श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः – चतुर्दशोऽध्यायः
श्रीपरीक्षिदुवाच –
(अनुष्टुप्)
रजस्तमःस्वभावस्य ब्रह्मन् वृत्रस्य पाप्मनः ।
नारायणे भगवति कथमासीद् दृढा मतिः ॥ १ ॥
राजा परीक्षितले सोधे–
भगवन् ! वृत्रासुर राजोगुणी र तमोगुणी स्वभावको थियो । उसले देवताहरूलाई धेरै दुःख दिएर धेरै पाप गरेको थियो यस्तो अवस्थामा कसरी उसको भगवान् नारायणको चरणमा भक्ति हुन गयो ? ।।१।।
देवानां शुद्धसत्त्वानांऋषीणां चामलात्मनाम् ।
भक्तिर्मुकुन्दचरणे न प्रायेणोपजायते ॥ २ ॥
शुद्ध सत्वमय देवता तथा ऋषिहरूलाई पनि भगवान्को परम प्रेममयी चरण प्राप्त गर्न कठिन हुन्छ । भगवान्को भक्ति दुर्लभ कुरा हो भन्ने हामी जान्दछौं ।।२।।
रजोभिः समसङ्ख्याताः पार्थिवैरिह जन्तवः ।
तेषां ये केचनेहन्ते श्रेयो वै मनुजादयः ॥ ३ ॥
भगवन् ! यस जगतमा प्राणीहरूको संख्या पृथ्वीको धूलोको कण जस्तै असख्य छन । उनीहरूमा मानिसहरू आदि जीव पनि आफ्नो कल्याणको चेष्टा गर्दछन ।।३।।
प्रायो मुमुक्षवस्तेषां केचनैव द्विजोत्तम ।
मुमुक्षूणां सहस्रेषु कश्चिन् मुच्येत सिध्यति ॥ ४ ॥
ब्रह्मन ! त्यसमा पनि संसारबाट मुक्त चहाने र मोक्षको चहाना गर्नेहरूमा हजारौं मद्धे कोहि मात्र हुन्छन ।।४।।
मुक्तानामपि सिद्धानां नारायणपरायणः ।
सुदुर्लभः प्रशान्तात्मा कोटिष्वपि महामुने ॥ ५ ॥
महामुने ! करोडौ सिद्ध एवं मुक्त पुरुषमा पनि त्यस्तो शान्तचित्त र भगवान्का पारायण महापुरुषलाई पाउँनु धेरै कठिन छ ।।५।।
वृत्रस्तु स कथं पापः सर्वलोकोपतापनः ।
इत्थं दृढमतिः कृष्ण आसीत् संग्राम उल्बणे ॥ ६ ॥
यस्तो अवस्थामा सबैलोकलाई सताउने र धेरै पापी त्यो वृत्रासुरलाई थियो । यस्तो युद्धको अवस्थामा भगवान् श्रीकृष्णमा आफ्नो चित्त लगाउन सक्नुको कारण के हो ? ।।६।।
अत्र नः संशयो भूयान् श्रोतुं कौतूहलं प्रभो ।
यः पौरुषेण समरे सहस्राक्षमतोषयत् ॥ ७ ॥
प्रभो ! यस्तो बल र पौरषका महान वृत्रासुरको विषयमा हामीलाई धेरै सन्देह छ र सुन्नलाई धेरै इच्छा पनि छ । अहो ! उसले रणभूमिमा देवराज इन्द्रलाई पनि सन्तुष्ट गरायो ।।७।।
श्रीसूत उवाच –
परीक्षितोऽथ संप्रश्नं भगवान् बादरायणिः ।
निशम्य श्रद्दधानस्य प्रतिनन्द्य वचोऽब्रवीत् ॥ ८ ॥
सूतजीले भन्नुभयो–
हे ऋषिहरु ! शुकदेवजीले राजा परिक्षितको यस्तो किसिमको प्रश्न सुनेर उनको प्रशंसा गदै यसप्रकारसंग भन्नुभयो ।
श्रीशुक उवाच –
श्रृणुषु अवहितो राजन् इतिहासं इमं यथा ।
श्रुतं द्वैपायनमुखात् नारदाद् देवलादपि ॥ ९ ॥
श्री शुकदेवजीले भन्नुभयो–
परीक्षित् ! मैले आफ्ना आफ्ना पिता व्यासजी, देवर्षि नारद र महर्षि देवलको मुखबाट विधिपूर्वक सुनेको यो इतिहास अब म तिमीलाई सुनाउँछु साबधान भएर यसको बारेमा सुन ।।९।।
आसीद् राजा सार्वभौमः शूरसेनेषु वै नृप ।
