श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – षष्ठोऽध्यायः
(अनुष्टुप्)
शुक उवाच–
नन्दः पथि वचः शौरेर्न मृषेति विचिन्तयन् ।
हरिं जगाम शरणमुत्पातागमशङ्कितः ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! नन्दबाबाले मथुराबाट हिंडेपछि बाटोमा वसुदेवले भनेको कुरा व्यर्थ नहुने भनि सोचेर गोकुलमा केहि उत्पात हुने शंका गरेर उनी सबैको शरण दिने भगवान् नै हो भनेर श्रीहरिको शरणमा परे ।।१।।
कंसेन प्रहिता घोरा पूतना बालघातिनी ।
शिशूंश्चचार निघ्नन्ती पुरग्रामव्रजादिषु ॥२॥
पुतना नामको एउटा अति क्रूर राक्षसी थिइ उसले गाउँ घर बस्तीमा पसेर बच्चाहरु खोजेर मार्ने काम गर्न लागी ।।२।।
न यत्र श्रवणादीनि रक्षोघ्नानि स्वकर्मसु ।
कुर्वन्ति सात्वतां भर्तुर्यातुधान्यश्च तत्र हि ॥३॥
जहाँ मानिसहरूले आफ्नो दैनिक कार्यमा रहँदा राक्षसकोको भय हटाउने भगवानको नाम, कीर्तन र स्मरण गर्दैनन्, त्यहाँ त्यस्ता राक्षसहरूको शक्ति प्रबल हुन्छ ।।३।।
सा खेचर्येकदोत्पत्य पूतना नन्दगोकुलम् ।
योषित्वा माययाऽऽत्मानं प्राविशत् कामचारिणी ॥४॥
आफ्नो इच्छा अनुसार आकाशमा घुमेर हिंड्ने त्यो पुतना एकदिन सुन्दरी स्त्रीको भेषमा गोकुलमा प्रवेश गरी ।।४।।
(मिश्र)
तां केशबन्धव्यतिषक्तमल्लिकां
बृहन्नितम्बस्तनकृच्छ्रमध्यमाम् ।
सुवाससं कम्पितकर्णभूषण–
त्विषोल्लसत्कुन्तलमण्डिताननाम् ॥५॥
वल्गुस्मितापाङ्गविसर्गवीक्षितै–
र्मनो हरन्तीं वनितां व्रजौकसाम् ।
अमंसताम्भोजकरेण रूपिणीं
गोप्यः श्रियं द्रष्टुमिवागतां पतिम् ॥६॥
त्यतिबेला त्यो पुतना यस्ति राम्री देखिन्थी कि उसले कपालमा बेलीको फूल सिउरिएकी, पातलो कम्मर, ठुला नितम्व, मिठो मुस्कान भएकी, राम्रा राम्रा वस्त्रहरु पहिरिएकी, हातमा कमलको फूल लिएकी, कानको कुण्डल र चम्किएको कपालले व्रजवासीहरुको मन चोरिरहेकी जस्तो देखिन्थी । उसको रुप हेर्दा साच्चै लक्ष्मीनै श्रीहरिलाई भेट्न आएको जस्तो देखिन्थी ।।५–६।।
बालग्रहस्तत्र विचिन्वती शिशून्
यदृच्छया नन्दगृहेऽसदन्तकम् ।
बालं प्रतिच्छन्ननिजोरुतेजसं
ददर्श तल्पेऽग्निमिवाहितं भसि ॥७॥
बालकहरुको लागि त्यो दुष्ट पूतना ग्रह जस्तै थिइ । उ बालकहरु खोज्दै जाँदा बिना अनुमति नै नन्दबाबाको घरमा पुगी । त्यहाँ खरानीको थुप्रोले छोपिएको आगोझैं अति उच्च तेज भएको बालक श्रीकृष्णलाई ओछ्यानमा सुतिरहेको देखी ।।७।।
