#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

नवमः स्कंधः - तृतीयोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
नवमः स्कंधः - तृतीयोऽध्यायः


श्रीशुक उवाच ।
शर्यातिर्मानवो राजा ब्रह्मिष्ठः स बभूव ह ।
यो वा अंगिरसां सत्रे द्वितीयमह ऊचिवान् ॥ १ ॥

शुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित ! मनुका छोरा राजा सर्याति ब्रह्मज्ञानी थिए । उनले आफ्नो यज्ञमा अंगिरा गोत्रका ऋषिलाई यज्ञको दोश्रो दिनको काम बताएका थिए ।।१।।

सुकन्या नाम तस्यासीत् कन्या कमललोचना ।
तया सार्धं वनगतो ह्यगमच्च्यवनाश्रमम् ॥ २ ॥

राजा सर्यातिका एक कमलनयनी छोरी थिइन् जसको नाम सुकन्या थियो । एक दिन राजा शर्याति आफ्नी छोरीलाई लिएर जंगलमा घुम्दै जाँदा ऋषि च्यवनको आश्रममा पुगे ।।२।।

सा सखीभिः परिवृता विचिन्वन्त्यङ्घ्रिपान् वने ।
वल्मीकरन्ध्रे ददृशे खद्योते इव ज्योतिषी ॥ ३ ॥

सुकन्या आफ्नो साथीहरूसँग जंगलका शोभा हेर्दै घुमिरहेका बखत उने एउटा धमिराको गुंढ लगाएको ढिस्कोको सानु प्वालमा दुइवटा चम्किलो ज्योति देखिन् ।।३।। 

ते दैवचोदिता बाला ज्योतिषी कण्टकेन वै ।
अविध्यन्मुग्धभावेन सुस्रावासृक् ततो बहिः ॥ ४ ॥

दैवको प्रेरणाले गर्दा ती बालिकाले आफ्नो बाल्यकालको चंचलताको कारण एउटा काँडोले त्यो ज्योतिमा घोपिदिइन् जसले गर्दा त्यो ज्योतिबाट रगन बग्न थाल्यो ।।४।। 

शकृन्मूत्रनिरोधोऽभूत् सैनिकानां च तत्क्षणात् ।
राजर्षिस्तमुपालक्ष्य पुरुषान् विस्मितोऽब्रवीत् ॥ ५ ॥

त्यतिकैमा राजा सर्यातिका शैनिकहरुको पिसाब र शौच बन्द भयो । यो देखेर राजा आश्चर्य र चिन्तित हुँदै  आफ्ना सैनिकहरुलाई भने– ।।५।।

अप्यभद्रं न युष्माभिर्भार्गवस्य विचेष्टितम् ।
व्यक्तं केनापि नस्तस्य कृतमाश्रमदूषणम् ॥ ६ ॥

हेर, यहाँ महर्षि च्यवनजीको आश्रममा वहाँमा कसैले दुर्व्याहार गरेन ? यहाँ पक्कै पनि कसैले केही उत्पात गरे जस्तो लाग्दछ ।।६।। 

सुकन्या प्राह पितरं भीता किञ्चित् कृतं मया ।
द्वे ज्योतिषी अजानन्त्या निर्भिन्ने कण्टकेन वै ॥ ७ ॥

त्यसपछि सुकन्याले डराएर आफ् पितालाई भनिन्, ‘बाबा ! मैले पक्कै पनि केही अपराध गरेको छु । मैले अन्जानमा रुखको टोड्कामा रहेको दुइैवटा ज्योतिमा काँडाले घोचिदिएं ।।७।।

दुहितुस्तद् वचः श्रुत्वा शर्यातिर्जातसाध्वसः ।
मुनिं प्रसादयामास वल्मीकान्तर्हितं शनैः ॥ ८ ॥

छोरीको यस्तो कुरा सुनेर राजा सर्याति च्यवन ऋषि तपस्या गरि बसेको ठाँउमा पुगे त्यसपछि उनले ढिस्को भित्र बसेर तपस्य गरिरहेका च्यवनलाई प्रसन्न पार्न लागे ।।८।।

तद् अभिप्रायमाज्ञाय प्रादाद् दुहितरं मुनेः ।
कृच्छ्रान्मुक्तस्तमामन्त्र्य पुरं प्रायात् समाहितः ॥ ९ ॥

त्यसपछि च्यवन ऋषिको अभिप्राय बुझेर आफ्नी छोरी च्यवनलाई सुम्पे र  संकटबाट मुक्त भए अनि उनी आफ्नो राजधनीमा फर्के ।।९।। 

सुकन्या च्यवनं प्राप्य पतिं परमकोपनम् ।
प्रीणयामास चित्तज्ञा अप्रमत्तानुवृत्तिभिः ॥ १० ॥

