#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्न्धः पञ्चपञ्चाशत्तमोऽध्यायः


श्रीमद्‌भागवत महापुराण
दशमस्न्धः पञ्चपञ्चाशत्तमोऽध्यायः



श्रीशुक उवाच– 
(अनुष्टुप्)
कामस्तु वासुदेवांशो दग्धः प्राग् रुद्रमन्युना ।
देहोपपत्तये भूयस्तमेव प्रत्यपद्यत ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! पहिले भगवान रुद्रको क्रोधले जलेर खरानी भएका कामदेव वासुदेवको अंश हुन् उनी नै अब, फेरि शरीर प्राप्त गर्न वसुदेवकै  अंश प्रद्युम्नमा प्रवेश गरे ।।१।। 

स एव जातो वैदर्भ्यां कृष्णवीर्यसमुद्‌भवः ।
प्रद्युम्न इति विख्यातः सर्वतोऽनवमः पितुः ॥ २ ॥
यस पटक तिनै कामदेव रुक्मिणीको गर्भबाट भगवान कृष्णको वीर्यद्वारा जन्मिए र प्रद्युम्नको नामले संसारमा प्रसिद्ध भए । उनको सुन्दरता, वीरता, असल चरित्र आदि गुणहरूमा भगवान कृष्णभन्दा कुनै पनि हिसाबले कम थिएन ।।२।। 

तं शम्बरः कामरूपी हृत्वा तोकमनिर्दशम् ।
स विदित्वाऽऽत्मनः शत्रुं प्रास्योदन्वत्यगाद् गृहम् ॥ ३ ॥
कामरुपी शंवरासुरले प्रद्युम्न दस दिनको पनि भएको नहुदै उनलाई आफ्नो सत्रु हो भन्ने सम्झेर प्रसव कक्षबाट लगेर समुद्रमा फ्याँकिदियोे ।।३।। 

तं निर्जगार बलवान् मीनः सोऽप्यपरैः सह ।
वृतो जालेन महता गृहीतो मत्स्यजीविभिः ॥ ४ ॥
समुद्रमा फ्यार्किका त्यस बालक प्रद्युम्नलाई एउटा ठूलो बलवान माछाले निल्यो । त्यसपछि माझीले समुद्रमा माछा मार्न भनि फ्याकेको जालमा अरु माछाहरु सहित त्यो माछालाई पनि माझीले समात्यो ।।४।। 

तं शम्बराय कैवर्ता उपाजह्रुरुपायनम् ।
सूदा महानसं नीत्वावद्यन् स्वधितिनाद्‌भुतम् ॥ ५ ॥
माझीले त्यो माछोलाई लगेर शम्बरासुरलाई उपहारको रूपमा दियो । त्यसपछि शम्बरासुरका भान्सेहरूले त्यो अद्भुत माछा उठाएर भान्सामा ल्याए र बन्चरोले काट्न थाले ।।५।। 

दृष्ट्वा् तदुदरे बालं मायावत्यै न्यवेदयन् ।
नारदोऽकथयत् सर्वं तस्याः शङ्‌कितचेतसः ।
बालस्य तत्त्वमुत्पत्तिं मत्स्योदरनिवेशनम् ॥ ६ ॥
भान्छेहरूले माछाको पेटमा बालक बच्चा देखेर आश्चर्य हुँदै त्यो बालकलाई शम्बरासुरकी दासी मायावतीलाई सुम्पिदिए । मायावतीको  मनमा बालकको बारेमा ठूलो शंका उत्पन्न भयो । त्यसपछि नारद आए र त्यो बालक कामदेव भएको, भगवान कृष्णकी पत्नी रुक्मिणीको गर्भबाट जन्मिएको र माछाको पेटमा गएको सम्पूर्ण कथा बताउनुभयो ।।६।।
 
सा च कामस्य वै पत्नीा रतिर्नाम यशस्विनी ।
पत्युर्निर्दग्धदेहस्य देहोत्पत्तिं प्रतीक्षती ॥ ७ ॥
ती मायावती कामदेवकी तेजस्वी पत्नी थिइन् । उनी पुरै शरीर डढेर खरानी भएका आफ्ना पति को साथ पाउन प्रतिक्षा गरिरहेकी थिइन ।।७।।

निरूपिता शम्बरेण सा सूदौदनसाधने ।
कामदेवं शिशुं बुद्ध्वा चक्रे स्नेहं तदार्भके ॥ ८ ॥
शम्वरासुरले ती रतिलाई आफ्नो भान्छे बनाएको थियो । उनले नारदजीको मुखबाट ति बालक उनको पति हुन भन्ने थाहा पाएपछि उनले त्यस बालकलाई धेरै प्रेम गर्न थालिन् ।।८।। 