चित्रकेतुरिति ख्यातो यस्यासीत् कामधुङ्मही ॥ १० ॥
प्राचीन कालको कुरा हो, चक्रवर्ती महाराज चित्रकेतु शूरसेन देशमा राज्य गर्दथे । उनको राज्यमा पृथ्वी स्वयं नै प्रजाको इच्छा अनुसार अन्नादिहरू दिन्थिन ।।१०।।
तस्य भार्यासहस्राणां सहस्राणि दशाभवन् ।
सान्तानिकश्चापि नृपो न लेभे तासु सन्ततिम् ॥ ११ ॥
उनका एक करोड रानीहरू थिए र उनीहरू सबै सन्तान उत्पन्न गर्नमा समर्थ भएर पनि उनीहरूको कसैको गर्भबाट पनि सन्तान भएका भएनन ।।११।।
रूपौदार्यवयोजन्म विद्यैश्वर्यश्रियादिभिः ।
सम्पन्नस्य गुणैः सर्वैः चिन्ता वन्ध्यापतेरभूत् ॥ १२ ॥
महाराज चिक्रकेतु सन्दरता, युवावस्था, कुलीनता, विद्या, ऐश्वर्य र सम्पत्ति आदि सबै गुणले सम्पन्न थिए, कुनै कुरामा पनि कमि थिएनन । तापनि उनका रानीहरूका कोख बाँझै भएकाले उनलाई धेरै चिन्तामा थिए ।।१२।।
न तस्य सम्पदः सर्वा महिष्यो वामलोचनाः ।
सार्वभौमस्य भूश्चेयं अभवन् प्रीतिहेतवः ॥ १३ ॥
सम्पूर्ण पृथ्वी उनको वशमा थियो । सबै सम्पत्तिहरू उनका वशमा थिए, पृथ्वीको एकछत्र सम्राट थिए, रानीहरू राम्रा राम्रा थिए, तापनि ती सबै वस्तुहरूले उनलाई सन्तुष्ट गराउन सकेन ।।१३।।
तस्यैकदा तु भवनं अङ्गिरा भगवान् ऋषिः ।
लोकान् अनुचरन् एतान् उपागच्छद् यदृच्छया ॥ १४ ॥
एकदिन श्राप र वरदान दिन समर्थ भएका अङ्गिरा ऋषि स्वच्छन्द रूपले पृथ्वीमा घुम्दै राजा चित्रकेतुको महलमा आइपुगे ।।१४।।
तं पूजयित्वा विधिवत् प्रत्युत्थानार्हणादिभिः ।
कृतातिथ्यमुपासीदत् सुखासीनं समाहितः ॥ १५ ॥
राजाले ऋषिलाई अघ्र्य आदिले विधिपूर्वक पूजा गरे, आतिथ्य सत्कार गरे त्यस पछि अङ्गिरा ऋषि आनन्दसंग आसनमा बसे । राजा चित्रकेतु पनि शान्तभावले उनको नजिक बसे ।।१५।।
महर्षिस्तमुपासीनं प्रश्रयावनतं क्षितौ ।
प्रतिपूज्य महाराज समाभाष्येदमब्रवीत् ॥ १६ ॥
महाराज ! महर्षि अङ्गिराले विचार गरेकि यी राजा धेरै विनयीभावले पृथ्वीमा बसेर मेरो भक्ति गरिरहेका छन । त्यसपछि उनले धेरै आदर संग चित्रकेतुलाई सम्बोधन गरेर भने ।।१६।।
अङ्गिरा उवाच –
अपि तेऽनामयं स्वस्ति प्रकृतीनां तथाऽऽत्मनः ।
यथा प्रकृतिभिर्गुप्तः पुमान् राजा च सप्तभिः ॥ १७ ॥
अङ्गिरा ऋषिले भने–
हे राजन् ! जीव महत्वादि सात आवरणले घेरिए झै, तिमी आफ्नो गुरु, मन्त्री, राष्ट्र, दुर्ग, कोष, सेना र मित्र आदि सात प्रकृतिबाट साथ कुशल त छौ न ? सबैको कुशलताले नै राजा पनि कुशल रहन्छन ।।१७।।
आत्मानं प्रकृतिष्वद्धा निधाय श्रेय आप्नुयात् ।
राज्ञा तथा प्रकृतयो नरदेवाहिताधयः ॥ १८ ॥
नरेन्द्र ! जस प्रकार राजा आफ्नो प्रकृतिको अनुकुल रहदा मात्र राज्यको सुख भोग्दछन त्यसरी नै प्रकृतिहरू पनि आफ्नो रक्षाको भार राजामा छोडेर सुख र समृद्धि लाभ गर्न सक्तछन ।।१८।।
अपि दाराः प्रजामात्या भृत्याः श्रेण्योऽथ मन्त्रिणः ।
पौरा जानपदा भूपा आत्मजा वशवर्तिनः ॥ १९ ॥
