श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - द्वादशोऽध्यायः
नारद उवाच -
ब्रह्मचारी गुरुकुले वसन्दान्तो गुरोर्हितम् ।
आचरन् दासवत् नीचो गुरौ सुदृढसौहृदः ॥ १ ॥
नारदजीले भन्नुभयो– धर्मराज ! गुरुकुलमा बस्ने ब्रह्मचारीले आफुलार्ई सधैं सानो सम्झेर सेबक झैं गुरुको सेबा गर्नु पर्दछ । छ वटै इन्द्रियलार्ई आफ्नो वशमा राख्नु पर्दछ र गुरुले अराएको काम गर्नु पर्दछ ।।१।।
सायं प्रातरुपासीत गुर्वग्न्यर्कसुरोत्तमान् ।
सन्ध्ये उभे च यतवाग् जपन्ब्रह्म समाहितः ॥ २ ॥
साँझ बिहानमा गुरु अग्नि र अरु देवताहरुको उपासना गर्नु पर्दछ । मौन भएर दुवै संन्ध्यामा जप गर्नु पर्दछ ।।२।।
छन्दांस्यधीयीत गुरोः आहूतश्चेत् सुयन्त्रितः ।
उपक्रमेऽवसाने च चरणौ शिरसा नमेत् ॥ ३ ॥
गुरुको आज्ञा पाछि मन तथा शरीरलाई अनुशासनमा राखेर वेद अध्ययन गर्नु पर्दछ ।।३।।
मेखलाजिनवासांसि जटादण्डकमण्डलून् ।
बिभृयाद् उपवीतं च दर्भपाणिर्यथोदितम् ॥ ४ ॥
शास्त्रले बतए अनुसार मेखला, मृगचर्म वस्त्र, जटा, दण्ड, कमण्डलु, तथा हातमा कुश धारण गर्नु पर्दछ ।।४।।
सायं प्रातश्चरेद्भैक्ष्यं गुरवे तन्निवेदयेत् ।
भुञ्जीत यद्यनुज्ञातो नो चेदुपवसेत् क्वचित् ॥ ५ ॥
बिहान तथा साँझमा भिक्षा मागेर ल्याएर गुरुलार्ई अर्पण गर्नुपर्दछ । गुरुको आज्ञा पाएपछि भोजन गर्नु र आज्ञा दिनु भएन भने उपवास भए पनि बस्नु पर्दछ ।।५।।
सुशीलो मितभुग् दक्षः श्रद्दधानो जितेन्द्रियः ।
यावदर्थं व्यवहरेत् स्त्रीषु स्त्रीनिर्जितेषु च ॥ ६ ॥
ब्रम्हचर्यमा लागेकाले थोरै भोजन गर्नु, सुशील हुनु, इन्द्रियलाई वशमा राख्नु र सतर्क भएर आफ्नो काम गर्न पर्दछ । स्त्रीजाति संग जतिको ब्यबहार गर्नु पर्ने हो त्यति मात्र गर्नु ।।६।।
वर्जयेत्प्रमदागाथां अगृहस्थो बृहद्व्रतः ।
इन्द्रियाणि प्रमाथीनि हरन्त्यपि यतेर्मनः ॥ ७ ॥
गृहस्थी नभएका र ब्रह्मचर्यको ब्रतमा रहेकाले स्त्रीबाट टाढै रहनु पर्दछ किनकि इन्द्रिय बलवान हुन्छ । आफ्नो मन त्यतातिर नजाओस भनेर सावधान रहनु पर्दछ ।
केशप्रसाधनोन्मर्द स्नपनाभ्यञ्जनादिकम् ।
गुरुस्त्रीभिर्युवतिभिः कारयेन्नात्मनो युवा ॥ ८ ॥
युवक ब्रह्मचारीले युवक गुरूपत्नीलार्ई कपाल फुकाउन लागाउने तथा शरीर मिचाउने तथा स्नान गराउने काम गराउनु हुदैन ।।८।।
नन्वग्निः प्रमदा नाम घृतकुम्भसमः पुमान् ।
