#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

षष्ठः स्कन्धः – एकोनविंशोऽध्यायः

  
श्रीमद्‌भागवत महापुराण
षष्ठः स्कन्धः – एकोनविंशोऽध्यायः



 
श्रीराजोवाच – 
(अनुष्टुप्)
व्रतं पुंसवनं ब्रह्मन् भवता यदुदीरितम् ।
तस्य वेदितुमिच्छामि येन विष्णुः प्रसीदति ॥ १ ॥

राजा परीक्षिले सोधे–
भगवन् ! तपाईले पुंसवन व्रतको बारेमा बताउदै यसबाट विष्णु भगवान् प्रसन्न हुने कुरा बताउँनु भयो । अब त्यस ब्रतको विधिका बारेमा बताउनु होस ।।१।।

श्रीशुक उवाच –
शुक्ले मार्गशिरे पक्षे योषिद्‍भर्तुरनुज्ञया ।
आरभेत व्रतमिदं सार्वकामिकमादितः ॥ २ ॥

शुकदेवले भन्नुभयो–
परीक्षित ! यो पुंसवन व्रतले सबै कामनाहरूलाई पूर्ण गराउँछ ।  ब्रत गर्ने स्त्रीहरूले आफ्ना पतिको अनुमति लिएर मार्गशीर्ष शुक्ल प्रतिपदाबाट आरम्भ गर्नु पर्दछ ।।२।।

निशम्य मरुतां जन्म ब्राह्मणान् अनुमन्त्र्य च ।
स्नात्वा शुक्लदती शुक्ले वसीतालङ्‌कृताम्बरे ।
पूजयेत् प्रातराशात् प्राग् भगवन्तं श्रिया सह ॥ ३ ॥

अलं ते निरपेक्षाय पूर्णकाम नमोऽस्तु ते ।
महाविभूतिपतये नमः सकलसिद्धये ॥ ४ ॥

पहिले मरुद्गणको जन्म कथा सुनेर ब्राम्हणको आज्ञा लिनुपर्दछ । प्रतिदिन दतिउनले दाँत सफा गरेर स्नान गर्नुपर्दछ त्यस पछि सेतो वस्त्र, गहनाहरू पनि लगाउनु । विहान खानु अगाडि भगवान् लक्ष्मी नारायणको पूजा गर्नु र यस प्रकार प्रार्थना गर्नु, प्रभो ! तपाई पूर्णकाम हुुनुहुन्छ । त्यसैले तपाईको कसैसंग केहि लिनु दिनु हुदैन । तपाई समस्त विभूतिहरूका स्वामी र सकलसिद्धि स्वरुप हुनुहुन्छ म तपाईलाई नमस्कार गर्दछु ।।४।।

यथा त्वं कृपया भूत्या तेजसा महिमौजसा ।
जुष्ट ईश गुणैः सर्वैः ततोऽसि भगवान् प्रभुः ॥ ५ ॥

हे देव ! तपाई कृपा, विभूति, तेज, महिमा, र वीर्य आदि सबै गुणले नित्ययुक्त हुनुहुन्छ । यहि ऐश्वर्यले नित्ययुक्त हुनाले तपाईलाई भगवान् भनिएको हो । तपाई सर्वशक्तिमान हुनुहुन्छ ।।५।।

विष्णुपत्‍नि महामाये महापुरुषलक्षणे ।
प्रीयेथा मे महाभागे लोकमातर्नमोऽस्तु ते ॥ ६ ॥ 

त्यसपछि लक्ष्मीको स्तुति गर्नु र भन्नु, माता लक्ष्मी ! तपाई भगवानकी अर्धाङ्गिनी र महामाया स्वरुपिणी हुन । तपाईमा भगवान्का सबै गुण निवास गर्दछन । भाग्यवती जगन्माता तपाई म माथि प्रसन्न हुनुहोस । म तपाईलाई नमस्कार गर्दछु ।।६।।

(भृंगनाद)
ॐ नमो भगवते महापुरुषाय महानुभावाय महाविभूतिपतये सह महाविभूतिभिः बलिमुपहरामीति । अनेनाहरहर्मन्त्रेण विष्णोरावाहनार्घ्यपाद्योपस्पर्शनस्नान वास‌उपवीतविभूषण गन्धपुष्पधूपदीपोपहारादि उपचारान् सुसमाहित उपाहरेत् ॥ ७ ॥        

