तृतीय स्कंधः - चतुर्थोऽध्यायः
उद्धव उवाच -
(अनुष्टुप)
अथ ते तदनुज्ञाता भुक्त्वा पीत्वा च वारुणीम् ।
तया विभ्रंशितज्ञाना
दुरुक्तैर्मर्म
पस्पृशुः ॥ १ ॥
उध्दवजीले भने—
त्यसछि
ब्राह्मणहरूको आज्ञा
लिएर
यादवहरूले
भोजन
गरे
र
बरुणी
मदिरा
पिए
।
त्यसले
गर्दा
उनीहरूको
ज्ञान
नष्ट
भयो
।
उनीहरू
झगडा
गरेर
एक
आपसमा
झगडा
गर्न
लागे ॥ १ ॥
तेषां मैरेयदोषेण
विषमीकृतचेतसाम्
।
निम्लोचति रवावासीत् वेणूनामिव मर्दनम् ॥ २ ॥
निम्लोचति रवावासीत् वेणूनामिव मर्दनम् ॥ २ ॥
मदिराको नशाले
गर्दा
बुध्दि
भ्रष्ट
भएका
ती
यादवहरु
जसरी
एक
आपसमा
वज्रदा
बाँसमा
आगो
निस्किन्छ
त्यसैगरी
सुर्यास्तको
समय
हुँदा
उनीहरूमा
माराकाट
चल्यो
।।२।।
भगवान् स्वात्ममायाया
गतिं तां अवलोक्य सः ।
सरस्वतीं उपस्पृश्य वृक्षमूलमुपाविशत्
॥ ३ ॥
भगवानले त्यो
विचित्र
गतिलाई
आफ्नो
मायाले
देख्नुभयो
र
सरस्वतीको
जलले
आचमन
गरेर
एउटा
रूखको
फेदमा
बस्नुभयो
।।३।।
अहं चोक्तो भगवता प्रपन्नार्तिहरेण
ह ।
बदरीं त्वं प्रयाहीति स्वकुलं सञ्जिहीर्षुणा ॥ ४ ॥
शरणागतको
दुःख
नाश
गर्ने
भगवान्
श्रीकृष्णले
आफ्नो
कूलको
संहार
गर्ने
इच्छा
गरेर
मलाई
वदरीकाश्रममा
जाउ
भन्नुभयो
।।४।।
अथापि तदभिप्रेतं
जानन् अहं अरिन्दम ।
पृष्ठतोऽन्वगमं भर्तुः पादविश्लेषणाक्षमः ॥ ५ ॥
विदुरजी मैले
वहाँको
आशय
बुझें
।
तापनि
वहाँ
संगको
वियोगलाई
सहन
नसकेर
वहाँकै
पछि
लागेर
प्रभास
क्षेत्र
सम्म
पुगें
।।५।।
अद्राक्षमेकमासीनं विचिन्वन् दयितं पतिम् ।
श्रीनिकेतं सरस्वत्यां
कृतकेतमकेतनम्
॥ ६ ॥
सबैका आश्रय
भएर
पनि
वहाँको
आश्रय
कोहि
पनि
थिएन
।
वहाँ
प्रियत्तम
भगवान्
श्यामसुन्दर
सरस्वतीको
किनारमा
एक्लै
बस्नुभएको
देखें
।।६।।
श्यामावदातं विरजं प्रशान्तारुणलोचनम्
।
दोर्भिश्चतुर्भिः विदितं पीतकौशाम्बरेण च ॥ ७ ॥
वहाँको विशुध्द
सत्वमय
अत्यन्त
सुन्दर
श्याम
शरीर,
अरुण
वर्णका
शान्त
आँखा
चार
हात
र
रेशमी
पीताम्बर
धारणा
गर्नुभएको
