श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – चतुर्थोऽध्यायः
मैत्रेय उवाच –
(इंद्रवज्रा)
एतावदुक्त्वा विरराम शङ्करः
पत्न्यङ्गनाशं ह्युभयत्र चिन्तयन् ।
सुहृद् दिदृक्षुः परिशङ्किता भवान्
निष्क्रामती निर्विशती द्विधाऽऽस सा ॥ १ ॥
मैत्रेयजीले भने–
विदुरजी ! भगवान शंकर यति भनेर चुप
लाग्नुभयो । वहाले दक्षकोमा जानु दिनु अथबा नदिनु दुवै अवस्थामा रोक्नाले पत्नीको
प्राण त्यागको संभावना थियो । सतीजी पनि आफ्ना वन्धुजनलाई भेट गर्ने इच्छाले कहिले
बाहिर निस्कने कहिले भित्र जाने गर्दथिन । निश्चित निर्णय गर्न नसक्नाले उनी
द्विविधामा परेकी थिइन ॥ १ ॥
सुहृद् दिदृक्षाप्रतिघातदुर्मनाः
स्नेहाद्रुदत्यश्रुकलातिविह्वला ।
भवं भवान्यप्रतिपूरुषं रुषा
प्रधक्ष्यतीवैक्षत जातवेपथुः ॥ २ ॥
आफ्ना बन्धुवान्धवहरूलाई भेट्ने कुरामा
वाधा परेको ले ती अत्यन्त दिक्दार भईन । स्वजनको मायालेगर्दा आँखाबाट आँसु
झर्नलाग्यो । अनि आकुल ब्याकुल हुंदै रुन लागिन, उनको शरीर काम्न थाल्यो । उनी भगवान
शंकरलाई यस्तो रोषपूर्ण दृष्टिले हेर्न लागिन कि मानौं वहाँलाई नै भष्म गदैछिन
।।२।।
ततो विनिःश्वस्य सती विहाय तं
शोकेन रोषेण च दूयता हृदा ।
पित्रोरगात् स्त्रैणविमूढधीर्गृहान्
प्रेम्णात्मनो योऽर्धमदात्सतां प्रियः ॥ ३ ॥
शोक र क्रोधका कारण उनको चित्त वर्चैन
भएको थियो । स्त्री स्वभावैले उनको बुध्दि मुढ भयो । जसले अत्यन्त प्यारका साथ आधा
अंग दिनुभएको थियो उनै सत्पुरुष भगवान् शंकरलाई छाडेर लामो लामो सास फेर्दै
आमाबाबुको घरतिर लागिन ।।३।।
तामन्वगच्छन् द्रुतविक्रमां सतीं
एकां त्रिनेत्रानुचराः सहस्रशः ।
सपार्षदयक्षा मणिमन्मदादयः
पुरोवृषेन्द्रास्तरसा गतव्यथाः ॥ ४ ॥
सती फुर्तिसाथ जान लागेको देखेर
महादेवका जुन मणिमान एवं मद् आदि शेवकहरू, भगवान्को वाहन वृषभराज तथा अरु
पार्षदहरू पनि उनको पछिलागे ।।४।।
तां सारिका कन्दुकदर्पणाम्बुज
श्वेतातपत्र व्यजनस्रगादिभिः ।
गीतायनैः दुन्दुभिशङ्खवेणुभिः
वृषेन्द्रमारोप्य विटङ्किता ययुः ॥ ५ ॥
उनीहरूले सतीलाई साँढेमा सवार गराए ।
मैना, चरा, भकुण्डो तथा ऐना आदि खेलका सामग्री स्वेतछत्र, चंवर र
वासुरी आदि गाउने वाजाउने सामानबाट सजिएर उनीहरू पनि सतिकै साथ लागे ।।५।।
आब्रह्मघोषोर्जितयज्ञवैशसं
विप्रर्षिजुष्टं विबुधैश्च सर्वशः ।
मृद्दार्वयःकाञ्चनदर्भचर्मभिः
निसृष्टभाण्डं यजनं समाविशत् ॥ ॥ ६ ॥
