श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – अष्टदशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
अथ कृष्णः परिवृतो ज्ञातिभिर्मुदितात्मभिः ।
अनुगीयमानो न्यविशद् व्रजं गोकुलमण्डितम् ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
अब कालियदमन र अग्निपानका कारण आनन्दित भएका आफन्तहरुबाट आफ्नो कीर्तिको गुण ज्ञान सुन्दै श्रीकृष्ण व्रजमा प्रवेश गर्नु भयो ।।१।।
व्रजे विक्रीडतोरेवं गोपालच्छद्ममायया ।
ग्रीष्मो नामर्तुरभवन्नातिप्रेयाञ्छरीरिणाम् ॥२॥
यसप्रकार आफ्नो योगमायाले गोप बालकलाई आधार बनाएर राम र कृष्ण बजमा क्रीडा गरिरहनु हुँदा अब प्राणिहरुले त्यतिबिधि मन नपराउँने गृष्म ऋतु सुरुभयो ।।२।।
स च वृन्दावनगुणैर्वसन्त इव लक्षितः ।
यत्रास्ते भगवान् साक्षाद् रामेण सह केशवः ॥३॥
श्रीकृष्ण र बलरामको निवासस्थान र वृन्दावनको स्वाभाविक गुणले गर्दा गृष्मऋतु पनि बसन्तको जस्तो भान भईरहेको थियो ।।३।।
यत्र निर्झरनिर्ह्रादनिवृत्तस्वनझिल्लिकम् ।
शश्वत्तच्छीकरर्जीषद्रुममण्डलमण्डितम् ॥४॥
गृष्मऋतुमा पनि झरझर गरी झरनाबाट मधुर आवाज निस्कदा गृष्मऋतुको कठोर आवाजलाई पनि दबाएको थियो । झरनाबाट निस्किएका जलकणले गर्दा त्यहाँका वृक्ष रसिला बनेर सुशोभित भएका थिए ।।४।।
सरित्सरःप्रस्रवणोर्मिवायुना
कह्लारकञ्जोत्पलरेणुहारिणा ।
न विद्यते यत्र वनौकसां दवो
निदाघवह्न्यर्कभवोऽतिशाद्वले ॥५॥
त्यहाँ व्रजमा फुल्ने स्वेतकमल, जलकमल र निलकमलबाट निस्कने सुगन्धित परागका कारण शितल वायु बहन्थ्यो जसका कारण वृन्दावनबासीहरुलाई गर्मिको कुनै क्लेश सहन पर्दैनथ्यो । जहाँ गृष्मकालिन समयमा उत्पन्न हुने गर्मि डढेलो र प्रचण्ड सूर्यको ताप समेत खप्नु पर्दैनथ्यो ।।५।।
अगाधतोयह्रदिनीतटोर्मिभि–
र्द्रवत्पुरीष्याः पुलिनैः समन्ततः ।
न यत्र चण्डांशुकरा विषोल्बणा
भुवो रसं शाद्वलितं च गृह्णते ॥ ६ ॥
नदीको वेगले उठेको छालले गर्दा त्यहाँको जमिन रसिलो बनेको थियो जसले गर्दा चारैतिर शीतलता फैलिएको थियो । त्यही शीतलताले गर्दा विष झैं रापिलो प्रचण्ड गर्मिले पनि त्यहाँको हरियालीलाई सुकाउन सक्तैन थियो ।।६।।
(अनुष्टुप्)
वनं कुसुमितं श्रीमन्नदच्चित्रमृगद्विजम् ।
गायन्मयूरभ्रमरं कूजत्कोकिलसारसम् ॥७॥
किसिम किसिमका फूल फुल्नाले त्यहाँका रुखहरु निकै सुन्दर देखिन्थे । कतिपय ठाउँमा रङ्गबिरङ्गी चराचुरुङ्गीहरू चिरबिर गरेर आवाज निकालिरहेका हुन्थे भने कतिपय ठाउँमा विभिन्न किसिमका मृगहरू घुमिरहेका हुन्थे त कतै मयुरहरु नाचिरहेका देखिन्थे । कतै भवराहरु गुनगुनिरहेका हुन्थे । कतै कोइली र सारसको आवाज गुन्जित भएका हुन्थे ।।७।।