थियो
।
मैले
वहाँलाई
टाढैबाट
चिनिहालें
।।७।।
वाम ऊरौ अवधिश्रित्य दक्षिणाङ्घ्रिसरोरुहम्
।
अपाश्रितार्भकाश्वत्थं अकृशं त्यक्तपिप्पलम् ॥ ८ ॥
सानो पीपलको रूखको
सहारा
लिएर
बायाँ
घुंडा
माथि
दायाँ
चरणकमल
राखेर
बस्नुभएको
थियो
।
वहाँ
सबै
विषय
भोगहरू
त्याग
गर्दापनि
आनन्दले
मग्न
हुनुहुन्थ्यो
।।८।।
तस्मिन् महाभागवतो द्वैपायनसुहृत्सखा
।
लोकान् अनुचरन् सिद्ध आससाद यदृच्छया ॥ ९ ॥
त्यसै समयमा
व्यासजीका
परम
मित्र
महाभागवत
सिध्द
मैत्रेयजी
लोकमा
आफ्नो
स्वेच्छाले
डुल्दै
त्यहाँ
आइपुग्नु
भयो
।।९।।
(इंद्रवज्रा)
तस्यानुरक्तस्य मुनेर्मुकुन्दः
प्रमोदभावानतकन्धरस्य ।
आश्रृण्वतो मां अनुरागहास
समीक्षया विश्रमयन् उवाच ॥ १० ॥
आफैमा अनुरक्त
भएका
मैत्रेयमुनि
भगवान्का
परमभक्त
हुन
।
आनन्द
र
भक्तिभावले
वहाँको
गर्दन
झुकेको
थियो
।।
उनकै
अगाडि
भगवान्
श्रीहरिले
प्रेम
एवं
मुस्कान
युक्त
हेराइले
मलाई
भन्नुभयो
।।।१०।।
श्रीभगवानुवाच–
वेदाहमन्तर्मनसीप्सितं ते
ददामि यत्तद् दुरवापमन्यैः
।
सत्रे पुरा विश्वसृजां वसूनां
मत्सिद्धिकामेन वसो त्वयेष्टः ॥ ११ ॥
भगवानले भन्नुभयो —
म तिम्रो आन्तरिक
अभिलाषा
जान्दछु
।
त्यसैले
अरुका
लागि
अत्यन्त
दुर्लभ
भएको
त्यो
साधनरूप
ज्ञान
दिन्छु
।
उध्दव!
तिमी
पूर्व
जन्ममा
वसु
थियौ
।
विश्वको
रचना
गर्ने
प्रजापति
र
वसुहरूको
यज्ञमा
तिमीले
मलाई
पाउने
इच्छाले
मेरो
आराधना
ग¥यौ
।।११।।
स एष साधो चरमो भवानां
आसादितस्ते मदनुग्रहो यत् ।
यन्मां नृलोकान् रह उत्सृजन्तं
दिष्ट्या ददृश्वान् विशदानुवृत्त्या
॥ १२ ॥
साधु स्वभावका उध्दव! संसारमा
तिम्रो
यो
अन्तिम
जन्म
हो
किनकि
तिमीले
मेरो
अनुग्रह
प्राप्त
ग¥यौ
।
अब
म
यो
मत्र्यलोकलाई
छाडेर
आफ्नो
धाम
जान
चाहान्छु
।
यस
समयमा
यहाँ
एकान्तमा
आफ्नो
अनन्य
भक्तिले
गर्दा
तिमीले
मलाई
पायौ
।
यो
ठुलो
शौभाग्यको
कुरा
हो
।।१२।।
पुरा मया प्रोक्तमजाय नाभ्ये
पद्मे निषण्णाय ममादिसर्गे
।
