#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – षड्‌त्रिंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – षड्‌त्रिंशोऽध्यायः




शुक उवाच –
(अनुष्टुप्)
अथ तर्ह्यागतो गोष्ठमरिष्टो वृषभासुरः ।
महीं महाककुत्कायः कम्पयन् खुरविक्षताम् ॥१॥

श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! भगवान श्रीकृष्ण ब्रजमा प्रवेश गरिरहनु भएको अवस्थामा त्यहाँ ठूलो आनन्दको उत्सव भइरहेको थियो । त्यस समयमा एउटा अरिष्टासुर नाम गरेको बलवान दैत्य आफ्नो खुरले पृथ्वीलाई थिचेर कमाउँदै गोरुको धारणा गरेर त्यहाँ आयो ।।१।।

रम्भमाणः खरतरं पदा च विलिखन् महीम् ।
उद्यम्य पुच्छं वप्राणि विषाणाग्रेण चोद्धरन् ॥२॥

किञ्चित्किञ्चिच्छकृन्मुञ्चन् मूत्रयन् स्तब्धलोचनः ।
यस्य निर्ह्रादितेनाङ्‌ग निष्ठुरेण गवां नृणाम् ॥३॥

पतन्त्यकालतो गर्भाः स्रवन्ति स्म भयेन वै ।
निर्विशन्ति घना यस्य ककुद्यचलशङ्‌कया ॥४॥

हे परीक्षित ! त्यसबेलामा त्यो दैत्य रुखो स्वर निकालेर आफ्नो खुट्टाले जमिनलाई खोस्रदै पुच्छर ठाडो पारेर सिंगले माटो खोस्रदै भत्काउने काम गर्न थाल्यो । ऊ कहिले गोब्य्राउँथ्यो भने कहिले पिसाब गर्दथ्यो  । कहिले ठुला ठुला आँखा लगाएर यताउति दौडन्थ्यो । यसरी उसको ठूलो गर्जनले त्यहाँ भएका गाई र महिलाहरूको कतिको गर्भ तोइयो भने कतिको गर्भश्राव भयो त्यो गोरु यति अग्लो थियो कि जसको जुरालाई पहाड सम्झेर बादलहरू त्यहाँ आएर बस्दथे ।।२–३–४।।

तं तीक्ष्णशृङ्‌गमुद्वीक्ष्य गोप्यो गोपाश्च तत्रसुः ।
पशवो दुद्रुवुर्भीता राजन् संत्यज्य गोकुलम् ॥५॥

हे परीक्षित ! त्यो तिखो सिंग भएको गोरुलाई देखेर गोप गोपिनीहरू यति डराएकी अझ त्यहाँ भएका पशु गाईहरू त डराएर आफ्नो ठाउँ छोडेर भाग्न थाले  ।।५।।

कृष्ण कृष्णेति ते सर्वे गोविन्दं शरणं ययुः ।
भगवानपि तद्वीक्ष्य गोकुलं भयविद्रुतम् ॥६॥

त्यस समयमा त्यहाँ भएका सबै ब्रजवासीहरु श्रीकृष्ण नजिक गएर हे कृष्ण हामीलाई बचाउनुहोस् भनेर उहाँको शरणमा परे त्यतिबेला भगवान श्रीकृष्णले गोकुलवासीहरू अत्यन्तै डराइरहेको देख्नुभयो ।।६।। 

मा भैष्टेति गिराऽऽश्वास्य वृषासुरमुपाह्वयत् ।
गोपालैः पशुभिर्मन्द त्रासितैः किमसत्तम ॥७॥

त्यसपछि उहाँले सबैलाई सान्त्वना दिँदै नडराउ नडराउ भनेर भन्नुभयो र त्यस दैत्यलाई भन्नुभयो–हे मुर्ख दैत्य गोप गोपिनीहरुलाई डराएर तैले के पाउँछस् ।।७।।

बलदर्पहाहं दुष्टानां त्वद्विधानां दुरात्मनाम् ।
इत्यास्फोट्याच्युतोऽरिष्टं तलशब्देन कोपयन् ॥८॥

हेर म त जस्तो दैत्यको घमण्ड चुर गर्नको लागि यहाँ उभिएकोछु । यस प्रकार भगवानले ताली बजाउँदै त्यो अरिष्टासुरलाई लल्कार्नुभयो ।।८।।