विबुध्य तां बालकमारिकाग्रहं
चराचरात्माऽऽस निमीलितेक्षणः ।
अनन्तमारोपयदङ्कमन्तकं
यथोरगं सुप्तमबुद्धिरज्जुधीः ॥८॥
हे परीक्षित ! भगवान श्रीकृष्णले त्यसलाई बालकको दुष्ट ग्रह हो भन्ने ठानेर आँखा चिम्लनुभयो । उसले पनि अज्ञानीले सर्पलाई डोरी भन्ठाने झैं श्रीकृष्णलाई उठाएर आफ्नो काखमा लिई ।।८।।
तां तीक्ष्णचित्तामतिवामचेष्टितां
वीक्ष्यान्तरा कोषपरिच्छदासिवत् ।
वरस्त्रियं तत्प्रभया च धर्षिते
निरीक्ष्यमाणे जननी ह्यतिष्ठताम् ॥९॥
मखमलको खोल भएको म्यानमा राखिएको तरवार जस्तै दुष्ट स्वभाव भएकी पुतना हेर्दा भद्र महिला जस्तै देखिन्थी । उसको सौदर्यमा मोहित भएका यशोदा र रोहिणी पनि आफ्नो घरभित्र पस्दा नरोकिकन चुपो लागेर हेरिरहे ।।९।।
तस्मिन् स्तनं दुर्जरवीर्यमुल्बणं ।
घोराङ्कमादाय शिशोर्ददावथ ।
गाढं कराभ्यां भगवान् प्रपीड्य तत्
प्राणैः समं रोषसमन्वितोऽपिबत् ॥१०॥
त्यसपछि त्यो भयानक दुष्ट राक्षसी पुतनाले बालक श्रीकृष्णलाई आफ्नो काखमा लिएर विष दलिएको स्तन आफ्नो मुखमा दिई जुन पचाउनै नसकिने खतरनाक विषले भरिएको थियो । भगवानले पनि क्रोधले आफ्नो दुबै हातले उसको स्तनलाई जोरले थिच्नु भयो उसको जीवन सहित पिइदिनुभयो ।।१०।।
सा मुञ्च मुञ्चालमिति प्रभाषिणी
निष्पीड्यमानाखिलजीवमर्मणि ।
विवृत्य नेत्रे चरणौ भुजौ मुहुः
प्रस्विन्नगात्रा क्षिपती रुरोद ह ॥११॥
अब पुतनाको जीवनलाई आश्रय दिने सबै ठाउँहरू टुट्न थाल्यो त्यसैले उ चिच्याउदै भन्न थाली– ए भयो छोड, छोड, अब रोक भनेर उ रुन कराउन थालि । त्यतिबेला उसको शरीर पसिनाले भिजेको थियो भने आँखा पनि फर्किको थियो ।।११।।
तस्याः स्वनेनातिगभीररंहसा
साद्रिर्मही द्यौश्च चचाल सग्रहा ।
रसा दिशश्च प्रतिनेदिरे जनाः
पेतुः क्षितौ वज्रनिपातशङ्कया ॥१२॥
उसको चिच्याहटको वेगका कारण हिमाल, पृथ्वी, ग्रह र अन्तरिक्ष समेत डगमगायो । तलका सातलोक र दिशाहरुमा समेत ध्वनि गुन्जियो । त्यो गर्जनाले मानिसहरु समेत डरले भुईमा लडे ।।१२।।
निशाचरीत्थं व्यथितस्तना व्यसु–
र्व्यादाय केशांश्चरणौ भुजावपि ।
प्रसार्य गोष्ठे निजरूपमास्थिता
वज्राहतो वृत्र इवापतन्नृप ॥१३॥