यसरी आफ्ना सबै सेवकहरूका साथ भएर सति
यज्ञको दक्षसालामा पुगिन । त्यहाँ ब्राम्हणहरूको बडो प्रतिस्पर्धाका साथ वेदध्वनी
भईरहेको थियो । नजिकै ठुलाठुला देवताहरू र
ब्रम्हर्षिहरू विराजमान भएका थिए । त्यहाँ माटो,काठ, फलाम, सुन र चर्मका पात्रहरू राखिएका थिए
।।६।।
तामागतां तत्र न कश्चनाद्रियद्
विमानितां यज्ञकृतो भयाज्जनः ।
ऋते स्वसॄर्वै जननीं च सादराः
प्रेमाश्रुकण्ठ्यः परिषस्वजुर्मुदा ॥ ७ ॥
त्यहा पुगेपछि पिताको द्वारमा सतीको
अवहेलना भयो । यस्तो देखेर दक्षको डरले गर्दा उनकी आमा तथा बहिनी बाहेक अरु कसैले
पनि आदर तथा सत्कार गरेनन । उनकी आमा तथा बहिनीहरूले भने खुसि भएर उनलाई आफ्नो
अंगालोमा हाले ।।७।।
सौदर्यसम्प्रश्नसमर्थवार्तया
मात्रा च मातृष्वसृभिश्च सादरम् ।
दत्तां सपर्यां वरमासनं च सा
नादत्त पित्राप्रतिनन्दिता सती ॥ ८ ॥
तर आफ्ना बाबुबाट अपमानित भएका कारण
आमा, बहिनीहरूसंग कुराकानी गरिनन् उनीहरूले दिएको उपहार पनि स्वीकार
गरिनन् ।।८।।
अरुद्रभागं तमवेक्ष्य चाध्वरं
पित्रा च देवे कृतहेलनं विभौ ।
अनादृता यज्ञसदस्यधीश्वरी
चुकोप लोकानिव धक्ष्यती रुषा ॥ ९ ॥
सम्पूर्ण लोककी इश्वरी सतिदेवीको यज्ञमा
अनादर त भयोनै उनले भगवान् शंकरलाई यज्ञ भाग दिएको पनि पाइनन् । यता आफ्ना पिता
दक्ष पनि उल्टै अपमान गरिरहेका थिए । जसले गर्दा उनलाई धेरै रिस उत्तपन्न भयो ।
यस्तो भान हुन्थ्योकि उनी आफ्नो रोषले सबै लोकलाईनै भष्म गर्दैछिन ।।९।।
जगर्ह सामर्षविपन्नया गिरा
शिवद्विषं धूमपथश्रमस्मयम् ।
स्वतेजसा भूतगणान् समुत्थितान्
निगृह्य देवी जगतोऽभिशृण्वतः ॥ १० ॥
दक्षलाई कर्ममार्गको अभ्यासले गर्दा
धेरै घमण्ड थियो । उसले शिवजीलाई द्वेष गरेको देखेर सतीका साथ आएका भूतहरू उसलाई
मार्न तयार भए त्यतिबेला सतीले उनीहरूलाई रोकिन र सबैलाई सुनाउदै पिताको निन्दागर्दै रिसले लरबरिएको स्वरमा भन्न
लागिन ।।१०।।
देव्युवाच –
न यस्य लोकेऽस्त्यतिशायनः प्रियः
तथाप्रियो देहभृतां प्रियात्मनः ।
तस्मिन् समस्तात्मनि मुक्तवैरके
ऋते भवन्तं कतमः प्रतीपयेत् ॥ ११ ॥
देवी सतीले भनिन्–
पिताजी ! संसारमा भगवान् शंकर भन्दा
ठुलो ता अरु कोहिपनि छैन । उनी सबै देहधारी जीवका आत्मा हुन् वहाँको न कोहि प्रिय
छ न कोहि अप्रिय नै, त्यसैले वहाको कसैसंग वैरभाव छैन । सबका कारण वहाँ नै हुनुहुन्छ ।
वहाको विरोध गर्ने तपाई बाहेक अरु को छ र ।।११।।
दोषान् परेषां हि गुणेषु साधवो
