श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – त्रिंशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
अन्तर्हिते भगवति सहसैव व्रजाङ्गनाः ।
अतप्यंस्तमचक्षाणाः करिण्य इव यूथपम् ॥१॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे राजन ! भगवान श्रीकृष्ण त्यहाँबाट अन्तर्दान हुनु भएपछि हात्ती नहुँदा हात्तीनीको वियोग भए झैं गोपिनीहरूको पनि धेरै दुःखी भए ।।१।।
(मिश्र)
गत्यानुरागस्मितविभ्रमेक्षितै–
र्मनोरमालापविहारविभ्रमैः ।
आक्षिप्तचित्ताः प्रमदा रमापते–
स्तास्ता विचेष्टा जगृहुस्तदात्मिकाः ॥२॥
श्रीकृष्णको प्रेमले भरिएको मुस्कान चन्चल हेराई हाउभाउ पूर्ण बोलीचाली र अनेकौं क्रीडाले गर्दा गोपिनीहरूले लक्ष्मीका पति श्रीकृष्णको अनुकरण गर्न लागे ।।२।।
गतिस्मितप्रेक्षणभाषणादिषु
प्रियाः प्रियस्य प्रतिरूढमूर्तयः ।
असावहं त्वित्यबलास्तदात्मिका
न्यवेदिषुः कृष्णविहारविभ्रमाः ॥३॥
उनीहरूले श्रीकृष्ण हिँडेको, हेरेको, बोलेको आदि सबै कुराको अनुकरण गरेर आफूलाई म नै कृष्ण हुँ भनेर भन्न थाले ।।३।।
गायन्त्य उच्चैरमुमेव संहता
विचिक्युरुन्मत्तकवद् वनाद् वनम् ।
पप्रच्छुराकाशवदन्तरं बहि–
र्भूतेषु सन्तं पुरुषं वनस्पतीन् ॥४॥
उनीहरू एकआसमा मिलेर ठूलो स्वरले गीतहरु गाउँदै वन वनमा श्रीकृष्णलाई खोज्न थाले उनीहरुले त्यहाँ भएका रुख बोट बिरुवा सबैलाई सोध्न थाले किनकि श्री कृष्ण सबका हृदयमा बास गर्नुहुन्छ ।।४।।
(अनुष्टुप्)
दृष्टो वः कच्चिदश्वत्थ प्लक्ष न्यग्रोध नो मनः ।
नन्दसूनुर्गतो हृत्वा प्रेमहासावलोकनैः ॥५॥
गोपिनीहरूले बोट बिरुवाहरूको नजिक गएर सोधेर भन्न, थाले हे बर पिपल ! तिमीहरुले हाम्रो प्रेमपूर्ण हाँसो र हेराईले हाम्रो मनलाई चोर्ने नन्दपुत्र कृष्णलाई देख्यौ कि ?।।५।।
कच्चित् कुरबकाशोकनागपुन्नागचम्पकाः ।
रामानुजो मानिनीनाममितो दर्पहरस्मितः ॥६॥
हे कुरबक, अशोक, नाग, पुन्नाग र चम्पकहरू हामी घमण्डीहरूको घमण्डलाई तोड्ने कृष्णलाई तिमीहरुले यता कतै देख्यौ कि ?।।६।।
कच्चित्तुलसि कल्याणि गोविन्दचरणप्रिये ।
सह त्वालिकुलैर्बिभ्रद् दृष्टस्तेऽतिप्रियोऽच्युतः ॥७॥
हे तुलसी ! तिमीहरूको हृदय यहाँ धेरै कोमल छ उहाँ भगवान श्रीकृष्ण तिमीहरूलाई धेरै प्रेम गर्नुहुन्छ के तिमीहरुले हाम्रा प्रियतम श्याम सुन्दर यताबाट जानुभएको देख्यौ ? ।।७।।
मालत्यदर्शि वः कच्चिन्मल्लिके जाति यूथिके ।
प्रीतिं वो जनयन् यातः करस्पर्शेन माधवः ॥८॥