यता सुकन्या पनि क्रोधित ऋषिलाई आफ्नो पति पाएर धेरै सावधानी पूर्वक उनको सेवा गर्न लागिन् । उनी आफ्नो पतिको भावना बुझेर सेवा गर्दथिन् ।।१०।।

कस्यचित् त्वथ कालस्य नासत्यावाश्रमागतौ ।
तौ पूजयित्वा प्रोवाच वयो मे दत्तमीश्वरौ ॥ ११ ॥

केही समयपछि उनको आश्राममा दुवै अश्विनीकुमार आश्रममा आए । च्यवन ऋषिले उनीहरुको यथोचित सत्कार गरेर भने–तिमिहरू दुवै सामर्थ्यवान छौ त्यसैले मलाई युवा अवस्थामा फर्काइदेउ ।।११॥

ग्रहं ग्रहीष्ये सोमस्य यज्ञे वामप्यसोमपोः ।
क्रियतां मे वयो रूपं प्रमदानां यदीप्सितम् ॥ १२ ॥

मेरो यौवन यस्तो बनाइदेउ कि मेरो रुप देखेर तरुनी केटीहरु मोहित होउन् ।  यसको बदलामा म तिमीलाई सोमरस पाउने अधिकार नभए पनि म यज्ञमा तिमीलाई यज्ञमा सोमरसको भाग दिन्छु ।।१२।।

बाढं इत्यूचतुर्विप्रमभिनन्द्य भिषक्तमौ ।
निमज्जतां भवानस्मिन् ह्रदे सिद्धविनिर्मिते ॥ १३ ॥

त्यसपछि वैद्य शिरोमणि अश्विनीकुमारले महर्षि च्यवनको कुरालाई स्वीकार गरेर उनलाई नमस्कार गर्दै भने, ’यो सिद्धहरूले बनाएको पोखरी हो अब तपाई यसमा स्नान गर्नुहोस् ।।१३।। 

इत्युक्त्वा जरया ग्रस्त देहो धमनिसन्ततः ।
ह्रदं प्रवेशितोऽश्विभ्यां वलीपलितविप्रियः ॥ १४ ॥

च्यवन मुनिको शरीरलाई वृद्धावस्थाले घेरेको थियो । उनी निकै कुरूप देखिन्थे किनभने उनको शरीरमा जताततै नशा बाहिर देखिन्थ्यो । चाउरी परेको छाला र पाकेको कपालले गर्दा धेरै कुरुप देखिन्थे । ती अश्विनीकुमार च्यवन ऋषिलाई साथैमा लिएर त्यो तलाउमा पसेर स्नान गराए ।।१४।।

पुरुषास्त्रय उत्तस्थुरपीच्या वनिताप्रियाः ।
पद्मस्रजः कुण्डलिनस्तुल्यरूपाः सुवाससः ॥ १५ ॥

त्यतिकैमा त्यस तलाउबाट सुन्दर रुप लिएर तीन पुरुष बाहिर निस्किए । उनीहरुले कमलको माला पहिरिएका थिए, कानमा कुण्डल लगाएका थिए जसले गर्दा उनीहरुको रुप युवतीलाई लठ्ठ पार्ने खालको थियो ।।१५।।

तान् निरीक्ष्य वरारोहा सरूपान् सूर्यवर्चसः ।
अजानती पतिं साध्वी अश्विनौ शरणं ययौ ॥ १६ ॥

यता ती परम ऋषिसुन्दरी सुकन्याले  सूर्यजस्तै तेजिला र सबैको एकै रुप देखेर आफ्नो पतिलाई चिन्न नसकी उनै अश्विनीकुमारको शरण लिइन् ।।१६।। 

दर्शयित्वा पतिं तस्यै पातिव्रत्येन तोषितौ ।
ऋषिमामन्त्र्य ययतुर्विमानेन त्रिविष्टपम् ॥ १७ ॥

अश्विनीकुमार पनि सुकन्याको पतिब्रता भक्तिबाट धेरै सन्तुष्ट भएका थिए त्यसैले आफ्नो पतिलाई चिनाइदिए र च्यवन ऋषिबाट अनुमति लिएर विमानामा चढेर स्वर्ग गए ।।१७।।

यक्ष्यमाणोऽथ शर्यातिश्च्यवनस्याश्रमं गतः ।
ददर्श दुहितुः पार्श्वे पुरुषं सूर्यवर्चसम् ॥ १८ ॥

केही समयपछि राजा शर्याति यज्ञ गर्ने इच्छा लिएर ऋषि च्यवनको आश्रममा आए । त्यहाँ उनले सूर्यजस्तै उज्यालो एकजना मानिस आफ्नी छोरी सुकन्याको छेउमा बसेको देखे ।।१८।। 