गृह्णन्ति केचिन्न भवादृशो द्विज ।
गुणांश्च फल्गून् बहुलीकरिष्णवो
महत्तमास्तेष्वविदद्भवानघम् ॥ १२ ॥
द्विजवर तपाई जस्ताले अरुको गुणमा पनि
दोष नै देख्दछन् तर साधु पुरुषले त यस्तो गर्दैनन । द्वेषको त के कुरा नै भयो र ।
अरुको थोरै गुणलाई पनि धेरै धेरै देख्न चाहान्छन् भने त्यो नै उत्तम हो । तर दुःख
त यो हो कि तपाईले यस्ता महापुरुषलाई दोष देख्नभयो ।।१२।।
नाश्चर्यमेतद्यदसत्सु सर्वदा
महद्विनिन्दा कुणपात्मवादिषु ।
सेर्ष्यं महापूरुषपादपांसुभिः
निरस्ततेजःसु तदेव शोभनम् ॥ १३ ॥
जो यो जडरुप शरीरलाईनै आत्मा मान्दछ
त्यो इष्र्याका कारण सधैं महापुरुषको निन्दा गर्दछ भने त्यसमा कुनै आश्चर्य हुदैन
। महापुरषहरू यस्तो चेष्टामा कुनै ध्यान
दिदैनन । तर उनीहरूको चरणको धुलोले यस्तो
अपराधलाई सहन नसकेर नष्ट गरिदिन्छन त्यसैले महापुरुषको निन्दा जस्तो जघन्य
अपराध नै त्यस्तता दुष्ट पुरुषका लागि शोभा दिन्छ ।।१३।।
यद् द्व्यक्षरं नाम गिरेरितं नृणां
सकृत्प्रसङ्गादघमाशु हन्ति तत् ।
पवित्रकीर्तिं तमलङ्घ्यशासनं
भवानहो द्वेष्टि शिवं शिवेतरः ॥ १४ ॥
जसको मुखबाट शिव भन्ने शव्द निस्कियो
भने पनि मानिसको सबै पाप तत्काल नष्ट हुन्छ । उनको आज्ञालाई कसैले पनि उलंघन गर्न
सक्तैन त्यस्ता पवित्र कीर्ति भगवान् शंकरसंग तपाई द्वेष गर्नुहुन्छ यो तपाईको
लागि अमंगल हो ।।१४।।
यत्पादपद्मं महतां मनोऽलिभिः
निषेवितं ब्रह्मरसासवार्थिभिः ।
लोकस्य यद्वर्षति चाशिषोऽर्थिनः
तस्मै भवान् द्रुह्यति विश्वबन्धवे ॥ १५ ॥
ब्रम्हानन्द रसको पान गर्ने इच्छाले
जसको चरणकमलको निरन्तर सेवा गरिरहन्छन जसको
चरणकमलको सेवाले अनिष्ट भोगहरू प्राप्त हुन्छ त्यस्ता विश्वबन्धु भगावान् शिवसंग
तपाई द्वेष गर्नुहुन्छ ।।१५।।
किं वा शिवाख्यमशिवं न विदुस्त्वदन्ये
ब्रह्मादयस्तमवकीर्य जटाः श्मशाने ।
तन्माल्यभस्मनृकपाल्यवसत्पिशाचैः
ये मूर्धभिर्दधति तच्चरणावसृष्टम् ॥ १६ ॥
तपाई भन्नु हुन्छ रे त्यो त नाम
मात्रका शिव हो, उसको भेष भुषा अशिव छ,
अमंगल छ, यस्तो कुरा त तपाई बाहेक अरु
देवताहरूले देख्देनन् र गर्दैनन् पनि । किनकि जुन भगवान शिव स्मासन नरमुण्डको माला, चितको
खरानि र हाडहरू लगाउदछन । उनको चरणबाट खसेको निर्माल्यलाई ब्रम्हादि देवताहरू
शिरमा धरण गर्दछन ।।१६।।
कर्णौ पिधाय निरयाद्यदकल्प ईशे
धर्मावितर्यसृणिभिर्नृभिरस्यमाने ।
छिन्द्यात्प्रसह्य रुशतीमसतीं
