श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - एकोनविंशोऽध्यायः
श्रीशुक उवाच -
(अनुष्टुप्)
इति वैरोचनेर्वाक्यं
धर्मयुक्तं स सूनृतम् ।
निशम्य भगवान् प्रीन्प्रीतः
प्रतिनन्द्येदमब्रवीत् ॥ १ ॥
राजा बलिको धर्मभावले भरिएको
धेरै मिठो वोली
सुनेर भगवान् वामनले
धेरै प्रसन्न हुनुभयो
। त्यसपछि प्रसन्न
भएर भन्नु भयो
।।१।।
श्रीभगवानुवाच -
वचस्तवैतत् जनदेव सूनृतं
कुलोचितं धर्मयुतं यशस्करम् ।
यस्य प्रमाणं भृगवः
सांपराये
पितामहः कुलवृद्धः प्रशान्तः ॥ २ ॥
भगवान्ले भन्नुभयो–
राजन् ! तपाईले आफ्नो कुलपरम्परा
अनुसार भन्नु भएका कुराहरु
धर्मभावले परिपूर्ण, यशलाई बढाउँने
र अत्यन्त मिठा
छन । परलोकको
हित गर्ने धर्मको
सम्बन्धमा तपाई भृगुपुत्र
शुक्राचार्यलाई प्रमाण मान्नुहुन्छ ।
त्यसैगरी आफ्ना परमशान्त कुलबृद्ध
पितामह प्रल्हादजीको आज्ञा पनि तपाई
मान्नुहुन्छ ।।२।।
(अनुष्टुप्)
न ह्येतस्मिन्कुले कश्चित्
निःसत्त्वः कृपणः पुमान् ।
प्रत्याख्याता प्रतिश्रुत्य
यो वादाता द्विजातये ॥ ३ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
तपाईको वंश परम्परामा
एकपटक ब्राह्मणलाई दान
दिन्छु भनेर फेरी
नदिने त्यस्ता धैर्यहिन
तथा कृपण पुरुष
कहिले पनि भएनन्
फेरी हुने पनि
छैनन ।।३।।
न सन्ति तीर्थे युधि
चार्थिनार्थिताः
पराङ्मुखा ये त्वमनस्विनो नृपाः ।
युष्मत्कुले यद् यशसामलेन
प्रह्राद उद्भाखति यथोडुपः खे ॥ ४ ॥
दानको अवसरमा याचकले याचना
सुनेर र युद्धको
अवसरमा सत्रुपक्षको हुंकार सुनेर
त्यसबाट डराएर भाग्ने जस्तो
कायरहीन काम तपाईको वंशमा
कहिल्यै भएनन् । फेरी
हुनु पनि कसरी
जसको कुलमा आकाशमा
चन्द्रमा शोभायमान भए जस्तै
गरि निर्मल यशले
प्रल्हाद शोभायमान भएका छन
।।४।।
(अनुष्टुप्)
यतो जातो हिरण्याक्षः
चरन्नेक इमां महीम् ।
प्रतिवीरं दिग्विजये
नाविन्दत गदायुधः ॥ ५ ॥
तपाईको कुलमा नै हिरण्याक्ष
जस्तो वीरको जन्म
भएको थियो ।
जुन वीर दिग्विजय
गर्न भनि एक्लैनै
हातमा गदा लिएर
निक्लिएको बेलामा सब पृथ्वी
चाहार्दा पनि उसले
आफु जस्तो वीर
भेट्टाउन सकेन ।।५।।
यं विनिर्जित्य कृच्छ्रेण
विष्णुः क्ष्मोद्धार आगतम् ।
आत्मानं जयिनं मेने
तद्वीर्यं भूर्यनुस्मरन् ॥ ६ ॥
भगवानले जलबाट पृथ्वीलाई उद्धार
गरेका बेलामा उनी
वहाको अगाडि परेका
थिए त्यसबेला पनि
वहाँले उसमाथि बडि मुस्किलले
उनीमाथि विजय प्राप्त
गर्नुभयो । पछि
भगवान्लाई पनि हिरण्याक्षको
शक्तिको बारेमा बेला बेलामा
सम्झना भइरहन्थ्यो । उसको
वीरताका कारण उसलाई
जित्दा पनि भगवान्ले
