#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

द्वितीय स्कंधः - दशमोऽध्यायः


श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः - दशमोऽध्यायः


श्रीशुक उवाच -
(अनुष्टुप्)
अत्र सर्गो विसर्गश्च स्थानं पोषणमूतयः
मन्वन्तरेशानुकथा निरोधो मुक्तिराश्रयः

श्रीशुकदेवजीले भन्नुभयो
यस भागवतमा सर्ग, विसर्ग, स्थान, पोषण, ऊति, मन्वन्तर, इशानुकथा, निरोध, मुक्ति आश्रय आदि दस विषयका वर्णन गरिएको ।।१।।

दशमस्य विशुद्ध्यर्थं नवानामिह लक्षणम्
वर्णयन्ति महात्मानः श्रुतेनार्थेन चाञ्जसा

यसमा जुन दसौ आश्रय तत्व त्यसलार्ई सहिरूपमा जान्नका लागि महात्माहरूले कतै श्रुतिबाट, कतै तात्पर्यबाट, कतै दुवैको अनुभवका आधारमा, तथा अन्य नौ विषयको बारेमा वर्णन गरेका छन ।।२।।

भूतमात्रेन्द्रियधियां जन्म सर्ग उदाहृतः
ब्रह्मणो गुणवैषम्यात् विसर्गः पौरुषः स्मृतः

ईश्वरका प्रेरणाले गुणमा क्षेभ भएर जुन आकाशादि पञ्चतत्व, शव्दादि तन्मात्रा, ईन्द्रिय अहंकार महतन्त्वको उत्पत्ति हुन्छ, त्यसैलार्ईसर्गभनिन्छ विराट पुरुषबाट उत्पन्न भएका ब्रम्हाजीद्वारा बिभिन्न चराचर जगतको निर्माण भएको त्यसैलार्ईविसर्गभनिन्छ ।।३।।

स्थितिर्वैकुण्ठविजयः पोषणं तदनुग्रहः
मन्वन्तराणि सद्धर्म ऊतयः कर्मवासनाः

सृष्टिलार्ई एक मर्यादामा स्थिर राख्नाले भगवान विष्णुको जुन श्रेष्ठता हुन्छ त्यसलार्ईस्थितिभनिन्छ आफ्ना सृष्टिमा भक्तहरू माथि जुन कृपा प्राप्त हुन्छ त्यसको नाम पोषण हो भगवद्भक्ति सुध्द धर्मको अनुष्ठान गर्नेलार्ईमन्वन्तरभनिन्छ जीवको वासनारूपी कर्मद्वारा जुन बन्धनमा पार्दछ उसलार्ईऊतिभनिन्छ ।।४।।

अवतारानुचरितं हरेश्चास्यानुवर्तिनाम्
पुंसां ईशकथाः प्रोक्ता नानाख्यान उपबृंहिताः

भगवान्को विभिन्न अवतारहरूको, वहाँका भक्तहरूको विविध आख्यान युक्त कथाइशानुकथाहो यो नानाप्रकारको आख्यानले गर्दा ब्यापक हुन्छ ।।५।।

निरोधोऽस्यानुशयनं आत्मनः सह शक्तिभिः
मुक्तिः हित्वान्यथा रूपं स्वरूपेण व्यवस्थितिः

जव भगवान योगदिन्द्रालाई स्विकार गरेर सयन गर्नुहुन्छ अनि सबै उपाधिहरू वहाँमा लीन हुन्छ यसलार्ईनिरोधभनिन्छ अज्ञानबाट आउंने कर्तृत्व, भोक्तृत्व आदि अनात्मभावको परित्याग गरेर आफ्नो वास्तविक स्वरूप परमात्मामा स्थित हुनु नैमुक्तिहो ।।६।।

आभासश्च निरोधश्च यतश्चाध्यवसीयते
आश्रयः परं ब्रह्म परमात्मेति शब्द्यते

परीक्षित! यस चराचर जगतको उत्पत्ति, पालन प्रलय जुन तत्वबाट प्रकाशित हुन्छ त्यो परब्रम्ह नैआश्रयहो शास्त्रहरूमा उसैलार्ई परमात्मा भनिएको ।।७।।

योऽध्यात्मिकोऽयं पुरुषः सोऽसौ एवाधिदैविकः
यः तत्र उभय विच्छेदः स्मृतोह्याधिभौतिकः