प्रभुश्चेत्
जिह्वामसूनपि ततो विसृजेत्स धर्मः ॥ १७ ॥
यदि निरंकुश ब्यक्तिले धर्म मर्यादालाई
पालन गर्ने आफ्नु पूजनीय स्वामीको निन्दा गर्दछ भने उसलाई दण्ड दिने शक्ति नहुनेले
कान बन्द गरेर यहाँबाट हिडुन नत्र भने शक्ति छ भने यस्तो अनावस्यक कुरा गर्ने
दुष्टको जिब्रो काटिदिनु यस्तो पापलाई
रोक्नका लागि स्वयं आफ्नो प्राण सम्म त्यागि दिनु यहि धर्म हो ।।१७।।
अतस्तवोत्पन्नमिदं कलेवरं
न धारयिष्ये शितिकण्ठगर्हिणः ।
जग्धस्य मोहाद्धि विशुद्धिमन्धसो
जुगुप्सितस्योद्धरणं प्रचक्षते ॥ १८ ॥
तपाई भगवान् निलकण्ठको निन्दा
गर्नुहुन्छ त्यसैले तपाईबाट उत्पन्न भएको यस शरीरलाई राख्दिन । कुनैपनि निन्दित
वस्तु खाइयो भने त्यसलाई वमन गर्नाले नै सुध्दि हुन्छ ।।१८।।
न वेदवादान् अनुवर्तते मतिः
स्व एव लोके रमतो महामुनेः ।
यथा गतिर्देवमनुष्ययोः पृथक्
स्व एव धर्मे न परं क्षिपेत्स्थितः ॥ १९ ॥
जुन महामुनि निरन्तर आफ्नो स्वरुपमै
रमण गर्दछन् त्यस्ताको बुध्दिले वेदको निषेध वाक्यको अनुशरण गर्दैनन । जुनप्रकार
देवता र मानिसमा गति भेद हुन्छ त्यसैप्रकार ज्ञानी र अज्ञानीको स्थिति पनि एकै
हुदैन त्यसैले मानिसले आफ्नो धर्ममा स्थित रहेर आफ्नो मार्गको निन्दा गर्नु हुदैन
।।१९।।
कर्म प्रवृत्तं च निवृत्तमप्यृतं
वेदे विविच्योभयलिङ्गमाश्रितम् ।
विरोधि तद्यौगपदैककर्तरि
द्वयं तथा ब्रह्मणि कर्म नर्च्छति ॥ २० ॥
प्रबृति र निबृत्ति दुवै प्रकारको कर्म
ठिक छन् । वेदमा जसलाई अलग अलग रागि र विरागि दुई प्रकारको अधिकारी बताइएको छ ।
परस्पर विरोधि हुनाका कारण ती दुवै
प्रकारको कर्मको आचरण एउटै पुरुषले एकैपटक गर्न शक्तैन । भगवान् शंकर त
परब्रम्ह परमात्मा हुनुहुन्छ वहालाई यी दुवैप्रकारका कर्म गर्नुपर्ने आवस्यकता
हुदैन ।।२०।।
मा वः पदव्यः पितरस्मदास्थिता
या यज्ञशालासु न धूमवर्त्मभिः ।
तदन्नतृप्तैरसुभृद्भिरीडिता
अव्यक्तलिङ्गा अवधूतसेविताः ॥ २१ ॥
पिताजी हाम्रो ऐश्वर्य अब्यक्त छ ।
आत्मज्ञानी महापुरुष जसलाई सेवन गर्न सक्तछन । तपाई संगस ता त्यो एैश्वर्य छैन र
यज्ञशालामा यज्ञान्नले तृप्त भएर प्राण पोषण गर्ने कर्मठ ब्यक्ति उनको प्रशंसा
गर्न पनि सक्तैनन ।।२१।।
नैतेन देहेन हरे कृतागसो
देहोद्भवेनालमलं कुजन्मना ।
व्रीडा ममाभूत्कुजनप्रसङ्गतः
तज्जन्म धिग् यो महतामवद्यकृत् ॥ २२ ॥
तपाई भगवान् शंकरमाथि अपराध गर्नुहुन्छ
