#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

पञ्चमः स्कन्धः – प्रथमोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
पञ्चमः स्कन्धः – प्रथमोऽध्यायः



राजोवाच 
(अनुष्टुप्‌)
प्रियव्रतो भागवत आत्मारामः कथं मुने । 
गृहेऽरमत यन्मूलः कर्मबन्धः पराभवः ॥ १ ॥ 

राजा परीक्षितले सोधे–

मुने ! महाराज पृयव्रत भगवान्का ठुला भक्त थिए र आत्माराम थिए तर पनि उनको गृहाश्रममा कसरी रुचि भयो । जसमा फस्दा मानिसले आफ्नो स्वरुपलाई बिर्सन्छ र कर्मवन्धनमा बाँधिन जान्छ ।।१।।

न नूनं मुक्तसङ्गानां तादृशानां द्विजर्षभ । 
गहेष्वभिनिवेशोऽयं पुंसां भवितुमर्हति ॥ २ ॥ 

द्विजश्रेष्ठ ! प्रियवत जस्ता हरिभक्त महापुरुषले यस प्रकार गृहादिमा बाँधिनु उचित होइन ।।२।।

महतां खलु विप्रर्षे उत्तमश्लोकपादयोः । 
छायानिर्वृतचित्तानां न कुटुम्बे स्पृहामतिः ॥ ३ ॥ 

यसमा कुनै प्रकारको सन्देह छैन किनकि जसको चित्त पुण्यकीर्ति श्रीहरिको चरणको सितल छायाको आश्रय लिएर शान्त भएको हुन्छ, ती महापुरुषको कुटुम्बादिमा कुनै प्रकारको आशक्ति हुन सत्तैmन ।।३।।

संशयोऽयं महान् ब्रह्मन्दारागारसुतादिषु । 
सक्तस्य यत्सिद्धिरभूत्कृष्णे च मतिरच्युता ॥ ४ ॥ 

हे ब्रम्हन ! महाराज प्रियव्रतको स्त्री, घर र पुत्रादिमा आसक्त हुँदापनि कुन प्रकारको सिद्ध प्राप्त गरे र कसरी उनको भगवान् श्रीकृष्णमा अविचल भक्ति भयो भन्ने कुरामा मलाई सन्देह नै छ ।।४।।

श्रीशुक उवाच– 
बाढमुक्तं भगवत उत्तमश्लोकस्य श्रीमच्चरणारविन्दमकरन्दरस आवेशितचेतसो भागवतपरमहंसदयितकथां किञ्चिदन्तरायविहतां स्वां शिवतमां पदवीं न प्रायेण हिन्वन्ति ॥ ५ ॥ 

शुकदेवजीले भन्नुभयो–
राजन् ! तपाईको भनाई ठिकै हो । जसको चित्त पवित्रकीर्ति श्रीहरिको परम मधुर चरणकमलको मकरन्दको रसमा मग्न भएको हुन्छ भने उनीहरूले भगवद्भक्त परमहंसका प्रिय श्रीवासुदेव भगवान्को कथारुपी परम कल्याणमय मार्गलाइ कुनै विघ्न बाधा हुँदा  पनि छोड्दैनन ।।५।।

यर्हि वाव ह राजन् स राजपुत्रः प्रियव्रतः परमभागवतोनारदस्यचरणोपसेवयाञ्जसावगतपरमार्थसतत्त्वो ब्रह्मसत्रेण दीक्षिष्यमाणोऽवनि( नलपरिपालनायाम्नातप्रवरगुणगणैकान्तभाजनतया स्वपित्रोपामन्त्रितो भगवति वासुदेव 
एवाव्यवधानसमाधियोगेन समावेशितसकलकारकक्रियाकलापो नैवाभ्यनन्दद्यद्यपितदप्रत्याम्नातव्यं तदथिकरण आत्मनोऽन्यस्मादसतोऽपि पराभवमन्वीक्षमाणः ॥ ६ ॥ 