जुन नेत्र आदि अभिमानि इन्द्रियहरूकोद्रष्टाहो, उहि इन्द्रियको अधिष्ठातृ देवता सूर्य आदि रूपमा पनि छन् जो नेत्र गोलोक आदि बाट युक्त भएको देह हो, उसैले ती दुवैलार्ई अलग अलग गर्दछ ।।८।।

एकं एकतराभावे यदा उपलभामहे
त्रितयं तत्र यो वेद आत्मा स्वाश्रयाश्रयः

यी तीन मध्दे एउटाको अभाव भयो भने बाँकी दुवैको उपलब्धि हुन सक्तैन, त्यो परमात्मा नै सबको अधिष्ठान आत्मा हो त्यो आश्रय बराबर अर्को छैन ।।९।।

पुरुषोऽण्डं विनिर्भिद्य यदाऽसौ विनिर्गतः
आत्मनोऽयनमन्विच्छन् अपः अस्राक्षीच्छुचिः शुचीः १०

जव विराट पुरुष ब्रम्हाण्डलार्ई फोरेर निस्कनु भयो, अनि वहाँले आफु बस्नका लागि ठाँउ खोज्न लाग्नुभयो बस्ने स्थानको इच्छा हुँदा वहाँ सुध्द संकल्प भगवान्ले जलको सृष्टि गर्नुभयो ।।१०।।

तास्ववात्सीत् स्वसृष्टासु सहस्रं परिवत्सरान्
तेन नारायणो नाम यदापः पुरुषोद्भवाः ११

विराट पुरुष नर बाट उत्पन्न हुनुभएकोले जलको नाम नार भयो आफैंले उत्पन्न गर्नु भएको नारमा हजार वर्ष सम्म रहनुभयो त्यसैले वहाँको नाम नारायण भयो ।।११।।

द्रव्यं कर्म कालश्च स्वभावो जीव एव
यदनुग्रहतः सन्ति सन्ति यद् उपेक्षया १२  
 
उनै नारायण भगावन्को कृपाले नै द्रब्य, कर्म, काल, स्वभाव, जीवआदिको सत्ता भयो वहाँलार्ई छोड्दा अरुको कुननै अस्त्वित्व रहदैन ।१२।।

एको नानात्वमन्विच्छन् योगतल्पात् समुत्थितः
वीर्यं हिरण्मयं देवो मायया व्यसृजत् त्रिधा १३

उनै अद्वितीय भगवान् योग निन्द्रबाट ब्युझेर अनेक हुने इच्छा गर्नु भयो आफ्नै मायाँले अखिल ब्रम्हाण्डको आफ्नो सुवर्ण विर्यलार्ई तीनभाग लगाउनु भयो  १३ 

अधिदैवं अथ अध्यात्मं अधिभूतमिति प्रभुः
अथैकं पौरुषं वीर्यं त्रिधा भिद्यत तच्छृणु १४

परीक्षित! जुन अधिदैव, अध्यात्म आधिभूत हो विराट पुरुषको एउटै विर्य तीनभागमा कसरी विभक्त भयो सुन ।।१४।।

अन्तः शरीर आकाशात् पुरुषस्य विचेष्टतः
ओजः सहो बलं जज्ञे ततः प्राणो महान् असुः १५

विराट पुरुषलार्ई हिड्ने डुल्ने इच्छा हुंदा वहाँको शरीरमा रहेको आकाशबाट इन्द्रियबल, शरीरवल मनोवलको उत्पत्ति भयो त्यहिबाट सबैका शक्ति प्राण उत्पन्न भयो ।।१५।।

अनुप्राणन्ति यं प्राणाः प्राणन्तं सर्वजन्तुषु
अपानंतं अपानन्ति नरदेवं इवानुगाः १६

जसरी आफ्ना मालिकको पछाडि सेवकहरू पछि लागेर हिड्दछन त्यसैगरी सबैको शरीरमा प्राण शक्ति प्रवल रहेसम्म सबै इन्द्रियहरू पनि प्रवल रहन्छन तर प्राण नै शिथिल भयो भने इन्द्रिय पनि निचेष्ट हुन्छन ।।१६।।

प्राणेन आक्षिपता क्षुत् तृड् अन्तरा जायते विभोः
पिपासतो जक्षतश्च प्राङ् मुखं निरभिद्यत १७