हे परीक्षित ! यसरी निशाचर पुतनाको स्तनमा यति धेरै पीडा भयो कि उनले आफूलाई लुकाउन सकिन, आफ्नो राक्षसीरुप देखाई । त्यसपछि उ इन्द्रको वज्रले वृत्रासुर ढलेझै आगनमा पुगेर ढली ।।१३।।
(अनुष्टुप्)
पतमानोऽपि तद्देहत्रिगव्यूत्यन्तरद्रुमान् ।
चूर्णयामास राजेन्द्र महदासीत्तदद्भुुतम् ॥१४॥
हे राजेन्द्र ! त्यो राक्षसी पुतना यसरी लड्ने क्रममा उसको शरीरले छः कोष परका रुखहरु समेत ढल्न पुगे । जुन अचम्मकै घटना भयो ।।१४।।
ईषामात्रोग्रदंष्ट्रास्यं गिरिकन्दरनासिकम् ।
गण्डशैलस्तनं रौद्रं प्रकीर्णारुणमूर्धजम् ॥१५॥
अन्धकूपगभीराक्षं पुलिनारोहभीषणम् ।
बद्धसेतुभुजोर्वङ्घ्रि शून्यतोयह्रदोदरम् ॥१६॥
सन्तत्रसुः स्म तद्वीक्ष्य गोपा गोप्यः कलेवरम् ।
पूर्वं तु तन्निःस्वनितभिन्नहृत्कर्णमस्तकाः ॥१७॥
पूतनाको शरीर निकै डरलाग्दो थियो, मुख धारिलो दाह्रा भएको थियो, उनको नाक पहाडको गुफा जस्तै गहिरो थियो र उनको छातीमा पहाडबाट खसेका ठुला ढुंगा जस्तै स्तन थियो । कपाल चारैतिर छरिएको थियो । आँखा अध्यारो कुवा जस्तै गहिरा थिए । नदीको तिर जस्ता नितम्ब, हात पाखुरा तिघ्रा खुट्टा कसिएका थिए भने सुकेको पोखरी जस्तै पेट भएको यस्तो भयंकर शरीर देखेर गोपीहरु धेरै डराए ।।१५–१७।।
बालं च तस्या उरसि क्रीडन्तमकुतोभयम् ।
गोप्यस्तूर्णं समभ्येत्य जगृहुर्जातसंभ्रमाः ॥१८॥
गोपीहरूले बालक श्रीकृष्ण उसको छातीमा निडरता पूर्वक खेलिरहेको देखेर हडवडाउदै वहाँलाई त्यहाँबाट उठाएर लिए ।।१८।।
यशोदारोहिणीभ्यां ताः समं बालस्य सर्वतः ।
रक्षां विदधिरे सम्यग्गोपुच्छभ्रमणादिभिः ॥१९॥
त्यसपछि यशोदा र रोहिणीका साथमा रहेका गोपीहरूले श्रीकृष्णको शरीरका अंगहरूमा गाईको पुच्छर घुमाए रक्षा गरे ।।१९।।
गोमूत्रेण स्नापयित्वा पुनर्गोरजसार्भकम् ।
रक्षां चक्रुश्च शकृता द्वादशाङ्गेषु नामभिः ॥२०॥
उनीहरुले पहिला श्रीकृष्णलाई गहुँतले स्नान गराए, त्यसपछि उनका शरीरका बाह्र अंगहरूमा गाईको गोबर लगाएर भगवान केशव आदि नामले उनको रक्षा गरे ।।२०।।
गोप्यः संस्पृष्टसलिला अङ्गेषु करयोः पृथक् ।
न्यस्यात्मन्यथ बालस्य बीजन्यासमकुर्वत ॥२१॥
त्यसपछि गोपीहरूले जल लिएर आफ्नो शरीरमा छुट्टै अंगन्यास, करन्यास गरेर बालकको अंगमा पनि ‘अज’ आदि एघार मन्त्रहरुले बालकको अंगहरुमा बीजन्यस गरे ।।२१।।
(वसंततिलका)
अव्यादजोऽङ्घ्रि मणिमांस्तव जान्वथोरू
