#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - एकविंशोऽध्यायः

श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - एकविंशोऽध्यायः




विदुर उवाच ।
(अनुष्टुप)
स्वायम्भुवस्य च मनोः अंशः परमसम्मतः ।
कथ्यतां भगवन्यत्र मैथुनेनैधिरे प्रजाः ॥ १ ॥

विदुरजीले सोधे—
हे भगवान् स्वायम्भुव वंशलाई आदरणीय मानिएिको छ । यसमा मैथुन धर्मबाट प्रजाको बृध्दि भएको थियो । अव तपाईले मलाई त्यहि कथाको वारेमा सुनाउनु होस ।। १।।

प्रियव्रतोत्तानपादौ सुतौ स्वायम्भुवस्य वै ।
यथाधर्मं जुगुपतुः सप्तद्वीपवतीं महीम् ॥ २ ॥

ब्रह्मन्! तपाईले भन्नुभएको थियो कि स्वयंभुव मनुका छोरा प्रियव्रत र उत्तानपादले सात द्वीप भएको पृथ्वीलाई धर्मपूर्वक पालना गरेका थिए ।।२।।

 तस्य वै दुहिता ब्रह्मन् देवहूतीति विश्रुता ।
पत्नी प्रजापतेरुक्ता कर्दमस्य त्वयानघ ॥ ३ ॥

उनकी छोरी जुन देवहुति नामले प्रख्यात थीइन र उनले कर्दम प्रजापति संग विवाह गरेकी थिइन ।।३।।

तस्यां स वै महायोगी युक्तायां योगलक्षणैः ।
ससर्ज कतिधा वीर्यं तन्मे शुश्रूषवे वद ॥ ४ ॥

देवहुति यमादि योगको लक्षणले सम्पन्न थिइन । उनीबाट महायोगी कर्दमजीका कति सन्तान भए । यो सबै प्रसंग मलाईसुनाउनु होस । मलाई त्यसका बारे सुन्ने इच्छा छ ।।४।।

रुचिर्यो भगवान् ब्रह्मन् दक्षो वा ब्रह्मणः सुतः ।
यथा ससर्ज भूतानि लब्ध्वा भार्यां च मानवीम् ॥ ५ ॥

यस प्रकार भगवन् रुचि र ब्रह्माजीका पुत्र दक्षप्रजापतिले पनि मनुजीका कन्याहरू संग पाणी ग्रहण गरेर उनीहरूबाट को को सन्तानलाई जन्म दिए । यो सब चरित्रका बारे मलाई सुनाउनु होस ।।५।।

मैत्रेय उवाच–
प्रजाः सृजेति भगवान् कर्दमो ब्रह्मणोदितः ।
सरस्वत्यां तपस्तेपे सहस्राणां समा दश ॥ ६ ॥

मैत्रेयजीले भने—
विदुरजी! जव ब्रह्माजीले भगवन् कर्दमलाई आज्ञा दिनुभयो कि तिमी सन्तानको उत्पत्ति गर । त्यसपछि उनले दसहजार वर्ष सम्म सरस्वती नदीको तीरमा तपस्या गरे ।।६।।

ततः समाधियुक्तेन क्रियायोगेन कर्दमः ।
सम्प्रपेदे हरिं भक्त्या प्रपन्नवरदाशुषम् ॥ ७ ॥

त्यस पछि कर्दम एकाग्र चित्तले प्रेम पूर्वक उपचारद्वारा पूजा गरेर शरणागत वरदायक श्रीहरिको आराधना गर्नलागे ।।७।।

तावत्प्रसन्नो भगवान् पुष्कराक्षः कृते युगे ।
दर्शयामास तं क्षत्तः शाब्दं ब्रह्म दधद्वपुः ॥ ८ ॥

सत्य युगको आरम्भमा कमलनयन भगवान् श्रीहरिले उनको तपस्याबाट प्रसन्न भएर वहाँले आफ्नो शव्दमय स्वरूपले मुर्तिमान भएर दर्शन दिनुभयो ।।८।।