त्यसैले तपाईको शरीरबाट उत्पन्न भएको यो देहलाई बचाएर मैले के नै गर्नु छ र । तपाई
जस्तो दुर्जनसंग सम्बन्ध भएकोमा मलाई लज्जाबोध भएको छ । जसले महापुरुषहरूलाई
निन्दा गर्नछ उसबाट हुने जन्मलाई पनि धिक्कार छ ।।२२।।
गोत्रं त्वदीयं भगवान्वृषध्वजो
दाक्षायणीत्याह यदा सुदुर्मनाः ।
व्यपेतनर्मस्मितमाशु तद्ध्यहं
व्युत्स्रक्ष्य एतत्कुणपं त्वदङ्गजम् ॥ २३ ॥
जुनबखतमा तपाईको सम्बन्ध भएका कारण
दाक्षायणी नामले बोलाउनु हुन्थ्यो त्यो सम्झदा मलाई ठट्टा र हाँसो सम्झना नभएर
मलाई धेरै लज्जा र खेद लागेको छ । त्यसैले तपाईको शरीरबाट उत्तपन्न भएको यो
ज्ञानतुल्य शरीरलाई त्यागिदिन्छु ।।२३।।
मैत्रेय उवाच –
इत्यध्वरे दक्षमनूद्य शत्रुहन्
क्षितावुदीचीं निषसाद शान्तवाक् ।
स्पृष्ट्वा जलं पीतदुकूलसंवृता
निमील्य दृग्योगपथं समाविशत् ॥ २४ ॥
मैत्रेयजीले भने– कामादि
सत्रुलाई जित्ने विदुरजी ! दक्ष संग यस्तो कुरा गरेर यज्ञमण्डपको उत्तर दिशामा सती
गईन र चुपलागेर बसिन । उनले आचमन गरिन अनि पहेलो कपडा ओडिन् र आँखा बन्द गरेर शरीर
त्याग गर्नकालागि योगमार्गमा स्थित भईन ।।२४।।
कृत्वा समानावनिलौ जितासना
सोदानमुत्थाप्य च नाभिचक्रतः ।
शनैर्हृदि स्थाप्य धियोरसि स्थितं
कण्ठाद् भ्रुवोर्मध्यमनिन्दितानयत् ॥ २५ ॥
उनले
आसनलाई स्थित गरेर प्राणायाम द्वारा प्राण र अपान वायुलाई एकरुप गरेर
नाभिचक्रमा स्थित गरिन् फेरी उदान वायुलाई नाभिचक्रबाट उठाएर विस्तारै बुध्दिका
साथ हृदयमा स्थापित गरिन् । त्यसपछि अनिन्दिता सतिले त्यस हृदयमा रहेको वायुलाई
कण्ठमार्ग द्वार भृकुटिको विचमा राखिन ।।२५।।
एवं स्वदेहं महतां महीयसा
मुहुः समारोपितमङ्कमादरात् ।
जिहासती दक्षरुषा मनस्विनी
दधार गात्रेष्वनिलाग्निधारणाम् ॥ २६ ॥
यसप्रकार जुन शरीरलाई महापुरुषको पनि
पूजनीय भगवान् शंकरले आफ्नो काखमा राखेका थिए, दक्षसंग कुपित भएर त्यसलाई त्याग्ने
इच्छाले महामनश्विनी सतीले आफ्नो पुरै अंगमा वायु र अग्नि धारण गरिन ।।२६।।
ततः स्वभर्तुश्चरणाम्बुजासवं
जगद्गुरोश्चिन्तयती न चापरम् ।
ददर्श देहो हतकल्मषः सती
सद्यः प्रजज्वाल समाधिजाग्निना ॥ २७ ॥
आफ्ना पति जगतगुरु भगवान् शंकरको
चरणकमलको मकरन्दको चिन्तन गर्दै आफ्नो सबै ध्यानलाई भुलिदिइन् । उनले वहाँको चरण
भन्दा अरु केहिपनि देखिनन् । यसबाट सधै निर्दोषि अर्थात म दक्षा कन्या हुं भन्ने
यस्तो अभिमानबाट मुक्त भईन अनि उनको शरीर तत्कालै योगाग्निले जल्न लाग्यो ।