ज्ञानं परं मन्महिमावभासं
यत्सूरयो भागवतं वदन्ति ॥ १३ ॥
पूर्वकालमा पद्मकल्पको
अरम्भमा
मैले
आफ्नो
नाभिकमलमा
बसेका
ब्रह्मालाई
आफ्नो
महिमाको
प्रकट
हुने
जुन
उत्तम
ज्ञानको
उपदेश
दिएको
थिए,
त्यसलाई
सारा
संसारका
मानिसहरूले
भागवत
भन्दछन्
।
त्यो
म
तिमीलाई
दिन्छु
।।१३।।
इत्यादृतोक्तः परमस्य पुंसः
प्रतिक्षणानुग्रहभाजनोऽहम् ।
स्नेहोत्थरोमा स्खलिताक्षरस्तं
मुञ्चञ्छुचः प्राञ्जलिराबभाषे
॥ १४ ॥
विदुर! म माथि
ता
हर
समय
वहाँ
परम
पुरुषले
कृपा
वर्षा
गर्नुभएको
थियो
।
त्यतिबेला
मलाई
वहाँले
यसरी
आनन्द
पूर्वक
भन्नुहुँदा
स्नेहका
कारण
मलाई
रोमाञ्च
भयो
।
मेरो
वाणी
गदगद
भयो
अनि
आँखाबाट
आँसुका
धारा
बग्न
थाल्यो
।
अनि
मैले
हात
जोडेर
भन्न
लागें
।।१४।।
को न्वीश ते पादसरोजभाजां
दुर्लभोऽर्थेषु चतुर्ष्वपीह ।
तथापि नाहं प्रवृणोमि भूमन्
भवत्पदाम्भोज निषेवणोत्सुकः
॥ १५ ॥
स्वामी! हजुरको चरणकमलको
सेवा
गर्ने
पुरुषलाई
यस
संसारमा
अर्थ,
धर्म,
काम
र
मोक्ष
यी
चारै
कुराको
अभाव
हुदैन तापनि
मलाई
ती
कुनैमा
इच्छा
छैन
।
म
त
तपाईको
चरणकमलको
सेवाका
लागि
लालयीत
भएको
छु
।।१५।।
कर्माण्यनीहस्य भवोऽभवस्य
ते दुर्गाश्रयोऽथारिभयात्पलायनम् ।
कालात्मनो यत्प्रमदायुताश्रयः
स्वात्मन् रतेः खिद्यति धीर्विदामिह ॥ १६ ॥
प्रभु! तपाई निस्पिृह
भएर
पनि
कर्म
गर्नुहुन्छ
।
कालरूप
भएर
पनि
सत्रुको
डरले
भाग्नुहुन्छ
अनि
द्वारकाको
किल्लामा
गएर
लुकेर
बस्नुहुन्छ
।
स्वात्माराम
भएर
पनि
सोह्रहजार
स्त्रीसंग
रमण
गर्नुहुन्छ
।
यस्तो
विचित्र
चरित्रहरू
देखेर
विद्वानहरूको
बुध्दि
पनि
चक्करमा
पर्दछ
।।१६।।
मन्त्रेषु मां वा उपहूय यत्त्वं
अकुण्ठिताखण्डसदात्मबोधः ।
पृच्छेः प्रभो मुग्ध इवाप्रमत्तः
तन्नो मनो मोहयतीव देव ॥ १७ ॥
देव! तपाईको स्वरूपको
ज्ञान
सधैभरि
अकुण्ठित
र
अखण्ड
छ
।
फेरी
पनि
तपाई
सल्लाहका
लागि
मलाई
बोलाएर
साधारण
मानिस
झैं
सावधान
भएर
मेरो
सहमतिको
लागि
सोध्नु
हुन्थ्यो
।
प्रभो!