आफ्नो विजय सम्झनु
भएन ।।६।।
निशम्य तद्वधं भ्राता
हिरण्यकशिपुः पुरा ।
हन्तुं भ्रातृहणं क्रुद्धो
जगाम निलयं हरेः ॥ ७ ॥
जब हिरण्यकशिपुले आफ्नो भाईको वधको
बारेमा थाहा पायो
त्यतिबेला उ आफ्नो
भाई हिरण्याक्षको बधको
बदला लिने हिसावले
भगवान्को धाम वैकुण्ठमा
पुगेको थियो ।।७।।
तं आयान्तं समालोक्य
शूलपाणिं कृतान्तवत् ।
चिन्तयामास कालज्ञो
विष्णुर्मायाविनां वरः ॥ ८ ॥
विष्णु भगवान् धेरै माया
रच्न जान्दछन ।
त्यतिबेला हिरण्यकशिपु हातमा शुल
लिएर कालझै गरि
आफ्लाई लखेट्न आएको देखेर
उनले विचार गरे
।।८।।
यतो यतोऽहं तत्रासौ
मृत्युः प्राणभृतामिव ।
अतोऽहं अस्य हृदयं प्रवेक्ष्यामि
पराग्दृशः ॥ ९ ॥
मुत्युले प्राणीहरुलाई जसरी लखेटिरहन्छ,
त्यसरी नै म
जहाँ जहाँ जान्छु
यसले मलाई पछ्याई
रहनेछ । यसैले
म यसको हृदयमा
प्रवेश गर्दछु किनकि यो
ता बर्हिमुखि हो
यसले बाहिरी वस्तु
मात्र देख्दछ, आफु
भित्र रहेको मलाई
देख्न सक्तैन ।।९।।
एवं स निश्चित्य रिपोः
शरीरं
आधावतो निर्विविशेऽसुरेन्द्र ।
श्वासानिलान्तर्हितसूक्ष्मदेहः
तत्प्राणरन्ध्रेण विविग्नचेताः ॥ १० ॥
असुरशिरोमणे ! हिरण्यकशिपु भवान्लाई लखेटिरहेको
बेलामा यस्ता विचार गरेर
भगवान्ले आफ्नो शरीरलाई सूक्ष्म
बनाउन भयो र
उसको प्राणद्वारा नासिकाबाट
प्रवेश गरेर हृदयमा
गएर बस्नुभयो ।।१०।।
स तन्निकेतं परिमृश्य
शून्यमपश्यमानः कुपितो ननाद ।
क्ष्मां द्यां दिशः
खं विवरान्समुद्रान्
विष्णुं विचिन्वन् न ददर्श वीरः ॥ ११ ॥
हिरण्यकशिपुले वहाँलाई सारा लोकमा
खोज्यो तर भेट्टाउन
सकेन । त्यसैले उ
रिसाएर सिंहनाद गर्न लाग्यो
। उसले पृथ्वी,
स्वर्ग, दिशा, आकाश, पाताल
र समुद्रा जताततै
विष्णुभगवान्लाई खोज्यो तर वहाँलाई
कहिं पनि पाउँन
सकेन ।।११।।
(अनुष्टुप्)
अपश्यन् इति होवाच मयान्विष्टमिदं
जगत् ।
भ्रातृहा मे गतो नूनं
यतो नावर्तते पुमान् ॥ १२ ॥
यसरी सारा जगतमा
खोज्दा पनि भेट्टाउन
नसके पछि उसले
सोच्यो कि अब
त्यो भ्रातृघाती विष्णु
त्यो लोकमा पुगेको
हुनुपर्दछ, जहाँ पुगेपछि
फेरी कोहि पनि
फर्केर आउन सक्तैनन
।।१२।।
वैरानुबन्ध एतावान्
आमृत्योरिह देहिनाम् ।
अज्ञानप्रभवो मन्युः
अहंमानोपबृंहितः ॥ १३ ॥
बस, अब उसमा
वैरभाव राख्नुपर्ने कुनै कारण
छैन किनकि वैर
त देहको साथ
नै समाप्त हुन्छ
। क्रोधको कारण
नै अज्ञान हो
र अहंकारले त्यसको
बृद्धि हुन्छ ।।१३।।
पिता प्रह्रादपुत्रस्ते
तद्विद्वान् द्विजवत्सलः ।
स्वमायुर्द्विजलिंगेभ्यो
देवेभ्योऽदात् स याचितः ॥ १४ ॥
राजन ! तपाईका पिता विरोचननन्दन