यज्ञोऽच्युतः कटितटं जठरं हयास्यः ।
हृत् केशवस्त्वदुर ईश इनस्तु कण्ठं
विष्णुर्भुजं मुखमुरुक्रम ईश्वरः कम् ॥२२॥
गोपिहरुले भने आजन्मा भगवानले तिम्रा पाउमा, मणिमान्ले घुँडामा त्यसैगरी यज्ञपुरुषले तिघ्रा, अच्युतले कम्मर, हयग्रीवले पेट, केशवले हृदय शिवले छाती, सूर्यले घाँटी विष्णुले हात, उरुक्रमले मुखको र इश्वरले शिरको रक्षा गरून् ।।२२।।
चक्र्यग्रतः सहगदो हरिरस्तु पश्चात्
त्वत्पार्श्वयोर्धनुरसी मधुहाजनश्च ।
कोणेषु शङ्ख उरुगाय उपर्युपेन्द्र–
स्तार्क्ष्यः क्षितौ हलधरः पुरुषः समन्तात् ॥२३॥
भगवान चक्रधरीले तिम्रो अगाडी र गदा धारण गर्ने श्रीहरि तिम्रो पछाडी रहुन । धनुषलिने मधुसूदन र तरवार लिने अजन पनि तिम्रो दाया वायाँ रहुन् । शंख धारण गर्ने उरुगाय चारै कुनामा रहुन् । तिमी माथि उपेन्द्र र हलधर पाउमा रहुन् परमपुरुष भगवान् सबैतिर रहेर रक्षा गरुन् ।।२३।।
(अनुष्टुप्)
इन्द्रियाणि हृषीकेशः प्राणान् नारायणोऽवतु ।
श्वेतद्वीपपतिश्चित्तं मनो योगेश्वरोऽवतु ॥२४॥
भगवान ऋषिकेशले तिम्रो इन्द्रियहरुको रक्षा गरुन, नारायणले प्राणको रक्षा गरुन । श्वेतद्वीपका स्वामी वासुदेवले चित्तको र योगेश्वरले मनको रक्षा गरून् ।।२४।।
पृश्निगर्भस्तु ते बुद्धिमात्मानं भगवान् परः ।
क्रीडन्तं पातु गोविन्दः शयानं पातु माधवः ॥२५॥
पृश्निगर्भले तिम्रो बुद्धिको रक्षा गरून् र परमात्मा भगवानले तिम्रो अहंकारको रक्षा गरून् । खेल्दा गोविन्दले रक्षा गरुन र सुतेका समयमा माधव भगवानले रक्षा गरुन् ।।२५।।
व्रजन्तमव्याद् वैकुण्ठ आसीनं त्वां श्रियः पतिः ।
भुञ्जानं यज्ञभुक् पातु सर्वग्रहभयङ्करः ॥२६॥
भगवान वैकुण्ठले हिँड्दा र बस्दाको समयमा भगवान श्रीपतिले रक्षा गरून् । सबै ग्रहहरूलाई भयभीत पार्ने यज्ञभोक्ता भगवानले भोजनको समयमा तिम्रो रक्षा गरुन् ।।२६।।
डाकिन्यो यातुधान्यश्च कुष्माण्डा येऽर्भकग्रहाः ।
भूतप्रेत पिशाचाश्च यक्षरक्षो विनायकाः ॥२७॥
कोटरा रेवती ज्येष्ठा पूतना मातृकादयः ।
उन्मादा ये ह्यपस्मारा देह प्राणेन्द्रियद्रुहः ॥२८॥
स्वप्नदृष्टा महोत्पाता वृद्धा बालग्रहाश्च ये ।
सर्वे नश्यन्तु ते विष्णोर्नामग्रहणभीरवः ॥२९॥