नातिदीर्घेण कालेन स कार्ष्णि रूढयौवनः ।
जनयामास नारीणां वीक्षन्तीनां च विभ्रमम् ॥ ९ ॥
श्रीकृष्णका छोरा भगवान प्रद्युम्न धेरै छोटो समयमा वयस्क भए । उनको सुन्दरता यति अद्भुत थियो कि उनलाई हेर्ने कुनै पनि महिलाको मनलाई मोहित बनाइदिन्थे ।।९।।

(इंद्रवंशा)
सा तं पतिं पद्मदलायतेक्षणं
     प्रलम्बबाहुं नरलोकसुन्दरम् ।
सव्रीडहासोत्तभितभ्रुवेक्षती
     प्रीत्योपतस्थे रतिरङ्‌ग सौरतैः ॥ १० ॥
लाजले अलिअलि मुस्कुराउदै आफ्दा टेढो आँखीभौ भएको आँखाले ती रतिले कमलको फुल जस्तै ठुला आँखा भएका, लामा लामा हात पाखुरा भएका आफ्ना पति प्रद्युम्नलाई प्रेमको भावना व्यक्त गर्दै उनको सेवामा मग्न रहिन् ।।१०।। 

(अनुष्टुप्)
तामह भगवान् कार्ष्णिः मातस्ते मतिरन्यथा ।
मातृभावमतिक्रम्य वर्तसे कामिनी यथा ॥ ११ ॥
ती मायावतीको भावमा आएको परिवर्तन देखेर श्री कृष्णनन्दन प्रद्युम्नले भने– हे माता ! तपाई मेरी आमा जस्तै हुनुहुन्छ तर अहिले तपाईको भावनामा कसरी फरक पर्न गयो किनकि तपाई आमा हुनुको भावना त्यागेर पत्नीको व्यवहार गरिरहनु भएको छ ।।११।। 

रतिरुवाच–
भवान् नारायणसुतः शम्बरेणाहृतो गृहात् ।
अहं तेऽधिकृता पत्नी् रतिः कामो भवान् प्रभो ॥ १२ ॥
रत्नीले भनिन्– हे भगवान् ! हजुर आफैं भगवान नारायण श्रीकृष्णका पुत्र हुनुहुन्छ । शम्बरासुरले हजुरलाई प्रसुति गृहबाटै चोरेर ल्याएको थियो । हजुर मेरा पति कामदेव हुनुहुन्छ भने म हजुरकी पत्नी रति हुँ ।।१२।। 

एष त्वानिर्दशं सिन्धावक्षिपच्छम्बरोऽसुरः ।
मत्स्योऽग्रसीत्तदुदरादिह प्राप्तो भवान् प्रभो ॥ १३ ॥
हे प्रभु ! हजुर दश दिनको पनि नहुँदा त्यो शम्बरासुरले हजुरलाई अपहरण गरेर समुद्रमा फ्याँकिदियो । त्यहाँ एउटा माछोले हजुरलाई निलेको थियो । त्यसपछि हजुर त्यो माछाको पेटबाट निस्किएर यहाँ मकहाँ आइपुग्नुभयो ।।१३।। 

तमिमं जहि दुर्धर्षं दुर्जयं शत्रुमात्मनः ।
मायाशतविदं तं च मायाभिर्मोहनादिभिः ॥ १४ ॥
शम्बरासुरको हजुरको सत्रु हो उसले सयौं प्रकारका माया जान्दछ । उसलाई जित्न धेरै गाह्रो छ । त्यसैले मोहन आदि जस्ता मायाको सहायताले तपाईंले उसलाई मार्नुहोस् ।।१४।।

परीशोचति ते माता कुररीव गतप्रजा ।
पुत्रस्नेहाकुला दीना विवत्सा गौरिवातुरा ॥ १५ ॥
हे स्वामी ! हजुरकी आमा आफ्नो छोरा गुमाएका कारण अहिले कुररी पक्षी र बाच्छो हराएकी गाईले जस्तै गरी हराएको छोराको मायामा चिन्ता गरिरहनुभएको छ ।।१५।। 

प्रभाष्यैवं ददौ विद्यां प्रद्युम्नाय महात्मने ।
मायावती महामायां सर्वमायाविनाशिनीम् ॥ १६ ॥
यसरी मायावतिले प्रद्युम्नलाई सबैकुरा बताएर सम्पूर्ण मायाशक्तिलाई नाश गर्ने महामाया नाम गरेको विद्या सिकाइन् ।।१६ ।।

