#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – सप्ततितमोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः – सप्ततितमोऽध्यायः




श्रीशुक उवाच–
(अनुष्टुप्)
अथोषस्युपवृत्तायां कुक्कुटान् कूजतोऽशपन् ।
गृहीतकण्ठ्यः पतिभिर्माधव्यो विरहातुराः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! बिहानी पख उज्यालो हुनलाग्दा भाले बास्न थालेपछि, आफ्नो पतिसंग अंगालो हालेका  श्रीकृष्णका पत्नीहरुले अब पतिसंग बस्न नपाइने भयो भनेर चिन्तित भएका उनीहरुले बास्नलागेका भालेहरूलाई सराप्न थाले ।।१।। 
वयांस्यरूरुवन् कृष्णं बोधयन्तीव वन्दिनः ।
गायत्स्वलिष्वनिद्राणि मन्दारवनवायुभिः ॥ २ ॥
त्यतिबेला पारिजातको सुगन्धले भरिएको हल्का हावाका कारण भ्रमराहरु ब्युझेर भुं–भुं गर्न थाले । भ्रमराको आवाज सुनेर चराहरु ब्युझेर आफ्नो लयबद्ध स्वरमा स्तुति गरेझैं गरेर श्रीकृष्णलाई ब्युझाउनको लागि चिरविर गर्नथाले ।।२।। 
मुहूर्तं तं तु वैदर्भी नामृष्यदतिशोभनम् ।
परिरम्भणविश्लेषात् प्रियबाह्वन्तरं गता ॥ ३ ॥
आफ्नी प्रियतमको अंगालोमा बाँधिएकी रुक्मिणीले अँगालोबाट छुट्टिने डरले त्यो बिहानको पवित्र मुहूर्तलाई पनि असह्य मान्न थालिन् ।।३।। 
ब्राह्मे मुहूर्त उत्थाय वार्युपस्पृश्य माधवः ।
दध्यौ प्रसन्नकरण आत्मानं तमसः परम् ॥ ४ ॥
भगवान श्रीकृष्ण हरेक दिन ब्रह्म मुहूर्तमा उठ्नुहुन्थ्यो र आफ्नो बिहानीको नित्यकर्म सकेपछि दिव्य आत्मस्वरुपको ध्यान गर्न थाल्नुहुन्थ्यो ।।४।। 
(मिश्र)
एकं स्वयंज्योतिरनन्यमव्ययं
     स्वसंस्थया नित्यनिरस्तकल्मषम् ।
ब्रह्माख्यमस्योद्‌भवनाशहेतुभिः
     स्वशक्तिभिर्लक्षितभावनिर्वृतिम् ॥ ५ ॥
आफ्नो स्वयंप्रकाश, अविनाशी अद्वितीय मायाशक्ति जो संसारको उत्पत्ति, स्थिति र विनाशको कारण पनि हो सो द्वारा भगवान् श्रीकृष्ण हरेक दिन परब्रह्म नामक आफ्नो स्वरुपको ध्यान गर्नुहुन्थ्यो ।।५।।
अथाप्लुतोऽम्भस्यमले यथाविधि
     क्रियाकलापं परिधाय वाससी ।
चकार सन्ध्योपगमादि सत्तमो
     हुतानलो ब्रह्म जजाप वाग्यतः ॥ ६ ॥
त्यसपछि, भगवान् बिधिपूर्वक निर्मल र पवित्र जलमा स्नान गरेर शुध्द धोती वस्त्र धारण गरेर उहाँले सन्ध्यावादन लगायत दैनिक अनुष्ठानहरू गर्नुहुन्थ्यो । यसपछि हवनादि कर्म गरेर मौन भएर परब्रह्म स्वरुप आत्मतत्वको ध्यान गर्नुहुन्थ्यो ।।६।। 
(अनुष्टुप्)
उपस्थायार्कमुद्यन्तं तर्पयित्वाऽऽत्मनः कलाः ।
देवानृषीन् पितॄन् वृद्धान् विप्रानभ्यर्च्य चात्मवान् ॥ ७ ॥
धेनूनां रुक्मशृङ्‌गीणां साध्वीनां मौक्तिकस्रजाम् ।
