/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमः स्कंधः – षड्‌त्रिंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमः स्कंधः – षड्‌त्रिंशोऽध्यायः


शुक उवाच
(अनुष्टुप्)
अथ तर्ह्यागतो गोष्ठमरिष्टो वृषभासुरः ।
महीं महाककुत्कायः कम्पयन् खुरविक्षताम् ॥ १ ॥
नेपाली भावानुवादः श्री शुकदेवजी भन्नुहुन्छहे परीक्षित्! भगवान् श्रीकृष्ण व्रजमा प्रवेश गरिरहनुभएको समयमा, त्यहाँ अरिष्टासुर नाम गरेको एउटा बलवान् दैत्य साँढेको रूप धारण गरी गोकुलमा आयो। विशाल आङ र ठूलो जुरा भएको त्यस दैत्यले आफ्ना खुरहरूले पृथ्वी थिचेर जमिन नै थर्कने गरी कम्पन गराइरहेको थियो ।। १ ।।
 
रम्भमाणः खरतरं पदा च विलिखन् महीम् ।
उद्यम्य पुच्छं वप्राणि विषाणाग्रेण चोद्धरन् ॥ २ ॥
किञ्चित्किञ्चिच्छकृन्मुञ्चन् मूत्रयन् स्तब्धलोचनः ।
यस्य निर्ह्रादितेनाङ्‌ग निष्ठुरेण गवां नृणाम् ॥ ३ ॥
पतन्त्यकालतो गर्भाः स्रवन्ति स्म भयेन वै ।
निर्विशन्ति घना यस्य ककुद्यचलशङ्‌कया ॥ ४ ॥
नेपाली भावानुवादः हे परीक्षित्! त्यस असुरले अत्यन्तै भीषण स्वरमा कराउँदै र खुट्टाले जमिन खोस्रँदै, पुच्छर ठाडो पारेर सिङले माटोका ढिस्काहरू भत्काउन थाल्यो। ऊ अलि-अलि गोबर र मूत्र त्याग गर्दै स्थिर दृष्टिले हेरिरहेको थियो। हे अङ्ग (राजन्)! उसको त्यो कठोर गर्जन सुनेर त्रसित भएका गाई र महिलाहरूको गर्भ तुहिन थाल्यो। ऊ यति भीमकाय थियो कि उसको जुरालाई पहाड सम्झेर बादलहरू त्यसमाथि बस्दथे ।। २-३-४ ।।
 
तं तीक्ष्णशृङ्‌गमुद्वीक्ष्य गोप्यो गोपाश्च तत्रसुः ।
पशवो दुद्रुवुर्भीता राजन् संत्यज्य गोकुलम् ॥ ५ ॥
नेपाली भावानुवादः हे राजन्! त्यस तीखो सिङ भएको भयानक साँढेलाई देखेर गोप-गोपिनीहरू अत्यन्तै डराए। डरका कारण त्यहाँ भएका पशुहरू गोकुल छोडेर यताउति भाग्न थाले ।। ५ ।।
 
कृष्ण कृष्णेति ते सर्वे गोविन्दं शरणं ययुः ।
भगवानपि तद्वीक्ष्य गोकुलं भयविद्रुतम् ॥ ६ ॥
नेपाली भावानुवादः त्यस कठिन समयमा सबै व्रजवासीहरू "हे कृष्ण! हे कृष्ण!" भन्दै भगवान् गोविन्दको शरणमा परे। भगवान् श्रीकृष्णले पनि सारा गोकुलवासीहरू डरले व्याकुल भएको देख्नुभयो ।। ६ ।।
 
मा भैष्टेति गिराऽऽश्वास्य वृषासुरमुपाह्वयत् ।
गोपालैः पशुभिर्मन्द त्रासितैः किमसत्तम ॥ ७ ॥
नेपाली भावानुवादः त्यसपछि उहाँले "नडराऊ" भनी सबैलाई सान्त्वना दिनुभयो र त्यस वृषभासुरलाई लल्कार्दै भन्नुभयो– "ओ अधम मूर्ख! यी निरपराध गोप र पशुहरूलाई तर्साएर तैँले के पाउँछस्?" ।। ७ ।।
 
