श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - षष्ठोऽध्यायः
श्रीशुक उवाच ।
विरूपः केतुमानञ्छभुरंबरीषसुतास्त्रयः ।
विरूपात् पृषदश्वोऽभूत् तत्पुत्रस्तु रथीतरः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! अम्बरीशाका विरुप केतुमान र शम्भु नामका तीन छोरा थिए । विरुपका छोरा पृषदश् र पृषदश्वका रथीतर नामका छोरा भए ।।१।।
रथीतरस्याप्रजस्य भार्यायां तन्तवेऽर्थितः ।
अङ्गिरा जनयामास ब्रह्मवर्चस्विनः सुतान् ॥ २ ॥
रथीतरका निसन्तान थिए उनले वंश आफ्नो वंश रक्षाका लागि अंगिरा ऋषिसंग प्राथना गरे । अंगिराले रथीतरकी पत्नीका तर्फकाट ब्रह्मतेजले युक्त धेर्रै छोराहरु उत्पन्न गरे ।।२।।
एते क्षेत्रप्रसूता वै पुनस्त्वाङ्गिरसाः स्मृताः ।
रथीतराणां प्रवराः क्षत्रोपेता द्विजातयः ॥ ३ ॥
यी सबै छोरा रथीतरकी पत्नीका तर्फबाट उत्पन्न भएका थिए उनीहरुको गोत्र रथीतरकै गोत्र हुनुपर्ने थियो तर पनि अंगिरस भनेर भनियो । यिनीहरुलाई क्षेत्रोपेत ब्राह्मण भनेर भनियो उनीहरुको सम्बन्ध ब्राह्मण र क्षेत्रीय दुवैतिर सम्बन्ध थियो ।।३।।
क्षुवतस्तु मनोर्जज्ञे इक्ष्वाकुर्घ्राणतः सुतः ।
तस्य पुत्रशतज्येष्ठा विकुक्षिनिमिदण्डकाः ॥ ४ ॥
परीक्षित ! एकपटक मनुजीले हाच्छ्युँ गर्दा उनको नाकबाट इक्ष्वाकु नामको छोराको जन्मभयो । इक्ष्वाकुका सय छोरा थिए । तिनीहरूमध्ये– विकुक्षी, निमी र दण्डक प्रख्यात थिए ।।४।।
तेषां पुरस्तादभवन्नार्यावर्ते नृपा नृप ।
पञ्चविंशतिः पश्चाच्च त्रयो मध्ये परेऽन्यतः ॥ ५ ॥
परीक्षित ! उनीहरु भन्दा कान्छा पच्चीस छोराहरू आर्यवर्तको पूर्वी भागका शासक भए, पश्चिम भागका पच्चीस र माथि उल्लेख गरिएका तीन जना मध्यभागका शासक भए । बाँकी ४७ जना दक्षिण भेगका अन्य प्रदेशका शासक भए ।।५।।
स एकदाष्टकाश्राद्धे इक्ष्वाकुः सुतमादिशत् ।
मांसमानीयतां मेध्यं विकुक्षे गच्छ मा चिरम् ॥ ६ ॥
एकपटक राजा इक्ष्वाकुले आफ्ना छोरा बिकुक्षेलाई अष्टका श्राद्धको लागि श्राध्दयोग्य पशुको मासु ल्याउन आज्ञा दिए ।।६।।
तथेति स वनं गत्वा मृगान् हत्वा क्रियार्हणान् ।
श्रान्तो बुभुक्षितो वीरः शशं चाददपस्मृतिः ॥ ७ ॥