स तं विरजमर्काभं सितपद्मोत्पलस्रजम् ।
स्निग्धनीलालकव्रात वक्त्राब्जं विरजोऽम्बरम् ॥ ९ ॥

भगवानको त्यो स्वरूप सूर्य समान तेजिलो थियो । वहाँले गलामा सेतो कमल र कुमदुदको फूलको माला धारण गर्नु भएको थियो । मुखकमल निलो र अल्कावलीले सुशोभित थयो । वहाँले निर्मल वस्त्र धारण गर्नु भएको थियो ।।९।।

किरीटिनं कुण्डलिनं शङ्खचक्रगदाधरम् ।
श्वेतोत्पलक्रीडनकं मनःस्पर्शस्मितेक्षणम् ॥ १० ॥

सिरमा सुवर्णमय मुकुट, कानमा कुण्डल र हातमा शंख, चक्र र गदाआदि  धारण गर्नुभएको थियो । वहाँको भधुर मुस्कानले भरिएको हेराईले मनलाई चोराइरहेको थियो ।।१०।।

विन्यस्तचरणाम्भोजं अंसदेशे गरुत्मतः ।
दृष्ट्वा खेऽवस्थितं वक्षः श्रियं कौस्तुभकन्धरम् ॥ ११ ॥

वहाँको चरणकमल गरुडको काँधमा विराजमान थियो । वक्षस्थलमा लक्ष्मीजी र कण्ठमा कौस्तुभमणी सुशोभित थियो ।।११।।

जातहर्षोऽपतन्मूर्ध्ना क्षितौ लब्धमनोरथः ।
गीर्भिस्त्वभ्यगृणात्प्रीति स्वभावात्मा कृताञ्जलिः॥१२॥

प्रभुको यस्तो आकाशमा स्थित मनोहर मुर्तिलाई दर्शन गरेर कर्दमजी धेरै आनन्दित भए, मानौं उनका सबैकामनाहरू पूर्ण भए । उनले प्रेमपूर्ण हृदयले पृथ्वीमा टेकेर भगवान् लाई दण्डवत प्रणाम गरेर  फेरी प्रसन्न चित्तले हात जोडेर मधुर वाणीले वहाँको स्तुति गर्नलागे ।।।१२।

ऋषिरुवाच–
(इन्द्रवज्रा)
जुष्टं बताद्याखिलसत्त्वराशेः
        सांसिध्यमक्ष्णोस्तव दर्शनान्नः ।
यद्दर्शनं जन्मभिरीड्य सद्भिः
        आशासते योगिनो रूढयोगाः ॥ १३ ॥

कर्दमजीले भने—
स्तुति गर्न योग्य परमेश्वर ! हजूर सम्पूर्ण सत्वगुणको आधार हुनुहुन्छ । योगीजन उत्तरोत्तर शुभ योनीमा जन्म लिएर अन्तमा योगस्थ भएर हजूरको जुनरूपको दर्शनको इच्छा गर्दछन । आज हजूरको त्यहि दर्शन पाएर मलाई आँखाको फल मिलेको छ ।।१३।।

 ये मायया ते हतमेधसस्त्वत्
        पादारविन्दं भवसिन्धुपोतम् ।
उपासते कामलवाय तेषां
        रासीश कामान् निरयेऽपि ये स्युः ॥ १४ ॥

हजूरको चरणकमल भवसागरबाट पार हुनको लागि जहाज हो । जस्को बुध्दि हजूरको मायाबाट मरेको छ उनीहरू नै तुच्छ क्षणिक विषयसुखका लागि उपासना गर्छन । जुन नरकमा पनि मिल्न सक्छ ।।१४।।

तथा स चाहं परिवोढुकामः
        समानशीलां गृहमेधधेनुम् ।
उपेयिवान् मूलमशेषमूलं
        दुराशयः कामदुघाङ्घ्रिपस्य ॥ १५ ॥