तपाईको
यो
लीलाले
मेरो
मन
सधैं
मोहित
हुन्छ
।।१७।।
ज्ञानं परं स्वात्मरहःप्रकाशं
प्रोवाच कस्मै भगवान् समग्रम् ।
अपि क्षमं नो ग्रहणाय भर्तः
वदाञ्जसा यद् वृजिनं तरेम ॥ १८ ॥
स्वामी! हजुरको स्वरूपको
गुण
रहस्य
गराउने
जुन
उत्तम
तथा
समग्र
ज्ञान
हजुरले
ब्रह्माजीलाई
बताउनु
भएको
थियो,
यदि
म
सम्झन
योग्य
छु
भने
मलाई
पनि
सुनाउनु
होस,
जसबाट
म
पनि
यो
संसार
दुःख
बाट
पार
पाउन
सकौं
।।१८।।
(अनुष्टुप)
इत्यावेदितहार्दाय मह्यं स भगवान् परः ।
आदिदेश अरविन्दाक्ष
आत्मनः परमां स्थितिम् ॥ १९ ॥
जव मैले यस
प्रकार
आफ्नो
हृदयको
भाव
प्रकट
गरें
तव
परम
पुरुष
कमलनयन
भगवान्
श्रीकृष्णले
मलाई
आफ्नो
स्वरूपको
परम
स्थितिको
उपदेश
दिनुभयो
।।१९।।
(इंद्रवज्रा)
स एवं आराधितपादतीर्थाद्
अधीततत्त्वात्मविबोधमार्गः ।
प्रणम्य पादौ परिवृत्य देवं
इहागतोऽहं विरहातुरात्मा
॥ २० ॥
यस प्रकार पूज्यपाद, तीर्थरूप
गुरु
श्रीकृष्णबाट
आत्मतत्व
उपलब्धिको
साधन
सुनें
अनि
वहाँ
प्रभुको
चरणकमलको
बन्धना
र
परिक्रमा
गरेर
म
यहाँ
आएको
हुं
।
यस
समय
वहाँको
सम्झनाले
मेरो
चित्त
अत्यन्तै
व्याकुल
भएको
छ
।।२०।।
(अनुष्टुप)
सोऽहं तद्दर्शनाह्लाद
वियोगार्तियुतः
प्रभो ।
गमिष्ये दयितं तस्य बदर्याश्रममण्डलम् ॥ २१ ॥
बिदुरजी! पहिले त मलाई
वहाँको
दर्शन
पाएर
आनन्द
भएको
थियो
।
तर
अहिले
वहाँको
विछोडको
व्यथाले
अत्यन्तै
पिडित
गराइरहेको
छ
।
अब
म
वहाँको
पृय
क्षेत्र
वदरिकाश्रममा
जान
लागेको
छु
।।२१।।
यत्र नारायणो देवो नरश्च भगवान् ऋषिः ।
मृदु तीव्रं तपो दीर्घं तेपाते लोकभावनौ ॥ २२ ॥
वहाँ भगवान् श्री
बद्रिनारायण
र
नर
यी
दुवै
ऋषिहरू
लोक
माथि
अनुग्रह
गर्नका
लागि
पछि
सम्म
स्थाई
हुने
कठिन
तपस्या
गरिरहनुभएको
छ
।।२२।।
श्रीशुक उवाच –
इति उद्धवाद् उपाकर्ण्य सुहृदां दुःसहं वधम् ।
ज्ञानेनाशमयत् क्षत्ता शोकं उत्पतितं बुधः ॥ २३ ॥
सुकदेवले भन्नुभयो—
यसरी उध्दवको मुखबाट
आफ्ना
प्रिय
बन्धुहरूको
विनाशका
बारे
असह्य
समाचार
सुनेर
परम
ज्ञानी
विदुरजीलाई
जुन
शोक
उत्पन्न
भयो
त्यसलाई
उनले
विवेकद्वारा
शान्त
गरिदिए
।।२३।।
स तं महाभागवतं व्रजन्तं कौरवर्षभः ।
विश्रम्भाद् अभ्यधत्तेदं
मुख्यं कृष्णपरिग्रहे