पयस्विनीनां गृष्टीनां सवत्सानां सुवाससाम् ॥ ८ ॥
ददौ रूप्यखुराग्राणां क्षौमाजिनतिलैः सह ।
अलङ्‌कृतेभ्यो विप्रेभ्यो बद्वं बद्वं दिने दिने ॥ ९ ॥
यसपछि, भगवान् उदाउनलागेको सूर्यपटि फकेर आफ्ना अंश स्वरुप देवताहरु ऋषिहरु र पितृहरुलाई तर्पणादि कार्य गरेर परिवारका वृध्द र ब्राह्मणहरूको पूजा गर्नुहुन्थ्यो । यसपछि महाज्ञानी श्रीकृष्णल पहिलो बेतका बाच्छो सहितको भएको, सिंगमा सुनको जलप लगाईएको, खुरमा चाँदीको जलप लगाइएको, रेशमी कपडा ओडाइएको अनेक आभुषणहरुले सजिएको यस्तो किसिमको हरेक दिन तेह्र हजार चौरासी उत्तम गाई, वस्त्र, मृगचर्म र तिल सहित दान गर्नुहुन्थ्यो ।।७–९।। 
गोविप्रदेवतावृद्धगुरून् भूतानि सर्वशः ।
नमस्कृत्यात्मसंभूतीर्मङ्‌गलानि समस्पृशत् ॥ १० ॥
त्यसपछि आफ्नै बिभूतिस्वरुप देवता गाई, ब्राह्मण, कुलका बृध्दजन, गुरु र सबै प्राणीहरूलाई नमस्कार गरेपछि, उहाँले मांगलिक वस्तुहरुको स्पर्श गर्नुहुन्थ्यो ।।१०।। 
आत्मानं भूषयामास नरलोकविभूषणम् ।
वासोभिर्भूषणैः स्वीयैः दिव्यस्रगनुलेपनैः ॥ ११ ॥
भगवानको शरीर मनुष्यलोकमा स्वयं आभुषणकारुपमा थियो । यस्तो शरीरमा वहाँ किरीट कुण्डल, पीताम्बर वस्त्र, कौस्तुभ अलंकार, फूलको सुगन्धित लेपद्वारा आफ्नो शरीरलाई सजाउनुहुन्थ्यो ।।११।। 
अवेक्ष्याज्यं तथाऽऽदर्शं गोवृषद्विजदेवताः ।
कामांश्च सर्ववर्णानां पौरान्तःपुरचारिणाम् ।
प्रदाप्य प्रकृतीः कामैः प्रतोष्य प्रत्यनन्दत ॥ १२ ॥
यसपछि भगवान श्रीकृष्णले घिउ र ऐनामा आफ्नो अनुहार हुन्थ्यो । त्यपछि गाई, साँढे, ब्राह्मण र देवताहरूको दर्शन गरेर नगरवासीहरुलाई, कर्मचारीहरुलाई उनीहरुको कामना अनुसारको बस्तुहरु दिएर खुसी पार्नुहुन्थ्यो ।।१२।। 
संविभज्याग्रतो विप्रान् स्रक्‌ताम्बूलानुलेपनैः ।
सुहृदः प्रकृतीर्दारानुपायुङ्‌क्त ततः स्वयम् ॥ १३ ॥
उहाँले पहिले ब्राह्मण, आफन्त, मन्त्री र रानीहरूलाई पुष्पमाला, ताम्बुल, चन्दन र भोगका सामग्री आदि वितरण गर्नुहुन्थ्यो त्यसपछि मात्र आफुले उपभोग गर्नुहुन्थ्यो ।।१३।।
तावत् सूत उपानीय स्यन्दनं परमाद्‌भुतम् ।
सुग्रीवाद्यैर्हयैर्युक्तं प्रणम्यावस्थितोऽग्रतः ॥ १४ ॥
भगवानले यो सबै कामहरु गर्नुहुँदा  वहाँका दारुक नामक सारथीले सुग्रीव आदि घोडाहरूले महलको अगाडि ल्याएर नमस्कार गरेर अगाडि बसेका हुन्थे ।।१४।। 
गृहीत्वा पाणिना पाणी सारथेस्तमथारुहत् ।
सात्यक्युद्धवसंयुक्तः पूर्वाद्रिमिव भास्करः ॥ १५ ॥