तर स्वामीन्! हजूरको चरण सबै मनोरथलाई पूर्ण गराउने वालो हो । मेरो हृदय काम कलुषित छ । म पनि आफ्नो अनुरूप स्वभाव भएकी र गृहस्थ धर्मको पालनामा सहायक शीलवती कन्लया संग विवाह गर्नको लागि, सम्पूर्ण कामना पूर्ण गर्ने हजूरको चरणकमलको शरणमा आएको छु ।।१५।

प्रजापतेस्ते वचसाधीश तन्त्या
        लोकः किलायं कामहतोऽनुबद्धः ।
अहं च लोकानुगतो वहामि
        बलिं च शुक्लानिमिषाय तुभ्यम् ॥ १६ ॥

हे सर्बेश्वर। हजूर सम्पूर्ण लोकका अधिपति हुनुहुन्छ । विभिन्न प्रकारको कामनामा फसेको यो लोक हजूरको वेदवाणी डोरीमा बाँधिएको छ । र हे धर्ममुर्ते ! त्यसैको अनगमन गर्ने म पनि कालरूप हजूरको आज्ञा पालन गर्न पूजोपहारादि समर्पित गर्दछु ।।१६।।

लोकांश्च लोकानुगतान् पशूंश्च
        हित्वा श्रितास्ते चरणातपत्रम् ।
परस्परं त्वद्गुणवादसीधु
        पीयूषनिर्यापितदेहधर्माः ॥ १७ ॥

प्रभो! हजूरको भक्त विषया शक्ति ब्यक्ति तथा उस्को मार्गको अनुशरण गर्ने म जस्तो कर्मजड पशुलाई केहि पनि नमानेर हजूरको चरणको छत्रछायाको नै आश्रय लिन्छन र परस्पर हजूरको गुणगानरूप मधुर सुधा पान गरेर आफ्नो क्षुधापिपासादि देहधर्मलाई शान्त गर्दछन् ।।१७।।

न तेऽजराक्षभ्रमिरायुरेषां
        त्रयोदशारं त्रिशतं षष्टिपर्व ।
षण्नेम्यनन्तच्छदि यत्त्रिणाभि
        करालस्रोतो जगदाच्छिद्य धावत् ॥ १८ ॥

प्रभो! यो कालचक्र वडो प्रवल छ । साक्षत ब्रह्म नै यसलाई घुम्ने धुरि हो । अधिकमास सहित तेह्र महिना यसका आरा हुन, तीनसय साठी दिन जोर्नी हुन छः ऋतु नेभ (हाल) हो अनन्त क्षण, लव, मुहुर्त आदि कालभेद अथवा यसमा पत्राकार धारहरू छन । तथा तीन चतुर्मास्य यसको आधारभूत नाभि हो । यो अत्यन्त वेगवान सम्बत्सररूप कालचक्र चराचर जगतको आयुलाई छेदन गरेर घुमिरहन्छ । तर हजूरका भक्तहरूको आयु भने यसले ह्रास गर्न शक्तैन ।।१८।।

 एकः स्वयं सन्जगतः सिसृक्षया
        अद्वितीययात्मन् अधि योगमायया ।
सृजस्यदः पासि पुनर्ग्रसिष्यसे
        यथोर्णनाभिः भगवन् स्वशक्तिभिः ॥ १९ ॥

हे भगवन्! जस प्रकार माकुरो स्वयं जाल फैलाउछ, उसलाई रक्षा गर्दछ र अन्तमा निल्दछ । त्यसै गरी हजूर एक्लैले जगतको रचना गर्नको लागि आफ्नो अभिन्न योगमायालाई स्वीकार गरेर त्यसबाट अभिब्यक्त भएको आफ्नो सत्वादि शक्तिद्वारा स्वयं नै जगतको रचना, पालन र संहार गर्नुहुन्छ ।।१९।।