विकुक्षिले धेरै राम्रो’ भन्नुभयो भनेर मासुको लागि वनतिर लागे त्यहाँ उनले श्राद्ध योग्य धेरै जनावरहरूको शिकार गरे । त्यतिबेला उनी थाकेका थिए र भोकाएका पनि थिए । उनले श्राध्दको लागि भनि मारिएका पशुहरुको मासु खान हुँदैन भन्ने हेक्का राख्न सकेनन् र एउटा खरायोको मासु खाए ।।७।।
शेषं निवेदयामास पित्रे तेन च तद्गुलरुः ।
चोदितः प्रोक्षणायाह दुष्टमेतदकर्मकम् ॥ ८ ॥
विकुक्षीले बाँकी मासु ल्याएर आफ्नो बुबालाई दिए । इक्ष्वाकुले आफ्ना गुरुलाई मासु प्रोक्षण गर्न अनुरोध गरे तब गुरुजीले भने कि यो मासु दूषित र श्राद्धको लागि अयोग्य छ ।।८।।
ज्ञात्वा पुत्रस्य तत्कर्म गुरुणाभिहितं नृपः ।
देशान्निःसारयामास सुतं त्यक्तविधिं रुषा ॥ ९ ॥
हे परीक्षित ! गुरुजीले यसो भनेपछि राजा इक्ष्वाकुलाई छोराको कुकर्मको बारेमा थाहा भयो त्यसपछि इक्ष्वाकुले शास्त्रको नियम उल्लङ्घन गरेका कारण रिसाएर आफ्नो छोरालाई आफ्नो देशबाट निकाला गरिदिए ॥ ९ ॥
स तु विप्रेण संवादं जापकेन समाचरन् ।
त्यक्त्वा कलेवरं योगी स तेनावाप यत् परम् ॥ १० ॥
त्यसपछि राजा इक्ष्वाकुले आफ्ना गुरुदेव वशिष्ठसँग ज्ञानको विषयमा चर्चा गरे । तब योगद्वारा शरीर त्याग गरेर उनले परम पद प्राप्त गरे ।। १० ।।
पितर्युपरतेऽभ्येत्य विकुक्षिः पृथिवीमिमाम् ।
शासदीजे हरिं यज्ञैः शशाद इति विश्रुतः ॥ ११ ॥
पिताको मृत्युपछि विकुक्षी आफनो आफ्नो राजधानी फर्किए र यस पृथ्वीमा शासन गर्न थाले । ठूला–ठूला यज्ञ गरेर भगवानको आराधना गरे र शशाद नामले संसारमा प्रसिद्ध भए ।।११।।
पुरञ्जयस्तस्य सुत इन्द्रवाह इतीरितः ।
ककुत्स्थ इति चाप्युक्तः शृणु नामानि कर्मभिः ॥ १२ ॥
विकुक्षीका छोराको नाम पुरंजय थियो। कसैले उसलाई इन्द्रवाह र कोही ककुस्थ भन्छन् । जुन कर्मका कारणले यी नामहरू प्राप्त भयो, यस बारेमा सुन्नुहोस् । ॥१२॥
कृतान्त आसीत् समरो देवानां सह दानवैः ।
पार्ष्णिग्राहो वृतो वीरो देवैर्दैत्यपराजितैः ॥ १३ ॥
सत्ययुगको अन्त्यमा देवता र दानवहरूबीच भीषण युद्ध भयो । त्यस समयमा सबै देवताहरू दानवहरूबाट पराजित भए । त्यसपछि उनले बहादुर पुरंजयलाई सहयोगको लागि आफ्नो साथी बनाए ।।१३।।
वचनाद् देवदेवस्य विष्णोर्विश्वात्मनः प्रभोः ।
वाहनत्वे वृतस्तस्य बभूवेन्द्रो महावृषः ॥ १४ ॥
पुरञ्जयले भने, यदि देवराज इन्द्र मेरो वाहन बने भने म युध्द गर्न सक्छु ।’ सुरुमा इन्द्रले यो कुरालाई मानेनन् देवतहरुका आराध्यदेव सर्वशक्तिमान स्वयं भगवानको वचन मानेर उनी बलवान गोरु बने ।।१४।।