स च शम्बरमभ्येत्य संयुगाय समाह्वयत् ।
अविषह्यैस्तमाक्षेपैः क्षिपन् सञ्जनयन् कलिम् ॥ १७ ॥
त्यसपछि ती प्रद्युम्न शम्बरासुर भएको ठाउँमा पुगि उसको अगाडि गएर असह्य कडा वचन प्रयोग गरेर तिरस्कार गर्दै युध्दको लागि आउँन भने ।।१७।।
 
सोऽधिक्षिप्तो दुर्वाचोभिः पदाहत इवोरगः ।
निश्चक्राम गदापाणिरमर्षात्ताम्रलोचनः ॥ १८ ॥
प्रद्युम्नको यस्तो कठोर रुखो वचन सुनेर शम्बरासुर खुट्टाले हिर्काउदा घाइते भएको जस्तै गरि धेरै रिसाउँदै आँखा राता राता बनाउँदै हातमा गदा लिएर युध्द गर्न भनि बाहिर निस्कियो ।।१८।। 

गदामाविध्य तरसा प्रद्युम्नाय महात्मने ।
प्रक्षिप्य व्यनदन्नादं वज्रनिष्पेषनिष्ठुरम् ॥ १९ ॥
त्यस शम्बरासुरले आफ्नो शक्तिशाली गदा लिएर ठुलो बेगले घुमाएर प्रद्युम्नलाई प्रहार गर्यो, त्यो गदा प्रद्युम्नले प्रहार गरेको गदमा ठोकिन पुग्दा ठुलो आवाजले गर्जियो ।।१९।।

तामापतन्तीं भगवान् प्रद्युम्नो गदया गदाम् ।
अपास्य शत्रवे क्रुद्धः प्राहिणोत् स्वगदां नृप ॥ २० ॥
शम्बरासुरले हानेको गदा आफुतिर आउन लागेको देखेर प्रद्युम्नले त्यसलाई नष्ट गरिदिए र रिसाउँदै शम्बरासुरमाथि आफ्नो गदा प्रहार गरे ।।२०।। 

स च मायां समाश्रित्य दैतेयीं मयदर्शितम् ।
मुमुचेऽस्त्रमयं वर्षं कार्ष्णौ वैहायसोऽसुरः ॥ २१ ॥
त्यसपछि त्यो शम्बरासुर मय नाम गरेको राक्षसले प्रदान गरेको मायाद्वारा आकाशमा गयो र त्यहाँबाट लुकेर प्रद्युम्नमाथि हतियार वर्षाउन थाल्यो ।।२१।। 

बाध्यमानोऽस्त्रवर्षेण रौक्मिणेयो महारथः ।
सत्त्वात्मिकां महाविद्यां सर्वमायोपमर्दिनीम् ॥ २२ ॥
यसरी शम्बरासुरले आकाशबाट धेरै अस्त्र वर्षाएर प्रहार गरेकोले रुक्मिणी पुत्र प्रद्युम्नले त्यो मायाशक्तिलाई नष्ट गर्न सत्वमयी महाविद्या प्रयोग गरे ।।२२।। 

ततो गौह्यकगान्धर्वपैशाचोरगराक्षसीः ।
प्रायुङ्क्त शतशो दैत्यः कार्ष्णिर्व्यधमयत् स ताः ॥ २३ ॥
त्यसपछि, शम्बरासुरले यक्ष, गन्धर्व, पिशाच, नाग र राक्षसका सयौं मायाशक्ति प्रयोग गर्यो तर ती सबै शक्तिलाई श्रीकृष्णका पुत्र प्रद्युम्नले नष्ट गरिदिए ।।२३।।

निशातमसिमुद्यम्य सकिरीटं सकुण्डलम् ।
शम्बरस्य शिरः कायात् ताम्रश्मश्र्वोजसाहरत् ॥ २४ ॥
त्यसपछि प्रद्युम्नले आफ्नो एउटा धारिलो तरवार उठाएर त्यसलाई बडो वेगले प्रहार गरेर मुकुट र कानका झुम्काहरूले सजिएको र रातो दाह्री र जुँगाले धेरै डरलाग्दो देखिने शम्बरासुरको टाउको शरीरबाट छुटाइदिए ।।२४।। 

आकीर्यमाणो दिविजैः स्तुवद्‌भिः कुसुमोत्करैः ।
भार्ययाम्बरचारिण्या पुरं नीतो विहायसा ॥ २५ ॥
शम्बरासुर मारिएको देखेर देवताहरूले फूल बर्साएर प्रद्युम्नको स्तुति गर्न थाले । त्यसपछि आकाशमा हिंड्न जान्ने मायावती रतीले आफ्ना पति प्रद्युम्नलाई आकाश हुँदै द्वारकापुरी लगिन् ।।२५।। 