त्यसपछि भगवान् श्रीकृष्णले सात्यकि र उद्धवजीसँगै सारथीको हात हातमा समातेर पूर्वको उदय पर्वतमा सूर्यनारायण उदाउनु भएझै रथमा चढ्नु हुन्थ्यो ।।१५।। 
ईक्षितोऽन्तःपुरस्त्रीणां सव्रीडप्रेमवीक्षितैः ।
कृच्छ्राद् विसृष्टो निरगाज्जातहासो हरन् मनः ॥ १६ ॥

त्यससमयमा अन्तःपुर दरबारका स्त्रीहरूले लजालु र प्रेमले भरिएका आँखाले उहाँलाई हेर्थे र ठूलो पीडाका साथ बिदाई गर्थे । भगवान चाँही मुस्कुराए र उनीहरूको मन हरण गरेर दरबारबाट बाहिर निस्कनुहुन्थ्यो ।।१६।। 
सुधर्माख्यां सभां सर्वैर्वृष्णिभिः परिवारितः ।
प्राविशद् यन्निविष्टानां न सन्त्यङ्‌ग षडूर्मयः ॥ १७ ॥
हे राजन ! त्यसपछि, भगवान श्रीकृष्ण सबै यदुवंशीहरू सहित सुधर्मा नामक सभामा प्रवेश गर्नुहुन्थ्यो । त्यो सभाको महिमा यस्तो छ कि त्यहाँ गएर बस्नेहरूलाई भोक, तिर्खा, शोक, आसक्ति, बुढ्यौली र मृत्युका यी छ प्रकारको चिन्ताले सताउदैनथ्यो ।।१७।। 
(वंशस्था)
तत्रोपविष्टः परमासने विभु(
     र्बभौ स्वभासा ककुभोऽवभासयन् ।
वृतो नृसिंहैर्यदुभिर्यदूत्तमो
     यथोडुराजो दिवि तारकागणैः ॥ १८ ॥

यसरी त्यहाँ सुधर्मा सभामा पुगेपछि, भगवान् यदुवंशीहरुको बिचमा उच्च सिंहासनमा विराजमान हुनुहुन्थ्यो । यसरी वहाँ सिंहासनमा विराजमान हुनुहुँदा आकाशमा ताराहरुले घेरिएका चन्द्रमाझैं वहाँ चारै दिशालाई उज्यालो पार्दै सुशोभित हुनुहुन्थ्यो ।।१८।।
(अनुष्टुप्)
तत्रोपमंत्रिणो राजन् नानाहास्यरसैर्विभुम् ।
उपतस्थुर्नटाचार्या नर्तक्यस्ताण्डवैः पृथक् ॥ १९ ॥
हे महाराज ! त्यस सभामा, हास्य कलाकारहरूले विभिन्न प्रकारका हास्यव्यंग्यका रस तथा र नर्तकीहरुले विभिन्न किसिमका नृत्यहरु गरेर सेवा गर्दथे ।।१९।।
मृदङ्‌गवीणामुरजवेणुतालदरस्वनैः ।
ननृतुर्जगुस्तुष्टुवुश्च सूतमागधवन्दिनः ॥ २० ॥
त्यस समयमा सुत, मागध र वन्दिहरुले वीणा, मृदंग, बाँसुरी, झ्याली र शंख बजाएर स्तुति पाठ आदिको गान गर्दथे ।।२०।। 
तत्राहुर्ब्राह्मणाः केचित् आसीना ब्रह्मवादिनः ।
पूर्वेषां पुण्ययशसां राज्ञां चाकथयन् कथाः ॥ २१ ॥
त्यस सुधर्म सभामा व्याख्या गर्नमा निपुण भएका ब्राह्मणहरुले वेदमन्त्रको ब्याख्या गर्दथे भने कोही ब्राह्मणहरु पहिलाका राजा महाराजाहरूका कथा इतिहासहरू सुनाउने गर्थे ।।२१।। 
तत्रैकः पुरुषो राजन्नागतोऽपूर्वदर्शनः ।
विज्ञापितो भगवते प्रतीहारैः प्रवेशितः ॥ २२ ॥
हे राजन् एक पटकको कुरा हो त्यस द्वारकापुरीको राजदरबारको ढोकामा एकजना नौलो मानिस आयो । द्वारपालले भगवानलाई त्यस पुरुषको आउनुको कारण बारेमा जानकारी गराए र उनलाई सभा भवनमा लिएर गए ।।२२।। 
स नमस्कृत्य कृष्णाय परेशाय कृताञ्जलिः ।