॥ २४ ॥
जव भगवान् श्रीकृष्णका
परात्माका
प्रधान
महाभागवत
उध्दवजी
वदरीकाश्रम
जान
लागे
तव
कुरुश्रेष्ठ
विदुरजीले
श्रध्दापूर्वक उनीसंग
सोधे
।।२४।।
विदुर उवाच –
(इंद्रवज्रा)
ज्ञानं परं स्वात्मरहःप्रकाशं
यदाह योगेश्वर ईश्वरस्ते ।
वक्तुं भवान्नोऽर्हति
यद्धि विष्णोः
भृत्याः स्वभृत्यार्थकृतश्चरन्ति
॥ २५ ॥
विदुरजीले भने—
उध्दवजी! योगेश्वर भगवान्
श्रीकृष्णले
आफ्नो
स्वरूपको
गुढ
रहस्यको
बारेमा
जुन
ज्ञान
तपाईलाई
बताउनु
भएका
थियो,
तपाईले
त्यो
ज्ञान
मलाई
सुनाउनुहोस
किनकि
भगवान्का
सेवकहरू
त
आफ्नो
सेवकको
कार्य
सिध्द
गर्नका
लागि
विचार
गर्दछन्
।।२५।।
उद्धव उवाच ।
(अनुष्टुप)
ननु ते तत्त्वसंराध्य ऋषिः कौषारवोऽन्ति मे ।
साक्षाद् भगवतादिष्टो
मर्त्यलोकं
जिहासता ॥ २६ ॥
उध्दवजीले भन्नुभयो —
त्यो तत्वज्ञानका लागि
तपाईले
मुनिवर
मैत्रेयजीको
सेवा
गर्नुपर्दछ
।
यो
मत्र्यलोक
छोड्ने
बेलामा
स्वयं
भगवानले
तपाई
लाई
उपदेश
गर्न
भनेर
मेरै
अगाडि
नै
वहाँलाई
आज्ञा
दिनुभएको
छ
।।२६।।
श्रीशुक उवाच –
(पुष्पिताग्रा)
इति सह विदुरेण विश्वमूर्तेः
गुणकथया सुधया प्लावितोरुतापः
।
क्षणमिव पुलिने यमस्वसुस्तां
समुषित औपगविर्निशां
ततोऽगात् ॥ २७ ॥
श्रीशुकदेवजीले भन्नुभयो—
यस प्रकार विदुरजी
संग
विश्वमुर्ति
भगवान्
श्रीकृष्णको
गुणको
चर्चा
गर्दै
त्यो
कथामृतको
कारण
उध्दवजीको
वियोग
जनित
महान
ताप
शान्तभयो
।
त्यो
रात्री
यमुनाजीमा
एकक्षणमै
वित्यो
।
भोलीपल्ट
विहाँन
हुनासाथ
उनी
त्यहाँबाट
हिडे
।।२७।।
राजोवाच –
निधनमुपगतेषु वृष्णिभोजे
ष्वधिरथयूथपयूथपेषु मुख्यः
स तु कथमवशिष्ट उद्धवो य
द्धरिरपि तत्यज आकृतिं त्र्! यधीशः ॥ २८ ॥
राजा परीक्षितले सोधे—
ब्राह्मणका श्रापले
गर्दा
बृष्णिकुल
र
भोववंशका
सबैका
रथि,
महारथि
सेनापतिहरू
सबै
नष्ट
भएका
थिए
।
यहाँसम्म
कि
त्रिलोकीनाथ
हरिलाई
पनि
त्यो
रूपछोड्नु
प¥यो
।
भने
उन
सबैका
मुखिया
उध्दवजी
पनि
कसरी
बाँचिरहे
? ।।२८।।
श्रीशुक उवाच –
(अनुष्टुप)
ब्रह्मशापापदेशेन कालेनामोघवाञ्छितः ।
संहृत्य स्वकुलं स्फीतं त्यक्ष्यन्
देहमचिन्तयत्
॥ २९ ॥
श्रीशुकदेवजीले भन्नुभयो—
श्रीहरिले ब्राह्मणको
श्रापरूप
कालको
बाहनामा