धेरै ब्राम्हणभक्त थिए
। यहाँ सम्म
कि उनका सत्रु
देवताहरुले ब्राह्मणको भेष बनाएर
आयु दान मागेका
थिए त्यतिबेला यो
ब्राह्मणको छल हो
भन्ने बुझेर पनि
आफ्नो आयु दान
दिए ।।१४।।
भवान् आचरितान् धर्मान्
आस्थितो गृहमेधिभिः ।
ब्राह्मणैः पूर्वजैः
शूरैः अन्यैश्चोद्दामकीर्तिभिः ॥ १५ ॥
तपाई पनि शुक्राचार्य
आदि गृहस्थ ब्राह्मण,
तपाईका पुर्खा प्रल्हाद एवं
अरु यशस्वी विरहरुले
पालन गरेको धर्मको
आचरण गरेर बस्नु
भएको छ ।।१५।।
तस्मात् त्वत्तो महीमीषद्
वृणेऽहं वरदर्षभात् ।
पदानि त्रीणि दैत्येन्द्र
सम्मितानि पदा मम ॥ १६ ॥
दैत्येन्द्र ! तपाई मागे
जति वस्तु दिनमा
श्रेष्ठ हुनुहुन्छ । त्यसैले
म तपाईसंग थोरै
पृथ्वी यतिमात्र कि केवल
आफ्नो पाईलाको तीन
पाइला जमिन माग्दछु
।।१६।।
न अन्यत् ते कामये राजन्
वदान्यात् जगदीश्वरात् ।
नैनः प्राप्नोति वै
विद्वान् यावदर्थप्रतिग्रहः ॥ १७ ॥
तपाई सारा जगतका
स्वामी र धेरै
उदार हुनुहुन्छ ।
फेरी पनि म
तपाई संग यो
भन्दा बढि माग्दिन
। विद्वान पुरुषले
केवल आफ्नो आवस्यकता
अनुसारको मात्र दान स्वीकार
गर्नु पर्दछ ।
त्यसैले उ प्रतिग्रहजन्य
पापले बच्न सक्दछ
।।१७।।
श्रीबलिरुवाच -
अहो ब्राह्मणदायाद वाचस्ते
वृद्धसम्मताः ।
त्वं बालो बालिशमतिः
स्वार्थं प्रत्यबुधो यथा ॥ १८ ॥
राजा बलिले भने– ब्राह्मणकुमार
! तपाईको कुरा
त बुढको जस्तो
छ, तर बुद्धि
चाँहि बालकको जस्तो
छ । अहिले
तपाई बालकै भएकोले
लाभ हानीको बारेमा
ख्याल नहुन सक्छ
।।१८।।
मां वचोभिः समाराध्य
लोकानां एकमीश्वरम् ।
पदत्रयं वृणीते यो अबुद्धिमान्
द्वीपदाशुषम् ॥ १९ ॥
म तीनै लोकका
एकमात्र अधिपति हुँ ।
अरु द्वीप का
द्वीप दिन सक्दछु
। जसले मलाई
आफ्नो वाणीले खुसि
गरायो उनै मसंग
र तीन पाईला
जमिन माग्दैछन ।
तपाईलाई के बुद्धिमान
भन्न सकिन्छ ? ।।१९।।
न पुमान् मां उपव्रज्य
भूयो याचितुमर्हति ।
तस्माद् वृत्तिकरीं
भूमिं वटो कामं प्रतीच्छ मे ॥ २० ॥
ब्रह्मचारीजी ! जो मकहाँ
एक पटक माग्न
आउँछ उसले फेरी
उसले फेरी अरुसंग
कुनै माग्ने आवस्यकता
हुनु हुदैन ।
त्यसैले जीविका चलाउनका लागि
तिमीलाई जति भूमि
आवस्यकता हुन्छ, त्यति नै
मसंग माग ।।२०।।
श्रीभगवानुवाच -
यावन्तो विषयाः प्रेष्ठाः
त्रिलोक्यां अजितेन्द्रियम् ।
न शक्नुवन्ति ते सर्वे
प्रतिपूरयितुं नृप ॥ २१ ॥
श्री भगवान्ले भन्नुभयो–
राजन ! संसारमा भएका जति
पनि प्यारा विषयहरु
छन तिनले मानिसको
कामनालाई पुरा गर्न
सक्तैन्ने आफ्नो इन्द्रियलाई वशमा
राख्ने सन्तोषि छैन भने
।।२१।।