राज्ञामावेदयद् दुखं जरासन्धनिरोधजम् ॥ २३ ॥
ये च दिग्विजये तस्य सन्नतिं न ययुर्नृपाः ।
प्रसह्य रुद्धास्तेनासन्नयुते द्वे गिरिव्रजे ॥ २४ ॥
त्यो मानिसले भगवान कृष्णको अगाडि गएर दुई हात जोडेर  दण्डवत् गर्यो र जरासन्धले आफ्नो विजयको समयमा शिर नझुकाएका बीस हजार राजाहरुलाई बलपूर्वक आफ्नो राजधानी राजगिरिमा बन्दी बनाएका राजाहरूको दुःखकष्टको बारेमा बतायो २३–२४।। 
राजान ऊचुः (
कृष्ण कृष्णाप्रमेयात्मन् प्रपन्नभयभञ्जन ।
वयं त्वां शरणं यामो भवभीताः पृथग्धियः ॥ २५ ॥
हे सच्चिदानन्दस्वरुप श्रीकृष्ण ! हजुर मन र वाणीको पहुँचभन्दा बाहिर हुनुहुन्छ । हजुरको शरणमा आउने व्यक्तिको सबै डरहरू नष्ट गर्नुहुन्छ । हे प्रभु । हामीमा भेदबुध्द भएको र जन्म र मृत्युको दुःखकष्ट देखि डराएर हामी हजुरको शरणमा आएका छौं ।।२५।। 

(वसंततिलका)
लोको विकर्मनिरतः कुशले प्रमत्तः
     कर्मण्ययं त्वदुदिते भवदर्चने स्वे ।
यस्तावदस्य बलवानिह जीविताशां
     सद्यश्छिनत्त्यनिमिषाय नमोऽस्तु तस्मै ॥ २६ ॥
हे प्रभु ! धेरैजसो प्राणीहरू यस्तो निषेधित कर्महरूमा फसेका छन् कि उनीहरूले हजुरले बताउनुभएको कल्याणकारी मार्ग र अत्मस्वरु सेबाबाट बिमुख भएका छन् । हजुर कालस्वरुप पराक्रमि भगवान्ले उनीहरुको बाँचने आसालाई तत्तकाल चुडालिदिनुहुन्छ । यस्ता कालस्वरुप भगवान हजुरलाई हामी नमस्कार गर्दछौं ।।२६।। 
लोके भवाञ्जगदिनः कलयावतीर्णः
     सद्‌रक्षणाय खलनिग्रहणाय चान्यः ।
कश्चित् त्वदीयमतियाति निदेशमीश
     किं वा जनः स्वकृतमृच्छति तन्न विद्मः ॥ २७ ॥

हजुर आफैं संसारका स्वामी हुनुहुन्छ र सन्तहरूको रक्षा गर्न र दुष्टहरूलाई दण्ड दिनको लागि नै आफ्नो अंशका रुपमा बिभिन्न कला सहित यस संसारमा अवतार लिनुभएको छ । हजुरको आज्ञालाई कसैले पनि उलंघन गर्न सक्दैन । तर पनि हे प्रभु ! मानिसले आफ्नो कर्मको फल भोग्ने हो । हजुर हुँदाहुदै जरासन्धले त्यो कष्ट दिनु त नपर्ने हो ? तर यो कुरा  हामीले बुझ्न सकेका हुदैनौं ।।२७।।
स्वप्नायितं नृपसुखं परतंत्रमीश
     शश्वद्‌भयेन मृतकेन धुरं वहामः ।
हित्वा तदात्मनि सुखं त्वदनीहलभ्यं
     क्लिश्यामहेऽतिकृपणास्तव माययेह ॥ २८ ॥
हे प्रभु ! हामी हजुरको मायाबाट मोहित भएका कारण हजुरको कृपाले प्राप्त हुने आफुमा रहेका परमसुखलाई छाडेका कारण अति दुःखी भएका छौं । यो मृत शरीरको पछाडि अनेकौं दुःखहरु छन् हामी यसमा फसेर स्वप्न जस्तो पराधिन राज्यसुखको भारी बोकिरहेका छौं । त्यसकारण हामी अति दुःखी भएका छौं ।।२८।।