क्रीडिष्यमाणस्तत् कृष्णो भगवान् बलसंयुतः ।
वेणुं विरणयन् गोपैर्गोधनैः संवृतोऽविशत् ॥८॥
यस्तो सुन्दर वन देखेर भगवान् श्रीकृष्ण बलरामजी र गोपहरुलाई साथै लिएर बाँसुरी बजाउँदै त्यस वनमा प्रवेश गर्नुभयो ।।८।।
प्रवालबर्हस्तबकस्रग्धातुकृतभूषणाः ।
रामकृष्णादयो गोपा ननृतुर्युयुधुर्जगुः ॥९॥
त्यस वनमा प्रवेश गर्नुभएका श्रीकृष्ण बलराम सहित गोप केटाहरूले नयाँ पालुवा, मयूरका प्वाँखका गुच्छा, सुन्दर फूलका माला र गेरु आदि रङ्गीन धातुहरुको मालामा सजिएर खुसिहुँदै कोही नाच्न थाले, कोही गाना गाउँन लागे भने कोही कुस्ती आदि खेलेर रमाउँन लागे ।।९।।
कृष्णस्य नृत्यतः केचिज्जगुः केचिदवादयन् ।
वेणुपाणितलैः शृङ्गैः प्रशशंसुरथापरे ॥१०॥
श्रीकृष्ण नाच्न हुँदा ग्वालवालहरु गाउँन थाल्दथे त कोही बाँसुरी बजाउथे भने कोही हातले ताली बाजाएर वाह वाह गर्दथे ।।१०।।
गोपजातिप्रतिच्छन्नौ देवा गोपालरूपिणः ।
ईडिरे कृष्णरामौ च नटा इव नटं नृप ॥११॥
परीक्षित ! नटहरुले आफ्नो नायकको प्रशंसा गरेझैं गोपालको रुपमा त्यहाँ आएका देवताहरुले बलराम र श्रीकृष्णको प्रशंसा गरे ।।११।।
भ्रमणैर्लङ्घनैः क्षेपैरास्फोटन विकर्षणैः ।
चिक्रीडतुर्नियुद्धेन काकपक्षधरौ क्वचित् ॥१२॥
घुमृएको कपालको चुल्ठो भएका बलराम र श्रीकृष्ण कहिलेकाहीँ एकअर्काको हात समातेर फनफनी घुमने कुमालेको पांग्रा घुमेजस्तै गरी घुम्ने गर्दथे । कहिले माटोको डल्ला बनाई फ्याक्ने त कहिले पाखुरा ठोक्ने कहिले डोरी तानातान गरेर युध्द गरे जसरी बिभिन्न किसिमका खेल खेल्दथे ।।१२।।
क्वचिन्नृत्यत्सु चान्येषु गायकौ वादकौ स्वयम् ।
शशंसतुर्महाराज साधु साध्विति वादिनौ ॥१३॥
कहिलेकही गोप बालकहरुले नाच्न थालेपछि श्रीकृष्ण र बलरामजी बाँसुरी, सिंग आदिको बाजा बजाएर वाह वाह गरि हौसला दिनुहुन्थ्यो ।।१३।।
क्वचित् बिल्वैः क्वचित् कुम्भैः क्व चामलकमुष्टिभिः ।
अस्पृश्यनेत्रबन्धाद्यैः क्वचिन्मृगखगेहया ॥१४॥
कहिले बिभिन्न किसिमका फलहरु जस्तो बेल, जाइफल अमलाको फलहरु हातमा लिएर फ्याक्ने, लुकामारी खेल्ने गदर्थे भने कहिले दगुर्ने बिभिन्न पशुपक्षीको जस्तो आवाज निकाल्ने आदि गरेर अनुकरण गर्नुहुन्थ्यो ।।१४।।
क्वचिच्च दर्दुरप्लावैर्विविधैरुपहासकैः ।
कदाचित् स्पन्दोलिकया कर्हिचिन्नृपचेष्टया ॥१५॥
कहिले भ्यागुतो उफ्रे जसरी उफ्रने कहिले ख्यालठट्टा गर्ने त कहिले बिभिन्न लहराहरुमा पिंग खेल्ने गर्नुहुन्थो भने कहिले राजाका अनुकरण आदि गर्नुहुन्थ्यो ।।१५।।
एवं तौ लोकसिद्धाभिः क्रीडाभिश्चेरतुर्वने ।
नद्यद्रिद्रोणिकुञ्जेषु काननेषु सरस्सु च ॥१६॥