जव प्राण आउन जान लाग्यो अनि विराट पुरुषलार्ई भोकप्यासको अनुभव भयो खाने पिउने इच्छा हुनासाथ उहाँको शरीरमा मुखको उत्पन्न भयो ।।१७।।
मुखतः तालु निर्भिन्नं जिह्वा तत्र उपजायते
ततो नानारसो जज्ञे जिह्वया योऽधिगम्यते १८

मुखबाट तालु, तालुबाट रसेन्द्रिय, प्रकट भयो त्यसपछि विभिन्न किसिमका रसहरू उत्पन्न भए जिब्रोले नै रस ग्रहण गर्दछ ।।१८।।

विवक्षोर्मुखतो भूम्नो वह्निर्वाग् व्याहृतं तयोः
जले वै तस्य सुचिरं निरोधः समजायत १९

वहाँलार्ई बोल्ने इच्छा हुँदाँ वाक इन्द्रिय, उसको अधिष्ठात्री देवता अग्नि बोली यी तीनै वटा प्रकट भए अनि धेरै दिन सम्म वहाँ जलमै रहनु भयो ।।१९।।

नासिके निरभिद्येतां दोधूयति नभस्वति
तत्र वायुः गन्धवहो घ्राणो नसि जिघृक्षतः २०

सास छिटो छिटो चल्न थालेपछि नासिकाछिद्र प्रकट भयो वहाँलार्ई सुघ्ने इच्छा हुँदा नाकघ्राणेन्द्रिय प्रकट भयो अनि गन्ध फैलाउने वायु देवताको रूपमा प्रकट भए ।।२०।।

यदाऽऽत्मनि निरालोकं आत्मानं दिदृक्षतः
निर्भिन्ने ह्यक्षिणी तस्य ज्योतिः चक्षुः गुणग्रहः २१

पहिला वहाँको शरीरमा प्रकाश थिएन जव वहाँलार्ई आफु अरुलार्ई हेर्ने इच्छा भयो अनि दुईवटा आँखा उसको अधिष्ठातृ देवता सूय दर्शन प्रकट भयो यसै नेतेन्द्रियबाट रूपको ग्रहण हुन्छ ।।२१।।

बोध्यमानस्य ऋषिभिः आत्मनः तत् जिघृक्षतः
कर्णौ निरभिद्येतां दिशः श्रोत्रं गुणग्रहः २२

जव ऋषिहरु वेदरूप विराट पुरुषलार्ई स्तुति द्वारा जगाउन लागे अनि वहाँलार्ई आफ्नो स्तुति सुन्ने इच्छा भयो त्यसैबखत कान उसको अधिष्ठातृ देवता दिशा श्रोतेन्द्रिय प्रकट भयो शव्द सुन्नु श्रोतेन्द्रियको विषय हो ।।२२।।

वस्तुनो मृदुकाठिन्य लघुगुर्वोष्ण शीतताम्
जिघृक्षतः त्वङ् निर्भिन्ना तस्यां रोम महीरुहाः
तत्र चान्तर्बहिर्वातः त्वचा लब्धगुणो वृतः २३

जव उनले सामानहरूको कोमलता, कठिनता, हल्कोपन, गह्रौपन, गर्मी शीतल आदि विषयमा जान्न खोजे अनि शरीरमा छाला प्रकट भयो पृथ्वीबाट जसरी रूखहरू उम्रन्छन त्यसैप्रकार छालाद्वारा रौं पैदा भयो भित्र बाहिर रहेर स्पर्शरूप विषयको ग्रहण गराउने वायु पनि प्रकट भयो ।।२३।।

हस्तौ रुरुहतुः तस्य नाना कर्म चिकीर्षया
तयोस्तु बलमिन्द्रश्च आदानं उभयाश्रयम् २४

वहाँको कर्म गर्ने इच्छाहुँदा हात पैदा भयो अनि उसको अधिष्ठातृ देवता इन्द्र सहित हस्तेन्द्रिय प्रकट भयो यी दुवैबाट कर्म पनि उत्पन्न भयो ।।२४।।

गतिं जिगीषतः पादौ रुरुहातेऽभिकामिकाम्
पद्भ्यां यज्ञः स्वयं हव्यं कर्मभिः क्रियते नृभिः २५

वहाँलार्ई मनलागेको ठाँउमा जाने इच्छा हुँदा दुईवटा गोडा सहित उसको अधिष्ठात्री देवता स्वयं विष्णु भगवान् हुनुभयो इच्छा हुँदा चरण प्रकट भयो मानिसहरू चरणेन्द्रियबाट हिडेर यज्ञ सामग्री जम्मा गर्दछन ।।२५।।