सुतामपि रहो जह्याद् अन्यदा यावदर्थकृत् ॥ ९ ॥
स्त्री भनेका आगो बराबर हुनु भने पुरुष घीउ समान हुन । त्यसैले उनीहरुले एकान्तमा त आफ्नी छोरी संग पनि बस्न हुदैन । अरु अवस्थामा भने आवस्यकता अनुसार संगै रहनु ।।९।।
कल्पयित्वाऽऽत्मना यावद् आभासमिदमीश्वरः ।
द्वैतं तावन्न विरमेत् ततो ह्यस्य विपर्ययः ॥ १० ॥
जबसम्म जीव, देह र इन्द्रियको बारेमा आत्मानुभावबाट ज्ञान प्राप्त हुदैन तव सम्म स्त्री र पुरुष भन्ने भ्रम हट्दैन । स्त्रीको संसर्गमा रहिरहदा भोगबृद्धि बढ्दछ ।।१०।।
एतत् सर्वं गृहस्थस्य समाम्नातं यतेरपि ।
गुरुवृत्तिर्विकल्पेन गृहस्थस्यर्तुगामिनः ॥ ११ ॥
त्यसैले गृहस्थी, सन्यासी ब्रह्मचारी आदि सबैले शीलको रक्षा गर्नु पर्दछ । ऋतु कालमा स्त्री संसर्गका लागि गृहस्थले गुरुकुलबाट अलक रहनु पर्दछ । ।।११।।
अञ्जनाभ्यञ्जनोन्मर्द त्र्यवलेखामिषं मधु ।
स्रग् गन्धलेपालंकारान् त्यजेयुर्ये बृहद्व्रताः ॥ १२ ॥
ब्रम्हचर्यको ब्रतमा रहने ब्रह्मचारीले सुरुमा तेल लगाउनु बुकुवा दल्नु स्त्रीको चित्र बनाउनु हुदैन । मासु मद्यपानमा नखानु । फुलको माला, चन्दन र गहनाहरु पनि त्यागिदिनु पर्दछ ।।१२।।
उषित्वैवं गुरुकुले द्विजोऽधीत्यावबुध्य च ।
त्रयीं साङ्गोपनिषदं यावदर्थं यथाबलम् ॥ १३ ॥
यसरी गुरुकुलमा आफ्नो शक्ति र आवस्यकता अनुसार वेद, वेदांग र उपनिषदको अध्ययन गरेर ज्ञान प्राप्त गर्नु पर्दछ ।।१३।।
दत्त्वा वरमनुज्ञातो गुरोः कामं यदीश्वरः ।
गृहं वनं वा प्रविशेत् प्रव्रजेत् तत्र वा वसेत् ॥ १४ ॥
त्यसपछि सामथ्र्य भएमा गुरुले मागे जति दक्षिण दिनु र वहाँको आज्ञा लिएर गृहस्थ, वानप्रास्थ अथवा सन्यास आश्रममा प्रवेश गरेर ब्रह्मचर्य पालन गरेर घरमा रहुन ।।१४।।
अग्नौ गुरावात्मनि च सर्वभूतेष्वधोक्षजम् ।
भूतैः स्वधामभिः पश्येद् अप्रविष्टं प्रविष्टवत् ॥ १५ ॥
भगवान् सर्वत्र एक भावले व्याप्त हुनुहुन्छ । वहाँ सबै जीव, अग्नि गुरु, आत्मा र सबै प्राणीहरुमा आफुमा आश्रित जीवका साथ विशेषरूपले विराजमान हुनुहुन्छ । त्यसैले सदा वहाँ मै मन लागाउनु पर्दछ ।।१५।।
एवं विधो ब्रह्मचारी वानप्रस्थो यतिर्गृही ।
चरन्विदितविज्ञानः परं ब्रह्माधिगच्छति ॥ १६ ॥
यसरी आचरणमा रहेने वानप्रस्थ, सन्यासी तथा गृहस्थ सबै ज्ञान प्राप्त गरेर परब्रह्म तत्वको अनुभव गर्दछ ।।१६।।