आफ्नो
कूलको
संहार
गरेर
आफ्नो
श्रीविग्रह
छोड्ने
बेलामा
विचार
गर्नुभयो
।।२९।।
अस्मात् लोकादुपरते
मयि ज्ञानं मदाश्रयम् ।
अर्हत्युद्धव एवाद्धा सम्प्रत्यात्मवतां
वरः ॥ ३० ॥
अव म यसलोक
बाट
गएपछि
मेरो
ज्ञानलाई
ग्रहण
गर्न
र
यस
ज्ञानलाई
प्रचार
गर्नका
लागि
उध्दवजी
नै
सक्षम
अधिकारी
हुनेछन
।।३०।।
नोद्धवोऽण्वपि मन्न्यूनो यद्गुणैर्नार्दितः
प्रभुः ।
अतो मद्वयुनं लोकं ग्राहयन् इह तिष्ठतु ॥ ३१ ॥
उध्दव म भन्दा
अणु
भन्दा
पनि
कमि
छैनन
।
किनकि
उनी
विषयबाट
कहिल्यैपनि
विचलित
हुदैनन्
।
त्यसैले
लोकमा
मेरो
ज्ञानको
प्रचार
गर्नका
लागि
उनी
यहि
बसुन
।।३१।।
एवं त्रिलोकगुरुणा
सन्दिष्टः शब्दयोनिना
।
बदर्याश्रममासाद्य हरिमीजे समाधिना ॥ ३२ ॥
वेदका मूलकारण
भएका
तीनैलोका
गुरु
श्रीकृष्णको
यसरी
आज्ञा
पएर
उध्दवजी
वदरिकाश्रममा
गएर
समाधियोग
द्वार
श्रीहरिको
आराधना
गर्नलागे
।।३२।।
विदुरोऽप्युद्धवात् श्रुत्वा कृष्णस्य परमात्मनः ।
क्रीडयोपात्तदेहस्य कर्माणि श्लाघितानि च ॥ ३३ ॥
उध्दवको
मुखाबाट
कृडाको
निम्ति
परमात्मा
श्रीकृष्णले
लीलाले
नै
आफ्नो
श्रीविग्रह
गर्नुभएको
थियो
र
लीलाले
नै
त्यसबाट
अन्तर्धान
गराउनु
भयो
भन्ने
कुरा
सुने
।।३३।।
देहन्यासं च तस्यैवं धीराणां धैर्यवर्धनम् ।
अन्येषां दुष्करतरं पशूनां विक्लवात्मनाम्
॥ ३४ ॥
धीर पुरुषहरूको धैर्य
बढाउने,
पशुतुल्य
अधीर
पुरुषलाई
अत्यन्त
दुस्कर
लाग्ने
यस्तो
धन्तर्धान
हुनुभएको
समाचार
सुनेर
र
— ।।३४।।
आत्मानं च कुरुश्रेष्ठ कृष्णेन मनसेक्षितम् ।
ध्यायन् गते भागवते रुरोद प्रेमविह्वलः ॥ ३५ ॥
कुरुश्रेष्ठ परीक्षित!
भगवान परमधाम
जाने
बेलामा
मलाई
पनि
सम्झनु
भएको
रहेछ
भन्ने
थाहा
पाएर
उध्दवजी
गएपछि
भगवानको
ध्यान
गर्दे
विदुरजी
प्रेमले
विभोर
भएर
रुन
लागे ॥ ३५ ॥
कालिन्द्याः कतिभिः सिद्ध अहोभिर्भरतर्षभ
।
प्रापद्यत स्वःसरितं यत्र मित्रासुतो मुनिः ॥ ३६ ॥
हे भरतश्रेष्ठ! यसपछि सिध्दसिरोमणि
विदुरजी
यमुनाको
किनारबाट
हिडेर
केहि
दिनमै
गंगाजीको
किनारमा
आइपुगे
जहाँ
श्री
मैत्रेयजी
बस्नुहुन्थ्यो ।।३६।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे
विदुरोद्धवसंवादे
चतुर्थोऽध्यायः
॥ ४ ॥