निरभिद्यत शिश्नो वै प्रजानन्द अमृतार्थिनः
उपस्थ आसीत् कामानां प्रियं तद् उभयाश्रयम् २६

सन्तान रति स्वर्ग भोगको इच्छा भएका कारण वहाँको शरीरमा लिंङ्ग उत्पत्ति भयो त्यसमा उपस्थेन्द्रिय प्रजापति देवता का साथै यीनिहरूलार्ई आश्रय दिने काम सुख आदि पनि उत्पन्न भयो  २६ 

उत्सिसृक्षोः धातुमलं निरभिद्यत वै गुदम्
ततः पायुस्ततो मित्र उत्सर्ग उभयाश्रयः २७

मलत्याग गर्ने इच्छा भएका कारण गुदद्वारको उत्पत्ति भयो त्यसमा पायु इन्द्रिय मित्र देवता उत्पन्न भए यी दुबै बाट मल त्यागको काम हुन्छ ।।२७।।

आसिसृप्सोः पुरः पुर्या नाभिद्वारं अपानतः
तत्र अपानः ततो मृत्युः पृथक्त्वं उभयाश्रयम् २८

अपान मार्ग द्वारा एक शरीर अर्को शरीरमा जाने इच्छा हुँदा नाभिको उत्पत्ति भयो जसमा अपान मृत्यु देवता प्रकट भए यी दुवैको आश्रयले पान अपानको मृत्यु हुन्छ ।।२८।।

आदित्सोः अन्नपानानां आसन् कुक्ष्यन्न नाडयः
नद्यः समुद्राश्च तयोः तुष्टिः पुष्टिः तदाश्रये २९

जव विराट पुरुषलार्ई अन्न पानी खाने इच्छा भयो अनि वहाँमा कोखा आन्द्रा नाडीहरु उत्पत्ति भयो साथै नदी आन्द्राका समुद्र नाडीहरुका अधिष्ठात्री देवता पनि उत्पन्न भए तुष्टि पुष्टि नदी समुद्रका आश्रित विषय हुन  २९ 

निदिध्यासोः आत्ममायां हृदयं निरभिद्यत
ततो मनः ततश्चंद्रः सङ्कल्पः काम एव ३०

वहाँले आफ्नो मायालार्ई विचार गर्ने इच्छा गर्नुहुँदा हृदयको उत्पत्ति भयो उसमा मन इन्द्रिय छन् तिनका देवतामा चन्द्रमा हुन कामना एवं शंकल्प विषयको रूपमा प्रकट भयो ।।३०।।

त्वक् चर्म मांस रुधिर मेदो मज्जास्थि धातवः
भूम्यप्तेजोमयाः सप्त प्राणो व्योमाम्बु वायुभिः ३१

विराट पुरुषको शरीरमा पृथ्वी जल तेजबाट त्वक, चर्म, मांस, रुधिर, मेदा, मज्जा अस्थी यी सात धातु उत्पन्न भयो ।। यसैगरी आकाश, जल वायुबाट प्राणको उत्पत्ति भयो ।।३१।।

गुणात्मकान् इंद्रियाणि भूतादि प्रभवा गुणाः
मनः सर्व विकारात्मा बुद्धिर्विज्ञानरूपिणी ३२

श्रोत्रादि इन्द्रियहरु शव्दादि विषयको ग्रहण गर्दछन् यी विषय अहकारबाट उत्पन्न भए मन सबै विकारको उत्पत्ति स्थान हो बुध्दि विज्ञारूपीणी (सबै विषयको बारेमा जानकारी गराउने वाला) हो ।।३२।।

एतद् भगवतो रूपं स्थूलं ते व्याहृतं मया
मह्यादिभिश्च आवरणैः अष्टभिः बहिरावृतम् ३३

मैले भगावान्को स्थूलरूपको वर्णन गरेर तिमीलार्ई सुनाए यो विराटरूप बाहिर पृथ्वी, जल, तेज वायु आकाश, अहंकार महतत्व प्रकृति यी आठ आवरणले ढाकिएको ।।३३।।

