/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशः स्कंधः – एकविंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण

एकादशः स्कंधः – एकविंशोऽध्यायः



श्रीभगवानुवाच –
य एतान् मत्पथो हित्वा भक्तिज्ञानक्रियात्मकान् ।
क्षुद्रान्कामांश्चलैः प्राणैः जुषन्तः संसरन्ति ते ।।१।।
भगवान् भन्नुहुन्छ– जसले मेरा यी भक्ति, ज्ञान र निष्काम कर्मका मार्गहरूलाई छोडेर चञ्चल इन्द्रियहरूद्वारा तुच्छ भोगहरूमा मन लगाउँछन्, तिनीहरू जन्म–मृत्युको संसारमा भटकिएर रहन्छन् ।।१।।


स्वे स्वेऽधिकारे या निष्ठा स गुणः परिकीर्तितः । 
विपर्ययस्तु दोषः स्यादुभयोरेष निश्चयः ।।२।।
आफ्नो–आफ्नो अधिकार (योग्यता) अनुसारको कर्तव्यमा दृढ हुनु ’गुण’ हो र यसको विपरीत हुनु ’दोष’ हो। वस्तुतः गुण र दोषको निश्चय यसै आधारमा हुन्छ ।

शुद्ध्यशुद्धी विधीयेते समानेष्वपि वस्तुषु । 
द्रव्यस्य विचिकित्सार्थं गुणदोषौ शुभाशुभौ ।।३।।
तत्वको दृष्टिले सबै वस्तु समान भए तापनि तिनको शुद्धता र अशुद्धताको विधान गरिएको छ। कर्मको मर्यादा कायम राख्नका लागि वस्तुको गुण–दोष र शुभ–अशुभ निर्धारण गरिएको हो ।।३।।

धर्मार्थं व्यवहारार्थं यात्रार्थमिति चानघ । 
दर्शितोऽयं मयाऽऽचारो धर्ममुद्वहतां धुरम् ।।४।।
हे निष्पाप उद्धव! धर्मको रक्षा, व्यवहार चलाउन र जीवन यात्रा सहज बनाउनका लागि मैले नै धर्मको भार बोक्नेहरूका लागि यो आचार–पद्धति देखाएको हुँ ।।४।।

भूम्यम्ब्वग्न्यनिलाकाशा भूतानां पञ्चधातवः । 
आब्रह्मस्थावरादीनां शारीरा आत्मसंयुताः ।।५।।
ब्रह्मादेखि सानो झारसम्म सबै प्राणीका शरीरहरू पृथ्वी, जल, तेज, वायु र आकाश गरी पाँच तत्वले बनेका छन् र सबैमा एउटै आत्मा व्याप्त छ ।।५।।

वेदेन नामरूपाणि विषमाणि समेष्वपि । 
धातुषूद्धव कल्प्यन्ते एतेषां स्वार्थसिद्धये ।।६।। 
हे उद्धव ! यी समान तत्वहरूबाट बनेका शरीरहरूमा पनि वेदले मानिसको लक्ष्य (स्वार्थ) प्राप्तिका लागि फरक–फरक नाम र रूपहरूको कल्पना गरिदिएको छ ।।६।।

देशकालादिभावानां वस्तूनां मम सत्तम । 
गुणदोषौ विधीयेते नियमार्थं हि कर्मणाम् ।।७।। 
हे पुरुषश्रेष्ठ! कर्मको नियम बाँध्नका लागि मैले नै देश, काल र वस्तुहरूमा गुण र दोषको विधान गरिदिएको हुँ ।।७।।

अकृष्णसारो देशानामब्रह्मण्योऽशुचिर्भवेत् । 
कृष्णसारोऽप्यसौवीरकीकटासंस्कृतेरिणम् ।।८।।
जहाँ कृष्णसार मृग पाइँदैन र जहाँ विद्वान ब्राह्मणहरूको निवास छैन, त्यो देश अशुद्ध मानिन्छ । (मर्यादाका लागि यी नियम बनाइएका हुन् ।।८।।

कर्मण्यो गुणवान् कालो द्रव्यतः स्वत एव वा । 
यतो निवर्तते कर्म स दोषोऽकर्मकः स्मृतः ।।९।। 
जुन समय कर्म गर्नका लागि उपयुक्त छ, त्यो गुणवान् काल हो। जुन समयमा कर्म गर्न बाधा पुग्छ, त्यो दोषपूर्ण समय हो ।।९।।