राजन् ! राजकुमार प्रियव्रत भगवान्का बडा भक्त थिए । नारदजीको चरणको सेवा गर्नाले उनीलाई सजिलै परमार्थको बोध भएको थियो । उनीले निरन्तर ब्रम्हाभ्यासमा जीवन बिताउने निश्चय गरेका बेलामा उनका पिता स्वायम्भूव मनुले उनीलाई पृथ्वीपालनका लागि शास्त्रमा बताए अनुसारको सबै गुणले सम्पन्न देखेर राज्य शासनको लागि आज्ञा दिए । तर प्रियव्रतले अखण्ड समाधियोग द्वारा आफ्ना सबै इन्द्रिय र कर्मलाई भगवानको चरणमा समर्पण गरिसकेका थिए । त्यसैले पिताको आज्ञा कुनै प्रकारले उलंघन गर्न योग्य नभएर पनि, मेरो आत्मस्वरूपस्त्री पुत्रादि असत प्रपंचले ढाक्नेछ र राज्य र कुटुम्बको चिन्तामा फसेर म परमार्थतत्वलाई भुल्नेछु भन्ने सोचर  उनले त्यसलाई स्वीकार गरेनन ।।६।।

अथ ह भगवानादिदेव एतस्य गुणविसर्गस्य परिबृंहणानु ध्यानव्यवसितसकलजगदभिप्राय आत्मयोनिरखिलनिगमषिजगणपरिवेष्टितः स्वभवनादवततार ॥ ७ ॥ 

आदिदेव स्वयम्भू भगवान् ब्रम्हाजीलाई यसप्रकार त्रिगुणमय प्रपञ्चको बृद्धि कसरी हुन्छ भन्ने चिन्ता रहन्छ । वहाँ संसारका सबै जीवका अभिप्रायलाई जान्नुहुन्छ । जव वहाँले प्रियव्रतको यस्तो अभिप्राय देख्नुभयो । तव वहाँ चार वेद र मरीचि आदि पार्षदहरूका साथ लिएर आफ्नो लोकबाट आउनुभयो ।।७।।

स तत्र तत्र गगनतल उडुपतिरिव विमाना ( वलिभिरनुपथममरपरिवृढैरभिपूज्यमानः पथि पथि च वरूथशः सिद्धगन्धर्वसाध्यचारणमुनिगणैरुपगीयमानो गन्धमादनद्रोणीमवभासयन्नुपससर्प ॥ ८ ॥ 

आकाशमा जताततै विमानमा चढेका इन्द्रदि प्रधान देवताहरूले वहाँको पूजा गरे तथा बाटोमा पंक्तिवध्द भएर आएका सिद्ध, गन्धर्व, साध्य, चारण र मुनिहरूले स्तुति गरे । यसप्रकार ठाँउ ठाँउमा आदर सम्मान पाएर वहाँ साक्षात नक्षत्रनाथ चन्दमा समान भएर गन्धमादन कन्दराको अन्धकारलाई हटाउँदै गर्दै प्रियब्रत भएतिर पुग्नुभयो ।।८।।

तत्र ह वा एनं देवर्षिर्हंसयानेन पितरं भगवन्तं हिरण्यगर्भमुपलभमानः सहसैवोत्थायार्हणेन सह पितापुत्राभ्यामवहिताञ्जलिरुपतस्थे ॥ ९ ॥ 

प्रियव्रतलाई आत्मविद्याको उपदेश दिनका लागि त्यहाँ नारदजी पनि आउनु भएको थियो । ब्रम्हाजी त्यहाँ पुग्नु भएपछि उहाँको वाहन हाँसलाई देखेर देवर्षि नारदजीलाई हाम्रा पिता आउनुभएको छ भन्ने थाहा भयो । वहाँ देखेर स्वयम्भूव मनु र प्रियव्रत सहित तुरुन्त उभिनु भयो भए र सबैले हात जोडेर वहाँलाई प्रणाम गरे ।।९।।

भगवानपि भारत तदुपनीतार्हणः सूक्तवाकेनातितरामुदितगुणगणावतारसुजयः प्रियव्रत मादिपुरुषस्तं सदयहासावलोक इति होवाच ॥ १० ॥ 

परीक्षित ! नारदजीले अनेक प्रकारले वहाँको पूजा गर्नुभयो र मधुर वचनले वहाँको गुण र अवतारको उत्कृष्टताको वर्णन गर्नुभयो । त्यसपछि आदि पुरुष भगवान् व्रम्हाजीले मन्द हाँस्दै कृपादृष्टिले प्रियव्रतलाई हेरेर यस प्रकार भन्नुभयो ।।१०।


