#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

भागवत चर्चा

श्रीमद्भागवत पुराण अठार महापुराण मध्येको लोकप्रिय पुराण हो ।  यो वैष्णव धर्ममा सम्मानित ग्रन्थ हो । श्रीमद्भागवत महापुराणमा बाह्र स्कन्ध, ३३२ अध्याय र  कुल १८००० श्लोकहरू छन् । २८औं वेदव्यास कृष्ण–द्वैपायन पराशरमुनि र माता सत्यवतीका पुत्र थिए। वेदका सम्पादक व्यासदेवले वेदान्त–सूत्रको व्याख्याको रूपमा श्रीमद्भागवत रचना गरेका हुन् । 
वेद र वेदान्त–सूत्रहरू सङ्कलन र महाकाव्य महाभारत लेखे तर पनि व्यासदेव आफ्नो कामबाट सन्तुष्ट भएका थिएनन् त्यसै बखत उनको आश्रममा नारदमुनि आइपुगे  त्यतिबेला नारदले वेदव्यासको असन्तुष्टिको कारण बताउँदै भनेका थिए कि तपाईले भगवान्को महिमाको बारेमा वर्णन गर्नु भएन । त्यसपछि, नारद मुनिको सल्लाहमा, व्यासदेवले भागवत पुराण लेखे, जुन उनले पछि आफ्ना छोरा शुकदेव मुनिलाई सुनाए।

भागवत पुराणमा भनिएको छ कि–
सर्ववेदान्तसारम् हि श्रीभागवतमिष्यते ।
तद्रासमृततृप्तस्य नान्यत्र स्याद्रति क्वचित्।

श्रीमद्भागवत सबै वेदको सार हो। जो भागवत रसामृतबाट सन्तुष्ट भएका हुन्छन्, उनीहरूले अरू कुनै कुराबाट आनन्द प्राप्त गर्न सक्दैनन् किनकि भागवत कथा सुन्नाले र अध्ययन गर्नाले  लौकिक र आध्यात्मिक भावना बढ्दछ र उसलाई शान्ति मिल्दछ। यस कलियुगमा मानिसले भागवतको कथा सुनेर वा पढेर भवसागरबाट पार गर्न सक्छ । 
त्यसैले भागवतको महिमाको  बारेमा सबैजनाले सजिलै संग पढ्न बुझ्न सकुन भन्ने उद्देश्यले  श्रीमद्भागवत महापुराणको मूल संस्कृत श्लोक सहित नेपाली भावानुवाद यहाँ प्रकाशन गरिएको छ । फुर्सतको समयमा अध्ययन गरि आध्यात्मिक लाभ प्राप्त गर्नुहुन  । 

Bhagavata discussion

Srimad Bhagavata Purana is a popular Purana among the eighteen Mahapuranas. It is a revered text in Vaishnavism. Srimad Bhagavata Mahapurana has twelve skandas, 332 chapters and a total of 18000 verses.
The 28th Vedavyasa  Krishna-Dvaipayana was the son of Parasharamuni and Mata Satyavati. Vyasadeva, the editor of the Vedas, composed the Srimad Bhagavatam as an explanation of the Vedanta-sutras.
Collected the Vedas and Vedanta-Sutras and wrote the epic Mahabharata, but still Vyasadev was not satisfied with his work, at that time Narada appeared in his ashram. Then, on the advice of Narada Muni, Vyasadeva wrote the Bhagavata Purana, which he later narrated to his son Shukadeva Muni.

It is said in Bhagavata Purana that –
Sarvavedantasaram hi Sribhavatamishyate.
Tadrasmruttriptasya nanyatra syadrati: kwachit.

Srimad Bhagavatam is the essence of all Vedas. Those who are satisfied with Bhagavata Rasamrita, cannot get pleasure from anything else because hearing and studying Bhagavata Katha increases the temporal and spiritual sense and gives him peace. In this Kali Yuga, a person can cross the Bhavasagara by listening or reading the story of Bhagavata.
Therefore, with the aim that everyone can easily read and understand about the glory of Bhagwat, the original Sanskrit verses and Nepali Bhawanubad of Srimad Bhagwat Mahapurana have been published here. Get spiritual benefits by studying in your Leisure time.