हे बेली चमेली जाई जुई ! भगवान श्रीकृष्णले तिमीहरुलाई स्पर्श गर्दै यताबाट गइरहेको देख्यौ ? ।।८।।
(वसंततिलका)
चूतप्रियालपनसासनकोविदार–
जम्ब्वर्कबिल्वबकुलाम्रकदम्बनीपाः ।
येऽन्ये परार्थभवका यमुनोपकूलाः
शंसन्तु कृष्णपदवीं रहितात्मनां नः ॥९॥
हे आप, कटहर, विजयशाल, कोइराला, जाम र अन्य प्रजातिका कदमहरु त्यस्तै अरु प्रजातिका बिरुवाहरूलेपनि भगवान श्रीकृष्ण कता जानुभएको छ हामीलाई बताउन ।।९।।
किं ते कृतं क्षिति तपो बत केशवाङ्घ्रि–
स्पर्शोत्सवोत्पुलकिताङ्गरुहैर्विभासि ।
अप्यङ्घ्रिसम्भव उरुक्रमविक्रमाद् वा
आहो वराहवपुषः परिरम्भणेन ॥१०॥
हे भगवानकी प्रिय पृथ्वी तिमीले त्यस्तो कुन खालको तपस्या गर्यौ ? जसले गर्दा श्रीकृष्णको चरण स्पर्श प्राप्त गरेर आनन्दले मग्न भएकी छौ । हे लता लहराहरु र रुखले आफ्नो रोमाञ्चललाई प्रकट गरिरहेकी छेउ भगवान श्रीकृष्ण भर्खर यही बाटो भएर जानु भएकोले तिमीलाई यो खुसी प्राप्त भएको हुनसक्छ अथवा वामन भगवानको चरणले नाप्नाले हो अथवा बराह भगवानको आलिङ्गनको कारणले हो ।।१०।।
अप्येणपत्न्यु पगतः प्रिययेह गात्रै–
स्तन्वन् दृशां सखि सुनिर्वृतिमच्युतो वः ।
कान्ताङ्गसङ्गकुचकुङ्कुमरञ्जितायाः
कुन्दस्रजः कुलपतेरिह वाति गन्धः ॥११॥
हे सखी हरिणी ! हाम्रा भगवान श्रीकृष्णको अङ्ग प्रत्यङ्गको सौन्दर्यद्वारा तिम्रो आँखालाई आनन्द तुल्याउँदै आफ्नो प्रियाको साथमा यही बाटो भएर जानुभएको थियो कि किनकि हेर त गोपिनीहरूका कुलनन्दन श्रीकृष्णले लगाएको तुलसीको माला को सुगन्ध फैलिएको छ ।।११।।
बाहुं प्रियांस उपधाय गृहीतपद्मो
रामानुजस्तुलसिकालिकुलैर्मदान्धैः ।
अन्वीयमान इह वस्तरवः प्रणामं
किं वाभिनन्दति चरन् प्रणयावलोकैः ॥१२॥
हे वृक्षहरू ! एउटा हातमा कृडाका लागि कमल अर्को हात पियारीको काँधमा राखेर आफ्नो तुलसी मालामा मग्न भएर झुम्मिने भमराहरूको पछाडि लागिरहनु भएका श्रीकृष्ण यो बाटो जानुभएको देख्यौ ? तिमीहरूले प्रेमपूर्ण दृष्टिले बन्दना गर्दा उहाँले अभिनन्दन गर्नुभएको थियो ।।१२।।
(अनुष्टुप्)
पृच्छतेमा लता बाहूनप्याश्लिष्टा वनस्पतेः ।
नूनं तत्करजस्पृष्टा बिभ्रत्युत्पुलकान्यहो ॥१३॥
अर्की साथीले भनी– यी लहराहरूलाई सोध यिनीहरु आफ्ना पति वृक्षलाई आफ्ना हातले अँगालो हालेर राखिरहेका छन् यिनीहरुलाई श्रीकृष्ण भगवानको स्पर्शले गर्दा अवश्य पनि आनन्द भएको हुनुपर्दछ यिनीहरूको शरीरमा रोमान्च भएको छ यो उनीहरूको सौभाग्य हो ।।१३।।
इत्युन्मत्तवचोगोप्यः कृष्णान्वेषणकातराः ।