वानप्रस्थस्य वक्ष्यामि नियमान् मुनिसम्मतान् ।
यानास्थाय मुनिर्गच्छेद् ऋषिलोकमुहाञ्जसा ॥ १७ ॥
अब ऋषिहरुको मतानुसार वानप्रस्थको नियम बताउँदछु । यसरी वानप्रास्थ को नियममा रहनेहरुलाई सुगमले नै ऋषिहरुले प्राप्त गर्ने महलोक प्राप्त हुन्छ ।।१७।।
न कृष्टपच्यमश्नीयाद् अकृष्टं चाप्यकालतः ।
अग्निपक्वमथामं वा अर्कपक्वमुताहरेत् ॥ १८ ॥
वान प्रस्थले खन जोतेर फलेका गहुँ धान चामल आदि अन्नहरु खान हुदैन । आगोले पाकेको तथा काँचो अन्न पनि खान हुदैन । सूर्यको तापले पाकेका कन्दमूल फल आदि खानु पर्दछ ।।१८।।
वन्यैश्चरुपुरोडाशान् निर्वपेत्कालचोदितान् ।
लब्धे नवे नवेऽन्नाद्ये पुराणं च परित्यजेत् ॥ १९ ॥
जंगलमा आफैं उम्रेका धान्यहरुले नित्य नैमित्तिक चरु होम गर्नु पर्दछ । जब नायाँ अन्न फलफूल मिल्दछ अनि पहिला जम्मा गरेका अन्नलार्ई त्यागिदिनु ।।१९।।
अग्न्यर्थमेव शरणं उटजं वाद्रिकन्दरम् ।
श्रयेत हिमवाय्वग्नि वर्षार्कातपषाट् स्वयम् ॥ २० ॥
अग्निहोत्रको आगोको रक्षाका मात्र लागि घर पर्णकुटी अथवा फहाडको गुफाको आश्रय लिनु । आफुले ता शीत वायु, अग्नि, वर्षा र घामलार्ई सहन सक्नु पर्दछ ।।२०।।
केशरोमनखश्मश्रु मलानि जटिलो दधत् ।
कमण्डल्वजिने दण्ड वल्कलाग्निपरिच्छदान् ॥ २१ ॥
सिरमा जटा धारण गरेर कपाल, रउँ, नङ्ग दाढी, जुँगा आदि नकाट्नु र शरीरको मैलो पनि नहटाउँनु । कमण्डलु, मृगचर्म, दण्ड र वल्कल वस्त्र आफुसंगै राख्नु ।।२१।।
चरेद् वने द्वादशाब्दान् अष्टौ वा चतुरो मुनिः ।
द्वावेकं वा यथा बुद्धिः न विपद्येत कृच्छ्रतः ॥ २२ ॥
विचारबान पुरुषले आफ्नो तपस्याले बुद्धिलाई विग्रन बाट जोगिएर बाह्र, आठ, चार, दुई या एक वर्ष सम्म वानप्रास्थ आश्रममा रहेर नियम पालना गर्नु पर्दछ ।।२२।।
यदाकल्पः स्वक्रियायां व्याधिभिर्जरयाथवा ।
आन्वीक्षिक्यां वा विद्यायां कुर्यादनशनादिकम् ॥ २३ ॥
रोग बुढ्याइका कारण आफ्नो कर्म पूर्ण गर्न सकिएन भने वानप्रास्थीले अनसन व्रत गर्नु पर्दछ ।।२३।।
आत्मन्यग्नीन् समारोप्य सन्न्यस्याहं ममात्मताम् ।
कारणेषु न्यसेत् सम्यक् संघातं तु यथार्हतः ॥ २४ ॥
अनसन अगाडि उसले अहवनिय अग्निलार्ई आफ्नो आत्मामा लीन गराएर म र मेरो भन्ने भावनालार्ई त्यागिदिनु पर्दछ । शरीरलार्ई पहिला उत्पन्न भएको पञ्चतत्वमा नै लगेर लीन गरिदिनु । ।२४।।
खे खानि वायौ निश्वासान् तजःसूष्माणमात्मवान् ।