द्रव्यस्य शुद्ध्यशुद्धी च द्रव्येण वचनेन च । 
संस्कारेणाथ कालेन महत्वाल्पतयाथवा ।।१०।। 
कुनै वस्तुको शुद्धि अर्को वस्तुले, कसैको मन्त्र (वचन) ले, कसैको संस्कारले, कसैको समयले त कसैको ठूलो वा सानो आकारले हुन्छ ।।१०।।

शक्त्याशक्त्याथवा बुद्ध्या समृद्ध्या च यदात्मने । 
अघं कुर्वन्ति हि यथा देशावस्थानुसारतः ।।११।। 
मानिसको शक्ति, असमर्थता, बुद्धि र सम्पत्तिको अवस्था अनुसार पनि पाप र पुण्यको विचार गरिन्छ ।।११।।

धान्यदार्वस्थितन्तूनां रसतैजसचर्मणाम् । 
कालवाय्वग्निमृत्तोयैः पार्थिवानां युतायुतैः ।।१२।। 
अन्न, काठ, हाड, धागो, रस, सुन, छाला र माटोका वस्तुहरूको शुद्धि समय, वायु, अग्नि, माटो र जलको प्रयोगद्वारा हुन्छ ।।१२।।

अमेध्यलिप्तं यद् येन गन्धं लेपं व्यपोहति । 
भजते प्रकृतिं तस्य तच्छौचं तावदिष्यते ।।१३।।
अशुद्ध वस्तुमा लागेको गन्ध र लेप जुन प्रक्रियाले हट्छ र त्यो वस्तु आफ्नो पुरानै अवस्थामा आउँछ, त्यसलाई नै त्यसको शुद्धि (शौच) भनिन्छ ।।१३।।

स्नानदानतपोऽवस्थावीर्यसंस्कारकर्मभिः । 
मत्स्मृत्या चात्मनः शौचं शुद्धः कर्माचरेद् द्विजः ।।१४।। 
स्नान, दान, तपस्या, संस्कार र विशेष गरी मेरो स्मरण द्वारा आत्माको शुद्धि हुन्छ । अन्तःकरण शुद्ध भएपछि मात्र द्विजले शास्त्रोक्त कर्म गर्नुपर्छ ।

मन्त्रस्य च परिज्ञानं कर्मशुद्धिर्मदर्पणम् । 
धर्मः सम्पद्यते षड्भिरधर्मस्तु विपर्ययः ।।१५।। 
मन्त्रको ज्ञान, कर्मको शुद्धि र कर्म ममा समर्पण— यी कुराहरूले धर्म बन्छ, यसको विपरीत हुनु अधर्म हो ।।१५।।

क्वचिद्गुणोऽपि दोषः स्याद् दोषोऽपि विधिना गुणः । 
गुणदोषार्थनियमस्तद्भिदामेव बाधते ।।१६।। 
परिस्थिति अनुसार कहिलेकाहीँ गुण पनि दोष बन्छ र शास्त्रको विधिले दोष पनि गुण हुन सक्छ। यो गुण–दोषको नियमले भेदलाई नै समाप्त गर्दछ ।।१६।।

समानकर्माचरणं पतितानां न पातकम् । 
औत्पत्तिको गुणः सङ्गो न शयानः पतत्यधः ।।१७।। 
पहिले नै पतन भइसकेकाहरूका लागि समान कर्म गर्दा थप पाप लाग्दैन । जुन मानिस भुइँमा सुतिरहेको छ, ऊ फेरि लड्ने डर हुँदैन ।।१७।।

यतो यतो निवर्तेत विमुच्येत ततस्ततः । 
एष धर्मो नृणां क्षेमः शोकमोहभयापहः ।।१८।। 
मानिस जुन–जुन विषयबाट अलग हुन्छ, ऊ त्यही–त्यही बन्धनबाट मुक्त हुन्छ । यही नै मानिसको कल्याण गर्ने र शोक–मोह हटाउने धर्म हो ।।१८।

विषयेषु गुणाध्यासात् पुंसः सङ्गस्ततो भवेत् ।
सङ्गात्तत्र भवेत् कामः कामादेव कलिर्नृणाम् ।।१९।।
विषयहरूमा राम्रो गुण देख्नाले त्यसमा आसक्ति (सङ्ग) हुन्छ। आसक्तिबाट इच्छा (काम) जाग्छ र इच्छा पूरा नहुँदा मानिसहरूमा झगडा सुरु हुन्छ ।।१९।।