बलदर्पहाहं दुष्टानां त्वद्विधानां दुरात्मनाम् ।
इत्यास्फोट्याच्युतोऽरिष्टं तलशब्देन कोपयन् ॥ ८ ॥
नेपाली भावानुवादः "हेर, म तँ जस्ता दुष्ट र दुरात्माहरूको बल र घमण्ड नष्ट गर्न यहाँ उभिएको छु।" यति भनेर अच्युत भगवान् श्रीकृष्णले आफ्नो पाखुरा ठोक्दै ताली बजाएर अरिष्टासुरलाई क्रोधित तुल्याउनुभयो ।। ८ ।।
 
सख्युरंसे भुजाभोगं प्रसार्यावस्थितो हरिः ।
सोऽप्येवं कोपितोऽरिष्टः खुरेणावनिमुल्लिखन् ।
उद्यत्पुच्छभ्रमन्मेघः क्रुद्धः कृष्णमुपाद्रवत् ॥ ९ ॥
नेपाली भावानुवादः भगवान् श्रीहरि आफ्नो एउटा हात सखाको काँधमा राखेर निश्चिन्त भई उभिनुभयो। यसबाट अरिष्टासुर झन् क्रुद्ध भयो र खुरले जमिन खोस्रँदै तथा पुच्छर हल्लाएर बादलहरूलाई छिन्नभिन्न पार्दै श्रीकृष्णमाथि आक्रमण गर्न जाइलाग्यो ।। ९ ।।
 
अग्रन्यस्तविषाणाग्रः स्तब्धासृग्लोचनोऽच्युतम् ।
कटाक्षिप्याद्रवत्तूर्णमिन्द्रमुक्तोऽशनिर्यथा ॥ १० ॥
नेपाली भावानुवादः आफ्नो सिङलाई अगाडि तेर्स्याएर र रक्ताम्य आँखाले श्रीकृष्णलाई टेढो नजरले हेर्दै, त्यो असुर इन्द्रले प्रहार गरेको वज्रझैँ तीव्र वेगले उहाँमाथि जाइलाग्यो ।। १० ।।
 
गृहीत्वा शृङ्‌गयोस्तं वा अष्टादश पदानि सः ।
प्रत्यपोवाह भगवान् गजः प्रतिगजं यथा ॥ ११ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले त्यसको दुवै सिङमा झ्याप्प समात्नुभयो र जसरी एउटा मत्त हात्तीले अर्को प्रतिद्वन्द्वी हात्तीलाई धकेल्छ, त्यसरी नै उहाँले त्यस असुरलाई अठार पाइला पछाडि धकेलिदिनुभयो ।। ११ ।।
 
सोऽपविद्धो भगवता पुनरुत्थाय सत्वरम् ।
आपतत् स्विन्नसर्वाङ्‌गो निःश्वसन् क्रोधमूर्च्छितः ॥ १२ ॥
नेपाली भावानुवादः भगवान्ले धकेलिदिएपछि ऊ ठूलो जोडले लड्यो। शरीरभरि पसिना र रिसले चुर भएको त्यो दैत्य लामो सास फेर्दै उठ्यो र पुनः ठूलो वेगका साथ श्रीकृष्णतिर झम्टियो ।। १२ ।।
 
(मिश्र)
तमापतन्तं स निगृह्य शृङ्‌गयोः
    पदा समाक्रम्य निपात्य भूतले ।
निष्पीडयामास यथाऽऽर्द्रमम्बरं
    कृत्वा विषाणेन जघान सोऽपतत् ॥ १३ ॥
नेपाली भावानुवादः फेरि आक्रमण गर्न आएको देखेर भगवान्ले त्यसका दुवै सिङ समातेर भुइँमा पछारिदिनुभयो र खुट्टाले कुल्चेर भिजेको लुगा निचोरेझैँ त्यसलाई निमोठिदिनुभयो। त्यसपछि उहाँले त्यसकै एउटा सिङ उखेलेर त्यसैले प्रहार गर्नुभयो र ऊ रगत वान्ता गर्दै भुइँमा ढल्यो ।। १३ ।।
 