लीला भगवतस्तास्ता ह्यनुचक्रुस्तदात्मिकाः ॥१४॥
हे परीक्षित ! यसप्रकार भगवान श्रीकृष्णको खोजीमा व्याकुल भएका गोपिनीहरूले उहाँलाई खोज्दै खोज्दै पागल जस्ता भइरहेका थिए । त्यही भएर उनीहरुले भगवानका विभिन्न लीलाहरूको अनुकरण गर्न लागे ।।१४।।
कस्याचित् पूतनायन्त्याः कृष्णायन्त्यपिबत् स्तनम् ।
तोकयित्वा रुदत्यन्या पदाहञ्छकटायतीम् ॥१५॥
एउटी साथी पुतना बनेर, अर्की श्रीकृष्ण बनेर उसलाई दूध चुसाउन थाली । त्यसैगरी एउटी गाढा बनेर अर्को श्रीकृष्ण बनेर गाढालाई खुट्टाले हिर्काएर पल्टाइदिई ।।१५।।
दैत्यायित्वा जहारान्यामेका कृष्णार्भभावनाम् ।
रिङ्गयामास काप्यङ्घ्री कर्षन्ती घोषनिःस्वनैः ॥१६॥
कुनै चाहिँ बालकृष्ण बनेर र अर्की तृणावर्त दैत्य को रूप लिएर उसलाई उडाएर लगि । यसैगरी अर्की कुनै पाउजेबको झमझम आवाज निकालेर नाच्न थाली ।।१६।।
कृष्णरामायिते द्वे तु गोपायन्त्यश्च काश्चन ।
वत्सायतीं हन्ति चान्या तत्रैका तु बकायतीम् ॥१७॥
कोही गोपिनी श्रीकृष्ण बलराम बने भने कोही गोप बालक बने । त्यसैगरी एउटी बत्सासुर र अर्की बकासुर बनेर एक अर्कालाई मारेझैँ गरे ॥१७॥
आहूय दूरगा यद्वत् कृष्णस्तमनुवर्ततीम् ।
वेणुं क्वणन्तीं क्रीडन्तीमन्याः शंसन्ति साध्विति ॥१८॥
कोही गोपिनी कृष्णले गाई चराउँदा टाढा टाढा पुगेर बाँसुरी बजाएर खेले झैँ गरी खेल्न थाली भने अरु गोपीले चाहिँ वाह वाह गरेर उनको प्रशंसा गर्न लागे ॥१८॥
कस्याञ्चित् स्वभुजं न्यस्य चलन्त्याहापरा ननु ।
कृष्णोऽहं पश्यत गतिं ललितामिति तन्मनाः ॥१९॥
एउटी गोपनीले अर्की गोपिनीको काँधमा हात अड्याएर श्रीकृष्णको चाल झैँ गरेर हिँडेर भन्न लागि हेर म कृष्ण हुँ । तिमीहरुले मेरो मनोहर चाललाई हेर भन्न लागि ।।१९।।
मा भैष्ट वातवर्षाभ्यां तत्त्राणं विहितं मय ।
इत्युक्त्वैकेन हस्तेन यतन्त्युन्निदधेऽम्बरम् ॥२०॥
अर्की गोपिनीले भनि हेर साथीहरु तिमीहरु हावा र पानी आँधीले डराउनु पर्दैन किनकि मैले त्यसको उपाय गरिसकेको छु । यसो भन्दा अर्की गोपिनीले गोवर्धन उठाए जस्तै गरी आफ्नो हातको पछ्यौरालाई माथि उठाई ।।२०।।
आरुह्यैका पदाऽऽक्रम्य शिरस्याहापरां नृप ।
दुष्टाहे गच्छ जातोऽहं खलानां ननु दण्डधृक् ॥२१॥
हे परीक्षित ! एउटी गोपिनी अर्को गोपिनीको शिरमा चढेर कालीयनाग जस्तै गरी यो दुष्ट नागलाई दण्ड दिनको लागि प्रकट भएको हुँ भन्नथाली ।।२१।।
तत्रैकोवाच हे गोपा दावाग्निं पश्यतोल्बणम् ।
चक्षूंष्याश्वपिदध्वं वो विधास्ये क्षेममञ्जसा ॥२२॥
