श्रीमद्भागवत महापुराण
पञ्चमः स्कन्धः – षष्ठोऽध्यायः
राजोवाच
(भृंगनाद)
न नूनं भगव आत्मारामाणां योगसमीरितज्ञानावभर्जितकर्मबीजानामैश्वर्याणि पुनःक्लेशदानि भवितुमर्हन्ति यदृच्छयोपगतानि ॥ १ ॥
राजा परीक्षितले सोधे–
भगवन् ! योगरूपवायुले प्रज्वलित भएको अग्निले (ज्ञानले) जस्को रागादि कर्मबीज डढिसकेको हुन्छ ती आत्माराम महात्माहरूको दैववश यदि आफैं नै अणिमादि सिद्धि प्राप्त भयो भने त्यसमा उसको राग द्वेशादि क्लेशको कारण हुनै सक्तैन । फेरी भगवान् ऋषभदेवले त्यसलाई स्वीकार किन गर्नुभएन ।।१।।
ऋषिरुवाच –
सत्यमुक्तं किन्त्विह वा एके न मनसोऽद्धा विश्रम्भमनवस्थानस्य शठकिरात इव सङ्गच्छन्ते ॥ २ ॥
शुकदेवजीले भन्नुभयो–
तिम्रो भनाई ठिकै हो । ब्याधा जतिसुकै चलाक भएपनि आफुले पक्रेको मृगलाई विश्वास गर्न सक्तैन, त्यसैगरि बुध्दिमान मानिसले चंचल चित्तको विश्वास गदैन ।।२।।
तथा चोक्तम् न कुर्यात्कर्हिचित्सख्यं मनसि ह्यनवस्थिते । यद्विश्रम्भाच्चिराच्चीर्णं चस्कन्द तप ऐश्वरम् ॥ ३ ॥
यस्तो पनि भनिएको छ कि मोहिनीरुपमा मोहित भएर महादेवजीको धेरैकाल देखिको सञ्चित तप नष्ट भएको थियो ।।३।।
नित्यं ददाति कामस्य च्छिद्रं तमनु येऽरयः ।
योगिनः कृतमैत्रस्य पत्युर्जायेव पुंश्चली ॥ ४ ॥
जसरी ब्यभिचारिणीले जार पुरुषलाई विश्वास गरेर उद्वारा आफ्नो पतिलाई मार्न लगाउछे त्यसरि नै योगी मनमा विश्वास गरेर यसैद्वारा क्रोधादि सत्रुहरूलाई भष्म गराउँदछन ।।४।।
कामो मन्युर्मदो लोभः शोकमोहभयादयः ।
कर्मबन्धश्च यन्मूलः स्वीकुर्यात्को नु तद् बुधः ॥ ५ ॥
काम, क्रोध, मद, लोभ, मोह, र भय आदि सत्रुहरूको तथा कर्म वन्धनको मूल कारण यो मन नै हो यसैले यसमा बुध्दिमान पुरुषले कसरी विश्वास गर्न सक्छ र ? ।।५।।
अथैवमखिललोकपालललामोऽपि विलक्षणै र्जडवदवधूतवेषभाषाचरितैरविलक्षितभगवत्प्रभावो योगिनां साम्परायविधिमनुशिक्षयन् स्वकलेवरं
जिहासुरात्मन्यात्मानमसंव्यवहितमनर्थान्तरभावेना न्वीक्षमाण उपरतानुवृत्तिरुपरराम ॥ ६ ॥
त्यसैले भगवान् ऋषभदेव सबै लोकपालको पनि भूषणस्वरूप हुनुहुन्थ्यो तापनि जड पुरुषको जस्तै विभिन्न भेष भुषा र अचरणले आफुलाई इश्वरीय प्रभावबाट लुकाउनु भएको थियो । अन्तमा वहाले योगिहरूको देहत्याग विधि सिकाउनका लागि आफ्नो शरीर छोड्न चाहनुभयो । वहाँ आफ्नो अन्तःकरणमा अभेदरुपले स्थित परमात्माको अभिन्नरुपले देखिने वासनाहरूको अनुवृत्तिबाट छुटेर लिङ्ग देहको अभिमानबाट मुक्त हुनुभयो ।।६।।
तस्य ह वा एवं मुक्तलिङ्गस्य भगवत ऋषभस्य योगमायावासनया देह इमां जगतीमभिमानाभासेन संक्रममाणः कोङ्कवेङ्ककुटकान्दक्षिणकर्णाटका न्देशान् यदृच्छयोपगतः कुटकाचलोपवन आस्य कृताश्मकवल उन्माद इव मुक्तमूर्धजोऽसंवीत एव विचचार ॥ ७ ॥
यस प्रकार लिङ्गदेहको अभिमानबाट मुक्त भगवान् ऋषभदेवजीको शरीर योगमायाको वासनाले केवल अभिमानको आश्रयले नै यस पृथ्वीमा विचरण गर्नलाग्यो । भ्रमणका क्रममा उनको शरीर कौंक वेंक र दक्षिण आदि कुटक कर्णटकका देशहरूमा गएर मुखमा ढुंगाको टुक्रा हालेर तथा विग्रिएको कपालले बौलाह झैं समा दिगम्बररुपले कुटकाचलको देशमा घुम्नलागे ।।७।।
