श्रीमद्भागवत महापुराण
षष्ठः स्कन्धः –षष्ठोऽध्यायः
षष्टिं सञ्जनयामास दुहितॄः पितृवत्सलाः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! ब्रम्हाजीले दक्षप्रजापतिलाई धेरै सम्झाउँनु भयो त्यसपछि उनले पत्नी आसिक्नीको गर्भबाट साठी कन्या उत्पन्न गरे । उनीहरू सबै आफ्ना बाबुलाई धेरै माया गर्दथे ।।१।।
दश धर्माय कायेन्दोः द्विषट् त्रिणव दत्तवान् ।
भूताङ्गिरःकृशाश्वेभ्यो द्वे द्वे तार्क्ष्याय चापराः ॥ २ ॥
दक्षप्रजापतिले साठी छोरी मद्धे दसवटी कन्या धर्मलाई, तेह्रवटी कस्यपलाई, सत्ताईस चन्द्रमालाई, भूत अङ्गिरा र लाई कृशाश्वलाई दुई दुई र बाँकी चारवटीलाई ताक्ष्र्यसंग बिहे गरि दिए ।।२।।
नामधेयान्यमूषां त्वं सापत्यानां च मे श्रृणु ।
यासां प्रसूतिप्रसवैः लोका आपूरितास्त्रयः ॥ ३ ॥
परीक्षित् ! अब ती दक्षका कन्याहरू र यिननका सन्तानका नामका बारेमा बाताउँदछु सुन । उनीहरूको वंशले तीनैलोक ढाकेकको थियो ।।३।।
भानुर्लम्बा ककुब्जामिः विश्वा साध्या मरुत्वती ।
वसुर्मुहूर्ता सङ्कल्पा धर्मपत्न्यः सुतान् श्रृणु ॥ ४ ॥
धर्मकी दस पत्नीहरू–भानु, लम्बा, ककुब्, जामि, विश्वा, साध्या, मरुत्वति, वसु, मुहूर्ता र सङ्कल्पा हुन । उनीहरूका छोराहरूको नाम सुन ।।४।।
भानोस्तु देवऋषभ इन्द्रसेनस्ततो नृप ।
विद्योत आसीत् लम्बायाः ततश्च स्तनयित्नवः ॥ ५ ॥
राजन् ! भानुका छोरा देवऋषभ र उनको इन्द्रसेन नामको छोरो थिए । लम्बाको छोरो विद्योत र विद्योतको छोरो भेघगण भए ।।५।।
ककुदः सङ्कटस्तस्य कीकटस्तनयो यतः ।
भुवो दुर्गाणि जामेयः स्वर्गो नन्दिस्ततोऽभवत् ॥ ६ ॥
ककुपको छोरो सङ्कट र उसबाट कीकट भयो । कीकटका छोेराहरू पृथ्वीका किल्लाका अभिमानि देवता भये । जामीको छोराको नाम स्वर्ग थियो र उसको छोरो नन्दी थियो ।।६।।
विश्वेदेवास्तु विश्वाया अप्रजांस्तान् प्रचक्षते ।
साध्यो गणश्च साध्याया अर्थसिद्धिस्तु तत्सुतः ॥ ७ ॥
विश्वाको छोरो विश्वदेव हुन । उन्का कुनै सन्तान भएनन् । साध्याबाट साध्यगण भए उसको छोरो अर्थसिद्धि हो ।।७।।
मरुत्वांश्च जयन्तश्च मरुत्वत्यां बभूवतुः ।
जयन्तो वासुदेवांश उपेन्द्र इति यं विदुः ॥ ८ ॥
मरुत्वतिका मरुत्वान र जयन्त नामका दुई छोरा भए । जयन्त भगवान् वासुदेवका अंश हुन लोकमा उनलाई उपेन्द्र पनि भनिन्छ ।।८।।
मौहूर्तिका देवगणा मुहूर्तायाश्च जज्ञिरे ।
ये वै फलं प्रयच्छन्ति भूतानां स्वस्वकालजम् ॥ ९ ॥
मुहूर्ताबाट मुहूर्तका अभिमानि देवता उत्पन्न भए । यीनीहरू आफ्नो आफ्नो मुहूर्तमा जीवलाई उनीहरूको कर्म अनुसारको फल दिन्छन ।।९।।