नैतद्बताधीश पदं तवेप्सितं
        यन्मायया नस्तनुषे भूतसूक्ष्मम् ।
अनुग्रहायास्त्वपि यर्हि मायया
        लसत्तुलस्या तनुवा विलक्षितः ॥ २० ॥

प्रभो! यस समयमा हजूरले मलाई आफ्नो तुलसी माला मण्डित सगुण मुर्तिको दर्शन दिनुभयो । हजूर हामी भक्तलाई जुन शव्दादि विषय सुख प्रदान गर्नुहुन्छ । त्यो मायीक हुनाका कारण यद्यपि हजूरलाई मनपर्दैन तापनि परिणाममा हामीलाई शुभ गर्नको लागि त्यो प्राप्त होउन ।।२०।।

तं त्वानुभूत्योपरतक्रियार्थं
        स्वमायया वर्तितलोकतन्त्रम् ।
नमाम्यभीक्ष्णं नमनीयपाद
        सरोजमल्पीयसि कामवर्षम् ॥ २१ ॥

नाथ! हजूर स्वरूपबाट निष्कृय भएर पनि मायाद्वारा सारा संसारको ब्यवहार चलाउनु हुन्छ र थोरै उपासना गर्नेलाई पनि समस्त अभिलाषित वस्तुको वर्षा गर्नुहुन्छ । हजूरको चरणकमल वन्दनिय छ, म हजूरलाई नमस्कार गर्दछु ।।२१।।

ऋषिरुवाच ।
इत्यव्यलीकं प्रणुतोऽब्जनाभः
        तं आबभाषे वचसामृतेन ।
सुपर्णपक्षोपरि रोचमानः
        प्रेमस्मित उद्वीक्षणविभ्रमद्भ्रूः ॥ २२ ॥

मैत्रेयजीले भने—
जव कर्दमजीले यस प्रकार निष्कपट भावले भगवावन्को स्तुति गरे त्यसपछि भगवानको प्रेमपूर्ण मुस्कानले भरिएको हेराईले चंचल भइरहेको थियो, वहाँ गरुडजीको काधमा विराजमान हुनुहुन्थ्यो । वहाँले उनलाई अमृतमय वाणीले भन्नलाग्नु भयो ।। २२ ॥

श्रीभगवानुवाच–
(अनुष्टुप)
विदित्वा तव चैत्यं मे पुरैव समयोजि तत् ।
यदर्थं आत्मनियमैः त्वयैवाहं समर्चितः ॥ २३ ॥

भगवानले भन्नुभयो—
जुनकुराको लागि तिमीले आत्मसम्यमादि द्वारा मेरो आराधना ग¥यौ, तीम्रो हृदयको त्यो भावलाई जानेर मैले पहिले नै त्यस्को ब्यवस्था गरिसकेको छु ।।२३।।

न वै जातु मृषैव स्यात् प्रजाध्यक्ष मदर्हणम् ।
भवद्विधेष्वतितरां मयि सङ्गृभितात्मनाम् ॥ २४ ॥

प्रजापते! मेरो आराधना कहिले पनि निष्फल हुदैन । फेरी जस्को चित्त निरन्तर एकान्तरूपमा म मै लागिरहन्छ त्यस्ता तिमी जस्ता महात्माहरूद्वारा गरिएको उपासनाबाट ता झन अरु बढ्ता फल हुन्छ ।।२४।।

प्रजापतिसुतः सम्राट् मनुर्विख्यातमङ्गलः ।
ब्रह्मावर्तं योऽधिवसन् शास्ति सप्तार्णवां महीम् ॥ २५ ॥

प्रजापतिका छोरा प्रसिध्द यशश्वी समट स्वयम्भुव मनु यतिबेला ब्रह्मावर्तमा रहेर सात समुद्र भएको पृथ्वीलाई शासन गर्दछन । जस्को कीर्ति चारैचिर फैलिएको छ ।।२५।।