राजा दुहितरं प्राह कृतपादाभिवन्दनाम् ।
आशिषश्चाप्रयुञ्जानो नातिप्रीतिमना इव ॥ १९ ॥

त्यसैले आफ्नो स्वागत गर्न आएकी सुकन्यालाई राजा सर्यातिले आशिर्वाद दिएनन् । उनले अलि असन्तुष्टि जनाउँदै भने ।।१९।।

चिकीर्षितं ते किमिदं पतिस्त्वया
         प्रलम्भितो लोकनमस्कृतो मुनिः ।
यत् त्वं जराग्रस्तमसत्यसम्मतं
         विहाय जारं भजसेऽमुमध्वगम् ॥ २० ॥

उनले भने हे दुष्ट पुत्री तैंले देवताका पनि पूजनीय च्यवन ऋषिलाई धोका दिएर के गर्न खोजेकी हो । तैैले आफ्ना पति च्यवन बुढो भयो भनेर अरु जार पुरुषको सेवा गर्न लागेकि छेस् ।।२०।।

कथं मतिस्तेऽवगतान्यथा सतां
         कुलप्रसूते कुलदूषणं त्विदम् ।
बिभर्षि जारं यदपत्रपा कुलं
         पितुश्च भर्तुश्च नयस्यधस्तमः ॥ २१ ॥

तेरो जन्म धेरै उच्च कुलमा भएको थियो तापनि तेरो यो गलत बुद्धि कसरी भयो ? तेरो यस्तो हर्कतले गर्दा हाम्रो कुलमा कलंक लाग्नेछ । तँ त निर्लज्ज भएर जार पुरुषको सेवा गर्न लागिरहेकी छस्, तेरो यो निन्दित कार्यले गर्दा पिता र पति दुवैलाई नरकमा हाल्नेछ ।।२१।।

एवं ब्रुवाणं पितरं स्मयमाना शुचिस्मिता ।
उवाच तात जामाता तवैष भृगुनन्दनः ॥ २२ ॥

राजा शर्यातिले यसो भनिरहँदा ती हसिलो अनुहार भएकी सुकन्याले  मुस्कुराउँदै भनिन्– ‘पिताजी ! वहाँ तपाईका ज्वाइँ भृगुनंदन महर्षि च्यवन नैं हुनुहुन्छ ।।२२।। 

शशंस पित्रे तत् सर्वं वयोरूपाभिलम्भनम् ।
विस्मितः परमप्रीतस्तनयां परिषस्वजे ॥ २३ ॥

यसपछि उनले आफ्ना पति महर्षि च्यवनले प्राप्त गरेका यौवन र सौन्दर्यको बखान सुनाइन् यो सबै कुरा सुनेर राजा शर्याति धेरै अचम्म मानेर आफ्नी छोरीलाई अंगालो मारे ।।२३।।
 
सोमेन याजयन् वीरं ग्रहं सोमस्य चाग्रहीत् ।
असोमपोरप्यश्विनोश्च्यवनः स्वेन तेजसा ॥ २४ ॥

महर्षि च्यवनले वीर शर्यातिद्वारा सोमयज्ञको अनुष्ठान गराए । अश्विनीकुमारहरु सोमपानका योग्य थिएनन् तापनि आफ्नो तपस्याका शक्तिले उनलाई सोमपान गराए ।।२४।।

हन्तुं तमाददे वज्रं सद्योमन्युरमर्षितः ।
सवज्रं स्तम्भयामास भुजमिन्द्रस्य भार्गवः ॥ २५ ॥

यो कुरा थाहापाएर इन्द्र धेरै रिसाए उनलाई यो कुराको सहन भएन त्यसैले उनले शर्यातिलाई मार्न भनेर आफ्नो वज्र उठाए । तव च्यवनले आफ्ना शक्तिले वज्र सहित इन्द्रको हात त्यहीं स्तम्भित गरिदिए ।।२५।।

अन्वजानंस्ततः सर्वे ग्रहं सोमस्य चाश्विनोः ।
भिषजाविति यत् पूर्वं सोमाहुत्या बहिष्कृतौ ॥ २६ ॥

त्यसपछि सबै देवताहरूले सोमको भाग अश्विनीकुमारहरूलाई दिन स्वीकार गरे । वैद्य भएको कारणले ती अश्विनीकुमारहरूलाई सोमपान पिउनबाट बहिष्कार गरेका थिए ।।२६।।

उत्तानबर्हिरानर्तो भूरिषेण इति त्रयः ।
शर्यातेरभवन् पुत्रा आनर्ताद् रेवतोऽभवत् ॥ २७ ॥

परीक्षित ! शर्यातिका–उत्तानबार्ही, आनर्त र भुरिशण नामका तीन छोरा थिए । आनर्तानबाट रेवत भए ।।२७।। 