सङ्कल्पायास्तु सङ्कल्पः कामः सङ्कल्पजः स्मृतः ।
वसवोऽष्टौ वसोः पुत्राः तेषां नामानि मे श्रृणु ॥ १० ॥
सङ्कल्पाको छोरो सङ्कल्प भए र उबाट काम मनोरथ उत्पन्न भए । वसुका आठ पुत्र भए जसलाई अष्टवसु भनिन्छ उनीहरूको नाम सुन ।।१०।।
द्रोणः प्राणो ध्रुवोऽर्कोऽग्निः दोषो वसुर्विभावसुः ।
द्रोणस्याभिमतेः पत्न्या हर्षशोकभयादयः ॥ ११ ॥
द्रोण, प्राण, ध्रुव, अर्क, अग्नि, दोष, वसु, र विभावसु । द्रोणकी पत्नीको नाम अभिमति हो उनीबाट हर्ष, शोक, भय आदिका अभिमानी देवताहरू उत्पन्न भए ।।११।।
प्राणस्योर्जस्वती भार्या सह आयुः पुरोजवः ।
ध्रुवस्य भार्या धरणिः असूत विविधाः पुरः ॥ १२ ॥
प्राणकी पत्नी उर्जस्वतीको गर्भबाट सह, आयु, र पुरोजव नामका तीन छोरा भए । ध्रुवकी पत्नी धरणीले अनेक नगरका अभिमानी देवता उत्पन्न गरिन ।।१२।।
अर्कस्य वासना भार्या पुत्रास्तर्षादयः स्मृताः ।
अग्नेर्भार्या वसोर्धारा पुत्रा द्रविणकादयः ॥ १३ ॥
अर्ककी पत्नी वासनाको गर्भबाट तर्ष (तृष्णा) आदि छोरा भए । अग्नि नामका वशुकी पत्नी धाराको गर्भबाट द्रविणक आदि धेरै छोराहरूभए ।।१३।।
स्कन्दश्च कृत्तिकापुत्रो ये विशाखादयस्ततः ।
दोषस्य शर्वरीपुत्रः शिशुमारो हरेः कला ॥ १४ ॥
कृत्तिका पुत्र स्कन्द पनि अग्निबाटै उत्पन्न भएका हुन । उसबाट विशाख आदिको जन्म भयो । दोषकी पत्नी सर्वरीको गर्भबाट भगवान्को अंशको रूपमा शिशुमारको जन्म भयो ।।१४।।
वास्तोराङ्गिरसीपुत्रो विश्वकर्मा कृतीपतिः ।
ततो मनुश्चाक्षुषोऽभूद् विश्वे साध्या मनोः सुताः ॥ १५ ॥
वसुकी पत्नी अङ्गिरसाबाट सिल्पकलाका अधिपति विश्वकर्मा भए । विश्वकर्माकी पत्नी कृतिको गर्भबाट चाक्षुष मनु भए र उनका पुत्र विश्वेदेव र साध्यगण भए ।।१५।।
विभावसोरसूतोषा व्युष्टं रोचिषमातपम् ।
पञ्चयामोऽथ भूतानि येन जाग्रति कर्मसु ॥ १६ ॥
विश्वावसुकी पत्नी उषाबाट व्युष्ट, रोचिष् र आतप नामका तीन छोरा भए । उनीहरूमद्धे आतपको पुत्र पञ्चयाम हो उसकै प्रभावले प्राणीहरू आ–आफ्नो कार्यमा लाग्दछन ।।१६।।
सरूपासूत भूतस्य भार्या रुद्रांश्च कोटिशः ।
रैवतोऽजो भवो भीमो वाम उग्रो वृषाकपिः ॥ १७ ॥
अजैकपादहिर्बुध्न्यो बहुरूपो महानिति ।
रुद्रस्य पार्षदाश्चान्ये घोराः प्रेतविनायकाः ॥ १८ ॥
भूतकी पत्नी दक्षनन्दिनी सरूपाले करोडौं रुद्रगण उत्पन्न गरीन उनीहरूमा रैवत, अज, भव, भीम, वाम, उग्र, वृषाकपि, अजैकपाद, अहिर्बुध्न्य, बहुरूप, र महान् यी एघार मुख्य हुन । भूतकी अर्की पत्नी भूताबाट भयङ्कर भूत र विनायकादिको जन्म भयो । यी सबै एघार प्रधान रुद्रका पार्षद भए ।।१७।१८।।
