तःकरण र जीवहरुका साथै त्यहाँ सम्पूण त्रिगुणमय जगतलाइै नै देखे ।।२२।।
राजा बलिले विश्वरुप भगवानको पैतालामा रसातल, चरणम पृथ्वी, पिडौलामा पर्वत, घुँडामा पक्षी र तिघ्रामा मरुद्गण देखे ।।२३।।
सन्ध्यां विभोर्वाससि गुह्य ऐक्षत्
प्रजापतीन्जघने आत्ममुख्यान् ।
नाभ्यां नभः कुक्षिषु सप्तसिन्धून्
उरुक्रमस्योरसि चर्क्षमालाम् ॥ २४ ॥
यसरी नै भगवान्को वस्त्रमा सन्ध्या, गुह्यस्थानमा प्रजापतिहरु, जघनस्थानमा आफु सहित सबै असुरगण, नाभिमा आकाश, कोखमा सात समुद्र, वक्षःस्थलमा नक्षत्रसमुह देखे ।।२४।।
हृद्यंग धर्मं स्तनयोर्मुरारेः
ऋतं च सत्यं च मनस्यथेन्दुम् ।
श्रियं च वक्षस्यरविन्दहस्तां
कण्ठे च सामानि समस्तरेफान् ॥ २५ ॥
भगवान्को हृदयमा धर्म, स्तनमा ऋत, मनमा चन्द्रमा, हातमा कमल लिएकी लक्ष्मी, कण्ठमा सामवेद र सम्पूर्ण शव्दसमुहलाई उनले देखे ।।२५।।
इन्द्रप्रधानानमरान्भुजेषु
तत्कर्णयोः ककुभो द्यौश्च मूर्ध्नि ।
केशेषु मेघान्छ्वसनं नासिकायां
अक्ष्णोश्च सूर्यं वदने च वह्निम् ॥ २६ ॥
हातमा इन्द्रदि समस्त देवगण, कानमा दिशाहरु, मस्तकमा स्वर्ग, केशमा मेघमाला, नासिकामा वायु, आँखामा सूर्य, र मुखमा अग्नि देखे ।।२६।।
वाण्यां च छन्दांसि रसे जलेशं
भ्रुवोर्निषेधं च विधिं च पक्ष्मसु ।
अहश्च रात्रिं च परस्य पुंसो
मन्युं ललाटेऽधर एव लोभम् ॥ २७ ॥
वाणीमा वेद, रसनामा वरुण, आँखी भौंको बीचमा निषेध र बिधि, पलकमा दिन र रात, विश्वरुपको ललाटमा क्रोध, र तल्लो ओठमा लोभको दर्शन पाए ।।२७।।
स्पर्शे च कामं नृप रेतसाम्भः
पृष्ठे त्वधर्मं क्रमणेषु यज्ञम् ।
छायासु मृत्युं हसिते च मायां
तनूरुहेष्वोषधिजातयश्च ॥ २८ ॥
परीक्षित् ! उनको स्पर्शमा काम, वीर्यमा जल, पीठमा अधर्म, पद–विन्यसमा यज्ञ, छायामा मृत्यु, हाँसोमा माया, र शरीरका रौंमा समस्त औषधिहरु थियो ।।२८।।
नदीश्च नाडीषु शिला नखेषु
बुद्धावजं देवगणान् ऋषींश्च ।
प्राणेषु गात्रे स्थिरजंगमानि
सर्वाणि भूतानि ददर्श वीरः ॥ २९ ॥
उनको नाडिमा नदीहरु, नंगमा शिलाहरु र बुद्धिमा ब्रह्मा, देवता एवं ऋषिगणहरु देखा परे । यस प्रकार वीरवर बलिले भगवान्को इन्द्रिय र शरीरमा सबै चराचर प्राणीहरुको दर्शन गरे ।। २९।।
सर्वात्मनीदं भुवनं निरीक्ष्य
सर्वेऽसुराः कश्मलमापुरंग ।
सुदर्शनं चक्रमसह्यतेजो
धनुश्च शार्ङ्ग स्तनयित्नु घोषम् ॥ ३० ॥
पर्जन्यघोषो जलजः पाञ्चजन्यः
कौमोदकी विष्णुगदा तरस्विनी ।
विद्याधरोऽसिः शतचन्द्रयुक्तः
तूणोत्तमावक्षयसायकौ च ॥ ३१ ॥
सुनन्दमुख्या उपतस्थुरीशं
पार्षदमुख्याः सहलोकपालाः ।
स्फुरत्किरीटाङ्गदमीनकुण्डलः
श्रीवत्सरत्नोदत्तममेखलाम्बरैः ॥ ३२ ॥
परीक्षित ! सर्वात्मा भगवान्मा यो सम्पूर्ण जगत देखेर सबै दैत्यहरु अत्यन्त डराए । यसै समयमा भगवान्को असह्य तेज भएको सुदर्शन चक्र, गर्जिएको बादल झैं भयंकर टंकार गर्ने भएको शार्ङ धनुष, बादलको जस्तै गम्भीर शब्द गर्ने पाञ्चजन्य शंख, विष्णुभगवान्को अत्यन्त वेगवति कौमोदकी गदा, सय चन्द्राकार चिन्ह भएको खड्ग र विद्याधर नामको तरवार, अक्षय वाणले भरिएको ठोक्रो, तथा लोकपाल सहित भगवान्को सुनन्द आदि पार्षदहरु सेवा गर्नाका लागि उपस्थित भएका थिए । त्यस समय भगवान् बडो शोभायमान देखुनु हन्थ्यो । वहाँको मस्तकमा मुकुट, हातहरुमा वाजुबंद, कानमा मकराकृत कुण्डल, वक्षःस्थलमा श्रीवत्स चिन्ह, गलामा कौस्तभमणि, कम्मरमा मेखला र कांधमा पीताम्वर शोभायमान भएका थिए ।।३०।३२।।
मधुव्रतस्रग्वनमालयावृतो
रराज राजन्भगवानुरुक्रमः ।
क्षितिं पदैकेन बलेर्विचक्रमे
नभः शरीरेण दिशश्च बाहुभिः ॥ ३३ ॥
पदं द्वितीयं क्रमतस्त्रिविष्टपं
न वै तृतीयाय तदीयमण्वपि ।
उरुक्रमस्याङ्घ्रिरुपर्युपर्यथो
महर्जनाभ्यां तपसः परं गतः ॥ ३४ ॥
वहाँले पाँच प्रकारका फूलको माला धारण गर्नु भएको थियो । जसमा महका लोभी भ्रवराहरु गुंजीरहेका थिए । वहाँले आफ्नो एक पाइलाले सबै पृथ्वी नाप लिनु भयो । शरीरले आकास र हातहरुले सबै दिशाहरु घेर्नु भयो । अर्को पाउले स्वर्ग पनि नाप्नुभयो । भगवाको त्यो दोश्रो पाउ नै माथिको जाँदा जाँदा महलोक, जनलोक र तपलोकबाट पनि माथि सत्यलोकमा समेत पुग्यो । तेश्रो पाउ राख्नको लागि बलिको अलिकति पनि कुनै ठाँउ वस्तु बाँकी रहेन ।।३३।३४।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे विश्वरूपदर्शनं नाम विंशोऽध्यायः ॥ २० ॥