असृग् वमन् मूत्रशकृत् समुत्सृजन्
    क्षिपंश्च पादाननवस्थितेक्षणः ।
जगाम कृच्छ्रं निर्ऋतेरथ क्षयं
    पुष्पैः किरन्तो हरिमीडिरे सुराः ॥ १४ ॥
नेपाली भावानुवादः हे परीक्षित्! मुखबाट रगत वान्ता गर्दै र दिसा-पिसाब त्याग गर्दै, खुट्टा बजारेर र आँखा पल्टाउँदै त्यस असुरले अत्यन्तै कष्टका साथ प्राण त्याग गर्यो। यो देखेर स्वर्गका देवताहरूले पुष्पवृष्टि गर्दै भगवान् श्रीहरिको स्तुति गरे ।। १४ ।।
 
(अनुष्टुप्)
एवं ककुद्मिनं हत्वा स्तूयमानः स्वजातिभिः ।
विवेश गोष्ठं सबलो गोपीनां नयनोत्सवः ॥ १५ ॥
नेपाली भावानुवादः यसरी साँढेको रूपधारी अरिष्टासुरको वध गरेर, आफ्ना स्वजनहरूबाट प्रशंसित हुँदै, गोपिनीहरूका आँखालाई आनन्द दिने श्रीकृष्ण बलरामजीका साथ गोकुलमा प्रवेश गर्नुभयो ।। १५ ।।
 
अरिष्टे निहते दैत्ये कृष्णेनाद्भुवतकर्मणा ।
कंसायाथाह भगवान् नारदो देवदर्शनः ॥ १६ ॥
नेपाली भावानुवादः हे राजन्! अद्भुत कर्म गर्ने श्रीकृष्णले अरिष्टासुरलाई मारेपछि देवर्षि नारदले कंसकहाँ गएर भन्नुभयो ।। १६ ।।
 
यशोदायाः सुतां कन्यां देवक्याः कृष्णमेव च ।
रामं च रोहिणीपुत्रं वसुदेवेन बिभ्यता ॥ १७ ॥
न्यस्तौ स्वमित्रे नन्दे वै याभ्यां ते पुरुषा हताः ।
निशम्य तद्भोिजपतिः कोपात् प्रचलितेन्द्रियः ॥ १८ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– "हे कंस! यशोदाकी सन्तान वास्तवमा छोरी थिइन् भने देवकीको आठौँ सन्तान त श्रीकृष्ण हुन्। वसुदेवले डरका कारण आफ्ना पुत्र श्रीकृष्ण र रोहिणीपुत्र बलरामलाई नन्दको घरमा राखेका हुन्। यिनै दुई दाजुभाइले तिम्रा पुतना आदि असुरहरूलाई मारेका हुन्।" यो सुनेर भोजराज कंसको शरीर रिसले थरथर काम्न थाल्यो ।। १७-१८ ।।
 
ज्ञात्वा लोहमयैः पाशैर्बबन्ध सह भार्यया ।
प्रतियाते तु देवर्षौ कंस आभाष्य केशिनम् ॥ २० ॥
निशातमसिमादत्त वसुदेवजिघांसया ।
निवारितो नारदेन तत्सुतौ मृत्युमात्मनः ॥ १९ ॥
नेपाली भावानुवादः यो सत्य थाहा पाएपछि कंसले वसुदेवलाई मार्नका लागि तिखो तरबार उठायो, तर नारदजीले उनलाई रोक्नुभयो। आफ्ना शत्रु श्रीकृष्ण र बलराम हुन् भन्ने पक्का भएपछि उसले वसुदेव र देवकीलाई पुनः फलामे साङ्लाले बाँधेर कारागारमा हाल्यो ।। १९-२० ।।
 