कलेर्दुर्विषहः क्रोधस्तमस्तमनुवर्तते । 
तमसा ग्रस्यते पुंसः चेतना व्यापिनी द्रुतम् ।।२०।। 
झगडाबाट क्रोध पैदा हुन्छ, क्रोधपछि अज्ञान (तम) आउँछ । त्यो अज्ञानले मानिसको बुद्धि र चेतनालाई ढाकिदिन्छ ।।२०।।

तया विरहितः साधो जन्तुः शून्याय कल्पते । 
ततोऽस्य स्वार्थविभ्रंशो मूच्र्छितस्य मृतस्य च ।।२१।। 
चेतना हराएको मानिस शून्य जस्तै हुन्छ । उसले आफ्नो वास्तविक हित बिर्सन्छ र ऊ मृत ब्यक्ति समान हुन्छ ।।२१।।

विषयाभिनिवेशेन नात्मानं वेद नापरम् । 
वृक्षजीविकया जीवन् व्यर्थं भस्त्रेव यः श्वसन् ।।२२।। 
विषयमा डुबेको मानिसले न आफूलाई चिन्छ न परमात्मालाई। उसको जीवन रुखको जस्तै वा खलातीले (भस्त्रा) जस्तै व्यर्थ हुन्छ, जो सास त फेर्छ तर जीवन हुँदैन ।।२२।।

फलश्रुतिरियं नृणां न श्रेयो रोचनं परम् । 
श्रेयोविवक्षया प्रोक्तं यथा भैषज्यरोचनम् ।।२३।।
वेदमा भनिएको फलको लोभ (स्वर्ग आदि) नै अन्तिम कल्याण होइन । त्यो त मानिसलाई धर्ममा लगाउनका लागि मात्र हो, जसरी तीतो औषधी खुवाउन मिठाईको प्रलोभन दिइन्छ ।।२३।।

उत्पत्यैव हि कामेषु प्राणेषु स्वजनेषु च । 
आसक्तमनसो मत्र्या आत्मनोऽनर्थहेतुषु ।।२४।।
मानिस जन्मदै भोग, प्राण र आफन्तमा आसक्त हुन्छ, जो वास्तवमा अनर्थका कारण हुन् ।।२४।।

न तानविदुषः स्वार्थं भ्राम्यतो वृजिनाध्वनि । 
कथं युञ्ज्यात् पुनस्तेषु तांस्तमो विशतो बुधः ।।२५।। बाटो बिराएर अन्धकारतिर गइरहेका अज्ञानीहरूलाई वेदले कसरी फेरि भोगमै अल्झाउन सक्छ र? तसर्थ वेदको लक्ष्य भोग होइन ।।२५।।

एवं व्यवसितं केचिदविज्ञाय कुबुद्धयः । 
फलश्रुतिं कुसुमितां न वेदज्ञा वदन्ति हि ।।२६।। 
वेदको वास्तविक मर्म नबुझेका अल्पज्ञानीहरू मात्र कर्मकाण्डका चम्किला फलहरूमा भुल्छन् ।।२६।।
 
कामिनः कृपणा लुब्धाः पुष्पेषु फलबुद्धयः । 
अग्निमुग्धा धूमतान्ताः स्वं लोकं न विदन्ति ते ।।२७।।
लोभी र कामुक मानिसहरू कर्मकाण्डको धूँवामा हराउँछन् र आफ्नो वास्तविक स्वरूप (आत्मा) लाई चिन्न सक्दैनन् ।।२७।।

न ते मामङ्ग जानन्ति हृदिस्थं य इदं यतः । 
उक्थशस्त्रा ह्यसुतृपो यथा नीहारचक्षुषः ।।२८।।
कुहिरोले ढाकिएका आँखा जस्तै भएका उनीहरू आफ्नो हृदयमा रहेका म परमात्मालाई देख्न सक्दैनन् २८।।

ते मे ममांग जानन्ति हृदिस्थं य इदं यतः 
उक्थशस्त्रा ह्यसुतृपो यथा नीहारचक्षुषः ।।२८।।
मेरो वास्तविक मत नबुझेका ती हिंसाप्रेमीहरू यज्ञको नाममा पशुबलि दिन्छन् र सुखको कामना गर्छन्।