प्रजापतेरङ्गिरसः स्वधा पत्नी पितॄनथ ।
अथर्वाङ्गिरसं वेदं पुत्रत्वे चाकरोत् सती ॥ १९ ॥
अङ्गिरा प्रजापतिकी जेठी पत्नी स्वधाबाट पितृगणहरू उत्पन्न भए । अर्की पत्नी सतीले अथर्वाङ्गिरस नामको वेदलाई छोराको रूपमा स्वीकार गरिन ।।१९।।
कृशाश्वोऽर्चिषि भार्यायां धूम्रकेतुमजीजनत् ।
धिषणायां वेदशिरो देवलं वयुनं मनुम् ॥ २० ॥
कुशाश्वकी पत्नी अर्चिबाट धूम्रकेशको जन्म भयो र धिषणाबाट चार छोरा भए जुन देवशिरा, देवल, वयुन र वयु हुन ।।२०।।
तार्क्ष्यस्य विनता कद्रूः पतङ्गी यामिनीति च ।
पतङ्ग्यसूत पतगान् यामिनी शलभानथ ॥ २१ ॥
ताक्र्षनामका कस्यपकी चार पत्नीहरू विनिता, कद्रू, पतङ्गी र यामिनी हुन । पतङ्गीबाट पक्षीहरू र यामिनीबाट सलहको जन्म भयो ।।२१।।
सुपर्णासूत गरुडं साक्षाद् यज्ञेशवाहनम् ।
सूर्यसूतमनूरुं च कद्रूर्नागान् अनेकशः ॥ २२ ॥
विनताको छोरा गरुड भए, उनी भगवान् विष्णुका वाहन हुन । विनताकी अर्को छोरोको नाम अरुण हो जुन भगवान् सूर्यको सारथि हो । कद्रुबाट अनेकौं नाग उत्पन्न भए ।।२२।।
कृत्तिकादीनि नक्षत्राणि इन्दोः पत्न्यस्तु भारत
दक्षशापात्सोऽनपत्यः तासु यक्ष्मग्रहार्दितः ॥ २३ ॥
परीक्षित् ! कृत्तिकादि सत्ताईस नक्षत्रका अभिमानी देवीहरू चन्द्रमाकी पत्नी हुन । रोहिणीलाई बढि माया गरेका कारण दक्षले चन्द्रमालाई श्राप दिएका थिए । जसले गर्दा उनलाई क्षयरोग लाग्यो । उनका कुनै सन्तान भएनन ।।२३।।
पुनः प्रसाद्य तं सोमः कला लेभे क्षये दिताः ।
शृणु नामानि लोकानां मातॄणां शङ्कराणि च ॥ २४ ॥
अथ कश्यपपत्नीनां यत्प्रसूतमिदं जगत् ।
अदितिर्दितिर्दनुः काष्ठा अरिष्टा सुरसा इला ॥ २५ ॥
मुनिः क्रोधवशा ताम्रा सुरभिः सरमा तिमिः ।
तिमेर्यादोगणा आसन् श्वापदाः सरमासुताः ॥ २६ ॥
उनले दक्षलाई फेरी प्रसन्न गराएर कृष्णपक्षको क्षीण भएको कलालाई शुक्लपक्षमा पुर्णहुने बर प्राप्त गरे । तर पनि उनको सन्तान भएनन । अब तिमी कस्यप पत्नीका मंगलमय नाम सुन । उनी लोकमाता हुन । उनी बाटै यो सबै सृष्टि भयो । उनीहरूको नाम अदिति, दिति, दनु, काष्ठा, अरिष्टा, सुरसा, इला, मुनि, क्रोधवशा, ताम्रा, सुरभि, सरमा र तिमि हुन । इनमा तिमिका सन्तान जलचर जन्तु र सरमाको बाघ आदि जन्तुहरू भए ।। २४।२६।।
सुरभेर्महिषा गावो ये चान्ये द्विशफा नृप ।
ताम्रायाः श्येनगृध्राद्या मुनेरप्सरसां गणाः ॥ २७ ॥
सुरभिका छोराहरू भैसी, गाई आदि दुइ खुर भएका पशु हुन । ताम्राकी सन्तानमा वाज, गीद्ध आदि सीकारी पक्षी हुन । मुनि नामकी पत्नीबाट अप्सराहरू भए ।।२७।।
दन्दशूकादयः सर्पा राजन् क्रोधवशात्मजाः ।