(इंद्रवज्रा)
श्रीभगवानुवाच –
निबोध तातेदमृतं ब्रवीमि 
     मासूयितुं देवमर्हस्यप्रमेयम् । 
वयं भवस्ते तत एष महर्षि – 
     र्वहाम सर्वे विवशा यस्य दिष्टम् ॥ ११ ॥
 
ब्रम्हाजीले भन्नुभयो–
ए छोरा ! म तिमीसंग साँचो सिध्दान्तको कुरा भन्छु, ध्यान दिएर सुन । तिमीले अप्रमेय श्रीहरिमा कुनैप्रकारको देषदृष्टि राख्न हुदैन । तिमी त के हामी, महादेवजी, तिम्रा पिता स्वयम्भुव मनु र तिम्रा गुरु महर्षि नारद पनि विवश भएर उनैको आज्ञाको पालन गर्दछन ।।११।।

न तस्य कश्चित्तपसा विद्यया वा 
     न योगवीर्येण मनीषया वा । 
नैवार्थ धर्मैः परतः स्वतो वा 
     कृतं विहन्तुं तनुभृद्विभूयात् ॥ १२ ॥
 
उनको विधानलाई कुनै पनि देहधारीले  तप, विद्या, योगबल, बुध्दिबलले अथवा धर्मको शक्तिले न आफै वा अरुको सहायताले नै टार्न सक्तछ ।।१२।।

भवाय नाशाय च कर्म कर्तुं 
     शोकायमोहाय सदा भयाय । 
सुखाय दुःखायचदेहयोग– 
     मव्यक्तदिष्टं जनताङ्ग धत्ते ॥ १३ ॥ 

प्रियवर ! उनै अव्यक्त इश्वरले दिएको शरीरलाई सबै जीव जन्म, मरण, शोक, मोह, भय, र सुख दुःखको भोग गर्न तथा कर्म गर्नका लागि धारण गर्दछन ।।१३।।

यद्वाचि तन्त्यां गुणकर्मदामभिः 
     सुदुस्तरैर्वत्स वयं सुयोजिताः । 
सर्वे वहामो बलिमीश्वराय 
     प्रोता नसीव द्विपदे चतुष्पदः ॥ १४ ॥ 

जस प्रकार डोरीको नथि लागेको पशु मानिसको भारी बोक्दछ त्यसै गरी परमात्माको वेदवाणीरूपडोरीमा सत्वादि गुण, सात्विक आदि कर्म द्वारा ब्राम्हणादि वाक्यको मजवुत डोरीले कसिएका हामी सबै उनैको इच्छाअनुसार कर्म गर्दछौं । ।।१४।।

ईशाभिसृष्टं ह्यवरुन्ध्महेऽङ्ग 
     दुःखं सुखं वा गुणकर्मसङ्गात् । 
आस्थाय तत्तद्यदयुङ्क्त नाथ– 
     श्चक्षुष्मतान्धा इव नीयमानाः ॥ १५ ॥ 

आँखा देख्ने मानिसले अन्धालाई डोर्याए झैं, हाम्रो गुण र कर्म अनुसार प्रभुले हामीलाई जुन योनि दिनु भएको छ त्यसै लाई स्वीकार गरेर वहाँले जस्तो व्यवस्था गर्नुहुन्छ त्यसै अनुसार हामी सुख या दुःख भोग्दछौं । हामी उहाँको इच्छालाई त्यसरीनै अनुसरण गर्नु पर्दछ ।।१५।।

मुक्तोऽपि तावद्‌बिभृयात्स्वदेह– 
     मारब्धधमश्नन्नभिमानशून्यः । 
यथानुभूतं प्रतियातनिद्रः 
     किंत्वन्यदेहाय गुणान्न वृङ्क्ते ॥ १६ ॥ 

जसरी मानिसको निद्रा छुट्दा पनि सपनाको अनुभवको पदार्थलाई सम्झन्छ । ठीक त्यसरी नै जीवन मुक्त अवस्थाका मानिस पनि पारब्धको भोग गरेर भगवान्को इच्छा अनुसार आफ्नो शरीरलाई धारण गर्दछ । यस अवस्थामा  पनि उसलाई अभिमान हुदैन र विषय वासना गराउने संस्कारको कारण अर्को जन्म हुन्छ, उसले त्यसको वासनालाई स्वीकार गर्दैन ।।१६।।