सख्युरंसे भुजाभोगं प्रसार्यावस्थितो हरिः ।
सोऽप्येवं कोपितोऽरिष्टः खुरेणावनिमुल्लिखन् ।
उद्यत्पुच्छभ्रमन्मेघः क्रुद्धः कृष्णमुपाद्रवत् ॥९॥

भगवान श्रीकृष्णले आफ्नो लामा हातलाई साथीको काँधमा राख्नुभयो । भगवान श्रीकृष्णलाई देखेर अरिष्टासुर झन् रिसाउँदै क्रुद्ध भयो । अनि आफ्नो खुरले भुइ खोस्रदै पुच्छर ठाडो लगाएर अत्यन्त रिसाउँदै आकाशका बादललाई पनि छिन्न भिन्न पार्दै भगवान श्रीकृष्णको छेउमा पुग्यो ।।९।।

अग्रन्यस्तविषाणाग्रः स्तब्धासृग्लोचनोऽच्युतम् ।
कटाक्षिप्याद्रवत्तूर्णमिन्द्रमुक्तोऽशनिर्यथा ॥१०॥

त्यो अरिष्टासुरले आफ्नो सिंगलाई अगाडि तेर्स्याएर आँखा राताराता बनाउँदै श्रीकृष्णलाई टेढो नजरले हेर्न लाग्यो । र इन्द्रले आफ्नो हातबाट बज्र छोडेझैँ ठूलो वेगले भगवान श्रीकृष्णमाथि आक्रमण गर्यो ।।१०।।

गृहीत्वा शृङ्‌गयोस्तं वा अष्टादश पदानि सः ।
प्रत्यपोवाह भगवान् गजः प्रतिगजं यथा ॥११॥

भगवान श्रीकृष्णले आफ्ना दुवै हातले त्यो दैत्यको सिंगलाई जोडले पक्रनुभयो र जसरी एउटा हात्तीले प्रतिद्वन्दी हात्तीलाई धकेलिदिन्छ त्यसरी नै उहाँले त्यस अरिष्टासुरलाई अठारहात पर पुग्ने गरी धकेलिदिनुभयो ।।११।।

सोऽपविद्धो भगवता पुनरुत्थाय सत्वरम् ।
आपतत् स्विन्नसर्वाङ्‌गो निःश्वसन् क्रोधमूर्च्छितः ॥१२॥

यसरी भगवानले धकेलिदिँदा बडो जोडले लड्नाले त्यो दैत्य धेरै रिसायो । उसका सारा शरीर पसिनाले भिजेका थिए । त्यसैले उसले लामो लामो सास फेर्दै उठ्यो र फेरि ठूलो बेगले श्री कृष्ण माथि आक्रमण गर्यो ।।१२।।

(मिश्र)
तमापतन्तं स निगृह्य शृङ्‌गयोः
     पदा समाक्रम्य निपात्य भूतले ।
निष्पीडयामास यथाऽऽर्द्रमम्बरं
     कृत्वा विषाणेन जघान सोऽपतत् ॥१३॥

त्यसले फेरी आक्रमण गर्न आएको देखेर भगवानले त्यसको सिंगलाई समातेर घुमाउँदै जमिनमा पछारिदिनु भयो र गोडाले कुल्चेर कपडा निचोरेझैँ निचरी दिनुभयो । त्यसपछि उहाँले त्यसको सिंगलाई फुकालेर त्यही सिंगले प्रहार गर्नुभयो । त्यसपछि त्यो अरिष्टासुर लडेर भईमा पछारिन पुग्यो ।।१३।। 

असृग् वमन् मूत्रशकृत् समुत्सृजन्
     क्षिपंश्च पादाननवस्थितेक्षणः ।
जगाम कृच्छ्रं निर्ऋतेरथ क्षयं
     पुष्पैः किरन्तो हरिमीडिरे सुराः ॥१४॥

हे परीक्षित ! यसरी भगवानले प्रहार गर्दाखेरि त्यस दैत्यको मुखबाट रगत बग्न थाल्यो । र गोबर र पिसाब त्यागिरहेको थियो । उसलाई धेरै कष्ट भएकोले आफ्नो आँखा नचाउँदै आफ्नो प्राण छोड्यो । यो देखेर देवताहरुले उहाँको स्तुति गर्न लागे ।।१४।।

(अनुष्टुप्)
एवं ककुद्मिनं हत्वा स्तूयमानः स्वजातिभिः ।
विवेश गोष्ठं सबलो गोपीनां नयनोत्सवः ॥१५॥