इलाया भूरुहाः सर्वे यातुधानाश्च सौरसाः ॥ २८ ॥
क्रोधवशाको सर्प, विच्छी अदि विष भएका जीव हुन । इलाबाट वृक्ष लता, आदि वनस्पतिहरू भए । सुरसाबाट यातुधान (राक्षस) भए ।।२८।।
अरिष्टायास्तु गन्धर्वाः काष्ठाया द्विशफेतराः ।
सुता दनोरेकषष्टिः तेषां प्राधानिकान् श्रृणु ॥ २९ ॥
अरिष्टाबाट गन्धर्व र काष्टाबाट घोडाआदि एक खुर भएका पशु उत्पन्न भए । दनुका एकसठी छोरा भए जसमा मुख्य मुख्य नाम यस प्रकार छ ।।२९।।
द्विमूर्धा शम्बरोऽरिष्टो हयग्रीवो विभावसुः ।
अयोमुखः शङ्कुशिराः स्वर्भानुः कपिलोऽरुणः ॥ ३० ॥
पुलोमा वृषपर्वा च एकचक्रोऽनुतापनः ।
धूम्रकेशो विरूपाक्षो विप्रचित्तिश्च दुर्जयः ॥ ३१ ॥
द्विमूर्धा, शम्बर, अरिष्ट, हयग्रीव, विभावसु, अयोमुख, शङ्कुशिरा, स्वर्भानु, कपिल, अरुण, पुलोम, वृषपर्वा, एकचक्र, अनुतापन, धुम्रकेश, विरूपाक्ष, विप्रचित्ति र दुर्जय हुन ।।३०।३१।।
स्वर्भानोः सुप्रभां कन्यां उवाह नमुचिः किल ।
वृषपर्वणस्तु शर्मिष्ठां ययातिर्नाहुषो बली ॥ ३२ ॥
स्वर्भानुकी कन्या सुप्रभासंग नमुचिले र वृषपर्वाकी छोरी शर्मिष्ठासंग महाबली नहुषका छोरा ययातिले विवाह गरे ।।३२।।
वैश्वानरसुता याश्च चतस्रश्चारुदर्शनाः ।
उपदानवी हयशिरा पुलोमा कालका तथा ॥ ३३ ॥
वैश्वानरकी चारवोटि छोरीहरू थिए । उनीहरूको नाम उपदानवी, हयशिरा, पुलोमा र कालका थियो ।।३३।।
उपदानवीं हिरण्याक्षः क्रतुर्हयशिरां नृप ।
पुलोमां कालकां च द्वे वैश्वानरसुते तु कः ॥ ३४ ॥
उपयेमेऽथ भगवान् कश्यपो ब्रह्मचोदितः ।
पौलोमाः कालकेयाश्च दानवा युद्धशालिनः ॥ ३५ ॥
तयोः षष्टिसहस्राणि यज्ञघ्नांस्ते पितुः पिता ।
जघान स्वर्गतो राजन् एक इन्द्रप्रियङ्करः ॥ ३६ ॥
यी मद्धे उपदानवीको हिराण्याक्षसंग र हयशिराको क्रतुसंग विवाह भयो । ब्रम्हाजीको आज्ञाले प्रजापति भगवान् कश्यपले नै वैश्वानरकी अरु दुई छोरी पुलोमा र कालकेयका साथ विवाह गरे । उनीबाट पौलोम र कालकेय नामका साठीहजार रणवीर दानव भए । यिनको अर्को नाम निवात कवच थियो । उनीहरू यज्ञ कर्ममा बाधा पुर्याउँदथे । त्यसैले परीक्षित ! इन्द्रलाई प्रसन्न गराउँनका लागि तिम्रा बाजे अर्जुनले उनीहरूलाई मारे । यो त्यस बेलाको कुरा थियो जतिबेला अर्जुन स्वर्ग गएका थिए ।।३४।३६।।
विप्रचित्तिः सिंहिकायां शतं चैकमजीजनत् ।
राहुज्येष्ठं केतुशतं ग्रहत्वं य उपागताः ॥ ३७ ॥
विप्रचित्तिकी छोरी सिंहिकाको गर्भबाट एकसय एक छोराहरू उत्पन्न भए । तिमद्धे जेठो राहु थियो । जसको गणना ग्रहमा भयो अरु बाँकी छोराको नाम केतु थियो ।।३७।।
अथातः श्रूयतां वंशो योऽदितेरनुपूर्वशः ।