मयं प्रमत्तस्य वनेष्वपि स्याद् 
     यतः सआस्ते सहषट्सपत्‍नः । 
जितेन्द्रियस्यात्मरतेर्बुधस्य 
     गृहाश्रमः किं नु करोत्यवद्यम् ॥ १७ ॥ 

इन्द्रिय आफ्ना वशमा नभएकाहरूलाई वनवनमा डुल्दा पनि उसलाई जन्म मरणको डर रहन्छ । किनकि आफ्नो वशमा नभएको मन सहितको ज्ञानेन्द्रिय रुपी छ सत्रुले कहिल्यै उसलाई पिछा गर्न छोड्दैन । जो बुध्दिमान पुरुष इन्द्रियलाई जितेर आत्मामा नै रमण गर्दछ भने उसलाई गृहस्थाश्रमले पनि के बिगार्न सक्छ ? ।।१७।।

वः षट्सपत्‍नान् विजिगीषमाणो 
     गृहेषु निर्विश्य यतेत पूर्वम् । 
अन्येति दुर्गाश्रित ऊर्जितारीन् 
     क्षीणेषु कामं विचरेद्विपश्चित् ॥ १८ ॥ 

जसलाई यी छ सत्रुहरूलाई जीत्ने इच्छा हुन्छ उसले पहिले घरमै रहेर अत्यन्त संयमबाट  उसलाई वशमा पार्ने प्रयत्न गनुर्् पर्दछ । जसरी किल्लामा सुरक्षित भएर लड्ने राजा आफ्नो प्रवल सत्रुलाई पनि जिन्त सक्दछ । त्यसै गरी जव यी कामादि सत्रुको बल अत्यन्त क्षीण भएर जान्छ अनि मात्र विद्वानले आफ्नो इच्छा अनुसार विचरण गर्नुपर्दछ । त्यति बेला उसको लागि घर र वन समान हुन्छ ।।१८।।

त्वं त्वब्जनाभाङ्घ्रिसरोजकोश( 
     दुर्गाश्रितो निर्जितषट्सपत्‍नः । 
भुङ्क्ष्येह भोगान् पुरुषातिदिष्टान् 
     विमुक्तसङ्गः प्रकृतिं भजस्व ॥ १९ ॥ 

तिमीले श्रीकमलनाभ भगवान्को चरणकमलको कोपिलारूपकिल्लाको सहायता लिएकाले यी छ सत्रुलाई जीतिसकेका छौ तापनि पहिले वहाँ पुराणपुरुषले दिएको भोगलाई भोग । यसपछि निःसंग भएर आफ्नो आत्मास्वरुपमा स्थित भएर रहनु ।।१९।।

श्रीशुकउवाच 
(भृंगनाद)
इतिसमभिहितो महाभागवतो भगवतस्त्रिभुवनगुरोरनुशासनमात्मनो लघुतयावनतशिरोधरो बाढमितिसबहुमानमुवाह ॥ २० ॥ 

शुकदेवजी भन्नुहुन्छ–
जव तिनैलोकका गुरु श्रीब्रम्हाजीले यस प्रकार भन्नुभयो, त्यसपछि परम भागवत प्रियव्रतले आफु सानो भएका कारण सिर निहुराएर जो आज्ञा यस्तो भनेर बडो आदरपुर्वक वहाँको आदेशलाई शिरोधार्य गरे ।।२०।।

भगवानपिमनुनायथावदुपकल्पितापचितिः प्रियव्रतनारदयोरविषममभिसमीक्षमाणयोरात्मसमवस्थानमवाङ्मनस क्षयमव्यवहृत प्रवर्तयन्नगमत् ॥ २१ ॥ 

यसपछि स्वायम्भुव मनुले प्रसन्न भएर भगवान् ब्रम्हाजीको विधिपूर्वक पूजा गरे । त्यसपछि ब्रम्हाजी जहाँ मन र वाणीको विषय हुदैन त्यस्तो आफ्नो आश्रय तथा परब्रम्हको चिन्तन गर्दै आफ्नो लोकमा लाग्नुभयो । यस समय प्रियव्रत र नारदजी सरल भावले उहाँलाई हेरिरहेका थिए ।।२१।।