स सन्नद्धो धनुर्दिव्यमादाय विशिखान्छितान् ।
स्तूयमानः समारुह्य युयुत्सुः ककुदि स्थितः ॥ १५ ॥
तेजसाऽऽप्यायितो विष्णोः पुरुषस्य परात्मनः ।
प्रतीच्यां दिशि दैत्यानां न्यरुणत् त्रिदशैः पुरम् ॥ १६ ॥
सर्वव्यापी भगवान विष्णुले पुरंजयकलाई आफ्नो शक्ति दिएर अझ बलवान बनाउनु भयो । उनले कवच लगाएर दिव्य धनुष र थीखा धारिला बाण लिए । त्यसपछि, उनी साँढेमा चढेर उसको काठी नजिकै बसे । जब उनी युद्धको लागि तयार भए, देवताहरूले उनको प्रशंसा गर्न थाले । देवताहरूलाई साथमा लिएर तिनीहरूले पश्चिमतिर बाट राक्षसहरूको सहरलाई घेरे ।।। १५–१६।।
तैस्तस्य चाभूत् प्रधनं तुमुलं लोमहर्षणम् ।
यमाय भल्लैरनयद् दैत्यान् येऽभिययुर्मृधे ॥ १७ ॥
वीर पुरंजय र दैत्यहरु विच भयंकर युद्ध भयो जुन रोमान्चक थियो । युद्धमा अगाडि आएका सबै दैत्यलाई पुरंजयले आफ्नो बाणले यमनगरीमा पुर्याइदिए ।।१७ ।।
तस्येषुपाताभिमुखं युगान्ताग्निमिवोल्बणम् ।
विसृज्य दुद्रुवुर्दैत्या हन्यमानाः स्वमालयम् ॥ १८ ॥
उनको वाणको प्रहार यस्तो थियो कि जु प्रलयकालको अग्नि जस्तो थियो । उसको अगाडि जुन दैत्य आउथे उसलाई छिन्नभिन्न पार्दथे । राक्षसहरूले आफ्नो साहस गुमेको यियो त्यसैले उनीहरु युद्धको मैदान छोडेर आ आफ्ना घरमा पस्न पुगे ।।१८।।
जित्वा परं धनं सर्वं सश्रीकं वज्रपाणये ।
प्रत्ययच्छत् स राजर्षिरिति नामभिराहृतः ॥ १९ ॥
पुरञ्जयले दैत्यका नगर, धन र ऐश्वर्य सबै जितेर सबै इन्द्रलाई दिए । त्यसकारण ती राजाको पुर (नगर) जितेका कारण ‘पुरञ्जय’, इन्द्रलाई वाहन बनाएको कारणले ‘इन्द्रवाह’ र गोरुको काँधमा बसेका कारण ‘ककुत्स्थ’ भनेर भनिन्छ ।।१९।।
पुरञ्जयस्य पुत्रोऽभूदनेनास्तत्सुतः पृथुः ।
विश्वरन्धिस्ततश्चन्द्रो युवनाश्वस्तु तत्सुतः ॥ २० ॥
पुरंजयका छोरा अनेना थिए । उनका छोरा पृथु थिए । पृथुकाको विश्वरन्धि, उसको चन्द्र र चन्द्रको युवनाश्व नामका छोरा थिए ।।२०।।
शाबस्तस्तत्सुतो येन शाबस्ती निर्ममे पुरी ।
बृहदश्वस्तु शाबस्तिस्ततः कुवलयाश्वकः ॥ २१ ॥
युवनाश्वका छोरा शाबस्त थिए, जसले शबस्तीपुरीको स्थापना गरे । शवस्तको बृहदश्व र उनका कुवलायश्व नामका छोरा भए ।।२१।।