यसरी भगवान श्रीकृष्णले गोरुको रुपमा आएको अरिष्टासुरलाई मार्नुभयो । यो देखेर सबै गोपहरुले पनि उहाँको प्रशंसा गर्न लागे । उहाँ बलरामजीसँगै ब्रजमा प्रवेश गर्नुभयो यसरी भगवानलाई देखेर गोपिनीलाई पनि धेरै आनन्द लाग्यो ।।१५।। 

अरिष्टे निहते दैत्ये कृष्णेनाद्भुवतकर्मणा ।
कंसायाथाह भगवान् नारदो देवदर्शनः ॥१६॥

हे परीक्षित ! भगवानको लीला धेरै अद्भुत छ । उहाँले त्यस अरिष्ट सुरलाई मार्नुभयो यो देखेर नारदजीले कंश नजिक गएर भन्नुभयो ।।१६।। 

यशोदायाः सुतां कन्यां देवक्याः कृष्णमेव च ।
रामं च रोहिणीपुत्रं वसुदेवेन बिभ्यता ॥१७॥

न्यस्तौ स्वमित्रे नन्दे वै याभ्यां ते पुरुषा हताः ।
निशम्य तद्भोिजपतिः कोपात् प्रचलितेन्द्रियः ॥१८॥

हे कंश ! तपाईँको हातबाट छुटेकी योगमाया कन्या जुन देवकीको आठौं गर्भ भनेर भनिन्थ्यो ती त यशोदाकी छोरी हुन् । यशोदाका छोरा भनेका चाहिँ देवकीका छोरा श्रीकृष्ण हुन् बलराम वसुदेवकी पत्नी रोहिणीका छोरा हुन् । यिनै श्रीकृष्ण बलरामले तपाईँका सेवक पुतना आदि दैत्यहरूलाई मारेका हुन् । तपाईँको डरले वसुदेवले आफ्ना पुत्रलाई आफ्ना अनन्य मित्र नन्दको घरमा लगेर राखेका थिए । नारदजीको यस्तो कुरा सुनेर कंशको इन्द्रिहरु पनि रिसले काम्न थाल्यो  ।।१७–१८।। 

निशातमसिमादत्त वसुदेवजिघांसया ।
निवारितो नारदेन तत्सुतौ मृत्युमात्मनः ॥१९॥

ज्ञात्वा लोहमयैः पाशैर्बबन्ध सह भार्यया ।
प्रतियाते तु देवर्षौ कंस आभाष्य केशिनम् ॥२०॥

प्रेषयामास हन्येतां भवता रामकेशवौ ।
ततो मुष्टिकचाणूरशलतोशलकादिकान् ॥२१॥

अमात्यान् हस्तिपांश्चैव समाहूयाह भोजराट् ।
भो भो निशम्यतामेतद् वीरचाणूरमुष्टिकौ ॥२२॥

नारदजीको यस्तो कुरा सुनेर कंशले वसुदेव देवकीलाई मार्नको लागि तरवार उठाए तर नारदजीले रोक्नुभयो । कंशले वसुदेवका छोरा श्रीकृष्ण आफ्नो मृत्युको कारण हो भन्ने सम्झ्यो । र उसले तुरुन्तै वसुदेव र देवकीलाई पकडेर कारागारमा राख्यो । नारदजी त्यहाँबाट जानुभएपछि कंशले केसीलाई बोलाएर गोकुलमा गएर श्रीकृष्ण बलरामलाई मार्न भनी अरायो । केसी श्रीकृष्णलाई मर्न भनी गएपछि कंशले आफ्ना अरु अनुचरहरु माउते मुस्टिक चाँडुरआदिलाई बोलाएर भन्यो तिमीहरु सबैले मेरो कुरा ध्यान दिएर सुन ।।१९–२२।। 

नन्दव्रजे किलासाते सुतावानकदुन्दुभेः ।
रामकृष्णौ ततो मह्यं मृत्युः किल निदर्शितः ॥२३॥

भवद्भ्या मिह सम्प्राप्तौ हन्येतां मल्ललीलया ।
मञ्चाः क्रियन्तां विविधा मल्लरङ्‌गपरिश्रिताः ।
पौरा जानपदाः सर्वे पश्यन्तु स्वैरसंयुगम् ॥२४॥