स चेह विप्र राजर्षिः महिष्या शतरूपया ।
आयास्यति दिदृक्षुस्त्वां परश्वो धर्मकोविदः ॥ २६ ॥

विप्रवर! उनी परम धर्मज्ञ महाराज महारानी सतरूपाका साथ तिमीलाई भेट्नका लागि पर्सि यहाँ आउनेछन ।।२६।।

आत्मजां असितापाङ्गीं वयःशीलगुणान्विताम् ।
मृगयन्तीं पतिं दास्यति अनुरूपाय ते प्रभो ॥ २७ ॥

उनकी एउटी रूपयौवनशील र गुणले सम्पन्न श्याम लोचना कन्या अहिलिे विवाहकालागि योग्य छिन । प्रजापते! तिमी सबैबाट त्यसका लागि योग्य छौ । त्यसैले ती कन्या तिमीलाइ अर्पण गर्नेछन ।।२७।।

समाहितं ते हृदयं यत्र इमान् परिवत्सरान् ।
सा त्वां ब्रह्मन् नृपवधूः काममाशु भजिष्यति ॥ २८ ॥

ब्रह्मन्! धेरै वर्ष अगाडि देखि तिम्रो चित्त जसरी भार्याका लागि समाहित भयो अव चाडै नै ती राजकन्या तिमले भने जस्तै पत्नी भएर यथेष्ट सेवा गर्नेछिन ।।२८।।

या ते आत्मभृतं वीर्यं नवधा प्रसविष्यति ।
वीर्ये त्वदीये ऋषय आधास्यन्ति अञ्जसात्मनः ॥ २९ ॥

उनले तिम्रो विर्य धारण गरेर नौ कन्या उत्पन्न गर्नेछिन अनि तिम्रो कन्याहरूले लोक रिति अनुसार मरिचि आदि ऋषिगण उत्पन्न गर्नेछन ।।२९।।

त्वं च सम्यग् अनुष्ठाय निदेशं मे उशत्तमः ।
मयि तीर्थीकृताशेष क्रियार्थो मां प्रपत्स्यसे ॥ ३० ॥

तिमीले मेरा यी आज्ञालाई राम्ररी पालन गरेर सुध्द हुनेछौ त्यसपछि आफ्नो सबैकर्मको फल ममा अर्पण गरेर मलाईनै प्राप्त गर्नेछौ ॥ ३० ॥

कृत्वा दयां च जीवेषु दत्त्वा चाभयमात्मवान् ।
मय्यात्मानं सह जगद् द्रक्ष्यस्यात्मनि चापि माम् ॥ ३१ ॥

जीवहरू प्रति दया गर्नाले तिमीले आत्मज्ञान प्राप्त गर्नेछौ अनि सम्पूर्ण प्राणीहरू ममा र मलाई आफु मै पाउने छौ ।।३१।।

सहाहं स्वांशकलया त्वद्वीर्येण महामुने ।
तव क्षेत्रे देवहूत्यां प्रणेष्ये तत्त्वसंहिताम् ॥ ३२ ॥

महामुने! म पनि आफ्नै अंश कलारूपले तिम्रो विर्यद्वारा तिम्री पत्नी देवहुतिको गर्भबाट अवतिर्ण भएर शांख्य शास्त्रको रचना गर्नेछु ।।३२।।

मैत्रेय उवाच–
एवं तं अनुभाष्याथ भगवान् प्रत्यगक्षजः ।
जगाम बिन्दुसरसः सरस्वत्या परिश्रितात् ॥ ३३ ॥

मैत्रेयजीले भने—
विदुरजी! कर्दम ऋषिसंग यस प्रकार संवाद गरेर इन्द्रियहरूको अन्तर्मुख हुंदा प्रकट हुने श्रीहरि सरस्वती नदीले घेरिएको विन्दुसर तीर्थबाट (जहाँ कर्दमऋषि तप गरेको थिए) आफ्नो लोकमा जानुभयो ।।३३।।