राजन् ! तिम्रा रानीहरू, प्रजा, मन्त्री, सेवक, व्यापारी, अमात्य, नागरीक, देशवासी, मण्डलेश्वर राजा र छोरा तिम्रै वशमा त छन नि ? ।।१९।।
यस्यात्मानुवशश्चेत्स्यात् सर्वे तद्वशगा इमे ।
लोकाः सपाला यच्छन्ति सर्वे बलिमतन्द्रिताः ॥ २० ॥
सत्यकुरा त यो हो कि जसको मन आफ्नो वशमा हुन्छ, यि सबै उसको वशमा हुन्छन । यति मात्र होइन सबै लोक र लोकपाल पनि धेरै सावधानी भएर उसलाई भेट दिन्छन र उसको प्रसन्नता चाहान्छन ।।२०।।
आत्मनः प्रीयते नात्मा परतः स्वत एव वा ।
लक्षयेऽलब्धकामं त्वां चिन्तया शबलं मुखम् ॥ २१ ॥
तर म तिमीलाई सन्तुष्ट भएको देख्दिन । तिम्रा केहि कामना अपु्र्ण छन । तिम्रो मुखमा कुनै आन्तरिक चिन्ताको झलक पाईन्छ । तिम्रो असन्तोषको कारण आफु स्वयं हौ वा अरु कुनै हो ? ।।२१।।
एवं विकल्पितो राजन्विदुषा मुनिनापि सः ।
प्रश्रयावनतोऽभ्याह प्रजाकामस्ततो मुनिम् ॥ २२ ॥
परीक्षित ! राजाको मनमा कुनै कुराको चिन्ता छ भन्ने कुरा महर्षि अङ्गिरा यो जान्दथे । त्यसैले उनले उनको चिन्ताको बारेमा अनेक कारणहरू सोधे । चित्रकेतुलाई सन्तानको कामना थियो । त्यसैले महर्षिले सोधेपछि विनम्र भएर निवेदन गरे ।।२२।।
चित्रकेतुरुवाच –
भगवन् किं न विदितं तपोज्ञानसमाधिभिः ।
योगिनां ध्वस्तपापानां बहिरन्तः शरीरिषु ॥ २३ ॥
राजा चित्रकेतुले भने–
भगवन् ! आफ्नो तपस्या, ज्ञान, धारणा, ध्यान, समाधिद्वारा सबै पाप नष्ट भएका योगिलाई देहधारीहरूका बाहिर वा भित्रको कुराको बारेमा नजान्ने त्यस्तोे कुन कुरा छ र । ।२३।।
तथापि पृच्छतो ब्रूयां ब्रह्मन् आत्मनि चिन्तितम् ।
भवतो विदुषश्चापि चोदितस्त्वदनुज्ञया ॥ २४ ॥
सबै कुरा बुझेर, जानेर नै तपाई मेरो मनको चिन्ताको बारेमा सोधिरहनु भएको छ । अब म तपाईको आज्ञा र प्रेरणाले मेरो चिन्ताहरूको कारणको बारेमा बताउँदछु ।।२४।।
लोकपालैरपि प्रार्थ्याः साम्राज्यैश्वर्यसम्पदः ।
न नन्दयन्त्यप्रजं मां क्षुत्तृट्कामं इवापरे ॥ २५ ॥
सारा लोकपालहरू समेत लालयित हुने यो पृथ्वीको राम्राज्य, ऐश्वर्य र सम्पत्तिहरू मलाई प्राप्त छन् तर सन्तान नभएका कारण, भोक तिर्खाबाट प्राणीलाई अन्न बाहेक अरु भोगले तृप्त नभए जस्तै मलाइ पनि यस सुखभोगले अलिकति पनि शान्ति मिलेको छैन ।।।२५।।
ततः पाहि महाभाग पूर्वैः सह गतं तमः ।
यथा तरेम दुष्पारं प्रजया तद्विधेहि नः ॥ २६ ॥
महाभाग्यवान् महर्षि ! म त दुःखी नै हुँ, पिण्डदान आदि नमिल्ने आसङ्काले मेरा पितृ पनि दुःखी भएका छन । अब तपाईले मलाई सन्तान दान गरेर परलोकमा प्राप्त हुने घोर नरकबाट उद्धार गरिदिनुहोस जसले गर्दा मैले लोक परलोकको सबै दुःखबाट छुटकारा पाउँन सकुँ ।।२६।।
श्रीशुक उवाच –
इत्यर्थितः स भगवान्कृपालुर्ब्रह्मणः सुतः ।
श्रपयित्वा चरुं त्वाष्ट्रं त्वष्टारमयजद् विभुः ॥ २७ ॥
शुकदेवजी भन्नुहुन्छ !