वसुदेवका दुई छोरा बलराम र श्रीकृष्ण नन्दको व्रजमा बस्दछन् उनीहरूबाट मेरो मृत्यु हुन्छ भनेर नारदजीले मलाई बताउँनु भएको छ । त्यसैले ती दुईजना यहाँ आएपछि तिमीहरुले मल्ल युद्ध गरेर उनीहरुलाई मारिदिनु यसो भनेर कंशले आफ्ना मन्त्रीलाई भन्यो मल्ल युद्धको लागि तिमीहरूले धेरै राम्रो मञ्च बनाउनु जहाँ नगरवासी हरू सबैजना आएर स्वतन्त्र रूपले मल्लयुद्ध हेर्न सकुन् ।।२४।।

महामात्र त्वया भद्र रङ्‌गद्वार्युपनीयताम् ।
द्विपः कुवलयापीडो जहि तेन ममाहितौ ॥२५॥

हे माउते हो ! तिमीहरु धेरै चलाख छौ । त्यसैले रङ्गमञ्चको ढोकामा कुवलयापीड नाम गरेको हात्तीलाई राख्नु र मेरा शत्रुहरूलाई त्यही हात्तीद्वारा मराउनु  ।।२५।। 

आरभ्यतां धनुर्यागश्चतुर्दश्यां यथाविधि ।
विशसन्तु पशून् मेध्यान् भूतराजाय मीढुषे ॥२६॥

कंशले मन्त्रीहरूलाई भन्यो– यसै चतुर्दशी तिथिमा तिमीहरूले धर्नुयज्ञको आरम्भ गर्नु र त्यस यज्ञको सफलताको लागि भैरवका लागि यथोचित बलि चढाउनु ।।२६।।

इत्याज्ञाप्यार्थतन्त्रज्ञ आहूय यदुपुङ्‌गवम् ।
गृहीत्वा पाणिना पाणिं ततोऽक्रूरमुवाच ह ॥२७॥

हे परीक्षित ! कंश केवल स्वार्थको कुरा मात्रै जान्दथ्यो । त्यसैले उसले अक्रुरलाई बोलाएर उनको हात समाउँदै भन्न लाग्यो ॥२७॥

भो भो दानपते मह्यं क्रियतां मैत्रमादृतः ।
नान्यस्त्वत्तो हिततमो विद्यते भोजवृष्णिषु ॥२८॥

हे अक्रुर ! तपाईं धेरै परमज्ञानी हुनुहुन्छ र सबैका आदरणीय पनि हुनुहुन्छ । भोजवंशी र विष्णुवंशी यादवमा तपाईँ जतिको हितकारी अरु कोही पनि छैन त्यसैले मेरा लागि मित्रवत कार्य गरिदिनुहोस्  ॥२८॥

अतस्त्वामाश्रितः सौम्य कार्यगौरवसाधनम् ।
यथेन्द्रो विष्णुमाश्रित्य स्वार्थमध्यगमद् विभुः ॥२९॥

हे मित्र ! यो काम धेरै ठूलो र महत्वपूर्ण छ त्यसैले जसरी इन्द्रले विष्णुको आश्रय लिएका थिए । त्यसरी नै मैले तपाईंको आश्रय लिएको छु ।।२९।। 

गच्छ नन्दव्रजं तत्र सुतावानकदुन्दुभेः ।
आसाते ताविहानेन रथेनानय मा चिरम् ॥३०॥

तपाईँ नन्द बाबाको घरमा गएर ती दुवै बालकलाई बलराम श्रीकृष्णलाई यस रथमा राखेर ढिलो नगरिकन यहाँ लिएर आउनुहोस् ।।३०।।

निसृष्टः किल मे मृत्युर्देवैर्वैकुण्ठसंश्रयैः ।
तावानय समं गोपैर्नन्दाद्यैः साभ्युपायनैः ॥३१॥

भगवान श्री विष्णुको आश्रयमा रहने देवताहरूले ती दुई बालकहरुबाट मेरो मृत्यु हुन्छ भन्ने कुरा निश्चित गरेका छन् त्यसैले तपाईले नन्दादि गोपसहित श्रीकृष्ण बलरामलाई लिएर यहाँ आउनुहोस्  ।।३१।। 

घातयिष्य इहानीतौ कालकल्पेन हस्तिना ।
यदि मुक्तौ ततो मल्लैर्घातये वैद्युतोपमैः ॥३२॥