यः प्रियार्थमुतंकस्य धुन्धुनामासुरं बली ।
सुतानामेकविंशत्या सहस्रैरहनद् वृतः ॥ २२ ॥
कुवलायश्व बलिया थिए उनले उतंक ऋषिलाई खुसी पार्न आफ्ना २१ हजार छोराहरु साथै लिएरे धुन्धु नामक राक्षसलाई मारे ॥२२॥
धुन्धुमार इति ख्यातस्तत्सुतास्ते च जज्वलुः ।
धुन्धोर्मुखाग्निना सर्वे त्रय एवावशेषिताः ॥ २३ ॥
यसकारण उनको नाम ‘धुन्धुमार’ भयो । धुन्धु नामको दैत्यको मुखबाट निस्केको आगोले उनका सबै छोराहरु जले केवल तीनजना जना मात्र बचेका थिए ।।२३।।
दृढाश्वः कपिलाश्वश्च भद्राश्व इति भारत ।
दृढाश्वपुत्रो हर्यश्वो निकुम्भsतत्सुतः स्मृतः ॥ २४ ॥
परीक्षित ! ती बचेका छोराहरूको नाम दृढाश्व, कपिलाश्व र भद्राश्व थियो । दृढाश्वबाट हर्यस्व र उबाट निकुम्भको जन्म भयो ।।२४।।
बर्हणाश्वो निकुम्भस्य कृशाश्वोऽथास्य सेनजित् ।
युवनाश्वोऽभवत् तस्य सोऽनपत्यो वनं गतः ॥ २५ ॥
भार्याशतेन निर्विण्ण ऋषयोऽस्य कृपालवः ।
इष्टिं स्म वर्तयाञ्चक्रुरैन्द्रीं ते सुसमाहिताः ॥ २६ ॥
निकुम्भबाट बर्णाश्व नामका छोरा थिए, उनका कृष्णस्व नामका छोरा थिए, कृष्णस्वका सेनजित नामका छोरा भए र सेनजितबाट युवनाश्व नाम गरेको छोरो भयो । युवनाश्व निःसंतान थिए, त्यसैले उनी धेरै दुःखी भए र आफ्ना सय पत्नीहरु लिएर वनमा गए । त्यहाँ ऋषिहरूले यौवनश्वबाट पुत्र प्राप्तिको लागि ठुलोे प्रेमपूर्व भगवान इन्द्रको यज्ञ गरेका थिए ।।२५–२६।।
राजा तद् यज्ञसदनं प्रविष्टो निशि तर्षितः ।
दृष्ट्वा शयानान् विप्रांस्तान् पपौ मंत्रजलं स्वयम् ॥ २७ ॥
एक दिन राजा युवनाश्वलाई राति निकै तिर्खा लाग्यो । उनी यज्ञमा गए, त्यहाँ उनले ऋषिहरू सुतिरहेको देखे । त्यसपछि पानी पाउने अर्को उपाय नदेखेर अभिमन्त्रित गरेर राखेको पानी पिए ।।२७।।
उत्थितास्ते निशम्याथ व्युदकं कलशं प्रभो ।
पप्रच्छुः कस्य कर्मेदं पीतं पुंसवनं जलम् ॥ २८ ॥
परीक्षित ! बिहानै उठेर ऋषिहरूले कलशमा पानी नभएको देखेपछि ’यो कसको काम हो ?’ पुत्र उत्पन्न गराउनको लागि अभिमन्त्रित जल कसले पियो भनेर सोधे ।।२८।।
राज्ञा पीतं विदित्वाथ ईश्वरप्रहितेन ते ।
ईश्वराय नमश्चक्रुरहो दैवबलं बलम् ॥ २९ ॥
अन्तमा जब उनीरूले थाहा पाए कि राजा युवनाश्व स्वयंले भगवानको प्रेरणामा त्यो पानी पिए भन्नेकुरा थाहापाए तब उनीहरूले भगवानको चरणमा प्रणाम गरेर भने – ’धन्य हो ! भगवानको शक्ति नै वास्तविक शक्ति हो ।।२९।।