अप्स्वसृक्श्लेष्मपूयानि क्षितौ शेषं यथोद्भवम् ॥ २५ ॥
जितेन्द्रिय पुरुषले आफ्नो शरीरको छिद्रलार्ई आकाशमा, प्राणलार्ई वायुमा, गर्मिलार्ई अग्निमा, रगत, कफ पीप आदिलार्ई जलमा र हाडलार्ई पृथ्वीमा लीन गरिदिनु ।।२५।।
वाचमग्नौ सवक्तव्यां इन्द्रे शिल्पं करावपि ।
पदानि गत्या वयसि रत्योपस्थं प्रजापतौ ॥ २६ ॥
मृत्यौ पायुं विसर्गं च यथास्थानं विनिर्दिशेत् ।
दिक्षु श्रोत्रं सनादेन स्पर्शेनाध्यात्मनि त्वचम् ॥ २७ ॥
रूपाणि चक्षुषा राजन् ज्योतिष्यभिनिवेशयेत् ।
अप्सु प्रचेतसा जिह्वां घ्रेयैर्घ्राणं क्षितौ न्यसेत् ॥ २८ ॥
यसरी वाणीलार्ई त्यसको अधिष्ठात्रृ देवता अग्निमा, हात र त्यसबाट हुने कला कौशललार्ई इन्द्रमा, चरण र त्यसको गतिलार्ई कालस्वरूप विष्णुमा, रति र उपस्थलार्ई प्रजापतिमा, पायु र मलोत्सर्गलार्ई मृत्युमा लीन गरिदिनु । स्त्रोत्र र सुन्ने शव्दलार्ई दिशाहरुमा, स्पर्श र त्वचालार्ई वायुमा, नेत्र सहित रूपलार्ई ज्योतिमा, मधुर आदि रस सहित रसेन्द्रियलार्ई जलमा र घ्राणेन्द्रिय र त्यबाट सुंघ्ने गन्धलार्ई पृथ्वीमा लीन गरिदिनु ।।२६।२८।।
मनो मनोरथैश्चन्द्रे बुद्धिं बोध्यैः कवौ परे ।
कर्माण्यध्यात्मना रुद्रे यदहं ममताक्रिया ।
सत्त्वेन चित्तं क्षेत्रज्ञे गुणैर्वैकारिकं परे ॥ २९ ॥
मनलार्ई चँद्रमामा र सझिएका पदार्थ सहित बुद्धिलार्ई ब्रह्ममा तथा अहमता र ममतारूप काम गर्ने अहंकारलार्ई रुद्रमा लीन गर्नु । यसरी चेतना सहितको चित्तलार्ई क्षेत्रज्ञ र जीवलार्ई परब्रह्ममा लीन गर्नु ।।२९।।
अप्सु क्षितिमपो ज्योतिषि अदो वायौ नभस्यमुम् ।
कूटस्थे तच्च महति तदव्यक्तेऽक्षरे च तत् ॥ ३० ॥
वायुलाई वायुमा, आकाशलाई आकाशमा, महतत्वमा महतत्वलार्ई र अव्यक्तलार्ई अव्यक्तका अविनाशी परमात्मामा लीन गरिदिनु ।।३१।।
इत्यक्षरतयाऽऽत्मानं चिन्मात्रमवशेषितम् ।
ज्ञात्वाद्वयोऽथ विरमेद् दग्धयोनिरिवानलः ॥ ३१ ॥
यसरी सबैमा लीन गराई सकेपछि परमात्माको रूपमा रहेको शेष वस्तुलाई म नै आत्मा हुँ भन्ने संझेर अद्वितिय भावमा स्थित रहनु । जसरी आफ्नो आश्रय कनिष्ठादिको भष्म हुनाले अग्नि शान्त भएर आफ्नो स्वरूपमा स्थित हुन्छ त्यसरी नै उ सबै कुराबाट शान्त रहन्छ ।।३१।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे युधिष्ठिरनारदसंवादे सदाचारनिर्णयो नाम द्वादशोऽध्यायः ॥ १२ ॥