ते मे मतमविज्ञाय परोक्षं विषयात्मकाः ।
हिंसायां यदि रागः स्याद् यज्ञ एव न चोदना ।। २९ ।।
हिंसाविहारा ह्यालब्धैः पशुभिः स्वसुखेच्छया ।
यजन्ते देवता यज्ञैः पितृभूतपतीन् खलाः ।। ३० ।।
यदि कोही हिंसामा लागेको छ भने उसले र त्यसलाई छाड्न सक्दैन त्यसैले उसले उसले यज्ञमा पशुबलि दिन्छ । परन्तु त्यहाँ त्यस्तो कुनै विधि नियम छैन । यो त मेरो (वेदको) गूढ अभिप्राययुक्त वचनलाई नबु;ीकन विषयासक्त चित्तवाला कवल हिंसामा रमाउने यी अविवेकी दुष्टहरु आफ्नै सुखभोगको इच्छाले मारिएका पशुहरुद्वारा सम्पन्न गरिने यज्ञको माध्यमले देवता, पितृ र भूतपतिहरुलाई पनि यजन गर्दछन् ।।२९–३०।।

स्वप्नोपमममुं लोकमसन्तं श्रवणप्रियम् । 
आशिषो हृदि सङ्कल्प्य त्यजन्त्यर्थान् यथा वणिक् ।।३१।। 
ती अल्पज्ञानीहरू सपना जस्तै नाशवान् र केवल सुन्दा मात्र प्रिय लाग्ने परलोक (स्वर्ग) का सुखहरूलाई सत्य ठान्छन्। उनीहरू आफ्नो हृदयमा अनेकौँ कामनाहरूको सङ्कल्प गर्छन् र कुनै व्यापारीले नाफाको लोभमा धन लगानी गरेझैँ, स्वर्गको लोभमा आफ्नो धन र शक्ति खर्च गर्छन्।

रजःसत्वतमोनिष्ठा रजःसत्वतमोजुषः । 
उपासत इन्द्रमुख्यान् देवादीन् न तथैव माम् ।।३२।। 
रजोगुण, सत्वगुण र तमोगुणमा निष्ठा राख्ने र तिनै गुणका भोगहरूमा रमाउने मानिसहरू इन्द्र आदि देवताहरूको त उपासना गर्छन्, तर आफ्नै हृदयमा रहेका म परमात्मालाई भने चिन्दैनन् र पूजा गर्दैनन् ।।३२।।

इष्ट्वेह देवता यज्ञैर्गत्वा रंस्यामहे दिवि । 
तस्यान्त इह भूयास्म महाशाला महाकुलाः ।।३३।। 
उनीहरू सोच्छन्— “अहिले यज्ञ गरेर देवताहरूलाई प्रसन्न पारौँ र मरेपछि स्वर्गमा गएर आनन्द भोगौँ । जब स्वर्गको पुण्य सकिन्छ, तब फेरि यसै संसारमा ठूला धनी र प्रतिष्ठित कुलमा जन्म लिउँला । उनीहरूको यस्तै विचारले तिनीहरु सांसारिक चक्रमा घुमिरहन्छन् ।।३३।।

एवं पुष्पितया वाचा व्याक्षिप्तमनसां नृणाम् । 
मानिनां चातिस्तब्धानां मद्वार्तापि न रोचते ।।३४।। 
वेदका यस्ता चम्किला र प्रलोभन देखाउने (पुष्पित) वाणीहरूले गर्दा जसको चित्त विचलित भएको छ, जो अत्यन्त अहंकारी र जिद्दी छन्, त्यस्ता मानिसहरूलाई मेरो आत्मज्ञानको चर्चा (मद्वार्ता) मा कुनै रुचि हुँदैन।

वेदा ब्रह्मात्मविषयास्त्रिकाण्डविषया इमे । 
परोक्षवादा ऋषयः परोक्षं मम च प्रियम् ।।३५।। 
वास्तवमा वेदका तीनै काण्डहरू (कर्म, उपासना र ज्ञान) को मुख्य विषय ’ब्रह्म’ र ’आत्मा’ नै हो । ऋषिहरूले गूढ वा अप्रत्यक्ष (परोक्ष) भाषामा सत्यलाई बताउने गर्छन् र मलाई पनि त्यस्तै रहस्यमय वा लुकेको अर्थ मन पर्छ ।