मनुरपि परेणैवं प्रतिसन्धितमनोरथः सुरर्षिवरानुमतेनात्मजमखिलधरामण्डलस्थिति गुप्तय आस्थाप्य स्वयमतिविषमविषयविषजलाशयाशाया उपरराम ॥ २२ ॥ 

मनुजी पनि यस प्रकार ब्रम्हाजीको कृपाले आफ्नो मनोरथ पूर्ण हुनाले देवर्षि नारदको आज्ञाले प्रियव्रतलाई सम्पूर्ण भूमण्डलको रक्षाको भार सुम्पिदिए र स्वयं विषयरुपी विषालु जलले भरिएको गृहास्थाश्रमरुपी दुस्तर जलाशयको भोगे त्यागेर परमात्माको भजनमा लागे ।।२२।।

इति ह वाव स जगतीपतिरीश्वरेच्छयाधिनिवेशितकर्माधिकारोऽखिलजगद्‌बन्धध्वंसनपरानु भावस्यभगवतआदिपुरुषस्याङ्घ्रियुगलानवरत(ध्यानानुभावेनपरिरन्धितकषायाशयोऽवदातोऽपि मानवर्धनो महतां महीतलमनुशशास ॥ २३ ॥ 

अव पृथ्वीपति महाराज प्रियव्रत भगवान्को इच्छाले राज्यशासनको कार्यमा नियुक्ति भए । जो सम्पूर्ण जगतको बन्धनबाट छटाउनमा अत्यन्त समथ्र्य छन, उनै वासुदेवको चरणकमलको निरन्तर ध्यान गर्दै रहनाले उनको सम्पूर्ण रागादि मल नष्ट भैसकेको थियो उनको हृदय पनि अत्यन्त शुध्द थियो तापनि ठुलाको मान रख्नाका लागि उनी पृथ्वीको शासन गर्न लागे ।।२३।।

अथ च दुहितरं प्रजापतेर्विश्वकर्मण उपयेमे बर्हिष्मतीं नाम तस्यामु ह वाव आत्मजानात्मसमानशीलगुणकर्मरूपवीर्यो दारान्दश भावयाम्बभूव कन्यां च यवीयसीमूर्जस्वतीं नाम ॥ २४ ॥ 

त्यसपछि उनले प्रजापति विश्वकर्माकी छोरी वर्हिष्मती संग विवाह गरे । उनीबाट दस छोरा भए ती सबै उनी नै समान शीलवान्, गुणी, कर्मनिष्ठ, रुपवान र पराक्रमी थिए । त्यस्तै उर्जस्वती नामकी छोरी पनि भइन ।।२४।।

आग्नीध्रेध्मजिह्वयज्ञबाहुमहावीरहिरण्यरेतोघृतपृष्ठसवनमेधातिथिवीतिहोत्रकवय इति सर्व एवाग्निनामानः ॥ २५ ॥ 

छोराहरूको नाम आग्निध्र, इध्मजिह्व, यज्ञवाहु, महावीर, हिरण्यरेता, घृतपृष्ठ, सवन, मेधातिथि, वीतिहोत्र र कवि  थिए । यी सबै नाम अग्निको पनि हो । ।।२५।।

एतेषां कविर्महावीरः सवन इति त्रयआसन्नूर्ध्वरेतसस्त आत्मविद्यायामर्भभावादारभ्यकृतपरिचयाः पारमहंस्यमेवाश्रममभजन् ॥ २६ ॥
 
जसमद्धे कवि, महावीर, र सवन यी तीन नैष्ठिक ब्रम्हचारी थिए । यिनीहरूले वाल्यकालमा आत्मविद्याको अभ्यास गरेर अन्त्यमा सन्याश्रम नै स्वीकार गरे ।।२६।।

तस्मिन्नु ह वा उपशमशीलाः परमर्षयः सकलजीवनिकायावासस्य भगवतो वासुदेवस्य भीतानां शरणभूतस्य श्रीमच्चरणारविन्दाविरतस्मरणाविगलितपरमभक्तियोगानुभावेन परिभावितान्तर्हृदयाधिगते भगवति सर्वेषां भूतानामात्मभूते प्रत्यगात्मन्येवात्मनस्तादात्म्य मविशेषेणसमीयुः ॥ २७ ॥
 