अन्तःपुरवरं राजन् ललनाशतसङ्कुलम् ।
विवेश पत्न्या  गगनाद् विद्युतेव बलाहकः ॥ २६ ॥
हे राजन परीक्षित ! मायावतीका साथमा कालो वर्ण भएका प्रद्युम्न बिजुलीको मेघ समान सुन्दर देखिन्थे । यस प्रकार उनी मायाबतीका साथमा सुन्दर स्त्रीहरु बसेका अनन्तपुर स्थित द्वारकाको रुक्मिणीको निवासमा प्रवेश गरे ।।२६।।

तं दृष्ट्वात जलदश्यामं पीतकौशेयवाससम् ।
प्रलम्बबाहुं ताम्राक्षं सुस्मितं रुचिराननम् ॥ २७ ॥
स्वलङ्कृतमुखाम्भोजं नीलवक्रालकालिभिः ।
कृष्णं मत्वा स्त्रियो ह्रीता निलिल्युस्तत्र तत्र ह ॥ २८ ॥
त्यसबेला श्यामवर्णको शरीर, पीताम्वर धारण गरेका हसिलो मुहार भएका प्रद्युम्न निकै शोभायमान देखिन्थे । लामा लामा हात, राता राता आँखा र मन्द मुस्कान र घुमृएको कपाल ले गर्दा अनुहारको शोभा बढेको थियो । यस्ता प्रद्युम्नलाई देखेर श्रीकृष्णनै आएको हो भन्ठानेर त्यस अन्तपुरका महिलाहरु लजाउदै आ–आफ्नो घरमा यताउता लुक्न थाले ।।२७–२८ ।। 

अवधार्य शनैरीषद्‌वैलक्षण्येन योषितः ।
उपजग्मुः प्रमुदिताः सस्त्रीरत्नंय सुविस्मिताः ॥ २९ ॥
त्यसपछि बिस्तारै त्यस नगरका महिलाहरूले केही फरक लक्षण देखेर यी कृष्ण होइनन् भन्ने थाहा पाए अनि आश्चर्य भएर खुसी हुदै ती रति र प्रद्युम्न भए तिर आए ।।२९।।

अथ तत्रासितापाङ्‌गी वैदर्भी वल्गुभाषिणी ।
अस्मरत् स्वसुतं नष्टं स्नेहस्नुतपयोधरा ॥ ३० ॥
त्यस समयमा रुक्मिणी पनि त्यहाँ आइपुग्नुभयो । उनको आँखा र बोली धेरै मधुर थियो । उनले प्रद्युम्नलाई देख्ने बित्तिकै आफ्नो हराएको छोराको सम्झना आयो । मातृस्नेहकोे गर्दा उनको स्तनबाट दूध बग्न थाल्यो ।।३०।।
 
को न्वयं नरवैदूर्यः कस्य वा कमलेक्षणः ।
धृतः कया वा जठरे केयं लब्धा त्वनेन वा ॥ ३१ ॥
रुक्मिणीले मनमनै सोच्न थालिन्– यो कमल जस्तो आँखा भएका उत्तम मनुष्य कसको छोरा होला ? कुन भाग्यमानी महिलाले यिनलाई आफ्नो गर्भमा बोकेकी होलिन् ? यी स्त्री को होलिन् र यिनले कसरी यस पुरुषलाई प्राप्त गरिन् ? ।।३१।।

मम चाप्यात्मजो नष्टो नीतो यः सूतिकागृहात् ।
एतत्तुल्यवयोरूपो यदि जीवति कुत्रचित् ॥ ३२ ॥
मेरो पनि एउटा सानो छोरालाई गुमाएको थिएं । यदि उ कतै जीवितै भएको भए उनको अवस्था र रूप पनि यही पुरुषको जस्तो हुन्थ्यो होला ।।३२।।
 
कथं त्वनेन संप्राप्तं सारूप्यं शार्ङ्‌गधन्वनः ।
आकृत्यावयवैर्गत्या स्वरहासावलोकनैः ॥ ३३ ॥
मलाई अचम्म लाग्छ कि यो पुरुषलाई भगवान श्यामसुन्दरको जस्तो शरीरको अंगको बनावट, चाल, मुस्कान, हेराइ र बोली कसरी प्राप्त भयो ? ।।३३।। 