अतः परं सूक्ष्मतमं अव्यक्तं निर्विशेषणम्
अनादिमध्यनिधनं नित्यं वाङ् मनसः परम् ३४

यसभन्दा पर भगवान्को अत्यन्त सुक्ष्मरूप त्यो अत्यन्त निर्विशेष आदि, मध्य अन्तबाट रहित एवं नित्य मन वोली त्यहाँ सम्म पुग्न सक्तैन ।।३४।।

अमुनी भगवद् रूपे मया ते ह्यनुवर्णिते
उभे अपि गृह्णन्ति मायासृष्टे विपश्चितः ३५

मैले तिमीलार्ई भगवान्को स्थूल सूक्ष्मब्यक्त अव्यक्त दुईरूपको वर्णन सुनाएं, यी दुवै भगवान्ले मायाद्वारा रच्नु भएको हो विद्वानहरू यी दुवैलार्ई स्विकार गर्दैनन ।।३५।।

वाच्य वाचकतया भगवान् ब्रह्मरूपधृक्
नामरूपक्रिया धत्ते सकर्माकर्मकः परः ३६

वस्तवमा भगवान् निस्कृय हुनुहुन्छ आफ्नो शक्तिबाटै वहाँ सकृय हुनुहुन्छ फेरि वहाँ ब्रम्मको रूप धारण गरेर वाच्य वाचक, शव्द अर्थको रूपमा प्रकट हुनुहुन्छ अनेक नाम रूप तथा क्रियाहरू लार्ई स्विकार गर्नुहुन्छ ।।३७।।

प्रजापतीन् मनून् देवान् ऋषीन् पितृगणान् पृथक्
सिद्धचारणगन्धर्वान् विद्याध्रासुर गुह्यकान् ३७

मातृरक्षःपिशाचांश्च प्रेतभूतविनायकान् 
किन्नराप्सरसो नागान् सर्पान् किम्पुरुषोरगान्  ३८ 
कूष्माण्दोन्माद वेतालान् यातुधानान् ग्रहानपि
खगान् मृगान् पशून् वृक्षान् गिरीन् नृप सरीसृपान् ३९

राजन्प्रजापतिमनुदेवताऋषिपितृसिध्दचारणगन्धर्वविद्याधरअसुरयक्ष किन्नर, अप्सरा, नाग, सर्प, किम्पुरुष, उरग, मातृगण, राक्षस, पिशाच, भूत, पे्रत, विनायक कुष्माण्ड, उन्माद, वेताल, यातुधान, ग्रह, पंक्षी, मृग, पशु, वृक्ष, पर्वत, सरीसृप आदि जतिपनि नामरूप छन ती सबै भगवान्को अङ्ग हो ।।।३७।३८।३९।।

द्विविधाश्चतुर्विधा येऽन्ये जल स्थल वनौकसः
कुशला-अकुशला मिश्राः कर्मणां गतयस्त्विमाः ४०

संसारमा चर, अचर भेदबाट दुई दुइप्रकारको तथा जरायुज, अण्डज, स्वदेज उद्विज आदि चार प्रकारका जलचर आकाशचर प्राणीहरू छन् यी सबै शुभअशुभ मिश्रित फलको प्रभाव हो ।।४०।।

सत्त्वं रजस्तम इति तिस्रः सुर-नृ-नारकाः
तत्राप्येकैकशो राजन् भिद्यन्ते गतयस्त्रिधा
यद् एकैकतरोऽन्याभ्यां स्वभाव उपहन्यते ४१

सत्वको प्रधानताले देवता, रजको प्रधानताले मनुष्य तमको प्रधानताले नारकीययोनी (राक्षस) मिल्दछ यस गुणमा पनि जव एक गुण अर्को दुई गुणमा मिलेकाले प्रत्तेक गतिको तिन श्रेणीमा विभक्त हुन्छ ।।४१।।

एवेदं जगद्धाता भगवान् धर्मरूपधृक्
पुष्णाति स्थापयन् विश्वं तिर्यङ्नरसुरादिभिः ४२

वहाँ भगवान् जगतको पालनपोषणका लागि धर्ममय रूप स्विकार गरेर देवता मनुस्य पशु, पक्षी आदिरूपमा अनेक अवतारहरू लीनुहुन्छ ।।४२।।

ततः कालाग्निरुद्रात्मा यत्सृष्टं इदमात्मनः
सं नियच्छति तत्काले घनानीकं इवानिलः ४३