यसैगरी अर्की गोपिनीले भन्न लागी हे ग्वालाहरु ! हेर यो वनमा ठूलो आगो लागेको छ म तिमीहरुको छिट्टै उद्धार गर्नेछु ।।२२।।
बद्धान्यया स्रजा काचित्तन्वी तत्र उलूखले ।
भीता सुदृक् पिधायास्यं भेजे भीतिविडम्बनम् ॥२३॥
यसैगरी एउटी गोपिनीले यशोदाले श्रीकृष्णलाई ओखलमा बाँधिए जस्तै गरी बाँधिदिन् । र अर्की गोपीले डराए जस्तो गरेर आफ्नो दुवै आँखालाई छोपेर अभिनय गर्न थालिन् ।।२३।।
एवं कृष्णं पृच्छमाना वृन्दावनलतास्तरून् ।
व्यचक्षत वनोद्देशे पदानि परमात्मनः ॥२४॥
यस प्रकार लीला गरेर गोपिनीहरू फेरि वृन्दावनमा रुख लहरालाई श्रीकृष्णको बारेमा सोध्न लागे त्यही बेलामा उनले त्यहाँ भगवान श्रीकृष्णको चरण चिन्हलाई देखे ।।२४।।
पदानि व्यक्तमेतानि नन्दसूनोर्महात्मनः ।
लक्ष्यन्ते हि ध्वजाम्भोज वज्राङ्कुशयवादिभिः ॥२५॥
चरण चिन्हलाई देखेर उनीहरूले भन्न थाले यो अवश्य पनि नन्दपुत्र श्रीकृष्णका चरण हुन् । किनकि स्पष्टै जौ ध्वजा र अंकुशको चिन्ह देखिन्छ ।।२५।।
तैस्तैः पदैस्तत्पदवीमन्विच्छन्त्योऽग्रतोऽबलाः ।
वध्वाः पदैः सुपृक्तानि विलोक्यार्ताः समब्रुवन् ॥२६॥
यसरी त्यो चरण चिन्हलाई खोज्दै अलि पर पुग्दा उनीहरुले कुनै स्त्रीको चरण चिन्हलाई देखेर उनीहरु एक आपसमा व्याकुल भएर बन्न थाले ।।२६।।
कस्याः पदानि चैतानि याताया नन्दसूनुना ।
अंसन्यस्तप्रकोष्ठायाः करेणोः करिणा यथा ॥२७॥
अहो यी कुन चाहिँ भाग्यमानी महिला होलिन जसरी गजराजको साथीमा हात्ती हिँड्छिन् त्यसैगरी नन्द नन्दन श्रीकृष्णका काँधमा हात राखेर यी हिँडेकी छिन् ।।२७।।
अनयाऽऽराधितो नूनं भगवान् हरिरीश्वरः ।
यन्नो विहाय गोविन्दः प्रीतो यामनयद् रहः ॥२८॥
निश्चय नै यिनले सर्वसामर्थ श्रीकृष्णलाई प्रसन्न पारेकी हुनुपर्छ त्यही भएर नै भगवान गोविन्दले हामीलाई छाडेर यिनीसँग एकान्तमा लाग्नुभयो ।।२८।।
धन्या अहो अमी आल्यो गोविन्दाङ्घ्र्यब्जरेणवः ।
यान् ब्रह्मेशौ रमा देवी दधुर्मूर्ध्न्यघनुत्तये ॥२९॥
हेर साथीहरू ! भगवान श्रीकृष्णको चरण कमलबाट निस्कने धुलो पनि धन्य छ । किनभने भगवान शंकर र लक्ष्मीदेवीले पनि आफ्नो पाप नष्ट गर्नको लागि आफ्ना शिरमा यिनैलाई धारण गर्नुभयो ।।२९।।
तस्या अमूनि नः क्षोभं कुर्वन्त्युच्चैः पदानि यत् ।
यैकापहृत्य गोपीनां रहो भुङ्क्तेऽच्युताधरम् ॥३०॥
अर्की गोपिनीले भनी, जे होस् कामिनीको यो चरण चिन्हले हाम्रो चित्तमा ठूलो तहल्का मच्चायो । किनकि यसले हाम्रा सर्वस्य श्रीकृष्णलाई एक्लै लगेर अधरामृतको पान गरिरहेकी छिन् ।।३०।।