परीक्षित ! यस प्रकार स्तुति गरेर एकाग्र चित्तले ‘ॐ नमो भगवते महापुरुषाय महानुभावाय महाविभूतिपतये सह महाविभूतिभिर्बलिमुपहराणि’ । ओङ्कारस्वरूप, वहाँका समस्त महाविभूतिहरूका स्वामी भगवान् पुरुषोत्तम र वहाँका महाविभूतिलाई म नमस्कार गर्दछु र वहाँलाई पूजा उपहारका सामग्री समर्पण गर्दछु ।—यस मन्त्रले दैनिक विष्णुभगवान्लाई आवाहन, अघ्र्य, पाद्य, आचमन, स्नान, वस्त्र, यज्ञोपवीत गन्ध पुष्प, धूप, दीप, र नैवेद्य आनि निवेदन गरेर पूजा गर्नु ।।७।।

(अनुष्टुप्)
हविःशेषं च जुहुयादनले द्वादशाहुतीः । 
ॐ नमो भगवते महापुरुषाय महाविभूतिपतये स्वाहेति ॥ ८ ॥ 

बाँकी रहेको नैवेद्यले—ॐ नमो भगवते महापुरुषाय महाविभूतिपतये स्वाहा ।’ महान ऐश्वर्यका अधिपति भगवान् पुरुषोत्तमलाई नमस्कार छ । म वहाँकै यस हविष्यको हवन गरिरहेको छु । यो मन्त्र पढेर बाह्र पटक अग्निमा आहुति दिनु ।।८।।

(अनुष्टुप्)
श्रियं विष्णुं च वरदावाशिषां प्रभवावुभौ ।
भक्त्या सम्पूजयेन्नित्यं यदीच्छेत्सर्वसम्पदः ॥ ९ ॥
परीक्षित ! जसले सम्पत्ति प्राप्त गर्न चाहान्छ, उसले दिनदिनै भक्तिभावले भगवान् लक्ष्मीनारायणको पूजा गर्नु पर्दछ । किनकि वहाँ दुवै सबै अभिलाषालाई पूर्ण गराएर असल बर दिने हुनुहुन्छ ।।९।।

प्रणमेद् दण्डवद्‍भूमौ भक्तिप्रह्वेण चेतसा ।
दशवारं जपेन्मन्त्रं ततः स्तोत्रमुदीरयेत् ॥ १० ॥

यस प्रकार भक्तिभावले नम्र संग भगवानलाई साष्टाङ्ग दण्डवत् गर्नु  । माथिको मन्त्रलाई जप गर्नु अनि यस स्तोत्र पाठ गर्नु ।।१०।।

युवां तु विश्वस्य विभू जगतः कारणं परम् ।
इयं हि प्रकृतिः सूक्ष्मा मायाशक्तिर्दुरत्यया ॥ ११ ॥

हे लक्ष्मी—नारायण ! तपाई दुवै सर्वव्यापक र सम्पूर्ण चराचर जगतका कारण हुनुहुन्छ । तपाईको अरु कुनै कारण छैन । भगवन् ! माता लक्ष्मी तपाईको मायाशक्ति हुन । यो नै स्वयं अव्यक्त प्रकृति पनि हो । यसबाट पार पाउन अति नै कठिन छ ।।११।।

तस्या अधीश्वरः साक्षात् त्वमेव पुरुषः परः ।
त्वं सर्वयज्ञ इज्येयं क्रियेयं फलभुग्भवान् ॥ १२ ॥

प्रभो ! तपाई नै यी माहामायाको अधिश्वर हुनुहुन्छ । र साक्षात परमपुरुष पनि हुुनुहुन्छ । तपाई समस्त यज्ञ हुनुहुन्छ । र यी यज्ञकृया (इजया) हुन । तपाई फलको भोक्ता हुनुहुन्छ । र यिनी सबैलाई उत्पन्न गर्ने क्रिया हुन ।।१२।।

गुणव्यक्तिरियं देवी व्यञ्जको गुणभुग्भवान् ।
त्वं हि सर्वशरीर्यात्मा श्रीः शरीरेन्द्रियाशयाः ।
नामरूपे भगवती प्रत्ययस्त्वं अपाश्रयः ॥ १३ ॥

माता लक्ष्मिी तीनै गुणको प्रकाश र तपाई उनलाई व्याप्त गराउने भोक्ता हुनुहुन्छ । तपाई सबै प्राणीको आत्मा हुनुहुन्छ, लक्ष्मी शरीर, इन्द्रिय र अन्तःकरण हुन । माता लक्ष्मी नाम एवं रूप हुन र तपाई नाम–रूप दुवैको प्रकाशक तथा आधार हुनुहुन्छ ।।१३।।

यथा युवां त्रिलोकस्य वरदौ परमेष्ठिनौ ।
तथा म उत्तमश्लोक सन्तु सत्या महाशिषः ॥ १४ ॥