तत्पश्यतां खे भुवि चाद्भुतं महत्
हा हेति वादः सुमहान् अजायत ।
हन्त प्रिया दैवतमस्य देवी
जहावसून्केन सती प्रकोपिता ॥ २८ ॥
त्यसबखतमा त्यहाँ आएका देवताहरूले
सतीले देह त्याग गरेको आश्चर्य चरित्र देखे अनि सबैजना हाहाकार गर्न लागे । त्यहाँ
ठुलो कोलाहल भयो । आकाश पृथ्वी सबैतिर यस्तो हल्ला फैलियो कि दक्षको ब्यबहारबाट
कुपित भएर महादेवकी प्रिया सतीले देह त्याग गरिन ।।२८।।
अहो अनात्म्यं महदस्य पश्यत
प्रजापतेर्यस्य चराचरं प्रजाः ।
जहावसून्यद्विमताऽऽत्मजा सती
मनस्विनी मानमभीक्ष्णमर्हति ॥ २९ ॥
सबै चराचर दक्षकै सन्तान हुन् फेरी
आफ्नी छोरी सती संग किन दुष्टता गरे । सती ता सुध्द ऋदयकी र सबै मान पाउनमा योग्य
थिइन् । तर उसले अनादर गरेका कारण प्राण
त्याग गरिन ।।२९ ।।
सोऽयं दुर्मर्षहृदयो ब्रह्मध्रुक् च
लोकेऽपकीर्तिं महतीमवाप्स्यति ।
यदङ्गजां स्वां पुरुषद्विडुद्यतां
न प्रत्यषेधन्मृतयेऽपराधतः ॥ ३० ॥
वास्तवमा उ त अहिष्णु र ब्राम्हण
द्रोही हो अब उसको ठुलो अपकीर्ति हुनेछ । जब उसकी छोरी सती प्राण त्याग गर्न तयार
भइन् तर भगबान शंकर संग उसले द्रोह गरेका कारण रोक्न समेत सकेन ।
(अनुष्टुप्)
वदत्येवं जने सत्या
दृष्ट्वासुत्यागमद्भुतम् ।
दक्षं तत्पार्षदा हन्तुं
उदतिष्ठन्नुदायुधाः ॥ ३१ ॥
लोकवासीहरू यसो भनिरहेका बेलामा
शिवजीका पार्षदहरूल सतीको यस्तो अद्भूत प्राण त्यागलाई देखेर आफ्ना अस्त्र सस्त्र
लिएर दक्षलाई मार्न भनि उठे ।।३१।।
तेषां आपततां वेगं निशाम्य भगवान्
भृगुः ।
यज्ञघ्नघ्नेन यजुषा दक्षिणाग्नौ जुहाव
ह ॥ ३२ ॥
उनीहरूको आक्रमणको वेगलाई देखेर भृगुले
यज्ञमा वाधा पुर्याउनेलाई नाश गर्न (अपहतं रक्ष.¬) इत्यादि मन्त्रको उच्चरण गरेर
दक्षिणाग्निमा आहुति दिए ।।३२।।
अध्वर्युणा हूयमाने देवा उत्पेतुरोजसा
।
ऋभवो नाम तपसा सोमं प्राप्ताः सहस्रशः
॥ ३३ ॥
अध्वर्यु आहुति दिएपछि यज्ञकुण्डबाट
ऋभु नामका हजारौं देवताहरू प्रकट भए । उनीहरूले आफ्नो तपस्याका कारण चन्द्रलोक
प्राप्त गरेका थिए ।।३३।।
तैरलातायुधैः सर्वे प्रमथाः सहगुह्यकाः
।
हन्यमाना दिशो भेजुः
उशद्भिर्ब्रह्मतेजसा ॥ ३४ ॥
ती ब्रम्हतेज सम्पन्न देवताहरूले
बलिरहेको अगुल्टो लिएर उनीहरू माथि आक्रमण गरे । त्यसपछि प्रमथ गणहरू यताउता भागे
।।३४।।
इति श्रीमद्भागवते महापुराणे
पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे सतीदेहोत्सर्गो नाम
चतुर्थोऽध्यायः ॥ ४ ॥