त्रिभिः क्रमैः असन्तुष्टो
द्वीपेनापि न पूर्यते ।
नववर्षसमेतेन सप्तद्वीपवरेच्छया
॥ २२ ॥
जसले तीन पाईला
भूमिमा सन्तोष गर्दैन, उसलाई
नौ वर्षले युक्त
एक द्वीप दिए
पनि त्यो सन्तुष्ट
हुन सक्तैन ।
किनकि उसको मनमा
सातौं द्वीप पाउँने
को इच्छा बनि
रहन्छ ।।२२।।
सप्तद्वीपाधिपतयो नृपा
वैन्यगयादयः ।
अर्थैः कामैर्गता नान्तं
तृष्णाया इति नः श्रुतम् ॥ २३ ॥
मैले सुनेको छु कि
पृथु, गय आदि
राजाहरु सातै द्वीपका
अधिपति थिए, तर
त्यत्रो धन र
भोगका सामग्री भएर
पनि उनले तृष्णाबाट
पार पाउन सकेनन
।।२३।।
यदृच्छयोपपन्नेन सन्तुष्टो
वर्तते सुखम् ।
नासन्तुष्टः त्रिभिर्लोकैः
अजितात्मोपसादितैः ॥ २४ ॥
जे जति प्रारब्धले
मिल्दछ, उसैले सन्तुष्ट हुने
पुरुष जीवनमा सधैं
सुख पाउँदछ ।
तर तीनैलोकको राज्य
पाए पनि मनलाई
आफ्नो वशमा राख्न
सकेको छैन भने
उसलाई शान्ति हुदैनन
। हृदयमा असन्तोषको
आगो सल्किरहन्छ ।।२४।।
पुंसोऽयं संसृतेर्हेतुः
असन्तोषोऽर्थकामयोः ।
यदृच्छयोपपन्नेन सन्तोषो
मुक्तये स्मृतः ॥ २५ ॥
धन र भोग
आदिबाट सन्तोष नहुने जीव
जन्म मृत्युको चक्करमा
परिरहने गर्दछ । तथा
जे जस्तो प्राप्त
हुन्छ उसैमा सन्तोष
लिनु मुक्तिको कारण
हो ।।२५।।
यदृच्छालाभतुष्टस्य
तेजो विप्रस्य वर्धते ।
तत्प्रशाम्यति असन्तोषाद्
अम्भसेवाशुशुक्षणिः ॥ २६ ॥
जो ब्राह्मण स्वयं प्राप्त
वस्तुमा मात्रै सन्तुष्ट हुन्छ,
उसको तेजको वृद्धि
हुन्छ । उसको
असन्तोषी हुँनाले उसको तेज
जलले अग्नि शान्त
भएजसरी नै शान्त
हुन्छ ।।२६।।
तस्मात्त्रीणि पदान्येव
वृणे त्वद् वरदर्षभात् ।
एतावतैव सिद्धोऽहं वित्तं
यावत् प्रयोजनम् ॥ २७ ॥
तपाई मागेको कुरा दिन
सक्ने शिरोमणि हुनुहुन्छ
यसमा कुनै शंका
छैन तर मलाई
तीन पाउ जमिनले
नै मेरो काम
बन्ने भएकोले अरु
बढि किन चाहियो
र मानिसले ता
त्यति नै सम्पत्ति
सगेल्नु, जतिले आफ्नो काम
पुरा हुन्छ ।।२७।।
श्रीशुक उवाच -
इत्युक्तः स हसन्नाह
वाञ्छातः प्रतिगृह्यताम् ।
वामनाय महीं दातुं जग्राह
जलभाजनम् ॥ २८ ॥
शुकदेवजी भन्नुहुन्छ–
भगवान्ले यसो भन्नु्
भएपछि राजा बलि
हाँसे । उनले
भने– राम्रो कुरा
हो, जति तिमीलाई
आवस्यक छ त्यति
नै लेउ ।
यसोभनेर वामन भगवान्लाई
तीन पाउ पृथ्वी
संकल्प गर्नका लागि उनले
जलपात्र उठाएर तयार भए
।।२८।।
विष्णवे क्ष्मां प्रदास्यन्तं
उशना असुरेश्वरम् ।
जानन् चिकीर्षितं विष्णोः
शिष्यं प्राह विदां वरः ॥ २९ ॥
शुक्राचार्य सबै कुरा
जान्दथे । यो
भगवान्को लीला हो
भन्ने थाहा पाईहाले
अनि उनले राजा
बलि पृथ्वी दिनको
लागि तयार भएको