यसप्रकार बलराम र श्रीकृष्ण खेल्दै वृन्दावनको नदी पर्वत गुफा वन र सरोवरमा साधारण बालकले खेलेझै गरि खेल खेलेर विचरण गनुभयो ।।१६।।
पशूंश्चारयतोर्गोपैस्तद्वने रामकृष्णयोः ।
गोपरूपी प्रलम्बोऽगादसुरस्तज्जिहीर्षया ॥१७॥
एकदिन वृन्दावनमा बलरामजी र श्रीकृष्ण गोपबालकहरुका सथमा गाई चराई रहेको बखतमा वहाँहरुलाई अपहरण गरिलाने इच्छाले प्रलम्वासुर नाम गरेको राक्षस गोपको रुप धारण गरेर आयो ।।१७।।
तं विद्वानपि दाशार्हो भगवान् सर्वदर्शनः ।
अन्वमोदत तत्सख्यं वधं तस्य विचिन्तयन् ॥१८॥
दशार्हका वंशज श्रीकृष्णले त्यस राक्षसको बारेमा जान्नुहुन्थ्यो तपानि त्यसलाई मार्ने बिचारले उ संग मित्रता बढाउँदै साथीहरुमा मिलाउने निर्णय गर्नुभयो ।।१८।।
तत्रोपाहूय गोपालान् कृष्णः प्राह विहारवित् ।
हे गोपा विहरिष्यामो द्वन्द्वीभूय यथायथम् ॥१९॥
भगवान श्रीकृष्णले आफ्ना गोप साथीहरुलाई बोलाएर दुई पंक्ति भएर खेल खेल्न प्रस्ताव गर्नुभयो ।।१९।।
तत्र चक्रुः परिवृढौ गोपा रामजनार्दनौ ।
कृष्णसङ्घट्टिनः केचिदासन् रामस्य चापरे ॥२०॥
त्यस पछि गोपबालकहरुले श्रीकृष्ण र बलरामलाई एकएक पक्षका नायक बनाएर कोही श्रीकृष्ण तिर लागे भने कोही बलराम पक्षतिर लागे ।।२०।।
आचेरुर्विविधाः क्रीडा वाह्यवाहकलक्षणाः ।
यत्रारोहन्ति जेतारो वहन्ति च पराजिताः ॥२१॥
यसरी खेल्दा गोपले अर्को दलको खेलाडीलाई पिठ्युमा चढाएर कुनै ठाउँमा लिएर जान्थ्यो । यसो गर्दा जित्ने हार्नेको पिठ्युमा चढ्दथ्यो । खेलको यस्तो नियमा थियो ।।२१।।
वहन्तो वाह्यमानाश्च चारयन्तश्च गोधनम् ।
भाण्डीरकं नाम वटं जग्मुः कृष्णपुरोगमाः ॥२२॥
यस प्रकार जित्नेले बोक्ने र हार्नेलाई बोकाउने खेल खेल्दै श्रीकृष्ण लगायत गोप बालकहरु भाण्डिरक नामका वरको रुख नजिक पुगे ।।२२।।
रामसङ्घट्टिनो यर्हि श्रीदामवृषभादयः ।
क्रीडायां जयिनस्तांस्तानूहुः कृष्णादयो नृप ॥२३॥
यसरी खेल्ने क्रममा बलराम पक्षका श्रीदामा बृषभ आदिले खेल जितेकाले श्रीकृष्ण पक्षले जित्ने पक्षलाई बोके ।।२३।।
उवाह कृष्णो भगवान् श्रीदामानं पराजितः ।
वृषभं भद्रसेनस्तु प्रलम्बो रोहिणीसुतम् ॥२४॥
हार्ने पक्षका श्रीकृष्णले श्रीदामालाई आफ्नो पिठ्युमा बोक्नु भयो, भद्रसेनले वृषभलाई पिठ्युमा बोके भने प्रलम्बले बलरामजीलाई बोक्यो ।।२४।।
अविषह्यं मन्यमानः कृष्णं दानवपुङ्गवः ।
वहन् द्रुततरं प्रागादवरोहणतः परम् ॥२५॥
दानवश्रेष्ठ प्रलम्बासुरले श्रीकृष्ण आफुभन्दा बलियो भएकाले वहाँलाई हराउन नसक्ने देखेर वहाँकै दलमा मिसियो र बलरामलाई पिठ्युमा बोकेर दगुर्यो र निश्चित ठाँउ भन्दा धेरै पर पुग्यो ।।२५।।
