श्रीमद्भागवत महापुराण
प्रथमः
स्कंधः - चतुर्थोऽध्यायः
🌸 श्रीमद्भागवत: तत्व-निर्णय तथा सार 🌸
१. कथा सार:
सरस्वती नदीको तटमा बसेर चारै वेद
र महाभारत जस्तो विशाल ग्रन्थको रचना गरिसकेपछि पनि महर्षि व्यासको चित्त
शान्त भएन। उनलाई आफूले केही न केही अपूर्ण छाडेको महसुस भइरह्यो। ठीक त्यही
समयमा वीणा बजाउँदै देवर्षि नारदको आगमन हुन्छ,
जसले व्यासको यो मानसिक स्थितिमा
दिव्य मार्गदर्शन प्रदान गर्नुहुन्छ।
२. तत्व निर्णय:
यो अध्यायले स्पष्ट पार्छ कि 'ज्ञान'
मात्रले शान्ति मिल्दैन। वेद
र महाभारत जस्ता धर्म-अर्थ-कामका ग्रन्थहरू भन्दा माथि उठेर जबसम्म भगवान्को
शुद्ध लीला (भक्ति) गायन गरिँदैन,
तबसम्म विद्वानको हृदय पनि रिक्त
रहन्छ।
३. दार्शनिक पक्ष:
यहाँ
'धर्मको
आवरण र प्रेमको सत्य' बीचको सूक्ष्म
दर्शन छ। व्यासजीले 'नैतिकता
र मर्यादा' (धर्म)
त सिकाए, तर
'परम
प्रेम' (कृष्ण)
सिकाउन बाँकी थियो। भागवतको प्राकट्य "परम भक्ति" को आवश्यकता
बुझाउन भएको हो।
व्यास उवाच –
(अनुष्टुप्)
इति ब्रुवाणं संस्तूय मुनीनां दीर्घसत्रिणाम् ।
वृद्धः कुलपतिः सूतं बह्वृचः शौनकोऽब्रवीत् ॥ १ ॥
व्यासजी
भन्नुहुन्छ
-
सूतजीको
यस्तो
कुरा
सुनेर
लामो
यज्ञमा
जुटेका
बयोबृध्द
शौनकजीले
प्रशंसा
गर्दे
भन्नुभयो
।।१।।
शौनक उवाच -
सूत सूत महाभाग वद नो वदतां वर ।
कथां भागवतीं पुण्यां यदाह भगवान् शुकः ॥ २ ॥
शौनकजीले भने—
हे
सूतजी !
तपाई
श्रेष्ठवक्ता
हुनुहुन्छ
र
धेरै
भाग्यमानी
पनि
हुनुहुन्छ
।
भगवान्
सुकदेवले
जुन
कथा
भन्नु
भएको
थियो,
भगवान्का त्यहि पवित्र
कथा
हामीलाई
सुनाउनुहोस
।।२।।
कस्मिन् युगे प्रवृत्तेयं स्थाने वा केन हेतुना ।
कुतः सञ्चोदितः कृष्णः कृतवान् संहितां मुनिः ॥ ३ ॥
त्यो
कथा
कुन
कालमा
कहाँ
? र कसका
लागि
भनिएको
थियो
? हे मुनिवर ! कृष्ण
द्वैपायनले
कस्को
प्रेरणाले
यस
भागवत
संहिताको
रचना
गर्नुभयो
?।।३।।