परीक्षित् ! जब राजा चित्रकेतुले यस्तो प्रार्थना गरे तब ब्रह्माका छोरा सर्व समर्थ एवं परम कृपालु भगवान् अङ्गिराले त्वष्टा देवताको योग्य हुने चरु तयार गरेर यज्ञ गरे ।।२७।।
ज्येष्ठा श्रेष्ठा च या राज्ञो महिषीणां च भारत ।
नाम्ना कृतद्युतिस्तस्यै यज्ञोच्छिष्टमदाद् द्विजः ॥ २८ ॥
परीक्षित् ! राजा चित्रकेतुकी रानीहरूमा सबभन्दा बडि र सद्गुणले युक्त भएकी जेठी महारानी कृतद्युति थीइन । महर्षि अङ्गिराले उनैलाई यज्ञको बाँकी शेष प्रसादका रूपमा दिए ।।२८।।
अथाह नृपतिं राजन् भवितैकस्तवात्मजः ।
हर्षशोकप्रदस्तुभ्यं इति ब्रह्मसुतो ययौ ॥ २९ ॥
र राजा चित्रकेतुलाई भने–
राजन् ! तिम्री पत्नीको गर्भबाट तिमीलाई हर्ष र शोक दुवै दिने एउटा छोरा हुनेछ, यति भनेर अङ्गिरा ऋषि त्यहाँबाट हिँडे ।।२९।।
सापि तत्प्राशनादेव चित्रकेतोरधारयत् ।
गर्भं कृतद्युतिर्देवी कृत्तिकाग्नेरिवात्मजम् ॥ ३० ॥
त्यो यज्ञको शेष प्रसाद खानाले महारानी कृतिद्युतिले महाराज चित्रकेतुद्वारा, कृतिकाले आफ्नो गर्भमा अग्निकुमारलाई धारण गरेझै उनले पनि गर्भधारण गरीन ।।३०।।
तस्या अनुदिनं गर्भः शुक्लपक्ष इवोडुपः ।
ववृधे शूरसेनेश तेजसा शनकैर्नृप ॥ ३१ ॥
राजन् ! सुरसेन देशका राजा चित्रकेतुको तेजले कृतिद्युतिको गर्भ शुक्लपक्षको चन्द्रमा झैं दिनदिनै क्रमशः बढदै गयो ।।३१।।
अथ काल उपावृत्ते कुमारः समजायत ।
जनयन् शूरसेनानां श्रृण्वतां परमां मुदम् ॥ ३२ ॥
त्यसपछि समय आएपछि महारानी कृतिद्युतिको गर्भबाट एक सुन्दर छोरा जन्मियो । छोरा जन्मेको समाचार सुनेर सुरसेनका प्रजाहरू धेरै खुसी भए ।।३२।।
हृष्टो राजा कुमारस्य स्नातः शुचिरलङ्कृतः ।
वाचयित्वाशिषो विप्रैः कारयामास जातकम् ॥ ३३ ॥
सम्राट चित्रकेतुको आनन्दको बारेमा त के नै भन्नु छ र ? उनले स्नान गरेर पवित्र भए । फेरी वस्त्रभुषणहरूले सुसज्जित भएर ब्राम्हणहरूद्वारा स्वस्तिावाचन आसिर्वाद लिएर छोराको जातकर्म संस्कार गराए ।।३३।।
तेभ्यो हिरण्यं रजतं वासांस्याभरणानि च ।
ग्रामान् हयान् गजान् प्रादाद् धेनूनां अर्बुदानि षट् ॥ ३४ ॥
उनले ब्राम्हणहरूलाई सुन चाँदी, वस्त्र, गहना, गाँउ, घोडा हात्ति र साठी करोड गाईहरू दान गरे ।।३४।।
ववर्ष कामानन्येषां पर्जन्य इव देहिनाम् ।
धन्यं यशस्यमायुष्यं कुमारस्य महामनाः ॥ ३५ ॥
राजा चिबकेतुले छोराको धन, यश, र आयुको वृद्धिका लागि अरुहरूले माग्दा पनि भनेजति वस्तुहरू दिए । जसरी मेघले सबै जीवको मनोरथ पूर्ण गराउँदछ त्यसरी नै उनले पनि बिभिन्न वस्तुहरू दिएर खुसि गराए ।।३५।।