प्रेषयामास हन्येतां भवता रामकेशवौ ।
ततो मुष्टिकचाणूरशलतोशलकादिकान् ॥ २१ ॥
अमात्यान् हस्तिपांश्चैव समाहूयाह भोजराट् ।
भो भो निशम्यतामेतद् वीरचाणूरमुष्टिकौ ॥ २२ ॥
नेपाली भावानुवादः नारदजी गएपछि कंसले केसी नामको दैत्यलाई बोलाएर श्रीकृष्ण र बलरामलाई मार्न वृन्दावन पठायो। त्यसपछि मुष्टिक, चाणूर, शल, तोशल आदि पहलमानहरू र माउतेहरूलाई बोलाएर कंसले भन्न थाल्यो– "हे वीर चाणूर र मुष्टिक! मेरो कुरा ध्यान दिएर सुन" ।। २१-२२ ।।
 
नन्दव्रजे किलासाते सुतावानकदुन्दुभेः ।
रामकृष्णौ ततो मह्यं मृत्युः किल निदर्शितः ॥ २३ ॥
भवद्भ्या मिह सम्प्राप्तौ हन्येतां मल्ललीलया ।
मञ्चाः क्रियन्तां विविधा मल्लरङ्‌गपरिश्रिताः ।
पौरा जानपदाः सर्वे पश्यन्तु स्वैरसंयुगम् ॥ २४ ॥
नेपाली भावानुवादः "नन्दको व्रजमा वसुदेवका छोराहरू बलराम र श्रीकृष्ण बस्दछन्। उनीहरूबाटै मेरो मृत्यु हुने कुरा निश्चित भएको छ। त्यसैले जब उनीहरू यहाँ आउनेछन्, तिमीहरूले मल्ल युद्धको बहानामा उनीहरूलाई मारिदिनु। यसका लागि भव्य रङ्गमञ्च र बस्ने ठाउँहरू बनाउनू, जहाँ नगरवासीहरूले यो युद्ध हेर्न सकुन्" ।। २३-२४ ।।
 
महामात्र त्वया भद्र रङ्‌गद्वार्युपनीयताम् ।
द्विपः कुवलयापीडो जहि तेन ममाहितौ ॥ २५ ॥
नेपाली भावानुवादः "हे माउते! तिमीले रङ्गमञ्चको ढोकामा कुवलयापीड नाम गरेको शक्तिशाली हात्तीलाई तयार राख्नु र मेरा ती दुवै शत्रुलाई त्यही हात्तीद्वारा कुल्चाएर मार्नु" ।। २५ ।।
 
आरभ्यतां धनुर्यागश्चतुर्दश्यां यथाविधि ।
विशसन्तु पशून् मेध्यान् भूतराजाय मीढुषे ॥ २६ ॥
नेपाली भावानुवादः "चतुर्दशीका दिन विधिपूर्वक धनुष यज्ञको आरम्भ गर्नू र भूतराज महादेवको प्रसन्नताका लागि पशुहरूको बलि दिनू" ।। २६ ।।
 
इत्याज्ञाप्यार्थतन्त्रज्ञ आहूय यदुपुङ्‌गवम् । 
गृहीत्वा पाणिना पाणिं ततोऽक्रूरमुवाच ह ॥ २७ ॥
नेपाली भावानुवादः यसरी आज्ञा दिएपछि स्वार्थ सिद्ध गर्न खप्पिस कंसले यदुवंशीहरूमा श्रेष्ठ अक्रूरजीलाई बोलाएर, उहाँको हात समाउँदै भन्न थाल्यो ।। २७ ।।
 
भो भो दानपते मह्यं क्रियतां मैत्रमादृतः ।
नान्यस्त्वत्तो हिततमो विद्यते भोजवृष्णिषु ॥ २८ ॥
नेपाली भावानुवादः "हे दानपति अक्रूर! मेरो एउटा मित्रतापूर्ण कार्य गरिदिनुहोस्। भोज र वृष्णि वंशीहरूमा तपाईँभन्दा ठूलो मेरो हितकारी र विश्वासिलो अरू कोही छैन" ।। २८ ।।
 