तस्य पुत्रो महायोगी समदृङ् निर्विकल्पकः ।
एकान्तमतिः उन्निद्रो गूढो मूढ इवेयते ॥ ४ ॥
उनको
छोरा
सुकदेवजी
त
कसैमा
भेदभाव
नराख्ने,
समदर्शी
र
सांसारिक
विषय
बाट
टाढा रहने
र भगवान्मा
मात्र
चित्त
लगाउने
ठुला
योगी
हुन
।
उनले
एकमात्र
परमेश्वरलाई
आफ्नो
मनमा
राखेका
छन्
जसले
गर्दा
सर्वसाधारणका
अगाडि
उनी
मुढ
जस्तो
देखिन्छन
।।४।।
(वसंततिलका)
दृष्ट्वानुयान्तमृषिमात्मजमप्यनग्नं
देव्यो ह्रिया परिदधुर्न सुतस्य चित्रम् ।
तद्वीक्ष्य पृच्छति मुनौ जगदुस्तवास्ति
स्त्रीपुम्भिदा न तु सुतस्य विविक्तदृष्टेः ॥ ५ ॥
जतिवेला
सुकदेवजी
सन्यासका
लागि
वनतिर
जादा
व्यासजी
छोराको
पछाडि
लागेका
थिए
त्यस
समयमा
स्नान
गरीरहेका
स्त्रीहरूले
नग्नावस्थामा
रहेका
सुकदेवजीलाई
देखेर
वस्त्र
लगाएनन्
तर
व्यासजीलाई
देखेर
लाजले
कपडा
लगाए
।
यस्तो
आश्चर्य
देखेर
व्यासजीले
यसको
कारणको
बारेमा
सोध्दा
ती
स्त्रीहरूले
जवाफ
दिए
।
व्यासजी
तपाईमा
अझै
पनि
पुरुष
र
स्त्री
का
विचमा
भेदछ
तर
तपाईका
छोराको
सुध्द
दृष्टिका
कारण
भेद
छैन
।।५।।
(अनुष्टुप्)
कथमालक्षितः पौरैः संप्राप्तः कुरुजाङ्गलान् ।
उन्मत्तमूकजडवद् विचरन् गजसाह्वये ॥ ६ ॥
कुरुजाङ्गल
देशको
हस्तिनापुरमा
पुग्दा
उनी
ता
लाटो
र
मुर्ख
जस्तै
भएर
दिन
विताउन
लागकोका
थिए
त्यस
वेला
नगरवासीहरूले
उनलाई
सुकदेव
भनेर
कसरी
चिने
।।६।।
कथं वा पाण्डवेयस्य राजर्षेर्मुनिना सह ।
संवादः समभूत् तात यत्रैषा सात्वती श्रुतिः ॥ ७ ॥
पाण्डवका
नाती
राजा
परीक्षितको
यी
सन्त
सुकदेवसंग
कसरी
भेट
भयो
र
भागवतकथा
सुने
? ।।७।।
स गोदोहनमात्रं हि गृहेषु गृहमेधिनाम् ।
अवेक्षते महाभागः तीर्थीकुर्वन् तदाश्रमम् ॥ ८ ॥
परमहंस
सूकदेजी
ता
गृहस्थी
का
घरलाई
पवित्र
वनाउन
एकक्षण
गाई
दुहुने
समय
मात्र
बस्दथे
।।८।।
अभिमन्युसुतं सूत प्राहुर्भागवतोत्तमम् ।
तस्य जन्म महाश्चर्यं कर्माणि च गृणीहि नः ॥ ९ ॥
हे सूतजी !