यत्र नारायणो देवः स्वांशेनावातरद् विभुः ॥ ३८ ॥
परीक्षित ! अब क्रमशः अदितिको वंश परम्परा सुन । यस वंशमा सर्वव्यापक देवाधिदेव नारायणले आफ्नो अंशले वामनरूपमा अवतार लिनु भएको थियो ।।३८।।
विवस्वान् अर्यमा पूषा त्वष्टाथ सविता भगः ।
धाता विधाता वरुणो मित्रः शत्रु उरुक्रमः ॥ ३९ ॥
अदितिका छोराहरूयस प्रकार थिए, विबश्वान्, अर्यमा, पुषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इन्द्र, र (त्रिविक्रम–वामन) यिनीहरू बाह्रआदित्य भए ।।३९।।
विवस्वतः श्राद्धदेवं संज्ञासूयत वै मनुम् ।
मिथुनं च महाभागा यमं देवं यमीं तथा ।
सैव भूत्वाथ वडवा नासत्यौ सुषुवे भुवि ॥ ४० ॥
विवश्वानकी भार्या महाभाग्यवती संज्ञाको गर्भबाट श्राद्धदेव (वैवश्वत) मनु भए । एवं यमुना र यमराज पनि यिनीबाटै पैदा भए । संज्ञाले नै घोडीका रूप धारण गरेर भगवान् सूर्यद्वारा भूलोकमा दुई अश्विनीकुमारको जन्मको जन्म दिइन ।।४०।।
छाया शनैश्चरं लेभे सावर्णिं च मनुं ततः ।
कन्यां च तपतीं या वै वव्रे संवरणं पतिम् ॥ ४१ ॥
विवश्वानकी अर्की पत्नी छाया थिइन उनले शनैश्चर र सावर्णि मनु नामका दुई छोरा तथा तपती नामकी एक छोरी उत्पन्न गरिन । तपतीले सम्बरणसंग विवाह गरिन ।।४१।।
अर्यम्णो मातृका पत्नी तयोश्चर्षणयः सुताः ।
यत्र वै मानुषी जातिः ब्रह्मणा चोपकल्पिता ॥ ४२ ॥
अर्यमाकी पत्नी मातृकाको गर्भबाट चर्षणी नामको छोरो भयो । उनी कर्तव्य अकर्तव्य ज्ञानले युक्त थिए । यसैले ब्रम्हाजीले उनैको अधारमा मनुष्यजाति–ब्राम्हणादि वर्गको कल्पना गरे ।।४२।।
पूषानपत्यः पिष्टादो भग्नदन्तोऽभवत् पुरा ।
योऽसौ दक्षाय कुपितं जहास विवृतद्विजः ॥ ४३ ॥
पुषाको कुनै सन्तान भएनन । प्रचाीन कालमा शिवजी दक्षसंग रिसाएका बखतमा पुषा दाँत देखाएर हाँसेका थिए, त्यसैले वीरभद्रले उनको दाँत भाचेका थिए । त्यसैले पुषाले पिनेको अन्न मात्र खान्छन ।।४३।।
त्वष्टुर्दैत्यात्मजा भार्या रचना नाम कन्यका ।
सन्निवेशस्तयोर्जज्ञे विश्वरूपश्च वीर्यवान् ॥ ४४ ॥
दैत्यकी सानी बहिनी कुमारी रचना त्वष्टकी पत्नी थिइन । रचनाको गर्भबाट दुई छोरा भए सनिवेश र अर्का पराक्रमी विश्वरूप भए ।।४४।।
तं वव्रिरे सुरगणा स्वस्रीयं द्विषतामपि ।
विमतेन परित्यक्ता गुरुणाङ्गिरसेन यत् ॥ ४५ ॥
यस प्रकार विश्वरूप यद्यपि देवताका सत्रुहरूका भान्जा थिए तापनि देवगुरु वृहस्पतिले इन्द्रबाट अपमानित भएर देवताहरूलाई परित्याग गरिदिए । त्यसपछि देवताहरूले उनलाई आफ्नो पुरोहित बनाए ।।४५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
षष्ठस्कन्धे षष्ठोऽध्यायः ॥ ६ ॥