अथ समीरवेगविधूतवेणुविकर्षणजातोग्रदावानलस्तद्वनमालेलिहानः सह तेन ददाह ॥ ८ ॥
त्यस बखतमा बतासले हल्लिएको बाँसको घर्षणले उत्पन्न दावाग्नि दन्किएर सारा वनलाई डढाउँन लाग्यो । ऋषभदेवजी लाई पनि त्यहि ज्वालामा लपेटेर उनको शरीरलाई भष्म गरायो ।।८।।
यस्य किलानुचरितमुपाकर्ण्य कोङ्कवेङ्ककुटकानां राजार्हन्नामोपशिक्ष्य कलावधर्म उत्कृष्यमाणे भवितव्येन विमोहितःस्वधर्मपथमकुतोभयमपहाय कुपथपाखण्डमसमञ्जसं निजमनीषया मन्दः सम्प्रवर्तयिष्यते ॥ ९ ॥
राजन् ! जस बखतमा कलियुगमा अधर्मको वृद्धि हुन्छ त्यस बखत कौंक वेंक र कुटक देशका अर्हत आदि मन्दमति राजा अर्थात त्यहाँका मानिसहरूले ऋषभदेवजीको आश्रमको आचरणको वृत्तान्त सुनेर तथा स्वयं त्यसलाई ग्रहण गरेर भयरहित स्वधर्मलाई त्यागेर आफ्नो बुध्दिले अनुचित तथा पाखण्डपूर्ण कुमार्गको प्रचार गर्दछन ।।९।।
येन ह वाव कलौ मनुजापसदा देवमायामोहिताः स्वविधिनियोगशौचचारित्रविहीना देवहेलनान्यपव्रतानि निजनिजेच्छया गृह्णाना अस्नानानाचमनाशौचकेशोल्लुशनादीनि कलिनाऽधर्मबहुलेनोपहतधियो ब्रह्मब्राह्मणयज्ञपुरुष लोकविदूषकाः प्रायेण भविष्यन्ति ॥ १० ॥
कलियुगमा इश्वरको मायाले मोहित भएका अनेकौं मुर्ख मानिस आफ्ना शास्त्रले बताएको शौच र आचारलाई छोड्दछन । अधर्म बृद्धि गर्ने कलियुगको प्रभावले बुध्दिहीन हुनाले स्नान, आचमन, गर्दैनन्, सदा अशुध्द रहनेछन , ईश्वरको तिरस्कार गर्नेहरूले पाखण्डि धर्मलाई मनोमानि स्वीकार गर्नेछन । वेद, ब्राम्हण तथा भगवान् यज्ञपुरुषको निन्दा गर्नेछन ।।१०।।
तेचह्यर्वाक्तनया निजलोकयात्रयान्धपरम्परयाऽऽश्वस्तास्तमस्यन्धे स्वयमेव प्रपतिष्यन्ति ॥ ११ ॥
उनीहरू आफ्नो यस्तो नवीन अवैदिक स्वेच्छा अनुसारको प्रवृत्तिमा अन्धपरम्परालाइ विश्वास गरेर त्यसै अनुसार आचरण गर्दछन जसले गर्दा घोर नरकमा पर्नेछन् ।।११।।
अयमवतारो रजसोपप्लुतकैवल्योपशिक्षणार्थः ॥ १२ ॥
भगवान्को यो अवतार रजोगुणले भरिएका ब्यक्तिलाई मोक्षमार्गको शिक्षा दिनका लागि नै हो ।।१२।।
तस्यानुगुणान् श्लोकान् गायन्ति
अहो भुवः सप्तसमुद्रवत्या
द्वीपेषु वर्षेष्वधिपुण्यमेतत् ।
गायन्ति यत्रत्यजना मुरारेः
कर्माणि भद्राण्यवतारवन्ति ॥ १३ ॥
ऋषभदेवको गुणको वर्णन गरेर यस्तो वाक्य भन्नछन् अहो ! सात समुद्रको पृथ्वीको सबै द्वीप र वर्षमा यो भारत वर्ष नै धेरै पुण्य हो किनकि यहाँका ब्यक्ति श्रीहरिको मङ्गलमय अवतारहरूको र चरित्रहरूको गान गर्दछन ।।१३।।
अहो नु वंशो यशसावदातः
प्रैयव्रतो यत्र पुमान् पुराणः ।
कृतावतारः पुरुषः सआद्य(
श्चचार धर्मं यदकर्महेतुम् ॥ १४ ॥
अहो ! महाराज पृयव्रतको वंश धेरै उज्वल एवं सुयशपूर्ण छ । यस वंशमा अनादिनारायणले ऋषभावतार लिएर मोक्ष प्राप्ति गर्ने परमहंश धर्मको आचरण गरे ।।१४।।