हामीले
सुनेका
छौ
कि
अभिमन्युका
छोरा
परीक्षित
भगवान्का
प्यारा
भक्त
थिए
उनको
जन्म
कर्मका
बारेमा
पनि
बताउनुहोस
।।९।।
स सम्राट् कस्य वा हेतोः पाण्डूनां मानवर्धनः ।
प्रायोपविष्टो गङ्गायामनादृत्याधिराट्श्रियम् ॥ १० ॥
उनी
त
पाण्डव
बंशको
गौरव
बढाउने
खालका
राजा
थिए
।
उनले
कुन
कारणले
सब
राजपाठ
त्यागेर
गङ्गाको
किनारमा
मृत्यु
पर्यन्त
अनसन
ब्रत
लिएर
बसे
? ।।१०।।
(वंशस्थ)
नमन्ति यत्पादनिकेतमात्मनः
शिवाय हानीय धनानि शत्रवः ।
कथं स वीरः श्रियमङ्ग दुस्त्यजां
युवैषतोत् स्रष्टुमहो सहासुभिः ॥ ११ ॥
सत्रुहरूले
आफ्नो
भलाईको
लागि
धेरै
धनसम्पत्ति
ल्याएर
उनको
चरण
राख्ने
चौकिको
नमस्कार
गर्दथे
।
उनी
जवान
केटा
थिए
उनमा
त्यो
दुस्तयज
श्री
सम्पित्तको
साथै
आफ्नो
प्राणको
त्याग्ने
इच्छा
किन
गरे
? ।।११।।
शिवाय लोकस्य भवाय भूतये
य उत्तमश्लोकपरायणा जनाः ।
जीवन्ति नात्मार्थमसौ पराश्रयं
मुमोच निर्विद्य कुतः कलेवरम् ॥ १२ ॥
जुन
ब्यक्ति
भगवान्
प्रति
आश्रित
हुन्छ
त्यो
संसारको
परम
कल्याण
अभ्युदय
र
समृध्दिका
लागि
जीवन
धारण
गर्दछ
।
उसमा
आफ्नो
कुनै
स्वार्थ
हुदैन
।
उसको
जीवन
अरुको
भलाईको
लागि
हो
।
आखिर
उनले
बिरक्त
भएर
किन
प्राण
त्यागे
।।१२।।
(अनुष्टुप्)
तत्सर्वं नः समाचक्ष्व पृष्टो यदिह किञ्चन ।
मन्ये त्वां विषये वाचां स्नातमन्यत्र छान्दसात् ॥ १३ ॥
वेदवाणी
छाडेर
तपाई
सब
सास्त्रका
विद्वान
हुनुहुन्छ,
सूतजी
त्यसैले
अहिले
हामीले
जे
सोधेका
छौं
कृपा
गरेर
त्यसका
बारेमा
सबै
बताउनुहोस्
।।१३।।
सूत उवाच
द्वापरे समनुप्राप्ते तृतीये युगपर्यये ।
जातः पराशराद्योगी वासव्यां कलया हरेः ॥ १४ ॥
सूतजीले
भने—
यो
अहिले
चार
युगको
तेश्रो
द्वापर
युगमा
महर्षि
परासरद्वारा
वसुकन्या
सत्यवतीको
गर्भबाट
भगवान्
कलावतार
योगरीाज
व्यासजीको
जन्म
भयो ॥१४॥
स कदाचित् सरस्वत्या उपस्पृश्य जलं शुचिः ।
विविक्तदेश आसीन उदिते रविमण्डले ॥ १५ ॥
एक
दिन
उनी
सूर्योदयको
समयमा
सरस्वतीको
पवित्र
जलले
स्नान
गरेर
एकान्त
स्थानमा
बसेका
थिए ॥ १५ ॥
परावरज्ञः स ऋषिः कालेनाव्यक्तरंहसा ।
युगधर्मव्यतिकरं प्राप्तं भुवि युगे युगे ॥ १६ ॥
महर्षि
भविष्य
र
भुतका
बारेमा
जान्दथे
।
उनको
दृष्टि
अचुक
थियो
।
उनले
विचार
गरे
कि
जो
ब्यक्ति
जान्न
सक्तैनन
।
समयको
अन्तरले
प्रत्तेक
युगमा
धर्म
संकट
आउछ
।।
१६
।।
भौतिकानां च भावानां शक्तिह्रासं च तत्कृतम् ।
अश्रद्दधानान्निःसत्त्वान्दुर्मेधान् ह्रसितायुषः ॥ १७ ॥
जसका
प्रभावले
भौतिक
वस्तुको
शक्तिमा
कमि