तन्नो भवान् प्रणतशोकहराङ्‌घ्रियुग्मो
     बद्धान् वियुङ्‌क्ष्व मगधाह्वयकर्मपाशात् ।
यो भूभुजोऽयुतमतङ्‌गजवीर्यमेको
     बिभ्रद् रुरोध भवने मृगराडिवावीः ॥ २९ ॥
हे प्रभु ! हजुरको शरणले शरणमा आउनेहरूको सबै दुःख र आसक्तिलाई नष्ट गर्दछ । त्यसैले कृपया हामीलाई जरासन्धकोे बन्धनबाट मुक्त गर्नुहोस् । हे प्रभु ! दश हजार हात्तीको जति बल एउटा जरासन्धले सिंहले भेडालाई घेरेझै  हामीलाई राजगिरिको कारागारमा कैद गरेर राखेको छ ।।२९।। 
यो वै त्वया द्विनवकृत्व उदात्तचक्र
     भग्नो मृधे खलु भवन्तमनन्तवीर्यम् ।
जित्वा नृलोकनिरतं सकृदूढदर्पो
     युष्मत्प्रजा रुजति नोऽजित तद् विधेहि ॥ ३० ॥
हे चक्रपाणि ! हे अजित ! हजुरले जरासन्धलाई अठार पटक हराउनुभयो । तर त्यो जरासन्धले हजुरलाई एकपटक जितेका कारण अति घमण्ड गरिरहेकोछ । हामीलाई धेरै सताइरहेको छ अब हजुरले हामी भक्त उपर दयागरी त्यसालई जे गर्नु पर्नेहो आफ्नो इच्छा अनुसार गर्नुहोस् ।।३०।।
दूत उवाच–
(अनुष्टुप्)
इति मागधसंरुद्धा भवद्दर्शनकाङ्‌क्षिणः ।
प्रपन्नाः पादमूलं ते दीनानां शं विधीयताम् ॥ ३१ ॥
दुतले भन्यो– हे प्रभु ! अहिले जरासन्धले बन्दी बनाएका राजाहरू हजुरको शरणमा परेका छन्, उनीहरु हजुरको दर्शन गर्न चाहान्छन् । कृपया हजुरले ती दुःखी राजाहरुको कल्याण गर्नुहोस् ।।३१।।
श्रीशुक उवाच–
राजदूते ब्रुवत्येवं देवर्षिः परमद्युतिः ।
बिभ्रत् पिङ्‌गजटाभारं प्रादुरासीद् यथा रविः ॥ ३२ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! राजाका दुतले श्रीकृष्णसंग यसरी यो कुरा बताइरहेको बखतमा पहेलो जटा धारण गर्नुभएका अत्यन्त कान्तियुक्त ऋषि नारदजी सूर्य उदाए झैं त्यहाँ आइपुग्नुभयो ।।३२।। 
तं दृष्ट्वास भगवान् कृष्णः सर्वलोकेश्वरेश्वरः ।
ववन्द उत्थितः शीर्ष्णा ससभ्यः सानुगो मुदा ॥ ३३ ॥
उहाँलाई देखेर, ब्रह्मा सहित सबै लोकपालका एकमात्र स्वामी भगवान श्रीकृष्ण सभाका सदस्यहरू र आफ्ना सेवकहरू सहित खुशीले उठेर शिर निहुराएर प्रेमपूर्वक बन्दना गर्नुभयो ३३ ।। 
सभाजयित्वा विधिवत् कृतासनपरिग्रहम् ।
बभाषे सुनृतैर्वाक्यैः श्रद्धया तर्पयन् मुनिम् ॥ ३४ ॥
देवर्षि नारदले आसन ग्रहण गर्नु भएपछि भगवानले विधिपूर्वक उहाँको पूजा एवं स्वागत गर्नुभयो । त्यसपछि आफ्नो भक्तिले उहँलाई प्रसन्न पार्नुभएका श्रीकृष्णले मधुर शब्दमा भन्नुभयो ।।३४।। 
अपि स्विदद्य लोकानां त्रयाणामकुतोभयम् ।
ननु भूयान् भगवतो लोकान् पर्यटतो गुणः ॥ ३५ ॥