यी निवृत्तपरायण महर्षिहरूले सन्यास आश्रममै रहेर समस्त जीवको अधिष्ठान र भवबन्धनबाट डराएकालाई आश्रय दिने भगवान् वासुदेवको परम सुन्दर चरणकमलको निरन्तर चिन्तन गरे । त्यसबाट प्राप्त अखण्ड एवं श्रेष्ठ भक्ति योगको बलले उनीहरूको अन्तःकरण सर्वथा शुद्ध भयो भगावन्को आविर्भाव भयो । देहादि उपाधिको निवृत्ति हुनाले उनै परमात्मामा तन्मय भयो ।।२७।।

अन्यस्यामपि जायायां त्रयः पुत्रा आसन् उत्तमस्तामसो रैवत इति मन्वन्तराधिपतयः ॥ २८ ॥
 
महाराज पृयव्रतकी अर्की रानीबाट उत्तम, तामस र रैवत यी तीन छोरा भए । जु्न आफ्ना नामको मन्वन्तरका अधिपति भए ।।२८।।

एवमुपशमायनेषु स्वतनयेष्वथ जगतीपतिर्जगतीमर्बुदान्येकादश परिवत्सराणामव्याहता– 
खिलपुरुषकारसारसम्भृतदोर्दण्डयुगलापीडितमौर्वीगुणस्तनितविरमितधर्मप्रतिपक्षो बर्हिष्म– 
त्याश्चानुदिनमेधमानप्रमोदप्रसरणयौषिण्यव्रीडाप्रमुषितहासावलोकरुचिरक्ष्वेल्यादिभिः पराभूयमानविवेक इवानवबुध्यमान इव महामना बुभुजे ॥ २९ ॥ 

यस प्रकार कवि आदि तीन छोराहरू निवृत्तपरायण हुनाले राजा प्रियव्रतले एघार अर्बुद (एक अर्व दस करोड) वर्षसम्म पृथ्वीको शासन गरे । जस समय उनी आफ्नो अखण्डनीय पुरुषर्थ र वीर्यशालिनी हातले धनुषको डोरी तानेर टंकार गर्दथे । त्यस बखत डरले सबै धर्मद्रोहीहरू लुक्दथे । प्राणप्रिया वर्हिष्मतीको दिनदिनै बढ्दो अमोद प्रमोद र अभ्युत्थानादि क्रीडाहरूको कारण स्त्रीजनोचित हाव भाव, लज्जाले मनलाई लठ्याउने हाँसो आदिले गर्दा महामन प्रियव्रत विवेकहीन व्यक्ति जसरी आत्मविस्मृत भएर सबै भोगहरू भोग्न लागे । तर वास्तवमा यसमा उनको आशक्ति थिएन ।।२९।।

यावदवभासयति सुरगिरिमनुपरिक्रामन् भगवानादित्यो वसुधातलमर्धेनैव प्रतपत्यर्धेनावच्छादयति तदा हि भगवदुपासनोपचितातिपुरुषप्रभावस्तदनभिनन्दन् समजवेन रथेन ज्योतिर्मयेन रजनीमपि दिनं करिष्यामीति सप्तकृत्वस्तरणिमनुपर्यक्रामद् द्वितीय इव पतङ्गः ॥ ३० ॥
 
एकपटक यिनले भगवान् सूर्य सुमेरुको परिक्रमा गर्दा लोकालोक पर्यन्त पृथ्वीको जति भाग प्रकाशित हुनुपर्ने हो त्यसमा आधा मागमा मात्र प्रकाश छाएको र आधा अन्धकार नै देखे । उनलाई यो मन परेन र अब म रातलाई पनि दिन नै बनाउछु भन्ने संक्लप लिएर सूर्य समान नै ज्योतिर्मय वेग भएको एउटा रथमा चढेर दोश्रो झैं सूर्यका पछि पछि सात परिक्रमा गरे । भगवान्को उपासनाले उनको अलौकिक प्रभाव बढेको थियो ।।३०।।

ये वा उ ह तद्‌रथचरणनेमिकृतपरिखातास्ते 
सप्तसिन्धव आसन् यत एव कृताः सप्त भुवो द्वीपाः ॥ ३१ ॥
 