स एव वा भवेन्नूनं यो मे गर्भे धृतोऽर्भकः ।
अमुष्मिन् प्रीतिरधिका वामः स्फुरति मे भुजः ॥ ३४ ॥
मैले गर्भमा धारण गरेको बालक यही हुनुपर्दछ किनभने यसलाई देख्नसाथ मेरो स्नेह प्रेम स्वाभाविक रूपमा बढिरहेको छ र मेरो देब्रे हात पनि फरपराईरहेको छ ।।३४।। 

एवं मीमांसमणायां वैदर्भ्यां देवकीसुतः ।
देवक्यानकदुन्दुभ्यां उत्तमःश्लोक आगमत् ॥ ३५ ॥
जब रुक्मिणी यसरी सोच्दै र चिन्तन गर्दै थिइन्, त्यसै समयमा शुद्ध कीर्ति भएका भगवान कृष्ण आफ्ना आमाबाबु, देवकी र वासुदेवसँग त्यहाँ आइपुग्नुभयो ।।३५।। 

विज्ञातार्थोऽपि भगवान् तूष्णीमासजनार्दनः ।
नारदोऽकथयत् सर्वं शम्बराहरणादिकम् ॥ ३६ ॥
भगवान श्री कृष्णलाई प्रद्युम्न हरण सम्बन्धि सबै कुरा थाहा थियो । तर वहाँ त्यतिबेला केही नभनि मौन बस्नुभयो । यसैबीच नारद त्यहाँ आइपुग्नुभयो र वहाँले शम्बरासुरले प्रद्युम्नलाई हरण गरेर समुद्रमा फ्याँकेको, आदि सबै घटना बताउनु भयो ।।३६।। 

तच्छ्रुत्वा महदाश्चर्यं कृष्णान्तःपुरयोषितः ।
अभ्यनन्दन् ब्बहूनब्दान् नष्टं मृतमिवागतम् ॥ ३७ ॥
नारदजीबाट यो आश्चर्यपूर्ण कुरा सुनेपछि, त्यस अन्तःपुरमा बस्ते महिलाहरू छक्क परे र धेरै वर्ष हराएको पछि फर्केर आएकोमा प्रद्युम्नलाई मृत्युबाट फर्किएको मानिस आउदा झैं खुसी भएर स्वागत अभिनन्दन गरे ।।३७।। 

देवकी वसुदेवश्च कृष्णरामौ तथा स्त्रियः ।
दम्पती तौ परिष्वज्य रुक्मिणी च ययुर्मुदम् ॥ ३८ ॥
देवकीजी, वासुदेवजी, भगवान श्रीकृष्ण, बलरामजी, रुक्मिणीजी लगायत अन्तःपुरका स्त्रीहरु मायावतीको जोडीलाई अँगालो हालेर धेरै खुसी भए ।।३८।। 
नष्टं प्रद्युम्नमायातमाकर्ण्य द्वारकौकसः ।
अहो मृत इवायातो बालो दिष्ट्येति हाब्रुवन् ॥ ३९ ॥
प्रद्युम्न फर्किएर आएको थाहा पाएर द्वाराकावासीहरु धेरै खुसी हुँदै एक आपसमा भन्नलागे कि यी प्रद्युम्न मरेको मानिस फर्किएर आएझैं सकुसल फर्किएर आए ।।३९।। 

(वसंततिलका)
यं वै मुहुः पितृसरूपनिजेशभावा– 
     स्तन्मातरो यदभजन् रहरूढभावाः ।
चित्रं न तत् खलु रमास्पदबिम्बबिम्बे
     कामे स्मरेऽक्षविषये किमुतान्यनार्यः ॥ ४० ॥
हे महाराज परिक्षित । प्रद्युम्नको रूप भगवान कृष्णसँग यति धेरै मिल्दोजुल्दो थियो कि उहाँलाई देखेर त्यहाँका भएका रुक्मिणी लगायत अरु माताहरुले प्रद्युम्नलाई आफ्नो पति कृष्ण ठानेर एकान्तमा रहँदा पनि प्रेम भावनामा डुब्दिथे र सबै किसिमको आलिंगन आदि गर्दथे । यसो हुनुमा आमाहरुको लागि कुनै आश्चर्यको कुरा होइन श्रीकृष्णकै स्वरुप कामदेव अवतार प्रद्युम्नलाई देखेर आमाहरुलाई त यस्तो अनौठो क्षोभ हुन्थयो भने अरु नारी हरुको मनमा उत्पन्न हुने क्षोभको बारेमा के भन्न सकिन्छ र ? ४० 

इति श्रीमद्भारगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
प्रद्युम्नोत्पत्तिनिरूपणं नाम पञ्चपञ्चाशत्तमोऽध्यायः ॥ ५५ ॥