ततः काल उपावृत्ते कुक्षिं निर्भिद्य दक्षिणम् ।
युवनाश्वस्य तनयश्चक्रवर्ती जजान ह ॥ ३० ॥
यसपछि जब प्रसवको समय आयो, तब युवनाश्वको दाहिने कोख च्यातिएर उनीबाट एक चक्रवर्ती पुत्रको जन्म भयो ॥३०॥
कं धास्यति कुमारोऽयं स्तन्यं रोरूयते भृशम् ।
मां धाता वत्स मा रोदीः इतीन्द्रो देशिनीमदात् ॥ ३१ ॥
उसलाई रोएको देखेर ऋषिहरूले भने– यो बच्चा दूधको लागि धेरै रोइरहेको छ । त्यसोभए कसको दूध पिउने? त्यसबेलमा इन्द्रले भने, ‘मेरो पिउ’ (माँ धाता) ‘छोरा ! तिमी नरोऊ।’ भनेर इन्द्रले आफ्नो तर्जनीको औंला मुखमा राखेर चुसाए ॥३१॥
न ममार पिता तस्य विप्रदेवप्रसादतः ।
युवनाश्वोऽथ तत्रैव तपसा सिद्धिमन्वगात् ॥ ३२ ॥
ब्राह्मण र देवताको कृपाले त्यो बालकका पिता युवनाश्वको पनि मृत्यु भएन । उनी त्यहीं तपस्या गरेर मुक्त भए ।।३२।।
त्रसद्दस्युरितीन्द्रोऽङ्ग विदधे नाम यस्य वै ।
यस्मात् त्रसन्ति ह्युद्विग्ना दस्यवो रावणादयः ॥ ३३ ॥
परीक्षित ! इन्द्रले त्यस बालकको नाम त्रसदस्यु राखेका थिए, किनभने रावण र अन्य दास्यु (लुटेराहरू) उनीसँग चिन्तित र भयभीत भएका थिए ॥३३॥
यौवनाश्वोऽथ मान्धाता चक्रवर्त्यवनीं प्रभुः ।
सप्तद्वीपवतीमेकः शशासाच्युततेजसा ॥ ३४ ॥
युवनाश्वका छोरा मान्धता (त्रसदस्यु) चक्रवर्तीका राजा भए । उनी ज्ञानी थिए भगवानको तेजले चंम्केर उनले सात द्वीप मिलेर बनेको पृथ्वीलाई जितेर शासन गरे ।।३४।।
ईजे च यज्ञं क्रतुभिरात्मविद् भूरिदक्षिणैः ।
सर्वदेवमयं देवं सर्वात्मकमतीन्द्रियम् ॥ ३५ ॥
उनलाई कर्मकाण्डको कुनै विशेष आवश्यकता थिएन – तैपनि उनले ठूला यज्ञहरूद्वारा सबै इन्द्रिय देखि पर रहनुभएका स्वयंप्रकाशक सर्वदेवस्वरुप भगवानको आराधना गरे ।।३५।।
द्रव्यं मन्त्रो विधिर्यज्ञो यजमानस्तथर्त्विजः ।
धर्मो देशश्च कालश्च सर्वमेतद् यदात्मकम् ॥ ३६ ॥
भगवान बाहेक अरु के नै छ र ? यज्ञको सामग्री, मन्त्र, अनुष्ठान, यज्ञ, यजमान, ऋषि, धर्म, स्थान र समय यी सबै भगवानको स्वरूप त हुन् ।।३६।।
यावत् सूर्य उदेति स्म यावच्च प्रतितिष्ठति ।
सर्वं तद् यौवनाश्वस्य मान्धातुः क्षेत्रमुच्यते ॥ ३७ ॥