(इन्द्रवज्रा)
निरीक्षतस्तस्य ययावशेष
        सिद्धेश्वराभिष्टुतसिद्धमार्गः ।
आकर्णयन् पत्ररथेन्द्रपक्षैः
        उच्चारितं स्तोममुदीर्णसाम ॥ ३४ ॥

भगवानको सिध्दमार्ग (वैकेण्ठमार्ग) को सबै सिध्देश्वर प्रशंसा गर्दछन । वहाँ कर्दमजीले हेर्दा हेर्दै आफ्नो लोकमा पाल्नुभयो । त्यस समयमा गरुडजीको प्वाख बाट निक्लिएको सामवेदका ऋचाहरू सुनिरहनु भएको थियो ।।३४।।

(अनुष्टुप)
अथ सम्प्रस्थिते शुक्ले कर्दमो भगवान् ऋषिः ।
आस्ते स्म बिन्दुसरसि तं कालं प्रतिपालयन् ॥ ३५ ॥

विदुरजी! श्रीहरि त्यहाँबाट जानु भएपछि भगवान् कर्दम पनि भगवानले वताएको समयलाई कुरेर विन्दुसरोवर मा नै वसिरहे ।। ३५।।

मनुः स्यन्दनमास्थाय शातकौम्भपरिच्छदम् ।
आरोप्य स्वां दुहितरं सभार्यः पर्यटन् महीम् ॥ ३६ ॥

यता मनुजी पनि महारानी सतरूपाका साथ सुवर्ण जोडिएको रथमा वसेर आफ्नी कन्यालाई पनि त्यसैमा राखेर पृथ्वीमा घुम्न लागे ।।३६।।

तस्मिन् सुधन्वन्नहनि भगवान् यत्समादिशत् ।
उपायादाश्रमपदं मुनेः शान्तव्रतस्य तत् ॥ ३७ ॥

विदुरजी! जुन दिन भगवानले वताउनु भएको थियो त्यसैदिन मनु महाराज शान्ति परायण महर्षि कर्दमको त्यस आश्रममा आईपुगे ।।३७।।

यस्मिन्भगवतो नेत्रान् न्यपतन् अश्रुबिन्दवः ।
कृपया सम्परीतस्य प्रपन्नेऽर्पितया भृशम् ॥ ३८ ॥

तद्वै बिन्दुसरो नाम सरस्वत्या परिप्लुतम् ।
पुण्यं शिवामृतजलं महर्षिगणसेवितम् ॥ ३९ ॥

सरस्वतीको जलले भरिएको त्यो विन्दुसरोवर त्यस्तो ठाँउ हो जहाँ आफ्ना सरणगत भक्त कर्दम प्रति परम कृपा हुनाले उत्पन्न भएको अत्यन्त करुणाले वशिभूत भएको भगवानको नेत्रबाट आँसुको थोपा झरेको थियो । यो तीर्थ अत्यन्तै पवित्र छ । यसको जल कल्याणमय र अमृत समान मधुर छ । ऋषिगणहरू यसको सेवन गर्दछन ।।३८।३९।।

पुण्यद्रुमलताजालैः कूजत् पुण्यमृगद्विजैः ।
सर्वर्तुफलपुष्पाढ्यं वनराजिश्रियान्वितम् ॥ ४० ॥

त्यस समय विन्दुसरोवर पवित्र वृक्ष तथा लहराहरूले घेरिएको थियो । यहाँ अनेक किसिमको वोली बोल्ने मृग र पंक्षीहरू रहन्थे । त्यसठाँउमा सबै ऋतु अनुसारको फल र फूलले सम्पन्न थियो र सुन्दर वनले त्यस ठाँउको सोभा वढाएको थियो ।।४०।।

मत्तद्विजगणैर्घुष्टं मत्तभ्रमर विभ्रमम् ।
मत्तबर्हिनटाटोपं आह्वयन् मत्तकोकिलम् ॥ ४१ ॥