हुन
आउछ
।
उनीहरूको
बुध्दिले
उचित
निर्णय
लिन
सक्तैन
र
आयु
पनि
छोटो
हुनेछ
।
मानिसहरूको
मन्द
भाग्य
हिनतालाई
जानेर
।।१७।।
दुर्भगांश्च जनान् वीक्ष्य मुनिर्दिव्येन चक्षुषा ।
सर्ववर्णाश्रमाणां यद् दध्यौ हितममोघदृक् ॥ १८ ॥
व्यास
मुनिले
आफ्नो
दिब्य
दृष्टिले
सबै
वर्ण
र
आश्रमीहरूको
हित
कसरी
हुन्छ
भन्ने
विचार
गरे
।।१८।।
चातुर्होत्रं कर्म शुद्धं प्रजानां वीक्ष्य वैदिकम् ।
व्यदधाद् यज्ञसन्तत्यै वेदमेकं चतुर्विधम् ॥ १९ ॥
वेदले
भनिएको
चार्तुहोत्र
कर्मले
मानिसको
हृदयलाई
सुध्द
गराउने
हो
।
यहि
विचार
गरेर
यज्ञलाई
विस्तार
गराउने
उद्देश्यले
एक
वेदलाई
चार
भाग
लगाए
।।१९।।
ऋग्यजुःसामाथर्वाख्या वेदाश्चत्वार उद्धृताः ।
इतिहासपुराणं च पञ्चमो वेद उच्यते ॥ २० ॥
व्यासले
ऋक,
यजु,
साम
र
अथर्व
यी
चारवेदलाई
पृथक
पृथक
गरे,
इतिहास
र
पुराणलाई
पाँचौ
वेद
भनिन्छ
।।२०।।
तत्रर्ग्वेदधरः पैलः सामगो जैमिनिः कविः ।
वैशंपायन एवैको निष्णातो यजुषामुत ॥ २१ ॥
त्यसमा
ऋकवेद
पैललाई,
सामवेद
गायन
विद्वान
जैमिनि
र
यजुर्वेदका
एक
मात्र
स्नातक
वैसम्पायनलाई
पढाउनु
भयो
।।२१।।
अथर्वाङ्गिरसामासीत् सुमन्तुर्दारुणो मुनिः ।
इतिहासपुराणानां पिता मे रोमहर्षणः ॥ २२ ॥
अथर्ववेदको
प्रविण
विद्वान
सुमन्तु
हुन
।
इतिहास
र
पुराणका
विद्वान
मेरा
पिता
रोमहर्षण
हुनुभयो
।।२२।।
त एत ऋषयो वेदं स्वं स्वं व्यस्यन्ननेकधा ।
शिष्यैः प्रशिष्यैः तत् शिष्यैः वेदास्ते शाखिनोऽभवन् ॥ २३ ॥
माथि
भनेका
ऋषिहरूले
आ–आफ्नो
वेदलाई
अनेक
भागमा
विभक्त
गरे
।
यसप्रकार
शिष्य
प्रशिष्य
र
उनको
शिष्यहरूबाट
वेदका
अनेक
शाखा
वने
।।२३।।
त एव वेदा दुर्मेधैः धार्यन्ते पुरुषैर्यथा ।
एवं चकार भगवान् व्यासः कृपणवत्सलः ॥ २४ ॥
स्मरण
शक्ति
कम
भएका
ब्यक्तिका
लागि
कृपा
गरेर
भगवान्
वेदव्यासले
उनीहरूले
पनि
बुझ्न
सकुन
भनेर
वेदको
विभाजन
गर्नु
भएको
हो
।।२४।।
स्त्रीशूद्रद्विजबंधूनां त्रयी न श्रुतिगोचरा ।
कर्मश्रेयसि मूढानां श्रेय एवं भवेदिह ।
इति
भारतमाख्यानं
कृपया
मुनिना
कृतम्
॥
२५
॥
स्त्री,
सूद्र
र
पतीतहरू
र
द्विजातीहरू
वेदका
अधिकारी
हुदैनन्
।
यसैले
कल्याणकारी
शास्त्रोक्त
कर्मको
आचरण
नजान्ने
भएकाले
यसैमा
भुलेर
बसुन
र
यसबाट
उनीहरूको
पनि
कल्याण
होस्
भन्ने
विचार
गरेर
महामुनि
व्यासजीले
ठुलो
कृपा
गरेर
महाभारत
इतिहासको
रचना
गर्नुभयो
।।२५।।
एवं प्रवृत्तस्य सदा भूतानां श्रेयसि द्विजाः ।
सर्वात्मकेनापि यदा नातुष्यत् हृदयं ततः ॥ २६ ॥
हे शौनकादि
ऋषिहरू !