परीक्षित ! जहाँबाट सूर्यको उदय हुन्थ्यो र जहाँ गएर अस्ताउथ्यो त्यहाँसम्मको सम्पूर्ण भूमि युवनाश्वका पुत्र मान्धताको अधीनमा थियो ।।३७।।
शशबिन्दोर्दुहितरि बिन्दुमत्यामधान्नृपः ।
पुरुकुत्समम्बरीषं मुचुकुन्दं च योगिनम् ।
तेषां स्वसारः पञ्चाशत् सौभरिं वव्रिरे पतिम् ॥ ३८॥
राजा मान्धताकी पत्नी शशविन्दुकी छोरी बिन्दुमती थिइन् । उनको गर्भबाट उनको तीन छोराहरू भए जुन् – पुरकुत्सा, अम्बरीश (यी दोस्रो अम्बरीष हुन् ) र योगी मुचुकुन्द हुन् । उनीहरुका पचास जना दिदीबहिनी थिए । ती पचासै जनाले सौभरी ऋषिलाई आफ्नो पतिकोरुपमा वरण गरे ।।३८।।
यमुनान्तर्जले मग्नः तप्यमानः परंतपः ।
निर्वृतिं मीनराजस्य दृष्ट्वा मैथुनधर्मिणः ॥ ३९ ॥
परम तपस्वी सौभरीजी एक पटक यमुना जलमा डुबल्की मारेर तपस्या गरिरहेका समयमा उनले एक मत्स्य राजा आफ्नी पत्नीहरु संग धेरै खुशी साथमा रहेको देखे ।।३९।।
जातस्पृहो नृपं विप्रः कन्यामेकामयाचत ।
सोऽप्याह गृह्यतां ब्रह्मन् कामं कन्या स्वयंवरे ॥ ४० ॥
उनको खुसी देखेर ब्राह्मण सौभरीलाई पनि विवाह गर्ने इच्छा भयो र उनी राजा मान्धताकहाँ आएर आफ्नी पचास छोरीहरूमध्ये एउटी छोरी बिबाहका लागि मागे । राजाले भने– ’ब्राह्मण ! यदि छोरीले तिमीलाई स्वयंवरमा छनोट गरे भने तिमी उसलाई अपनाऊ ।।४०।।
स विचिन्त्याप्रियं स्त्रीणां जरठोऽयमसम्मतः ।
वलीपलित एजत्क इत्यहं प्रत्युदाहृतः ॥ ४१ ॥
सौभरी ऋषिले राजा मान्धताको मनसाय बुझे । उनले सोचे कि राजाले मलाई यस्तो सुक्खा जवाफ दिनुको कारण यो हो कि अब म बुढो भएँ, मेरो शरीरमा चाउरी परेको छ, कपाल फुलिसकेको छ भएको छ र शिर पनि काम्न थालेको छ । त्यसोभएकोल कुनै स्त्रीले मलाई माया गर्ने छैनन भनेर यसो भनेका होलान् ।।४१।।
साधयिष्ये तथात्मानं सुरस्त्रीणामपीप्सितम् ।
किं पुनर्मनुजेन्द्राणामिति व्यवसितः प्रभुः ॥ ४२ ॥
योे कुरा पनि स्वभाविक हो ! अब म आफूलाई यति सुन्दर बनाउँछु कि राजकुमारीहरू मात्र होइन, देवीहरू पनि मलाई पाउँनका लागि लालयित हुनेछन् । सौभरीले यस्तो विचार गरेर आफ्नो सामर्थ्यले त्यसै गरे ।।४२।।
मुनिः प्रवेशितः क्षत्त्रा कन्यान्तःपुरमृद्धिमत् ।
वृतश्च राजकन्याभिरेकः पञ्चाशता वरः ॥ ४३ ॥
बस अब के थियो र त्यो अन्तःपुरको सुरक्षकले सौभरी मुनिलाई ती कन्याहरु भएको दरबारमा पुर्याए । त्यसपछि ती पचासै राजकुमारीहरूले सौभरीलाई आफ्नो पतिको रूपमा माने ।।४३।।