को न्वस्य काष्ठामपरोऽनुगच्छे
न्मनोरथेनाप्यभवस्य योगी ।
यो योगमायाः स्पृहयत्युदस्ता
ह्यसत्तया येन कृतप्रयत्नाः ॥ १५ ॥
वहाँ जन्मरहित भगवान् ऋषभदेवको मार्गको बारेमा कोहि योगीले मनले पनि विचार गर्न सक्लान । योगीहरू जुन योगसिध्दिका लागि लालयित भएर निरन्तर प्रयत्न गरिरहन्छन, तर वहाँले यसलाई आफै प्राप्त हुँदा पनि त्यागदिनु भयो ।।१५।।
इति ह स्म सकलवेदलोकदेवब्राह्मणगवां परमगुरोर्भगवत ऋषभाख्यस्य विशुद्धाचरितमीरितं पुंसां समस्तदुश्चरिताभिहरणं परममहामङ्गलायन मिदमनु श्रद्धयोपचितयानु शृणोत्या श्रावयति
वावहितो भगवति तस्मिन् वासुदेव एकान्ततो भक्तिरनयोरपि समनुवर्तते ॥ १६ ॥
राजन् ! यसप्रकार सम्पूर्ण वेद, लोक, देवता, ब्राम्हण र गाईहरूका परमगुरु भगवान् ऋषभदेवको यो विशुध्द चरित्र मैले तिमीलाई सुनाऐं यो चरित्रले मानिसको सबै पापहरूलाई नाश गराउँछ । जसले यस परम मङ्गलमय पवित्र चरित्रलाई एकाग्रचित्तले श्रद्धापूर्वक निरन्तर सुन्दछ या सुनाउदछ भने ति दुवैको भगवान् वासुदेवमा अनन्य भक्ति हुन्छ ।।१६।।
यस्यामेव कवय आत्मानमविरतं विविधवृजिनसंसारपरितापोपतप्यमानमनुसवनं स्नापयन्तस्तयैव परया निर्वृत्या ह्यपवर्गमात्यन्तिकं परमपुरुषार्थमपि स्वयमासादितं नो एवाद्रियन्ते भगवदीयत्वेनैव परिसमाप्तसर्वार्थाः ॥ १७ ॥
अनेक किसिमका सांसारिक तापले तातेकाहरूले तडपिएका पण्डितहरू आफ्नो अन्तःकरणलाई यस भक्ति सरितामा नित्य स्नान गरएर पवित्र पार्दछन । यसबाट उनीहरूलाई परमशान्ति मिल्दछ । र यस्तो अनन्द प्राप्त गर्दछन कि फेरी उनीहरूले अगाडि आएको मोक्षरूप परम पुरुषार्थलाई पनि आदर गर्दैनन । भगवान् को नजिक हुनाले उसलाई सबै पुरुषार्थ सिद्ध हुन्छ ।।१७।।
राजन् पतिर्गुरुरलं भवतां यदूनां
दैवं प्रियः कुलपतिः क्व च किङ्करो वः ।
अस्त्वेवमङ्ग भगवान् भजतां मुकुन्दो
मुक्तिं ददाति कर्हिचित्स्म न भक्तियोगम् ॥ १८ ॥
राजन् ! भगवान् श्रीकृष्ण स्वयं पाण्डवहरू र यदुवंशीहरूको रक्षक, गरु, इष्टदेव, सुहृद र कुलपति हुनुहुन्थ्यो । यहाँसम्म कि वहाँ कहिलेकहि आज्ञाकारी सेवक पनि बन्नु हुन्थ्यो । यस प्रकार भगवान् अन्य भक्तका लागि पनि अनेक कार्य गर्नुहुन्थ्यो र उहाँले मुक्ति पनि दिनुहुन्छ तर मुक्ति भन्दा पनि माथि भक्ति छ त्यो भक्तियोग सबैलाई सजिलै दिनु हुदैन ।।१८।।
नित्यानुभूतनिजलाभनिवृत्ततृष्णः
श्रेयस्यतद्रचनया चिरसुप्तबुद्धेः ।
लोकस्य यः करुणयाभयमात्मलोक
माख्यान्नमो भगवते ऋषभाय तस्मै ॥ १९ ॥
निरन्तर विषय भोगको अभिालाषा गर्नाका कारण आफ्नो वास्तविक श्रेयले चिरकालसम्म होस नभएका ब्यक्तिलाई जसले दया गरेर निर्भय आत्मलोकको उपदेश दिए र जो स्वयं निरन्तर अनुभव हुने आत्मस्वरुपको प्राप्ति भएकाले सब प्रकारको तृष्णाहरूबाट मुक्त थिए, वहाँ भगवान् ऋषभदेवलाई नमस्कार छ ।।१९।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
पञ्चमस्कन्धे ऋषभदेवानुचरिते षष्ठोऽध्यायः ॥ ६ ॥