त्यहाँ बथानौं मतवाला पंक्षी आवाज निकालिरहेका थिए ।  भ्रमराहरू मडारिरहेका थिए । उन्मत्त मयुर आफ्नो प्वाख फैलाएर नाचि रहन्थे । त्यस्तै कोइलीहरू कुहु कुहु गरेर एक अर्कोलाई बोलाईरहेका थिये ।।४१।।

कदम्ब चम्पकाशोक करञ्ज बकुलासनैः ।
कुन्दमन्दारकुटजैः चूतपोतैः अलङ्कृतम् ॥ ४२ ॥

त्यो आश्रममा कदम्ब, चम्पक, अशोक, करन्ज, वकुल, कुन्द मन्दार कुटज र नयाँ नयाँ आँपका रूखहरूले सिंगारिएको थियो ।।४२।।

कारण्डवैः प्लवैर्हंसैः कुररैः जलकुक्कुटैः ।
सारसैः चक्रवाकैश्च चकोरैः वल्गु कूजितम् ॥ ४३ ॥

त्यहाँ जलकाग, वत्तकआदि जलमा रहने पंक्षीहरू हाँस, कुरर, जलकुखुरा, सारस, चखेवा र चकोरआदि पंक्षीहरुले मिठो स्वरले आवाज निकालिरहेका थिए ।।४३।।

तथैव हरिणैः क्रोडैः श्वावित् गवय कुञ्जरैः ।
गोपुच्छैः हरिभिः मर्कैः नकुलैः नाभिभिर्वृतम् ॥ ४४ ॥

हरिण, सुंगुर, स्याल, निलगाई, हात्ति, लंगुर, सिंंह, वादर , न्याउली र कस्तुरीमृग आदि पशुुहरूले त्यो आश्रम घेरीएको थियो ।।४४।।

प्रविश्य तत्तीर्थवरं आदिराजः सहात्मजः ।
ददर्श मुनिमासीनं तस्मिन् हुतहुताशनम् ॥ ४५ ॥

आदिराज महाराज मनु त्यस तीर्थमा कन्या सहित आएको बखत मुनिवर कर्दम अग्निहोत्रबाट निवृत्त भएर बसेका थिए ।।४५।।

विद्योतमानं वपुषा तपसि उग्रयुजा चिरम् ।
नातिक्षामं भगवतः स्निग्धापाङ्गावलोकनात् ।
तद्व्याहृतामृतकला पीयूषश्रवणेन च ॥ ४६ ॥

धेरै दिन देखि उग्र तपस्या गरेका कारण उनको शरीर वडो तेजस्वी देखिन्थ्यो तथा भगावन्को स्नेहपूर्ण हेराईको दर्शन र वहाँले उच्चारण गर्नुभएको कर्णमृतरूप सुमधुर वचन सुन्नाले यति लामो तपस्या गर्दा पनि उनीमा कमजोरिपना देखिदैनथ्यो ।।४६।।

प्रांशुं पद्मपलाशाक्षं जटिलं चीरवाससम् ।
उपसंश्रित्य मलिनं यथार्हणं असंस्कृतम् ॥ ४७ ॥

उनको शरीर अग्लो थियो आँखा कमलदल समान ठुला र मनोहर थियो । सिरमा जटा सुशोभित थियो र कम्मरमा चिर वस्त्र थियो । उनी नजिकबाट देख्दा वहुमुल्य मणि समान जस्ता देखिन्थे ।।४७।।

अथोटजमुपायातं नृदेवं प्रणतं पुरः ।
सपर्यया पर्यगृह्णात् प्रतिनन्द्यानुरूपया ॥ ४८ ॥

महाराज स्वायम्भुव मनुले कुटीमा आएर प्रणाम गरेको देखेर उनले आशिर्वाद बाट प्रशन्न गराए र यथोचित आतिथ्यको रितिले मनुको स्वागत गरे ।।४८।।