अतस्त्वामाश्रितः सौम्य कार्यगौरवसाधनम् ।
यथेन्द्रो विष्णुमाश्रित्य स्वार्थमध्यगमद् विभुः ॥ २९ ॥
नेपाली भावानुवादः "हे सौम्य! यो कार्य अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले मैले तपाईँको आश्रय लिएको छु। जसरी इन्द्रले विष्णुको सहायताले आफ्नो काम पूरा गरे, म पनि तपाईँको सहयोग चाहन्छु" ।। २९ ।।
 
गच्छ नन्दव्रजं तत्र सुतावानकदुन्दुभेः ।
आसाते ताविहानेन रथेनानय मा चिरम् ॥ ३० ॥
नेपाली भावानुवादः "तपाईँ नन्दको व्रजमा जानुहोस् र त्यहाँ रहेका वसुदेवका ती दुई छोराहरूलाई यसै रथमा राखेर ढिलो नगरी यहाँ लिएर आउनुहोस्" ।। ३० ।।
 
निसृष्टः किल मे मृत्युर्देवैर्वैकुण्ठसंश्रयैः ।
तावानय समं गोपैर्नन्दाद्यैः साभ्युपायनैः ॥ ३१ ॥
नेपाली भावानुवादः "विष्णुको शरणमा रहेका देवताहरूले उनीहरूलाई मेरो कालका रूपमा पठाएका छन्। त्यसैले तपाईँले नन्द आदि गोपहरूलाई विभिन्न उपहारसहित श्रीकृष्ण र बलरामलाई यहाँ लिएर आउनुहोस्" ।। ३१ ।।
 
घातयिष्य इहानीतौ कालकल्पेन हस्तिना ।
यदि मुक्तौ ततो मल्लैर्घातये वैद्युतोपमैः ॥ ३२ ॥
नेपाली भावानुवादः "यहाँ आएपछि म उनीहरूलाई कालजस्तै हात्तीद्वारा मार्नेछु। यदि हात्तीबाट बाँचे भने मेरा वज्रजस्तै शक्तिशाली पहलमानहरूले उनीहरूको अन्त गर्नेछन्" ।। ३२ ।।
 
तयोर्निहतयोस्तप्तान् वसुदेवपुरोगमान् ।
तद्बन्धून् निहनिष्यामि वृष्णिभोजदशार्हकान् ॥ ३३ ॥
नेपाली भावानुवादः "ती दुवै मारिएपछि म शोकमा डुबेका वसुदेव, वृष्णि, भोज र दशार्ह वंशी मेरा सबै शत्रुहरूलाई सजिलै समाप्त पारिदिनेछु" ।। ३३ ।।
 
उग्रसेनं च पितरं स्थविरं राज्यकामुकम् ।
तद्भ्रांतरं देवकं च ये चान्ये विद्विषो मम ॥ ३४ ॥
नेपाली भावानुवादः "मैले मेरा वृद्ध पिता उग्रसेन, उनका भाइ देवक र मलाई विरोध गर्ने सबैलाई मार्नेछु र निर्धक्क भएर राज्य गर्नेछु" ।। ३४ ।।
 
ततश्चैषा मही मित्र भवित्री नष्टकण्टका ।
जरासन्धो मम गुरुर्द्विविदो दयितः सखा ॥ ३५ ॥
शम्बरो नरको बाणो मय्येव कृतसौहृदाः । तैरहं सुरपक्षीयान् हत्वा भोक्ष्ये महीं नृपान् ॥ ३६ ॥
नेपाली भावानुवादः "हे मित्र! त्यसपछि यो धर्ती शत्रुविहीन हुनेछ। मेरा ससुरा जरासन्ध र मित्रहरू द्विविद, शम्बरासुर, नरकासुर र बाणासुरको सहयोगमा म देवताका पक्षपाती सबै राजाहरूलाई मारेर एकछत्र शासन गर्नेछु" ।। ३५-३६ ।।
 