देखेर उनीसंग भने
।।२९।।
श्रीशुक्र उवाच -
एष वैरोचने साक्षात्
भगवान् विष्णुरव्ययः ।
कश्यपाद् अदितेर्जातो
देवानां कार्यसाधकः ॥ ३० ॥
शुक्राचार्यले भने– विरोचनकुमार
! यी ता स्वयं
अविनाशी भगवान् विष्णु हुन
। देवातहरुको काम
बनाउँनका लागि कश्यपकी
पत्नी अदितिको गर्भबाट
अवतीर्ण भएका हुन
।।३०।।
प्रतिश्रुतं त्वयैतस्मै
यद् अनर्थं अजानता ।
न साधु मन्ये दैत्यानां
महानुपगतोऽनयः ॥ ३१ ॥
तिमीले यसबाट हुने विपत्तिलाई
नजानेर दान दिने
निश्चय गर्यौ । वहाँलाई
यो दान दिनाले
धेरै अनर्थ हुनेछ ।
यसकुरालाई म राम्रो
मान्दिन ।।३१।।
एष ते स्थानमैश्वर्यं
श्रियं तेजो यशः श्रुतम् ।
दास्यत्याच्छिद्य शक्राय
मायामाणवको हरिः ॥ ३२ ॥
स्वयं भगवान् नै आफ्नो
योगमायाले यहाँ ब्रह्मचारी
बनेर बसेका छन
। यीनले तिम्रो
राज्य, ऐश्वर्य, लक्ष्मी, तेज
र विश्व विख्यात
कीर्ति सबै कुरा
तिमी संग खोसेर
इन्द्रलाई दिनेछन ।।३२।।
त्रिभिः क्रमैः इमान्
लोकान् विश्वकायः क्रमिष्यति ।
सर्वस्वं विष्णवे दत्त्वा
मूढ वर्तिष्यसे कथम् ॥ ३३ ॥
यी विश्वरुप हुन, तीन
पाईलामा यिने सबैलोकलाई
नाप्दछन । मुर्ख
! जब तिमी आफ्नो
सर्वस्व नै विष्णुलाई
दिनेछौ भने तिम्रो
जीवन निर्वाह कसरी
हुनेछ ।।३३।।
क्रमतो गां पदैकेन द्वितीयेन
दिवं विभोः ।
खं च कायेन महता तार्तीयस्य
कुतो गतिः ॥ ३४ ॥
यी विश्वव्यापक भगवानले एक
पाईलामा पृथ्वी र अर्को
पाइलामा स्वर्ग नाप्ने छन
। इनको विशाल
शरीरले आकाश भरिने
छ । तब
इनका तेश्रो पाइला
कहाँ जानेछ ? ।।३४।।
निष्ठां ते नरके मन्ये
हि अप्रदातुः प्रतिश्रुतम् ।
प्रतिश्रुतस्य योऽनीशः
प्रतिपादयितुं भवान् ॥ ३५ ॥
तिमी त्यसलाई पुरा गर्न
सक्तैनौ । यस्तो
दशा म सम्झन्छु
कि प्रतिज्ञा गरेर
पुरा गर्न नसके
पछि तिमी नरक
जान पर्दछ ।
किनकि तिमीले गरेको
प्रतिज्ञा पुरा गर्नमा
तिमी सर्वथा असमर्थ
छौ ।।३५।।
न तद्दानं प्रशंसन्ति
येन वृत्तिर्विपद्यते ।
दानं यज्ञस्तपः कर्म
लोके वृत्तिमतो यतः ॥ ३६ ॥
आफुलाई जीवन निर्वाहका
लागि केहिपनि बचेको
हुदैन भने विद्वान
पुरुष त्यस दानको
प्रतिज्ञा प्रशंसा गर्दैनन, जसको
जीवन निर्वाह ठिकसंग
चल्दछ, उसैले संसारमा दान,
यज्ञ र परोपकारका
कर्म गर्न सक्दछ
।। ३६।।
धर्माय यशसेऽर्थाय कामाय
स्वजनाय च ।
पञ्चधा विभजन् वित्तं
इहामुत्र च मोदते ॥ ३७ ॥
मानिसले आफ्नो धनलाई पाँच
भाग लागिाएर — केहि
धर्मका लागि, केहि धन
अभिवृद्धिका लागि, केहि यशका
लागि, केहि भोगका
लागि—त्यहि यसलोक
र परलोकमा सुख
रहनका लागि खर्च
गर्यो भने त्यो