कृच्छ्रलब्धेऽथ राजर्षेः तनयेऽनुदिनं पितुः ।
यथा निःस्वस्य कृच्छ्राप्ते धने स्नेहोऽन्ववर्धत ॥ ३६ ॥
परीक्षित् ! जसरी कुनै दरीद्रले धेरै धन पाउँदा उसलाई त्यो धनमा उसको आशक्ति हुन्छ त्यसरी नै धेरै दुःखले प्राप्त भएको त्यो छोरामा राजर्षि चित्रकेतुको स्नेह दिन दिनै बड्नलाग्यो ।।३६।।
मातुस्त्वतितरां पुत्रे स्नेहो मोहसमुद्भवः ।
कृतद्युतेः सपत्नीनां प्रजाकामज्वरोऽभवत् ॥ ३७ ॥
माता कृतिद्युतिलाइ पनि आफ्नो छोराको मोहका कारण धेरै स्नेह थियो तर उनका सौतेनी रानीहरू भने पुत्रको कामनाले जल्नलागे ।।३७।।
चित्रकेतोः अतिप्रीतिः यथा दारे प्रजावति ।
न तथान्येषु सञ्जज्ञे बालं लालयतोऽन्वहम् ॥ ३८ ॥
दिन दिनै बालकको लाडप्यार गर्दैै गर्नाले सम्राट चित्रकेतुकोे छोरामा मायाका कारण कृतद्युतिमा जति प्रेम थियो, त्यो अरु रानीहरूमा थिएन ।।३८।।
ताः पर्यतप्यन् आत्मानं गर्हयन्त्योऽभ्यसूयया ।
आनपत्येन दुःखेन राज्ञोऽनादरणेन च ॥ ३९ ॥
यसरी ती रानीहरू एक त सन्तान नभएकाले दुःखी थिए भने अर्को राजा चित्रकेतुले उनीहरूको उपेक्षा गरेका थिए । त्यसैले उनीहरूले डाहले आफुलाई धिक्कार्दै मन मनै जल्न लागे ।।३९।।
धिगप्रजां स्त्रियं पापां पत्युश्चागृहसम्मताम् ।
सुप्रजाभिः सपत्नीभिः दासीमिव तिरस्कृताम् ॥ ४० ॥
उनीहरूले अपसमा भन्न लागे कि हेर बहिनीहरू ! छोरा नभएका स्त्री धेरै अभागिनी हुन्छन । छोरा भएकी सौताले दाशीलाई झै उनलाई तीरस्कार गर्दछे । र अरु त के कुरा स्वयं पतिले समेत पत्नीको रूपमा मान्दैनन । छोरा नभएका स्त्री त धिक्कार हुन ।।४०।
दासीनां को नु सन्तापः स्वामिनः परिचर्यया ।
अभीक्ष्णं लब्धमानानां दास्या दासीव दुर्भगाः ॥ ४१ ॥
दासीले पनि आफ्नो स्वामीको निरन्तर सेवा गर्नाले सम्मान पाउँछे उनीहरूलाई त के दुःख हुन्छ र ? तर हामी अभागिनीहरूले त अहिले कमारीले भन्दा पनि धेरै दुःख भोगेका छौं ।।४१।।
एवं सन्दह्यमानानां सपत्न्याः पुत्रसम्पदा ।
राज्ञोऽसम्मतवृत्तीनां विद्वेषो बलवानभूत् ॥ ४२ ॥
परीक्षित् ! यस प्रकार ती रानीहरु आफ्नी सौताको पुत्र सम्पत्ति देखेर जल्न लागे । राजा पनि उनीहरूबाट टाढा भएका थिए । फलतः उनीहरूको मनमा कृतद्युति प्रति धेरै द्वेष बढ्यो ।।४२।।
विद्वेषनष्टमतयः स्त्रियो दारुणचेतसः ।
गरं ददुः कुमाराय दुर्मर्षा नृपतिं प्रति ॥ ४३ ॥