प्रलयकालको समय आएपछि भगवान्ले जसरी वायुले मेघमालाको संहार गरे झैं आफुले बनाएको विश्वलार्ई कालाग्नि स्वरूप रुद्ररूप धारण गरेर आफुमा नै लीन गर्नुहुन्छ ।।।४३।।

इत्थं भावेन कथितो भगवान् भगवत्तमः
इत्थं भावेन हि परं द्रष्टुं अर्हन्ति सूरयः ४४

महात्माहरूले परम ऐश्वर्य भगवान्को यसप्रकार वर्णन गरेका छन् तर तत्व ज्ञानी पुरुषले यस सृष्टि, पालन प्रलय गर्नेरूपलार्ई मात्रै दर्शन गर्दैनन् किनकि वहाँ यसभन्दा टाढा हुनुहुन्छ ।।४४।।

नास्य कर्मणि जन्मादौ परस्य अनुविधीयते
कर्तृत्वप्रतिषेधार्थं माययारोपितं हि तत् ४५

सृष्टिको रचना आदि कामको निरूपण गरेर पूर्ण परमात्माले कर्म कर्तापनको सम्बन्ध जोड्नु भएको छैन वहाँ मायाबाट आरोपित हुनुभएको कारणले कर्तृत्वको निषेध गर्नको लागि नै हो ।।४५।।

अयं तु ब्रह्मणः कल्पः सविकल्प उदाहृतः
विधिः साधारणो यत्र सर्गाः प्राकृतवैकृताः ४६

मैले यो ब्रम्हाजीको महाकल्पको आवन्तर कल्प सम्म वर्णन गरे कल्पना सृष्टिक्रम एकनाश नै हुन्छ फरक यति हो कि महाकल्पको प्रारंभमा प्रकृतिबाट क्रमशः महतत्वादिको उत्पन्न हुन्छ कल्पको प्रारम्भमा प्राकृत सृष्टि जस्ताको तस्तै रहन्छ चराचर प्राणीहरूको वैकृत सृष्टि नविन रूपमा नै हुन्छ ।।४६।।

परिमाणं कालस्य कल्पलक्षण विग्रहम्
यथा पुरस्ताद् व्याख्यास्ये पाद्मं कल्पमथो श्रृणु ४७

हे राजन! कालको परिणाण उस अन्तर्गत मन्वन्तरहरूको वर्णन पछि गर्नेछु अव तिमी पद्यमकल्पको वर्णन सावधान भएर सुन।।४७।।

शौनक उवाच
यदाह नो भवान् सूत क्षत्ता भागवतोत्तमः
चचार तीर्थानि भुवः त्यक्त्वा बंधून् सु-दुस्त्यजान् ४८

शौनकजीले सोधे
सूतजी तपाईले हामीलार्ई भन्नुभएको थियो कि भगवान्को परम भक्त विदुरजीले आफ्नो प्यारा वन्धुवर्गहरुलाई छाडेर पृथ्वीको विभिन्न तीर्थमा भ्रमण गरेका थिए ।।४८।।

क्षत्तुः कौशारवेः तस्य संवादोऽध्यात्मसंश्रितः
यद्वा भगवान् तस्मै पृष्टः तत्त्वं उवाच ४९

उनले आफ्नो यात्रामा मैत्रेय ऋषिका साथ अध्यात्म विषयमा कुराकानि भयो अनि मैत्रेय ऋषिले उनको प्रश्नमा कुन तत्वको वर्णन गरे ।।४९।।

ब्रूहि नः तद् इदं सौम्य विदुरस्य विचेष्टितम्
बन्धुत्याग निमित्तं यथैव आगतवान् पुनः ५०

सूतजी तपाईको स्वभाव बडो सौम्य तपाई विदुरको त्यो चरित्र हामीलार्ई सुनाउनु होस, उनले आफ्ना भाई बन्धुलार्ई किन छाडे फेरि किन फर्केर आए ।।५०।।

सूत उवाच
राज्ञा परीक्षिता पृष्टो यद् अवोचत् महामुनिः
तद्वोऽभिधास्ये श्रृणुत राज्ञः प्रश्नानुसारतः ५१

सूतजीले भने
शौनकादि ऋषि हो! राजा परीक्षितले पनि यहि कुरा सोधेका थिए महामुनी सूतजीले त्यसवारे जुनकुरा बताए ती सबैकुरा तपाईहरूलार्ई बताउदछु सावधान भएर सुन्नुहोस ।।५१।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
द्वितीयस्कंधे दशमोऽध्यायः १०