त्यस बखत उनको रथको पांग्रबाट जुन खाल्डो बन्यो त्यो नै सात समुद्र भयो र जसबाट पृथ्वीमा सात द्वीप भयो ।।३१।।

जम्बूप्लक्षशाल्मलिकुशक्रौञ्चशाकपुष्करसंज्ञास्तेषां परिमाणं पूर्वस्मात्पूर्वस्मादुत्तर उत्तरो यथासंख्यं द्विगुणमानेन बहिः समन्तत उपक्लृप्ताः ॥ ३२ ॥
 
त्यसमा क्रमशः जम्वु, प्लक्ष, साल्मलि, कुश, क्रौञ्च, शाक, र पुष्कर द्वीप हो । यसमा पहिलो भन्दा पछिको दव्ीपको परिणाम दोब्बर छ र यो समुद्रको बाहिरी भाग पृथ्वीको चारैतिर फैलिएको छ ।।३२।।

क्षारोदेक्षुरसोदसुरोदघृतोदक्षीरोददधिमण्डोदशुद्धोदाः सप्त जलधयः सप्त द्वीपपरिखा इवाभ्यन्तद्वीपसमाना एकैकश्येन यथानुपूर्वं सप्तस्वपि बहिर्द्वीपेषु पृथक्परित उपकल्पितास्तेषु जम्ब्वादिषु बर्हिष्मतीपतिरनुव्रतानात्मजानाग्नीधेध्मजिह्वयज्ञबाहुहिरण्यरेतोघृतपृष्ठमेधातिथिवीतिहोत्रसंज्ञान्य थासंख्येनैकैकस्मिन्नेकमेवाधिपतिं विदधे ॥ ३३ ॥ 
दुहितरं चोर्जस्वतीं नामोशनसे प्रायच्छद्यस्यामासीद् देवयानी नाम काव्यसुता ॥ ३४ ॥ 

सात समुद्र क्रमशः नुनिलो पानी, उखुको रस, मदिरा, घीउ, दूध, मठ्ठा र शुद्ध जलले भरिएको छ । यो सात द्वीप खाल्डो जस्तै छ र परिणाममा यो भित्रको दुवीप बराबर छ । जसमद्धे क्रमशः ती सातै द्वीपलाई बाहिरबाट घेरोको छ । वर्हिष्मती पति महाराज पृयव्रतले आफ्नो अनुगतको पुत्र आग्निध्र, इध्मजिह्व, यज्ञवाहु, महावीर, हिरण्यरेता, घृतपृष्ठ, सवन, मेधातिथि, वीतिहोत्रलाई क्रमशः एक एकलाई उक्त जम्बु आदि द्वीपको राजा बनाए । उनले आफ्नी कन्या उर्जस्वतीको विवाह शुक्राचार्यसित गरिदिए । उनीबाट शुक्रकन्या देवयानी जन्मिन ।।३४।।

(वसंततिलका) 
नैवंविधः पुरुषकार उरुक्रमस्य 
     पुंसां तदङ्घ्रिरजसा जितषड्गुणानाम् । 
चित्रं विदूरविगतः सकृदाददीत 
     यन्नामधेयमधुना स जहाति बन्धम् ॥ ३५ ॥ 

राजन् जसले भगवच्चरणारविन्दको रजको प्रभावले शरीरको भोक प्यास, शोकमोह, र जरामृत्यु यी छ गुण तथा मन सहित इन्द्रियलाई जीतेका छन त्यस्ता भगवद्भक्तको यस्तो पुरुषार्थ हुनु कुनै आश्चर्यको कुरा होइन । किनकि चाण्डाल आदि नीच योनिमा जन्मिएका पुरुषले पनि भगवान्को नाम केवल एक पटक उच्चरण गर्नाले तत्काल संसार वन्धनबाट मुक्त हुन्छ ।।३५।।

(भृंगनाद) 
स एवमपरिमितबलपराक्रम एकदा तु देवर्षिचरणानुशयनानुपतितगुणविसर्गसंसर्गेणानिर्वृतमिवात्मानं मन्यमान आत्मनिर्वेद इदमाह ॥ ३६ ॥
 