डाकिनी, राक्षसी र कुष्माण्डा आदि, बालक, भूत, प्रेत, पिशाच, यक्ष, राक्षस र विनायक, कोटरा, रेवती, ज्येष्ठा, पुतना, मातृका आदि; र शरीर, आत्मा र इन्द्रियलाई नष्ट गर्ने उन्माद (पागलपन) र अपस्मार (छारे) जस्ता रोगहरू; सपनामा देखिने महाविपत्ती, वृद्धावस्थाका ग्रह आदि – भगवान् विष्णुको नाम जप्दा डराउने यी सबै नष्ट होउन् २७–२९।
शुक उवाच–
इति प्रणयबद्धाभिर्गोपीभिः कृतरक्षणम् ।
पाययित्वा स्तनं माता संन्यवेशयदात्मजम् ॥३०॥
श्रीशुकदेवजीले भन्नुभयो– परीक्षित ! यसरी गोपीहरूले प्रेमको बन्धनमा बाँधिएर भगवान श्रीकृष्णको रक्षा गरे । यशोदा माताले पनि छोरालाई दूध पियाएर सुताइदिइन् ।।३०।।
तावन्नन्दादयो गोपा मथुराया व्रजं गताः ।
विलोक्य पूतनादेहं बभूवुरतिविस्मिताः ॥३१॥
त्यही समयमा नन्दबाबा र उनका साथी गोपहरु मथुराबाट गोकुलमा आइपुगे । उनीहरुले त्यहाँ पूतनाको डरलाग्दो शरीर देखेर उनीहरू छक्क परेर भने– ।।३१।।
नूनं बतर्षिः सञ्जातो योगेशो वा समास सः ।
स एव दृष्टो ह्युत्पातो यदाहानकदुन्दुभिः ॥३२॥
पक्कै पनि वसुदेव तपस्वी ऋषिझैं योगेश्वर समान हुनुहुदो रहेछ । वसुदेवजीले हामीलाई जे भन्नु भएको थियो त्यसरी नै यहाँ उत्पात भएको देखियो ।।३२।।
कलेवरं परशुभिश्छित्त्वा तत्ते व्रजौकसः ।
दूरे क्षिप्त्वावयवशो न्यदहन् काष्ठवेष्टितम् ॥३३॥
त्यतिबेला व्रजका मानिसहरूले पुतनाको शरीरलाई बञ्चरोले टुक्रा पारेर गोकुल भन्दा पर लगेर काठमा राखेर जलाए ।।३३।।
दह्यमानस्य देहस्य धूमश्चागुरुसौरभः ।
उत्थितः कृष्णनिर्भुक्तसपद्याहतपाप्मनः ॥३४॥
त्यस पुतनाको जलिरहेको शरीरबाट दिव्य धुपको गन्ध आयो, किन नहोस्, भगवानले उनको दुध पिउने बित्तिकै उसको सबै पाप तुरुन्तै नष्ट भैसकेको थियो ।।३४।।
पूतना लोकबालघ्नी राक्षसी रुधिराशना ।
जिघांसयापि हरये स्तनं दत्त्वाप सद्गमतिम् ॥३५॥
पुतना राक्षसी थिई मानिसका छोराछोरीलाई मारेर रगत पिउने गर्थी तर जसलाई मार्न भनेर गएकी थिई वहाँले उसको दुध पिइदिदा उसले परमपद प्राप्त गरी ।।३५।।
किं पुनः श्रद्धया भक्त्या कृष्णाय परमात्मने ।
यच्छन् प्रियतमं किं नु रक्तास्तन्मातरो यथा ॥३६॥
यस्तो अवस्थामा जसले भक्तिभावका साथ आफ्ना प्रिय वस्तु तथा वस्तुहरू परम भगवान श्रीकृष्णलाई मनपर्ने बस्तु श्रध्दा भक्ति पूर्वक अर्पण गर्दछन् भने उनीहरूका बारेमा के नै भन्न सकिन्छ र ? ।।३६।।