गृहीतार्हणमासीनं संयतं प्रीणयन् मुनिः ।
स्मरन् भगवदादेशं इत्याह श्लक्ष्णया गिरा ॥ ४९ ॥

जव मनुजी उनको पूजा ग्रहण गरेर स्वस्थ्य चित्ले आसनमा बसे तव मुनिवर कर्दमले भगवन्को आज्ञा स्मरण गरेर उनलाई मिठो बोलीले प्रसन्न गराउदै यस प्रकार भन्नलागे  ।।४९।।

नूनं चङ्क्रमणं देव सतां संरक्षणाय ते ।
वधाय चासतां यस्त्वं हरेः शक्तिर्हि पालिनी ॥ ५० ॥

देव! तपाई भगवान् विष्णुको पालना शक्तिरूप हुनुहुन्छ । त्यसैले तपाईको घुम्नु फिर्नु निसन्देह सज्जनहरूको रक्षा र दुष्टहरूको संहारका लागि हो ।।५०।।

योऽर्केन्दु अग्नीन्द्रवायूनां यमधर्मप्रचेतसाम् ।
रूपाणि स्थान आधत्से तस्मै शुक्लाय ते नमः ॥ ५१ ॥

तपाई साक्षात विशुध्द विष्णुरूप हुनुहुन्छ तथा भिन्नभिन्न कार्यका लागि सूर्य, चन्द्र, अग्नि, इन्द्र, यम, वायु, धर्म र वरुण आदि रूपधारण गर्नु हुन्छ, हजूरलाई नमस्कार छ ।।५१।।

न यदा रथमास्थाय जैत्रं मणिगणार्पितम् ।
विस्फूर्जत् चण्डकोदण्डो रथेन त्रासयन् अघान् ॥ ५२ ॥

तपाई मणिहरूले जडिएको जयदायक रथमा सबार गर्नुहुन्छ, आफ्नो प्रचण्ड धनुषको टंकार गर्ने त्यस रथको घरघर आवाज बाटनै पापीहरूलाई भयभित गर्दछ ।।५२।।

 स्वसैन्यचरणक्षुण्णं वेपयन् मण्डलं भुवः ।
विकर्षन् बृहतीं सेनां पर्यटसि अंशुमानिव ॥ ५३ ॥

आफ्नो सेनाको पाईलाले थिचिएको भूमण्डललाई कमाउदै आफनो विशाल सेनालई साथ लिएर पृथ्वीमा सूर्यको समान डुल्नुहुन्छ ।।५३।।

तदैव सेतवः सर्वे वर्णाश्रमनिबन्धनाः ।
भगवद् रचिता राजन् भिद्येरन् बत दस्युभिः ॥ ५४ ॥

यदि हजूरले यस्तो गर्नु भएन भने चोर डाँकाले भगवानले बनाएको वर्णाश्रम धर्मको मर्यादालाई तत्कालै नष्ट गरिदिन्छन ।।५४।।

अधर्मश्च समेधेत लोलुपैर्व्यङ्कुशैर्नृभिः ।
शयाने त्वयि लोकोऽयं दस्युग्रस्तो विनङ्क्ष्यति ॥ ५५ ॥

राजन ! तपाई संसारबाट ढुक्क भएर रज्य सुखमा मात्र लाग्नुभयो भने यो लोक दुराचारिहरूको पंजामा परेर नष्ट हुनेछ ।।५५।।

अथापि पृच्छे त्वां वीर यदर्थं त्वं इहागतः ।
तद्वयं निर्व्यलीकेन प्रतिपद्यामहे हृदा ॥ ५६ ॥

हे वीर ! ता पनि वारंबार म हजूरलाई सोध्दछु कि यस समय यहाँ आगमन कुन प्रयोजनका लागि हो । मेरालागि जुन आज्ञा हुन्छ उसलाई म निष्कपट भावले स्वीकारगर्दछु ।।५६।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे एकविंशोऽध्यायः ॥ २१ ॥