द्वेषका कारण रानीहरूको बुद्धि हरायो । उनीहरूको चित्तमा क्रुरता पलायो । उनीहरूले आफ्ना पति चित्रकेतुको पुत्रस्नेहलाई सहन सकेनन । त्यसैले रिसाएर त्यो वालक राजकुमारलाई विष ख्वाए ।।४३।।
कृतद्युतिरजानन्ती सपत्नीनामघं महत् ।
सुप्त एवेति सञ्चिन्त्य निरीक्ष्य व्यचरद्गृहे ॥ ४४ ॥
महारानी कृतद्युतिलाई सौताहरूको यो घोर पापका बारेमा केहि थाहा भएन । उनलाई बालक सुतिरहेको छ भन्नेमा ढुक्क थिइन, त्यसैले उनी महलको यताउती डुलीरहिन । ।४४।।
शयानं सुचिरं बालं उपधार्य मनीषिणी ।
पुत्रमानय मे भद्रे इति धात्रीमचोदयत् ॥ ४५ ॥
बुद्धिमती रानीले बच्चा सुतको धेरै बेर भएकोले धाईलाई भनिन कल्याणी ! मेरो बालकलाई ल्याउ । ।४५।।
सा शयानमुपव्रज्य दृष्ट्वा चोत्तारलोचनम् ।
प्राणेन्द्रियात्मभिस्त्यक्तं हतास्मीत्यपतद्भुवि ॥ ४६ ॥
धाईले सुतिरहेको बालक नजिक गएर हेरिन तर बालको आँखाको नानि पल्टिएको थियो । प्राण, इन्द्रय र जीवात्माले पनि उसको शरीरबाट बिदा लिइसकेका छन । यस्तो देखेर हाय ! म मरे ! भनेर पृथ्वीमा पछारिइन ।।४६।।
(इन्द्रवज्रा)
तस्यास्तदाऽऽकर्ण्य भृशातुरं स्वरं
घ्नन्त्याः कराभ्यामुर उच्चकैरपि ।
प्रविश्य राज्ञी त्वरयाऽऽत्मजान्तिकं
ददर्श बालं सहसा मृतं सुतम् ॥ ४७ ॥
धाई आफ्नो दुवै हातले छाती पिटेर ठुलो अलाप गरेर रुन लागी । उसले रोएको सुनेर महारानी कृतद्युति छिटो छिटो आफ्नो छोरा भएको कोठामा लागिन । त्यहाँ उनले अकस्मात देखिन कि उनको छोरो मरिसकेको छ ।।४७ ।
पपात भूमौ परिवृद्धया शुचा
मुमोह विभ्रष्टशिरोरुहाम्बरा ॥ ४८ ॥
उनी अत्यन्त शोकका कारण मुर्छित भएर पृथ्वीमा लडिन । उनको टाउकाको कपाल विग्रियो र शरीरका कपडा पनि अस्तव्यस्त भयो ।।४८।।
ततो नृपान्तःपुरवर्तिनो जना
नराश्च नार्यश्च निशम्य रोदनम् ।
आगत्य तुल्यव्यसनाः सुदुःखिताः
ताश्च व्यलीकं रुरुदुः कृतागसः ॥ ४९ ॥
महारानी रोएको सुनेर महलका सबै स्त्री पुरुषहरू दौडेर आए, उनीहरू पनि अत्यन्त दुःखी भएर रुन लागे । ती हत्यारा रानीहरूपनि त्यहाँ आएर रोएको बाहन गर्न लागे ।।४९।।
श्रुत्वा मृतं पुत्रमलक्षितान्तकं
विनष्टदृष्टिः प्रपतम् स्खलन्पथि ।
स्नेहानुबन्धैधितया शुचा भृशं
विमूर्च्छितोऽनुप्रकृतिर्द्विजैर्वृतः ॥ ५० ॥
पपात बालस्य स पादमूले
मृतस्य विस्रस्तशिरोरुहाम्बरः ।
दीर्घं श्वसन् बाष्पकलोपरोधतो
निरुद्धकण्ठो न शशाक भाषितुम् ॥ ५१ ॥