हे देवर्षि ! यस समयमा तीनै लोकमा शान्ति त छ ? हजुर तीनै लोकमा घुमिरहनुहुन्छ । हजुरका धेरै गणहरु छन् । त्यसैले हामी घरमा बसेर पनि हजुरबाट धेरैकुरा जानकारी हुन्छ ।  लोकमा घुमिरहन्छौ; त्यसैले घरैमा बसेका हामीलाई धेरै खबरहरु सुनाउनु हुन्छ ।।३५।।
न हि तेऽविदितं किञ्चित् लोकेष्वीश्वरकर्तृषु ।
अथ पृच्छामहे युष्मान् पाण्डवानां चिकीर्षितम् ॥ ३६ ॥
ईश्वरले रच्नुभएको लोकहरुमा हजुरले नजानेको र नबुझेको कुरा केही छैनन् । त्यसैले यससमयमा पाण्डवहरु के गर्न चाहान्छन् यस विषयमा हजुरसंग सोधनी गर्दछौं ।।३६।।
नारद उवाच (
९ मिश्र ०
दृष्टा माया ते बहुशो दुरत्यया
     माया विभो विश्वसृजश्च मायिनः ।
भूतेषु भूमंश्चरतः स्वशक्तिभि(
     र्वह्नेरिवच्छन्नरुचो न मेऽद्‌भुतम् ॥ ३७ ॥
देवर्षि नारदजीले भन्नुभयो– हे सर्वव्यापी भगवान् ! हजुर ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ । हजुरको मायाले ब्रह्माजीलाई पनि मोहित बनाउदछ । मैले हजुरको मयाशक्तिलाई धेरै पटक देखेको छु । हजुर काठ भित्र अग्नि लुकेझैं हजुर सबै जगतमा व्याप्त हुनुहुन्छ । तैपनि थाहा नपाए जस्तो गरेर मलाई पाण्डवको बारेमा  सोधिरहनु भएको छ तर यो कुरामा कुनै आश्चर्य लागेको छैन ।।३७।।
तवेहितं कोऽर्हति साधु वेदितुं
     स्वमाययेदं सृजतो नियच्छतः ।
यद् विद्यमानात्मतयावभासते
     तस्मै नमस्ते स्वविलक्षणात्मने ॥ ३८ ॥
हे भगवान् ! हजुरले आफ्नो मायाशक्तिद्वारा नै यो ब्रह्माण्डको सृष्टि र विनाश गर्नुहुन्छ । वास्तवमा यो असत्य हो तापनि हजुरको मायाको कारण सत्य जस्तो देखिन्छ । त्यस्ता हजुरलाई म बारम्बार नमस्कार गर्दछु। ।।३८।। 
जीवस्य यः संसरतो विमोक्षणं
     न जानतोऽनर्थवहाच्छरीरतः ।
लीलावतारैः स्वयशःप्रदीपकं
     प्राज्वालयत्त्वा तमहं प्रपद्ये ॥ ३९ ॥
दुःखमा भौंतारीएका जीवले यस शरीरबाट कसरी मुक्त हुने भन्ने उपाय नजान्दा यस मृत्युरुपी संसारमै घुमिरहन्छन् । यिनै जीवहरुको कल्याणको लागि हजुरले अनेकौं अवतारहरु लिएर आफ्नो यशरुपी उज्यालो बत्ती बालेर संसारमा आफ्नो कीरण फैलाइरहनु भएको छ । यस्ता हजुरको म शरणमा पर्दछु ।।३९।। 
(अनुष्टुप्)
अथाप्याश्रावये ब्रह्म नरलोकविडम्बनम् ।
राज्ञः पैतृष्वसेयस्य भक्तस्य च चिकीर्षितम् ॥ ४० ॥
हजुर स्वयं परब्रह्म हुनुहुन्छ तापनि सामान्य मानिसको जस्तो भएर मलाई यी कुरा सोधिरहनु भएकोेछ । अब म हजुरको फुपुको छोरा हजुरका प्रिय भक्त युधिष्ठिरले गर्न चाहेको कुरा सुनाउछु ।।४०।।
यक्ष्यति त्वां मखेन्द्रेण राजसूयेन पाण्डवः ।
पारमेष्ठ्यकामो नृपतिस्तद्‌ भवाननुमोदताम् ॥ ४१ ॥