प्रभो ! तपाईको कीर्ति पवित्र छ । तपाई दुवै तीनैलोकलाई वर दिने परमेश्वर हुनुहुन्छ । त्यसैले मेरा सबै अभिलाषाहरू तपाईको कृपाले पूर्ण होस ।।१४।।

इत्यभिष्टूय वरदं श्रीनिवासं श्रिया सह ।
तन्निःसार्योपहरणं दत्त्वाऽऽचमनमर्चयेत् ॥ १५ ॥

परीक्षित ! यस प्रकार परम वरदिने भगवान् लक्ष्मी–नारायणको स्तुति गरेर त्यहाँबाट नैवैद्य निकालेर आचमन गर्नु अनि पूजा गर्नु ।।१५।।

ततः स्तुवीत स्तोत्रेण भक्तिप्रह्वेण चेतसा ।
यज्ञोच्छिष्टमवघ्राय पुनरभ्यर्चयेद् हरिम् ॥ १६ ॥

त्यसपछि भक्तिभावले भरिएको हृदयले भगवान्को स्तुति गर्नु र यज्ञको शेषलाई सूघेर फेरी भगवान्को पूजा गर्नु ।।१६।।

पतिं च परया भक्त्या महापुरुषचेतसा ।
प्रियैस्तैस्तैरुपनमेत् प्रेमशीलः स्वयं पतिः ।
बिभृयात् सर्वकर्माणि पत्‍न्या उच्चावचानि च ॥ १७ ॥

भगवान् को पूजा गरि सकेपछि आफ्ना पतिलाई साक्षात भगवान् सम्झेर उनको मनपर्ने वस्तुहरू उनको सेवामा उपस्थित गर्नु पतिले पनि आफ्नी पत्नीलाई प्यारो लाग्ने वस्तु ल्याएर देवोस ।।१७।।

कृतमेकतरेणापि दम्पत्योरुभयोरपि ।
पत्‍न्यां कुर्यादनर्हायां पतिरेतत् समाहितः ॥ १८ ॥

परीक्षित ! पति–पत्नी मद्धे एक जनाले मात्रै यो काम गर्यो भने यसको फल दुवैलाई मिल्दछ । यदि पत्नी रजस्वालाका कारण यो काम गर्न अयोग्य भइन् भने पतिले एकाग्रच्रित्तले यस व्रतको अनुष्ठान गराउनु पर्दछ ।।१८।।

विष्णोर्व्रतमिदं बिभ्रन् न विहन्यात् कथञ्चन ।
विप्रान् स्त्रियो वीरवतीः स्रग्गन्धबलिमण्डनैः ।
अर्चेदहरहर्भक्त्या देवं नियममास्थितः ॥ १९ ॥

यो भगवान् विष्णुको व्रत हो । यसको नियमहरूलाई विचमा छाड्न हुदैन । जसले यो नियमलाई अपनाउँदछन उसले दैनिक माला, चन्दन, नैवेद्य र आभूषण आदिले भत्तिःपूर्वक ब्राह्मण र सधवा स्त्रीलाई पूजा गर्नु पर्दछ ।।१९।।

उद्वास्य देवं स्वे धाम्नि तन्निवेदितमग्रतः ।
अद्यात् आत्मविशुद्ध्यर्थं सर्वकामर्द्धये तथा ॥ २० ॥

यसपछि भगवानलाई वहाँको धाममा पठाएको भावले विसर्जन गर्नु पर्दछ । विसर्जन  पछि आत्मशुद्धि र सबै अभिलाषको पुर्तिका लागि पहिला वहाँलाई चढाएको  प्रसाद ग्रहण गर्नु ।।२०।।

एतेन पूजाविधिना मासान् द्वादश हायनम् ।
नीत्वाथोपचरेत् साध्वी कार्तिके चरमेऽहनि ॥ २१ ॥


सधवा स्त्रीले यस विधिले बाह्र महिनासम्म वर्ष दिन भरि नै यसको आचरण गरेर मार्गशीर्षको आंैसीको दिन उद्यापन सम्बन्धी उपवास गरेर पूजा गर्नु पर्दछ ।।२१।।

श्वोभूतेऽप उपस्पृश्य कृष्णमभ्यर्च्य पूर्ववत् ।
पयःश्रृतेन जुहुयात् चरुणा सह सर्पिषा ।
पाकयज्ञविधानेन द्वादशैवाहुतीः पतिः ॥ २२ ॥

त्यस दिन विहान सबेरै स्नान गरेर पहिले झै भगवान् विष्णुको पूजा गर्नु । पतिले विधि अनुसार घिउमा पकाएको खीरले अग्निमा बाह्र आहुति दिनु ।।२२।।