सोऽन्तःसमुद्रे नगरीं विनिर्माय कुशस्थलीम् ।
आस्थितोऽभुङ्‌क्त विषयानानर्तादीनरिन्दम ॥ २८ ॥

हे महाराज ! रेवतले समुन्द्रभित्र कुशस्थली नामक नगर स्थापना गरेका थिए । आफु त्यहीं बसेर आनर्त आदि देशहरूमा शासन गर्थे ।।२८।।

तस्य पुत्रशतं जज्ञे ककुद्मि ज्येष्ठमुत्तमम् ।
ककुद्मी रेवतीं कन्यां स्वां आदाय विभुं गतः ॥ २९ ॥

कन्यावरं परिप्रष्टुं ब्रह्मलोकमपावृतम् ।
आवर्तमाने गान्धर्वे स्थितोऽलब्धक्षणः क्षणम् ॥ ३० ॥

उनका सय छोरा थिए, जसमध्ये ककुद्मी जेठा थिए । ककुद्मी आफ्नी छोरी रेवतीलाई लिएर योग्य वर खोज्नाका लागि ब्रह्माजीका नजिकमा गए । त्यसबेला ब्रह्मलोक जाने बाटो त्यस्ता मानिसहरूका लागि कुनै रोकटोक हुदैनथ्यो । उनी पुग्दा ब्रह्मलोकमा गान बजान चलिरहेको हुँदा कुरा गर्ने मौका नपाएपछि उनी केही बेर त्यहीँ बसे । २९–३०।

तदन्त आद्यमानम्य स्वाभिप्रायं न्यवेदयत् ।
तच्छ्रुत्वा भगवान् ब्रह्मा प्रहस्य तमुवाच ह ॥ ३१ ॥

गान बजान कार्य समाप्त भएपछि उनले आफ्नो विचार निवेदन गरे । उनको वचन सुनेर ब्रह्माजीले हाँस्दै भन्नुभयो ।।३१।।

अहो राजन् निरुद्धास्ते कालेन हृदि ये कृताः ।
तत्पुत्रपौत्रनप्तॄणां गोत्राणि च न श्रृण्महे ॥ ३२ ॥

हे महाराज ! तिमी जसलाई वर बनाउन भनि सोचेका थियौ ति त कालको पासमा पुगिसके । उनको वंश छोरा नातिको पनि कुनै नाम सुनिदैन ।।३२।।

कालोऽभियातस्त्रिणव चतुर्युगविकल्पितः ।
तद् गच्छ देवदेवांशो बलदेवो महाबलः ॥ ३३ ॥

अहिले त तिमीले पृथ्वी छाडेको पनि सत्ताइस चतुर्युगी बितिसकेको छ । त्यसैले अब तिमी पृथ्वीमै फर्केर जाउ । अहिले पृथ्वीमा भगवान् विष्णुको अंशावतारको रुपमा वलदेवजी अवतिर्ण हुनुभएको छ ।।३३।। 

कन्यारत्नदमिदं राजन् नररत्ना य देहि भोः ।
भुवो भारावताराय भगवान् भूतभावनः ॥ ३४ ॥

अवतीर्णो निजांशेन पुण्यश्रवणकीर्तनः ।
इत्यादिष्टोऽभिवन्द्याजं नृपः स्वपुरमागतः ।
त्यक्तं पुण्यजनत्रासाद्‍ भ्रातृभिर्दिक्ष्ववस्थितैः ॥ ३५ ॥

हे राजन उनै पुरुषरत्नलाई आफ्नी कन्यारत्न अर्फण गर । जसको नाम लीला आदि श्रवण गर्नाले र कीर्तन गर्नाले सबै पवित्र हुन्छन् । उनै सबै प्राणीहरुका सर्वस्व भगवान् पृथ्वीको भार उतार्नको लागि आफ्नो अंशले अवतीर्ण हुनुभएको छ । राजा ककुद्मी ब्रह्माजीको यो आदेश पाएर वहाँको चरणमा नमस्कार गरेर आफ्नो लोकमा फर्केर आए । उनको वंशमा उत्पन्न भएका दाजुभाईहरु यक्षको डरले गर्दा अन्यत्र भागिभागि हिंड्दथे ।।३४।३५।।

सुतां दत्त्वानवद्याङ्‌गीं बलाय बलशालिने ।
बदर्याख्यं गतो राजा तप्तुं नारायणाश्रमम् ॥ ३६ ॥

राजा ककुद्मीले आफ्नी सर्वांङ्ग सुन्दरी छोरी महा बलवान बलरामलाई अर्पण गरेर उनी तपस्या गर्न भनि नरनारायणको वदरीकाआश्रम तिर लागे ॥ ३६ ॥

इति श्रीमद्भाकगवते महापुराणे पारमहंस्यां 
संहितायां नवमस्कन्धे तृतीयोऽध्यायः ॥ ३ ॥