यसरी
व्यासजीले
आफ्नो
सबै
शक्ति
प्राणीहरूको
कल्याणको
लागि
लगाउनु
भयो
तापनि
वहांको
मन
सन्तोष
भएन
।।२६।।
नातिप्रसीदद् हृदयः सरस्वत्यास्तटे शुचौ ।
वितर्कयन् विविक्तस्थ इदं प्रोवाच धर्मवित् ॥ २७ ॥
निरास
मन
लिएर
सरस्वती
नदीको
किनारमा
बसेका
धर्मवेत्ता
व्यासजीले
मनमनै
तर्क
गर्न
लागे
।।२७।।
धृतव्रतेन हि मया छन्दांसि गुरवोऽग्नयः ।
मानिता निर्व्यलीकेन गृहीतं चानुशासनम् ॥ २८ ॥
मैले
निष्कपट
भावले
ब्रम्हचर्यादिको पालना
गरेर
वेद,
गुरुजनहरूको
सम्मान
गरेको
छु
र
उनीहरूको
आज्ञा
पालन
गरेको
छु
।।२८।।
भारतव्यपदेशेन ह्याम्नायार्थश्च दर्शितः ।
दृश्यते यत्र धर्मादि स्त्रीशूद्रादिभिरप्युत ॥ २९ ॥
महाभारतको
रचना
गरेर
मैले
वेदको
अर्थ
खुलाई
दिएकोछु
।
जसबाट
स्त्री
सूद्रहरूले
पनि
आ
आफ्नो
धर्मको
बारेमा
ज्ञान
प्राप्त
गर्न
सक्तछन
।।
२९।।
तथापि बत मे दैह्यो ह्यात्मा चैवात्मना विभुः ।
असंपम्पन्न इवाभाति ब्रह्मवर्चस्य सत्तमः ॥ ३० ॥
म
ब्रम्हतेजले
सम्पन्न
र
सामर्थ्यवान
छु
तापनि
मेरो
हृदयमा
केहि
अपुग
भएको
भान
भएको
छ
।।३०।।
किं वा भागवता धर्मा न प्रायेण निरूपिताः ।
प्रियाः परमहंसानां त एव ह्यच्युतप्रियाः ॥ ३१ ॥
अवस्य
पनि
मैले
अहिले
सम्म
भगवान्
प्राप्त
गराउने
धर्मको
बारेमा
निरूपण
गर्न
सकेको
छैन
।
जुन
परमहंसको
प्यारो
हो
त्यो
भगवान्को
पनि
प्यारो
हो
।।३१।।
तस्यैवं खिलमात्मानं मन्यमानस्य खिद्यतः ।
कृष्णस्य नारदोऽभ्यागाद् आश्रमं प्रागुदाहृतम् ॥ ३२ ॥
यसरी
व्यासजी
आफुलाई
अपूर्ण
मानेर
मन खिन्न पारेर बसिरहेको
अवस्थामा
त्यस
आश्रममा
नारदजी
आइपुग्नु
भयो
।।३२।।
तमभिज्ञाय सहसा प्रत्युत्थायागतं मुनिः ।
पूजयामास विधिवत् नारदं सुरपूजितम् ॥ ३३ ॥
देवताहरूद्वारा
सम्मानित
नारदजीलाई
देखेर
व्यासजीले
उठेर
विधिपुर्वक
स्वागत
र
पूजा
गर्नुभयो
।।३४।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे नैमिषीयोपाख्याने चतुर्थोऽध्यायः ॥ ४ ॥