यस प्रकार अतुलनीय बल पराक्रम भएका ती राजाले एक पटक देवर्षि नारदको चरणको शरण प्राप्त गरेर पनि पुनः दैववश  प्रपञ्चको राज्यादि भोगमा फस्नु परेकोले मनमनै विरक्त भएर यसप्रकार भन्नलागे ।।३६।।

अहो असाध्वनुष्ठितं यदभिनिवेशितोऽहमिन्द्रियैरविद्यारचितविषमविषयान्धकूपे तदलमलममुष्या वनिताया विनोदमृगं मां धिग्धिगिति गर्हयाश्चकार ॥ ३७ ॥
 
अहो ! मैले धेरै गल्ति गरें ! मेरो विषयलोलुप इन्द्रियहरूले मलाई यस अविद्याजनित विषम विषयरू पअन्धकूपमा खसालिदियो  । म त स्वास्नीको खेलाउने बांदर भएछु । उसले मलाई बाँदरको झैं नचाइरहेकी छ ! मलाई धिक्कार छ ! धिक्कार छ ! यस प्रकार उनले आफुलाई धेरै धिक्कार गरे ।।३७।।

परदेवताप्रसादाधिगतात्मप्रत्यवमर्शेनानुप्रवृत्तेभ्यः पुत्रेभ्य इमां यथादायं विभज्य भुक्तभोगां च महिषीं मृतकमिव सहमहाविभूतिमपहाय स्वयं निहितनिर्वेदो हृदि गृहीतहरिविहारानुभावो भगवतो नारदस्य पदवीं पुनरेवानुससार ॥ ३८ ॥ 

परम आराध्य हरिको कृपाले उनको विवेकवृत्ति जाग्रत भएर आयो । उनले आज्ञापालक छोराहरूलाई सबै पृथ्वी यथायोग्य बाँडिदिए जसलाई आफुले अनेकौं भोग गरेका थिए । ती आफ्नी राजरानीलाई समेत आफ्नो साम्राज्यलक्ष्मीलाई  मरेको शरीर झै सबै छोडिदिए । त्यसपछि हृदयमा वैराग्य धारण गरेर भगवान्का लीलाहरूको चिन्तन गर्दै त्यसका प्रभावले नारदजीले बताएको मार्गको पूनः अनुसरण गर्नलागे ।।३८।।

तस्य ह वा एते श्लोकाः –  
(अनुष्टुप्‌)
प्रियव्रतकृतं कर्म को नु कुर्याद्विनेश्वरम् । 
यो नेमिनिम्नैरकरोच्छायां घ्नन् सप्त वारिधीन् ॥ ३९ ॥ 

महाराज प्रियव्रतको विषयमा यी श्लोक प्रसिद्ध छ — राजा प्रियव्रतले जुन कर्म गरे त्यसलाई इश्वर बाहेक अरु कस्ले गर्न सक्छ र ? उनले रात्रीको अन्धकारलाई मेटाउने प्रयत्न गर्दा आफ्नो रथको पांग्राले बनेको खाल्डोबाछ सात समुद्र बनाइदिए ।।३९।।

भूसंस्थानं कृतं येन सरिद्‌गिरिवनादिभिः । 
सीमा च भूतनिर्वृत्यै द्वीपे द्वीपे विभागशः ॥ ४० ॥ 

प्राणीहरूको सुबिस्ताका लागि परस्पर झगडा नहोस भनेर द्वीपको रचना गरेर पृथ्वीको विभाग गरे र प्रत्तेक द्वीपमा अलग अलग नदी, पर्वत, र वन आदिले त्यसको सीमा निश्चित गरे ।।४०।।

भौमं दिव्यं मानुषं च महित्वं कर्मयोगजम् । 
यश्चक्रे निरयौपम्यं पुरुषानुजनप्रियः ॥ ४१ ॥ 

उनी भगवद्भक्त नारदादिका प्रेमी भक्त थिए । उनी पाताललोकका, देवलोकका, मनुष्यलोकका तथा कर्म र योगको शक्तिले प्राप्त भएका सबै ऐश्वर्यलाई पनि नरकतुल्य सम्झन्थे ।।४१।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां 
पञ्चमस्कन्धे प्रियव्रतविजये प्रथमोऽध्यायः ॥ १ ॥