तासां कलिरभूद् भूयांस्तदर्थेऽपोह्य सौहृदम् ।
ममानुरूपो नायं व इति तद्ग्तचेतसाम् ॥ ४४ ॥
सौभरीलाई देखेर ती कन्याहरुको मन यति मोहित भयो कि उनीहरूले उहाँप्रतिको प्रेमको भावना त्यागे र आपसमा झगडा गर्न थाले र एक अर्कालाई भन्न थाले कि उनी तिम्रालागि पति बन्न योग्य छैनन् मेरा लागि मात्र योग्य छन् ।।४४।।
स बह्वृचस्ताभिरपारणीय-
तपःश्रियानर्घ्यपरिच्छदेषु ।
गृहेषु नानोपवनामलाम्भः
सरस्सु सौगन्धिककाननेषु ॥ ४५ ॥
महार्हशय्यासनवस्त्रभूषण-
स्नानानुलेपाभ्यवहारमाल्यकैः ।
स्वलङ्कृतस्त्रीपुरुषेषु नित्यदा
रेमेऽनुगायद्द्विजभृङ्गबन्दिषु ॥ ४६ ॥
त्यसपछि ऋग्वेदी सौभरीले ती सबैसँग विवाह गरे । आफ्नो तपस्याको प्रभावले उनी आफ्नी पत्नीहरूसँग बहुमूल्य सामग्रीहरूले सुसज्जित दरबारहरूमा बस्न थाले । त्यहाँ अनेकौं उपवन र शुद्ध पानीले भरिएको र सुगन्धित फूलहरूको बगैंचाले घेरिएको थियो त्यसैगरी बहुमुल्य सैया, आसन, लुगा, गहना, स्नान, र फूलको मालाको सुन्दर पहिरन ले सिंगरिएका आफ्ना पत्नीहरु उनको सेबामा लागेका थिए । त्यहाँ कतै चराचुरुङ्गीहरु मिठो स्वर निकालेर चीरचीर गर्दथे भने कतै बन्दिजनहरु उनको बखान गर्दथे ।।४५–४६।।
यद्गाजर्हस्थ्यं तु संवीक्ष्य सप्तद्वीपवतीपतिः ।
विस्मितः स्तम्भमजहात् सार्वभौमश्रियान्वितम् ॥ ४७ ॥
सप्तद्वीपावती पृथ्वीका मालिक मान्धता सौभारीको घरको यस्तो खुसी देखेर छक्क परे । सर्वव्यापी सम्पत्तिको मालिक हुँ भन्ने उनको गर्व हराउँदै गयो ॥४७॥
एवं गृहेष्वभिरतो विषयान् विविधैः सुखैः ।
सेवमानो न चातुष्यदाज्यस्तोकैरिवानलः ॥ ४८ ॥
यसरी सौम्भारी गृहस्थ जीवनको सुख–विलासमा मग्न भएर विषयको आनन्द लिएर रहे तापनि घिउको थोपाले आगो तृप्त नभए जसरी उनी उनी सन्तुष्ट भएनन् ।।४८।।
स कदाचिदुपासीन आत्मापह्नवमात्मनः ।
ददर्श बह्वृचाचार्यो मीनसङ्गसमुत्थितम् ॥ ४९ ॥
ऋग्वेदाचार्य सौभारीजी एक दिन आनन्द संग बसिरहेका थिए । त्यसबेला उनले देखे कि माछाले एक क्षणको संगतमा मा नै आफ्नो तपस्या कसरी गुमाए ।।४९।।
अहो इमं पश्यत मे विनाशं
तपस्विनः सच्चरितव्रतस्य ।
अन्तर्जले वारिचरप्रसङ्गात्
प्रच्यावितं ब्रह्म चिरं धृतं यत् ॥ ५० ॥