न लक्ष्यन्ते पदान्यत्र तस्या नूनं तृणाङ्कुरैः ।
खिद्यत्सुजाताङ्घ्रितलामुन्निन्ये प्रेयसीं प्रियः ॥३१॥
उनीहरू यसो भन्दै अगाडि बढ्दा त्यो पाइलालाई देख्न सकेनन् र फेरि भन्न लागे अब यहाँ ती कामिनीका पाइला पनि देखिँदैन । घाँसको टुक्राले आफ्नो प्यारो सुकुमार चरणलाई कष्ट हुन लागेको देख्दा भगवानले उसलाई काँधमा हालेर बोक्नु भएको जस्तो लाग्छ ॥३१॥
इमान्यधिकमग्नानि पदानि वहतो वधूम् ।
गोप्यः पश्यत कृष्णस्य भाराक्रान्तस्य कामिनः ॥३२॥
अत्रावरोपिता कान्ता पुष्पहेतोर्महात्मना ।
अत्र प्रसूनावचयः प्रियार्थे प्रेयसा कृतः ।
प्रपदाक्रमणे एते पश्यतासकले पदे ॥३३॥
हेर साथी ! यहाँ त भगवान श्रीकृष्णको चरण चिन्ह धेरै गहिरो छ बालुवामा धसिएको जस्तो छ यसबाट के थाहा हुन्छ भने उहाँ कुनै ठूलो वस्तुलाई उठाएर लिएर जाँदै हुनुहुन्छ त्यसैको बोझले गर्दाखेरि उहाँको पैताला जमिनमा धसिन गएको जस्तो छ अथवा त्यो कामिनीलाई नै काँधमा हालेर लिएर जानुभएको हो कि जस्तो छ ।।३२।।
केशप्रसाधनं त्वत्र कामिन्याः कामिना कृतम् ।
तानि चूडयता कान्तामुपविष्टमिह ध्रुवम् ॥३४॥
उदार दिल भएका श्रीकृष्णले फूल टिप्नको लागि आफ्नी प्रेयसीलाई यहाँ रोक्नु भएको जस्तो छ । उहाँ टिपिएका फूलहरु आफ्नो प्रियसीको काँधमा घुसार्नको लागि नै यहाँ बसेको हुनुपर्दछ ।।३४।।
रेमे तया चात्मरत आत्मारामोऽप्यखण्डितः ।
कामिनां दर्शयन् दैन्यं स्त्रीणां चैव दुरात्मताम् ॥३५॥
हे परीक्षित ! कतै भगवान श्री कृष्ण आफै खेल्दै रुनुहुन्छ र आफैमा रमाउँदै हुनुहुन्छ । उहाँ सबै प्रकारको आसक्तिबाट पर हुनुहुन्छ । भने कामी पुरुषले झैँ कसरी स्त्रीको अभिनय गर्नुहुन्छ र देखाउनको लागि नै उहाँले गोपिनीसँग कृडा गर्नुभएको हो ।।३५।।
इत्येवं दर्शयन्त्यस्ताश्चेरुर्गोप्यो विचेतसः ।
यां गोपीमनयत् कृष्णो विहायान्याः स्त्रियो वने ॥३६॥
सा च मेने तदाऽऽत्मानं वरिष्ठं सर्वयोषिताम् ।
हित्वा गोपीः कामयाना मामसौ भजते प्रियः ॥३७॥
यसरी गोपिनी हरू अचेत भएर भगवान श्रीकृष्णको चरण लाई हेर्दै वन वनमा घुम्न थाले । श्रीकृष्णले सबै गोपिनीहरूलाई वनमा छाडेर जसलाई एकान्तमा आफूसँग लैजान भएको थियो । उनीहरूको मनमा म अरु गोपेनी भन्दा सर्वश्रेष्ठ हुँ । त्यसैले ममाथि भगवानको अनुराग भएको छ अरु गोपिनीलाई छाडेर मलाई मात्र भगवानले प्रेम गर्नुभएको हो भन्ने विचार गर्न थाले र आफूलाई श्रेष्ठ ठानी ।।३६,३७।।