आशिषः शिरसाऽऽदाय द्विजैः प्रीतैः समीरिताः ।
प्रणम्य शिरसा भक्त्या भुञ्जीत तदनुज्ञया ॥ २३ ॥

यसपछि जब ब्राम्हणले प्रसन्न भएर उसलाई आशीर्वाद दिए भने धेरै प्रसन्न भएर सिर झुकाएर त्यसलाई स्वीकार गर्नु । भक्तिभावले उनको चरणमा प्रणाम गर्नु अनि उनको आज्ञा लिएर भोजन गर्नु ।।२३।।

आचार्यमग्रतः कृत्वा वाग्यतः सह बन्धुभिः ।
दद्यात्पत्‍न्यै चरोः शेषं सुप्रजास्त्वं सुसौभगम् ॥ २४ ॥  

पहिला आचार्यलाई भोजन गराउँनु, त्यसपछि आफ्ना भाईबन्धुहरूका साथ मौन भएर भोजन गर्नु । त्यस पछि हवनमा बचेको घिउ मिसिएको खीर आफ्नी पत्नीलाई खुवाउँनु । त्यो प्रसाद स्त्रीलाई सत्पुत्र र सौभाग्य दिने हुन्छ ।।२४।।

इंद्रवज्रा)
एतच्चरित्वा विधिवद्व्रतं विभोः
         अभीप्सितार्थं लभते पुमानिह ।
स्त्री त्वेतदास्थाय लभेत सौभगं
         श्रियं प्रजां जीवपतिं यशो गृहम् ॥ २५ ॥

परीक्षित ! भगवान्को यो पुंसवन व्रतको कथा जुन मानिसले विधिपूर्वक अनुष्ठान गर्दछ, उसले मनले चिताएको वस्तु प्राप्त गर्दछ । जुन स्त्रीले यस व्रतको पालन गर्दछिन भने सौभाग्य सम्पत्ति, सन्तान, यश र घर प्राप्त गर्दछिन भने उनका पति चिरायु हुनेछन ।।२५।।

कन्या च विन्देत समग्रलक्षणं
         वरं त्ववीरा हतकिल्बिषां गतिम् ।
मृतप्रजा जीवसुता धनेश्वरी
         सुदुर्भगा सुभगा रूपमग्र्यम् ॥ २६ ॥

विन्देद् विरूपा विरुजा विमुच्यते
         य आमयावीन्द्रियकल्यदेहम् ।
एतत्पठन्नभ्युदये च कर्मणि
         अनन्ततृप्तिः पितृदेवतानाम् ॥ २७ ॥

इस व्रतको अनुष्ठान गर्ने कन्याले सबै शुभ लक्षणले युक्त भएको पति प्राप्त गर्दछिन । विधवाले यस व्रत गर्नाले निष्पाप भएर वैकुण्ठमा जान्छिन । जसका बालक मरेका छन भने यस्को प्रभावले चिरायु पुत्र प्राप्त गर्दछिन । अभागिनी स्त्रीले यस ब्रत गर्नाले सौभाग्य प्राप्त गर्दछिन । त्यस्तै कुरूप भएकीलाई रूप मिल्दछ । यस व्रतको प्रभावले रोगी रोगबाट मुक्त भएर बलियो शरीर प्राप्त गर्दछ । जुन मानिसले माङ्गलिक श्राद्धकर्ममा यसलाई पाठ गर्दछ, उसका पितृ र देवताहरूलाई अनन्त तृप्ति मिल्दछ ।।२६।।२७।।

तुष्टाः प्रयच्छन्ति समस्तकामान्
         होमावसाने हुतभुक् श्रीः हरिश्च ।
राजन् महन्मरुतां जन्म पुण्यं
         दितेर्व्रतं चाभिहितं महत्ते ॥ २८ ॥ 

 उनीहरू सन्तुष्ट भएर हवन समाप्त भएपछि व्रतका सबै इच्छाहरूलाई पूर्ण गरिदिन्छन । उनीहरू सबै सन्तुष्ट हुन्छन र समस्त यज्ञका भोक्ता भगवान् लक्ष्मीनारायण पनि सन्तुष्ट हुनुहुन्छ र व्रतका सबै अभिलाषालाई पूर्ण गरिदिनु हुन्छ । परीक्षित् ! मैले तिमीलाई मरुद्गणको पुण्य जन्म कथा सुनाएं र साथै दितिको  पुंसवन–व्रतको वर्णन पनि सुनाएं ।।२८।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे पुंसवनव्रतकथनं नाम एकोनविंशोऽध्यायः ॥ १९ ॥