(प्रभावती)
तमुद्वहन् धरणिधरेन्द्रगौरवं
महासुरो विगतरयो निजं वपुः ।
स आस्थितः पुरटपरिच्छदो बभौ
तडिद्द्युमानुडुपतिवाडिवाम्बुदः ॥२६॥
पृथ्वीलाई धारण गर्ने शेषको भार भएका बलरामलाई बोकेर भागेको त्यो प्रलम्बासुर केहीबेरमै थाकेर थकित भयो । त्यसैले उसले आफ्नो दैत्यरुप धारण गर्यो । त्यतिबेला त्यो कालोरुप भएको दैत्यले बलरामलाई बोक्दा बिजुली चम्केको बादलमा चन्द्रमाले शोभा पाए जस्तै देखियो ।।२६।।
निरीक्ष्य तद्वपुरलमम्बरे चरत्
प्रदीप्तदृग् भ्रुकुटितटोग्रदंष्ट्रकम् ।
ज्वलच्छिखं कटक किरीटकुण्डल–
त्विषाद्भुणतं हलधर ईषदत्रसत् ॥२७॥
राता राता आँखा, आँखीभौं सम्म पुगेको आगो समानको दाह्रा बल्दो आगोको ज्वाला समानको कपाल र कुण्डल किरिट आदि गहनाले उस्को कान्ति अचम्मको थियो । त्यस दैत्यले आफुलाई उडाएर लान लागेको जस्तो देखेर बलरामजी अलि डराउनुभयो ।।२७।।
अथागतस्मृतिरभयो रिपुं बलो
विहाय सार्थमिव हरन्तमात्मनः ।
रुषाहनच्छिरसि दृढेन मुष्टिना
सुराधिपो गिरिमिव वज्ररंहसा ॥२८॥
त्यसपछि बलरामजीले आफ्नो स्वरुपलाई सम्झनु भयो अनि वहाँमा डर हरायो । जसरी चोरले कसैको धन चोरेर लैजान्छ त्यसरीनै उसले आफुलाई आकाश तिर लिएर गएको बलरामजीले चाल पाउनुभयो र वहाँले इन्द्रले पर्वतमा वज्र चलाएझैं गरी त्यस दैत्यको टोउकोमा मुक्का हान्नुभयो ।।२८।।
स आहतः सपदि विशीर्णमस्तको
मुखाद् वमन् रुधिरमपस्मृतोऽसुरः ।
महारवं व्यसुरपतत् समीरयन्
गिरिर्यथा मघवत आयुधाहतः ॥२९॥
(अनुष्टुप्)
दृष्ट्वाअ प्रलम्बं निहतं बलेन बलशालिना ।
गोपाः सुविस्मिता आसन् साधु साध्विति वादिनः ॥३०॥
यसरी मुक्का प्रहार गर्दा उसको टाउको फुट्न गयो र मुखबाट रगत छादेर मुर्दा झै बनेर भुईमा लड्यो । जसरी इन्द्रले वज्र प्रहार गर्दा पर्वत लडको थिए त्यसरी नै उ लढ्न पुग्यो ।।२९।।
आशिषोऽभिगृणन्तस्तं प्रशशंसुस्तदर्हणम् ।
प्रेत्यागतमिवालिङ्ग्य प्रेमविह्वलचेतसः ॥३१॥
बलरामजीको हातबाट यसरी त्यो बलबान प्रलम्बासुर मारिएको देखेर सबै गोप बालकहरु छक्क परेर वाह वाह गर्दै वहाँको प्रशंसा गर्नथाले । यसरी बलरामजी मृत्युको मुखबाट फर्केर आएको जस्तो गरी हर्षले विभोर भएर सबैले वहाँलाई अंगालोमा हाले ।।३१।
पापे प्रलम्बे निहते देवाः परमनिर्वृताः ।
अभ्यवर्षन् बलं माल्यैः शशंसुः साधु साध्विति ॥३२॥
त्यो पापी प्रलम्बासुर मारिएकोले देवताहरु प्रसन्न भएर बलरामजी माथि फूलको वर्षागरे । उनीहरुले बलरामजीको प्रशंसा गर्दै धरै राम्रो भयो भनेर खुसी मनाए ।।३२।।
इति श्रीमद्भांगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे अष्टदशोऽध्यायः ॥ १८ ॥