ततो गत्वा वनोद्देशं दृप्ता केशवमब्रवीत् ।
न पारयेऽहं चलितुं नय मां यत्र ते मनः ॥३८॥
यसरी प्रेम र सौभाग्य कारणले भगवान श्रीकृष्णलाई भने हे प्रभु ! अब म हिँड्न सक्दिन तपाईंले जहाँ लाने हो मलाई आफ्नो काँधमा हालेर लैजानुहोस् ।।३८।।
एवमुक्तः प्रियामाह स्कन्ध आरुह्यतामिति ।
ततश्चान्तर्दधे कृष्णः सा वधूरन्वतप्यत ॥३९॥
उनको कुरा सुनेर भगवानले भन्नुभयो हे प्यारी ! तिमी मेरो काँधमा चढ, जब ती गोपिनी भगवानको काँधमा चढ्न तयार भइन् त्यतिबेला भगवान त्यहाँ बाट गायब भइदिनुभयो । यो देखेर त्यो कामनी पश्चाताप गरेर भन्न लागी ।।३९।।
हा नाथ रमण प्रेष्ठ क्वासि क्वासि महाभुज ।
दास्यास्ते कृपणाया मे सखे दर्शय सन्निधिम् ॥४०॥
हे नाथ ! हे प्रियतम ! हे महाबाहु ! म तपाईँकै दिनदासी हुँ । तपाईं मलाई छोडेर कहाँ जानुभयो अब छिटै आएर मलाई दर्शन दिनुहोस ।।४०।।
अन्विच्छन्त्यो भगवतो मार्गं गोप्योऽविदूरितः ।
ददृशुः प्रियविश्लेषमोहितां दुःखितां सखीम् ॥४१॥
यता भगवानको चरण चिन्हलाई पछ्याउँदै हिँडिरहेका गोपिनीहरू त्यही बाटो भएर त्यहाँ आइपुगे । र आफ्ना प्रियतमको वियोगले दुःखी भएर आकुल व्याकुल भएर रोइरहेकी ती साथी लाई देखे ।।४१।।
तया कथितमाकर्ण्य मानप्राप्तिं च माधवात् ।
अवमानं च दौरात्म्याद् विस्मयं परमं ययुः ॥४२॥
भगवान श्री कृष्णबाट आफूलाई अत्यन्त प्रेममय सम्मान मिलेको तर आफ्नै कुटीलताका कारण भगवानले आफूलाई छोडेर गएको कुरा सुनेर सबै गोपिनी हरू धेरै आश्चर्यमा परे ।।४२।।
ततोऽविशन् वनं चन्द्रज्योत्स्ना यावद् विभाव्यते ।
तमः प्रविष्टमालक्ष्य ततो निववृतुः स्त्रियः ॥४३॥
गोपिनीहरू त्यहाँबाट हिँड्दै जाँदा जहाँसम्म चन्द्रमाको उज्यालो थियो त्यहाँसम्म हिँडिरहे र त्यहाँबाट अन्धकार भएको देखेर उनीहरु त्यहाँबाट फर्के ।।४३।।
तन्मनस्कास्तदलापास्तद्विचेष्टास्तदात्मिकाः ।
तद्गुसणानेव गायन्त्यो नात्मगाराणि सस्मरुः ॥४४॥
गोपिनीहरूको मन श्रीकृष्णमै लागिरहेको थियो । उनीहरू श्रीकृष्णकै चर्चा र लिला गान गाइरहेका कारणले उनीहरुले आफू र आफ्ना परिवारलाई पनि सम्झना गरेनन ।।४४।।
पुनः पुलिनमागत्य कालिन्द्याः कृष्णभावनाः ।
समवेता जगुः कृष्णं तदागमनकाङ्क्षिताः ॥४५॥
गोपिनीहरूको भाव श्रीकृष्णमय भएको थियो । त्यसैले उनीहरू यमुनाको तिरमा आएर उहाँलाई पर्खिरहेका थिए । त्यही बेलामा उनीहरूले श्रीकृष्णको लीलाहरू गाउन लागे ।।४५।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे त्रिंशोऽध्यायः ॥३०॥