यहाँ आएपछि ती दुवै बालकलाई आफ्नो कुवलयापीड हात्तीद्वारा मराउनेछु । यदि हात्तीबाट बाँचे भने मेरा पहलमानहरुले उनीहरुलाई मार्नेछन् ।।३२।। 

तयोर्निहतयोस्तप्तान् वसुदेवपुरोगमान् ।
तद्बन्धून् निहनिष्यामि वृष्णिभोजदशार्हकान् ॥ ३३ ॥

श्री कृष्ण बलराम मारिएपछि त्यसको शोकले व्याकुल भएका विष्णु भोज र दशा र वंशी हरु पनि सजिलैसँग मर्ने छन् ।।३३।।
 
उग्रसेनं च पितरं स्थविरं राज्यकामुकम् ।
तद्भ्रांतरं देवकं च ये चान्ये विद्विषो मम ॥३४॥

बुढो भइसकेका मेरा पिता उग्रसेन लाई अझै राज्यको शासन गर्ने लोभ बढेको छ । म उनलाई सहित का जो मेरा रिस गर्छन् ती सबैलाई मार्नेछु ।।३४।। 

ततश्चैषा मही मित्र भवित्री नष्टकण्टका ।
जरासन्धो मम गुरुर्द्विविदो दयितः सखा ॥३५॥

शम्बरो नरको बाणो मय्येव कृतसौहृदाः ।
तैरहं सुरपक्षीयान् हत्वा भोक्ष्ये महीं नृपान् ॥३६॥

हे मेरा मित्र अक्रुरजी ! त्यसपछि यो सारा पृथ्वीमा मेरा शत्रु कोही पनि हुने छैनन् । मेरा पूज्य ससुरा जरासन्ध सम्बरासुर नरकासुर बाणासुरले मसँग मित्रता गरिसकेका छन् उनीहरुसँग सहयोग लिएर म आफ्ना शत्रु राजाहरुलाई पनि मारेर सम्पूर्ण पृथ्वीको भोग गर्नेछु ।।३६।। 
 
एतज्ज्ञात्वाऽनय क्षिप्रं रामकृष्णाविहार्भकौ ।
धनुर्मखनिरीक्षार्थं द्रष्टुं यदुपुरश्रियम् ॥३७॥

मैले तपाईँलाई मेरा गोप्य कुराहरु सबै बताइदिएँ । अब तपाईं छिट्टै बलराम र श्रीकृष्णलाई मथुरा नगरको शोभा हेर्न जाउँ भनेर यहाँ लिएर आउनुहोस् ।।३७।। 

अक्रूर उवाच–
राजन् मनीषितं सध्र्यक् तव स्वावद्यमार्जनम् ।
सिद्ध्यसिद्ध्योः समं कुर्याद् दैवं हि फलसाधनम् ॥३८॥

अक्रुरले भने हे महाराज ! तपाईं आफ्नो मृत्युबाट बच्नको लागि जे जस्तो विचार गर्नुभएको छ त्यो राम्रै कुरा हो । तर मानिसले आफूले चाहेका कुरा प्राप्त गर्दाखेरि पनि वा प्राप्त नगर्दा पनि आफ्नो मनलाई स्थिर राख्नुपर्दछ किनभने फल सधैँ दैवको अधीनमा रहन्छ ।।३८।। 

मनोरथान् करोत्युच्चैर्जनो दैवहतानपि ।
युज्यते हर्षशोकाभ्यां तथाप्याज्ञां करोमि ते ॥३९॥

मानिस आफ्नो इच्छा पूर्ण गर्नका लागि अनेकौं उपायहरू गर्दछ । चाहेको वस्तु प्राप्त गर्न भने दैवको इच्छा हुने हुँदा प्राप्त हुँदा खुसी भइदिन्छ र प्राप्त नहुँदा दुःखी पनि हुन्छ तर जे होस् म तपाईंको आज्ञा पालन गर्दछु ।।३९।। 

शुक उवाच–
एवमादिश्य चाक्रूरं मन्त्रिणश्च विसृज्य सः ।
प्रविवेश गृहं कंसस्तथाक्रूरः स्वमालयम् ॥४०॥

यस प्रकार कंशले मन्त्री र अक्रुरलाई आदेश दिएर उनीहरूलाई बिदा दियो त्यसपछि आफ्नो महलमा प्रवेश गर्यो यता अक्रुर पनि आफ्नो घरमा फर्के ।।४०।।  

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे अक्रूरसंप्रेषणं नाम षट्‌त्रिंशोऽध्यायः ॥३६॥