साम्रज्यको चाहना गर्ने पाण्डुपुत्र राजा युधिष्ठिरले राजसूय यज्ञ गरेर त्यहाँ हजुरको दर्शन गर्न चाहान्छन् । अब हजुरले उनको इच्छालाई पुरा गरिदिनुहोस् ।।४१।। 
तस्मिन् देव क्रतुवरे भवन्तं वै सुरादयः ।
दिदृक्षवः समेष्यन्ति राजानश्च यशस्विनः ॥ ४२ ॥
हे भगवान् ! त्यो महायज्ञमा हजुरको दर्शन गर्न ठूला–ठुला देवताहरू र यशस्वि राजाहरू भेला हुनेछन् ।।४२।। 
श्रवणात् कीर्तनाद् ध्यानात् पूयन्तेऽन्तेवसायिनः ।
तव ब्रह्ममयस्येश किमुतेक्षाभिमर्शिनः ॥ ४३ ॥
हे प्रभु ! हजुरको नाम लीलाहरुको स्तुतिगान सुनेर कीर्ति गाएर र ध्यान गरेर मात्र चाण्डालहरु पनि पवित्र हुन्छन् भने प्रत्यक्ष आँखाले दर्शन गर्नेहरुका बारेमा त भन्नु नै के छ र ? ।।४३।।
(वसंततिलका)
यस्यामलं दिवि यशः प्रथितं रसायां
     भूमौ च ते भुवनमङ्‌गल दिग्वितानम् ।
मन्दाकिनीति दिवि भोगवतीति चाधो
     गङ्‌गेति चेह चरणाम्बु पुनाति विश्वम् ॥ ४४ ॥
हे त्रिभुवनमंगल ! हजुरको पवित्र कीर्ति चारै दिशामा फैलिरहेको छ र स्वर्ग, पृथ्वी र पातालमा व्याप्त भएको छ । हजुरको चरणको जलले जसरी स्वर्गमा मंदाकिनी नामले पातालमा भोगवती नामले र पृथ्वीलोकमा गंगाको नामले सम्पूर्ण विश्व ब्रह्माण्डलाई पवित्र पारिरहेको छ ।।४४।।
श्रीशुक उवाच–
(अनुष्टुप्)
तत्र तेष्वात्मपक्षेष्वगृण्हत्सु विजिगीषया ।
वाचः पेशैः स्मयन् भृत्यमुद्धवं प्राह केशवः ॥ ४५ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! त्यो सुधर्मा सभामा उपस्थित सबै यदुवंशीहरूले जरासन्धसंग युध्द गरेर उसलाई पराजित नगरी नारदजीको कुरामा लागेर युधिष्ठिरको यज्ञमा नजाने मनसाय बुझेर भगवान श्रीकृष्णले गम्भिर वाणिमा आफ्ना मित्र उध्दवलाई भन्नुभयो– ।।४५।।
श्रीभगवानुवाच–
त्वं हि नः परमं चक्षुः सुहृन्मंत्रार्थतत्त्ववित् ।
अथात्र ब्रूह्यनुष्ठेयं श्रद्दध्मः करवाम तत् ॥ ४६ ॥
भगवान श्रीकृष्णले भन्नुभो– हे उद्धव ! तिमी मेरो शुभचिन्तक र मित्र हौ । तिमी सबै रहस्यलाई जान्दछौ । तिमी मेरो दिव्यचक्षु पनि हौ त्यसैले यस विषयमा अब मैले के गर्नुपर्दछ हामीलाई भन, हामी त्यसलाई श्रध्दापूर्वक पालना गर्दछौं ।।४६।।
इत्युपामंत्रितो भर्त्रा सर्वज्ञेनापि मुग्धवत् ।
निदेशं शिरसाऽऽधाय उद्धवः प्रत्यभाषत ॥ ४७ ॥
जब उद्धवले आफैं सर्वज्ञ भएर पनि अज्ञानी व्यक्ति जस्तै भर भगवानले आफुसंग सल्लाह माग्नुभएकोले उनले वहाँको आज्ञालाई स्वीकार गरेर भन्न लागे ।।४७।।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
भगवद्यानविचारे नाम सप्ततितमोऽध्यायः ॥ ७० ॥