पद्भ्यां भक्तहृदिस्थाभ्यां वन्द्याभ्यां लोकवन्दितैः ।
अङ्गं यस्याः समाक्रम्य भगवानपिबत् स्तनम् ॥३७॥
यातुधान्यपि सा स्वर्गमवाप जननीगतिम् ।
कृष्णभुक्तस्तनक्षीराः किमु गावोऽनुमातरः ॥३८॥
ब्रह्मा, शंकर आदि देवताहरूले पनि जसको चरणकमलको वन्दना गदर्छन् । उहाँ श्रीकृष्ण भक्तहरूको हृदय भित्र रहिरहनुहुन्छ । दुई पाउले जसले स्तनमा टेकेर दुध पिउदा त पुतनाले आमाले पाउने उत्तमलोक पाई भने, स्वयं श्रीकृष्णले जुन गाईको र आमाहरुको दुध पिउनुभएको छ उनीहरुको पाउने परम गतिको बारेमो के कुरा नै भयो र ।।३७–३८।।
पयांसि यासामपिबत् पुत्रस्नेहस्नुतान्यलम् ।
भगवान् देवकीपुत्रः कैवल्याद्यखिलप्रदः ॥३९॥
तासामविरतं कृष्णे कुर्वतीनां सुतेक्षणम् ।
न पुनः कल्पते राजन् संसारोऽज्ञानसंभवः ॥४०॥
हे परीक्षित ! भगवान कैवल्य आदि सबै प्रकारको मुक्ति दिनेवाला देवकीनंदन श्रीकृष्णले वात्सल्य अवस्थामा जसको दुध पर्याप्तमात्रामा पिउनुभयो, ती गाई र गोपीहरू जसले भगवान कृष्णलाई आफ्नो पुत्रको भावना गरिरहे भने उनीहरुले फेरी जन्म र मृत्युको चक्रमा पर्नु पदैन ।।३९–४०।।
कटधूमस्य सौरभ्यमवघ्राय व्रजौकसः ।
किमिदं कुत एवेति वदन्तो व्रजमाययुः ॥४१॥
नन्दबाबासँगै आएका व्रजवासीहरूले चिताको धुवाबाट आएको सुगन्धलाई यो कहाँबाट आएको हो भनेर सुघ्दै गोकुलमा पुगे ।।४१।।
ते तत्र वर्णितं गोपैः पूतनागमनादिकम् ।
श्रुत्वा तन्निधनं स्वस्ति शिशोश्चासन् सुविस्मिताः ॥४२॥
त्यहाँ गोपहरूले पुतनाको आगमनदेखि मृत्युसम्मको सम्पूर्ण घटना तिनीहरूलाई सुनाए । पुतनाको मृत्यु र श्रीकृष्ण कुशल रहेको कुरा सुनेर उनीहरू धेरै छक्क परे ।।४२।।
नन्दः स्वपुत्रमादाय प्रेत्यागतमुदारधीः ।
मूर्ध्न्युपाघ्राय परमां मुदं लेभे कुरूद्वह ॥४३॥
हे परीक्षित ! उदार बुध्दिका नन्दबाबाले मृत्युको मुखबाट छुटकारा पाएको छोरालाई आफ्नो काखमा लिएर बारम्बार शिर सुघी धेरै खुशी भए ।।४३।।
य एतत्पूतनामोक्षं कृष्णस्यार्भकमद्भुवतम् ।
शृणुयाच्छ्रद्धया मर्त्यो गोविन्दे लभते रतिम् ॥४४॥
जसले पुतना–मोक्ष सम्बन्धि भगवान श्रीकृष्णको बाललीलालाई भक्तिपूर्वक सुन्दछ भने उसले श्रीकृष्णप्रति प्रेम प्राप्त गर्दछ ।।४४।।
इति श्रीमद्भाधगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे षष्ठोऽध्यायः ॥६॥