श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - द्वादशोऽध्यायः
श्रीशुक उवाच ।
कुशस्य चातिथिस्तस्मान्निषधस्तत्सुतो नभः ।
पुण्डरीकोऽथ तत्पुत्रः क्षेमधन्वाभवत्ततः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! कुशका छोरा अतिथि भए । अतिथि निषध, निषधका नभ, नभका पुण्डरीक र पुण्डीकका क्षेमधन्वा नामका छोरा भए ।।१।।
देवानीकस्ततोऽनीहः पारियात्रोऽथ तत्सुतः ।
ततो बलस्थलस्तस्मात् वज्रनाभोऽर्कसंभवः ॥ २ ॥
क्षेभधन्वाका देवानीक, देवानीकका आनीह, आनीहका पारियात्र, पारियात्रका बलस्थल र बलस्थलका छोरा वज्रनाभ भए यिनी सूर्यका अंश थिए ।।२।।
खगणस्तत्सुतस्तस्माद् विधृतिश्चाभवत् सुतः ।
ततो हिरण्यनाभोऽभूद् योगाचार्यस्तु जैमिनेः ॥ ३ ॥
वज्रनाभका छोराखगण, खगणबाट विधृति र विधृतिबाट हिरण्यनाभ भए उनी जैमिनिका शिष्य र योगाचार्य थिए ।।३।।
शिष्यः कौशल्य आध्यात्मं याज्ञवल्क्योऽध्यगाद् यतः ।
योगं महोदयमृषिर्हृदयग्रन्थिभेदकम् ॥ ४ ॥
कोसलदेवासी याज्ञवल्क ऋषिले उनको शिष्यता स्वीकार गरेर उनीबाट अध्यात्मयोगको शिक्षा लिएका थिए । जुन योग हृदयको ग्रन्थी काट्ने र परमसिध्दि दिनेखालको थियो ।।४।।
पुष्यो हिरण्यनाभस्य ध्रुवसन्धिस्ततोऽभवत् ।
सुदर्शनोऽथाग्निवर्णः शीघ्रस्तस्य मरुः सुतः ॥ ५ ॥
हिरण्यनाभका छोरा पुष्य, पुष्यको ध्रुवसन्धि, धु्रवसन्धिको सुदर्शन, सुदर्शनको अग्निवर्ण, अग्निवर्णको शीघ्र र शीघ्रका छोरा मरु भए ॥५॥
सोऽसावास्ते योगसिद्धः कलापग्राममास्थितः ।
कलेरन्ते सूर्यवंशं नष्टं भावयिता पुनः ॥ ६ ॥
मरुले योगसाधनाबाट सिध्द प्राप्त गरेका थिए र उनी यस समयमा पनि कलाप नामको गाउँमा बस्दछन् । कलियुगको अन्तमा नष्ट भएको सूर्यवंशलाई उनले फेरी चलाउँछन् ।।६।।
तस्मात् प्रसुश्रुतस्तस्य सन्धिस्तस्याप्यमर्षणः ।
महस्वांस्तत्सुतः तस्माद् विश्वबाहुरजायत ॥ ७ ॥
मरुबाट प्रुसुश्रुत, उनबाट सन्धि र सन्धिबाट अमर्षणको जन्म भयो । अमर्षको महस्वन् र महस्वन्को विश्वसान्ह ।।७।।
ततः प्रसेनजित् तस्मात् तक्षको भविता पुनः ।
ततो बृहद्बजलो यस्तु पित्रा ते समरे हतः ॥ ८ ॥
विश्वसन्हको प्रसेनजित, प्रसेनजितबाट तक्षक र तक्षकबाट बृहद्बल भयो । परीक्षित ! यिनै बृहद्वललाई तिम्रा पिता अभिमन्युले मारेका थिए ।।८।।
एते हीक्ष्वाकुभूपाला अतीताः श्रृण्वनागतान् ।
बृहद्बकलस्य भविता पुत्रो नाम्ना बृहद्रणः ॥ ९ ॥
परीक्षित ! यति बताए जति इक्षकुवंशका राजा भैसके भने अब पछि हुने राजाहरुको विषयमा सुन । बृहद्बलको पुत्र बृहद्रण हुनेछ ।।९।।
ऊरुक्रियस्ततस्तस्य वत्सवृद्धो भविष्यति ।
प्रतिव्योमस्ततो भानुः दिवाको वाहिनीपतिः ॥ १० ॥
बृहद्रणको उरुक्रिय, उसबाट वत्सवृध्द, बस्तबृध्दको प्रतिब्योम, प्रतिव्योमको भानु र भानुको पुत्र सेनापति दिवाक हुनेछ ।।१०।।
सहदेवस्ततो वीरो बृहदश्वोऽथ भानुमान् ।
प्रतीकाश्वो भानुमतः सुप्रतीकोऽथ तत्सुतः ॥ ११ ॥
दिवाकको वीर सहदेव, सहदेवको वृहदश्व, वृहदश्वको भानुमान, भानुमानको प्रतिकास्व र प्रतिकास्वको छोरा सुप्रतीक हुनेछ ।।११।।
भविता मरुदेवोऽथ सुनक्षत्रोऽथ पुष्करः ।
तस्यान्तरिक्षस्तत्पुत्रः सुतपास्तदमित्रजित् ॥ १२ ॥
सुप्रतीकको मरुदेव, मरुदेवको सुनक्षत्र, सुनक्षत्रको पुष्कर, पुष्करको अन्तरिक्ष, अन्तरिक्षको सुतपा र सुतपाको पुत्र अमित्रजित नामको छोरो हुनेछ ।।१२।।
बृहद्राजस्तु तस्यापि बर्हिस्तस्मात् कृतञ्जयः ।
रणञ्जयस्तस्य सुतः सञ्जयो भविता ततः ॥ १३ ॥
अमित्रजितबाट बृहद्राज, बउहद्राजबाट बर्हि, बर्हिबाट कृतंजय, कृतंजयबाट रणंजय र रणंजयबाट संजय हुनेछ ।।१३।।
तस्माच्छाक्योऽथ शुद्धोदो लांगलस्तत्सुतः स्मृतः ।
ततः प्रसेनजित् तस्मात् क्षुद्रको भविता ततः ॥ १४ ॥
संजयबाट शाक्य र शाक्यबाट शुध्दो र सुध्दोबाट लांगल लांगलको प्रसेनजित र प्रसेनजितको पुत्र क्षुद्रक हुनेछ ।।१४।।
रणको भविता तस्मात् सुरथस्तनयस्ततः ।
सुमित्रो नाम निष्ठान्त एते बार्हद्बिलान्वयाः ॥ १५ ॥
क्षुद्रकबाट रणक, रणकबाट सुरथ र सुरथबाट यस वंशको अन्तिमराज सुमित्रको जन्महुन्छ । यी सबै बृहद्बलका वंशधर हुन ।।१५।।
इक्ष्वाकूणामयं वंशः सुमित्रान्तो भविष्यति ।
यतस्तं प्राप्य राजानं संस्थां प्राप्स्यति वै कलौ ॥ १६ ॥
इक्ष्वाकुको यो वंश सुमित्र सम्म रहन्छ किनकि यो सुमित्र राजा भएपछि कलियुगमा यो वंश समाप्त हुनेछ ।।१६।।
इति श्रीमद्भायगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे द्वाशोऽध्यायः ॥ १२ ॥