जब राजा चित्रकेतुले छोरा अकालमा मर्यो भन्ने थाहा पाए तब उनी अत्यन्त स्नेहका कारण शोकको आवेगले गर्दा उनको आँखामा आँसुको धारा बग्यो । बिस्तारै बिस्तारै बाटोमा लड्दै पड्दै मन्त्रीहरूको साथमा मरेको छोरा भएको ठाँउमा पुगे । उनी त्यहिँ मुर्छित भएर बालकाको खुट्टा नजिकै लडे । उनको कपाल र लुगाहरू बिग्रिएको थियो । उनी लामो लामो सास फेर्न लागे । धेरै आँसु बग्नाले उनको गला रोकिएर केहि बोल्न नसक्ने भएका थिए ।।५०।५१।।
पतिं निरीक्ष्योरुशुचार्पितं तदा
मृतं च बालं सुतमेकसन्ततिम् ।
जनस्य राज्ञी प्रकृतेश्च हृद्रुजं
सती दधाना विललाप चित्रधा ॥ ५२ ॥
पति प्राण रानी कृतद्युति आफ्ना पति चित्रकेतुको अत्यन्त शोकाकुल र एक्लो प्यारो बच्चाको मरेको देखेर अनेक किसिमको विलौन गर्न लागिन । उनको यस्तो दुःख देखेर मन्त्रि आदि सबै सबै उपस्थित मानिसहरू शोक गर्न लागे ।।५२।।
स्तनद्वयं कुङ्कुमपङ्कमण्डितं
निषिञ्चती साञ्जनबाष्पबिन्दुभिः ।
विकीर्य केशान्विगलत्स्रजः सुतं
शुशोच चित्रं कुररीव सुस्वरम् ॥ ५३ ॥
महारानीको आँखाबाट यति आँसु बगेको थियो कि उनको आँखाको अन्जन बगेर चन्दनले चर्चित वक्षस्सथल भिज्न लाग्यो । उनको कपाल बिग्रिएको थियो त्यहाँ सिउरेको फूल खसेको थियो । उनी यस प्रकार छोराका लागि कुररी पक्षीले झैं ठुलो स्वरले विलाप गर्न लागिन । ।५६।।
अहो विधातस्त्वमतीव बालिशो
यस्त्वात्मसृष्ट्यप्रतिरूपमीहसे ।
परे नु जीवत्यपरस्य या मृतिः
विपर्ययश्चेत्त्वमसि ध्रुवः परः ॥ ५४ ॥
उनी भन्न लागिन्— हे विधाता ! साच्चैनै तिमी धेरै मुर्ख रहेछौ । जो आफ्नो सृष्टिको प्रतिकूल चेष्टा गर्दछ । यहाँ धेरै आश्चर्यको कुरा भएको छ कि बुढा बुढी बाँचेर बालक मरेको छ । यदि वास्तवमा तिम्रो स्वभावमा यस्तो नै विपरित हो भने तिमी जीवको अमर सत्रु हौ ।।५४।।
न हि क्रमश्चेदिह मृत्युजन्मनोः
शरीरिणामस्तु तदात्मकर्मभिः ।
यः स्नेहपाशो निजसर्गवृद्धये
स्वयं कृतस्ते तमिमं विवृश्चसि ॥ ५५ ॥
यदि संसारमा प्राणीहरूको जीवन मरणको कुनै क्रम छैन भने आफ्नै प्रारब्ध अनुसार जन्मने मर्ने गर्दछन । फेरी तिम्रो आवस्यकता नै किन भयो र । तिमीले सम्बन्धहरूको स्नेह वन्धन यसका लागि राखेका छौ कि जसले गर्दा उनीहरूले तिम्रो सृष्टिलाई बढाउन ? तर यसरी बच्चालाई मारेर आफुले गरेको सृष्टिलाई फेरी किन चुडाल्छस ।।५५।।
(वसंततिलका)
त्वं तात नार्हसि च मां कृपणामनाथां
त्यक्तुं विचक्ष्व पितरं तव शोकतप्तम् ।
अञ्जस्तरेम भवताप्रजदुस्तरं यद्