एतज्ज्ञात्वाऽनय क्षिप्रं रामकृष्णाविहार्भकौ ।
धनुर्मखनिरीक्षार्थं द्रष्टुं यदुपुरश्रियम् ॥ ३७ ॥
नेपाली भावानुवादः "यी सबै कुरा बुझेर तपाईँ छिट्टै ती बालकहरूलाई धनुष यज्ञ र मथुराको शोभा हेर्न जाऊँ भनी फकाएर यहाँ लिएर आउनुहोस्" ।। ३७ ।।
 
अक्रूर उवाच
राजन् मनीषितं सध्र्यक् तव स्वावद्यमार्जनम् ।
सिद्ध्यसिद्ध्योः समं कुर्याद् दैवं हि फलसाधनम् ॥ ३८ ॥
नेपाली भावानुवादः अक्रूरजीले भन्नुभयो– "महाराज! आफ्नो दुःख र कालबाट बच्ने तपाईँको यो विचार त ठिकै हो, तर सफलता र असफलतामा मानिसले धैर्य राख्नुपर्छ। किनकि अन्तिम फल त दैव (भाग्य) को हातमा हुन्छ" ।। ३८ ।।
 
मनोरथान् करोत्युच्चैर्जनो दैवहतानपि ।
युज्यते हर्षशोकाभ्यां तथाप्याज्ञां करोमि ते ॥ ३९ ॥
नेपाली भावानुवादः "मानिसले अनेकौँ ठूला-ठूला इच्छाहरू गर्दछ, तर दैवको इच्छा अर्कै हुन सक्छ। तैपनि म तपाईँको आज्ञा पालना गर्नेछु र व्रज जानेछु" ।। ३९ ।।
 
शुक उवाच
एवमादिश्य चाक्रूरं मन्त्रिणश्च विसृज्य सः । प्र
विवेश गृहं कंसस्तथाक्रूरः स्वमालयम् ॥ ४० ॥
नेपाली भावानुवादः यसरी अक्रूर र मन्त्रीहरूलाई बिदा दिएर कंस आफ्नो महलमा पस्यो र अक्रूरजी पनि आफ्नो घरमा जानुभयो ।। ४० ।।

इति श्रीमद्‍भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे 
पूर्वार्धे अक्रूरसंप्रेषणं नाम षट्‌त्रिंशोऽध्यायः ॥ ३६ ॥

🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको दशम स्कन्ध अन्तर्गतको छत्तीसौँ अध्यायमा मुख्य रूपमा अरिष्टासुरको वध र कंसद्वारा अक्रूरलाई वृन्दावन पठाउने प्रसङ्ग उल्लेख गरिएको छ। कथाको प्रारम्भमा अरिष्टासुर नामको दैत्य विशाल साँढेको रूप धारण गरेर गोकुलमा आतङ्क मच्चाउन आउँछ। उसको भयानक गर्जन र विशाल शरीर देखेर सारा गोकुलवासीहरू र पशुहरू समेत भयभीत हुन्छन्। जब व्रजवासीहरूले भगवान् श्रीकृष्णको शरण लिन्छन्तब श्रीकृष्णले "नडराऊ" भन्दै उनीहरूलाई सान्त्वना दिनुहुन्छ र त्यस असुरलाई युद्धका लागि लल्कार्नुहुन्छ। श्रीकृष्ण र अरिष्टासुरबीच घमासान युद्ध हुन्छजसमा श्रीकृष्णले त्यसको सिङ समातेर धकेल्नुहुन्छ र अन्त्यमा त्यसैको सिङ उखेलेर त्यसलाई यमलोक पठाउनुहुन्छ। यो घटनापछि देवर्षि नारद कंसको दरबारमा पुग्नुहुन्छ र उसलाई एउटा ठूलो रहस्य बताउनुहुन्छ। नारदजीले कंसलाई भन्नुहुन्छ कि देवकीको आठौँ सन्तान भनिएकी केटी वास्तवमा यशोदाकी छोरी थिइन् र देवकीको वास्तविक आठौँ सन्तान त श्रीकृष्ण हुन्जो नन्दको घरमा बसिरहेका छन्। यो सुनेर कंस रिसले पागल हुन्छ र वसुदेव-देवकीलाई पुनः कारागारमा हाल्छ। कंसले श्रीकृष्ण र बलरामलाई मार्नका लागि एउटा ठूलो षड्यन्त्र बुन्दछ। उसले मथुरामा 'धनुष यज्ञको आयोजना गर्छ र मल्ल युद्धको बहानामा उनीहरूलाई मार्ने योजना बनाउँछ। यस कार्यका लागि उसले आफ्ना परम ज्ञानी र भक्त स्वभावका काका अक्रूरजीलाई दूध (सन्देशवाहक) बनाएर वृन्दावन पठाउने निर्णय गर्दछ। कंसले अक्रूरलाई फकाउँदै उनीहरूलाई जसरी पनि मथुरा लिएर आउन भन्दछ। उसले बाटोमा कुवलयापीड हात्ती र रङ्गमञ्चमा चाणूर तथा मुष्टिक जस्ता पहलमानहरूद्वारा उनीहरूलाई मार्ने योजना अक्रूरलाई सुनाउँछ। अक्रूरजी कंसको योजना सुनेर पनि शान्त रहनुहुन्छ र सफलता वा असफलता दैवको हातमा रहेको कुरा बताउँदै आज्ञा शिरोपर गर्नुहुन्छ। यसरी यो अध्यायले असुरहरूको विनाशको सुरुवात र श्रीकृष्णको मथुरा यात्राको पृष्ठभूमि तयार गर्दछ।

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष अत्यन्तै गम्भीर छजसले अहंकार र दैवी शक्तिको द्वन्द्वलाई प्रस्ट पार्छ। अरिष्टासुर (साँढे) को रूपलाई शास्त्रमा 'बुद्धि र अहंकारको विकृत रूप मानिएको छजसलाई केवल परमात्माले मात्र नियन्त्रण गर्न सक्नुहुन्छ। नारदजीले कंसलाई सत्य बताउनुको अर्थ 'समयको परिपक्वताहोजब पापको घडा भरिन्छतब सत्य प्रकट हुनै पर्छ। कंसको चरित्रले 'ममता र अहंताको चरम पराकाष्ठा देखाउँछजहाँ उसले आफ्नै बुबा र आफन्तलाई पनि शत्रु देख्न थाल्छ। यो दार्शनिक रूपमा 'अज्ञानको प्रतीक होजसले मानिसलाई अन्धो बनाउँछ। अक्रूरजीको चरित्रले भने 'कर्मयोगको शिक्षा दिन्छउनी कंसको नराम्रो नियत थाहा पाएर पनि आफ्नो कर्तव्यबाट विचलित हुँदैनन् र फललाई ईश्वरमा समर्पित गर्छन्। "सिद्ध्यसिद्ध्योः समं कुर्याद्" भन्ने अक्रूरको भनाइले गीताको निष्काम कर्मयोगको झलक दिन्छ। यस अध्यायले यो पनि सिकाउँछ कि जतिसुकै बलियो षड्यन्त्र बुने पनि दैवी विधानका अगाडि मानवीय अहंकार सधैँ पराजित हुन्छ। कंसले श्रीकृष्णलाई मार्न बोलाए पनि वास्तवमा ऊ आफ्नो मृत्युलाई नै आमन्त्रण गरिरहेको हुन्छजुन 'प्रारब्धको अकाट्य नियम हो। अन्ततः यो अध्यायले भक्तिको मार्गमा आउने बाधाहरू (असुरहरू) को नाश र भगवान्‌को शरणागतिको महत्त्वलाई जोड दिएको छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...