उसले सोच्न थाल्यो– हेर, म धेरै तपस्वी थिएँ। मैले मेरो व्रत पनि राम्ररी पालन गरेको थिएँ । मैले आफ्नो ब्रह्मतेजलाई लामो समयसम्म अक्षुण्ण राखेको थिएँ तर पानीमा पौडी खेल्ने माछाको सम्पर्कले मेरो ब्रह्मतेज नष्ट भयो ।।५०।।
सङ्गं त्यजेत मिथुनव्रतीनां मुमुक्षुः ।
सर्वात्मना न विसृजेद् बहिरिन्द्रियाणि ॥
एकश्चरन् रहसि चित्तमनन्त ईशे ।
युञ्जीत तद्व्रतिषु साधुषु चेत् प्रसङ्गः ॥ ५१ ॥
त्यसैले मोक्ष चाहने व्यक्तिले जीवको संगतलाई पूर्णतया त्याग्नु पर्छ र आफ्नो इन्द्रियलाई एक क्षणको लागि पनि बाहिर जान दिनु हुँदैन । एक्लै रहेर एकान्तमा आफ्नो मन सर्वशक्तिमान ईश्वरमा केन्द्रित गर्नुपर्छ । यदि संगत चाहिएको छ भने भगवान्का सच्चा भक्त महात्माहरुको मात्र संगत गर्नुपर्छ ।।५१।।
एकस्तपस्व्यहमथाम्भसि मत्स्यसङ्गात्
पञ्चाशदासमुत पञ्चसहस्रसर्गः ।
नान्तं व्रजाम्युभयकृत्यमनोरथानां
मायागुणैर्हृतमतिर्विषयेऽर्थभावः ॥ ५२ ॥
पहिले म एकान्तमा तपस्यामा व्यस्त हुन्थें । पछि पानीमा माछाको संगतमा देखेर बिहे गर्नाले पचास भए र फेरी सन्तानको रुपमा पाँच हजार पाएँ । विषयमा बुद्धि फसेकोले मायाको प्रभावले मेरो बुद्धि विग्रियो । अहिले ता मेरो मन यस लोक र परलोकका कामनामा मेरो मन फसेको छ कि अब म कुनै पनि हालतमा त्यसबाट पार पाउँन सक्दिनँ ।।५२।।
एवं वसन् गृहे कालं विरक्तो न्यासमास्थितः ।
वनं जगामानुययुस्तत्पत्न्यः पतिदेवताः ॥ ५३ ॥
यही सोचेर उनी केही दिन घरमै बसे । त्यसपछि मोहभंग भएर सन्यास लिएर वनतिर लागे । आफ्ना श्रीमानलाई नै सर्वस्व ठान्ने उनका पत्नीहरू पनि उनीहरूसँगै वनमा गए ।।५३।।
तत्र तप्त्वा तपस्तीक्ष्णमात्मदर्शनमात्मवान् ।
सहैवाग्निभिरात्मानं युयोज परमात्मनि ॥ ५४ ॥
त्यहाँ गएर परम संयमी सौभरी जीले कठोर तपस्या गरी शरीरलाई सुकाएर आहवनिय अग्नि का साथ भगवानमा विलीन भए ।।५४।।
ताः स्वपत्युर्महाराज निरीक्ष्याध्यात्मिकीं गतिम् ।
अन्वीयुस्तत्प्रभावेण अग्निं शान्तमिवार्चिषः ॥ ५५ ॥
परीक्षित ! त्यसपछि शान्त अग्निमा आगोको ज्वालाहरू लीन भएझैं आफ्ना पति सौभरी मुनिको आध्यात्मिक गति देखेर पत्नीहरूले पनि उनकै प्रभावले सती भएर उनैमा लीन भए । उनकै झैं गति प्राप्त गरे ।।५५।।
इति श्रीमद्भाएगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे षष्ठोऽध्यायः ॥ ६ ॥