ध्वान्तं न याह्यकरुणेन यमेन दूरम् ॥ ५६ ॥
फेरी उनी आफ्नो मरेको छोरोलाई हेरेर भन्न लागिन—ए बाबु छोरा ! म तिमी बिना अनाथ र दुःखी भएकी छु । मलाई छोडेर जानु तिम्रा लागि उचित होइन । अलिकति आँखा खोलेर हेर त तिम्रा पिताजी तिम्रो वियोगमा कति शोक सन्तप्त भएका छन । छोरा ! जसरी घोर नरकबाट निसन्तान पुरुष धेरै कठिनाईले पार गर्दछन, त्यसबाट हामी तिम्रो सहाराले पार गर्दछौं । हेर छोरा ! तिमी निर्दयी यमराजका दूतका साथ टाढा नजाउ ।।५६।।
उत्तिष्ठ तात त इमे शिशवो वयस्याः
त्वां आह्वयन्ति नृपनन्दन संविहर्तुम् ।
सुप्तश्चिरं ह्यशनया च भवान् परीतो
भुङ्क्ष्व स्तनं पिब शुचो हर नः स्वकानाम् ॥ ५७ ॥
मेरो प्यारो बाबु ! राजकुमार ! उठ, छोरा ! हेर, तिम्रा साथीहरू तिमीलाई खेल्नका लागि बोलाइरहेका छन । तिमीले सुतेको धेरै बेर भैसक्यो, अब तिमीलाई भोक पनि लाग्यो होला उठ केहि खाउ । मेरो दूध भए पनि पिएर आफ्नो स्वजन सम्बन्धि हाम्रो शोकलाई हटाउ ।।५७।।
नाहं तनूज ददृशे हतमङ्गला ते
मुग्धस्मितं मुदितवीक्षणमाननाब्जम् ।
किं वा गतोऽस्यपुनरन्वयमन्यलोकं
नीतोऽघृणेन न श्रृणोमि कला गिरस्ते ॥ ५८ ॥
प्यारो छोरा ! आज म तिम्रो मुखबाट त्यो बोली, मुस्कुराहट र आनन्दले भरिएको अनुहार देख्दिन, हाय ! अब पनि तिम्रो त्यो समधुर तोते बोली सुनाउदैनौ । के ति निष्ठुर यमराजले तिमीलाई परलोकमा लिएर गएका हुन त, जहाँबाट कोहि फर्केर आउँदैन ।।५८।।
(अनुष्टुप्)
श्रीशुक उवाच –
विलपन्त्या मृतं पुत्रं इति चित्रविलापनैः ।
चित्रकेतुर्भृशं तप्तो मुक्तकण्ठो रुरोद ह ॥ ५९ ॥
शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! जब सम्राट् चित्रज्ञकेतुले अफ्नी रानी मरेको छोराका लागि अनेक विलौना गरिरहेकी देखेर उनी पनि शोकले सन्तप्त भएर घुक्क घुक्क गरेर रुन लागे ।।५९।।
तयोर्विलपतोः सर्वे दम्पत्योस्तदनुव्रताः ।
रुरुदुः स्म नरा नार्यः सर्वमासीदचेतनम् ॥ ६० ॥
राजा रानीको यस प्रकार विलाप गरेको देखेर उनका अनुगामी स्त्री पुरुष पनि दुःखित भएर रुन लागे ।।६०।।
एवं कश्मलमापन्नं नष्टसंज्ञमनायकम् ।
ज्ञात्वाङ्गिरा नाम मुनिः आजगाम सनारदः ॥ ६१ ॥
राजन् ! चित्रकेतु पुत्रशोकका कारण मुर्छित भएको र उनीहरूलाई सम्झाउँने केहि नभएको देखेर महर्षि अङ्गिरा र देवर्षि नारद दुवैजना त्यहाँ आए ।।६१।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे चित्रकेतुविलापो नाम चतुर्शोऽध्यायः ॥ १४ ॥