शब्दब्रह्म सुदुर्बोधं प्राणेन्द्रियमनोमयम् । 
अनन्तपारं गम्भीरं दुर्विगाह्यं समुद्रवत् ।।३६।। 
यो ’शब्दब्रह्म’ (वेद) बुझ्न अत्यन्त कठिन छ, किनकि यो प्राण, इन्द्रिय र मनले युक्त छ । यो समुद्र जस्तै अत्यन्त गहिरो, अनन्त र सजिलै पार पाउन नसकिने खालको छ ।।३६।।

मयोपबृंहितं भूम्ना ब्रह्मणानन्तशक्तिना । 
भूतेषु घोषरूपेण बिसेषूर्णेव लक्ष्यते ।।३७।। 
अनन्त शक्ति भएको म परमात्माले नै यसलाई विस्तार गरेको हुँ। जसरी कमलको डाँठभित्र मसिना र सूक्ष्म तन्तुहरू हुन्छन्, त्यसरी नै यो शब्दब्रह्म सबै प्राणीहरूमा ओङ्कारको सूक्ष्म ’नाद’ (घोष) रूपमा रहेको हुन्छ ।।३७।।

यथोर्णनाभिर्हृदयादूर्णामुद्वमते मुखात् । 
आकाशाद् घोषवान् प्राणो मनसा स्पर्शरूपिणा ।।३८।। 
जसरी माकुरोले आफ्नो हृदयबाट जालो निकालेर मुखबाट बाहिर निकाल्छ, त्यसरी नै परमेश्वरले आकाशरुप हृदयबाट प्राणशक्ति र स्पर्शरुप मनको सहायताले शब्दब्रह्मलाई प्रकट गर्नुहुन्छ ।।३८।।

छन्दोमयोऽमृतमयः सहस्रपदवीं प्रभुः । 
ओंकाराद् व्यञ्जितस्पर्शस्वरोष्मान्तस्थभूषिताम् ।।३९।। 
त्यो आनन्दमय र अमृतमय शब्दब्रह्म (वेद) ओङ्कारबाट उत्पन्न भएको हो । यसमा स्पर्श (क देखि म सम्म), स्वर (अ, आ आदि), ऊष्म (श, ष, स, ह) र अन्तस्थ (य, र, ल, व) जस्ता वर्णहरूले सुशोभित हजारौँ शाखाहरू र मार्गहरू छन् ।।३९।।

विचित्रभाषाविततां छन्दोभिश्चतुरुत्तरैः । 
अनन्तपारां बृहतीं सृजत्याक्षिपते स्वयम् ।।४०।। 
भगवानले गायत्री आदि अनेकौँ छन्दहरूका माध्यमबाट यो विचित्र र अनन्त शब्दब्रह्मलाई रचना गर्नुहुन्छ र प्रलयको समयमा फेरि आफैँभित्र विलीन गर्नुहुन्छ ।।४०।।

गायत्रि उष्णिगनुष्टुप् च बृहती पङ्क्तिरेव च । 
त्रिष्टुब्जगत्यतिच्छन्दो ह्यत्यष्ट्यतिजगद् विराट् ।।४१।।
गायत्री, उष्णिक्, अनुष्टुप्, बृहती, पङ्क्ति, त्रिष्टुप्, जगती आदि अनेकौँ छन्दहरू मेरो वाणीका स्वरूप हुन् ।।४१।।

किं विधत्ते किमाचष्टे किमनूद्य विकल्पयेत् । 
इत्यस्या हृदयं लोके नान्यो मद् वेद कश्चन ।।४२।। 
वेदले कसको विधान गर्छ, कसलाई बताउँछ र कसको शंका निवारण गर्छ— यो रहस्य म बाहेक अरू कसैले जान्दैन ।।४२।।

मां विधत्तेऽभिधत्ते मां विकल्प्यापोह्यते त्वहम् । 
एतावान् सर्ववेदार्थः शब्द आस्थाय मां भिदाम् ।।
मायामात्रमनूद्यान्ते प्रतिषिध्य प्रसीदति ।।४३।।
वास्तवमा वेदले यज्ञको कारणबाट मेरो नै विधान गर्छ, मेरै व्याख्या गर्छ र अन्त्यमा सबै द्वैतहरूलाई हटाएर ममा नै टुङ्गिन्छ । सम्पूर्ण वेदको अर्थ यही हो कि संसार माया मात्र हो र म परमात्मा नै एकमात्र सत्य हुँ ।।४३।।

इति श्रीमद्‍भागवते महापुराणे पारमहंस्यां संहितायां 
एकादशस्कन्धे एकविंशोऽध्यायः ॥ २१ ॥

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...