मानिस सुखि हुन
सक्तछ ।।३७।।
अत्रापि बह्वृचैर्गीतं
शृणु मेऽसुरसत्तम ।
सत्यं ॐ इति यत्प्रोक्तं
यत् नेति आहानृतं हि तत् ॥ ३८ ॥
अशुर शिरोमणे ! यदि तिमीलाई
आफ्नो प्रतिज्ञा भंग
होला भन्ने चिन्ता
छ भने म
यस विषयमा ऋग्वेदको
श्रुतिहरुको आशय सुनाउँछु
। तिमी सुन
। श्रुति भन्दछ—कसैलाई केहि दिने
कुरा स्वीकार गर्नु
सत्य हो ।
नकार्नु अथवा अस्वीकार
गर्नु असत्य हो
।।३८।।
सत्यं पुष्पफलं विद्याद्
आत्मवृक्षस्य गीयते ।
वृक्षेऽजीवति तन्न स्यात्
अनृतं मूलमात्मनः ॥ ३९ ॥
यो शरीर एक
रुख हो र
सत्य यसको फल
फूल हो ।
तर यदि वृक्ष
नै भएन भने
फल फूल कसरी
हुन सक्छ ? त्यसैले
शरीर रहने गरी
धर्म गर्नु पर्दछ
किनकि नकार्नु, आफ्नो
वस्तु अरुलाई नदिनु,
अर्को शव्दमा आफ्नो
संग्रह बचाएर राख्नु — यहि
शरीररुप वृक्षको मूल हो
।।३९।।
तद् यथा वृक्ष उन्मूलः
शुष्यति उद्वर्ततेऽचिरात् ।
एवं नष्टानृतः सद्य
आत्मा शुष्येन्न संशयः ॥ ४० ॥
जसरी जरा सुकेपछि
वृक्ष पनि सुकेर
केहि दिनमा नै
मर्दछ त्यसै प्रकार
धन दिनबाट अस्वीकार
गरेन भने जीवन
पनि त्यसरी नै
सुक्दछ । यसमा
सन्देह छैन
।।४०।।
पराग् रिक्तमपूर्णं
वा अक्षरं यत् तदोमिति ।
यत्किञ्चित् ओमिति ब्रूयात्
तेन रिच्येत वै पुमान् ।
भिक्षवे सर्वं ॐकुन्
नालं कामेन चात्मने ॥ ४१ ॥
हँ म दिनेछु
यस्तो वाक्य नै
धनलाई पर हटाइदिन्छ
। यसैले यसको
उच्चारण नै अपूर्ण
अथवा धनबाट खालि
गरिदिने हो ।
यहि कारण हो
कि जो पुरुष
हँ म दिनेछु
भनेर यसरी भन्छ
भने उसलाई धनले
जहिले पनि अभाव
हुन्छ । उसले
याचकलाई दिएर आफ्ना
लागि कुनै सामग्री
पनि बचाउन सक्तैन
।।४१।।
अथैतत्पूर्णमभ्यात्मं
यच्च नेति अनृतं वचः ।
सर्वं नेति अनृतं ब्रूयात्
स दुष्कीर्तिः श्वसन्मृतः ॥ ४२ ॥
यसको उल्टो म दिन्न
—यो जुन अस्वीकारात्मक
असत्य हो, यसले
धनलाई सुरक्षित राख्दछ
र आफुलाई परिपूर्ण
बनाउदछ । मसंग
छैन, दिन्न भन्न
पनि हुदैन त्यो
शव्दले झन वदनाम
हुन्छ मरेतुल्य हुन्छ ।।४२।।
स्त्रीषु नर्मविवाहे
च वृत्त्यर्थे प्राणसंकटे ।
गोब्राह्मणार्थे हिंसायां
नानृतं स्यात् जुगुप्सितम् ॥ ४३ ॥
स्त्रिहरुलाई प्रसन्न गराउँनमा, हाँसो
ठट्टामा विवाहका समयमा कन्या
को प्रसंशा गर्दा
समयमा, आफ्ने जीविकाको रक्षाको
लागि, प्राणसंकट उत्पन्न
हुने बेलामा, गाई
र ब्राह्मणको हितका
लागि तथा कसैको
मृत्युबाट बचाउँनका झुटो बोल्नु
पनि त्यतिबिधि निन्दनीय
होइन ।।४३।।
इति श्रीमद्भागवते
महापुराणे पारमहंस्यां संहितायां
अष्टमस्कन्धे वामनप्रादुर्भावे
एकोनविंशोऽध्यायः ॥ १९ ॥